NAMASKAR ,NAMASKAR

NAMASKAR ,NAMASKAR
WELCOME MY BLOG VIEWERS

THINK WE ARE SAME

Photobucket

नेपाली समय

"शादा जीबन उच्चा बिचार"

"शादा जीबन उच्चा बिचार"
NEPALI FLAG

नमस्कार, नमस्कार , नमस्कार

"मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे, रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे, दु:ख मा रुनु हुँदैन र सुखमा हास्नु हुँदैन रे, आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे, जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिली रहोस समयले जति नै टाढा पुर्याए पनि अबिरल यादहरु आईरहोस, पुरा होस तपाईंको मनको हरेक कामना ।।" भगवान पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।

शिव जी

शिव जी
HINDU RELIGION

महादेव पार्वती र गणेश

महादेव पार्वती र गणेश

राजा त्रिभुवनको अफिस

राजा त्रिभुवनको अफिस








Nepal's First President

Nepal's First President
Ram Baran Yadav

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

बैठक कोठा

बैठक कोठा

राजगद्दी सिहासन

राजगद्दी सिहासन

नारायणहिटी सङ्ग्राहालय

नारायणहिटी सङ्ग्राहालय
२०६५ देखी सर्बसाधारणलाई खुल्ला गरिएको हो ।

Sunday, February 22, 2009

राजधानीमा तीनथरि वेश्या सक्रिय


काठमाडौँ। महिलावादीहरू युवतीलाई वेश्यावृत्तिमा फसाउने दोष पुरुष वर्गलाई दिएर आफू निकै इमानदार, नारीवादी र निष्कलङ्क भएको ढ्वाङ पिट्छन्। तिनले बोल्दा कुनै पुरुषले थपडी बजाए गम्केर तीन हात उफ्रन खोज्छन्। तर आइमाईले नै थरिथरिका केटा खोज्दै र पाएमा लिएर नगरकोट, पालुङ, पोखरातिर जान्छन् भन्ने प्रमाण पाए तिनले कस्तो जवाफ देलान् ? पुरुषलाई पैसा तिर्ने नगरवधु खोइरो खन्छन् कि एकादुई यस्ता हुन्छन् भनेर उम्किन खोज्छन् ? उपत्यकामा खोज गर्दा आर्श्चर्यजनक, असामाजिक र अव्यवहारिक तथ्य फेला परेको छ। विशेष सूत्रका अनुसार पैसाको बिटो बोकेर आफ्नै कारमा चढी बलिष्ट पुरुष खोज्ने २० देखि ५० वर्षसम्मका आइमाईहरू उपत्यकामा सक्रिय छन्।

उमेरले ५० नाघेकी तारे होटलकी एक ठकुरानी उपत्यकामा भएकामध्येकी ज्येष्ठ हुन्। उनले एकपल्ट पूर्वतिरका एक सञ्चारकर्मीलाई भनेकी थिइन् रे- पुरुष भएपछि दुईवटै मुखबाट खुवाउन सक्नुपर्छ। माथ्लो मुखले भुँडी मात्र अघाउन दिएर रत्ति पनि धित मर्दैन। घोप्टो परेको बखत अनुमान गर्दा रङ्गी-बिरङ्गी सुँगुरको आभास मिल्ने एक एमाले नेतृको कथा पनि उस्तै छ। एक सोझी एमाले नेतृको भनाइमा उनका श्रीमान्ले हाँडीमा मकै भुटेको जस्तो मात्रै आभास दिन्छन् रे ! 'बिचरा उनका श्रीमान्को तौल श्रीमतीको एउटा खुट्टाजति मात्र होला'- उनी अनुमान गर्छिन्। एउटी फोटो पत्रकारले त 'नेपालका सय महिला' भन्ने पुस्तकमा खुलेर भनेकी छन्- 'मैले आधिकारिकरूपमा चाहिँ बिहे गरेकी छैन...। एनजीओमा पनि काम गर्ने र पत्रकार महासंघ तथा प्रेस काउन्सिल दुवैतिर धाउने एउटी अधबैंसेले यौनकै कारण पोई त्यागिन्। रेडियो र नेपाल टेलिभिजनमा छँदा वरिष्ठको फुइँ लगाउने दुई जनाले पनि बाहिर पल्केपछि श्रीमान् त्यागे। 'राइजिङ नेपालमा छँदा मैमत्तपन देखाउने प्रहरी निरीक्षक पत्नीको कारण कुपण्डोल गन्हाएको छ।' अनुसन्धानरत स्रोतले भन्यो।

'खासगरी महिला अधिकार, महिला मुक्ति र समान हकको झयाली पिटनेहरू ब्रि्रेका छन्।' स्रोत दाबी गर्छ- 'सुजाताजस्ताले महिला मुक्तिको कुरा गर्ने कि लीलामणिकी कान्छी शशी श्रेष्ठले ?' सोझा तर बलिष्ठ युवालाई एक टिप्सको २० हजारसम्म दिन पछि नपर्नेहरूको लस्कर लामो भेटिएको छ। स्नातक तह सिध्याइसकेको एउटा युवक नोकरीको खोजीमा भौँतारिइरहेको हुन्छ। पत्रिकामा देखेको एउटा विज्ञापनबाट प्रभावित भएर महिनामा रु. १० हजारभन्दा बढी कमाउने चाहनाले विज्ञापनको फोनमा सम्पर्क गर्छ र आशावादी भएर आफ्नो बायोडाटा र एकप्रति फोटोसहित बोलाइएको स्थानमा पुग्छ।

त्यसको केही समयपछि उसलाई पुनः बोलाइन्छ। त्यहाँबाट एउटी युवतीले आफ्नो कारमा उसलाई लिएर अर्कै ठाउँमा पुर्याउँछे र ऊबाट आफ्नो यौनेच्छा पूरा गर्छे त्यसपश्चात् उसलाई बोलाएका समयमा त्यहीँ आएर काम गर्नुपर्ने बताउँछे। दिनहरू यसरी नै बित्दै जान्छन्। त्यस ठाउँमा नयाँ-नयाँ अनुहारका युवतीहरू पनि आउँछन्। कोरा कल्पनाजस्ता लाग्ने यस्ता घटनाहरू हाम्रो महानगरमा दिनहुँ घटिरहेका छन्। पाश्चात्य मुलुकमा विकसित यो परम्परा इन्डिया हुँदै हाम्रो मुलुकमा प्रवेश गरेको पनि आधा दशकभन्दा बढी भइसक्यो। आज महानगरमा 'स्वीमिङ' क्लबहरूको ती तीव्ररूपमा विकास भइरहेछ। जहाँ यौनलाई जुवा, तास अनि पार्टी डान्सजस्तै रमाइलोका रूपमा उपयोग गरिन्छ। नयाँ-नयाँ व्यक्तिहरूसँग यौनको आनन्द लिन विवाहित जोडीहरू नै मोटो रकम तिरेर त्यस क्लबको सदस्य बन्छन् र आ-आफ्ना श्रीमती वा गर्लफ्रेन्ड साटासाट गर्छन्। आजभोलि पैसा तिरे यौनसन्तुष्टि प्राप्त गर्न महानगरका महिलाहरू कस्सिएर लागेका छन्। अनुसन्धानबाट यस्तो कार्यमा अविवाहिता महिलाको तुलनामा विवाहिता महिलाहरू नै बढी संलग्न हुने गरेको तथ्य सामुन्ने आएको छ।

कस्ता महिलाहरूमा चाहिन्छ यस्तो साथी ? अहिलेको जमानामा मानिस महत्वाकांक्षी बन्दै गएको छ। केवल येश, आराम अनि पैसा मात्र उनीहरूको जिन्दगी भइसकेको छ। समयमै राम्रो केटा नपाउनु तथा आफूले भनेजस्तो जीवनसाथी नपाउनुजस्ता विविध कारणहरूले संभ्रान्तवर्गका महिलाहरूको समयमा विवाह हुन सक्दैन। विवाह नभएपछि उनीहरूभित्र प्राकृतिकरूपमा रहेको यौनचाहना पूरा हुन पाउँदैन। फलस्वरूप उनीहरू एकान्तमा बसेर सुखद यौनजीवनको कल्पना गर्छन्। अनि वास्तविकतामा पनि त्यस्तै सुख पाउने चाहनाले उनीहरूलाई कुत्कुत्याउँछ। त्यसपछि खोजी सुरु हुन्छ, एक जना यौनसाथीको, जसको लागि जतिसुकै रकम खर्चिन पनि उनीहरू तयार हुन्छन्। विवाह भइसकेका महिलाहरूको जीवनमा पनि अनेकौँ कारणले यौनसुख प्राप्त हुन सकेको हुँदैन। आफ्नो श्रीमान्को अत्यधिक व्यस्तता, कामबाट फर्केर घर आउनेबित्तिकै थाकेको बहानामा त्यत्तिकै सुत्ने बानी, नपुसंकताका साथसाथै बाहिर अरू केटीहरूसँगको शारीरिक सम्बन्ध आदि कारणले विवाहिता महिलाहरूको यौनजीवन खल्लो र निरस बन्न पुग्छ। जसको कारणबाट उनीहरूले आफ्नो यौनचाहनालाई भित्रभित्रै दबाउनुपर्ने बाध्यता बनिदिन्छ। कतिपय महिलाका श्रीमान्हरू काम गर्ने सिलसिलामा वर्षौं विदेश बसिदिन्छन्। फलस्वरूप आफ्नो श्रीमान्बाट प्राप्त हुन नसकेको यौनतृप्ति जसरी भए पनि प्राप्त गर्नेतर्फलाग्छन्, चाहे त्यसमा जतिसुकै पैसा खर्च गर्न किन नपरोस्। यस्ता साथीहरूको कारणले उनीहरू आफ्नो जिन्दगीमा यौनचाहना पूरा गर्न त पाउँछन्, साथै उनीहरूको एक्लोपन पनि हट्छ। जतिबेला आवश्यक पर्यो, त्यतिबेला तयार रहन सक्ने साथीको जरुरत हुन्छ उनीहरूलाई। त्यस्ता पेसेवर पुरुषहरूको साथले उनीहरूको यौनचाहना पनि पूरा हुन्छ र केही हदसम्म गोपनीयता रहन्छ। तर यसले धेरै नकारात्मक घटना तथा समस्यालाई पनि निम्त्याउन सक्छ। त्यसका बारेमा तल संक्षेपमा चर्चा गरिन्छः

ब्ल्याकमेलिङको डर

जुन पुरुषहरू पैसाको लागि तिनीहरूको यौनचाहना पूरा गर्छन्, पछि उनै पुरुषहरूले थप पैसाको लोभमा ब्ल्याकमेलिङ पनि गर्न सक्छन्। यसबाट महिलाहरूलाई झन् अनावश्यक चिन्ता थपिन्छ। जसको कारण परिवारका सदस्यहरूलाई पनि उक्त सम्बन्धका बारेमा थाहा हुन सक्छ। जुन पुरुषबाट महिलाहरू यौनसन्तुष्टि प्राप्त गर्छन्, ती पुरुषहरूको जिन्दगीकै बारेमा उनीहरूलाई केही थाहा हुँदैन। तिनीहरू विभिन्न यौनरोगदेखि एड्सबाट समेत पीडित पनि हुन सक्छन्। जसको कारणबाट ती महिलाहरूलाई पनि ती रोगहरू र्सर्ने सम्भावना रहन्छ।

दाम्पत्य जीवनमा दरार

जब कुनै पनि महिलाले परपुरुषबाट सेक्सको आनन्द पाउन थाल्छे, तब आफ्नो श्रीमान्प्रतिको उसको लगाव कम हुँदै जान्छ। आफ्नी पत्नीको बद्लिँदो आनीबानीका बारेमा पतिहरू जिज्ञासु बन्दै जान्छन्। उनीहरूलाई शंका लाग्ने प्रसस्तै बाटाहरू देखापर्छन्। श्रीमान्लाई यदि यस्तो सम्बन्धको बारेमा थाहा भयो भने दाम्पत्य सम्बन्ध टुट्नुका साथै आफ्ना छोराछोरीको नजरबाट पनि गिर्ने अवस्थासमेत आर्इपर्न सक्छ। आफूले अन्यसँग यौनसम्पर्क गर्न थालेपछि श्रीमान्ले पो थाहा पाउने हुन् कि वा आफूलाई एड्स पो लाग्ने हो कि जस्ता अनेक चिन्ताहरूले सताइरहन्छ। सँगसँगै मैले पाप गरिरहेकी छु कि भन्ने अपराधबोधले युवती ग्रसित हुन पुग्छे। फलस्वरूप उसको जिन्दगी नै नरक बन्न पुग्छ।

परपुरुष गमन गर्ने यस्ता नारीहरू आफैँले आफैँलाई यौनकामना पूरा गर्ने नाममा अँध्यारो खाल्डोतर्फ धकेलिरहेका हुन्छन्। जसले अन्तिममा उनीहरूको पूरा जिन्दगी नै बर्बाद हुन जान्छ। त्यसैले यस्तो दलदलबाट बच्नका लागि समयमै होस पुर्याई आफूले आफैँलाई सम्हाल्ने, आफ्नो श्रीमान्सँगको सम्बन्ध सुमधुर बनाउनतर्फलाग्नुका साथै आफूलाई केही न केही काममा व्यस्त राख्ने कोसिस गर्नु नै सर्वोत्तम हुन्छ।

वेश्या भन्नाले पैसाका लागि अरूका अगाडि नाचगान गर्ने, हाउभाउ, कटाक्ष आदिद्वारा परपुरुषलाई व्यभिचार निमन्त्रणा दिने र मैथुनसमेत गराउने स्त्री भन्ने बुझिन्छ। त्यस्तै वेश्यावृत्ति भन्नाले पैसाका लागि परपुरुषसँग यौनसम्पर्क राख्ने पेसा, परपुरुषसँग सहवास गरेर पैसा कमाउने कामलाई जनाउँछ। अब प्रश्न उठ्छ, पैसाका लागि स्त्रीहरू किन वेश्यावृत्ति अपनाउँछन् त ? यसै प्रश्नको उत्तर खोज्ने सिलसिलामा यो पंक्तिकारले वेश्यावृत्तिमा लागेका केही वेश्याहरूको अन्तरवेदना बुझ्ने प्रयत्न गरेको थियो। तर ती वेश्याहरूको अन्तरवेदनाका स्वरहरू प्रस्तुत गर्नुअघि वेश्याहरू कति प्रकारका हुन्छन् र कहाँ कस्तो अवस्थामा भेटिन्छन् भन्नेतर्फछलफल गरौँ।

सामान्यतः युवा र युवतीबीच जवानीमा प्रेम हुनु कुनै आर्श्चर्यजनक कुरा होइन। तर एउटी युवतीले धेरै युवासँग प्रेम गरी भन्ने आर्श्चर्य मान्नुपर्ने स्थिति उत्पन्न हुन्छ। ती युवतीसँग परिचित र धेरसँग प्रेम गरेको थाहा पाउने मान्छेको मनमा प्रश्न उठ्न सक्छ- त्यो कस्तीखालकी युवती हो ? के यो युवती खत्तम त भइन ? यसले फलानाको इज्जतलाई माटोमा मिलाउने भई। किन्तु एउटा पुरुषले धेरै जनासँग प्रेम वा सेक्स गरे पनि कसैको मनमा कुनै कुरा उठ्दैन, किन ? यो एक विचारणीय कुरा छ। सायद मर्दका दसवटी हुन्छन् भन्ने पुरानो उखान अझै पनि चरितार्थ भएर पो हो कि ? धेरै केटाहरूसँग प्रेम गरेको अभिनय गर्ने र यौनसम्पर्क गराएर जवानीको स्वाद चाख्ने युवतीहरूलाई स्तरहीन वेश्या भन्न सकिन्छ। यिनीहरूले वेश्यावृत्तिलाई पेसाको रूपमा नअँगाली यौनसम्पर्कलाई एक मोजमस्तीको रूपमा लिने गरेको पाइन्छ। यस्ता युवतीहरूले प्रेम गरेर मात्र यौनसम्पर्क राख्दछन्। जो पायो उसैसँग प्रेम गर्दैनन् र सेक्स पनि गराउँदैनन्। यिनीहरूले आफ्नो जिन्दगीमा दाग नलाग्ने गरी वा कसैले थाहा नपाउने गरी प्रेम गरेर यौनसम्पर्क गराउँछन्। यिनीहरूले एकदम सीमित व्यक्तिहरूसँग मात्र प्रेम गरेर सम्भोग गराउँछन्। कहिलेकाहीँ ठाउँ र परिस्थिति हरेर अपरिचित मान्छेसँग पनि यौनसम्पर्क गराउँछन्, किन्तु त्यस्ता युवतीहरू चामलमा बियाँ भेटिएझैँ मात्र भेटिन्छन्। यिनीहरूले यौनसम्पर्क गराएबापत कुनै शुल्क लिँदैनन्। किनकि यिनीहरूको निश्चत रेट हुँदैन। यिनीहरू प्रेमीसँग घुम्न, फिल्म हेर्न, रेष्टुरेन्टमा जान मन पराउँछन्। अझ कतिपय युवतीहरूले सम्भोग गर्ने प्रेमी वा पुरुषलाई पैसा वा वस्तु दिने गर्दछन्।

यस्ताखालका युवतीहरू प्रायः 'टीनएज' मा प्रेम गरेर यौनसम्पर्क राख्न सफल भए भने पछि प्रेमीसँग विवाह हुन नसकेमा वा प्रेमीले छोडिदिएमा वा मिलन हुन नसकेको खण्डमा पुनः अर्को प्रेमजालमा पर्दछन् र यौनसम्पर्क गराउँछन्। अनि शनैः शनैः परिधान फेरेजस्तो प्रेमी फेरेर जवानीको भरपूर उपयोग गर्दछन् अर्थात् एकबारको जवानीलाई त्यसै खेर जान दिँदैनन्। विशेष गरी घरबाट जुनसुकै समयमा पनि यताउता हिँड्न बन्देज नभएका युवती र घरबाट बाहिर निस्किन कठिन पर्ने युवतीहरूले धेरै जनासँग प्रेम गरेको पाइन्छ। किनकि घरको कानुन धेरै कडा वा धेरै खुकुलो भएमा मान्छे पथभ्रष्ट हुन पुग्छ। त्यसैले जे चिज पनि ठिक्क मात्रामा हुनुपर्छ। कम पनि हुनुहुँदैन, बेसी पनि हुनुहुँदैन।

यस्तै स्तरहीन वेश्याअन्तर्गत बिहे भइसकेका आइमाईहरू पनि पर्दछन्। आफ्नो लोग्नेले यौनसन्तुष्टि दिन नसकेको खण्डमा, आफ्नो श्रीमान् सधैँभरि आफूसँग नबसेर वा बस्ने परिस्थिति सिर्जन नभएमा, श्रीमान् सधैँ कामले व्यस्त भइरहने, श्रीमतीलाई समय दिन नसकेको खण्डमा र श्रीमान् कहिलेकाहीँ मात्र घर आउने र घरमा आएको बेलामा पनि यौनसन्तुष्टि दिन नसक्ने, त्यस्ता आइमाईलाई सम्भोग इच्छा छ तर लोग्नेले सन्तुष्टि दिन सक्दैन वा लोग्ने घरमा छैन भने के गर्ने ? त्यस्तो अवस्थामा कुनै परपुरुषलाई माया गरेर वा प्रेम गरेर यौनसम्पर्क गराउँछन्। आफ्नो यौनतीर्खा मेटाउन अभ्यस्त हुन्छन्। यौनतृष्णा मेटाइदिने पुरुषहरूलाई मीठो-मीठो खुवाउने, चाहिएको वस्तु दिने वा आवश्यक परेमा पैसासमेत उपलब्ध गराइदिन्छन्। विशेष गरेर धनाढ्य स्वास्नीहरू, लोग्ने विदेश गएका वा लाहुरेका स्वास्नीहरू, सधैँ व्यस्त भइरहने व्यक्तिका स्वास्नीहरू परपुरुषसँग यौनसम्पर्क राख्न सक्रिय भएको पाइन्छ। आफ्नो लोग्नेले बाहिर अन्य परस्त्रीसँग यौनसम्पर्क गरिरहेको होला, नत्र के यतिका समयसम्म बिनासम्भोग बस्न सके होला र - म पनि यहाँ यत्तिकै बस्न सक्दिन, कसैसँग यौनसम्पर्क गराउनुपर्यो भन्ने सोचेर परपुरुष रोज्न थाल्छन्।

यस्ताखालका वेश्याहरूलाई सर्वसाधारणले सजिलै छुट्याउन सक्दैनन्। तर आफ्नो टोल, छरछिमेकमा कोही यस्ताखालका युवती वा आइमाईहरू छन् भने फलाना त वेश्या जस्तै रै'छ भनेर अड्कल गर्न सकिन्छ। त्यस्तै, कुनै युवती वा आइमाईलाई सम्भोग गर्ने पुरुषले कसैलाई भनेमा पनि ती महिलाले फलानी त प्रेम गरेर यौनसम्पर्क गराउँदी रहिछे भनेर थाहा पाउन सकिन्छ। यिनीहरूको विशेषता एकदम सीमित व्यक्तिहरूसँग वा दुई-तीन जनासँग मात्र पनि सम्भोग गराउनु हो। प्रायः प्रेम गरेर वा प्रेम गरेको अभिनय गरेर यौनसम्पर्क गराउने युवती वा आइमाईलाई स्तरहीन वेश्याको श्रेणीमा राख्न सकिन्छ। यिनीहरूमध्ये कतिपय युवतीहरूले विवाहको बन्धनमा बाँधिएपछि परपुरुषसँग सम्पर्क राख्न पूर्णरूपले छाड्छन् भने कतिपय युवतीले विवाहपश्चात् पनि पहिलेका प्रेमीसँग यौनसम्पर्क गरिरहेका हुन्छन्। अर्काथरि तल्लो तहका वेश्या हुन्छन्, जो पैसा लिएर वेश्यावृत्ति गर्दछन्। तल्लो तहका वेश्याहरूको आयस्रोत भनेकै यौनसम्पर्क गराएर आएको पैसा हो। उनीहरू आर्थिक स्थिति नाजुक हुनाले वेश्यावृत्तिमा संलग्न हुने गरेका छन्। उनीहरू काम गरेर खान रुचाउँदैनन्। प्रायःजसो अशिक्षित नै हुन्छन्। जहाँ यिनीहरूको बसोबास हुन्छ, त्यहाँ यिनीहरू ओठमा लाली पोतेर बस्ने, नाच्ने, गाउने र गीत सुन्नेजस्तो मनोरञ्जनका क्रियाकलापबाहेक अरू केही गर्दैनन्। कुनै पुरुष त्यस स्थानमा पुगे भने यौनसम्पर्कका लागि आमन्त्रण गर्दछन्। लाज, सरम कुन चरीको नाउँ हो, तिनीहरूलाई थाहा हुँदैन। जहाँ जे मन लाग्यो, त्यही बोल्ने गर्छन्।

प्रायः मुखमा अश्लील शब्दले डेरा जमाएको हुन्छ। किनभने यिनीहरूको जीवन नै अश्लील छ भने श्लीलले कसरी डेरा जमाउन सक्ला ? वेश्यावृत्तिको निम्ति विश्वमा जसरी थाइल्यान्डको बैंकक चर्चित छ, त्यसैगरी आठ-दस वर्षपहिले नेपालमा नेपालगन्जको गगनगन्ज भन्ने ठाउँ चर्चित थियो। त्यस टोलका सक्रिय युवालगायत अन्य व्यक्तिहरूले त्यहाँबाट वेश्या हटाउने अभियान चलाए। केही समयपश्चात् पुलिस प्रशासनको सहयोगमा त्यस टोलका व्यक्तिहरूले वेश्यालाई हटाउन सफल पनि भए। त्यस ठाउँका वेश्याहरू पलाएन भनेर अन्यत्र गए। केहीलाई त्यहीँ रोजगारीको व्यवस्था पनि मिलाइयो तर ती पनि पुनः आफ्नो पेसा अँगाल्न अन्यत्र गए। बगेको खोलालाई जसरी फर्काउन सकिँदैन, फर्काउन नसके पनि बाँध बाँधेर केही समयसम्म रोक्न सकिएला तर पानी बढी भएपछि खोला आफ्नो बाटो लागिहाल्छ। किनकि खोलाको अन्तिम उद्देश्य समुद्रसम्म पुग्नु हो। खोला जसरी पनि समुद्रसम्म पुग्न सफल हुन्छ। त्यसैगरी यस तहका वेश्याहरूलाई पनि केही समय रोक्न सकिएला तर सदाको लागि भने रोक लगाउन सकिँदैन। किनकि यिनीहरू अन्तिम समयसम्म नै वेश्यावृत्ति गराउन लालायित हुन्छन्। आफू बूढी भएपछि आफ्ना छोरीहरूलाई पुनः वेश्यावृत्तिमा संलग्न गराउँछन्।

नेपालगन्जको घटनाले पनि स्पष्ट पार्छ कि वेश्यावृत्तिमा संलग्न भइसकेकालाई पुनः सही मार्गमा ल्याउनु खोलालाई फर्काउनुजत्तिकै असम्भव छ। यिनीहरूलाई सजिलै चिन्न सकिन्छ। यिनीहरू धेरै जनासँग यौनसम्पर्क नगराई बस्न सक्दैनन्। आफ्नो जात नै वेश्या हो भने किन आफ्नो शरीर नबेच्ने त ? जब कुनै काम नगरी यौनसम्पर्क गराएर बाँच्न सकिन्छ भने अन्य काम किन गर्ने ? यति सजिलो काम छाडेर किन गाह्रो काममा हात हाल्ने ? सायद यही कारणले पनि यिनीहरूले आफ्नो पेसा परित्याग गर्न सकेका छैनन्। यिनीहरूलाई समाजले पनि घृणाको दृष्टिले हेर्ने गर्छ। यिनीहरूमध्ये केहीले अन्य पेसा अपनाएर बाँच्न खोजे पनि समाजले बाँच्न दिँदैन। त्यही भएर नै यिनीहरू पुनः त्यही पेसा अपनाएर बाँच्न विवश भएका छन्।

काठमाडौँमा यस्ता तल्लो तहका वेश्याहरू प्रसस्तै भेटिन्छन्। यिनीहरूको अन्य जिल्लामा जस्तै छुट्टै एरिया नहोला तर विभिन्न ठाउँमा ४/६ जना मिलेर कोठा लिई सम्भोग गराइरहेका छन्। यिनीहरू साँझपख रत्नपार्क, वीर अस्पतालअगाडि, सुन्धारा, नयाँ र पुरानो बसपार्कलगायत विभिन्न भीडभाडका ठाउँमा ग्राहकको लागि प्रतीक्षारत हुन्छन्। यिनीहरूका साथमा खाते केटाहरू पनि हुन सक्छन्। ती खाते केटाहरूले ग्राहक खोजेर ल्याएको घटना यस पंक्तिकारले पनि देखेको छ। यिनीहरू आफ्नै डेरा वा केटाले जहाँ लग्यो, त्यहीँ गएर यौनसम्पर्क गराउँछन्। यिनीहरूलाई सजिलै चिन्न सकिन्छ। ओठमा रातो लाली पोतेका, चञ्चले स्वभावका, आँखा चारैतिर घुमाइरहने यिनीहरूको बानी हुन्छ। यिनीहरूलाई महानगरमा 'सी ग्रेड' का वेश्या भन्ने गरेको पाइन्छ। जन्मजात नै वेश्या हुनेलाई तल्लो तह वा 'सी ग्रेड' का वेश्या भनिन्छ।

माथि तल्ला तहका वेश्याहरूको बारेमा चर्चा गरिसकिएको छ। अब मध्यम वा 'बी ग्रेड' का वेश्याहरूको बारेमा केही चर्चा गरौँ। यस तहका वेश्याहरू जन्मजात वेश्या जातिका नभई अन्य जातिका हुन्छन्। यिनीहरूले वेश्यावृत्तिलाई पूर्णरूपमा नअँगाली 'साइड' पेसाका रूपमा अँगालेका हुन्छन्। यिनीहरू वेश्यावृत्तिमा लाग्ने मुख्य कारण सौख, बलात्कारका घटना अतिरिक्त आम्दानी गरेर फजुल खर्च गर्न र विदेशीको प्रतिस्पर्धामा फेशन गर्न पैसाले नपुगेर यो पेसामा लाग्छन्। कतिपय जवान युवतीहरू मनोरञ्जन र जवानीको मज्जा लिन पनि यो पेसामा सरिक भएको पाइन्छ। यस्ताखालका वेश्याहरूले जो पायो उसैसँग सम्पर्क राख्दैनन्। यिनीहरूले आफैँ ग्राहक पनि खोज्दैनन्। यिनीहरू विशेष गरेर कुनै माध्यमद्वारा ग्राहकसमक्ष प्रस्तुत हुने गर्दछन्। यिनीहरू ठाउँ, परिस्थिति र समयअनुरूप जोसुकैसँग पनि यौनसम्पर्क गराउन पनि पछि पर्दैनन्। यिनीहरूमध्ये कतिपय त होटलहरूमा 'बुक' हुने गर्दछन्। कतिपय होटलमा यिनीहरूको फोटो पनि हुन्छ। विशेष ग्राहक वा नियमित ग्राहकलाई होटल व्यवसायीले फोटोसमेत देखाउँछन्। ग्राहकले फोटो हेरेर जुन केटी 'च्वाइस' गर्दछन्, त्यही केटीलाई फोन वा अन्य कुनै माध्यमद्वारा सम्पर्क राखेर होटल व्यवसायीहरूले ग्राहकसमक्ष प्रस्तुत गर्दछन्। यिनीहरू होटलबाहेक दुई-चार दिनसम्म जहाँ घुमाउन लग्यो, त्यहीँ जाने गर्दछन्। यस्ताखालका वेश्याहरूको रेट तल्लो तहका वेश्याहरूको भन्दा बढी नै हुने गर्दछ। युवतीको सुन्दरताअनुसार रेटमा आकाश-जमिनको जस्तो फरक पर्छ अर्थात् तल्लो तहका वेश्याहरूको जस्तो एउटै रेट हुँदैन।

नेपालको परिप्रेक्ष्यमा काठमाडौँलगायत अन्य प्रमुख सहरहरूमा यस्ताखालका वेश्याहरू पाइन्छन् तर काठमाडौंको तुलनामा अन्य सहरमा केही कम संख्यामा छन्। अन्य जिल्लाबाट पढ्न वा जागिरको सिलसिलामा महानगर पसेका युवतीहरूमध्ये केही यो पेसामा सरिक भएका पाइन्छन्। यिनीहरू प्रायः शिक्षित नै हुने गर्दछन्। कोही क्याम्पसमा पढिरहेका र कोही जागिर गरिरहेका हुन्छन्। काठमाडौँका केही स्थानीय युवतीहरू पनि यस पेसामा संलग्न भएका छन्। बढ्दो महँगीको कारण फेशन गर्न, महङ्गा मेकअपका सामान खरिद गर्न, रेष्टुरेन्टमा गएर खान, फजुल खर्च गर्न बाबु-आमाले दिएको सीमित पैसाले वा जागिरबाट आउने तलबले नपुगेर यिनीहरूले यौनसम्पर्क गराउँछन् र आफूलाई चाहिएको वस्तु जोहो गर्दछन्। यिनीहरूले जीवनलाई मोजमस्तीको रूपमा लिएका हुन्छन्।

स्वर्गीय आनन्द पनि लिन सकिने र पैसा पनि पाइने यो भन्दा रमाइलो जीवनमा अरू के हुन सक्ला ? जवानीमा पनि शारीरिक सुख नभोगे कहिले भोग्ने त ? जवानीमा फेशन नगरे कहिले गर्ने त ? जवानी रिल्याक्ससँग नबिताए के बूढेसकालमा रिल्याक्स गर्ने ? सायद यस्तै सोचाइ छ उनीहरूमा। घरमा दुई छाक राम्ररी खान नपुग्नेले कसरी महँगा लत्ताकपडा लगाएका छन् - कसरी राम्रो होटल र रेष्टुरेन्टमा गएर मीठो खाएका छन् ? बसमा हिँड्न पैसा नपुग्नेले कसरी महँगो ट्याक्सीमा गुडेका छन् ? यसको कारण हुन सक्छ- वेश्यावृत्ति। बाहिरबाट आएका युवतीहरूले कोठा वा पूरा फ्ल्याट भाडामा लिएर बसेका हुन्छन्। ती कोठाहरूमा प्रायःजसो कुनै न कुनै पुरुष आइरहेका हुन्छन्। घरबेटी वा कसैले शङ्का लागेर सोधेमा दाइ, अङ्कल, मामा आदिको साइनो लगाउने गर्दछन्। तर रातभर सँगै सुत्ने गर्छन्। अन्य मानिसलाई के थाहा नातेदार हो कि नाठो - कतिपय होटलमा पनि जाने गर्दछन्, कोठामा काम गराउन नमिलेको खण्डमा। यिनीहरू घरमा नसोधीकन दुई-चार दिन हराउने र दुई-चार दिन फेरि घरमै बसेर केही दिन घर-कोठाबाट गायब हुने,

प्रायः दिनभरि घरमै वा कोठामै र राति-राति हराउने यस्ताखालका युवतीहरू वेश्या हुन सक्छन्। घरमा पालेको कुकुरलाई बाहिर छोडिदिएमा कुनैले मान्छेको बिष्टा खान्छन् भने कुनै कुकुरले खाँदै खाँदैनन्। यस्तै, यिनीहरू पनि विवाहको बन्धनमा बाँधिएपछि कसैले वेश्यावृत्ति गर्न पूर्णरूपले छाड्छन् भने कसैले आफ्नो पतिले सुइँको नपाउने गरी यौनसम्पर्क गराइराखेका हुन्छन्। अन्य सामान्य युवती र यिनीहरूमा केही पृथकता हुँदैन। यस्ताखालका वेश्याहरूलाई सर्वसाधारणले सजिलै छुट्याउन सक्दैनन् तर दूधमा मिसिएको पानीलाई राजहंसले जसरी दूधको दूध र पानीको पानी छुट्याइदिन्छ, त्यसैगरी विशेष मान्छेहरू वा भुक्तभोगीहरूले यस्ताखालका वेश्याहरूलाई सहजै छुठ्याइदिन्छन्।

जन्मजात वेश्या नभई जवानीमा वेश्यावृत्तिमा सामेल हुने युवतीलाई मध्यम तह वा बी ग्रेडका वेश्या भनिन्छ। वेश्यालाई तीन तहमा वर्गीकरण गरेअनुसार अब उच्च स्तर वा ए ग्रेडका वेश्याहरूको बारेमा प्रकाश पार्ने जमर्को गरिएको छ। जब-जब नेपालमा सत्ता समीकरणको अवस्था सिर्जना भएको छ, त्यतिबेला तीनवटा '' चर्चाको शिखरमा पुग्छन्। तीन '' अर्थात् सांसद, सुरा र सुन्दरी। सांसदहरूलाई सुरा, सुन्दरी र पैसाले खरिद गरेर आफ्नो पक्षमा मत हाल्न लगाएर आफ्नो पार्टीलाई सत्ताको सुखभोग गराएका घटनाहरू हामीले देखिसकेका छौँ। तन बूढो भए पनि मन कहिल्यै बूढो हुँदैन भन्ने उखान चरितार्थ भएको छ। नत्र किन बूढा सांसदहरूले जवान सुन्दरीहरू पाएर आफ्नो इज्जत, प्रतिष्ठा र अस्तित्वलाई फोहरको खाल्डोमा डुबाएका छन् ? एकातिर तिनै प्रतिष्ठित गरिमामय पदमा आसीन व्यक्तिले भाषणमा वेश्यावृत्ति उन्मूलन गर्न हामीले जोड दिइरहेका छौँ भन्छन् तर अर्कोतिर उनीहरू नै वेश्यावृत्तिमा संलग्न छन् भने कसरी वेश्यावृत्ति उन्मूलन हुन सक्छ ? सांसद वा मन्त्रीहरूलाई कहाँबाट सुन्दरीहरू प्राप्त हुन्छन् ? यो प्रश्न उठ्न सक्छ।

हो, त्यस्तै सांसद वा मन्त्रीहरूलाई प्राप्त हुने सुन्दरीहरू उच्चस्तरका वेश्याअन्तर्गत पर्दछन्। उच्चस्तरका वेश्याहरूले उच्चस्तरका व्यक्तिसँग मात्र यौनसम्पर्क गराउने गर्दछन्। यस्ताखालका वेश्याहरूमध्ये कतिले मोटो रकम लिन्छन् भने कतिले आफ्नो वा अरू कसैको नमिलेको काम बनाउनको लागि यौनसम्पर्क गराउँछन्। यस्ताखालका वेश्याहरू विशेष गरेर यही महानगरभित्र मात्र केन्द्रित रहेको पाइन्छ। महानगरबाहिर पनि यस्ताखालका वेश्याहरू नभएका भने होइनन् तर महानगरको तुलनामा नगण्य छन्। कतिपय अन्य जिल्लाबाट महानगर पसेका युवती र कतिपय यहाँकै स्थानीय राम्रै घर-परिवारका कुपुत्रीहरू यस पेसामा सरिक छन्। यस्ता वेश्याहरूले सरकारी निकायको उच्चपदस्थ अधिकारी, नवधनाढ्य, धनाढ्य र धेरै पैसा खर्च गर्न सक्ने व्यक्तिहरूसँग मात्र यौनसम्पर्क गराउँछन्। यिनीहरूले आफैँ ग्राहक खोज्दैनन्। कुनै माध्यम वा प्रत्यक्ष सम्पर्क राखेर ग्राहकलाई आफ्नो शरीर सुम्पने गर्छन्। 'प्राइभेट' वा सरकारी गाडीहरूमा हिँड्ने व्यक्तिहरूले मात्र यस्ता वेश्यासँग सम्पर्क राख्न सक्छन्। अन्य हामीजस्ता सर्वसाधारणले भने होइन।

यस्ताखाला वेश्याहरूलाई सामान्य मानिसले वेश्या होलान् भनेर कल्पनासम्म पनि गरेका हुँदैनन्। किनकि कतिपय यिनीहरूमध्ये चर्चित स्त्रीहरू नै पर्दछन्। अझ कसैले त यो देशको निम्ति ठूलै योगदान पनि दिएका छन्। यस्ता वेश्याहरूमध्ये बाहिरबाट आएकाले एक्लै वा दुई जना मिलेर पूरा फ्ल्याट वा घर नै भाडामा लिएर बसेका हुन्छन्। यिनीहरूलाई निजी वा सरकारी गाडीहरू लिन आउने-जाने गर्दछन्। तारे होटल वा जहाँ गाडीले पुर्याउँछ, त्यहीँ पुग्ने यिनीहरूको बानी हुन्छ। अझ कहिले इन्डिया वा कहिले विदेशसम्म पनि पुग्ने अवसर पाउँछन्, यिनै धनाढ्य, सरकारी निकायका उच्चपदस्थ अधिकारी वा मन्त्री, सांसदहरूसँग। यिनीहरूको हातमा 'पावर' पनि हुन्छ। यिनीहरू गर्व गर्दै आफ्ना यौनसम्पर्क नगराउने सखीहरूसँग 'मैले फलाना मन्त्री वा फलाना पुँजीपतिलाई यौनसन्तुष्टि दिलाएकी छु। मलाई के कम सोचेकी छस् ? यी साँप्रा मन्त्रीलाई चढाएका साँप्रा हुन्' भन्दै आफ्ना साँप्रा ठटाउँछन्। यो कुरा यस पंक्तिकारले यस्तैखालकी वेश्याले आफ्नी सखीलाई भनेकी थिई भन्ने जानकारी पाएको थियो, जुन वेश्या बाहिरबाट महानगरमा प्रवेश गरेकी थिई। तिनको नाउँ यहाँ उल्लेख नगर्नु नै उचित होला।

यस्ताखालका वेश्याहरूलाई सर्वसाधारणले छुट्याउन सक्दैनन्। तर केही मान्छेले भने छुट्याउन सक्छन्। यस्तालाई छुट्याउने केही आधारहरू छन्, जसको घरअगाडि साँझपख प्रायःजसो सरकारी प्लेट वा निजी प्लेटका गाडीहरू आएर रोकिन्छन्। गाडीहरू प्रायः हप्तैपिच्छे फेरिने गर्छन्। त्यस्तै गरी गाडीसँग मान्छे पनि फेरिइरहन्छन्। फरक-फरक गाडीमा सधैँ पृथक-पृथक व्यक्तिहरूसँग हिँड्ने युवती उच्चस्तरका वेश्या हुन सक्छन्। यिनीहरू अन्य स्तरका वेश्याहरूभन्दा सुन्दर नै हुने गर्दछन्। मूल्यवान् पहिरान, उच्चस्तरीय मेकअप आदिले यिनीहरूलाई सुन्दर बनाएको हुन्छ। यिनीहरूले चाहेको खण्डमा प्रतिष्ठित, गरिमामय पदमा आसीन व्यक्तिहरूलाई यौन दुराचारको आरोप लगाएर फसाउन सक्छन्। जसरी अमेरिकी पूर्वराष्ट्रपति विल क्लिन्टनलाई यौन दुराचारको आरोप लाग्यो, त्यसरी नै नेपालमा पनि कुनै दिन यस्तैखालका वेश्याहरूले यौन दुराचारको आरोप लगाएर प्रतिष्ठितहरूको हुर्मत नझार्लान् भन्न सकिँदैन। त्यो एक प्रतीक्षाको विषय भएको छ। यिनीहरूमध्ये कतिले एउटा निश्चित लक्ष्य प्राप्त गरिसकेपछि यो पेसा पूर्णरूपले छाड्छन् भने कतिले यो पेसालाई निरन्तरता दिइरहन्छन्। कसैले विवाह नगरी जीवन नै एक्लो बिताउने चाहना राख्छन्। उच्चस्तरका व्यक्तिहरू र धनाढ्य व्यक्तिहरूसँग यौनसम्पर्क गराउनेलाई उच्चस्तर वा 'ए ग्रेड'का वेश्या भनिन्छ।

वेश्याहरूलाई तीन तहमा विभाजन गरिएअनुसार उनीहरूको चाल, चलन, वर्ग र किन वेश्यावृत्ति गर्दा रहेछन् भन्नेबारेमा स्पष्ट पारियो। अब उनीहरू यो लतमा परिसकेपछि किन पेसा छाड्न मान्दा रहेनछन् भन्नेबारेमा स्वयं वेश्याहरूसँग एकछिन मन्थन गरौँ- 'जब लोग्नेले मलाई छोड्यो, अबोध सानी छोरी बारम्बार मम्मी भोक लाग्यो भनेर कराइरहन्थी। म त केही दिन भोक खप्न सक्थेँ तर छोरीको पीडालाई म खप्न सक्दिनथेँ। त्यसैले छोरीको पेट भर्नका लागि भए पनि मैले आफ्नो शरीर बेच्ने निर्णय गरेँ र वेश्यावृत्ति सुरु गरेँ।' यी वाक्यहरू उदयपुर घर भई हाल काठमाडौँ नयाँबानेश्वर डेरा गरी बस्ने सीमा गुरुङका हुन्। उनी भन्छिन्- 'श्रीमान्ले छोडेर जापान गयो र कहिल्यै फर्किएन, मैले कामको खोजीमा हजारौँ अफिस धाएँ तर सबैले फाइदा मात्र लुट्न खोजे, काम दिएनन्। त्यसैले मैले विवशतामा परेर वेश्यावृत्ति सुरु गरेँ। अब त यसैमा आनन्द लाग्छ, सधैँ रमाइलो गरेर नै दिन बित्छ, आम्दानी पनि राम्रै छ, त्यसैले यो पेसा छाड्न सक्दिन जस्तो लाग्छ।'

नयाँ बानेश्वरमा नै बस्ने उषा बस्नेतको पीडा पनि त्यस्तै छ- 'लोग्नेले मेरै बहिनीलाई लिएर हिँड्यो, के गर्नु दूध चुस्ने छोरी छ, छोरीलाई भोकै अर्काको साथमा छाडेर आफ्नो भोक मेटाउन अर्काको यौवनको प्यास मेटाउनुपर्छ, यो हाम्रो बाध्यता हो। अरू काम केही पाइन्न, कसरी यो पेसा छाड्न सकिन्छ र ! आखिर जसरी भए पनि बाँच्नु त पर्यो नै !' एड्स तथा यौनरोगको विषयमा उनीहरू दुवैको एउटै वाक्य छ- 'जीवनदेखि नै वाक्क लागिसकेको छ, के को डर एड्सको ? कुनै ग्राहक आफैँ सचेत भएर ढाल लगाउँछन्, हामी लगाऊ भन्दैनौँ।'

यी त थिए स्तरहीन वा तल्लो तहका वेश्याहरूसँगको मन्थनको केही अंश, अब लागौँ मध्यमखालका वेश्याहरूसँग। 'मेरो नाम र पूरै ठेगानाचाहिँ नलेखिदिनुहोला, घरमा बाबुआमा र दाजु-भाउजूले थाहा पाउनुभयो भने मैले पढ्न नै छाडिदिनुपर्छ। फेरि विवाहको निम्ति पनि अप्ठेरो पर्छ। के गर्नु, घरबाट महिनामा दुई हजार रूपैयाँ पठाउँछन्, हामी सम्पन्न परिवारका पनि होइनौँ। दाजु गाउँकै स्कुलमा पढाउनुहुन्छ। उहाँको तलबबाटै मलाई खर्च पठाउनुहुन्छ। अहिले पीके क्याम्पसबाट आईए प्रथम वर्ष उत्तीर्ण भएँ। पहिले त दुई हजारले जसोतसो महिना चल्थ्यो। तर अहिले त पकेट खर्च नै दुई हजार हुन्छ।' यी वाक्य हुन्- काठमाडौँको पीके क्याम्पसमा आईए दोस्रो वर्षमा अध्ययनरत १९ वर्षीया एक युवतीका। उनी अनामनगरमा एउटा कोठा लिएर बसेकी छिन्। उनी वेश्यावृत्तिमा लाग्नुको कारण बताउँदै भन्छिन्- 'पहिले हामीजस्तै गाउँबाट आएका साथीहरू सामान्य भएर क्याम्पस आउँथे। तर उनीहरू एकाएक परिवर्तन भए। खानपान, फेशन, सब बद्लियो। हामीलाई त मान्छे नै गन्न छाडे। त्यसको कारण खोज्दा हाम्रा साथीहरूले रहस्य खोले। उनीहरूले भन्न थाले- 'तँ पनि हाम्रो सङ्गतमा लागिस् भने हामीजस्तै हुन्छेस्। एक रातकै दुई-तीन हजारसम्म पाइन्छ।' त्यस्तै कारणले म पनि यो पेसातर्फ आकर्षित भएँ। तर कण्डम प्रयोग नगरी मैले अहिलेसम्म कसैलाई पनि गर्न दिएको छैन, केही गरी एड्स लाग्यो भने त खत्तम भइहाल्यो नि, हैन त दाइ ?' 'खै विवाह गरेपछि यस्तो आनन्द र रमाइलो हुँदैन होला, के सकिएला र पेसा छाड्न ! पढेर पनि केही काम पाइँदैन, आखिर जसरी भए पन पैसा कमाउने त हो नि ! पैसा भए सबैले हाई-हाई गरिहाल्छन्, पछि जे होला।' उनी पेसा छाड्ने बारेमा बताउँछिन्।

उल्लिखित कुराहरू मध्यमखालका वेश्यामा गनिने युवतीसँग भएको हो। अब लागौँ, उच्चस्तरका वेश्याहरूसँग। 'मलाई पैसाको कुनै परवाह छैन र पैसाको निम्ति यो काम गरेको पनि होइन। श्रीमान् वैदेशिक व्यापारमा हुनुहुन्छ। व्यापारमा कहिलेकाहीँ अप्ठेरो स्थिति आउँछ। त्यस्तो बेला श्रीमान्लाई सहयोग गर्न कतिपय सरकारी कार्यालय प्रमुखहरू, सांसद, मन्त्री तथा मन्त्रालयका सचिवहरूसँग भेट गर्न म आफैँ जानुपर्छ। त्यस्तो बेलामा आफ्नो करोडौँको काम बन्छ भने एकछिन उनीहरूसँग सुतिदिएर उनीहरूको प्यास किन नमेटाइदिने - पैसा लिएर गरेको होइन क्यारे, म कसरी वेश्या भएँ ?' काठमाडौँको महाराजगन्ज, चक्रपथनिवासी एक घरानियाँ ३४ वर्षीया राणा परिवारकी महिलाको भनाइ हो यो। उनी भन्छिन्- 'म त यसलाई पेसा ठान्दिन, यो काम छोड्यो भने त व्यापार नै छाडे भैहाल्यो नि !'