कलाको सौन्दार्येतालाई हेर्दा कसको मन बहलाउदैन होला त्येसैको यो एउटा नमूना हो . यो केही हस्तकलाका रंगीन तस्बीरहरुलाई हेर्दा प्रचिनकालको सम्झानाले सताउने गर्दछ .

'यो रात एउटी अपरिचित महिलासँग कसरी सुत्ने ?' बिहे भएको दोस्रो दिन साहित्यकार कृष्ण धरावासीका मनमा यस्तै खेलेको थियो रे ! त्यो रातको यसरी बयान गर्छन् उनी, 'खलखली पसिना आएको थियो । उत्तेजना, तन्द्रा, भय र लज्जाबीच जोडजोडले धड्किरहेको थियो मुटु ।' टुँडाल उपन्यासमा एउटी किशोरिको यौन भावना र उसको यौन मनोविज्ञान राम्ररी उतारिएको छ । सुस्मिता नामकी किशोरी कतै धरावासीको जीवनमा आएकी त थिइनन् ? अथवा उनको कुनै किशोरीसँग दैहिक सम्बन्ध नै पो थियो कि ? नत्र कसरी त्यति गहिरोसँग थाहा हुन्छ एउटी किशोरीको यौन मनोविज्ञान ? 'मैले अहिलेसम्म एकजनाबाहेक कसैसँग पनि यौनसम्पर्क राखेको छैन,' धरावासीले स्पष्टीकरण दिए, 'केही किशोरीलाई यौन र पुरुषसँगको आकर्षणबारे उनीहरूका अनुभव सोधेँ । दुर्भावना नराखी सोधियो भने उनीहरूले बताउनेरहेछन् ।' ४९ वर्षको उमेरमा हिँड्दै गरेका धरावासी कसरी १७ वर्षकी वैंशालु सुस्मिता भए त ? उनी भन्छन्, 'मान्छेलाई बच्चैदेखि यौनको चेतना हुन्छ । मान्छेको शरीरको पो उमेर हुन्छ, चेतनाको उमेर हुँदैन । त्यो स्थायी हुन्छ ।' टुँडालमा सुस्मिता, उमा, उमाकी विधवा आमा, सत्या, वृद्ध शर्माजीजस्ता पात्र यौवनको भोक मेटाउन तुलबुलाएका छन् । वृद्ध शर्माजी एउटी मस्त तरुनीलाई भोग्छन् । धरावासी कसरी वृद्ध शर्माजी भए ? 'हो, म आफैँ शर्माजी भएँ उपन्यासमा । शर्माजीको जति उमेर भएको छैन मेरो । म सन्तुष्ट लोग्नेमान्छे हुँ । सुखभोगका लागि स्वास्नीमान्छे खोज्दै हिँडेको छैन । मानसिक रूपमा प्रविष्ट मात्र भएको हुँ ।' के धरावासीले त्यो वृद्ध शर्माजी बनेर मस्त यौवनालाई भोग्दा आफ्नो नैतिक धरातल गुमाएनन् ? 'सुस्मितासँग र बूढो शर्माजीसँग पनि यौनको गहिरो उत्सुकता थियो । ओहो कस्तो हुन्थ्यो होला याैनमा डुब्न पाए भन्ने थियो दुवैजनालाई । शर्माजी गजबले भोकाएका पनि थिए र भोकाएको वेला नैतिकतालाई एकछेउ लगाएर उनले आफ्नो बलेको यौनभोक पूरा गरे । त्यसो नगरेको भए उनले सुस्मितालाई बलात्कार गर्थे होलान् ।' उपन्यासमा साह्रै वृद्ध अजीलाई पनि यौनको भोक लागेको छ । मस्त यौवनकै वेला पतिलाई गुमाएकी ती अजीले जीवनभरि यौनको भोक खपिन् । टुँडालका आकृति हेरेर, आफ्नो मरेको पतिको बलिष्ठ पाखुरा र उसले समातेको सम्झना गरेर मात्र बसिन् । हरे ! धरावासीले वृद्धालाई पनि छाडेनन् । यौवनले मस्तलाई भन्दा ती वृद्धालाई उनले बढी यौनको भोकी पात्रका रूपमा प्रस्तुत गरेका छन् । किन ? 'अजी वास्तवमै यौनअतृप्त छिन् । यौनको परम आवश्यकता भएको वेला पति गुमाएकी छिन् उनले । शरीरले मागेको छ यौन, तर त्यो पाउनबाट बर्जित छिन् उनी,' धरावासी भन्छन्, 'त्यसैले यो पात्र आएको हो ।' साभार नयापत्रिका
|