NAMASKAR ,NAMASKAR

NAMASKAR ,NAMASKAR
WELCOME MY BLOG VIEWERS

THINK WE ARE SAME

Photobucket

नेपाली समय

"शादा जीबन उच्चा बिचार"

"शादा जीबन उच्चा बिचार"
NEPALI FLAG

नमस्कार, नमस्कार , नमस्कार

"मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे, रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे, दु:ख मा रुनु हुँदैन र सुखमा हास्नु हुँदैन रे, आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे, जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिली रहोस समयले जति नै टाढा पुर्याए पनि अबिरल यादहरु आईरहोस, पुरा होस तपाईंको मनको हरेक कामना ।।" भगवान पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।

शिव जी

शिव जी
HINDU RELIGION

महादेव पार्वती र गणेश

महादेव पार्वती र गणेश

राजा त्रिभुवनको अफिस

राजा त्रिभुवनको अफिस

Nepal's First President

Nepal's First President
Ram Baran Yadav

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

बैठक कोठा

बैठक कोठा

राजगद्दी सिहासन

राजगद्दी सिहासन

नारायणहिटी सङ्ग्राहालय

नारायणहिटी सङ्ग्राहालय
२०६५ देखी सर्बसाधारणलाई खुल्ला गरिएको हो ।

Monday, March 23, 2009

नेपालीले पाएका पहिला र अहिलेका नयाँ अनुभुतीहरु -२

बिजय कुमार श्रेष्ठधादिङ्ग हाल जोईन्ट वेस

बलाद ईराक२०६३ सालमा देशमा लोकतन्त्रको लागि लडाई लड्न सुरु गरे आम नेपाली जनताले गणतन्त्रको लागि सबै पार्टिहरु एक जुट भएर लोकतन्त्रको लागी आन्दोलनको तयारी गरेर हाते मालो गरेर अत्याचारी नाताबाद कुर्सीबादकोशासनलाई फाल्नको लागी क्रान्ति सुरु गरे । क्रान्तिको आगो दन्किन सुरु भयो । नेपाली जनताले हातमा हात मिलाएर साथ दियो । कयौ नेपाल आमाका छोरा छारीहरुले आफनो बलिदान दिए । २०६३ साल ज्यष्ठ महिनाको अन्य तिर देशमा फेरी अर्को परिवर्तन भयो । नेपाली जनताले २००७ सालमा नै चाहेको लॊकतन्त्र २०६३ मा आएर प्राप्त गर्न सफल भए । २४८औ वर्षको लामो गद्धिधारि तानासाहि शाहवंशको जरै देखि निर्मुल पार्न सफल भए नेपाली जनता । देशमा नौलो परिवर्तन आयो । नेपाली जनताले चाहेको गणतन्त्र सारा नेपाली जनताले हर्ष उल्लासको साथ बिजय उत्सव मनाउन थाल्यो । जता सुकै विजय जुलुसले खुशीका आँसु बग्न थाल्यो । देशमा मिलीजुली गरेर चार पार्िर्ट मिलेर सरकार चलाउने जिम्मा लियो । देशमा नेपाली कांग्रस पार्टिको सभापति गिरिजा प्रसाद कोईराला देशको प्रधानमन्त्रि भए र उहाँको अध्यक्षतामा मन्त्रिमण्डलको बिस्तार गरियो । सो समयमा देशमा चार पार्टिले सरकारमा सामेल भएर देशको नयाँ खाका कोर्नको लागि संविधानसभाको बाटो तिर लम्कन कम्मर कसेर चुनाव गराउन तिर लागे । सबै पार्टिको मिली मतोले गर्दा देशमा संविधानसभाको चुनाब शान्ति पुर्वक ढंगबाट गराउन सफल भए । लोकतन्त्र आए पछिको पहिलो संविधानसभाको चुनाब सफल गरायो । सो चुनाबमा नेपाल कम्युनिष्ट पार्टि माओवादिले सबै पार्टिले भन्दा बढि जनताको मन जितेर पहिला पक्तिको पार्टिको दर्जा हात पार्न सफल भए । नेपाली कांग्रेसलाई दोस्रा नम्बरको दर्जा्र दिए र नेपाल कम्युनीष्ट पार्टि एमालेलाई तेस्रो पार्टिको दर्जा र नयाँ पार्टि मदेशि फोरम पार्टिलाई चौथो दर्जा भिराउन सफल भए नेपाली जनता ।देशको आन्तरिक कार्यभार समाल्नको लागी राष्ट्रपतीउपराष्ट्रपती सविधानसभा प्रमुखको तय गर्न दलहरु कम्मर कसेर लागे तर एक आपसमा सहमति गर्न नसकेर चुनावी प्रकृयाबाट सबै तहको तय गरियो र नेपाली काग्रेसबाट डा। रामवरण यादब र नेपाल कम्युनिष्ट पार्टि माओवादिबाट रामराजा सिहलाइ राष्ट्रपतिको उमेदवारमा खडा गरे र चुनाबमा भाग लिन पुगे । सो चुनाबमा नेपाली काग्रसले राष्ट्रपतीको पदमा आफनो जित हासिल गरे । उपराष्ट्रपती मदेश फोरम पार्टिले हाता पारे । सविधानसभाको अध्यक्षमा ने।s।पा एमालेले हाता पार् यो । त्यस पछि प्रधानमन्त्रिको लागि ने।s।पा। माओवादिका पुष्प कमल दाहाल -प्रचण्ड ले हाता पारे ।लामो जंगलको सधर्ष पश्चात सपनामा पनि नसोचेको पार्टिलाई नेपाली जनताले आज देशको अविभारा सुम्पिन सफल भई दिए । देशमा पुराना अनुहारको शासन सत्तामा बिचलन भएका नेपाली जनता नयाँ अनुहार नयाँ जोस र जागर बोकेर जनताको सेवक हो भन्ने बाचाका साथ देशको प्रमुख व्यक्तिको रुपमा नेपाली जनताले हेर्न पाए । ने।s। पा।माओवादिको तरफबाट प्रचण्डले मन्त्रि मण्डल गठन गरे सो मन्त्रि मण्डलमा माओवादि नेकपा एमाले र मदेसी फोरम पार्टि जनमोर्चा नेपालले भाग लिएका थिए । नेपाली काग्रसले प्रतिपक्षको भुमीका निर्वाह गरे । त्यस पछि सुरु भयो नयाँ नेपाल बनाउने सपनाको कार्य दिशा कोर्न थाले । देशमा केहि हदसम्म शान्तिको हावा चल्न लाग्यो । नेपाली जनताले आन्नदको सास फेर्न थाले । सोचेका थिए अब देशमा आमुल परिवर्तन आयो भनेर नेपाली जनताको दिनहरु बित्दै गए । देश चलाउन जिम्मा लिएका पार्टिहररुको एक आपसमा मन मुटाब बढ्न थाल्यो । सहकार्य र सहमतिमा देशलाई नयाँ गति तिर लैजाने बाचा गरेका थिए ति बाचाहरु एक आपसमा तुहिन गयो । एकले अर्को माथि आरोप प्रत्याआरोप लगाउन सुरु हुन थाल्यो । नेपाली जनताले ठुलो त्याग र तपस्याको बलिदान पश्चातको लोकतन्त्रको नून राम्रोसँग चाख्न नपाउदै सरकारमा बस्ने मन्त्रि भनाउदाहरुले उही पुरानो काचुली फेरेका अनुहारको बाटोलाई त्याग्न सकेनन । केवल क्रम भङ्ग गर्ने भन्नेको नाममा देशको ढुकुटिलाई रित्याउने नयाँ बाटो औल्याउन थाले प्रचण्ड सरकारले प्रधानमन्त्रिको सपथग्रहणको बेला देखि क्रमभङ्ग गनै सुरुवात गरे । आफनो पुर्खाले सिर्जेको नेपाली पोशाकको अवहेलना गरेर बिदेशि पोशाकमा सजि सजवट हुन पुगे । कानून बनाउदै जानु भयो र त्यो कानूनलाई आफै मार्फत गलहत्ति लगाउन पछि पर्नु भएन । केवल जनताको कामलाई बेवास्ता गरि देशको ढुकुटीमा खेलबाड गर्न तिर बढि अग्रसरता देखाउनु भयो । आफनो कार्यलयको कामलाई महत्व कम दिएर सभा महत्सोव उद्धाटनमा बिसेस ध्यान दिन पछि पर्नु भएन । सहकार्यमा लगाम बधेका पार्टिका मन्त्रिहरुको समेत कार्यभारमा हस्तछेप गर्न पनि पछि पर्नु भएन र म नरहे देश रहनन् भन्ने सम्म अभिव्याक्ति दिनसम्म चुक्नु भएन । आफुले १२ वर्ष जंगली जीवनमा नेपाली जनतालाई दिएका आश्वासनहरु सजिलैसँग बिसर्ि दिएर आफनो सन्ततीको उचाई बढाउन तिर कम्मर कसेर लाग्नु भयो । हिजो नाताबाद र कृर्पाबादको कट्टर बिरोधि भएर नेपाली जनता सामु आवाजको चट्याङ बसा्रउने व्यक्ति आज आएर त्यहि सिकोलाई अङ्गालेर आफना बाहुबलले भ्याएसम्मको पदमा आफना नातागोतालाई भित्रयाउन पछि पर्नु भएन । त्यसैको सिको सिकेर उहाँका सहपाठिहरुले पनि आफना नातागोतालाई बिना योग्यता भएको पदकोसम्म जिम्मा लगाउन पनि चुक्नु भएन । नयाँ नेपाल बनाउनलाई कम्मर कसेर आएका क्रान्तिकारीको नाम धारणा गरेर आज आएर आखिर के नै दिन सकेत नेपाली जनतालाई नयाँ नेपालको सरकारका हकदार पार्टिले के कुराको परिवर्तन ल्याउन सफल भए त सरकारी गाडिमा प्रईभेट नम्बरको पिलेटसम्म झुन्डाउन पछि परेन लोकतन्त्रका बफादार देश र जनता सेवक ।देशको प्रधानमन्त्रिको बोली भनेको लाल मोहर साबित हुनु पर्नेमा आज बोल्यो भोली त्यहि बोली फिर्ता लिने नयाँ प्रबृद्धिको प्रार्दुभावको सृर्जना गर्नु भयो । सहमति र सहकार्य गर्नु पर्छ हामीलाई सबैको साथ चाहिन्छ भनेर जनताको सामु भाषण गरि हिड्ने अनि त्यहि कुराको पालना आफुले नै नगरि हिड्ने । अनि हामीलाई कसैको सहयोग भएन भनेर कुर्लने । नेपाली जनतालाई जुन सहानुभुति दिएर जानु भएको थियो उहाँले र उहाँको पार्टिले त्यो कुराको पालना गर्नबाट केहि हदसम्म पछि पर्नु भयो र एक आपसमा अन्तर मन मुटाबको तनाब सृर्जना हुन गयो । नेपाली जनताले जे सोचेर देशको सर्वोच्च पदमा पुर् याईदिएका थिए तर त्यसको परिभाषा जनतालाई चित्त बुझने तरिकाबाट दिन सक्नु भएन र आखिरमा आएर आफुसँग गृहकार्य नभएको भनेर क्षमा याचना गर्न तिर अग्रसरता देखाउदै भन्नु भयो । आफनो घरको अगाडि खाल्डो नदेख्ने ६० लाखको गाडि चड्ने भनेर जनता सामु भन्न के मात्र सक्नु भएको थियो आफुले त्यसको केहि दिन पछाडि जापानबाट नेपाली १ करोड बराबरको मुल्य पर्ने गाडि मगाउन लगाउनु भयो तर जन आवजको तिब्र बिरोध भएको कारणले गर्दा लाचारी भएर त्यो गाडिमा पाउँ राख्ने सहास गर्नु भएन । बिदेश भ्रमणलाई पनि अस्विकार गरि दिनु भयो ।नेपाली जनताले बिभिन्न दलको गृहकार्यको तौर तरिकाबाट ग्रसित र त्रसित भएर देशमा नौलो जनबादको आशाबादि किरण लिएको पार्टिलाई साथ दिएर आज कत्रो आशा भरोसा लिएको थियो नेपाली जनताले तर जे सोचेर आफनो अमुल्य मत दिएर माओबादिलाई जंगलबाट सदनमा र सदनबाट सत्तामा पुर् याई दियो त्यसको कुनै आशा लाग्दो प्रतिफल जनतालाई दिन नसक्नु नै उहाँहरुको लाचारीपन हो । नेपाली जनताले आशाको किरणको रुपमा हेरेका थिए देशको भाग्य निर्माणको चित्र परिवर्तन गरिदिन्छन भनेर तर असोचनिय ढंग तरिकाबाट उहाँहरुले वर्गीय सँधषको नाममा जातिय सँधर्षलाई प्राथमिकता दिनु भयो र शान्तिको हावा चल्न लागेको यो देशलाई फेरि पनि कोलाहल र त्रास पुर्ण बातावरणमा परिणत गराउने तिर महत्वलाई बढि ध्यान दिनु भयो । देशको राष्ट्र प्रमुख भएर बलिदान दिन्छु भनि जनतालाई त्रासको बातावरण सृजनासम्म गराउन चुक्नु भएन । २ करोड ६० लाख नेपालीको एउटै फुलवारीको साझ बगैचाको कार्य निभाउन सक्नु भएन । जहिले पनि एउटा कुरा भन्ने र गर्ने बेलामा एक लौटि आफनो पार्टिको निर्णय लिने बानिले गर्दा सहमति र सहकार्यको पाईलालाई उहाँले ओझेलमा पारि दिनसम्म चुक्नु भएन । उहाँले कहिले पनि सोच्नु भएन देश चलाउनलाई कत्तिको सामथ्र्य चाहिन्छ भनेर बोल्न जस्तो कार्यभार समालेर अगाडि बढ्नु आकाश र पातालको अन्तर हुन्छ भन्ने कुरालाई भल्नु भएर आज यो परिस्थीतिले जन्म लिन गएको हो । अझै पनि भन्ने गर्नु भएको छ । सरकार ढलाउन केहि पार्टिहरु लागु परेका छन् भनेर किन लागे त सरकार ढाल्न भनेर आफनो गृहकार्यलाई पनि जनमानस समक्ष बुझाउने गर्नु भएको छ त । लोक तान्त्रिक व्यावश्थामा एकले अर्काको खुट्टा तान्ने प्रबृद्धि त जहाँ पनि हुन्छ त्यो कुरा कुनै नौलो होईन तर जनताको पक्ष लिएर कार्य दिशालाई जन आस्थासँग मेल खाने खालको हुनु पर् यो । आज कस्ले पुर् यो त्यो ठाँउमा नेपाली जनताले होईन । हिजोका ति हामी कहिले पछि पर्ने छैन भन्ने पर्टिहरुको हविगत कहाँ पुर् याई दिए त्यो कस्को प्रयासले हो त । यदि जो कसेैले पनि राम्रो काम गर्छ भने नेपाली जनताले सधैभरि उसको पक्ष लिएर हातेमालो गर्दछ । त्यसैले जनतामा निरास ल्याउने काम कसैले गर्छ भने त्यसलाई छाड्ने वाला पनि छैन अब नेपाली जनता । यस्ता धेरै खाले युध्दहरुको नून चाखि सके नेपाली जनताले तेसैले जस्तो सुकै प्रबृद्धिमा पनि राम्रो र नराम्रो के हो भन्ने कुराको मुल्यांकन गर्न सक्ने भई सकेका छन् । देशको ढुकुटीमा हनिमुन मनाउनेहरुको हविगत देखाएर नै छाड्ने छ ।देशमा लोकतन्त्रको जग बसि सकेको छ । अब त्यसको सेवा र सम्हार गर्ने जिम्मा हामी आम नेपाली जनताको हो यो कुरामा कसैको दुई मत छैन । कहिले पनि भुलेर पनि भन्ने नगर्नु यो देशमा फेरि तानाशाहिले राज गर्दछ भनेर आफना ति कायरता पुर्ण भाषणलाई लगाम लगाउन पनि सिक्नु पर्छ र जन चाहनाको मर्म के हो त्यो कुरालाई लिएर अधि बढ्ने गर्नु पर्छ । कागले कान लानु कहाँ छ कहाँ कान नै नछामीकन पछि लाग्नु त भएन । अहिले सविधान लेखन प्रकृया चलिरहेको छ त्यो विषयलाई मध्य नजर राखेर सहि निष्कस्र निकाल्न तिर लाग्नु पर्दछ । जनता सामु आई रहेको मत भेद के हो राम्रोसँग बुझेर कार्य दिशाको निरुपण गर्ने तिर लाग्नु पर्दछ । सविधान जस्तो लेख्ने कुरामा हतार गरेर जनताको आँखामा छारो हाल्ने कामबाट सजक रहेर काम गर्नु पर्ने हुन्छ । सक्ला अक्षर फुटाउन नजान्ने मानिसलाई एक दिनको कक्षा लिएर उसले कसरि भन्न सक्छ मेरो लागी यस्तो कानुन बनाउनु पर् यो भनेर कसरि भन्न सक्छ के उत्तर राम्रो पाउन सक्छ । १२ वर्ष युध्दको मैदान चलाएर बसेका नेता भनाउदाहरुलाई त देश कसरि चलाउने भन्ने कुराको पुर्णपाठ थाहा थिएन भने ति आफनो नाम सकेत राम्रोसँग भन्न नसक्ने नेपालीले कसरि सविधानको बारेका भन्न सक्दछ बिना गृहकार्य । त्यसैले यो सरकारले सभासदलाई रोजगारी दिने नियदले हो कि देशको ढुकुटीको सत्याग्रह गर्न खोजेका हुन कि जानेर पनि बुझ पचाएको हो । बिना गृहकार्य जनतालाई के थाहा सविधान भनेको के हो । के १०० जनामा ५ जनाले मात्र अक्षर चिन्न सकेर हुन्छ ति अरुको अधिकार छैन । आफनो मौलिक हकको अधिकार खोज्नलाई र नेपाली भएर बाच्न । सविधान लेखन प्रकृया अगाडि बढाउनको लागि यो सरकारले सहि बाटो देखाउने हो भने देशको बिकट भन्दा बिकट ठाँउबाट सुरु गर्नु पर्छ । अनि मात्रको नेपाली जनताले कतिसम्म मौलिक हक अधिकार भन्ने कुराको ज्ञान रहेछ भन्ने थाहा हुन्छ । जस्तै हुम्ला मुगुडोल्पातेह्रथुम कालिकोट अछाम कर्णाली भेरी यस्ता ठाउँमा गएर ति नेपालीको बिचारलाई सम्वोधन गरेर लेखिएको सविधानलाईको जनताको लागि लेखिएको सविधान भनेर भन्न सकिन्छ । हरेक जिल्लाको सदरमुकाममा गएर एउटा होटलमागाउ बिकास समितीमा बसेर लेख्ने हो भने किन जनताले लेख्ने सविधान भनेर बिकुल फुक्नु पर् यो त जन चाहना विपरित कार्य गर्ने भए किन लड्नु पर् यो परिवर्तनको लागि र नयाँ र नौलो सृजना गर्छु भनेर किन झुटा आश्वासन बाड्नु पर्यो ।त्यसैले सरकारका सम्पुर्ण मन्त्रिका पद बहाली गरेका र बिभिन्न राजनितीक पार्टिले गम्भिर भएर सोच्ने बेला आएको छ । यो देशलाई रण सङ्गाममा परिणत गर्ने हो कि हरियाली शान्ति भुमि गौतम बुद्धको देश भनेर परिभाषा गर्ने हो त्यो समय आएको छ अहिले देशको कार्य बहाक योध्दाहरुको नकि भाषणमा मात्र सिमीत नबनाईकन काममा बढि समय खर्चियोस भन्ने मेरो नेपाली नागरिक भएको हैसियतले यो बिनम्र आग्रह गर्दछु ।