
संसारलाइ थाहा छ कि लाहुरेहरु अन्याय सहदैनन ।ज्यानको बाजी राखेर युद्धमा लडने लडने लाहुरेहरु सधै शिर ठाडो पारेर समाजमा बाँच्न चाहन्छन र बाँचेका छन्।लाहुरेसंग विस्वयुद्धमा संसारको मुटु थर्काएको ताजा इतिहास छ अनि कमाएको प्रतिष्ठा र स्वाभिमान पनि।म किन यो कुरा कोट्टाउदै छु भने गत हप्ता ढिलै भएपनि संयोगबस मैले”बिमोचन”मासिक पत्रिका(मंसीर ,२०६५) पढ्ने मौका पाए।त्यसमा पुर्वाग्रहि ढंगले लाहुरेको बेइज्यत गर्ने किसिमको कथाबस्तु रहेछ चलचित्रमा।कलिउड पेजमा ठुलो अक्षारमा “पुरुष बेश्या”को कथा “पलपलमा” भन्ने शिर्षाकमा लाहुरेको श्रीमतीको बारेमा सेक्सी सीनसहितको सनसनीपुर्णा कथा पढ्ने अवसर पाए।लाहुरे शब्द पढ्ने बितिकै उत्सुकता बढ्यो के के नै होला भनेर सायद आफु लाहुरे भएकोले होला यस सम्बन्धमा अझ बढि जान्ने कोशिस गरे।उकेश दाहालको निर्देशन,निर्माणा र कथा रहेको चलचित्र “पलपलमा” लाहुरेनिहरुले श्रीमानको अनुपस्तिथिमा कसरि पुरुष बेश्यालाइ पैशाले किनेर यौन प्यास मेटाउछन भन्ने देखाउन खोजीएको छ। आफ्नो श्रीमान(लाहुरे)संग लामो समयसंग यौन सम्पर्क गर्न नपाएपछि लाहुरेनिहरुले आफ्नो तिर्व यौन तृष्ण पुरुष बेश्यासंग मेटाउने गरेको कथा उक्त चलचित्रमा छ। पुरा हेर्नुहोस्....