NAMASKAR ,NAMASKAR

NAMASKAR ,NAMASKAR
WELCOME MY BLOG VIEWERS

THINK WE ARE SAME

Photobucket

नेपाली समय

"शादा जीबन उच्चा बिचार"

"शादा जीबन उच्चा बिचार"
NEPALI FLAG

नमस्कार, नमस्कार , नमस्कार

"मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे, रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे, दु:ख मा रुनु हुँदैन र सुखमा हास्नु हुँदैन रे, आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे, जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिली रहोस समयले जति नै टाढा पुर्याए पनि अबिरल यादहरु आईरहोस, पुरा होस तपाईंको मनको हरेक कामना ।।" भगवान पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।

शिव जी

शिव जी
HINDU RELIGION

महादेव पार्वती र गणेश

महादेव पार्वती र गणेश

राजा त्रिभुवनको अफिस

राजा त्रिभुवनको अफिस








Nepal's First President

Nepal's First President
Ram Baran Yadav

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

बैठक कोठा

बैठक कोठा

राजगद्दी सिहासन

राजगद्दी सिहासन

नारायणहिटी सङ्ग्राहालय

नारायणहिटी सङ्ग्राहालय
२०६५ देखी सर्बसाधारणलाई खुल्ला गरिएको हो ।

Wednesday, February 25, 2009

आठौं महाधिवेशनले चुनेको एमालेका महारथीहरू



अध्यक्ष - झलनाथ खनालजन्मः २० मार्च १९५० मा इलामको साँखेजुङ्ग शिक्षा : राजनीतिशास्त्र र इतिहासमा स्नातकराजनीति आरम्भ : २०२४ मा त्रिचन्द्र कलेजबाट , २०२६ देखि २०३० सम्म बाग्लुङ र इलाममा शिक्षक, २०३३ मा कोअर्डिनेसन केन्द्रको संस्थापक सदस्य, २०३५ मा नेकपा (माले) का संस्थापक सदस्य, २०३६ मा नेकपा (माले) को केन्द्रीय सदस्य, २०३९ मा नेकपा (माले) का महासचिव, २०४७ मा अन्तरिम सरकारको वन तथा भूसंरक्षणमन्त्री, २०४८ र ५१ मा इलामबाट प्रतिनिधिसभा सदस्य, २०५३ मा सूचना तथा सञ्चारमन्त्री, २०६५ मा इलामबाट संविधानसभा सदस्य निर्वाचित, २०६५ मा केन्द्रीय कमिटीको अठारौँ बैठकबाट नेकपा एमाले महासचिव, २०६५ आठौँ महाधिवेशनबाट अध्यक्षजेलजीवनः चार वर्ष जेल
उपाध्यक्ष - अशोक राई जन्म : २०१४ भदौ २४ गतेराजनीति प्रारम्भ : २०२९ सालकेन्द्रीय सदस्य २०४६ साल, प्रतिनिधिसभा सदस्य २०४८ र २०५१, निर्माण तथा यातायात राज्यमन्त्री २०५१, संसदीय व्यवस्थामन्त्री २०५३, स्वास्थ्यमन्त्री २०६१, वैकल्पिक स्थायी कमिटी सदस्य २०५९, सङ्गठन विभाग प्रमुख, पूर्वाञ्चल क्षेत्र समन्वय प्रमुख
उपाध्यक्ष - वामदेव गौतमजन्म मिति : २००५ असार २८ गते, प्यूठान राजनीति प्रवेश : २०२१ - नेकपा, २०२६ - नेकपा (पुष्पलाल) समूहमा, २०३२ - मुक्तिमोर्चामा, २०३३ - कोअर्डिनेसन केन्द्रमा, २०३५ - नेकपा (माले), २०४७ - नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य, २०५१ - स्थायी कमिटी सदस्य, २०५१ - उपमहासचिव, २०५४ - एमाले विभाजनपछि नेकपा (माले)को महासचिव, २०५८ - पुनः (एमाले) स्थायी कमिटी सदस्य, २०५९ - सातौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित र स्थायी कमिटी सदस्य, जेल/भूमिगत जीवन : ०३४-०३६ राजनीतिक बन्दी, ०४८ र ०५१ मा प्रतिनिधिसभा सदस्य, उपप्रधानमन्त्री तथा गृहमन्त्री, २०५३, उपप्रधानमन्त्री तथा गृहमन्त्री, २०६५ ।

उपाध्यक्ष - विद्या भण्डारी जन्म : सन् १९६२ मानेभञ्ज्याङ, भोजपुर शिक्षा : स्नातक, राजनीति प्रवेश : अनेरास्ववियु क्षेत्रीय कमिटी सदस्य - सन् १९७९, पार्टी सदस्य - सन् १९८०, भोजपुर क्याम्पस युथ लिग सदस्य - सन् १९७८, अखिल नेपाल महिला सङ्घ मोरङ अध्यक्ष - सन् १९८२, अखिल नेपाल महिला सङ्घ कोसी अञ्चल सचिव - सन् १९८१, राष्ट्रिय परिषद् सदस्य, अखिल नेपाल महिला सङ्घ - सन् १९८८, केन्द्रीय सदस्य, अखिल नेपाल महिला सङ्घ - सन् १९९४, केन्द्रीय अध्यक्ष, अखिल नेपाल महिला सङ्घ - सन् १९९७ हालसम्म, राष्ट्रिय परिषद् सदस्य एमाले - सन् १९९४, केन्द्रीय सदस्य एमाले - सन् १९९७, जनसङ्ख्या तथा वातावरणमन्त्री - सन् १९९६
महासचिव - ईश्वर पोखरेलजन्म : २०१० माघ १० गते, माम्खा, ओखलढुङ्गा राजनीति प्रवेश : २०२७ साल, कोअर्डिनेसन केन्द्रको सदस्य, २०३३, नेकपा (माले)को स्थापनाकालदेखि केन्द्रीय सदस्य, एमालेको छैटौँ महाधिवेशनपछि लगातार स्थायी कमिटी सदस्य, राष्ट्रिय सभा सदस्य २०५२, सङ्गठन विभाग प्रमुख, प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीको प्रमुख राजनीतिक सल्लाहकार- २०५१, आपूर्तिमन्त्री - २०६१, प्रचार विभाग प्रमुख- २०६५ ।
सचिव - विष्णुप्रसाद पौडेलजन्म : २०१६ मङ्सिर ५ गते, पुतलीबजार-१२, स्याङ्जा राजनीतिक पृष्ठभूमि : २०३३ बाट कोअर्डिनेसन केन्द्रबाट प्रभावित भई राजनीतिक सम्पर्कमा, २०३५ असोजमा पार्टी सदस्यता प्राप्त, २०३५ मङ्सिर ३ गतेदेखि पूर्णकालीन कार्यकर्ता, २०४८ मा केन्द्रीय कमिटी सदस्य, २०५४ मा केन्द्रीय कमिटी सदस्य, २०५९ मा स्थायी कमिटी वैकल्पिक सदस्य जेल जीवन : २०३७ असार १२ गते राजकाज मुद्दामा जेल, २०३७ भदौ १ गते भैरहवा जेल तोडी भूमिगत, २०५१ र २०६४ मा प्रतिनिधिसभा तथा संविधानसभा सदस्यमा निर्वाचित, २०५४ मा संस्कृति, युवा तथा खेलकुदमन्त्री, २०६५ मा जलस्रोतमन्त्री ।
सचिव - शङ्कर पोखरेल जन्म : सन् १९६३, विजौरी, दाङ शिक्षा : स्नातकोत्तर, त्रिविराजनीतिमा प्रवेश : सन् १९७९, अनेरास्ववियुको भारत क्षेत्रीय कमिटी अध्यक्ष - सन् १९८०, अल इन्डिया स्टुडेन्ट इसोसिएसन वाराणसी अध्यक्ष सन् १९८२, अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनको संस्थापक महासचिव तथा कोषाध्यक्ष सन् १९८३, अध्यक्ष सन् १९८४, अनेरास्ववियु बागमती क्षेत्रीय समिति सभापति, सन् १९८६, अनेरास्ववियु कोषाध्यक्ष सन् १९८६, अनेरास्ववियु उपाध्यक्ष सन् १९९०, अनेरास्ववियु अध्यक्ष सन् १९९०, स्ववियु सभापति, त्रिविवि सन् १९८८, एमाले प्रकाशन विभाग सचिव सन् १९९४, एमाले केन्द्रीय सदस्य सन् १९९८ ।
सचिव - युवराज ज्ञवाली जन्म : १३ जुलाई १९५३, भडकुवा, गुल्मीशिक्षा : स्नातकराजनीतिमा प्रवेश : सन् १९६९, नेकपा (पुष्पलाल) समूहमा । सन् १९७३ मा दाङ जिल्ला कमिटी सदस्य, सन् १९७७ मा कोअर्डिनेसन कमिटी प्रवेश, सन् १९८१ मा नेकपा (माले) गुल्मी सचिव, सन् १९८४ मा नवलपरासी सचिव, सन् १९८५ मा बाँके सचिव, सन् १९८६ मा दाङ सचिव, सन् १९८८ सेती-महाकाली इञ्चार्ज, सन् १९८८ मा केन्द्रीय सदस्य, सन् १९९४ मा केन्द्रीय सदस्य, सन् १९९८ मा स्थायी कमिटी सदस्य, सन् २००४ मा स्थानीय विकासमन्त्री ।