NAMASKAR ,NAMASKAR

NAMASKAR ,NAMASKAR
WELCOME MY BLOG VIEWERS

THINK WE ARE SAME

Photobucket

नेपाली समय

"शादा जीबन उच्चा बिचार"

"शादा जीबन उच्चा बिचार"
NEPALI FLAG

नमस्कार, नमस्कार , नमस्कार

"मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे, रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे, दु:ख मा रुनु हुँदैन र सुखमा हास्नु हुँदैन रे, आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे, जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिली रहोस समयले जति नै टाढा पुर्याए पनि अबिरल यादहरु आईरहोस, पुरा होस तपाईंको मनको हरेक कामना ।।" भगवान पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।

शिव जी

शिव जी
HINDU RELIGION

महादेव पार्वती र गणेश

महादेव पार्वती र गणेश

राजा त्रिभुवनको अफिस

राजा त्रिभुवनको अफिस








Nepal's First President

Nepal's First President
Ram Baran Yadav

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

बैठक कोठा

बैठक कोठा

राजगद्दी सिहासन

राजगद्दी सिहासन

नारायणहिटी सङ्ग्राहालय

नारायणहिटी सङ्ग्राहालय
२०६५ देखी सर्बसाधारणलाई खुल्ला गरिएको हो ।

Thursday, January 15, 2009

मन्त्रीहरु नै चढ्छन् नक्कली प्लेटका गाडी

सरकारमा सहभागी केही मन्त्रीले ऐन-नियमको खिल्ली उडाउँदै किर्ते काम गरिरहेका छन् भन्दा धेरैलाई अचम्म लाग्ला । तर, वास्तविकता यस्तै छ । वर्तमान सरकारका तीन मन्त्री आफू चढ्ने गाडीमा नक्कली नम्बर-प्लेट राखेर नेपाली झन्डा फहराउँदै कुद्छन् । रक्षामन्त्री रामबहादुर थापा बादल, आपूर्तिमन्त्री राजेन्द्र महतो र संस्कृति तथा राज्य पुनर्संरचनामन्त्री गोपाल किराँतीले आफू चढ्ने गाडीमा नक्कली नम्बर-प्लेट राखेर चलाइरहेका छन् ।read more......

मन्त्रीहरु नै चढ्छन् नक्कली प्लेटका गाडी


खगेन्द्र पन्त/नयाँ पत्रिकाकाठमाडौं, २७ पुस 2009-01-12,Monday

सरकारमा सहभागी केही मन्त्रीले ऐन-नियमको खिल्ली उडाउँदै किर्ते काम गरिरहेका छन् भन्दा धेरैलाई अचम्म लाग्ला । तर, वास्तविकता यस्तै छ । वर्तमान सरकारका तीन मन्त्री आफू चढ्ने गाडीमा नक्कली नम्बर-प्लेट राखेर नेपाली झन्डा फहराउँदै कुद्छन् । रक्षामन्त्री रामबहादुर थापा बादल, आपूर्तिमन्त्री राजेन्द्र महतो र संस्कृति तथा राज्य पुनर्संरचनामन्त्री गोपाल किराँतीले आफू चढ्ने गाडीमा नक्कली नम्बर-प्लेट राखेर चलाइरहेका छन् ।
रक्षामन्त्री 'बादल’ चढ्ने गाडीमा नम्बर-प्लेट नै दुई/दुईवटा
आपूर्तिमन्त्री महतोको गाडी नम्बर-प्लेट न त निजीजस्तो छ, न सरकारीजस्तो
मन्त्री किराँतीसाग ब्लुबुकमा एउटा र प्लेटमा अर्को नम्बर भएको गाडीआपूर्तिमन्त्री महतोले चढ्ने नेपाल आयल निगमको ल्यान्डक्रुजर गाडीको नम्बर-प्लेट हेर्दा हाँसो उठ्छ । उनको बा ६ च ४४४४ नम्बरको गाडीमा राखिएको नम्बर-प्लेट न त सरकारी हो, न निजी । झट्ट हेर्दा निजीजस्तो देखिने महतोको गाडीको नम्बर-प्लेटमा रातो र नीलो रङ मिसिएको छ । यसले न निजी गाडीको संकेत गर्छ न त सरकारी नै । ट्राफिक प्रहरीको भाषामा यस्ता नम्बर-प्लेट नक्कली ठहरिन्छन् । यातायात व्यवस्था विभागले 'च' लाई निजी र 'झ' लाई संकेत अक्षरका रूपमा सरकारी गाडीको दर्तामा प्रयोग गर्छ । तर, महतोले चढ्ने गाडीमा च लेखिएको छ, तर प्लेट भने रातो-नीलो छ । स्रोतका अनुसार मन्त्री महतोका ड्राइभरले 'हजुर ! यो त नम्बर नै मिलेन, न सरकारी भयो न निजी, मिलाएर राख्नुपर्‍यो' भनेर पटक-पटक सम्झाएका छन् । तर, महतोले त्यसको वास्तै गरेका छैनन् । यो तथ्य मन्त्री महतोको हेपाहा प्रवृत्ति उजागर गर्न काफी छ । निजी नम्बरलाई सरकारी वा सरकारीलाई निजी नम्बर बनाउँदा गृह मन्त्रालयको सिफारिस चाहिने कानुनी प्रावधान छ । गृहको सिफारिसअनुसार यातायात व्यवस्था विभागले 'सीमित समयावधिका लागि' नम्बर-प्लेट परिवर्तन गरिदिन्छ । तर, मन्त्री महतोले यो प्रक्रिया अपनाउन नै चाहेनन् । उता, रक्षामन्त्री बादल चढ्ने गाडीमा त नम्बर-प्लेट नै दुई/दुईवटा छन् । उनी चढ्ने गाडीलाई राम्रोसित नियाल्ने हो भने जोसुकैले दुईवटा नम्बर-प्लेट सजिलै देख्छ । मन्त्री बादल चढ्ने हरियो रंगको स्कारपियो गाडीमा अगाडि र पछाडि सरकारी नम्बर-प्लेट बा १ झ ७०६२ राखिएको छ । तर, गाडीको वास्तविक नम्बर-प्लेट भने यो होइन । त्यही नम्बर-प्लेटको भित्रपट्टि गाडीको वास्तविक नम्बर-प्लेट छ । जसमा लेखिएको छ, बा ६ च ७६७३ । यो निजी नम्बर-प्लेट हो । (हेर्नुहोस् फोटो)सवारी तथा यातायात व्यवस्था ऐनअनुसार एउटै गाडीमा दुईवटा नम्बर-प्लेट राख्नु वा नक्कली नम्बर-प्लेट राख्नु अपराध मानिएको छ । त्यस्तो गरेको पाइएमा कारबाहीको व्यवस्था पनि ऐनमा गरिएको छ । मन्त्री बादललाई भने अहिलेसम्म ऐनले छोएको देखिँदैन । नक्कली सरकारी नम्बर-प्लेटले गाडीको वास्तविक नम्बर-प्लेट ढाकेर मन्त्री बादल नेपाली झन्डा फहराउँदै हिँड्छन् ।नक्कली नम्बर-प्लेट राखेको गाडी चढ्ने अर्का मन्त्री हुन्, संस्कृति तथा राज्य पुनर्संरचनामन्त्री गोपाल किराँती । उनले टोयटा कम्पनीको ल्यान्डक्रुजर गाडी नारायणहिटी दरबारबाट झिकाएका हुन् । गाडीको ब्लुबुकमा बा ३ च ३५७९ छ । तर, अहिले सो नम्बरलाई सरकारी बनाएर मन्त्री किराँती चढिरहेका छन् । अहिले सो गाडीमा बा १ झ १११४ नम्बर-प्लेट राखिएको छ । मन्त्री किराँतीका अनुसार उनले दरबारबाट झिकाउँदा गाडीमा बा ४ झ १११४ को नम्बर-प्लेट थियो । 'त्यो मिलेन भने, अनि बा १ झ १११४ बनाएँ,' उनले नयाँ पत्रिकासित भने । उनले सबै कानुनी प्रक्रिया मिलाएर नम्बर-प्लेट फेरेको दाबीसमेत गरे । यो गाडी तत्कालीन युवराज पारसले चढ्ने गरेका थिए । गाडीको ब्लुबुकमा पनि सवारीधनीको नाम 'श्री ५ युवराजाधिराज' नै लेखिएको छ ।