महिलाले पुरुषबाट के सुन्न मन पराउँछिन् भन्ने कुरामा पुरुषहरू अझै पनि अन्यौलग्रस्त नै छन् । त्यसो त नारी र पुरुषका सम्बन्धका विभिन्न पक्षहरू जहिले पनि अस्पष्ट छन् । क्लिष्ट छन्, मोहन कोइरालाका कविताभन्दा पनि क्लिष्ट । यौटा कुरामा भने अधिकांश पुरुष सहमत होलान्- स्त्रीहरू प्रशंसाका भोका हुन्छन् । उनीहरूको प्रशंसामा दुई शब्द मात्रै बोलिदिए पनि उनीहरू चुलीमा पुग्छन् । जति तारिफ गरे पनि उनीहरू कहिल्यै 'भो अब त पुग्यो' भन्दैनन् ।यहाँ महिलाले सुन्न मन पराउने केही यस्ता कुराहरू प्रस्तुत गरिएका छन्, जो उनलाई प्रभावित गर्ने टिप्स या उपायहरू हुन सक्छन् ।
तिमी असाध्यै राम्री छौ
स्वादिष्ट भोजन, सुन्दर पहिरन र प्रशंसा भनेपछि महिलाहरू भुतुक्कै हुन्छन् । प्रशंसा गर्ने सबालमा कहिल्यै कञ्जुस नहुनुहोस् । श्रीमती, प्रेमिका या तपाईंले प्रेम-प्रस्ताव राख्न चाहनुभएको महिला, जोसुकै हुन्- प्रशंसाको वर्षा गर्दिहाल्नुहोस् । उनको रूपको, फिगर (शारीरिक आकृति) को, उनले लगाएको लुगाको, उनको कामको, खाना पकाउने कलाको, आदि-आदिको मन फुकाएर तारिफ गर्नुहोस् । याद राख्नुस्- तपाईं उनीमाथि जति प्रशंसाको वर्षा गर्नुहुन्छ, उनले तपाईंको जीवनलाई त्यति नै हराभरा र सुन्दर बनाइदिन सक्छिन् । मनोविज्ञ डा। सुष्मा दयाल भन्छिन्, 'हामी आफ्नो प्रशंसा सुन्न मन पराउँछौँ किनभने यसले हाम्रो व्यक्तिगत छवि सुधार्न र हीनताबोधबाट मुक्त हुन मद्दत गर्छ । यसले हामीलाई उत्साह दिन्छ र हाम्रो व्यक्तित्व माथि उठाउन सहयोग गर्छ ।' तपाईं उनीमाथि जति प्रशंसाको वर्षा गर्नुहुन्छ, उनले तपाईंको जीवनलाई त्यति नै हराभरा र सुन्दर बनाइदिन अक्छिं
तिमी मेरो जीवनको पहिलो नारी होऊ
यसो भनिदिनुभयो भने तपाईंकी पि्रयसीलाई ढुक्क बनाउँछ कि 'तपाईं एक नारी, ब्रम्हचारी' चरित्रको मान्छे हुनुहुन्छ र अन्य स्त्रीको पछि नलाग्नेखालको हुनुहुन्छ । यसले तपाईंको प्रेमसम्बन्धलाई दीर्घजीवी बनाउनेछ । मार्केटिङ पेसामा आबद्ध छब्बीस वर्षीय अभय बजाज भन्छन्, 'मैले मेरी प्रेमिकालाई तिमी मेरो जीवनको प्रथम नारी हौ भन्दा पत्याइनन् । मलाई लाग्छ, धेरै केटीहरू, केटाहरू एउटै केटीसँग मात्रै समर्पित भएर बस्न सक्छन् भन्ने विश्वास गर्दैनन् । तर, मैले उनलाई उनी नै मेरो जीवनको पहिलो नारी भएको विश्वास दिलाएपछि उनले मलाई जिउज्यानै फालेर माया गर्न थालिन् ।' तर, धेरै चेपारो पनि नघस्नुहोला । नत्र उनले तपाईंको इमानदारीमाथि शंका गर्नेछिन् ।
तिमीबाट म पूर्ण सन्तुष्ट छू
आफ्नी पत्नीलाई भन्नुस् कि सहवासको वेलामा उनी तपाईंलाई सम्पूर्ण रूपमा साथ दिन्छिन् र तपाईं उनीबाट पूर्ण सन्तुष्ट हुनुहुन्छ । यसले एकातिर उनको लाज र शंकोच हटाउन मद्दत गर्नेछ भने अर्कोतिर सहवासमा नयाँ-नयाँ प्रयोग गर्न पनि उनी उत्साहित हुनेछिन् । यौनसुख दाम्पत्य-जीवनको सफलताका धेरै कडीहरूमध्ये एक हो । आफ्नी पत्नीको भूमिकाको हजार जिब्रोले प्रशंसा गर्नुहोस् ।
तिमी असल आमा बन्न सक्छौ
प्रत्येक नारी आमा बन्न चाहन्छिन् । तर, आफू असल आमा बन्न सक्छु कि सक्दिन भन्ने कुरामा ऊ सशंकित हुन सक्छे । तपाईंले आफ्नी पत्नीलाई उनी असल आमा बन्न सक्छिन् भन्नुभयो भने उनी विश्वस्त हुनेछिन् कि तपाईं उनीप्रति बफादार हुनुहुन्छ र बालबच्चासहितको सानो संसार बसाउन लालायित हुनुहुन्छ । गत वर्ष विवाह गरेकी ऋतु जयसवाल भन्छिन्, 'आमा बन्ने कुरादेखि म सधैं डराउँथेँ । तर, मेरो श्रीमान्ले ममा असल आमा बन्न सक्छु भन्ने आत्मविश्वास जगाइदिनुभयो । म अहिले गर्भवती छु ।
' के तिमी मसँग जीवन बिताउँछ्यौ ?
आफ्नी प्रेमिकालाई विश्वास दिलाउनुहोस् कि तपाईं उनीसँग टाइम पास (समय कटाइ) मात्रै गरिरहनुभएको छैन, बरू उनी त तपाईंको जीवनको, तपाईंको सम्पूर्ण अस्तित्वको एक महत्त्वपूर्ण हिस्सा हुन् । तपाईंले यसरी सोधिदिँदा उनी दंग पर्नेछिन् ।दिल्लीको यौटा विज्ञापन एजेन्सीमा काम गर्ने ऋचा नन्दा आफ्नो कथा यसरी सुनाउँछिन्, 'म मेरै अफिसमा काम गर्ने एकजना केटासित ६ महिनादेखि डेटिङ गइरहेकी थिएँ । र, ऊप्रति पूरै भरोसा गरिहाल्न सकिरहेकी थिइनँ । हालसालै उसले मसित विवाहको प्रस्ताव राखेको थियो । त्यतिवेला मात्रै मैले थाहा पाएँ कि ऊ साँच्चिकै हाम्रो सम्बन्धलाई अरू अगाडि बढाउन चाहन्छ ।' यसबारेमा तिम्रो के विचार छ ?
हरेक विषयमा उनको विचार बुझ्न खोज्नुहोस् । गाडी किन्दा होस् या अफिस जाँदा, कस्तो लुगा लगाउने भन्ने विषयमा नै किन नहोस् । यसो गर्नाले उनलाई तपाईं उनको विचारलाई महत्त्व दिनुका साथै उनको सम्मान पनि गर्नुहुन्छ भन्ने कुराको विश्वास दिलाउन सक्नुहुन्छ । दिल्लीको यौटा सञ्चार कम्पनीमा काम गर्ने कनिका श्रीवास्तव भन्छिन्, 'मेरो ब्वाईफ्रेन्डले मसँग राय-सल्लाह माग्दा म उनका लागि एकदम विशेष छु भन्ने लाग्छ । उनी कुनै पनि महत्त्वपूर्ण निर्णय लिनुभन्दा अघि मसँग एकचोटि सल्लाह गर्छन् । यसले उनी मेरो रूपको मात्र हैन, मेरो विचारको पनि कदर गर्छन् भन्ने प्रमाणित हुन्छन्
तिमी मेरी सबभन्दा पि्रय साथी होऊ
उनी तपाईंकी प्रेमिका मात्रै होइनन्, सबभन्दा पि्रय साथी पनि हुन् भन्ने विश्वास दिलाउनुहोस् । उनको रूप, यौवनको आकर्षणका कारण तपाईं उनीसँग टाँसिनुभएको हैन भन्ने सिद्ध गर्न खोज्नुहोस् ।
तिमीलाई पाएर म धन्य भएँ
उनलाई भन्नुहोस् कि उनीबाहेक अरू कोही तिम्रो हुनै सक्दैन । बारम्बार भनिरहनुहोस् कि उनीलाई नपाएको भए तपाईं एक्लै(अविवाहित) बस्नुहुन्थ्यो र 'उठ् जोगी, फट्कार छाला, जहाँ जाला, त्यहाँ खाला' तालले बाँच्नुहुन्थ्यो ।' उनलाई बताउनुस् कि तपाईंको जीवन सुन्दर हुनुको एक र मात्र एक कारण उनी हुन् ।
मेरो मनको कुरा जान्दछौ तिमी
उनालाई उनी साक्षात् देवी भएको महसुस गराउन चाहनुहुन्छ भने उनलाई बताउनुस् कि उनी तपाईंको मनको कुरा थाहा पाउन सक्छिन् । निजी बैंकमा काम गर्ने माधुरी भार्गव भन्छिन्, 'मेरो बिहे भएको नौ वर्ष भयो । मेरा श्रीमान् उनलाई मैले जति कसैले जानेको छैन भन्छन् । उनकी आमा र उनी स्वयंभन्दा पनि बढी मैले उनलाई बुझेकी छु भन्दा मलाई असाध्यै आनन्द आउँछ ।'
म तिमीलाई माया गर्छु
नारीलाई यी चार जादुमय शब्दहरू बाह्रै महिना, बाह्रै काल सुनिरहे पनि पुग्दैन । तर, ठीक समय र ठीक ठाउँमा भन्नुहोला यो वाक्य । त्यसो त तपाईं आफ्ना अन्य गतिविधिमार्फत पनि प्रेम व्यक्त गर्न सक्नुहोला, तर बोलेर प्रेम व्यक्त गर्नुको महत्त्व नै बेग्लै हुन्छ । - एजेन्सी
साबार नया पत्रिका
NAMASKAR ,NAMASKAR

WELCOME MY BLOG VIEWERS
नेपाली समय
"शादा जीबन उच्चा बिचार"

NEPALI FLAG
नमस्कार, नमस्कार , नमस्कार
"मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे, रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे, दु:ख मा रुनु हुँदैन र सुखमा हास्नु हुँदैन रे, आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे, जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिली रहोस समयले जति नै टाढा पुर्याए पनि अबिरल यादहरु आईरहोस, पुरा होस तपाईंको मनको हरेक कामना ।।"
भगवान पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।
शिव जी

HINDU RELIGION

महादेव पार्वती र गणेश

राजा त्रिभुवनको अफिस









Nepal's First President

Ram Baran Yadav
शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

बैठक कोठा

राजगद्दी सिहासन

नारायणहिटी सङ्ग्राहालय

२०६५ देखी सर्बसाधारणलाई खुल्ला गरिएको हो ।
Wednesday, February 4, 2009
विदेशनीतिमा ओबामाका १० चुनौती

2009-01-23,Friday'
आजबाट अमेरिकाको पुनर्निर्माण सुरु भयो,' अमेरिकाको ४४औं राष्ट्रपतिका रूपमा शपथग्रहणपछि जनतालाई पहिलो सम्बोधन गर्दै भनेका ओबामाले थिए । तर, उनले घोषणालाई साकार रूप दिन पर्याप्त चुनौतीहरू झेल्नुपर्नेछ । आन्तरिक रूपमा रहेका समस्याका साथै विश्व-महाशक्तिका रूपमा अमेरिकाको सानलाई ज्युँदो राख्न उनले सुझबुझपूर्ण वैदेशिक नीतिहरू अवलम्बन गर्नुपर्नेछ । यहाँ ओबामाले सामना गर्नुपर्ने १० मुख्य वैदेशिक मामलाको संक्षिप्त चर्चा गरिएको छ-१। विश्वमा प्रभुत्वओबामा राष्ट्रपति पदमा चुनिनुले स्पष्ट भएको थियो कि पूर्वराष्ट्रपति बुसले अपनाएको विदेशनीतिबाट अमेरिकी जनता परिवर्तन चाहन्छन् । यो चाहनाको सम्बोधन स्वरूप 'एकतर्फी नीति'को ठाउँमा बहुलतावाद र 'संसारमा केवल एक महाशक्ति' को रूपमा अमेरिकाको छविमा बदलाव आउन सक्ने विश्लेषकहरू बताउँछन् । पूरा हेर्नुहोस् ।
'नाटकीय सुधार सम्भव हुँदोरहेनछ’

१२ माघ २०६५ -
आदरणीय आमा-बुबा, दिदी-बहिनी तथा दाजु-भाइहरू, सबैभन्दा पहिले म आफ्नो विवेक, सुर्याइ र आत्मबलिदानको अजेय शक्तिले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको सुन्दर ढोका खोलिदिने दस वर्षो जनयुद्ध, उन्नाईस दिनको जनआन्दोलन, मधेस आन्दोलन तथा सुदूर अतीतदेखिका अरु सबै आन्दोलनहरूमा सहादत प्राप्त गर्ने सदैव स्मरणीय सहिदहरूप्रति यहाँहरू सबैका तर्फबाट सम्मानसहित हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।आज म प्रधानमन्त्रीका रुपमा मात्र होइन, एउटा नागरिकका रुपमा समेत यहाँहरू समक्ष केही भन्न लागिरहेको छु । सरकार सञ्चालनको पाँच महिनाको अत्यन्तै कटु अनुभवपछि म अब के टुङ्गोमा पुगेको छु भने परम्परागत ढङ्गले मात्र नयाँ नेपालको राष्ट्रिय संकल्प पूरा हुन असम्भव छ । नयाँ नेपाल बनाउने नेपाली जनताको आकाङ्क्षालाई पूरा गर्न संविधानसभामा रहेका सबै राजनीतिक दलहरूबीच विगतमा भएको १२ बुँदे समझदारीजस्तै नयाँ शिराबाट राजनीतिक सहमति कायम गर्नुपर्ने हुँदा म मुलुकका सबै राजनीतिक दललाई त्यसको लागि हार्दिक अपिल गर्दछु ।म अलिकति पृष्ठभूमितिर जान्छु । २०६४ साल चैत २८ गते संविधानसभाको ऐतिहासिक निर्वाचन सम्पन्न भयो । निर्वाचनको नतिजा सार्बजनिकभएपछि साता बिते, महिना बिते तर ताजा जनादेशका आधारमा बन्ने नयाँ सरकारको बाटो लामो समयसम्म पनि खुल्ला भएन । जुन न स्वाभाविक थियो न लोकतान्त्रिक । माओवादीले विपन्न तथा पिछडिएको वर्गलाई प्राथमिकता दिई त्यसैको विवेक र आवेग, श्रम र लगनको सहाराले जडताका किल्लाहरू तोड्दै नयाँ नेपाल बनाउने प्रक्रियाको थालनी गर्ला भन्ने डर यथास्थितिवादी तथा पुनरोत्थानवादी तत्वहरूमा थियो । तर समयको मागलाई रोक्ने तागत कसैमा थिएन । पूरा हेर्नुहोस्
आदरणीय आमा-बुबा, दिदी-बहिनी तथा दाजु-भाइहरू, सबैभन्दा पहिले म आफ्नो विवेक, सुर्याइ र आत्मबलिदानको अजेय शक्तिले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको सुन्दर ढोका खोलिदिने दस वर्षो जनयुद्ध, उन्नाईस दिनको जनआन्दोलन, मधेस आन्दोलन तथा सुदूर अतीतदेखिका अरु सबै आन्दोलनहरूमा सहादत प्राप्त गर्ने सदैव स्मरणीय सहिदहरूप्रति यहाँहरू सबैका तर्फबाट सम्मानसहित हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।आज म प्रधानमन्त्रीका रुपमा मात्र होइन, एउटा नागरिकका रुपमा समेत यहाँहरू समक्ष केही भन्न लागिरहेको छु । सरकार सञ्चालनको पाँच महिनाको अत्यन्तै कटु अनुभवपछि म अब के टुङ्गोमा पुगेको छु भने परम्परागत ढङ्गले मात्र नयाँ नेपालको राष्ट्रिय संकल्प पूरा हुन असम्भव छ । नयाँ नेपाल बनाउने नेपाली जनताको आकाङ्क्षालाई पूरा गर्न संविधानसभामा रहेका सबै राजनीतिक दलहरूबीच विगतमा भएको १२ बुँदे समझदारीजस्तै नयाँ शिराबाट राजनीतिक सहमति कायम गर्नुपर्ने हुँदा म मुलुकका सबै राजनीतिक दललाई त्यसको लागि हार्दिक अपिल गर्दछु ।म अलिकति पृष्ठभूमितिर जान्छु । २०६४ साल चैत २८ गते संविधानसभाको ऐतिहासिक निर्वाचन सम्पन्न भयो । निर्वाचनको नतिजा सार्बजनिकभएपछि साता बिते, महिना बिते तर ताजा जनादेशका आधारमा बन्ने नयाँ सरकारको बाटो लामो समयसम्म पनि खुल्ला भएन । जुन न स्वाभाविक थियो न लोकतान्त्रिक । माओवादीले विपन्न तथा पिछडिएको वर्गलाई प्राथमिकता दिई त्यसैको विवेक र आवेग, श्रम र लगनको सहाराले जडताका किल्लाहरू तोड्दै नयाँ नेपाल बनाउने प्रक्रियाको थालनी गर्ला भन्ने डर यथास्थितिवादी तथा पुनरोत्थानवादी तत्वहरूमा थियो । तर समयको मागलाई रोक्ने तागत कसैमा थिएन । पूरा हेर्नुहोस्
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल

Subscribe to:
Posts (Atom)