NAMASKAR ,NAMASKAR

NAMASKAR ,NAMASKAR
WELCOME MY BLOG VIEWERS

THINK WE ARE SAME

Photobucket

नेपाली समय

"शादा जीबन उच्चा बिचार"

"शादा जीबन उच्चा बिचार"
NEPALI FLAG

नमस्कार, नमस्कार , नमस्कार

"मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे, रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे, दु:ख मा रुनु हुँदैन र सुखमा हास्नु हुँदैन रे, आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे, जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिली रहोस समयले जति नै टाढा पुर्याए पनि अबिरल यादहरु आईरहोस, पुरा होस तपाईंको मनको हरेक कामना ।।" भगवान पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।

शिव जी

शिव जी
HINDU RELIGION

महादेव पार्वती र गणेश

महादेव पार्वती र गणेश

राजा त्रिभुवनको अफिस

राजा त्रिभुवनको अफिस








Nepal's First President

Nepal's First President
Ram Baran Yadav

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

बैठक कोठा

बैठक कोठा

राजगद्दी सिहासन

राजगद्दी सिहासन

नारायणहिटी सङ्ग्राहालय

नारायणहिटी सङ्ग्राहालय
२०६५ देखी सर्बसाधारणलाई खुल्ला गरिएको हो ।

Monday, January 19, 2009

माओवादी एकतासँगै देखिएको विद्रोह


माओवादी र एकताकेन्द्र मसालवीच हालै पार्टी एकीकरण भएको समाचार सार्वजनिक भएको छ। त्यसो त उक्त दुई पार्टीको एकता कै मेसोमा जनमोर्चा नेपाल पहिले विघटन भएको र पछि एकता केन्द्र मसालसँगै माओवादीमा विलय भएको घोषणा गरिएको छ।
माओवादीले एकताकेन्द्र मसाल सँगसँगै मालेमा, एकीकृत र माले पनि आफूमा विलय भएको भनेर प्रचार गरेको छ। जबकि नेकपा एकीकृत र माले माओवादीसँगै संविधानसभामा क्रियाशील रहेका छन्। बरु केही माओवादी कार्यकर्ताले बिद्रोह गरेको देखिएको छ। माओवादी नेता तथा कार्यकर्ताहरूले विद्रोह गरी रिभोल्युसनरी लेफ्ट विङ गठन गरेको करिब ६ महिना पुग्न लागेको छ। र, सो विङ पार्टीमा परिणत हु'दै छ। त्यसैगरी, एकताकेन्द्र मसालसँग पार्टी एकीकरण भएलगत्तै माओवादीबाट नेता तथा कार्यकर्ता बाहिरिने क्रम शुरु भएको देखिन्छ। यसैक्रममा नेकपा माओवादी रुपन्देहीका जिल्ला सचिवालय सदस्यसहित एक सयभन्दा बढी कार्यकर्ताले सो पार्टीबाट विद्रोह गरेका छन्। गत बिहीवार भैरहवामा पत्रकार सम्मेलन गरी विद्रोह गर्ने कार्यकर्ताको समूहले क्रान्तिकारी राष्ट्रिय मधेशी मुक्ति मोर्चा नेपालको गठन गरेको घोषणा गरेका छन्। माओवादी सरकारमा गएपछि पुराना सबै मुद्दालाई भुलेकाले आफूहरूले नयाँ मोर्चा गठन गरेको उनीहरूले उल्लेख गरेका छन्। सो समूहले हिराकुमार निषाद राहुलको संयोजकत्वमा ९ सदस्यीय क्रान्तिकारी राष्ट्रिय मधेशी मुक्ति मोर्चा नेपाल संगठनको गठन गरेको जनाएको छ। संगठनको सदस्यमा अजय रौनियारसहित नवलपरासीका सदस्य नरसिंह कहाँर र रामजीत हरिजनलगायत भगवती चौधरी, श्यामु तिवारी, बीरेन्द्रप्रसाद कुर्मी रहेका छन्। माओबादीबाट विद्रोह गरेका कार्यकर्ताहरूले पत्रकार सम्मेलनमा पहाडिया शासकले तराई छाड्नुपर्ने, तराईको राजस्व तराईमै खर्च गर्नुपर्ने, तराईको भूमि मास्न नपाइने, मधेशी आन्दोलन, जनयुद्ध र जनआन्दोलनका शहीदहरूलाई उचित क्षतिपूर्ति, समान ब्यवहार र सम्मान गर्नुपर्ने, खोसिएको जमिन्दारको सम्पत्ति फिर्ता गर्न नपाइने, जातीय स्वशासन लागु गर्नुपर्ने मागसहित नयाँ मोर्चा गठन भएको दावी गरेका छन्। माओबादीले जनयुद्धको अपमान गरेको आरोप लगाउँदै विगतमा बनेका अन्य सरकार र अहिलेको सरकारमा कुनै फरक नभएको उनीहरूको धारणा छ। शहीद, बेपत्ता र घाइते परिवारलाई राहत दिन नसकेको,मधेशका मुद्दालाई भुलेको आरोप पनि उनीहरूले लगाएका छन्। मधेशी कार्यकर्तालाई पार्टीमा दोस्रो दर्जामा राखेर हेर्ने गरिएको, नातावाद र कृपावादमा पार्टी चलेकाले विद्रोहको लागि बाध्य भएको उनीहरूले बताएका छन्। यसैक्रममा माओवादीका केन्द्रीय सदस्य मातृका यादवले पनि छुट्टै पार्टी गठन गर्ने समाचार सार्वजनिक भएको छ। नवप्रवेशी एकताकेन्द्र मसालका घनश्याम शर्मा र माधव कोइरालाले प्रवेशको लगत्तै पद परित्याग गर्नुभएको छ भने माओविचारधारा मान्ने अन्य नेताहरूले पार्टी विभाजन गर्ने संकेत देखिएको राजनीतिक क्षेत्रमा टिकाटिप्पणीको विषय भइरहेको छ। माओवादीका अध्यक्ष प्रचण्डले पटक–पटक एमालेसँग पार्टी एकताका लाग गर्नुभएको आग्रहलाई सो पार्टीले इन्कार गर्दै गएको छ।
- Deshpream