NAMASKAR ,NAMASKAR

NAMASKAR ,NAMASKAR
WELCOME MY BLOG VIEWERS

THINK WE ARE SAME

Photobucket

नेपाली समय

"शादा जीबन उच्चा बिचार"

"शादा जीबन उच्चा बिचार"
NEPALI FLAG

नमस्कार, नमस्कार , नमस्कार

"मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे, रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे, दु:ख मा रुनु हुँदैन र सुखमा हास्नु हुँदैन रे, आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे, जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिली रहोस समयले जति नै टाढा पुर्याए पनि अबिरल यादहरु आईरहोस, पुरा होस तपाईंको मनको हरेक कामना ।।" भगवान पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।

शिव जी

शिव जी
HINDU RELIGION

महादेव पार्वती र गणेश

महादेव पार्वती र गणेश

राजा त्रिभुवनको अफिस

राजा त्रिभुवनको अफिस








Nepal's First President

Nepal's First President
Ram Baran Yadav

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

बैठक कोठा

बैठक कोठा

राजगद्दी सिहासन

राजगद्दी सिहासन

नारायणहिटी सङ्ग्राहालय

नारायणहिटी सङ्ग्राहालय
२०६५ देखी सर्बसाधारणलाई खुल्ला गरिएको हो ।

Thursday, December 25, 2008

क्रिसमसको सेरोफेरो

कमल नेपाली
खि्रस्टियन धर्मावलम्बीहरू डिसेम्बर २५ लाई जिजस क्राइस्टको जन्मोत्सवको रूपमा मनाउँदै छन् । इतिहासकारहरूका अनुसार जिजसको जन्म इपू ४ मा जेरुसेलम नजिकैको वेथलेहेम नामक गाउँमा भएको थियो । उनका पिताको नम जोसेफ र माताको नाम मरियम थियो । यस धर्मको उदयलाई मानव सभ्यतामा महत्त्वपूर्ण घटनाको रूपमा लिइन्छ । परमेश्वरलाई पितातुल्य मान्दै समस्त मानव जातिबीच भ्रातृत्वको भावना जगाउन उद्यत यस धर्ममा दया, प्रेम, सत्यता, पवित्रता र समानताको पाठ पढ्न सकिन्छ ।
यसुका आदर्श वचनहरूबाट मानिस मन्त्रमुग्ध हुँदै गए । यसबाट धर्मभीरू यहुदी पूजारी र रोमन शासक दुवै वर्ग तर्सिए । अन्ततः देशद्रोहको अभियोगमा उनलाई क्रसमा झुन्ड्याई फाँसी दिइयो । यस दुःखदायी घटनालाई क्रुसिफिकेसन ३० एडी भनेर स्मरण गरिन्छ । जिजस मारिए तर उनका उपदेश अमर रहे । उनकै उपदेशहरूका आधारमा इसाई धर्मको स्थापना भयो ।
सन्दर्भ क्रिसमसको भएकोले यसकै बारेमा उल्लेख गरिन्छ । इसाईहरूमा पनि क्रिसमसबारे फरक मत देखिन्छ- क्रिसमस मान्ने र विरोध गर्ने । पुत्रभन्दा माता ठूलो भनी मरियमलाई मान्नेहरू, पिता ठूलो भनेर जोसेफलाई मान्नेहरू अनि पिता परमेश्वरबाहेक अरूलाई मान्नुको तुक छैन भन्नेहरू क्रिसमस विरोधी हुन् । उनीहरू खि्रस्टलाई अभिषिक्त जन, प्रख्यात शिक्षकमात्र मान्छन् । कोही असल व्यक्ति, कोही अगमवक्ता भन्छन् तर इसाईका दुई सम्प्रदाय प्रोटेस्टेन्ट र रोमन क्याथोलिक दुवै खि्रस्टलाई नै परमेश्वरको रूपमा पुकार्छन् । क्रिसमस रमाइलोसँग मनाउँछन् ।
तर यहोवाज् विट्नेस् अर्थात् यहोवाका साक्षीहरू, जो पिता परमेश्वरको आराधना गर्छन्, लोकपि्रय धार्मिक बिदाहरूलाई झुटो धर्मबाट प्रभावित भन्छन् । जसमा क्रिसमस पनि पर्छ । ती दाबीका साथ भन्छन्, क्रिसमसमा खि्रस्टको जन्मदिनको सम्झना गरिन्छ भन्ने विश्वास छ र मसिही भनाउँदा सबै धर्मले यो मनाउँछन् । तर यसुका प्रथम शताब्दीका चेलाहरूले यस्तो धार्मिक पर्व मनाएको कुनै प्रमाण छैन । प्रमाणको रूपमा सेक्रेड अरिजिन्स अफ प्रोफाउन्ड थिंग्स नामक पुस्तक अघि सार्छन् । त्यहाँ उल्लेख छ- यसुको जन्म भएको २ शताब्दीसम्म कसैलाई पनि उहाँको जन्म कहिले भयो भन्ने थाहा थिएन । यसबारे जान्ने चासो पनि राखेनन् । त्यस्तै द वर्ड बुक अफ इन्साइक्लोपेडियामा लेखिएको 'प्रारम्भिक मसिहीहरूले कसैको जन्मदिन मनाउनु गैरमसिही चलन ठान्थे' वाक्यांशसमेत प्रस्तुत गर्छन् । तर बाइबलमा भने जन्म दिवसबारे २ ठाउँमा लेखिएको छ । उत्पत्ति ४०ः२० मा फारो नामका व्यक्ति र मर्कुस ६ः२१ मा राजा हेरोदको जन्मोत्सवमा भव्य भोग दिएको सन्दर्भ छ ।
द इन्साइक्लोपेडिया बि्रटानिकामा उल्लेख छ- अजेय सूर्यको जन्मोत्सव भनी रोमीहरूले चाड मनाउँथे । जाडो महिनामा सूर्य सबैभन्दा मधुरो हुने हुँदा ताप र प्रकाशको स्रोत सूर्यलाई टाढाको यात्राबाट फर्काउन तिनले यस्तो चाड मनाउँथे । डिसेम्बर २५ मा सूर्य टाढाबाट र्फकन थाल्छ भन्ने विश्वास गरिन्थ्यो । गैरमसिहीहरूलाई आफ्नो धर्ममा भित्र्याउने प्रयासमा धर्मगुरुहरूले यो पर्वलाई क्रिसमसको रूपमा आफ्नो धर्ममा स्थान दिए । यसलाई २५ डिसेम्बरमै छानिनुको कारण सटरनालिया चाड पनि अर्को कारण मानिन्छ जुन रोमीहरूले कृषिदेवको सम्मानमा डिसेम्बर १७-२४ सम्म मनाउँथे ।
इसाईमा जरथ्रुस्ट धर्मको प्रभाव रहेको भन्नेहरू समेत देखिन्छन् । क्रिसमस पर्व इरानीहरूको सूर्यपूजासँग मिल्दो मान्छन् उनीहरू । २२ डिसेम्बरदेखि दिन लामो हुने हुँदा इरानी धर्ममा उक्त दिनलाई सूर्यको विजयको दिन मानिन्थ्यो । क्रिसमसको सुरुआत बाइबलबाहिर भएकोले १७ औं शताब्दीमा बेलायत र केही अमेरिकी उपनिवेशहरूमा यो मनाउन प्रतिबन्धसमेत लगाइन्थ्यो । यो दाबी यहोवाका साक्षीहरूको हो । उक्त दिन काममा नगई बिदा बस्ने दण्डको भागीदार बन्थ्यो ।
यसु कहिले जन्मेका थिए भन्नेबारे बाइबलले यकिनसाथ बताएको छैन । लुकाको पुस्तक २ः८-१२ मा 'उहाँ जन्मनु भएको रात चौरमा गोठालाहरू थिए' मात्र उल्लेख हुनुले यसलाई पुष्टि गर्छ । त्यस्तै उपदेशक ७ः१ मा मृत्युको दिन जन्मको दिनभन्दा असल हो र त्यसैको ७ः८ मा 'कुनै कामको सुरुभन्दा अन्त्य उम्दा हुन्छ' उल्लेख गरिएको पाइन्छ । यसलाई गलत नमान्ने हो भने खि्रस्टको अपुष्ट जन्मभन्दा तिथिमितिसहितको बलिदान वा पुनरुत्थान महत्त्वपूर्ण देखिन्छ । क्रिसमसलाई जिजसको क्रुसिफिकेसनसँग जोडिएको भए त्यो दुःखद् क्षण मानिसको हृदयमा अझ गहिरोगरी बस्ने थियो होला । अब सम्बन्धित पक्षले विवादित क्रिसमसको विषयलाई स्पष्ट रूपमा सत्य तथ्य के हो सबैका सामु राखिदिनु राम्रो हुनेछ ।