NAMASKAR ,NAMASKAR

NAMASKAR ,NAMASKAR
WELCOME MY BLOG VIEWERS

THINK WE ARE SAME

Photobucket

नेपाली समय

"शादा जीबन उच्चा बिचार"

"शादा जीबन उच्चा बिचार"
NEPALI FLAG

नमस्कार, नमस्कार , नमस्कार

"मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे, रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे, दु:ख मा रुनु हुँदैन र सुखमा हास्नु हुँदैन रे, आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे, जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिली रहोस समयले जति नै टाढा पुर्याए पनि अबिरल यादहरु आईरहोस, पुरा होस तपाईंको मनको हरेक कामना ।।" भगवान पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।

शिव जी

शिव जी
HINDU RELIGION

महादेव पार्वती र गणेश

महादेव पार्वती र गणेश

राजा त्रिभुवनको अफिस

राजा त्रिभुवनको अफिस








Nepal's First President

Nepal's First President
Ram Baran Yadav

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

बैठक कोठा

बैठक कोठा

राजगद्दी सिहासन

राजगद्दी सिहासन

नारायणहिटी सङ्ग्राहालय

नारायणहिटी सङ्ग्राहालय
२०६५ देखी सर्बसाधारणलाई खुल्ला गरिएको हो ।

Saturday, October 25, 2008

माओवादीले सत्ता पाएपछि जनसेनालाई धोका!

माधब बस्नेत
-कार्तिक-२०६५,मंगलवार
माओवादी जनसेनालाई राष्ट्रिय सेनामा समायोजन गर्ने कि नगर्ने विषय यतिखेर राष्ट्रिय राजनीतिमा बहसको विषय बनिरहेको छ। सेना समायोजनको 'मोडेल' का बारेमा दिनदिनै चर्का बहसहरु भइरहेका छन्। जनसेनालाई राष्ट्रिय सेनामा समायोजन गर्नुपर्छ र गर्न हँुदैन भन्ने विषयलाई लिएर सत्तारुढ दलहरुबीचमै मतभिन्नता देखिएको छ। संविधानसभामा प्रतिपक्षको भूमिका निभाइरहेको नेपाली कांग्रेस, सरकारमै सहभागी मधेसी जनअधिकार फोरम, नेपाल सद्भावना पार्टीलगायतका दलहरुले त माओवादी लडाकुलाई राष्ट्रिय सेनामा समायोजन गरिए विद्रोह गर्ने चेतावनीसमेत दिइरहेका छन्। सेना समायोजनको विषयमा विवाद चुलिदै जाँदा 'जनमुक्ति सेना' भित्र पनि 'असन्तुष्टि' देखिन थालेको छ। 'सशस्त्र युद्धकै माध्यमबाट केन्द्रीय सत्ता कब्जा गर्ने लक्ष्यका साथ गठन गरिएको जनमुक्ती सेना' लाई त्यो उद्देश्य पूरा नहँुदै नेतृत्वले विघटन गराउने षड्यन्त्र गरी धोका दिएको भन्दै जनसेनाहरुले गुनासो पोख्न थालेका छन्। सेना समायोजनको विषयलाई लिएर माओवादी शीर्ष नेतृत्व पंक्तिमा पनि विवाद बढेको छ। यो विषयलाई लिएर माओवादीभित्र ठूलै माथापच्ची परिरहेको स्रोेतले बतायो। माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', वरिष्ठ नेता एवं रक्षामन्त्री रामबहादुर थापा 'बादल' लगायत संस्थापन पक्षका नेताहरुले 'योग्य' जनसेनालाई मात्र राष्ट्रिय सेनामा समायोजन गर्ने प्रतिवद्धता सार्वजनिक गरिसकेका छन् भने कडा धारका नेताका रुपमा परिचित मोहन वैद्य 'किरण' समूहले सम्पूर्ण जनसेनालाई राष्ट्रिय सेनामा नै गाभ्नुपर्ने धारणा दोहोर्‍याइरहेका छन्। अस्ति कार्तिक १ गते शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा वरिष्ठ नेता किरणले सबै जनसेनालाई सामूहिक रुपमा राष्ट्रिय सेनामा समायोजन गरिनुपर्ने अडान राखेका छन्। किरणले आफ्नो अडान पेश गरेको अघिल्लो दिन असोज ३० गते बिहीबार प्रधानमन्त्री दाहालले बालुवाटारमा आयोजित एक कार्यक्रममा योग्य लडाकुलाई सेनामा समायोजन गर्ने र बाँकीलाई अन्यत्रै पुनःस्थापना गर्ने जानकारी दिएका थिए। 'सेना समायोजनका लागि विशेष समितिले मापदण्ड तय गर्नेछ र सोही आधारमा माओवादी जनसेनालाई राष्ट्रिय सेनाका अलवा जनपद, सशस्त्र प्रहरी, सीमा सुरक्षा बल, औद्योगिक सुरक्षा बलमा पुनस्थापित गरिने छ।' प्रधानमन्त्री दाहालले भने– 'जनसेनालाई राष्ट्रिय सेनामा मात्रै समायोजन गर्नुपर्छ भन्ने छैन। सबै क्षेत्रमा समायोजन गरेर पुनर्स्थापित गरिनेछ।' दाहालले यो भनाइ सार्वजनिक गर्नु अघिल्लो दिन परराष्ट्रमन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री सेना समायोजनका पक्षमा नरहेको बताएका थिए। प्रधानमन्त्रीसँगै भारत र अमेरिकाको भ्रमणमा गएका यादवले असोज २९ गते बुधबार एक कार्यक्रममा भने– 'नेपाली सेनामा माओवादी छापामारको समायोजन हुँदैन। प्रधानमन्त्रीज्यूले नै अन्तर्राष्ट्रिय समुदायसँग माओवादी सेनालाई नेपाली सेनामा समायोजन नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ। कार्यक्रममा प्रचण्डको दोहोरो भनाइप्रति यादवले आश्चर्य पनि व्यक्त गरेका थिए। उनको भनाइ थियो– 'सेना समायोजनका विषयमा प्रधानमन्त्रीले किन दोहोरो कुरा गरिरहनुभएको छ। मलाई अचम्म लागिरहेको छ।' माओवादीले जनसेनालाई 'क्यान्टोनमेन्ट' मा राख्ने बेलामा सबैलाई राष्ट्रिय सेनामा सामेल गराउने 'सपना' देखाएर भर्ती गराएको थियो। तर, अहिले प्रधानमन्त्री दाहालले 'योग्य' जनसेनालाई मात्रै राष्ट्रिय सेनामा समायोजन गर्ने र बाँकीलाई अन्यत्रै पुनर्स्थापना गराउने अभिव्यक्ति दिएपछि जनसेनामा अन्योल र असन्तुष्टि बढेको स्रोतले बतायो। दाहालको यस्तो अभिव्यक्तिप्रति माओवादीका धेरैजसो नेताहरुले सत्ताको कुर्सी पाएपछि प्रचण्ड नेपाली क्रान्ति र जनमुक्ति सेना दुवैलाई धोका दिने षड्यन्त्रमा लागेको आरोप लगाएका छन्। 'जनमुक्ति सेनाको सम्पूर्ण पंक्तीलाई राष्ट्रिय सेनामा समायोजन गर्नुपर्छ भन्ने अडान राख्दै आउनुभएका प्रचण्डले भारत र अमेरिका भ्रमणबाट फर्किएपछि एकाएक किन केहीलाई मात्र राष्ट्रिय सेनामा समायोजन गर्नुपर्छ भन्नुभयो, थाहा पाउन सकिएको छैन।' एक डेपुटी कमाण्डरले मेरो नाम उल्लेख नगर्नुस है भन्दै दृष्टिलाई बताए– 'हामी भने तल फिल्डमा गएर सबै जनसेनाहरुको समायोजन राष्ट्रिय सेनामै हुन्छ भनेर प्रशिक्षण दिइरहेका छौ। तर, नेतृत्व भने हामीले दिएको प्रशिक्षण र क्यान्टोनमेन्टमा बसेका जनसेनाको भावनाविपरित अभिव्यक्ति दिइरहेको छ। प्रधानमन्त्री, रक्षा मन्त्रीको यो व्यावहारले जनसेना माथि धोका भएको छ।' जनसेनालाई समायोजन गर्ने कुराको तीव्र बहस हुन थालेपछि समायोजनको विषयमा अहिलेसम्म केही नबोलेर मौनता साँधिरहेको अनमिनले पनि मुख खोलेको छ। असोज २९ गते राजधानीमा आयोजित एक कार्यक्रममा अनमिन प्रमुख इयान मार्टिनले भने– 'सेना समायोजन दलहरुले राजनीतिक छलफलबाट टुङ्गो लगाउनु पर्छ। अनमिन छिट्टो सेना समायोजन होस् भन्ने पक्षमा छ।' सेना समायोजनबारे चर्को बहस हुन थालेपछि त्यस विषयमा छलफल गर्न असोज २८ गते बुधबार आफ्नो हेडक्वाटर नयाँ बजारमा जनमुक्ति सेनाको जनरल स्टाफको बैठक बसेको थियो। त्यो बैठकले सेना समायोजन विरोधी प्रयत्नको विरोध गरिने निर्णय गरेको स्रोतले बतायो। बैठकमा जनसेनाका प्रमुख नन्दकिशोर पुन 'पासाङ', डेपुटी कमाण्डर चन्द्रप्रकाश खनाल 'वलदेव', वर्षमान पुन 'अनन्त', जर्नादन शर्मा 'प्रभाकर', सातवटै डिभिजनका कमाण्डरहरुको उपस्थिति रहेको थियो। 'बैठकले सेना समायोजनबाट नयाँ राष्ट्रिय सेना गठन भएको सन्देश प्रवाह हुनुपर्ने निश्कर्ष निकालेको छ। पुरानो सेनामा विलय भएको सन्देश जाने गरी सेना समायोजन भएमा हामीलाई मान्य हुने छैन'– सहभागी एक डिभिजन कमाण्डरले दृष्टिलाई बैठकको निर्णय सुनाए। जनसेनाको जनरल स्टाफको बैठकले यस्तो निश्कर्ष निकाले पनि प्रधानमन्त्री दाहालले सबै जनसेनालाई राष्ट्रिय सेनामा समायोजन गर्ने नीति नभएको बताएपछि जनसेना प्रचण्डको नियतप्रति सशंकित बनेको स्रोतले बतायो। 'योग्य भनेको के हो? के सबै जनसेना हिजो युद्ध लडेरै आएका होइनन् र? अध्यक्ष एवं प्रधानमन्त्री र रक्षामन्त्रीबाटै योग्य र अयोग्यको नाममा जनसेनालाई विभाजन गरी धोका दिने षड्यन्त्र भएको देख्दा हामीलाई असाध्यै पीडा भएको छ।' सिन्धुलीको दुधौलीमा अवस्थित दोस्रो डिभिजन अर्न्तगतका एक विग्रेड कमाण्डरले टेलीफोनमा असन्तुष्टि पोखे। प्रधानमन्त्री दाहालले भारत र अमेरिकाका नेताहरुसमक्ष जनसेनालाई राष्ट्रिय सेनामा समायोजन नगर्ने प्रतिवद्धता गरिसकेकोले त्यही प्रतिवद्धताअनुसार उनले आफ्नो योजना सार्वजनिक गरेको स्रोतको दावी छ। नयाँदिल्लीस्थित दृष्टि विशेष प्रतिनिधिका अनुसार प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री मनमोहन सिंह, विदेशमन्त्री प्रवण मुखर्जीलगायतसँग माओवादी जनसेनालाई राष्ट्रिय सेनामा समायोजन नगर्ने प्रतिवद्धता व्यक्त गरेका थिए। 'भारतीय प्रधानमन्त्री र विदेशमन्त्रीलगायत नेताले प्रधानमन्त्री दाहालसँग सेना समायोजनको विषयमा प्रमुखताका साथ कुरा उठाएका थिए। र, उनीहरुले माओवादीका सम्पूर्ण सेनालाई राष्ट्रिय सेनामा समायोजन गरिएमा त्यसले भविष्यमा घातक परिणाम ल्याउने कुरातर्फ सचेत गराएका थिए।' दिल्ली स्रोत भन्छ– 'भारतीय नेताहरुको यो सल्लाहपछि प्रधानमन्त्री दाहालले पनि मैलै पनि यो कुरा महशुस गरेको छु। सबै लडाकुलाई राष्ट्रिय सेनामा समायोजन गरिने छैन भनेका छन्। त्यसैले दाहाल त्यही प्रतिवद्धताअनुसार नै अघि बढिरहेका छन्।' रामबहादुर थापा 'बादल' रक्षा मन्त्री बनेलगत्तै ६ महिनाभित्र सेना समायोजन गरिसक्ने धारणा सार्वजनिक गरेका थिए। तर, अहिलेसम्म सेना समायोजनको मापदण्ड निर्धारण गर्ने विशेष समिति समेत बन्न सकेको छैन। सुरक्षासँग सम्बन्धीत विज्ञहरुले ६ महिनाभित्र सेना समायोजन गर्न नसकिने दावी गरिरहेका छन्। विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान, राजनीतिक दलहरुबीचको सहमतिमा समेत सेना समायोजन र पुनःस्थापना गर्ने कुरा उल्लेख छ। तर, सेना समायोजनको विषयमा विवाद बढदै जाँदा संविधान निमार्णको काम समेत ओझेलमा पर्दै आएको छ। द्वन्द्वरत संसारका धेरै देशहरुमा सेना समायोजनको विषयले लामो समय लिएको इतिहास छ। दक्षिण अफ्रिकामा नेल्सन मण्डेलाजस्ता लोकप्रिय नेताले नेतृत्व गर्दा समेत सेना समायोजनको टुङ्गो लगाउन ४ वर्ष लागेको थियो। हाइटी, कङ्गो, बुरुण्डी, इजराएल जस्ता धेरै देशहरुमा सेना समायोजन भइसकेपछि विद्रोह भएको इतिहास पनि हाम्रा सामु छ। उच्च सैनिक स्रोतका अनुसार मुलुकमा स्थायी शान्ति स्थापना हुन्छ भने तल्ला तहका केही जनसेनालाई राष्ट्रिय सेनामा गाभ्न नेपाली सेना तयार छ। तर, सबैलाई नेपाली सेनामा समायोजन गर्न तयार छैन। 'दिगो शान्ति स्थापना गर्ने मूल्यमा तल्ला तहका ३ हजारसम्म जनसेना समायोजन गर्न सकिनेमा सेनाको उपल्लो तहमा सहमती भएको छ। आफ्नो कुर्सी जोगिने आश्वासनपछि प्रधानसेनापति रुक्माङगद कटवाललगायत केही उच्च अधिकृतहरुले माओवादीका सबै लडाकुलाई राष्ट्रिय सेनामा समायोजन गर्न सहमती जनाए भने हेर्दै जानुस, नेपाली सेनाको बीचको तहबाट विद्रोह हुने निश्चित छ।' एक उच्च सैनिक अधिकृतले भने– 'राजनीतिक फिल्डबाट आएका व्यक्ती सेनामा आएर निश्त्रि्कय बस्न सक्तैनन्। त्यसैले राजनीति गरेर आएका लडाकुलाई राष्ट्रिय सेनामा समायोजन गर्न हँुदैन भनेर नेपाली सेनाले १० वटा उपाय देखाइदिएको छ। त्यो उपायलाई अस्वीकार गर्दै सबै लडाकुलार्ई राष्ट्रिय सेनामा समायोजन गरी राजनीति गरिएमा विद्रोह हुनेछ।'

आकाशबाट झरेपछि...

-कार्तिक-२०६५,मंगलवार
२२ हजार पाँच सय फिट माथि आकाशबाट हामफालेर काठमाण्डौं आइपुगेकी माया गुरुङ यतिबेला सम्मान थाप्न, फोटो खिचाउन, अनुभव सुनाउन र साहास बाँड्न व्यस्त छिन। गत असोज १७ गते बाट एक्सप्लोअर हिमालय, इन्त्रि्कडिबल एड्भेञ्चर र बेलायतको हाइ एण्ड वाइल्ड नामक संस्थाले आयोजना गरेको दश दिने प्रथम स्काई ड्राइभिङमा नेपालका तर्फबाट सहभागी भएर उनले सफलता प्राप्त गरिन्। जहाँ १४ राष्ट्रका ३३ जनाले भाग लिएका थिए। माया गुरुङ एकमात्र प्रथम नेपाली महिला हुन जस्ले यति धेरै अग्लो ठाउँबाट प्यारासुटको सहारामा जम्प गरेर सफलता प्राप्त गरेकी छिन। “चरा जस्तै उड्न पाए कस्तो मजा हुन्थ्यो”! सानै देखिको सपना थियो आकाशमा उड्ने। टुडिखेलमा आर्मीहरु प्यारासुटबाट हामफालेको देख्दा म पनि यसरी हामफाल्न पाए.......! जस्तो लाग्थ्यो। यतिबेला मेरो सपना पूरा भएको छ।” –मायाले खुशी व्यक्त गरिन। दशैंमा सबैजना टिका लगाउन व्यस्त थिए। तर माया आकाशबाट हामफल्ने काममा व्यस्त थिइन्। टिकाको भोलिपल्ट विहान १०.४५ बजे मायाले सोलुखुम्बु जिल्लाको स्याङबोचे हिमाल क्षेत्रमा प्लेनबाट जम्प गरिन। तीन हजार फिट तलसम्म झर्दा मायाको प्यारासुट खुलेन। तर पनि माया डराइनन् किनकी उनलाई आकाशमा उड्ने रहर थियो। “भित्रैबाट रहर जागे पछि त्यसलाई पूरा गर्न पनि भित्रैबाट आँट आउँदो रहेछ। आँटे पछि गर्न नसकिने केही रहेनछ।”मायाको आँट बढेको छ। “म त अझै धेरै माथिबाट हामफाल्न चाहान्थे तर अनुमति पाइन। जहाँबाट अनुमति पाएँ, त्यहिबाट पनि मैले प्रशस्त आनन्द लिएँ”– मायाले थपिन्– “म खुम्जुङ र खुन्दे माथि उडि रहेकी थिएँ। मनोरम हिमाल, तालतलैयाहरु, हरिया फाँटहरुको माथि माथि उडिरहँदा मैले आफुलाई संसारकै भाग्यमानी केटी संझें। मलाई मेरो पाइलटले ल्याण्डिङ्ग प्वाइन्टको संकेत गरिरहेका थिए तर मैले प्वाइन्ट नै देखेकी थिइन। पाइलट नभएको भए अझै धेरै समय आकाशमा विताउन पाउने थिएँ! जस्तो लागि रहेको थियो।” सिन्धुपाल्चोक जिल्लाको भोटे नाम्लाङ्ग गाविस वडा नं. ८, गुरुङ गाउँमा जन्मिएकी माया गुरुङ उमेरले २९ वर्षकी भइन तर कामको हिसाबले आजभन्दा दुई वर्ष अगाडि नै सगरमाथा आरोहण पनि सफल गरिसकेकी छिन। २०५६ सालमा टेनपीन बलिङ बाट खेल क्षेत्रमा प्रवेश गरेकी माया २०६१ सालसम्म बलिङको च्याम्पीयनशीप समेत रहिन। त्यहि अवधीमा उनले सोल्टी होटलमा बलिङको प्रशिक्षकको रुपमा जागिर समेत खाइन्। २०६३ सालबाट उनी हिमाल आरोहण तर्फ लागिन। रक क्ल्याम्बीङ र वाल क्ल्याम्बीङ जस्ता ट्रेनिङ लिए पछि उनले सगरमाथा आरोहण गर्ने प्रयास गरिन् तर उनको प्रयासमा “फण्ट” तगारो बनेर तेर्सियो। एकातिर खर्चको अभाव अर्कातिर “गुरुङकी छोरी भएर कहाँ हिमाल चढ्ने?” “सक्दैन” आदी जस्ता कुराले उनलाई हतोत्साही बनायो। “तर मैले आफ्नो प्रयासलाई जारी राखें। सगरमाथा चढेरै छाडें।”– मायाले सहास देखाउँदै भनिन्। सगरमाथा आरोहण गर्ने आफ्नो लक्ष्य पूरा गर्न माया प्रथम समावेशी महिला सगरमाथा आरोहण दलमा सामेल भईन। संस्था मार्फत गए पछि फण्ट जुटाउन सजिलो भएको र आफ्नो लक्ष्य पूरा भएको मायाले बताइन। २०६५ साल जेठ ९ गते विहान ८.४५ बजे मायाले सगरमाथाको शिखरलाई चुमेकी थिइन। गाह्रो भएन सगरमाथा आरोहण गर्न?“समिटको मोहले केही पनि गाह्रो लागेन।”–मायाले उत्साहित हुँदै भनिन्। १४ वर्षको उमेरमा घरबाट बिहे गरिदिने कुरा गरेपछि भागेर हिंडेकी माया गुरुङ यतिबेला भने बिहे गर्नुपर्छ भन्ने कुरामा सहमत छिन तर “सोचेको छैन” भन्छिन। कहिले सोच्ने त? “अझै केही काम गरेपछि।” बिहे नै रोकेर गर्ने काम के हो त्यस्तो? “गरेपछि भन्छु।” हामीले मायासंग धेरै कोट्यायौ। मायाका अझ दुई वटा लक्ष्य बाँकी रहेछन–एउटा र्‍याफ्टिङ र कायटिङ गरेर नेपालका नदी चिनाउने, अर्को सिन्धुपाल्चोकका महिलालाई शिक्षित र स्वस्थ बनाउने। चढ्न धेरै अभ्यास र मिहिनत गरेपनि झर्ने कुरामा अहिलेसम्म कुर्चीबाट समेत हाम नफालेकी माया गुरुङ दुई सेकेण्डको आँटले नेपालकै प्रथम महिना बनिन्। आफुले चाहेको राम्रो काम आँट गरेपछि पूरा हुन्छ भन्दै माया नेपाली महिलालाई आफ्ना समस्याहरु नलुकाउन र बाहिर आउन प्रयास गर्न सल्लाहा दिन्छिन। उनको सल्लाहा कति महिलाले मान्ने हुन थाहा छैन तर हाम्रो शुभकामना छ मायालाई अझ धेरै सफलताको।

बाहिरी चक्रपथको निमार्ण सुरु


काठमाडौं उपत्ययतको बढ्दै गएको सवारीसाधान र पैदलयात्रुको चापलाई ध्यान दिएर बाहिरी चक्रपथ निमार्ण गर्ने भएको छ। ६ लेन लामो उक्त चक्रपथमा सबै सुविधा राखिएको छ। उपत्यकामा बाहिरी चक्रपथ निमार्णका लागि यसै महिनादेखि काम सुरु गरिने भएको छ।
पहिलो चरणमा चोरभा देखि सतंुगल गाविससम्म ६किलोमिटर सडक निमार्ण गरिन छ। ६ किलोमिटर निमार्णका लागि एक अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान छ भने बाहिरी चक्रपथ निर्माणका लागि १४ अर्ब रुपैयाँ लाग्ने बताइएकोछ। चक्रपथ निमार्ण १० बर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ। बाहिरी चक्रपथ निमार्णका लागि तिहारलगत्तै फिल्डमा काम सुरु हुने छ। बाहिरी चक्रपथ विकास आयोना प्रमुख सुरेशप्रसाद अचार्यका अनुसा।र सर्वेक्षणलगायत सम्पूर्ण तयारी पूरा भएको छ। चीन सरकारको सहयोगमा निमार्ण हुन लागेको बाहिरी चक्रपथ ७२ किलोमिटर लामो छ। ६ लेन रहेन यस चक्रपथको चौडाइ ५० मिटर हुनेछ।
यसमा हायवे, सर्भिस रोड, पार्किङ लाइन, साइकल लेन, ग्रीन वेल्ट, सडकपेटिलगायतको व्यवस्थापनि हन्छ। तीस वर्ष अघि निमार्ण गरिएको अहिलेको चक्रपथ२७ किलोमिटर लम्बाइ र ८० फिट चौडाइको मात्र छ। बाहिरी चक्रपथले उपत्यकाका तिन जिल्ल्ाका ४० गाविस , भक्तपुर, मध्युपुर ठिमी, किीतिपुर नगरपालिका र काठमाडौं महानगरपालिकालाई हुनेछ। यसका लागि ३२ किलोमिटरको विस्तृत परियोजना प्रतिवेदन तयार गरिएको बताइन्छ । बाहिरी चक्रपथले छुने एरियाहरुमा काठमाडौंको चोरभा, गाम्चा, संतुगल, नैकाप, पुरानो भन्ज्याङ, सीतापाइला, नागार्जुन डाडा, नेपालटार, गोंगबु, टोखागाउँ, चपली, कपन, जगडोल,सुनटोल र थलीडाँछी। यस बाटाले भक्तुपुरको गामफेदी, पकाउनेपाटी, बाँसबारी, याङडोल, मसानडोल, भातेढिकुरो, नयाँ ठिमी र दधिकोट क्षेत्रलाई छुनेछ। ललिपुरको लुभु,ठैव, धावाखेल, ठेचो,बुडमती र चोभारा छिचोल्ने ताइएको छ।(साभार वीकली नेपाल )

Wednesday, October 22, 2008

सपनाको खेती



नक्कली पासपोर्ट र सम्झौतापत्रको



नौ महिनाअघि तत्कालीन श्रममन्त्री रमेश लेखक कतार र संयुक्त अरब इमिरेट्स आइपुगे । कतार सरकारस"ग श्रम सम्झौता गर्न र संयुक्त अरबमा श्रम व्यवस्थापनसम्बन्धी सम्मेलनमा सहभागी हुन उनी यता आएका थिए । त्यो यात्रा उपलब्धिमूलक भयो पनि । कतारस"ग भएको श्रम सम्झौतापछि रोजगारमा आएका नेपाली कामदारको 'सुरक्षा ढोका' खुलेको भन्दै सरकारी-निजी सबै क्षेत्रका पदाधिकारीहरू दङ्ग परे ।
कामदारको स्वीकृतिबिना कम्पनीले हटाउन नसक्ने, हटाउनुपरेमा करार अनुसारको सेवासुविधा अनिवार्य दिलाउने, श्रमसम्बन्धी सम्पर्ूण्ा मामिला दुवै देशका श्रम मन्त्रालयले हर्ेर्नेसहितका सहमतिहरू त्यसबेला दर्ुइ सरकारबीच भएका थिए । वैदेशिक रोजगारमा नेपालीका लागि सबैभन्दा आकर्ष गन्तव्य बनेको कतारको दोहास्थित नियोगका काममा सघाउ पुर्‍याउन तत्कालै एक जना श्रम सहचरी पठाइने सरकारी निर्ण्र्ाापनि श्रममन्त्री लेखकले त्यहीबेला सुनाएका थिए । तीन लाख नेपाली कामदारको चापलाई थेग्न नेपाली दूतावासमा राजदूतसहित जम्मा तीन कर्मचारी रहेकामा श्रम सहचरी नियुक्तिको छनोटमा कतार नियोग पनि परेको थियो ।
यो गत जनवरीमा भएको सहमति र सम्झौताको कुरा हो । भर्खरै राजदूत बनेर आएका प्राध्यापक र्सर्ूयनाथ मिश्रका लागि पनि काम गर्ने सहज वातावरण भएजस्तो 'आभास' हुन थालेको थियो । जनवरीदेखि नै आफ्नो कामको गति बढाउन राजदूत मिश्रले दूतावास परसिरमा बिचल्लीमा परेका नेपालीलाई उद्धार गर्न आश्रयस्थल तयार पारे । दर्ुइ छाक खानमा दैनिक १६ रयिाल दिएर पीडितहरूको बिचल्ली र यथास्थिति पहिल्याउन थाले । यसरी आश्रयस्थलमा पहिलोपटक जनवरी ६ मा एक युवक आएका थिए, दिलीप गुरुङ । काठमाडौ"को सत्य र्साई इम्प्ल्वाइमेन्ट र्सर्भिसेज प्रालिबाट आएका ती युवाले करारमा भनेबमोजिमको काम पाएका थिएनन् । र, बिरामीसमेत परेका थिए । दिलीपको उद्धारका लागि उक्त म्यानपावर कम्पनीलाई बारम्बार भनिए पनि सुनुवाइ नभएपछि दूतावासले त्यो कम्पनीमाथि कारबाही चलाउन श्रम मन्त्रालयमा पत्र पठायो । तर, त्यही कम्पनीबाट फेरपिmेर िकतार भित्रिने र अलपत्र पर्नेहरू अरू पनि देखि"दै गए ।
श्रम सम्झौता, सहमति र संवादपछिको स्थितिमा 'अब त केही होला कि' भनिएको थियो तर भएन । कतारबाट दूतावासले यो छ महिनामा ४० भन्दा बढी म्यानपावर कम्पनीको नाम आवश्यक कारबाही र कालोसूचीमा राख्नका लागि सिफारसि गरेको छ । तर, कारबाहीको सिफारसि गरएिका तिनै म्यानपावरहरूबाट आज पनि खुरुखुरु नेपाली कामदाहरू ठगिएर यहा" आइरहेका छन् ।
"यो सबै समस्याको जड नेपालमै छ," अलपत्र पर्ने नेपालीका एक उद्धारक रहेका रामेछापका रेवत पौडेल भन्छन्, "नक्कली श्रम सम्झौता, भिसा, करारनामा र अरू कागजात बनिने गरेका छन् । यहा" दूतावास वा अरू उद्धारकले जति कराए पनि केही हुन्न ।" नभन्दै हरेक दिनजसो अलपत्र बनेर दूतावास आउने कामदारस"ग कि त नक्कली पासपोर्ट हुन्छ, कि नक्कली सहीछाप भएको सम्झौतापत्र । कि त हु"दै नभएको कम्पनी र कामका कारण कोही जिम्मा बुझ्न नआएपछि दोहा विमानस्थलमै अलपत्र बनिरहेका हुन्छन् । मेसनको भिसामा आउनेहरू लेबर काममा खटिएका हुन्छन् । फोरमेन र सुपरभाइजर भनेर एक लाख रुपिया"भन्दा बढी लागत असुल्दै यता मेसनका लागि भनेर पठाइएको हुन्छ ।
"मलाई इन्जिनियरका पछिपछि हि"ड्ने काम भनेर यता पठाइयो," दूतावासमा आफ्नो समस्या सुनाउन आएका ताप्लेजुङका आइते र्राईले भने, "तर, भवन निर्माणस्थलमा इन्जिनियरका पछिपछि ढुङ्गा र गै"ती बोकेर तातो घाममा हि"ड्ने काम पो रहेछ ।" तरकारी पकाउने काम भनेर खाडी ल्याइएका सङ्खुवासभाका फर्ुवा शर्ेपा १० वर्षेखि यहा"को एउटा बगै"चामा तरकारी रोप्ने-गोड्ने काम गर्छन् । म्यानपावर र एजेन्टको मिलेमतोमा परेर गोर्खा अश्राङ्का रेशमबहादुर रोकाया एक वर्षेखि यो मरुभूमिमा गधा जोतिरहेका छन् भने नवलपरासीका शोभाकान्त लामिछाने अर्को बगरमा भेडाबाख्रा हेररिहेका छन् ।
कतारमा रहेकामध्ये सबैभन्दा सस्तोमा श्रम बेच्ने भनेका नेपाली कामदार नै हुन् । "म सस्तोमा कामदार ल्याइदिन्छु भनेर भिसा सस्तोमा निकाल्ने दलाली हुने गरेको छ, यसको मार सीधै सोझासीधा कामदारमा पर्ने गरेको छ," दोहाको सामाजिक संस्थामा समेत सक्रिय इन्जिनियर नरेश श्रेष्ठ भन्छन् । नेपाली दूतावासले गत जनवरीदेखि लागू हुने गरी एउटा लेबरको न्यूनतम तलब छ सय रयिाल भनी तोकेको त छ । तर, श्रम सम्झौतालाई दूतावासबाट प्रमाणितै नगर्राई एजेन्ट र एजेन्सीहरूले यहा" तीन/चार सय रयिालमा पनि कामदार भित्र्याएका छन् । जबकि दक्षिण एसियाका भारत, श्रीलङ्कासहितका मुलुकले कामदारको तलबमान न्यूनतम एक हजार रयिाल निर्धारण गरसिकेका छन् । "गाउ"मा लिएको ऋण तिर्न नसकेर पनि अबको तिहारमा घर जाने भनेर थुप्रै तिहारहरू पर र्सर्दै आएका छन्," लमजुङ घर भएका अनिल गौतमले भने ।
कामदार ल्याउने मामलामा सबैभन्दा ठूलो समस्या भनेको संस्थागत नभएर व्यक्तिगत तवरमा भइरहेको भिसाको कारोबार हो । नेपाली दूतावासका अनुसार, कतार आउनेमध्ये झन्डै ५० प्रतिशत कामदार 'तनुवा भिसा'बाट आउने गरेकाले तिनका बारे न त दूतावासलाई थाहा हुन्छ, न सरकारमा राजस्व जान्छ । "यस्तो व्यक्तिगत तवरमा जाने भिसा रोक्नका लागि मैले सरकारलाई यसअघि पनि पत्र लेेखेको छु," राजदूत मिश्र भन्छन्, "यसलाई रोक्न सकेमा अलपत्र पर्ने र बिचल्लीमा पर्ने अनुपात धेरै कम हुने थियो
समस्याको कुरा गर्दा खाडी क्षेत्रमा घरेलु कामदार बनेर रोजगारमा आउन सरकारले पर्ूण्ा प्रतिबन्ध लगाएको भए पनि भारत हु"दै र पछिल्लो समयमा हाकाहाकी नेपालबाटै 'हाउसमेड' -घरेलु कामदार)का रूपमा खाडीमा महिला आउने क्रम बढेको छ ।

साउदी अरेबियाको रयिादस्थित दूतावास र त्यस आसपास मात्रै ५० भन्दा बढी बिचल्लीमा रहेका नेपाली युवती महिनौ"देखि घरफिर्तीमा प्रतीक्षारत छन् भने कतारमा पनि महिनाको एउटी युवती अलपत्रको घटना देखा पर्न थालेको छ ।
यसरी समस्या देखिएर पनि सम्बोधन हुन नसकेको र समस्या पहिचान भएर पनि कामकारबाही हुन नसकेको अवस्था भने आफै"मा दिक्कलाग्दो छ । मानवसेवाभन्दा पनि मानवतस्करीको सञ्जाल बढ्दै गएको अवस्था यहा" देखिन्छ । कामदार स्वयम् पनि नेपालबाट जे जसरी उड्न पाए हुन्छ भन्ने सोचाइमा रोजगारमा आउने अवस्थामा अलपत्र पर्ने गरेका छन् । मुलुकको अर्थतन्त्र धान्नमा पहिलो सूचकाङ्क रहेको रेमिट्यान्सलाई के-कसरी संस्थागत र प्रभावकारी तुल्याउन सकिन्छ भन्दा पनि कामचलाउ स्थितिमा मात्रै सरकारले श्रम रोजगारको उपाय अवलम्बन गरेको हो कि झै" लाग्छ । नेपाली दूतावासको बाध्यता पनि के छ भने समस्या वा गुनासो लिएर आफ्नो परसिरमा आइपुगेकाको समस्या सम्बोधन गर्न सक्ने अवस्था यहा" छैन । यहा" कुनै कम्पनी वा क्याम्प भ्रमण गर्न दूतावासले समेत कतार सरकारको पर्ूवअनुमति लिनुपर्ने नियम छ । पत्रकारका लागि त दूतावास परसिर वा टाढा मरुभूमिमा बाख्रा र उ"ट हर्ेर्ने नेपालीको यथास्थिति बुझ्नेभन्दा अर्को विकल्प छैन ।
मुस्किलले १० हजार रुपिया" मासिक तलब पाउने श्रमिकहरू केही बढी आम्दानीको लोभमा गैरकानुनी बाटोबाट तोकिएको कम्पनी छाड्दै भागेर बाहिरतिर काममा जाने गरेका छन् । यो सङ्ख्या पनि आफै"मा ठूलो छ, हजारौ"मा छ । भगौडा बनेर काम गररिहेको अवस्थामा कसैको निधन भएमा वा दर्ुघटनामा परेमा न त्यसले क्षतिपर्ूर्ति पाउ"छ, न अरू केही बिमा, सुविधाको व्यवस्था हुन्छ । भगौडाको मृत्युपछि त्यसको जिम्मा लिने कोही नभएको अवस्थामा महिनौ"सम्म पनि अस्पतालमा शव रहने गरेका छन् । भगौडा बनेरै काम गररिहेका अवस्थामा प्रहरीबाट पक्राउ परेर कतारको घरफिर्ती जेलमा पुग्ने नेपालीको सङ्ख्या मात्रै एक हजारभन्दा बढी छ ।
श्रम तथा रोजगार पर््रवर्द्धन विभागका अनुसार पछिल्लो नौ महिनामा १ लाख ६५ हजार कामदार रोजगारका लागि नेपालबाट विदेशिएका छन् । यसमध्ये सबैभन्दा बढी अर्थात् ६१ हजार ७ सय ८६ जना काम खोज्दै कतार छिरेका छन् । यसपछि मात्रै मलेसिया, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स रोजगारका अरू गन्तव्य हुन् । तर, नेपाली श्रमिकको बाहिर"िदो यो सङ्ख्यास"गै समस्या र जटिलताहरू पनि एकबाट अर्को स्वरूपमा रूपान्तरति हुने क्रम छ ।
नेपाल सरकारले नेपाली कामदारको सङ्ख्या २० हजार पुगेपछि आठ वर्षघि खाडीको कतारमा दूतावास खोलेको थियो । सुरुमा राजदूतसहित तीन कर्मचारीको पद रहेको नियोगमा अहिले पनि त्यति नै कर्मचारी छन् तर कामदारको सङ्ख्या भने तीन लाख नाघ्न लागेको छ । अब यसरी यथास्थितिवादी कार्यशैलीबाट अघि बढ्न नसकिने बताउ"छन् राजदूत मिश्र । भन्छन्, "गल्ती गर्ने एजेन्सी र एजेन्टलाई सजाय-कारबाहीको व्यवस्था भने अब प्रभावकारी बन्नर्ैपर्छ ।" सरकारले खाडीका संयुक्त अरब इमिरेट्स र कतारपछि बहराइनस"ग पनि श्रम सम्झौता गरसिकेकाले यस क्षेत्रमा देखिने रोजगारका सम्भावना र समस्यालाई अरूतिर पनि मार्गनिर्देशकका रूपमा विस्तार गर्न सकिने उनको मूल्याङ्कन छ ।
फेर िएकोहोरो समस्या र अन्योल मात्रै छैन । केही भने कारबाही भएका र बिचल्लीमा पर्ने उद्धार भएका घटनाहरू पनि यहा" छन् । विगतमा भन्दा केही सुनुवाइका काम पनि हुन थालेका छन् । दूतावासको ताकेता र सञ्चारमाध्यमले देखाएको अभिरुचिका कारण रोजगार क्षेत्रमा केही आशाका सङ्केत देखिएका छन् । यसभन्दा पर सरकार स्वयम्ले कडाइका साथ आफ्ना नियम र प्रक्रियालाई मान्य गराउन सकेमा धेरै गुनासा र अन्योलहरू आफै" ओझेल परेर जाने थिए ।
मन्त्रीको पत्र
तत्कालीन श्रममन्त्री रमेश लेखक जनवरीको तेस्रो साता नेपाल-कतार श्रम सम्झौताका लागि दोहा आएपछि भएको सहमतिले नेपाली श्रमिक वर्गमा धेरै आशा फैलायो । त्यसपछि म्यानपावर एजेन्सी र एजेन्टले गर्ने कामकारबाहीका मामलामा सजाय र पुरस्कार दिलाइने आश्वासन पनि मन्त्रीबाट आयो । त्यही उत्साहमा दूतावासले नेपाली कामदार अलपत्र पार्ने एजेन्सी र एजेन्टका लागि कारबाही सिफारसि गर्दै श्रम तथा रोजगार पर््रवर्द्धन विभाग र परराष्ट्र मन्त्रालयमा पत्र काट्न थाल्यो ।
यसैगरी, तीन दर्जन सिफारसि गएपछि पनि कारबाहीको प्रक्रिया केही नदेखिएपछि यस संवाददाताले मन्त्री लेखकस"गको चिनाजानीका आधारमा त्यो कारबाही-सूची नै इमेल गरेर आवश्यक काम-कारबाहीका लागि पठाएको थियो । मन्त्री लेखक त्यसबेला स्वीट्जरल्यान्डमा भइरहेको विश्व श्रम सम्मेलनमा सहभागी हुन जेनेभा पुगेका थिए । कारबाही-सूची पाएपछि मन्त्रीले गत जेठ १८ गते त्यही"बाट बडो हार्दिकतापर्ूवक लेखेको प्रत्युत्तर यस्तो थियो, "इमेलका लागि धन्यवाद । म यस्त्ाा अमानवीय र गैरकानुनी गतिविधिमा संलग्न एजेन्सीहरूलाई सजाय दिलाउन प्रतिबद्ध छु । त्यसैले म तपाईंको कुरास"ग सहमत छु र काठमाडौ" फर्किएपछि केही गर्नेछु । मलाई आशा छ, तपाईं र हाम्रो नियोगले प्रमाणसहितका सूचनाहरू दिएर मलाई सहयोग गर्नुहुनेछ ।"
साभार नेपाल

Monday, October 20, 2008

ओझेल पर्दै गएका मनमोहनलाइ चियाउंदा


२०५६ मा नेपालका प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको देहान्त भएको थियो । एमालेको विभाजनसंगै थपिएको चुनौतिको सामना गर्नेक्रममा थपिएको धपेडिका कारण चुनावी सभालाइ सम्बोधन गर्दागर्दै बोहोस भएका अधिकारी उपचारको क्रममा मृत्यु भएको थियो । आज उनै अधिकारीको नवौं स्मृती दिवस हो । तर,कत्तिले सम्भिएका छन अधिकारीलाइ ? माले हुंदै नेकपा एमालेको उदयसंगै मनमोहन अधिकारी त्यसको अध्यक्षको रुपमा उदाएका थिए । अनी त्यसको महासचिव थिए मदन भण्डारी । यि दुबैको योगदानले नेपालमा कम्युनिष्टको परिभाषामा परिर्वतन मात्र भएन जनतामाझ लोकप्रिय समेत बनेको थियो । एकाएक दासढुंगा हत्याकाण्ड भयो । लोकप्रिय नेता मदन भण्डारीको हत्या भयो । त्यसपछि एमालेको बागडोर सम्हाल्ने सबै जिम्मेवारी अधिकारीको हातमा आएको थियो । अनी महासचिवको रुपमा उदाय माधवकुमार नेपाल ।मनमोहनको कुशल नेतृत्वका कारण २०५१ को मध्यावधि चुनावमा एमाले सबैभन्दा ठुलो दलको रुपमा स्थापीत भयो । यसैको कारण उसले सरकारको नेतृत्वको अवसर समेत पायो । त्यही बेला हो अधिकारी नेपालको पहिलो कम्युनिष्ट प्रधानमन्त्री बन्न सफल भएका । तर,उनले धेरै लामो समय सरकार चलाउन सकेनन । र ९ महिनामा एमालेको सरकार ढल्यो । पार्टीमा बढ्द्यै गएको आन्तरिक विवादका कारण बहुमतको सरकार निर्माणको चरणमा प्रवेश गरेको एमाले कमजोर शक्ति बन्यो र २०५६ मा पुन कांग्रेस बहुमतका साथ सत्तामा आएको थियो ।अधिकारीलाइ प्रत्यक्ष रुपमा निकट भएर बुझ्ने अवसर त पाइएन । तर,उनको देहान्तपछि उनका बारेमा भएका चर्चा सुन्दा उनी कुशल संयोजनकारी नेताका रुपमा चिनिएका रहेछन । २०४६ सालको जनआन्दोलनमा प्रजातन्त्रवादी र बामपन्थीविचको सहकार्यका लागि उनको योगदान स्मरणिय रहेको छ । एमालेको मुल नीति मदन भण्डारीको जनताको बहुदलिय जनवाद हो । अहिलेसम्म एमालेको मुल राजनीतिक दस्तावेज भनेको जवज नै हो । जवजको अभ्यासकै चरणमा भण्डारीको हत्या भयो । अनी तयसलाइ हर्ुकाउने काम अधिकारीले गरेका थिए ।
१९५० को सन्धी खारेजीको माग गर्ने माओवादी अहिले आएर सन्धी पुनरावलोकनको पक्षमा झरेको छ । तर, हामीले विर्सनु हुन्न भारतिय सरकार समक्ष प्रधानमन्त्रीको रुपमा औपचारिक रुपमा सन्धी संशोधनको प्रस्ताव राख्ने नेता मनमोहन नै हुन । अहिले नेपाल माओमय बनेको अवस्थामा अधिकारी विस्तारै ओझेलमा पर्दै गएका छन । राजनीतिको शब्दकोषमा आराम भन्ने शब्द हुन्न भन्ने अधिकारीप्रति हार्दीक स्मरण ।
साभार बिचार प्रधान ब्लॉग

खै त जनताको मनसम्म पुगेको गणतन्त्र ?

समथिंग साईला
संविधानसभा निर्वाचन भयो, राजा फ्याँकियो, देशमा गणतन्त्र आयो, राष्ट्रपति चयन गरियो, उपराष्ट्रपति चयन गरियो । र, गणतान्त्रिक नेपालको प्रधानमन्त्री पनि चयन गरियो । यो सब नयाँ नेपाल बनाउन गरिएको हो । तर, गणतन्त्र जनतालाई अझै स्पर्श गर्न सकेको छैन । परिवर्तनको महशुस र भावी नयाँ नेपालको सुदूर क्षितिजमा कालो बादल मडारिन अझै छोडेको छैन । बरु नयाँ र पुरानाबीचको ठक्कर जारी नै छ। त्यसैले जनजनको मनमा अहिले यो परिवर्तन पनि २०४६ सालकै परिवर्तनजस्तो हुने त होइन ? प्रश्न उब्जेको छ ।दलहरु पद, पैसा र शक्तिकै पछाडी दौडिएका छन् । जुन सत्तामा पुग्यो, दुई सय प्रतिशत त्यही पार्टीको कार्यकर्ता भनेर हालीमुहाली गर्ने विगतको परम्परा दश वर्षे जनयुद्धबाट आएको भनिएको नेकपा माओवादीलाई पनि थिलथिलो बनाइसकेको छ। विगतमा रगत, आँशु, पसिना, श्रम, सिर्जना र समय सबै खर्चेकाहरु अहिले ओझेल पर्दै गएका छन् । यहाँ उनीहरुले केही पाइहाल्नुपर्छ भन्ने होइन । तर, छिटछिटो भेष बदल्न सक्नेहरुले लखनउ लुट मच्चाउन सुरु गरिसकेकाले विगतमा जस्तै हुने आशंकाहरु जनमनमा मडाएकिा हुन् । सबैलाई थाहा छ, जनयुद्ध प्रचण्डलाई प्रधानमन्त्री बनाउन मात्र भएको होइन । प्रधानमन्त्री पदमा पुग्नेले देश र जनताप्रति उत्तरदायी भएर काम गर्छ भन्ने विश्वासका साथ गरिएको हो । जनआन्दोलन दुईमा बगेको रगत र जनयुद्धमा बगेको रगतको मूल्य चाकडी, चाप्लुसी र जी हजुरी गर्नेका लागि किमार्थ होइन । तर भइरहेको त्यही छ । देश विकृति र विसंगतिको सगरमाथामा उभिएको छ। निश्चिय नै यो बेला सबै सहीसही हुन्छ त्यो होइन । तर, सही गर्ने संकेत र लक्षणहरु देखिनुपर्छ नै । त्यसमा कतै विलम्ब र दिशा गलत भइरहेको त छैन त्यो चासोको कुरा हो । किनभने देश र समाजलाई विकृति विसंगतिमुक्त पार्छु भनेर लागेकाहरु धेरैजसो त्यही फसेको तीतो विगत ताजै छ । धन, सम्पत्ति, यश आराम मानवीय महत्वकांक्षा हो । त्यसलाई दमन गर्न ठुलै शक्ति आवश्यक पर्छ । आन्दोलन, संघर्ष र लडाईको मैदानमा सबै प्रतिवद्धता र प्रतिवद्ध हुनु एउटा कुरा हो । तर, कार्यन्वयनको चरणसम्म पनि त्यो कायम रहनु अर्को कुरा हो । अहिले पनि महंगी, अभाव, आतंकका खाडलहरु पाइलापाइलामा छन् । वर्तमानलाई हेर्दा जनताले हरेश खाइरहेका छन् । तर, केही ठेकेदारहरु भने जुकाझैं मोटाइ नै रहेका छन् । जस्तो कि महंगी । महंगीबाट मारमा पर्ने एउटै वर्ग जनता हुन् । व्यापारी, नेता, व्यवसायी कहिले पनि घाटामा जाँदैन । त्यसमाथि नेपालमा कतिपय यस्ता प्रवृत्ति र परम्परा छ जुन संसारमा कतै मात्र होला । जस्तो कि नेपालमा नभएको इन्धन सरकारले ल्याएर कमिसन दिएर बेच्न दिदा पनि व्यवसायीले पुनः नाफा मात्र निकाल्दैन । उसले मिसावट पनि गर्छ । यो सबै दलको चुनाव खर्च उठाउने महत्वपूर्ण माध्यम पनि बनेको छ। किनभने यसबाट हुने मुल्यवृद्धिले सागदेखि चामलसम्मको भाउ बढ्छ । अर्को अचम्मको परम्परा छ नेपालका सडकहरुमा । काठमाडौ उपत्यकामा कुनै पनि गाडीमा चड्ने वित्तिकै निश्चित तोकिएको भाडा लाग्छ । तर, यहाँ लामो र छोटो दुरीमा भाडा कम वा बढी हुँदैन । यसो गर्दा भाडा कम भए हुने हो तर त्यो पनि होइन । सुरुमा चढ्ने वित्तिकै १३ रुपैयाँ त्यसपछि एक किलोमिटरको दुई रुपैयाँ माथि । अझ त्यो बाटोमा निश्चित कम्पनी वा संगठनले मात्र गाडी चलाउन पाउछन् । विना कुनै प्रतिस्पर्धा । यस्तो पनि कहि होला ?जे होस् निराशा प्रगतिको बाधक हो भन्ने मान्ने हो भने त्यसो गर्न हुँदैन । त्यसैले रुन नसकेर कठीन रुपमा हाँसिरहेका नेपालीहरु पनि भविष्यप्रति आशावादी नै छन् । त्यसैले वर्तमान राज्य संचालनकहरुले सोच्ने छन् ।अहिले चार्चा कोसी बाँधको छ । नेपालमा यसले झण्डै एक लाखलाई प्रभावित पारेको छ। भारतमा २५ लाख बढीलाई प्रभाव पारेको भारतीय संचार माध्यमहरुले बताइरहेका छन् । उनीहरु के पनि भनिरहेका छन् भने नेपालले पानी छोडेका कारण भारतको बिहार डुब्यो । यहाँ मज्जाले हास्नु पर्छ । किनभने नेपाल आउने हरेक सामानदेखि इन्धन आयातमा समेत रोक लगाएको भारतले त्यही ठानेछ । तर, सत्य के हो भने प्राकृति रुपमा बग्ने पानी नेपालले मात्र होइन भारतले पनि रोक्न सक्दैन । बरु यसैले रोक्ने प्रयास गर्दा अहिलेको अवस्था सिर्जना भएको हो । यो कुरा छिमेकी भारतले पनि बुझ्ने हो भने कति राम्रो हुने थियो होला ।
साभार स्वतंत्र नेपाल
बिजय

बिहे गर्ने बहानामा सामुहिक बलात्कार

कञ्चनपुरको महेन्द्रनगरकी एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । आइतबार विवाह गर्ने भन्दै पिपलाडी-३ का एक युवकले फकाई आफूलाई बेलौरी रोडसागै जोडिएको जनज्योति सामुदायिक वनमा लगी बलात्कार गरेको पीडित युवतीले बताइन् ।ती युवतीले आफूलाई दीपक झा भन्ने केटाले "विवाह गर्छु "भनेर ल्याएको र राति भएपछि सागै रहेका आठ जनाले आफूलाई पालैपालो बलात्कार गरेको बताइन् ।बलात्कार गरेपछि बेहोस अवस्थामा रहेकी ती युवतीको स्थानीय बासिन्दाले उद्धार गरेका थिए । बिहान होसमा आएपछि उनले बलात्कारको घटनाबारे स्थानीय बासिन्दालाई बताएकी हुन् ।ती युवतीले बलात्कारमा संलग्नहरुको नाम थाहा नभएको बताएकी छिन् । हिड्न नसक्ने अवस्था रहेकी उनलाई स्थानीय बासिन्दाले बिहान आठ बजेको बसमा राखी महेन्द्रनगरतर्फ पठाएका थिए ।प्रहरीले सो युवती बलात्कृत भएको खबर अहिलेसम्म जानकारीमा नआएको बताएको छ ।

साभार फ्रीनेपाल

बिजय

Sunday, October 19, 2008

एमालेको आक्रमणमा माओवादी कार्यकर्ताको मृत्यु, बैरेनीमा कर्फ्यु

शनिबार साँझ धादिङको वैरेनी गाविस-९ मा भएको विवादपछि दक्षिणी क्षेत्रमा नेकपा एमालेका कार्यकर्ताको आक्रमणमा परी नेकपा माओवादीका एक कार्यकर्ताको मृत्यु भएपछि स्थानीय प्रशासनले राति १० बजेदेखि बिहान ७ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ।युथ फोर्सका कार्यकर्ताले आइतबार दिउँसो आदमघाटस्थित वाइसीएल क्षेत्रीय कार्यालयमा हमला गरी माओवादी कार्यकर्ताको हत्या गरेका थिए । मृत्यु हुनेमा धादिङ पिडा गाविस-१ बस्ने कृष्णबहादुर भण्डारी भएको नेकपा -माओवादी) धादिङले जनाएको छ । सो घटनाको विरोधमा माओवादी कार्यकर्ताहरुले राति अबेरसम्म प्रदर्शन जारी राखेका थिए । प्रदर्शनका क्रममा बैरेनीस्थित एक पेट्रोल पम्पमा आगजनी भएको छ।
यसैबीच तराई मुक्ति सेनाका कार्यकर्ताले सप्तरीमा अपहरणपछि आइतबार एक सर्वसाधारणको गोली हानी हत्या गरेका छन् । हत्या गरिएकामा मल्हनियाँ गाविस-९ निवासी ३६ वषर्ीय मागैन यादव रहेको प्रहरीले जनाएको छ ।गाउँनजिकैको बजारबाट फर्किँदै गर्दा हिजो राति ९ बजेतिर अपहरणमा परेका यादवको मृत शरीर प्रहरीले आज साँझ बलान खोला किनारमा फेला पारेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।हत्याको जिम्मा लिँदै तराई मुक्ति सेनाका ५ नं। क्षेत्रीय इन्चार्ज अविरलले अज्ञातस्थलबाट फोन सम्पर्क गरी यादवलाई आफ्नो सङ्गठनविरुद्ध सुराकी तथा गाउँमा आपराधिक क्रियाकलाप गरिरहेकाले कारवाही गरिएको सञ्चारकर्मीलाई बताएका छन् ।
साभार फ्रीनेपालबाट
बिजय

श्रीमानको मृत्यूपछी नेपाल जान लागेकी महिला पुलिस हिरासतमा

१८ अक्टोबर कुवेट झापा जिल्ला डम्मक नगरपालिका निवासी श्रीमती पुनिमा राय नेपाल जान को लागि कुवेट इन्टरन्यासनल एअरपोर्ट पुगेकी रहिछिन । तर उनिसँग नेपाल जान को लागि टिकेट र पासपोर्त भने रहिन छ । उनी एअरपोर्ट को बहिर रुदै बसेको देखी एक ईण्डियनले धाइसयरुपयियाँ ५ कुवेट डिनर दियको रहिछन । पैसा को नाम मा तेही ५ डिनर मात्रै रहेको कुरा टेलिफोन मारफत एअरपोर्ट मा काम गर्ने नेपाली दाजु किष्ण पुरी ले बताउनु भयो ।नेपाली पुलिसमा जागिर खानि श्रीमान को मृत्यूको खबर पाएपछी नेपाल जान चाहदा उनिको मलिकले घरजान नादिएपछी मालिकको घरबाट भागी नेपाल जानको लागि एअरपोर्ट पुगेको कुरा बाताइन । श्री मान को पिडामा मुछिएकी यी बिचरा चेलीलाई नेपाल जानको लागि टिकेट र पासपोट चाहिनछ भन्ने कुरा पनि थाहा रहिनछ । यहाँको कानुन अनुसार घरमा कामगर्ने नोकरहरु बहिर निस्किन नपाउनेनिहुँ हुदा घरबाट भागेको अभियोगमा पुलिसले हिरासतमा लिएको छ ।सुजन के सि (कुवेट सम्बाददाता)

Saturday, October 18, 2008

सामूहिक खेतीले फाइदा

नेपालको इलाम जिल्लाको पञ्चकन्यामा बसोवास गर्ने नौघरका किसानले यो मौसममा १२ मन अदुवा रोपेका थिए । विपन्न ती परिवारले १७ हजारभन्दा धेरैको त अदुवाको माउ नै बेचे । अबको सबै उत्पादन नाफा हुने भएपछि उनीहरू उत्साहित भएका छन् ।
जनाइएअनुसार सामूहिक खेती थालेपछि राम्रो उत्पादन भएकाले उनीहरूबीचको सामूहिक एकता पनि मजबुत भएको छ । कसैलाई रकम अभाव भयो भने समूहबाट सस्तो ब्याजमा ऋण दिने व्यवस्था भएको सुम्निमा महिला बचत समूहकी सचिवले बताइन् ।
समूह गठन गरेको छ महिना नबित्दै उनीहरूले सोचेभन्दा बढी उपलब्धि प्राप्तगरिसकेका छन् । जिल्लाका पूर्वी १५ गाविसका ३५ समूहका महिलाहरूले यसरी सामूहिक खेती गरेर आयआर्जन गरेका छन् । समूहले अदुवा खेती, बंगुरपालन, भैंसी पालन र बेमौसमी तरकारी खेतीजस्ता आयआर्जनका काम गर्ने गरेका छन् ।
साभार सी.आर.आईबाट

Friday, October 17, 2008

सबै जिल्लामा शान्ति समिति

मन्त्री स्तरीय राजनीतिक समितिको असोज ३० गते बसेको वैठकले सबै जिल्लामा शान्ति समिति गठन गर्ने निर्णय गरेको छ ।
सरकारले प्रत्येक जिल्लामा स्थानीय स्तरको शान्ति समिति बनाउने निर्णय गरेको छ । मन्त्री स्तरीय राजनीतिक समितिको असोज ३० गतेको वैठकले शान्ति स्थापनार्थ यस्तो निर्णय गरेको समितिका सदस्य एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री गिरिराजमणी पोख्रेल जानकारी दिए ।
यसअघि नै ३२ जिल्लामा समिति गठन भैसकेको छ । शान्ति तथा पुनरनिर्माण मन्त्रालय मातहत रहने सो समितिमा संविधानसभामा प्रतिनिधत्व गर्ने सबै दलको प्रतिनिधि रहने पनि मन्त्री पोखरेलले बताए ।
हिमाल पत्रिकाबाट
बिजय श्रेष्ठ हाल ईराक

अफनो दु : ख अफैसंग


आफनो दु :ख अफुसंग हुन्छ जसले जे भने पनी । यो तियो ठाउको तस्बीर हो जुना ठाउको जनताको आमुल्ये मत पाएर देशको प्रधानमंत्री र मंत्री भएका छन । जो जहा पुगेपनी अफनो दु:ख आफैसंग हुन्छ । तेसैले यो तस्बिरलाई हेरेर अफनो मर्म अफैले बुज्नु ।


दुवईमा नेपाली महिलाको रहस्यमय मृत्यु




झापा गरामनी-९ की ३५ वर्षिया गोमा श्रेष्ठको संयुक्त अरब इमिरेट्सको दुवईमा मृत्युभएको छ । घरायसी कामदारका रुपमा त्यहाँ पुगेकी गोमाको एक साताअघि रहस्यमय ढङ्गले मृत्युभएको हो ।गैरकानुनीरुपमा भारतको दिल्लीबाट पाकिस्तान हुँदै दुवई पुगेकी गोमाको मृत्युभएको खबर एक अरबेली नागरिकले टेलिफोनमार्फत गरेको मृतकका भाइ धनबहादुर श्रेष्ठले बताउनुभयो ।रु।पैँतालीस हजार बुझाएर स्थानीय एजेन्ट मेनुका कुइँकेलमार्फत गोमा दुवई गएको मृतकका परिवारले बताएको छ ।गोमा गत असोज १३ गते त्यसतर्फ गएको बताइएको छ । छोरीको मृत्युको खबर सुनेदेखि आमा गुणकुमारी बेहोस हुन थालेकी छिन् । मृतक गोमाका चार वर्षिय एक छोरा र तीनवटी छोरी छिन् ।गोमाकी श्रीमान विनोद सौता ल्याएर अलग्ग बस्दैआएको बुझिएको छ ।

साभार फ्रीनेपालबाट

बिजय

''गजल ''

दसैं तिहार आए अब सस्कार अनी रीत बनी
देउसे भैलो घुम्न थाले, तिहारको मीठो गीत बनी /
भेट,घाट रमाइलो र मेवामिस्ठान् भोजन गर्दै
खुशीयाली छर्न थाले ,एकर्काको हीत बनी /

भेट,घाट गर्ने क्रम को बल्ल तल्ल चाजो मिलाई
दु :ख, सुख बाड्न थाले ,एक-आपस को मीत बनी /
बिरहमा कती रात, अनिदोमै सबले काटे पनिआँशु पनि
खुशी बनी झर्यो ,बिहानिको शीत बनी /
-आचार्य प्रभा

समाजीक जागरण : महिलाहरु पनी हलो जोत्दै

प्रतीक इच्छुक ; असोज ३०कुपिण्डेदह
सल्यानमहिलाहरु पनी पुरुष जतीकै सक्षम छन् भन्ने कुराको उदाहरण दिईरहनुपदैन । तर महिलाले जोत्नु हुदैन भन्न्ने मान्यताका विरुद्धमा कुपिण्डे गाविस वडा नं। ४ ज्यामीरेकी २२ वर्षिय वुद्धिकली वुढाथोकी ले घरायसी समस्याकाकारण हलो जोत्न शुरु गरेर पुरानो मान्यतालाई तोड्नु भएकोछ । आज भोली मकै वारी जोत्न वेस्त रहनु भएकी उहाले सानै उमेर देखी जोत्न थालेको वताउनु भयो । आफ्नै श्रीमान भारत काम गर्न गएकोले पनी जोत्नु परेको उहाले वताउनु भयो । गाऊमा शुरु शुरुमा हलो जोत्दा होच्याउनेमहिलाले जोत्न हुदै भने पनी आजभोली त्यसो नभएको उहाले वताउनु भयो । दुई सन्तानकी आमा समेत वनेकी उनले जोत्ने वेला महिलाले लगाउने गरेको पोशाक गुन्यू समस्या परेको वताइन् ।नया मान्यताका स्थापीत हुन थालेकोछ त्यसको विकाशका लागि समाजीक रुपान्तरण र चेतना विस्तार गरी महिला पुरुष एक रथका दुइ पाङ्गा हुन्ने भन्ने मान्यता स्थापना गर्न राज्यको ध्यान पुग्न सके नयाँ नेपाल सम्मान को नेपाल हुनेछ ।

एनआरएन अध्यक्ष डा उपेन्द्र महतोद्वारा अस्पताल निर्माणको घोषणा






एनआरएन दिवस २००८ को पूर्वसंध्यामा गैरआवासीय नेपाली संघका अध्यक्ष डा उपेन्द्र महतोले आफ्नो जन्मस्थल सिरहा जिल्लाको करजन्हा गा वि स मा आफ्नी स्वर्गीय आमाको स्मृतिमा आधुनिक प्रविधियुक्त \'स्वर्गीय फूलकुमारी महतो परोपकार अस्पताल\' को निर्माण गर्ने घोषणा गर्नु भएकोछ।

साभार फ्रीनेपलबाट

बिजय श्रेष्ठ

Wednesday, October 15, 2008

Fastest man in the world


Usain Bolt of Jamaica has cemented his status as the fastest man in history by capturing Olympic gold in the 100m and 200m sprint events। He lowered the record for the 100m dash to a blistering 9।69 seconds despite slowing before the finish as he celebrated before an awestruck audience at the Bird's Nest Stadium in Beijing।
brought from world record
bijaya shrestha