NAMASKAR ,NAMASKAR

NAMASKAR ,NAMASKAR
WELCOME MY BLOG VIEWERS

THINK WE ARE SAME

Photobucket

नेपाली समय

"शादा जीबन उच्चा बिचार"

"शादा जीबन उच्चा बिचार"
NEPALI FLAG

नमस्कार, नमस्कार , नमस्कार

"मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे, रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे, दु:ख मा रुनु हुँदैन र सुखमा हास्नु हुँदैन रे, आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे, जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिली रहोस समयले जति नै टाढा पुर्याए पनि अबिरल यादहरु आईरहोस, पुरा होस तपाईंको मनको हरेक कामना ।।" भगवान पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।

शिव जी

शिव जी
HINDU RELIGION

महादेव पार्वती र गणेश

महादेव पार्वती र गणेश

राजा त्रिभुवनको अफिस

राजा त्रिभुवनको अफिस








Nepal's First President

Nepal's First President
Ram Baran Yadav

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

बैठक कोठा

बैठक कोठा

राजगद्दी सिहासन

राजगद्दी सिहासन

नारायणहिटी सङ्ग्राहालय

नारायणहिटी सङ्ग्राहालय
२०६५ देखी सर्बसाधारणलाई खुल्ला गरिएको हो ।

Monday, July 20, 2009

एउटा नदी बारीबाट पारि नदेखिने मान्छे हिडेको नदेखिनेगरी बगिरहेछ अन


 


 


    एउटा नदी बारीबाट पारि नदेखिने मान्छे हिडेको नदेखिनेगरी बगिरहेछ अनि छु सिर्फमेरो अतित वारिपारि डुँगा चलिरहेछ बोटेहरु नाउँ खियाउँदा खियाउँदा सुस्त मनस्थितिमा छन् धाम डुब्नेबेला केही टाढा हरियो खेत चौर अलिपरिति बजार बजार भरी सकेर नाउ तर्ने मान्छेहरुको भिड नदी पारी ठूलो बजार पसलहरु छन् स्कूल अफिस पुलिस चौकी वारीको जस्तै पारी छैन सदरमुकामको नजिकै भए पनि यो उति सारो चहलपहल नभएको गाउँ हो मान्छेहरु शिक्षित छन् अनुभवी छन् तर गाउँ पिछडिएको वारीको चेलिबेटी पारी बिहे गरेर पर्ठाईन्छ पारीको पारी ल्याइन्छ नाता सम्बन्ध साथी भाई आवत जावत पारी वारी चलिरहन्छ डुँगा। तर्न लाईन बस्नु पर्छ यात्रु धेरै छन् डुँगा एउटा पालो-पालो तर्नु पर्ने अवस्था डुँगा खेप लगाई रहन्छ आफ्नो पालो पर्खेर भुइको बालुवा खुट्टाले खेलाईरहेकी छु घरमा छोडेर आएका लालाबालको सम्झनाले सताइ रहेको ती लालावालाई छोईर माईत आएको चार पाँच दिन भइृसकेको आमा विरामी भएर खबर पठाएकोले आएको छु आफ्नी आमाको न्यानो काख छोडेर पर्राईको आँगनमा पाइला टेके देखि साँच्चै भर्नु सारा दुनियाँ बदलिदो आफ्नो आफन्त जस्तै छैनन् साथी भाई विराना छन् यो ठाउँ यो वातावरण आफ्नो जस्तो छैन जन्मदै खेल्दै आएको यो चौर यो गाउँ सबै-सबै विरानो छन् आफूलाई शिर देखि पाउसम्म हेर्न मन लाग्छ, हेर्छु आफूलाई आफू हुँ भन्न पनि लाज लाग्छ हुनु मनै हुँ फरक कति त्यति बेलाको १३-१४ वर्षो धपक्क बलेको अनुहार फ्रक लगाएर हिड्दा पुतली नाचे जस्तो लाग्ने वैश आहा कति रमाईला थिए ति दिनहरु कहाँ पहिलेको कहाँ अहिलेको यो गुन्टा चोलि टाउकामा मजेत्रो कम्मरमा १२ हाते पटुकी आकास पतालको फरक आफ्नो जीवनमा आएको फरक टुलु-टुलु हेरिरहेको छु चुपचाप यो वातावरण ती दिनमा किन फरक नपाउने मैले कहाँको ३०-३५ वषको उमेर कहाँको १३-१४ वर्ष उमेर तर त्यो समयलाई सम्झनुबाहेक के पो गर्नसक्थेँ स्कूल पढेका त्यो बेला टिफिन समयमा गएर ऐसेलु अंगेरी टिपेर खान्थ्यौ ऐँसेलुका झ्याङमा पहेला एँसेलुहरु टिप्दै, रमाउँदै उकाली ओराली गर्दाका दिनै बेग्लै साथीहरुसँग छिल्लिदै हा, हा ही, ही गर्दै समय बिताउँथ्यौ कहिले टाढाको पाखामा गएर पानी अमला खाने गर्थ्यौ भोक लागेको बेलामा हामी काचाँ, कटमेरा पनि भन्दैनथ्यौ साथीहरुसंग गाछी गाछी बाँदरको जस्तै हामफाल्ने गर्दथ्यो स्कुल आइपूग्दा कहिले घण्टी लागीसकेको हुन्थ्यो, कहिले सर पढार्इ राखेका हुन्थे बाँदर जस्तै थियौ हामी कहिले गाउँलेको बारीमा पसेर तित्री, कागती, निबुवा टिपेर खाँदा गाउँले देखेर गाली गर्थे कतिले यस्तो बदमास गरेको देखेर स्कूलमा गएर भन्थे हामी डराई डराई स्कूल भित्र छिर्दथ्यौ कहिले काही टिफिनमा यही खोलामा आएर पौडी खेल्थ्यो सबैलाई पौडी खेल्न आउथ्यो हाम्रो खेलमा कहिले काही केटाहरु आएर बाधा पुर्याई दिन्थे हामी लजाउँदै लुगा लगाएर भाग्थ्यौ हाम्रो ग्रुपमा सबै भन्दा राम्री थिएँ सबैकेा नजरमा हाई हाई नै थिएँ कत्रो शान थियो त्यो बेला झन केटाहरु भुतुक्कै हुन्थे मदेखि आज मलाई ति दिन सपना जस्तै लागि रहेछ यी मेरा खोपिल्टा परेका आँखा, दाउरा जस्ता सुकेका पाखुरा, मुरली जस्तो सिकुटे कम्मर, धमिला अर्धाना लुगाहरु हरे यो मेरो गती आफैलाई चिन्न सक्छिन् कहाँदेखि शुरु भएर कहाँ टुंगिन्छ यो जीवन यात्रा कसले जान्दछ मेरा बा-आमाले त्यस्तो धपक्क बलेकी आज यस्तो गती होला भन्ने के ठानेका होलान राम्रै ठाउँमा दिउला राम्रै होला भनेर नै प्रयास गरेकै थिए होलान् तर मेरो भाग्य नै यस्तो रहेछ भन्नु पर्छ त्यतिबेलाका मेरो साथी पढेर कस्ता भए होलान् कहाँ पुगे होलान चाहि यही नदीको वारी पारि


    यौटा जड्याहा लोग्ने कचकचे सासु कुकुरका छाउरा जस्ता भन्टयाङ भुन्टुङ तर्दा तर्दै पल्टेर मर्न पाए पनि हुन्थ्यौ जस्तो लाग्छ अभागी लाई -कहिले यस्तै सोच्छु) आज मलाई किन उसको याद आईरहेछ रमेश, मेरो रमेश होइन होइन अर्काको पो भईसक्यो मेरो रमेश कहाँ हो कसरी भयो के प्रेम गर्दैमा सबै आफ्नो हुन्छ - मेरो भन्नु यही जड्याहा लोग्ने हो उसकै जिन्दगी बाँचिरहेकी छु यसकै पापका थुप्राहरु बटुली रहेको छु हेरक वर्षऊ मलाई एउटा एउटा पापको पोको थमाउन आउँछ आफूलाई महान ठान्छ तर उसलाई पापी सम्झन्छु उसको जिवन नै मेरा लागि श्राप हो - उसका रंगीन साँझहरु बोतलमा मिसिएर ग्लासमा आएर पोखिरहेका हुन्छन् गिलास रितिदै जान्छ भरिँदै जान्छ चरम सिमामा पुगेपछि सकिनसकि घर आएर मा रितिन्छ लचार छु विवश छु कसलाई भनौ यी कुराहरु रमेश मेरो बन्न चाहन्थे उसकी भएर बाँच्न चाहन्थे स्कुलका कतिपय स्कूलको घण्टी छोडेर हामी टाढा गएर घन्टौ सम्म कुराकानी गरिरहन्थ्यौ। तिम्रो मेरो भावना कति मिल्दथ्यो कति माया गर्दथ्या हामी एक अर्कालाई तिम्रो मायामा मैले संसार भुलेकी थिए हामी सँग-सँगै पढेर आउने दिनका सपना रंगीन बनाउने दृढ संकल्प गरेका थियौ तिमी पढार्इमा तेज थियौ अलि लोसे खालकी थिएँ त्यसैको फाइदा मेरा बा-आमाले उठाए एउटा नदी पारिको केटो बोलाएर टीका लगाई दिए त्यतिबेला तिमी गाउँहरुमा थिएनौ कुनै काम बस शहरतिर गएका थियौ टिका मात्र लगाएर तिमी सित भइने निधो गरेको थिएँ तर बाध्यता बस माइतीको आँगनबाट अन्माइए रुदै-रुदै पराई घर जानु बाहेक मसँग अरु केही उपाए थिएन एकदिन दुइ दिन गर्दै खोला बगे जस्तो बग्ने क्रममा तिन चारवटा लालावालाई जन्म दिए जस्तो सुकै नरकमय भए पनि पराई घरमा नै गोरु जोती झै जोतिन थाले तिमीलाई मुख देखाउने डरले माइत नै आउन छाडे तिमीलाई भनेर सोचको यो जीवन एउटा पापी जड्याहालाई सुम्पिन बाध्य भएँ रमेश तिमी कहाँ छौ - त्यो मलाई थाहा छैन् आखिर विधिको विधान पनि अचम्मकै रहेछ आज यही नदी देखेर तिमीलाई सम्झीरहेकी छु यो बगीरहेको पानीले आज पनि मलाई तेरो रमेश खोई भनेर सोधीरहेछ - तर तिमी आउँदैनौ यो खोला तर्न विवश छु डुँगा नजिकै आउँछ तरेर पारिजान लागेकी छु थाहा छैन यो डुँगाले कुन किनारामा लगेर छाडी दिन्छ  


साभार पत्रपत्रिकाबाट