NAMASKAR ,NAMASKAR

NAMASKAR ,NAMASKAR
WELCOME MY BLOG VIEWERS

THINK WE ARE SAME

Photobucket

नेपाली समय

"शादा जीबन उच्चा बिचार"

"शादा जीबन उच्चा बिचार"
NEPALI FLAG

नमस्कार, नमस्कार , नमस्कार

"मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे, रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे, दु:ख मा रुनु हुँदैन र सुखमा हास्नु हुँदैन रे, आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे, जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिली रहोस समयले जति नै टाढा पुर्याए पनि अबिरल यादहरु आईरहोस, पुरा होस तपाईंको मनको हरेक कामना ।।" भगवान पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।

शिव जी

शिव जी
HINDU RELIGION

महादेव पार्वती र गणेश

महादेव पार्वती र गणेश

राजा त्रिभुवनको अफिस

राजा त्रिभुवनको अफिस

Nepal's First President

Nepal's First President
Ram Baran Yadav

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

बैठक कोठा

बैठक कोठा

राजगद्दी सिहासन

राजगद्दी सिहासन

नारायणहिटी सङ्ग्राहालय

नारायणहिटी सङ्ग्राहालय
२०६५ देखी सर्बसाधारणलाई खुल्ला गरिएको हो ।

Monday, March 23, 2009

नेपालीले पाएका पहिला र अहिलेका नयाँ अनुभुतीहरु -२

बिजय कुमार श्रेष्ठधादिङ्ग हाल जोईन्ट वेस

बलाद ईराक२०६३ सालमा देशमा लोकतन्त्रको लागि लडाई लड्न सुरु गरे आम नेपाली जनताले गणतन्त्रको लागि सबै पार्टिहरु एक जुट भएर लोकतन्त्रको लागी आन्दोलनको तयारी गरेर हाते मालो गरेर अत्याचारी नाताबाद कुर्सीबादकोशासनलाई फाल्नको लागी क्रान्ति सुरु गरे । क्रान्तिको आगो दन्किन सुरु भयो । नेपाली जनताले हातमा हात मिलाएर साथ दियो । कयौ नेपाल आमाका छोरा छारीहरुले आफनो बलिदान दिए । २०६३ साल ज्यष्ठ महिनाको अन्य तिर देशमा फेरी अर्को परिवर्तन भयो । नेपाली जनताले २००७ सालमा नै चाहेको लॊकतन्त्र २०६३ मा आएर प्राप्त गर्न सफल भए । २४८औ वर्षको लामो गद्धिधारि तानासाहि शाहवंशको जरै देखि निर्मुल पार्न सफल भए नेपाली जनता । देशमा नौलो परिवर्तन आयो । नेपाली जनताले चाहेको गणतन्त्र सारा नेपाली जनताले हर्ष उल्लासको साथ बिजय उत्सव मनाउन थाल्यो । जता सुकै विजय जुलुसले खुशीका आँसु बग्न थाल्यो । देशमा मिलीजुली गरेर चार पार्िर्ट मिलेर सरकार चलाउने जिम्मा लियो । देशमा नेपाली कांग्रस पार्टिको सभापति गिरिजा प्रसाद कोईराला देशको प्रधानमन्त्रि भए र उहाँको अध्यक्षतामा मन्त्रिमण्डलको बिस्तार गरियो । सो समयमा देशमा चार पार्टिले सरकारमा सामेल भएर देशको नयाँ खाका कोर्नको लागि संविधानसभाको बाटो तिर लम्कन कम्मर कसेर चुनाव गराउन तिर लागे । सबै पार्टिको मिली मतोले गर्दा देशमा संविधानसभाको चुनाब शान्ति पुर्वक ढंगबाट गराउन सफल भए । लोकतन्त्र आए पछिको पहिलो संविधानसभाको चुनाब सफल गरायो । सो चुनाबमा नेपाल कम्युनिष्ट पार्टि माओवादिले सबै पार्टिले भन्दा बढि जनताको मन जितेर पहिला पक्तिको पार्टिको दर्जा हात पार्न सफल भए । नेपाली कांग्रेसलाई दोस्रा नम्बरको दर्जा्र दिए र नेपाल कम्युनीष्ट पार्टि एमालेलाई तेस्रो पार्टिको दर्जा र नयाँ पार्टि मदेशि फोरम पार्टिलाई चौथो दर्जा भिराउन सफल भए नेपाली जनता ।देशको आन्तरिक कार्यभार समाल्नको लागी राष्ट्रपतीउपराष्ट्रपती सविधानसभा प्रमुखको तय गर्न दलहरु कम्मर कसेर लागे तर एक आपसमा सहमति गर्न नसकेर चुनावी प्रकृयाबाट सबै तहको तय गरियो र नेपाली काग्रेसबाट डा। रामवरण यादब र नेपाल कम्युनिष्ट पार्टि माओवादिबाट रामराजा सिहलाइ राष्ट्रपतिको उमेदवारमा खडा गरे र चुनाबमा भाग लिन पुगे । सो चुनाबमा नेपाली काग्रसले राष्ट्रपतीको पदमा आफनो जित हासिल गरे । उपराष्ट्रपती मदेश फोरम पार्टिले हाता पारे । सविधानसभाको अध्यक्षमा ने।s।पा एमालेले हाता पार् यो । त्यस पछि प्रधानमन्त्रिको लागि ने।s।पा। माओवादिका पुष्प कमल दाहाल -प्रचण्ड ले हाता पारे ।लामो जंगलको सधर्ष पश्चात सपनामा पनि नसोचेको पार्टिलाई नेपाली जनताले आज देशको अविभारा सुम्पिन सफल भई दिए । देशमा पुराना अनुहारको शासन सत्तामा बिचलन भएका नेपाली जनता नयाँ अनुहार नयाँ जोस र जागर बोकेर जनताको सेवक हो भन्ने बाचाका साथ देशको प्रमुख व्यक्तिको रुपमा नेपाली जनताले हेर्न पाए । ने।s। पा।माओवादिको तरफबाट प्रचण्डले मन्त्रि मण्डल गठन गरे सो मन्त्रि मण्डलमा माओवादि नेकपा एमाले र मदेसी फोरम पार्टि जनमोर्चा नेपालले भाग लिएका थिए । नेपाली काग्रसले प्रतिपक्षको भुमीका निर्वाह गरे । त्यस पछि सुरु भयो नयाँ नेपाल बनाउने सपनाको कार्य दिशा कोर्न थाले । देशमा केहि हदसम्म शान्तिको हावा चल्न लाग्यो । नेपाली जनताले आन्नदको सास फेर्न थाले । सोचेका थिए अब देशमा आमुल परिवर्तन आयो भनेर नेपाली जनताको दिनहरु बित्दै गए । देश चलाउन जिम्मा लिएका पार्टिहररुको एक आपसमा मन मुटाब बढ्न थाल्यो । सहकार्य र सहमतिमा देशलाई नयाँ गति तिर लैजाने बाचा गरेका थिए ति बाचाहरु एक आपसमा तुहिन गयो । एकले अर्को माथि आरोप प्रत्याआरोप लगाउन सुरु हुन थाल्यो । नेपाली जनताले ठुलो त्याग र तपस्याको बलिदान पश्चातको लोकतन्त्रको नून राम्रोसँग चाख्न नपाउदै सरकारमा बस्ने मन्त्रि भनाउदाहरुले उही पुरानो काचुली फेरेका अनुहारको बाटोलाई त्याग्न सकेनन । केवल क्रम भङ्ग गर्ने भन्नेको नाममा देशको ढुकुटिलाई रित्याउने नयाँ बाटो औल्याउन थाले प्रचण्ड सरकारले प्रधानमन्त्रिको सपथग्रहणको बेला देखि क्रमभङ्ग गनै सुरुवात गरे । आफनो पुर्खाले सिर्जेको नेपाली पोशाकको अवहेलना गरेर बिदेशि पोशाकमा सजि सजवट हुन पुगे । कानून बनाउदै जानु भयो र त्यो कानूनलाई आफै मार्फत गलहत्ति लगाउन पछि पर्नु भएन । केवल जनताको कामलाई बेवास्ता गरि देशको ढुकुटीमा खेलबाड गर्न तिर बढि अग्रसरता देखाउनु भयो । आफनो कार्यलयको कामलाई महत्व कम दिएर सभा महत्सोव उद्धाटनमा बिसेस ध्यान दिन पछि पर्नु भएन । सहकार्यमा लगाम बधेका पार्टिका मन्त्रिहरुको समेत कार्यभारमा हस्तछेप गर्न पनि पछि पर्नु भएन र म नरहे देश रहनन् भन्ने सम्म अभिव्याक्ति दिनसम्म चुक्नु भएन । आफुले १२ वर्ष जंगली जीवनमा नेपाली जनतालाई दिएका आश्वासनहरु सजिलैसँग बिसर्ि दिएर आफनो सन्ततीको उचाई बढाउन तिर कम्मर कसेर लाग्नु भयो । हिजो नाताबाद र कृर्पाबादको कट्टर बिरोधि भएर नेपाली जनता सामु आवाजको चट्याङ बसा्रउने व्यक्ति आज आएर त्यहि सिकोलाई अङ्गालेर आफना बाहुबलले भ्याएसम्मको पदमा आफना नातागोतालाई भित्रयाउन पछि पर्नु भएन । त्यसैको सिको सिकेर उहाँका सहपाठिहरुले पनि आफना नातागोतालाई बिना योग्यता भएको पदकोसम्म जिम्मा लगाउन पनि चुक्नु भएन । नयाँ नेपाल बनाउनलाई कम्मर कसेर आएका क्रान्तिकारीको नाम धारणा गरेर आज आएर आखिर के नै दिन सकेत नेपाली जनतालाई नयाँ नेपालको सरकारका हकदार पार्टिले के कुराको परिवर्तन ल्याउन सफल भए त सरकारी गाडिमा प्रईभेट नम्बरको पिलेटसम्म झुन्डाउन पछि परेन लोकतन्त्रका बफादार देश र जनता सेवक ।देशको प्रधानमन्त्रिको बोली भनेको लाल मोहर साबित हुनु पर्नेमा आज बोल्यो भोली त्यहि बोली फिर्ता लिने नयाँ प्रबृद्धिको प्रार्दुभावको सृर्जना गर्नु भयो । सहमति र सहकार्य गर्नु पर्छ हामीलाई सबैको साथ चाहिन्छ भनेर जनताको सामु भाषण गरि हिड्ने अनि त्यहि कुराको पालना आफुले नै नगरि हिड्ने । अनि हामीलाई कसैको सहयोग भएन भनेर कुर्लने । नेपाली जनतालाई जुन सहानुभुति दिएर जानु भएको थियो उहाँले र उहाँको पार्टिले त्यो कुराको पालना गर्नबाट केहि हदसम्म पछि पर्नु भयो र एक आपसमा अन्तर मन मुटाबको तनाब सृर्जना हुन गयो । नेपाली जनताले जे सोचेर देशको सर्वोच्च पदमा पुर् याईदिएका थिए तर त्यसको परिभाषा जनतालाई चित्त बुझने तरिकाबाट दिन सक्नु भएन र आखिरमा आएर आफुसँग गृहकार्य नभएको भनेर क्षमा याचना गर्न तिर अग्रसरता देखाउदै भन्नु भयो । आफनो घरको अगाडि खाल्डो नदेख्ने ६० लाखको गाडि चड्ने भनेर जनता सामु भन्न के मात्र सक्नु भएको थियो आफुले त्यसको केहि दिन पछाडि जापानबाट नेपाली १ करोड बराबरको मुल्य पर्ने गाडि मगाउन लगाउनु भयो तर जन आवजको तिब्र बिरोध भएको कारणले गर्दा लाचारी भएर त्यो गाडिमा पाउँ राख्ने सहास गर्नु भएन । बिदेश भ्रमणलाई पनि अस्विकार गरि दिनु भयो ।नेपाली जनताले बिभिन्न दलको गृहकार्यको तौर तरिकाबाट ग्रसित र त्रसित भएर देशमा नौलो जनबादको आशाबादि किरण लिएको पार्टिलाई साथ दिएर आज कत्रो आशा भरोसा लिएको थियो नेपाली जनताले तर जे सोचेर आफनो अमुल्य मत दिएर माओबादिलाई जंगलबाट सदनमा र सदनबाट सत्तामा पुर् याई दियो त्यसको कुनै आशा लाग्दो प्रतिफल जनतालाई दिन नसक्नु नै उहाँहरुको लाचारीपन हो । नेपाली जनताले आशाको किरणको रुपमा हेरेका थिए देशको भाग्य निर्माणको चित्र परिवर्तन गरिदिन्छन भनेर तर असोचनिय ढंग तरिकाबाट उहाँहरुले वर्गीय सँधषको नाममा जातिय सँधर्षलाई प्राथमिकता दिनु भयो र शान्तिको हावा चल्न लागेको यो देशलाई फेरि पनि कोलाहल र त्रास पुर्ण बातावरणमा परिणत गराउने तिर महत्वलाई बढि ध्यान दिनु भयो । देशको राष्ट्र प्रमुख भएर बलिदान दिन्छु भनि जनतालाई त्रासको बातावरण सृजनासम्म गराउन चुक्नु भएन । २ करोड ६० लाख नेपालीको एउटै फुलवारीको साझ बगैचाको कार्य निभाउन सक्नु भएन । जहिले पनि एउटा कुरा भन्ने र गर्ने बेलामा एक लौटि आफनो पार्टिको निर्णय लिने बानिले गर्दा सहमति र सहकार्यको पाईलालाई उहाँले ओझेलमा पारि दिनसम्म चुक्नु भएन । उहाँले कहिले पनि सोच्नु भएन देश चलाउनलाई कत्तिको सामथ्र्य चाहिन्छ भनेर बोल्न जस्तो कार्यभार समालेर अगाडि बढ्नु आकाश र पातालको अन्तर हुन्छ भन्ने कुरालाई भल्नु भएर आज यो परिस्थीतिले जन्म लिन गएको हो । अझै पनि भन्ने गर्नु भएको छ । सरकार ढलाउन केहि पार्टिहरु लागु परेका छन् भनेर किन लागे त सरकार ढाल्न भनेर आफनो गृहकार्यलाई पनि जनमानस समक्ष बुझाउने गर्नु भएको छ त । लोक तान्त्रिक व्यावश्थामा एकले अर्काको खुट्टा तान्ने प्रबृद्धि त जहाँ पनि हुन्छ त्यो कुरा कुनै नौलो होईन तर जनताको पक्ष लिएर कार्य दिशालाई जन आस्थासँग मेल खाने खालको हुनु पर् यो । आज कस्ले पुर् यो त्यो ठाँउमा नेपाली जनताले होईन । हिजोका ति हामी कहिले पछि पर्ने छैन भन्ने पर्टिहरुको हविगत कहाँ पुर् याई दिए त्यो कस्को प्रयासले हो त । यदि जो कसेैले पनि राम्रो काम गर्छ भने नेपाली जनताले सधैभरि उसको पक्ष लिएर हातेमालो गर्दछ । त्यसैले जनतामा निरास ल्याउने काम कसैले गर्छ भने त्यसलाई छाड्ने वाला पनि छैन अब नेपाली जनता । यस्ता धेरै खाले युध्दहरुको नून चाखि सके नेपाली जनताले तेसैले जस्तो सुकै प्रबृद्धिमा पनि राम्रो र नराम्रो के हो भन्ने कुराको मुल्यांकन गर्न सक्ने भई सकेका छन् । देशको ढुकुटीमा हनिमुन मनाउनेहरुको हविगत देखाएर नै छाड्ने छ ।देशमा लोकतन्त्रको जग बसि सकेको छ । अब त्यसको सेवा र सम्हार गर्ने जिम्मा हामी आम नेपाली जनताको हो यो कुरामा कसैको दुई मत छैन । कहिले पनि भुलेर पनि भन्ने नगर्नु यो देशमा फेरि तानाशाहिले राज गर्दछ भनेर आफना ति कायरता पुर्ण भाषणलाई लगाम लगाउन पनि सिक्नु पर्छ र जन चाहनाको मर्म के हो त्यो कुरालाई लिएर अधि बढ्ने गर्नु पर्छ । कागले कान लानु कहाँ छ कहाँ कान नै नछामीकन पछि लाग्नु त भएन । अहिले सविधान लेखन प्रकृया चलिरहेको छ त्यो विषयलाई मध्य नजर राखेर सहि निष्कस्र निकाल्न तिर लाग्नु पर्दछ । जनता सामु आई रहेको मत भेद के हो राम्रोसँग बुझेर कार्य दिशाको निरुपण गर्ने तिर लाग्नु पर्दछ । सविधान जस्तो लेख्ने कुरामा हतार गरेर जनताको आँखामा छारो हाल्ने कामबाट सजक रहेर काम गर्नु पर्ने हुन्छ । सक्ला अक्षर फुटाउन नजान्ने मानिसलाई एक दिनको कक्षा लिएर उसले कसरि भन्न सक्छ मेरो लागी यस्तो कानुन बनाउनु पर् यो भनेर कसरि भन्न सक्छ के उत्तर राम्रो पाउन सक्छ । १२ वर्ष युध्दको मैदान चलाएर बसेका नेता भनाउदाहरुलाई त देश कसरि चलाउने भन्ने कुराको पुर्णपाठ थाहा थिएन भने ति आफनो नाम सकेत राम्रोसँग भन्न नसक्ने नेपालीले कसरि सविधानको बारेका भन्न सक्दछ बिना गृहकार्य । त्यसैले यो सरकारले सभासदलाई रोजगारी दिने नियदले हो कि देशको ढुकुटीको सत्याग्रह गर्न खोजेका हुन कि जानेर पनि बुझ पचाएको हो । बिना गृहकार्य जनतालाई के थाहा सविधान भनेको के हो । के १०० जनामा ५ जनाले मात्र अक्षर चिन्न सकेर हुन्छ ति अरुको अधिकार छैन । आफनो मौलिक हकको अधिकार खोज्नलाई र नेपाली भएर बाच्न । सविधान लेखन प्रकृया अगाडि बढाउनको लागि यो सरकारले सहि बाटो देखाउने हो भने देशको बिकट भन्दा बिकट ठाँउबाट सुरु गर्नु पर्छ । अनि मात्रको नेपाली जनताले कतिसम्म मौलिक हक अधिकार भन्ने कुराको ज्ञान रहेछ भन्ने थाहा हुन्छ । जस्तै हुम्ला मुगुडोल्पातेह्रथुम कालिकोट अछाम कर्णाली भेरी यस्ता ठाउँमा गएर ति नेपालीको बिचारलाई सम्वोधन गरेर लेखिएको सविधानलाईको जनताको लागि लेखिएको सविधान भनेर भन्न सकिन्छ । हरेक जिल्लाको सदरमुकाममा गएर एउटा होटलमागाउ बिकास समितीमा बसेर लेख्ने हो भने किन जनताले लेख्ने सविधान भनेर बिकुल फुक्नु पर् यो त जन चाहना विपरित कार्य गर्ने भए किन लड्नु पर् यो परिवर्तनको लागि र नयाँ र नौलो सृजना गर्छु भनेर किन झुटा आश्वासन बाड्नु पर्यो ।त्यसैले सरकारका सम्पुर्ण मन्त्रिका पद बहाली गरेका र बिभिन्न राजनितीक पार्टिले गम्भिर भएर सोच्ने बेला आएको छ । यो देशलाई रण सङ्गाममा परिणत गर्ने हो कि हरियाली शान्ति भुमि गौतम बुद्धको देश भनेर परिभाषा गर्ने हो त्यो समय आएको छ अहिले देशको कार्य बहाक योध्दाहरुको नकि भाषणमा मात्र सिमीत नबनाईकन काममा बढि समय खर्चियोस भन्ने मेरो नेपाली नागरिक भएको हैसियतले यो बिनम्र आग्रह गर्दछु ।

Sunday, March 15, 2009

नेपालीले पाएका पहिला र अहिलेका नयाँ अनुभुतीहरु - १

साना साना राज्यमा विभाजित भएको नेपाललाई एउटै मालामा गास्न नेपाल एकिकरणको अभियानमा लागेर सिङ्गो नेपाल देश हो भनेर सन्सार भर चिनाउन सफल हुनु भएका थिए श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह । उनैको देनले गर्दा आज हामीले सन्सार भर नेपाली भनेर शिर ठाडो गरेर हिड्न पाएका छौ । के त्यती बेला पनी नेपाली जनताको हात नभएको हो र आफनो देशको नाम उच्च राख्न गोला र बारुदको अगाडि शिर कहिले झुकाएनन् । आफुसँग मनग्य हातहतियार नभएता पनि प्रकृतिकले दिएको ढुङ्गा र दाउराको साथ लिएर आफु बिरुद्ध आई लाग्नेहरु माथि जाई लागेर आफनो स्वाधिनतालाई उच्च राख्न सफल भएका थिए नेपाली जनता । न त भोग नै भने न त प्यास नै भन्न पाए । न त आफनो उमेरको तुलना नै गरे । हिजो ति हाम्रा पुर्खाले लडाईबाट हात झिकिदिएको भए के आज हामी नेपाली भनेर गौरव गर्न पाउथे होला त । आज हामीलाई सोचनु पर्ने विषय भएको छ । ति हाम्रा विर पुर्खाले बलिदान दिएर हामीलाई उपहार स्वारुप छाडि गएका छन् । जब जहानिय राणा शासक श्री ३ हरुको हातमा नेपालको शासन शत्ताको बागडोर गयो त्यस बेला देखि नेपाली जनता माथि अन्याय र अत्याचारको जडले जरा गाढ्न थाल्यो । नेपाली जनता आतंकित र ससंकित बन्न पुग्यो । हिजोका शासकहरुले नेपाली जनतालाई अन्याय र अत्याचार नगरॆको भन्ने कुराको दुई मत छैन । १०४ वर्षसम्म राणाहरुले नेपालमा निरङकुष शासन लादेर नेपाली जनतालाई नोकरको दर्जामा राखॆका थिए । राणाहरुको अत्याचार दमनको सिमा हद भन्दा हदसम्म खेपीरहेका नेपाली जनता असईए भएर न्यायको खोजीमा भौतारिन पुगे । आफना दमन र राणाहरुको अत्याचारको प्रतिबाद गर्न कम्मर कसेर हाते मालो गरेर जुरर्मरुराउन थाले त्यति खेरको लडाईमा राजा श्री ५ त्रिभुवन विर विक्रम शाहले आन्दोलनको अगुवाई बनेर नेपाली जनता र नेपाल रहे हामी सबै रहने छौ भनेर साहासिको पाईला अधि बडाउनु भएको थियो । अधम्य साहास र हातेमालो गरेर नेपालमा १०४ वर्षको निरङकुष तन्त्रलाई अन्त्य गर्न सफल भए २००७ सालमा प्रजातन्त्रको जग बसाल्न सफल हुन गए नेपाली जनता ।२००७ सालकॊ परिवर्तनले केहि हदसम्म नेपाली जनताले आफनो अधिकारको हक प्रत्याभुती गर्न पाए र पनि नेपाली जनतालाई थिचो मिचोबाट मुक्त बनाउन सकेनन् । केहि वर्षको अन्तराल पछि प्रजातन्त्रलाई शाहवंशिय राजाहरुले आफनो पेवाँ बनाउन सफल भए र तानाशाहि शासन लाद्न सुरु गरे । त्यसको केहि समय पश्चात् सुरु भयो पाचायती व्यावश्था । यो व्यावथाले पनी नेपाली जनतालाई मौलिक हक अधिकारको स्वातन्त्रको अनुभुती दिन र लिनबाट बिाचत गराई दियो । नाताबाद र कृपावाद र जड सुत्रवादको जरा गाडिन पुग्यो । दमनकारी शासन जनतामा लादन थाले । सत्ता परिवर्तन भयो तर शासक परिवर्तन भएन र शासनको कार्यभारको निती नियममा केहि हदसम्म पनि परिवर्तनको महसुस नेपाली जनताले प्रत्याभुती गर्न पाउने मौका सृजना गराई दिएन । सत्तामा बस्ने सत्तासिनहरुले केवल आफनो भुडि मात्र भर्न सफल भए । नेपाली जनतालाई फेरि पनी एक जुट भएर आफनो हकको खाजिमा लाग्नु पर्ने परिस्थितीको समय खडा गराई दिए । जनताको शासन नभएर शासकिय शासनले जरा गाड्यो । अनि नेपाली जनता आफनो मौलिक हक र अधिकारको खोजी गर्न तर्फ उन्मुख हुन बाध्य भयो । ३० बर्षे तानाशाही पाचायती शासनको बिरुद्ध कम्मर कसेर लाग्न थाले । सम्पुर्ण देशमा भएका पार्टिहरुले हातमा हात र काधमा काध मिलाएर एक साथ एक जुट भएर ठुलो रक्तपातको क्रान्ति सुरु भयो नेपालमा कयौ नारीको सिउँदो पुछिएकयौको बेघरबारकयौ टुहुरा जीवन बिताउन बाध्य भयो । आफुले आफनालाई भुल्न बाध्य भए । यो क्रान्तिले बिभिन्न ठाउँमा भुमीगत भएर बसेका जनता नेताहरुको पुर्नरबास गराई दियो । सारा देश भरि जुलुस र नारा घन्किन थाल्यो तानासाहि व्यावश्थाको बिरुद्ध ठुलो र भयानक क्रान्ति हुन गयो । केहि समयको क्रान्तिले देशमा परिवर्तनको पर्दा फेरियो । ३० वर्षे तानाशाहि ब्यावश्थालाई अन्त्य गर्दै देशमा बहुदलिय ब्यावश्थाको बिजारोपण गर्न सफल भयो । नेपाली जनताको अधम्य साहास र ठुलो त्यागले गर्दा देश भरी अर्को नयाँ परिवर्तन हुन गयो ।२०४६ सालमा नेपालमा बहुदलिय प्रजातन्त्रको बिजारोपण गरि २०४७ साल कार्तिक २३ गने नेपालमा निरङकुस र तानासाहिहरुले बनाएको सबिधानलाई बदर गरेर देशमा नयाँ संविधानको खाका लेखियो । देशमा आम नागरिकको हैसियतले सारा नेपाली जनतालाई मौलिक हक अधिकारको स्वातन्त्रत तरिकाले अनुभुती गर्न पाउने कानुनको निर्माण गर्न सफल भयो । देशमा नेपाली जनताको मन मष्तिक जितेर नेपाली कांग्रेसले बहुमत ल्याउन सफल भयो र नेपाली कांग्रेसको अध्यक्षतामा सरकार गठन भयो । नेपाल कम्यिुनिष्ट पार्टि माले प्रति पक्षको जिम्मेवारीमा बस्न गयो । पाचायती व्यावश्थामा खेलि खाएका पाच भनाउदाहरुले आफनो काचुली फेरी आफनो छुटै् पार्टि खोलेर देशमा तेस्रो पार्टिको दर्जामा उभिन सफल भए । त्यस पछि देशमा नयाँ कानुन नयाँ देश बहाक शाासकहरुको हातमा देशको शासन सत्ताको बागडोरको साचो थामिन गयो । नेपालीे जनताले सोच्ने गरेका थिए अब जन मुखी शासन यो देशमा लागु हुन्छ भनेर तर जॆ सोचेका थिए ठिक त्यसको विपरित तरिकाबाट शासनको कार्यभार चल्न थाल्यो । जनतालाई दिएको गुलावी रसबरिहरु केबल भाषणमा मात्र सिमीत हुन गयो । देशमा नगन्ने मात्रमा राजनैतिक पार्टिहरुको जन्म हुन थाल्यो । एकले अर्कोलाई खुट्टा् तान्ने प्रबृतिले जरा गाड्न थाल्यो । आफनै पार्टि भित्र एक आपसमा बिचमा कुर्सि बिलासिताको मोह बड्न थाल्यो । एकले अर्काको कार्यबिधिमा सहमति जनाउन छाड्न थाले । एक आपसमा कुर्सिको लडाई सुरु गर्न थाले र जनतालाई दिएको आश्वासन र भरोसाहरु तुईएर जान थाल्यो । केही वर्ष नेपाली कांग्रेसले शासन चलायो र पछि गएर नेपाली जनताको मुख पात्र भएर काम गर्न सफल हुन सकेन र दोस्रो संसदिय आम चुनाबमा नेपाल कम्निष्ट पार्टि मालेलाई देश चलाउने जिम्मा लगायो नेपाली जनताले फेरि पनि पहिलाको हविगत भोग्न नपरोस भनेर नयाँ नेतृत्वको खाचोको महसुस गर्दै नेपाली जनताले नेपाल कम्यिुनिष्ट पार्टि एमालेलाई जनताको सेवक सम्झेर सत्ताको बागडोरको भागिदार बनाई पठायो । फेरि पनि जनतालाई सफा र सच्चा देश भक्तको परिचय दिनबाट पछि पर्न गयो नेपाल कम्युनिष्ट पार्टि एमाले । आफैमा मनमुटाब सृजना गराएर भाई फुटे गबार लुटॆ भन्ने उखानलाई सम्झना गराएर एक आपसमा फुट हुन गयो र एउटा सिङ्गो कम्युनिष्ट पार्टि फुटेर चिरा चिरामा परिणत हुन थाल्यो । देशमा ठुलो अन्यौलताको बातावरण सृजना उत्पन्न हुन गयो । नेपाली जनतालाई छोटो अवधिमा बहुदलिय प्रजातन्त्रको स्वाँद जनतालाई बोकालाई कुभीण्डो;भने जस्तो हुन गयो र फेरि पनि देशमा उहि काचुली फेरेका पाचायती नकाबधारिको दिन खुल्न गयो । पाचायती व्यावश्था त हटाए जनताले तर शासक र राजा हटेको थिएन । आफुलाई राजनिती र कुटनितीमा माहिर हौ भनेर सम्झने ति पाचायती शासकहरुले दाउ थापेर बसेका थिए । एक दिन हाम्रो पालो अवश्य आउछ फेरि पनि भनेर कुरी बसेकाहरुको दिन आउनलाई धेरै समय पर्खनु परेन । बहुदल भित्रीएको केहि समय पश्चात बहुदलबादि दलहरु बिच एक आपसमा असमझदारिता र कुर्सि मोहको कारणले गर्दा स्याललाई काल आए पछि गाँउ पस्छ; भने जसरि देशको बागडोरको साचो उहि भेष बदलेका शासकहरुको काँधमा अडेस लगाउन पुग्यो । खिचडि पकाएको जस्तो गरि सरकारमा सामेल भए सबै राजनितीक पार्टिहरु कुर्सिको मोहमा आफनो अस्थित्वसम्म पनि त्याग्न गर्नसम्म पनि चुक्न पछि परेन । राता रात पुजिपतिको दर्जामा पुग्नलाई एक आपसमा पौठे जोरि खेल्न सफल भए । आखिर नेपाली जनताले दिलो ज्यान दिएर देशमा परिवर्तन ल्याएको फाईदा यहि हो त । नेपालका राजनितीक पार्टिका नेताले के सोचेका छन् के जनता भनेको आफुसँग भएको स्वाचालित बस्तु जति खेर चाहियो त्यति खेर प्रयोगमा ल्याउने र काम सकिए पछि बेवास्था गरि रद्दीको टोकरिमा फालि दिने । एक आपसमा टुट्ने र फुट्ने रोग लागेर निरङकुस तानाशाहि जडशुत्रबाद लादेर देशलाई अराजकता तिर धकेल्न थाले । नेपाली जनता सामु गरेका ति रसिला रसवरिले भरिएका आश्वासनहरुलाई प्रभाह नगरिकुर्सिमोहको लडाई बनाई मास्रल आर्टको प्रतियोगितामा भाग लिने गर् थ्यो । देशमा बेरोजगारको समस्याले ठुलो स्थिती सामना गर्नु पर् यो । योग्य र सफल व्याक्तिको कदर हुन छाड्यो । जता सुकै अन्यौलताले जग हाल्न सुरु भयो नेपाली युवा शक्तिमो आँखा अगाडि । अनि भौतारिएर बिदेश पलाएन हुनु पर्ने सृजना खडा गरि दिए देशका जन सेवक र देश भक्तिका नाममा आफना अखडा जमाएका व्याक्तिबादि शासकहरुले आखिर बहुदलीय व्यावश्था ल्याएर के कुराको नयाँ अनुभुति पाउन सफल भयो त नेपाली जनता त्यहि शासक त्यहि राजानाताबादकृर्पाबाद बिलासिताका भोगी कुसर्िका निमीत्त लिप्त भोगी ।फेरि पनि यो देशमा रगतको खोला बगाउने दिन आयो । त्यसै कारणले गर्दा नेपाली जनताहरु नताबाद र कृर्पाबादको थिचो मिचोले गर्दा असइय भएका कारणले गर्दा देशमा नौलो क्रान्तिको खोजी तर्फ लागे । सारा नेपाली बेरोजगार युवा शक्तिहरु जुरमुराउन थाले र आफनो हक अधिकारको लडाई लड्न फेरि पनि सुरु गरे । त्यो लडाईको बागडोर त्यहि सयौ चिरा भएर टुगि्रएका नेपाल कम्युनिष्टको एउटा पार्टि माओवादिले २०५२ साल देखि सामान्तिहरु बिरुद्ध लड्न सुरु गरे । माओवादिबाट पुष्पकमल दाहाल प्रचण्ड र डा बाबुराम भटटराईको नेतृत्वमा अधि बढे गाँउ गाँउमा क्रान्तिको बिगुल फुक्न थाले । सारा नेपाली जनतालाई भ्रष्टचार नातावाद र कृर्पावादको पाठ पढाउन थाले । अन्याय र अत्याचारको सिमाले तहस नहस भएका नेपाली सोझा सिधा जनता लडाईको मैदानमा फेरि पनि उत्रिन बाध्य भए । बन्दुकको सहारामा न्याय खोज्न तिर लागे र जंगली युगको कार्यलाई सर् हानिय गर्न बाध्य भएर जंगलमा बसेर नै आफनो युध्द लडे । २०५८ सालमा देशमा काल रात्रि जस्तो भयानक जघन्य घटना घट्न गयो । रात्रिभोजको नाम गरेर श्री ५ बिरेन्द्र विर विक्रम शाहको परिबार र वंशको नाश गरिएको थियो । श्री ५ ज्ञानेन्द्र विर विक्रम शाहदेवले राज्य गद्धि आफनो हातमा लिएर देशको शासन गर्न शुरु गरेका थिए । त्यसै अबसरमा राजा श्री ५ ज्ञानेन्द्रले उग्रवादीको नामले परिचित नेपाल कम्युनिष्ट पार्टिका कमाण्डर प्रचण्डको शिरको मुल्य समेत तोकि दिएका थिए । त्यस समय देखि देशमा जन युध्दको भयङकर धनसङराम युध्द चर्किन थाल्यो । त्यसको केहि समय पश्चात श्री ५ ज्ञानेन्द्रको केहि लागेन र माओवादि समक्ष घुडा टेक्न बाध्य भएर युध्द बिराम गराउन दुई पक्ष वार्ता द्धारा युध्द अन्त्य गर्ने योजना बनाएर देशमा केहि हदसम्म भए पनि शान्ति सम्झौता कायम गराउन सफल भए । त्यसै अबसरमा नेपाल कम्युनिष्ट पार्टि माओवादिले आफनो जनसेनाको बटालीनको उत्पती गरायो । क्रान्तिका नाममा धेरै प्रकारका लडाकु जत्थाको जन्म गराएर छाडे । १३औं हजार नेपालीको बलि चढाउन सफल भयो त्यो क्रान्तिले न त नाबालक नै भने न त गर्भवती महिला बृद्ध बाबु आमा नै भने कयौ टुहुरा भएकयौले अपाङ्गको जीवन जिउन परे कयौ विधवा भए । लाखौ नेपाली जनताको आँखाबाटसमुन्द्र सरि आँसुका बलिन धारा बगे । देशमा चक्का जाम नेपाल बन्दहत्या आतंकलुटपाट र अपहरण चन्दा प्रकरणको धिन लाग्दा प्रबृदिका कदमहरु अङ्गालेर नेपाली जनताले जीवनमा नसोचेको दुख भोग्नु पर्यो र अस्सैह भएर त्यो युध्दलाई नेपाली जनताले साथ दियो र १२ बर्षको लडाई पश्चात आफनो युद्ध समाप्ति तिर लाग्न सरकारसँग बात्र्ता सुरु गरे । बार्ता सफल गरि युद्ध बिराम गरि सासंद भनेको बुर्जुवाहरुको मागि खाने भाडो भन्ने नेपाल कम्युनिष्ट पार्टि माओवादीका नेताहरु युध्द बिराम गरेर शासन सत्ताको बागडोरमा आफनो हिस्सा जमाउन पुके । जन सेनाका सेनाहरुलाई क्यान्टोन म्यान खडा गरि शिविरमा राख्ने बन्दोवस्त मिलायो । अनमिनको अध्यक्षतामा शिविर खडा गरि सेना गणना गरी राखियो । हतियार जति अनमिनको अण्डरमा राखियो । त्यसको केहि समय पश्चात नयाँ आन्दोलनको शुरुवात भयो । क्रमश:

Sunday, March 1, 2009

चुम्बन आत्मीयताको गहिराइ


2009-03-01,Sunday
चिम्पान्जीले आपसमा चुम्बन साटासाट गर्छन्, स्यालले एकअर्काको मुख चाट्छन्, हात्तीले पनि आफ्नो सुँड एकअर्काको मुखमा दिन्छन्
भनिन्छ, 'चुम्बन प्रकृतिले रचेको सुन्दर जुक्ति हो, आपसी संवाद निरर्थक हुँदा त्यसलाई पन्छाउन चुम्बन गरिन्छ ।' पछिल्ला खोजअनुसन्धानबाट के पत्ता लागेको छ भने आपसी प्रेम प्रकट गर्न गरिने चुम्बनले एकअर्कासँग नजिकिन चाहने दुई प्रेमीको प्रेममा गहिराइ ल्याउने मात्र नभई इन्दि्रयहरूमा कयौं मिश्रति संकेतहरू पनि पुर्‍याउँछ । अमेरिकाका एक अनुसन्धाता वैज्ञानिकले खोजबाट के पाए भने, चुम्बनका वेला जोडिएका ओठहरूले इन्दि्रयलाई सक्रियता अथवा रफ्तार त दिन्छन् नै, साथसाथै यिनले हाम्रो जोडीसँग दीर्घकालीन सम्बन्ध उपयुक्त होला कि नहोला भन्ने कुराको तीक्ष्ण संकेत पनि दिन्छन् । वैज्ञानिकहरूले सिकागोमा आयोजित एउटा सम्मेलनमा भने, 'पुरुषको र्‍यालमा रहेका रसायन उसको प्रजनन् क्षमता तथा स्वास्थ्यसम्बन्धी संकेत हुन् । सायद, यही कारणले अक्सर पहिलो चुम्बन आखिरी चुम्बन पनि हुने गर्दछ ।' अमेरिकन एसोसिएसन फर द एड्भान्समेन्ट अफ साइन्सको वाषिर्क सम्मेलनमा रुटगर्स विश्वविद्यालयका हेलन फिसरले भने, 'चुम्बन एउटा शक्तिशाली क्रिया हो, त्यसैले यो संसारमा जहाँ पनि प्रचलित छ,' उनले भने, 'संसारभरिका लगभग ९० प्रतिशत मानिसले आफ्नो प्रेम अभिव्यक्त गर्न चुम्बन गर्छन् ।' फिसरले अगाडि भने, 'चुम्बन गर्ने चलन जनावरहरूमा पनि यही स्तरमा पाइन्छ । चिम्पान्जीले आपसमा चुम्बन साटासाट गर्छन्, स्यालले एकअर्काको मुख चाट्छन्, र हात्तीले पनि आफ्नो सुँड एकअर्काको मुखमा दिन्छन् ।' फिसरको मान्यता के रहेको छ भने, चुम्बन गर्नु सम्बन्ध वा आत्मीयताको गहिराइ थाहा पाउने एउटा तरिका हो । चुम्बन गर्ने वेलामा हामीले एकअर्कालाई छुनुको अलावा महसुस पनि गर्न सक्छौँ । चुम्बन-प्रक्रियाका वेला हाम्रो दिमागको एउटा ठूलो हिस्सा जग्मगाउँछ । फिसरले भने, 'चुम्बन वास्तवमा आपसी प्रेम कत्तिको छ भनेर थाहा पाउने तरिका हो, जुन सकारात्मक अथवा नकारात्मक पनि हुन सक्छ ।' एक अध्ययनअनुसार, ६६ प्रतिशत महिला र ५९ प्रतिशत पुरुषले पहिलो चुम्बनबाटै सम्बन्ध तोडिदिएका थिए । उनीहरूका लागि त्यो चुम्बन 'किस अफ डेथ'बराबर सावित भयो ।
चुम्बनका तीन रहस्य
डाक्टर फिसरको तर्क के छ भने चुम्बनले मस्तिष्कमा विशेष गरी तीन बिन्दुहरूमा तेजी ल्याउनमा मद्दत गर्छ । पहिलो, पुरुषको र्‍यालमा पाइने रसायनको कारण उसले आफ्नो जोडीमा सेक्सको इच्छा प्रवल बनाउँछ । दोस्रो, चुम्बनले प्रेमको माहोललाई रोमान्टिक बनाउँछ र तेस्रो तथा सबभन्दा महत्त्वपूर्ण कुरा, चुम्बनले आपसी सम्बन्धलाई मजबुत पार्न मद्दत पुर्‍याउँछ । यो अनुसन्धान गर्नका लागि १५ जोडी युवायुवतीलाई सामेल गराइएको थियो । यिनीहरूलाई दुई वर्गमा बाँडिएको थियो र एउटा वर्गलाई १५ मिनेटसम्म चुम्बन गर्न भनिएको थियो भने अर्को वर्गलाई केवल आपसमा हात समाएर कुरा गर्न भनिएको थियो । साबार नयापत्रिकाबात