NAMASKAR ,NAMASKAR

NAMASKAR ,NAMASKAR
WELCOME MY BLOG VIEWERS

THINK WE ARE SAME

Photobucket

नेपाली समय

"शादा जीबन उच्चा बिचार"

"शादा जीबन उच्चा बिचार"
NEPALI FLAG

नमस्कार, नमस्कार , नमस्कार

"मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे, रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे, दु:ख मा रुनु हुँदैन र सुखमा हास्नु हुँदैन रे, आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे, जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिली रहोस समयले जति नै टाढा पुर्याए पनि अबिरल यादहरु आईरहोस, पुरा होस तपाईंको मनको हरेक कामना ।।" भगवान पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।

शिव जी

शिव जी
HINDU RELIGION

महादेव पार्वती र गणेश

महादेव पार्वती र गणेश

राजा त्रिभुवनको अफिस

राजा त्रिभुवनको अफिस








Nepal's First President

Nepal's First President
Ram Baran Yadav

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

बैठक कोठा

बैठक कोठा

राजगद्दी सिहासन

राजगद्दी सिहासन

नारायणहिटी सङ्ग्राहालय

नारायणहिटी सङ्ग्राहालय
२०६५ देखी सर्बसाधारणलाई खुल्ला गरिएको हो ।

Tuesday, July 14, 2009

महँगो मोह


 


 


 










महँगो मोह


माधव बस्नेत


 




गणतन्त्र नेपालका प्रथम राष्ट्रपति भएलगत्तै रामवरण यादवलाई सबैभन्दा सुविधासम्पन्न गाडी उपलब्ध गराउन सरकारले २०६५ असार पहिलो साता नेपाल विद्युत् प्राधिकरणलाई पत्राचार गर्‍यो । सरकारको निर्देशनपछि प्राधिकरणले बा६च १०२९ नम्बरको टोयोटा प्राडो उपलब्ध गरायो । त्यसका लागि प्राधिकरणलाई धेरै टाउको दुखाउनु पनि परेन । किनभने, चमेलिया जलविद्युत् आयोजनाका लागि ०६४ असोजमा किनिएका छवटा प्राडो पूर्णरूपले प्रयोगमा आइसकेका थिएनन् । तिनैमध्येको एक राष्ट्रपतिका लागि उपलब्ध गराइएको हो 
तर, राष्ट्रपति यादवले त्यो जापानी प्राडो एक दिन पनि प्रयोग गर्न पाएका छैनन् । माओवादी अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले उपयोग गररिहेका छन््, अहिले पनि । प्रधानमन्त्रीको जिम्मेवारीमा रहँदा उनले गृहमन्त्रालयले उपलब्ध गराएको मर्सिडिज बेन्जका साथै त्यो प्राडोसमेत प्रयोग गरेका थिए । सरकारबाट औपचारकि रूपमा बाहिरनिे दिन ०६६ जेठ ९ गते बिहान बसेको मन्त्रिपरष्िाद्को आकस्िमक बैठकले पूर्वप्रधानमन्त्री हँुदा पनि दाहालले त्यही प्राडो सुविधा पाउने निर्णय गरेको थियो । प्राधिकरणका प्रवक्ता दण्डपाणि बस्यालका अनुसार सरकारको निर्देशन अनुसार राष्ट्रपति र उपराष्ट्रपतिका लागि दुइटा प्राडोको १ करोड ८० लाख ६३ हजार ६ सय ५६ रुपियाँ ४६ पैसा लिएर प्राधिकरणले उपलब्ध गराएको हो  बस्याल भन्छन्, "प्राधिकरणले रकम पाइसकेकाले ती गाडीमा को-को चढिरहेका छन्, हामीलाई खोजीनीति आवश्यक छैन ।"
स्रोतका अनुसार, आफ्नालागि भनेर खरदि गरएिको महँगो प्राडो तत्कालीन प्रधानमन्त्री दाहालले नै प्रयोग गरेको थाहा पाएपछि राष्ट्रपति कार्यालयले दुईपटक ताकेता गरेको थियो । तर, प्रधानमन्त्रीका लागि अघिल्लो सरकारले 'अर्डर' गरेको एक करोड रुपियाँभन्दा माथिको गाडी आएपछि मात्रै त्यो प्राडो राष्ट्रपति कार्यालय पठाउने सोचमा थिए, बालुवाटारका तत्कालीन हत्र्ााकर्ताहरू  दुःखद कुरा के हो भने नयाँ गाडी आइनपुग्दै माओवादीले नेतृत्व गरेको सरकार ढल्यो  यद्यपि, दाहालले प्राडो नछाड्ने निर्णय कामचलाउ मन्त्रिपरष्िाद्को अन्तिम बैठकबाटै गराए । २५ वर्षे भूमिगत जीवन र सर्वहारा वर्गको मुक्तिका लागि भनेर १० वर्षसम्म सशस्त्र संघर्ष गरेका दाहालको गाडी सोख बुझ्न यही तथ्य पर्याप्त छ 
दाहाल त एक प्रतिनिधि पात्र मात्र हुन् । एकीकृत नेकपा माओवादीमा अध्यक्ष दाहालले जस्तो ९४ लाखको प्राडो नै नचढे पनि सबैजसो पोलिटब्युरो सदस्यहरूले १२ लाख रुपियाँभन्दा माथिका गाडी प्रयोग गररिहेका छन् । तथापि, माओवादी पार्टीका सचिवालय र पोलिटब्युरो सदस्यहरूले जीवनशैलीको अभिन्न अंगजस्तै बनाएका ती महँगा गाडीहरू आफ्ना नाममा भने दर्ता गरेका छैनन् । नेताहरूले सबै निजी सम्पत्ति पार्टीलाई दिएकाले 'उपहारमा आएको' गाडी आफ्नो नाममा दर्ता नगराएको केन्द्रीय सदस्य कृष्ण केसीको भनाइ छ । रोचक पक्ष के छ भने सुविधाभोगी भनेर बदनाम नेपालका अन्य दलका नेता-कार्यकर्ताले राजधानीमा पहिला एउटा घरलाई प्राथमिकता दिएका थिए 





 


तर, माओवादी शीर्ष नेताहरूले भने पहिला वातानुकूलित गाडी बन्दोबस्तमा जोड दिएको पाइएको छ । अहिले उपल्लो तहका माओवादी नेतामा राम कार्कीबाहेक सबैसँग सुविधाजनक निजी गाडी छन् । कार्कीलाई पनि लिम्बूवान राज्य समिति इन्चार्ज छउन्जेल गाडी उपलब्ध थियो 
०६४ साउन दोस्रो साता राजधानीको बालाजुमा भएको माओवादीको पाँचौँ विस्तारति बैठकमा सबै शीर्ष नेताहरूको सम्पत्ति सार्वजनिक गर्न कार्यकर्ताले चर्को दबाब दिएका थिए । साउन २७ गते प्रज्ञाप्रतिष्ठान कमलादीमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय समितिका तत्कालीन ३५ जनाको सम्पत्ति विवरण सार्वजनिक पनि भयोे, जसमा सबैले पार्टीकै स्रोतसाधन प्रयोग गररिहेको देखाएका थिए । तर, यतिखेर सबै माओवादी नेताले पार्टीका नाममा दर्ता भनिएका सुविधासम्पन्न गाडी पनि निजी ढंगले नै प्रयोग गररिहेका छन् 
पार्टीमा चरम सुविधाभोगी प्रवृत्ति र संशोधनवाद हाबी भएको भन्दै चर्को असन्तुष्टि पोख्ने संगठन विभाग प्रमुख मोहन वैद्य 'किरण'ले प्रयोग गररिहेका ३० देखि ३५ लाख रुपियाँ पर्ने बा५च ५७५८ नम्बरको महिन्द्रा स्कोरपियो वीरगन्जका नितेश खनालको नाममा दर्ता छ । हुन त माओवादी नेताहरूले महँगा गाडी चढे पनि नगद तिर्नु नपरेको पार्टी स्रोतको भनाइ   कतिसम्म भने एक जना वरष्िठ नेताका स्वकीय सचिव गाडी महँगा भए पनि मोटरसाइकलको मूल्यजति पनि नपरेको बताउँछन् 
माओवादीका वरष्िठ नेता बाबुराम भट्टराईले चढेको गाडी त अझ विवादास्पद देखिन्छ । यातायात व्यवस्था विभागको रेकर्ड अनुसार, अहिले उनले चढिरहेको सेतो रंगको बा५च ६०९३ नम्बरको महिन्द्रा स्कोरपियो ०६४ असार १९ गते नै यातायात व्यवस्था विभागमा लगत कट्टा भई भूमिसुधार तथा व्यवस्था मन्त्रालय अन्तर्गत बा१झ ७७४१ को सरकारी नम्बर प्लेटमा बदलिसकेको  । यद्यपि, उनी पुरानै निजी नम्बर लगाएको त्यो गाडी चढिरहेका छन् तर त्यो नम्बरको गाडी नियम अनुसार चलाउन पाइँदैन । रोचक के भने यातायात व्यवस्था विभागमा बा५च ६०९३ नम्बरको गाडी सिप्रदी ट्रेडिङ्को टाटा इन्डिका कार देखिन्छ जबकि अहिले त्यो नम्बर भट्टराईले चढ्ने स्कोरपियोको हुन पुगेको  । नेता भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डे समस्या समाधान गर्न अस्थायी नम्बर लिने तयारी भइरहेकाले हालको नम्बर अन्तरमि मात्र भएको बताउँछन् । भन्छन्, "एक-दुई दिनभित्रैमा अस्थायी नम्बर आइसक्नेछ ।"
गिरजिाप्रसाद कोइरालाको नेतृत्वमा रहेको तत्कालीन सरकारले शान्ति प्रक्रिया सुरु भएको केही समयपछि माओवादी नेताहरूले प्रयोग गर्ने ९४ वटा अवैध गाडी र केही मोटरसाइकललाई अस्थायी दर्ता गरी नयाँ नम्बर दिने निर्णय गरेको थियो । त्यही निर्णय अनुसार धेरैजसो दर्ता भइसकेका छन् भने केही प्रक्रियामा छन् । अस्थायी दर्तामा पहेँलो, सेतो र नीलो रङको प्लेटमा बा०००१अ जस्ता नम्बर दिइएको  
सचिवालय सदस्य वर्षमान पुनले पनि महिन्द्रा स्कोरपियो नै चढिरहेका छन्, जसको नम्बर बा०००१अ९ हो  गजब त के भने यातायात व्यवस्था विभागको रेकर्डमा यो नम्बरको गाडीको प्रकार नै खुलाइएको छैन 





 


०६४ मंसिर १५ गते पुनले यातायात व्यवस्था विभागबाट अस्थायी नम्बर प्राप्त गरेका हुन् 
स्कोरपियो मन पराउने अन्य माओवादी नेतामा पोलिटब्युरो सदस्य एवं वाईसीएल इन्चार्ज कुलबहादुर केसी र पोलिटब्युरो सदस्य पम्फा भुसाल पनि हुन् । केसीले बा०००१अ१९ र भुसालले बा०००१अ१५ नम्बरको स्कोरपियो उपयोग गररिहेका छन् । केसीले ०६५ चैतमा र ०६५ साउन १९ गते अस्थायी नम्बर लिएका हुन्  ०६५ फागुन २० गते अस्थायी नम्बर पाएको बा०००१अ३६ नम्बरको पोलिटब्युरो सदस्य हरभिक्त कँडेल चढ्ने टाटा सफारी भने वैशाख पहिलो साता कृष्णभीरमा दुर्घटनामा परेको   कँडेलको त्यो सफारी यतिखेर मर्मतमा  । लामो अस्पताल बसाइपछि स्वस्थ भएका कँडेलचाहिँ यतिखेर सहकर्मीहरूकै गाडीबाट पार्टी काम भ्याइरहेका छन् 
पार्टी अध्यक्ष दाहालपछि महँगा गाडीमा यात्रा गर्ने माओवादी शीर्ष नेताहरूमा सचिवालय सदस्य रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ र टोपबहादुर रायमाझी छन्  पूर्वरक्षामन्त्रीसमेत रहेका थापाले बा०००१अ५ नम्बरको करिब ४० लाख रुपियाँभन्दा माथि पर्ने सैनिक रङको मोटर प्रयोग गररिहेका छन् । ०६४ कात्तिक २३ गते थापाले अस्थायी दर्ता नम्बर लिएका हुन् । यता संसदीय दलको उपनेतासमेत रहेका श्रेष्ठले प्रयोग गररिहेका हुन्डाई कम्पनीको गाडीचाहिँ जुदी इन्टरप्राइजेज धुलिखेलका दिलसुन्दर श्रेष्ठको नाममा दर्ता छ । श्रेष्ठले उपयोग गररिहेको जिपको नम्बर बा७च ५०३ हो । माओवादी शीर्ष नेताहरूले चढ्ने गाडीमध्ये सबैभन्दा पछिल्लोपटक नम्बर पाएको गाडी हो यो । स्रोतका अनुसार, श्रेष्ठले प्रयोग गररिहेको गाडीको मूल्य ३० लाख रुपियाँभन्दा बढी नै पर्छ । रायमाझीले प्रयोग गररिहेको रातो रङको गाडीको नम्बर बा५च १६०५ हो । हिमालयन ब्यांकबाट किस्ताबन्दी लिइएको यो गाडी मित्सुबिसी कम्पनीको पजेरो हो । प्रकाश खतिवडा नाम गरेका व्यक्तिको स्वामित्वमा रहेको यो गाडीको बजार मूल्य ५० लाख रुपियाँभन्दा माथि रहेको  
माओवादीभित्र कडा धारका नेता भनेर चिनिने सचिवालय सदस्य सीपी गजुरेललाई पनि स्कोरपियो प्रयोग गर्न नै मन परेको  । उनले प्रयोग गर्ने गाडीले बा०००१अ२४ नम्बर पाएको छ । ०६६ जेठ गते मात्र आधिकारकि रूपमा गजुरेलले आफ्नो गाडी यातायात व्यवस्था विभागमा दर्ता गराएका छन् । पार्टी प्रवक्ता तथा सचिवालय सदस्य दीनानाथ शर्मा करबि २५ लाख रुपियाँ पर्ने भे१च ७२३ नम्बरको हल्का खरानी रङको महिन्द्रा बलेरो चढ्छन्  तर, यातायात व्यवस्था विभागमा उनको नाममा बा०००१अ२५ नम्बरको बलेरो जिप पनि ०६४ कात्तिक १८ गते दर्ता भएको देखिन्छ  पोलिटब्युरो सदस्य अग्नि सापकोटा पनि रातो रङको बलेरो नै चढ्छन्, बा०००१अ१० नम्बरको । अर्का पोलिटब्युरो सदस्य इन्द्रमोहन सिग्देलले बा०००१अ३५ नम्बरको बलेरो लिएका छन् । अध्यक्ष दाहालका स्वकीय सचिवसमेत रहेका पोलिटब्युरो सदस्य शक्तिबहादुर बस्नेतसँग पनि बा०००१अ१८ नम्बरको सेतो बलेरो  
अर्का पोलिटब्युरो सदस्य लेखराज भट्ट भने सेतो रङको जिप चढिरहेका छन्, बा४च ५१३ नम्बरको 






 


ललितपुर फाइनान्स मानभवनले लगानी गरेको यो गाडी रोजिन श्रेष्ठको नाममा दर्ता छ । उनको नाममा बा०००१अ२१ नम्बरको महिन्द्रा बलेरो दर्ता छ, ०६४ कात्तिक १५ गते । यसैगरी, न्यु सहयोगी सप्लायर्स ललितपुरका नाममा दर्ता जनार्दन शर्मा 'प्रभाकर' चढ्ने बा५च ६४१८ नम्बरको गाडीका लागि स्ट्यान्डर्ड चार्टर्ड ब्यांकले फाइनान्स गरेको  । यातायात व्यवस्था विभागमा चाहिँ ०६४ कात्तिक १३ गते शर्माको नाममा बा०००१अ२९ नम्बरको स्कोरपियो दर्ता भएको देखिन्छ  माओवादीभित्र कठोर लाइनका युवा नेताका रूपमा परििचत नेत्रविक्रम चन्दचाहिँ बा२च १५१४ नम्बरको टोयोटा कारमा देखिन्छन्, जुन नेपाल ब्यांक लिमिटेडको फाइनान्समा छ 
पोलिटब्युरो सदस्य खड्गबहादुर विश्वकर्मा टाटा सफारी चढ्छन्, जसको मूल्य २५ लाख रुपियाँ पर्छ । पोलिटब्युरो सदस्य हितमान शाक्यका नाममा बा०००१अ११ नम्बरको टाटा सफारी दर्ता  । अर्का पोलिटब्युरो सदस्य गिररिाजमणि पोखरेलले प्रयोग गरेको बा६च ३८९१ नम्बरको निजी प्लेटको गाडी पनि यातायात व्यवस्था विभागमा शिक्षा मन्त्रालयको नाममा दर्ता  
अस्थायीबाहेक निजी नम्बर प्लेटका गाडीहरू फाइनान्समा राखेर किस्ता नतिरेपछि लिलामअघि माओवादी नेताहरूले ल्याएरसमेत प्रयोग गरेको स्रोतको दाबी  । उनीहरूले प्रयोग गररिहेको गाडी राजधानीमा एक लिटर तेलबाट बढीमा १२ किलोमिटरसम्म गुड्छन् भने तराईका राजमार्गमा १६ किलोमिटरसम्म । माओवादी नेताहरू विभिन्न कार्यक्रम भ्याउन दिनमा कम्तीमा एक सय किलोमिटर यात्रा गररिहेका छन्, अहिले । यस हिसाबले उनीहरूले प्रतिगाडी दैनिक न्यूनतम १० लिटर तेल किनिरहेका छन् । यसबाहेक गाडीको स्याहारसुसार र मर्मत-सम्भार खर्च बेग्लै छ । त्यसमाथि माओवादी नेताहरू आफैँ गाडी चलाउँदैनन् । सबैले मासिक तलबका अतिरत्तिm दैनिक खाना खुवाउने गरी ड्राइभर राखेका छन् । यसले पनि किफायती माओवादी नेताहरूको निजी व्यय निकै बढाएको छ जबकि त्यसका लागि उनीहरूसँग व्यक्तिगत सम्पत्ति केही छैन भनिएको  



एउटाकै नाममा दसवटा
कोटेश्वरका व्यापारी रामहर िश्रेष्ठलाई चितवनस्िथत तेस्रो डिभिजन मुख्यालयमा लगेर हत्या गरेको आरोप भोगिरहेका तत्कालीन तेस्रो डिभिजन कमान्डर कालीबहादुर खाम 'विविध'का नाममा मात्र टाटा सफारी, बलेरो स्कोरपियोजस्ता १० वटा गाडी दर्ता छन् । जसको मूल्य पनि प्रतिगोटा २५ लाख रुपियाँभन्दा माथि नै छ 
खामका नाममा बा०००१अ४७ देखि ५६ नम्बरसम्मका गाडी दर्ता छन् । खामका नाममा ०६४ माघ १४ गते दर्ता भएका हुन् यी गाडी । उनी यतिखेर पाँचाँै डिभिजन रोल्पाको दहवनमा सरुवा भएका छन् । त्यस्तै चौथो डिभिजनबाट प्रथम डिभिजनमा सरुवा भएका यामबहादुर अधिकारीका नाममा पनि महँगाखाले सातवटा गाडी दर्ता छन् । अर्का डिभिजन कमान्डर महेन्द्रबहादुर शाही 'प्रज्ज्वल'का नाममा छवटा गाडी दर्ता भएका छन्, यातायात व्यवस्था विभागमा 


 


 

साभार नेपाल पत्रीकाबाट