NAMASKAR ,NAMASKAR

NAMASKAR ,NAMASKAR
WELCOME MY BLOG VIEWERS

THINK WE ARE SAME

Photobucket

नेपाली समय

"शादा जीबन उच्चा बिचार"

"शादा जीबन उच्चा बिचार"
NEPALI FLAG

नमस्कार, नमस्कार , नमस्कार

"मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे, रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे, दु:ख मा रुनु हुँदैन र सुखमा हास्नु हुँदैन रे, आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे, जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिली रहोस समयले जति नै टाढा पुर्याए पनि अबिरल यादहरु आईरहोस, पुरा होस तपाईंको मनको हरेक कामना ।।" भगवान पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।

शिव जी

शिव जी
HINDU RELIGION

महादेव पार्वती र गणेश

महादेव पार्वती र गणेश

राजा त्रिभुवनको अफिस

राजा त्रिभुवनको अफिस








Nepal's First President

Nepal's First President
Ram Baran Yadav

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

बैठक कोठा

बैठक कोठा

राजगद्दी सिहासन

राजगद्दी सिहासन

नारायणहिटी सङ्ग्राहालय

नारायणहिटी सङ्ग्राहालय
२०६५ देखी सर्बसाधारणलाई खुल्ला गरिएको हो ।

Monday, January 26, 2009

'नाटकीय सुधार सम्भव हुँदोरहेनछ’


१२ माघ २०६५ -

आदरणीय आमा-बुबा, दिदी-बहिनी तथा दाजु-भाइहरू, सबैभन्दा पहिले म आफ्नो विवेक, सुर्‍याइ र आत्मबलिदानको अजेय शक्तिले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको सुन्दर ढोका खोलिदिने दस वर्षो जनयुद्ध, उन्नाईस दिनको जनआन्दोलन, मधेस आन्दोलन तथा सुदूर अतीतदेखिका अरु सबै आन्दोलनहरूमा सहादत प्राप्त गर्ने सदैव स्मरणीय सहिदहरूप्रति यहाँहरू सबैका तर्फबाट सम्मानसहित हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।आज म प्रधानमन्त्रीका रुपमा मात्र होइन, एउटा नागरिकका रुपमा समेत यहाँहरू समक्ष केही भन्न लागिरहेको छु । सरकार सञ्चालनको पाँच महिनाको अत्यन्तै कटु अनुभवपछि म अब के टुङ्गोमा पुगेको छु भने परम्परागत ढङ्गले मात्र नयाँ नेपालको राष्ट्रिय संकल्प पूरा हुन असम्भव छ । नयाँ नेपाल बनाउने नेपाली जनताको आकाङ्क्षालाई पूरा गर्न संविधानसभामा रहेका सबै राजनीतिक दलहरूबीच विगतमा भएको १२ बुँदे समझदारीजस्तै नयाँ शिराबाट राजनीतिक सहमति कायम गर्नुपर्ने हुँदा म मुलुकका सबै राजनीतिक दललाई त्यसको लागि हार्दिक अपिल गर्दछु ।म अलिकति पृष्ठभूमितिर जान्छु । २०६४ साल चैत २८ गते संविधानसभाको ऐतिहासिक निर्वाचन सम्पन्न भयो । निर्वाचनको नतिजा सार्बजनिकभएपछि साता बिते, महिना बिते तर ताजा जनादेशका आधारमा बन्ने नयाँ सरकारको बाटो लामो समयसम्म पनि खुल्ला भएन । जुन न स्वाभाविक थियो न लोकतान्त्रिक । माओवादीले विपन्न तथा पिछडिएको वर्गलाई प्राथमिकता दिई त्यसैको विवेक र आवेग, श्रम र लगनको सहाराले जडताका किल्लाहरू तोड्दै नयाँ नेपाल बनाउने प्रक्रियाको थालनी गर्ला भन्ने डर यथास्थितिवादी तथा पुनरोत्थानवादी तत्वहरूमा थियो । तर समयको मागलाई रोक्ने तागत कसैमा थिएन । त्यसैले जनादेशको शक्तिको सहाराले त्यो रिक्तता चिर्दै नयाँ सरकार गठन भएको तथ्य यहाँहरूको जानकारीमा छँदैछ ।लोकतान्त्रिक विधिअनुरुप नयाँ सरकारको नेतृत्व नेकपा -माओवादी) ले गर्‍यो । त्यो बेला माओवादीमाथि राष्ट्रिय र अन्तराष्ट्रियतहमा अनेकौ आशङ्काहरू थिए । माओवादी सत्तामा आयो भने अन्तराष्ट्रियजगत्सँग नेपालको सामान्य कूटनीतिक संवाद र सम्बन्धसमेत समाप्त हुनेछ भन्ने तहसम्मका भ्रमहरू व्याप्त थिए । तर यी पाँच महिनामा सरकारले अन्तराष्ट्रियजगत्सित मुलुकको कुटनीतिक सम्बन्ध अझ विस्तार गरेर यो भ्रमलाई गलत सावित गरिदिएको छ । उसो त वैदेशिक सहयोग आउँदैन भन्ने गलत प्रचारबाजी पनि कम जबर्जस्त थिएन । तर यस बीचमा कुल रु। ४० अर्ब वैदेशिक सहयोग प्राप्त हुने सम्झौता भइसकेको छ, र शान्ति प्रक्रियालाई अझ दरो बनाउँदै लान सकिएको खण्डमा नयाँ बजेट कार्यान्वयन गर्नका निम्ति वैदेशिक सहयोग मनग्गे प्राप्त हुने कुरामा कुनै सन्देह छैन । मित्रराष्ट्र्र भ्ाारतको सरकार सन् १९५० को सन्धिको पुनरावलोकन गरी समयानुकूल परिमार्जन गर्न तयार हुनु नेपालको राष्ट्रिय स्वाभिमान र दुई देशबीचको सुमधुर सम्बन्धका दृष्टिले महत्वपूर्ण उपलव्धि हो ।नेपालको वैदेशिक सम्बन्ध नेपालको स्वाधीनता र समुन्नति तथा आपसी सहयोग र सद्भावमा आधारित हुने र नेपाल कुनै पनि छिमेकी वा दूरवर्ती मुलुकको पक्ष वा विपक्षमा खडा नहुने र नेपाल कसैको पनि स्वार्थको क्रिडाभूमि नबन्ने कुरा मैले विभिन्न मुलुकको भ्रमणको क्रममा र अन्य सन्दर्भहरूमा समेत स्पष्ट पारिसकेको छु ।आदरणीय आमा-बुबा, प्यारा दिदी-बहिनी तथा दाजु-भाइहरू,नयाँ सरकारसँग नागरिकहरूका अत्यन्त धेरै अपेक्षा थिए जुन गलत थिएनन् । तर आज सरकार सञ्चालनको पाँच महिनाको अनुभवपछि मैले आदरणीय नागरिकहरूलाई स्पष्टसँग भन्नर्ुपर्दछ- राज्यसत्ताको पुरानो स्वरुप, संस्कृति र शैलीका कारण नाटकीय सुधार सम्भव हुँदो रहेनछ । फेरि, सत्ता सञ्चालनमा हाम्रो कुनै अनुभव पनि थिएन । निश्चितै रुपमा यी पाँच महिना हाम्रा लागि एक किसिमले यो राज्यको अन्तर्निहित चरित्रको प्रत्यक्ष अध्ययन तथा राज्य सञ्चालनका विधि र शैलीको अध्ययनको महिना थिए । अर्कोतिर एउटा संक्रमणकाल हामीभित्रै पनि त थियो । त्यसमाथि भिन्नभिन्न विचार, दर्शन र संस्कृति भएका दलहरूको यो संयुक्त सरकार भएको हुनाले यसका केही सीमा र जटिलताहरू पनि थिए । म यो कुरा स्वीकार गर्दछु, सरकारको गति र कार्यसम्पादन नागरिकहरूको चाहनाअनुसार हुन सकेन । तैपनि सरकारले दिशा पहिल्याउनै सकेन भन्ने आरोपचाहिँ म स्वीकार गर्दिनँ । यसबीचमा आन्तरिक राजस्व बढेको छ, ग्रामीणमुखी बजेटको तर्जुमा भएको छ र मधेसमा द्वन्द्वरत विभिन्न समूहहरूसँग संवादको ढोका खुलेको छ । साथै संविधान निर्माण लगायत विभिन्न समितिहरू बन्नुका साथै लामो समयदेखि रिक्त रहेको लोकसेवा आयोगले कार्यकारी स्वरुप ग्रहण गरेको छ । अब यसैगरी रिक्त रहेका विभिन्न कूटनीतिक, न्यायिक, प्रशासनिक तथा प्राज्ञिक सबै निकायहरूले छिटै नै पूर्णता पाउने छन् । आत्म निर्ण्र्ाा सुशासन, संघीयता, समावेशी र समानुपातिकका लागि हामीले लामो संर्घष्ा गर्‍र्यौं । परिणामत आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रको स्थितिमा छौं । हिमाल, पहाड, मधेस, तर्राई र यहाँका नागरिक नै नेपाल हो र यहाँका समस्या नै यथार्थमा नेपालको समस्या हो । नेपालको प्रशासन संयन्त्र, सेना, प्रहरी, शिक्षा, स्वास्थ्य तथा न्यायिक लगायत सार्बजनिकसेवाका क्षेत्रलाई समावेशी बनाउन महिला, जनजाति/आदिवासी, मधेसी/तर्राईबासी, दलित, मुस्लिम, पिछडिएका क्षेत्र र वर्ग तथा अपाङ्ग आदिलाई सम्पूर्ण सार्बजनिकसेवामा र छात्रवृत्तिको अवसरमा समानुपातिक प्रतिनिधित्व हुने गरी आरक्षणको व्यवस्था गर्ने नीति सरकारको रहेको छ । मैले सुरुमै भनेको थिएँ- म आज नागरिकका रुपमा समेत केही कुरा भन्न चाहन्छु । हिजोसम्म यो देशमा राजामहाराजा थिए । हामी आप\mना सबै सौभाग्य र दर्ुभाग्यका लागि तिनैलाई जिम्मेवार ठान्थ्यौँ । तर सराप्न र दोष दिनका लागि अब ती छैनन् । अब यो देशको लगाम हामी नागरिकहरूका हातमा आएको छ । तर हामी के गरिरहेका छौ - कहिलेकाही“ मलाई लाग्छ, हामी अराजकताको पराकाष्ठातिर गइरहेका त छैनौ“ - बन्द, विरोध र हडताललाई यति सस्तो बनाएर कसरी बन्छ नयाँ नेपाल - सरकार वा अन्य कुनै पनि पक्षसामु असन्तोष प्रकट गर्ने, विरोध व्यक्त गर्ने वा कुनै माग पूरा गर्न दवाव दिने क्रममा बन्द, चक्काजाम र तोडफोडको सहारा लिनु असन्तुष्ट प्रकट गर्नेहरूको दिनचर्या जस्तो भएको छ । विमति र दाबी प्रकट गर्ने यो संस्कृति र शैली शान्ति-प्रक्रियाको अपेक्षा विपरीत छ । उसो त विमति र दावीको यो संस्कृति र शैली प्रकारान्तरले संविधान लेखन-प्रक्रियामा पनि वाधक भइरहेको छ । अग्रगामी शान्ति र सामाजिक न्यायको पक्षमा उत्पादनशील तथा रचनात्मक ढङ्गले उपयोग हुनुपर्ने युवा ऊर्जाको यसरी दुरुपयोग भइरहेको देखेर म असाध्यै चिन्तित भएको छु । यस प्रसङ्गमा म सम्बन्धित सबैलाई, विशेष गरेर मुलुकको ऊर्जाशील युवा समुदायलाई हार्दिक अनुरोध गर्दछु- नकारात्मक द्वन्द्व र आपसी प्रतिशोधमा खर्च भइरहेको युवा ऊर्जालाई अब उत्पादनशील र रचनात्मक काममा प्रयोग गरौ“ । नेपाललाई हामी सबै मिलेर आज राम्रो नबनाए कहिले राम्रो बनाउने - नेपाललाई हामी सबै मिलेर राम्रो नबनाए कसले राम्रो बनाउने - यस अवस्थामा मुलुकका राजनीतिक दलहरू खासगरी सरकारमा नै रहेका राजनीतिक दलका भ्रातृ सङ्गठनहरूबीच देखिएको अत्यन्त तिक्ततापूर्ण सम्बन्ध, वैमनस्यता तथा आपसी झडप अत्यन्त अशोभनीय कुरा हो । त्यसैले यसलाई तुरुन्त रोक्न म सम्बन्धित सबैलाई हार्दिक आग्रह गर्दछु ।

आदरणीय आमा-बुबा तथा प्यारा दिदी-बहिनी र दाजु-भाइहरू,कुनै पनि देश केवल सरकारले होइन, जननिर्वाचित सरकारको अग्रसरता र उक्त सरकारद्वारा बनाइने योजनाको आधारमा आम नागरिकले मिलेर बनाउँछन् । जनसहभागिता र जनभागेदारीबिना कुनै पनि राष्ट्र समुन्नत बनेको उदाहरण विश्वको इतिहासमा कही“ पनि छैन । तर देशलाई केही दिने संस्कृति हामीकहाँ छैन अथवा त्यो एकदमै निम्छरो छ । एक करोडको बङ्गलामा बस्ने र साठी लाखको गाडी चढ्नेले घर अगाडिको खाल्डोमुनि कहिल्यै एक टि्रप गिट्टी खसाल्दैन बरु त्यो खाल्डो हर्ेदै सरकारलाई नै गाली गर्छ । आफैले फालेको केराको बोक्रोमा चिप्लेर लड्नेले ऐनामा आफ्नो अनुहार हर्ेर्दैन बरु कुनै अदृश्य शुत्रुलाई सराप्छ । मानिसहरू चिया पसलमा गफ गरेर, क्यारेम वा तास खेलेर वा मदिरालयमा बसेर दिनदिनै घण्टौ“ बिताउँछन् । तर वर्षा एक घण्टा पनि देशका लागि श्रमदान गर्न तत्पर हुँदैनन् । देशभक्तिलाई हामीले केवल वचनविलास वा भावुक कविता वा कोरा नारामा बुझेका छौ“ । देशभक्तिको अर्थ त देशका लागि हामीले गर्ने बौद्धिक, आत्मिक तथा भौतिक योगदान पो हो ।यहाँ मैले व्यक्तिविशेषलाई दोषारोपण गर्न खोजेको किमार्थ होइन । मैले त केवल हाम्रा रुचि, लत र आचरणहरूबाट निर्माण भएको हाम्रो प्रवृत्तितर्फ सङ्केत गर्न खोजेको मात्र हुँ । यस्तो प्रवृत्तिमा परिवर्तन र परिमार्जन नभई कसरी बन्छ हामीले थेगोझै“ जप्ने गरेको नयाँ नेपाल -त्यो देश कसरी समुन्नत हुन्छ जहाँ आधाभन्दा बढी जनसंख्या भएका महिलालाई सामान्य मानवसरह व्यवहार गरिन्न - निश्चितै रुपमा धेरैजसो महिलाहरूका लागि घरहरू अझै पनि यातनागृह सरह छन् । दाइजोजस्तो अमानवीय कुप्रथाका कारण कतिपय बाबु-आमा छोरीको जन्मलाई नै निषेध गर्ने कल्पना गर्न विवश छन् ।यो सरकार घोषणा गर्छ - अबको एक सातापछि दाइजो प्रथालाई पूर्णतः निषेध गरिने छ । दाइजो दिने र लिने दुबै कानुनतः दण्डका भागिदार हुनेछन् । सम्पत्तिमा समान अधिकार सुनिश्चित नभएसम्म महिला अधिकार सुनिश्चित हुन सक्दैन । यो सरकार घोषणा गर्छ- छोरोसरह छोरीलाई अंश दिने कानुन कडाइका साथ तुरुन्तै कार्यान्वयन गरिने छ । विवाह वा अरु समारोहहरूलाई किफायती बनाउन यो सरकार कटिबद्ध छ । यस्ता समारोहहरूमा निश्चित संख्याभन्दा बढी मानिस सहभागी हुन नपाउने कानुन कडाइका साथ पालना गरिने छ ।घरेलु हिंसालाई निषेध गर्दैजाने उद्देश्यले हरेक गाविसमा एक महिनाभित्र घरेलु हिंसा उजुरी केन्द्रहरू स्थापना गरिने छन् । महिलाको आङ खस्ने समस्यामा केही हदसम्म निश्चय नै सुधार गर्ने प्रयास भएको छ । तर हर्निया, ढाड खुस्कने समस्या -एचयबिउकभम -Prolapsed Intervertebra Disk-PID), पाइल्सको समस्या आदिजस्ता श्रमसँग प्रत्यक्षरूपले सम्बन्धित समस्याहरूमाथि भने कसैको ध्यान पुगेको छैन । आइन्दा सरकारले यी समस्याहरूको एकमुष्ट उपचार गर्ने व्यवस्था गर्दैछ । सरकारले यसअघि नै माघ १ गतेदेखि लागु हुने गरी देशभरका अस्पतालमा निःशुल्क प्रसुती सेवा उपलव्ध गराउने घोषणा गरिसकेको यहाँहरूलाई जानकारी छँदैछ । यसको साथै स्वास्थ्य संस्थाहरूको भूमिका परिभाषित गरी तिनको नियमन तथा सदुपयोग गर्ने प्रबन्ध मिलाइने छ । शिक्षण अस्पतालहरूलाई अनुसन्धान कार्यमा लागिपर्न प्रोत्साहित गरिने छ र निजी क्षेत्रका स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य पर्यटनको विकार्सतर्फ लाग्न प्रेरित गरिने छ ।आदरणीय आमा-बुबा, दिदी-बहिनी तथा दाजु-भाइहरू,यो देशमा आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिकरुपमा सबैभन्दा बढी थिचोमिचो र हेलाहोचोमा परेको सामाजिक समुदाय दलित समुदाय हो । वादी समुदाय दलितहरूमध्ये पनि सबैभन्दा दलित हो । कथित उच्च जात-जातिहरूका लागि लाखौंको संख्यामा रहेको दलित समुदायका हातको पानी अझैं चल्दैन । मन्दिरका ढोकाहरूसमेत यिनका लागि बन्द छन् । विद्यालय, होटल र धारा-कुवामा भेदभावको संस्कृति अझै कायम छ । जातपातका नाममा यो अत्यन्तै लज्जास्पद राष्ट्रिय कलङ्क हो । आफूजस्तै नागरिकलाई अछूत सम्झने कोही पनि सभ्य मानिस र लोकतन्त्रवादी हुनै सक्दैन, केवल अपराधी हुनसक्छ । लाखौं नागरिकलाई मानिस नठान्ने यो सोचाइ र संस्कृति घोर अमानवीय छ । त्यसैले यो सरकार घोषणा गर्छ- छुवाछूत जघन्य सामाजिक अपराध हो । यसको लागि मौजुदा कानुन अपूर्ण छ भने यथाश्रि्र नयाँ कानुन बनाई छुवाछूतलाई जघन्य कसुरका रुपमा परिभाषित गरी कडाइका साथ कारबाही गरिने छ । यो अपराधलाई निर्मूल पार्न कानुनी व्यवस्था मिलाई हरेक अदालतमा छुवाछूत निवारण सेलको व्यवस्था गरिने छ । यसैगरी हरेक गाविसमा दलितको अनिवार्य सहभागितामा अधिकारसम्पन्न छुवाछूत अपराध निगरानी केन्द्र गठन गरिने छ । छुट्टै कानुनबाट राष्ट्रिय दलित अधिकार आयोग गठन गर्ने तयारी भइसकेको छ । छुवाछूत प्रथा र दलित वा विपन्न समुदायका अशक्त महिलाहरूलाई बोक्सीको आरोप लगाएर अपमान गर्ने र यातना दिने प्रथाजस्ता अनेकौ“ सामाजिक र सांस्कृतिक कुप्रथाहरूलाई उन्मूलन गर्नका निम्ति सामाजिक-सांस्कृतिक जागरण अभियानमा सरिक हुन म मुलुकभरिका संवेदनशील तथा सचेत संस्कृतिकर्मीहरूलाई विनम्र आग्रह गर्दछु । यस सन्दर्भमा जनयुद्ध र जनआन्दोलनमा दलित समुदायले पुर्‍याएको योगदानको सम्झना गर्दै दलित समुदायको उत्थानका लागि सहिद दिलबहादुर रम्तेलका नाममा दलित शैक्षिक छात्रवृत्ति कोष स्थापना गरिने छ । मलाई लाग्छ, दलित समुदायका लागि यो निश्चितै रुपमा हर्षर गौरवको कुरा हो ।नेपाली समाजमा भूमिहीनहरूको समस्या कहिल्यै सही ढङ्गले हल नभएको समस्या हो । हरेक नागरिकसँग शिर ढाक्नलाई छानो र अरु पेशा-व्यवसाय नभएका नागरिकहरूलाई खोस्री खानलाई माटो हुनुपर्छ भन्ने यो सरकारको प्रस्ट मान्यता छ । तर्सथ विगतमा विभिन्न कारणले दर्ता छूट भएका मोहीहरूलाई निश्चित समय दिएर दर्ताका लागि आह्वान गरिने छ ।

सबार नेपालअरब

अचम्मको बच्चा




चार वटा हात, चार वटा गोडा अनि दुई वटा लिङ्ग भएको अनौठो बच्चा रामेछापमा जन्मिएको छ। वेताली गाविस-२ की जमुना घिमिरेले एक साता अघि यस्तो अनौठो बालकलाई जन्माए पछि उनको घरमा बच्चालाई हेर्ने मानिसहरुको भीड लागेको छ।
ऋषिप्रसाद घिमिरेकी पत्नी ३० वर्षीया घिमिरेले चौथो सन्तानको रुपमा सो बच्चा जन्माएकी हुन्।
१० महिना पुगेपछि घरमा नै सामान्य अवस्थामा जन्माएको ५ केजी तौलको सो बच्चाको टाउको र शरिरका अन्य भागहरु भने सामान्य अवस्थामा रहेका छन् । बालकको ४ ओटा हातहरु मध्ये २ वटा हातहरु सामान्य छन् भने एउटा हात टाउको पट्टी र अर्को पेटपट्टी फर्किएको छ । त्यस्तै दुई वटा गोडा सामान्य अवस्थामा र २ ओटा भने तल्लो पेटमा अंगालो मारेर बसेको अवस्थामा रहेका छन् ।


जिल्ला सदरमुकाम मन्थलीबाट १ दिन टाढाको पैदल दुरीमा रहेको स्थानमा जन्मीएको सो बच्चालाई स्थानीय स्वास्थ्यकर्मीले जाँच गर्दा बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् । बच्चाले सोमबार विहानबाट आमाको दुध चुस्न दिसापिसाबसमेत गर्ने गरेको छ।


साबार मेरो संसार

Friday, January 23, 2009

लाहुरेको श्रीमती पुरुष बेश्यासंग सेक्समा मस्त-अप्जसे कान्छा



संसारलाइ थाहा कि लाहुरेहरु अन्याय सहदैनन ।ज्यानको बाजी राखेर युद्धमा लडने लडने लाहुरेहरु सधै शिर ठाडो पारेर समाजमा बाँच्न चाहन्छन बाँचेका छन्।लाहुरेसंग विस्वयुद्धमा संसारको मुटु थर्काएको ताजा इतिहास अनि कमाएको प्रतिष्ठा स्वाभिमान पनि।म किन यो कुरा कोट्टाउदै छु भने गत हप्ता ढिलै भएपनि संयोगबस मैलेबिमोचनमासिक पत्रिका(मंसीर ,२०६५) पढ्ने मौका पाए।त्यसमा पुर्वाग्रहि ढंगले लाहुरेको बेइज्यत गर्ने किसिमको कथाबस्तु रहेछ चलचित्रमा।
कलिउड पेजमा ठुलो अक्षारमापुरुष बेश्याको कथापलपलमाभन्ने शिर्षाकमा लाहुरेको श्रीमतीको बारेमा सेक्सी सीनसहितको सनसनीपुर्णा कथा पढ्ने अवसर पाए।लाहुरे शब्द पढ्ने बितिकै उत्सुकता बढ्यो के के नै होला भनेर सायद आफु लाहुरे भएकोले होला यस सम्बन्धमा अझ बढि जान्ने कोशिस गरे।उकेश दाहालको निर्देशन,निर्माणा कथा रहेको चलचित्रपलपलमालाहुरेनिहरुले श्रीमानको अनुपस्तिथिमा कसरि पुरुष बेश्यालाइ पैशाले किनेर यौन प्यास मेटाउछन भन्ने देखाउन खोजीएको छ। आफ्नो श्रीमान(लाहुरे)संग लामो समयसंग यौन सम्पर्क गर्न नपाएपछि लाहुरेनिहरुले आफ्नो तिर्व यौन तृष्ण पुरुष बेश्यासंग मेटाउने गरेको कथा उक्त चलचित्रमा छ।
सेक्सलाइ मुख्य आधार बनाएर बनाइएको उक्त चलचित्रमा विदेशबाट लाहुरेले पठाएको पैशाले लाहुरेनीले सेक्समा रोमान्स गरेको हट सिनहरु राखिएको बताइएको छ।अत्यन्त इमोसनले भरिपुर्ण उक्त चलचित्रपलपलमारमित ढुङ्गाना,दिलीप रायमाझी ,विक्रान्त बस्नेत,दिलीप गौतम,सुमन सिंहलगायत नायकलेले पुरुष बेस्याको भुमिका निभाएका छन भने रुपा राना,सुजाता सिटौला ,उषा,शशि खड्का,असिम राना लगायतका नायिकाहरुले लाहुरेको श्रीमतीको भुमिका निभाएका छन्।लेखकको नाम उल्लेख नगरिएको बिमोचन पत्रिकाको मंसिर अंकलाइ सत्य मान्ने हो भने छोटकरिमा लाहुरेको श्रीमतीहरुले श्रीमानले पठाएको पैशाले पुरुष बेश्यासंग रोमान्स गरेको अति नै सेक्सी ,हट,इमोसनल सिनहरुले भरिपुर्ण फिल्मको नाम होपलपलमा
समाजको जुनसुकै कथाबस्तुमा फिल्म बन्न सक्छ यसमा हाम्रो छैन तर आपति त्यति बेला मान्नु पर्ने हुन्छ जतिबेला फिल्मको इम्प्यक्ट ,म्यासेज खास वर्ग,क्षेत्र,पेसा,समुदायमा नकरात्मक जान्छ,बदनाम गर्छ,लज्जीत बनाउछ इज्यतमा आघात पार्छ।निरदेशक दाहालले सेक्स सम्बन्धी दिन खोजेको म्यासेजप्रति कसैको आपती हुनेछैन साथै समाजमा भएको सेक्सुवल घटनालाइ आधार बनाएर चलचित्र निर्माण गरेकोमा पनि असहमति छैन तर असमति आपती यहानेर कि उक्त फिल्मको कथाबस्तुले पुरै लाहुरे समुदायलाइ बदनाम गराउने निर्देशक दाहालको पुवाग्रहि मनासय प्रति।के नेपाली समाजकमा पुरुष बेश्याको ग्राहक लाहुरेको श्रीमति मात्रै हो ?तेत्रो नेपालबाहिर गएका अरु विदेशिहरुको श्रीमति नेपालकै पनि कतिपय श्रीमतिहरुचै किन निरदेशक दाहालले देखेनन जो पुरुष बेश्यासंग सेक्स गर्छन लाहुरेकै श्रीमतीको नाम लीए यसमा ठुलो षाडयन्त्र लाहुरे समुदायलाइ बदनाम गर्ने
अब हामी सचेत लाहुरेहरुले कदम चाल्ने बेला आएको छ।लाहुरेको परिचय स्वाभिमान उच्च समाजमा।१, जना लाहुरेको श्रीमतीले पुरुष बेश्या संग यौन सम्पर्क राख्यो भन्दैमा सम्पुर्ण लाहुरेको श्रीमतिहरुलार्इ त्यसको दोष दिन मिल्दैन सम्पुर्ण लाहुरेको श्रीमतीहरु यस्तै हुन भन्ने म्यासेज समाजमा जान सक्छ ,यो कुरा पैला सोच्नु भयो कि भएन दाहाल जी ।प्रतिष्ठित लाहुरे समुदायलाइ बदनाम गर्न लाहुरेका श्रीमतीहरुलाइ बेश्या संग सेक्स गरेको कथा चलचित्रमा प्रस्तुत गरेर लाहुरेहरुलाइ समाजमा नाक नै देखाउन अप्ठारो पार्ने चलचित्र बनाउने दाहाल को नियत कस्तो हो?भोलि यो चलचित्र रिलीज भएपछि नेपाली समाजले लाहुरेनिहरु नै नकारात्मक दृष्टिले नहेर्ला भन्न सकिन्न ,टोलटोलमा,चोकचोकमा,लाहुरेनीहरुलारइ नाक देखाउन लाजमर्दो हुनसक्छ ,समाजले कुरा काटन थाल्छ,बेइज्यत गराउछ लाहुरेलाइ,त्यसकारण्बाट यसरी लाहुरे समुदायलारइ बदनाम गराउने चलचित्रलाइ तत्काल प्रतिबन्द लगाउनु पर्छ यो फिल्मको निर्माता ,निरदेशक माथि आवश्यक कारवाहि मा गर्नु जरुरी ,कुनै पनि घटनालाइ आधार बनाएर पुरै समुदायलाइ इम्बारस गर्ने ,प्रतिष्ठामा आँच पुराउने चलचित्र बनाउने छुट कसैलाइ छैनअब हामी लाहुरेहरु तातिने बेला आएको , हाम्रो श्रीमतीको बदनाम गर्नु हाम्रो बदनाम गर्नु हो त्यसलै लाहुरे समुदयलाइ बदनाम गराउने किसीमको चलचित्र बनाउने अधिकार कसैलाइ छैन।यदि यो पत्रिकामा आएको कुरा सत्य हो भने हामी यो सहेर बस्ने छैनौ कानुनी प्रकि्रयामै गएर भएपनि अघाडि बढने बेला आएको छ।यो चलचित्रपलपलमाबारे सत्यतथ्य कुरा बुझ्नको लागि लाहुरे कवि नवराज ,त्यस्तै गरेर लाहुरे चलचित्र निरदेशक मिलन चाम्सहरुले नेपालमा सम्पर्क बढाएका छन् यदि यो विमोचन पत्रिकाकै सबैकुरा सहि ठहरिएमा उक्त चलचित्रलार्इ तत्काल प्रदर्शन हुनबाट रोक्न सेन्सरसीप लगाउनु जरुरी छ।नत्र यदि हामी चुपचाप सहेर बस्ने हो भने भोली समाजमा लाहुरेको बेइज्यत हुन्छ लाहुरे समुदाय इम्बारस सहनुपर्छ ।त्यसैले अब हामी सम्पुर्ण लाहुरेले निरदेशकउकेश दाहाललार्इ लाहुरेको पावर देखाउने बेला आएको उकेश जी सावधान।

साबार मुलाबातो

विदेशनीतिमा ओबामाका १० चुनौती


2009-01-23,Friday
'आजबाट अमेरिकाको पुनर्निर्माण सुरु भयो,' अमेरिकाको ४४औं राष्ट्रपतिका रूपमा शपथग्रहणपछि जनतालाई पहिलो सम्बोधन गर्दै भनेका ओबामाले थिए । तर, उनले घोषणालाई साकार रूप दिन पर्याप्त चुनौतीहरू झेल्नुपर्नेछ । आन्तरिक रूपमा रहेका समस्याका साथै विश्व-महाशक्तिका रूपमा अमेरिकाको सानलाई ज्युँदो राख्न उनले सुझबुझपूर्ण वैदेशिक नीतिहरू अवलम्बन गर्नुपर्नेछ । यहाँ ओबामाले सामना गर्नुपर्ने १० मुख्य वैदेशिक मामलाको संक्षिप्त चर्चा गरिएको छ-
१. विश्वमा प्रभुत्वओबामा राष्ट्रपति पदमा चुनिनुले स्पष्ट भएको थियो कि पूर्वराष्ट्रपति बुसले अपनाएको विदेशनीतिबाट अमेरिकी जनता परिवर्तन चाहन्छन् । यो चाहनाको सम्बोधन स्वरूप 'एकतर्फी नीति'को ठाउँमा बहुलतावाद र 'संसारमा केवल एक महाशक्ति' को रूपमा अमेरिकाको छविमा बदलाव आउन सक्ने विश्लेषकहरू बताउँछन् । आगामी दिनमा युद्धको सट्टा 'मेलमिलाप कूटनीति' ले बढावा पाउन सक्नेछ । तर, अमेरिकी राष्ट्रपति नचाहेर पनि युद्धमा संलग्न हुनुपरेको इतिहास छ । त्यसैले ओबामा युद्धमुक्त राष्ट्रपतिको रूपमा स्थापित हुन सक्नेछन् भनेर कसैले पनि अपेक्षा गरेका छैनन् ।
२. इराकओबामाले इराकमा आफ्नो लक्ष्यलाई 'सफलतापूर्वक युद्ध समाप्ति' का रूपमा पुनर्परिभाषित गर्न सैन्य कमान्डरलाई बताएका छन् । तर, उनले यो काम जिम्मेवारीपूर्वक गरिनुपर्ने पनि उल्लेख गरेका छन् । ओबामाले राष्ट्रपति पद सम्हालेको १६ महिनाभित्र अर्थात् २०१० को मे महिनासम्ममा इराकबाट थुप्रै चरणमा अमेरिकी सेना फिर्ता गरिने सम्भावना विश्लेषकहरूले औंल्याएका छन् ।
ओबामाले राष्ट्रपति पद सम्हालेको १६ महिनाभित्र इराकबाट अमेरिकी सेना फिर्ता गरिने सम्भावना
३. अफगानिस्तानओबामाको एजेन्डामा अफगानिस्तान सबैभन्दा माथि हुने बताइन्छ । उनले 'अफगानिस्तानमा ध्यान केन्दि्रत गर्ने' कुरा गरेका छन् । उनले अरू दुई सैन्य बि्रगेडलाई अफगानिस्तानमा पठाउने घोषणा गरिसकेका छन् । ओबामाले ओसामा विन लादेनमाथि हमलाको कुरा पनि गरेका छन् र त्यो जहिले पनि हुन सक्छ ।
४. आतंकवादविरोधी युद्धबुसको चर्चित नारा 'आतंकवादविरोधी युद्ध' ले ओबामाको कार्यकालमा उति महत्त्व नपाउन सक्छ । उनी ध्यान दिन चाहन्छन्- 'विचारको युद्ध' मा, ताकि अमेरिकाको विदेशनीति उसको 'पारम्पारिक मूल्य' सित मेल खाओस् । त्यसैले उनी इस्लामी संसारका उदारवादी शक्तिसित तालमेल बढाउनेछन् ताकि 'अल कायदाको प्रपोगन्डा' सामना गर्न सकियोस् । यद्यपि, उनले भनेका छन् कि 'अमेरिकाका लागि आतंकवादी सिधा खतरा बनेर उपस्थित छन्, उनीहरूमाथि सैन्य हमलाबाट हामी पछि हट्ने छैनौँ ।'
५. इरानसम्भवतः ओबामाका लागि यो एउटा ठूलो संकट हो र, इरानले आगामी दिनमा कस्तो कदम उठाउनेछ भन्नेमा यो निर्भर गर्छ । यदि इरानले लोग्रेड युरेनियमको विकास जारी राखेको खण्डमा ओबामा प्रशासनले इरानमाथि आफ्नो प्रतिबन्ध पनि जारी राख्नेछ र सम्भव छ, यसको दायरा अझै फराकिलो बनाइनेछ । ओबामाले भनेका छन्- 'उनी इरानसित निःसर्त वार्ता गर्नेछन् । यद्यपि, यो राष्ट्रपति-स्तरमा नै हुनुपर्छ भन्ने जरुरी छैन ।' अहिलेको इरानी सरकारले आफ्नो युरेनियम विकास योजनालाई त्याग्ने सम्भावना कम देखिन्छ । यस्तोमा, अमेरिकाले कुनै सम्झौता गरेर कठोर अनुगमनमा केही युरेनियमको विकास गर्ने अनुमति दिन सक्छ ।
६. मध्यपूर्व शान्तिप्रक्रियापूर्वराष्ट्रपति बुस इजरायल र प्यालेस्टाइनसित यस वर्षको अन्त्यसम्ममा सम्झौता गर्न चाहन्थे, जो अब सम्भव देखिँदैन । इजरायल र प्यालेस्टाइन शान्तिप्रक्रियामा कति हदसम्म हस्तक्षेप गर्ने भन्ने ओबामाका सामु चुनौती देखिन्छ । १० फेब्रुअरीमा हुने इजरायली चुनावले इजरायली सरकार यो मामलामा कुनै किसिमको सम्झौता वा लचिलोपनका लागि तयार छ या छैन भन्ने स्पष्ट पार्नेछ ।
७. रुसशीतयुद्धको समाप्तिपछि हाल जर्जियामा भएका घटनाले रुस र पश्चिमी देशबीच मनमुटाव उत्पन्न गरेका छन् । यसले सवाल खडा भएको छ कि नयाँ अमेरिकी प्रशासनले रुससित आफ्नो विदेशनीतिमा के परिवर्तन ल्याउला ? अमेरिकालाई इरान र डारफुर मामलामा पनि रुसको सहायता चाहिनेछ । तत्काल भने उसको सम्पूर्ण जोड जर्जियालाई नेटोको सदस्यता दिलाउनमा हुनेछ ।
८. उत्तर-कोरियाहालै उत्तर-कोरियाका बारेमा केही सकारात्मक कदम उठाइएको छ । उत्तर-कोरियाले परमाणु कार्यक्रमको सत्यताको जाँच गर्न यो सर्तमा सहमति दिएको छ कि अमेरिका उत्तर-कोरियालाई 'आतंकवादलाई सहयोग पुर्‍याउने देश' को सूचीबाट हटाउनेछ । तर, उत्तर-कोरियाले आफूसित भएका परमाणु हतियार भने सम्भवतः आफैंसित राख्नेछ । यस्तोमा, ओबामा उत्तर-कोरियालाई पूर्णरूपमा परमाणु हतियारबाट मुक्त गर्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्न खडा भएको छ ।
९. चीनचीन सुरक्षा परिषद्को स्थायी सदस्य हो । साथै, संसारमा उसको आर्थिक शक्तिलाई कसैले नजरअन्दाज गर्न सक्दैन । त्यसैले चीनसितको अमेरिकी सम्बन्धलाई अत्यन्त महत्त्वका साथ हेरिएको छ । चीन आफैंमा अमेरिकाका लागि कुनै समस्या होइन, तर ताइवानको भविष्य समस्या बन्न सक्छ र तिब्बतको मुद्दा त छँदैछ । वर्षांदेखि चीनको सम्पूर्ण ध्यान आफ्नो घरेलु आर्थिक विकासमा केन्दि्रत छ । जबसम्म उसले त्यसबाहेक अन्यत्र ध्यान दिँदैन, अमेरिकासित उसको सम्बन्ध स्थिर नै रहनेछ । ओबामा यसभन्दा बाहेक अरू केही चाहन्छन् भन्ने कुनै लक्षण पनि देखिएको छैन ।
१०। नयाँ कूटनीति :वित्त, जलवायु परिवर्तन र ऊर्जायिनीहरूलाई नयाँ कूटनीतिको रूपमा लिन थालिएको छ । हाल अमेरिकामा छाएको आर्थिक संकट, जसको सामना गर्न अमेरिकी वित्तीय संस्थाहरूलाई सरकारी प्याकेज घोषणा गरिएको छ, बाट मुक्त हुनु ओबामाको पहिलो प्राथमिकता हुनेछ । ओबामाले जलवायु परिवर्तको क्षेत्रमा कैयौं कदम उठाउनेमा आफ्नो प्र्रतिबद्धता व्यक्त गरेका छन् । उनी सन् २०५० सम्ममा गि्रन-हाउस ग्यासमा ८० प्रतिशत गिरावट चाहन्छन् । ओबामाको राष्ट्रपतिकालमा जलवायु परिवर्तन पनि एक प्रमुख मुद्दा हुनेछ । ऊर्जा, खासगरी तेलको आपूर्ति, ओबामाको एउटा प्रमुख चुनौती बन्नेछ । विश्वले अमेरिकाको नयाँ भूमिकालाई कुन रूपमा अख्तियार गर्छ, त्यसैमा निर्भर हुनेछ ओबामा प्रशासनको सफलता-अफलता । (बिबिसी) साबार नया पत्रिका

महिलाको मन जित्ने आठ मन्त्र


2009-01-23,Friday
तपाईं आफ्नी सपनाकी रानीको मन जित्न चाहनुहुन्छ ? ख्याल गर्नुहोस्- उमेर बढ्दै जाँदा शब्दभन्दा बढी काम नै गर्नुपर्छ आउनोस्, हामी तपाईंलाई युवती पट्टयाउने आठवटा गुरुमन्त्र सिकाउँछौँ
मन्त्र . झुक्किएर पनि हतार नगर्नुस्पुरुषहरूले गर्ने यौटै गल्ती के हो भने उनीहरू अलिकति पनि धैर्य नगरी मन पराएकी केटीलाई एकैपटक झ्वाप्पै खोतल्न चाहन्छन् यसले केटी भाग्छन् नि ! उनलाई यसरी स्पर्श गर्नुपर्छ कि उनी विस्तारै तपाइंको छेउमा आउन सकून् जस्तै सडकमा हिँड्दा आफ्ना हात दिनु वा उनको पिठ्युँमा सुस्तरी भद्र पाराले स्पर्श गर्नु थाहा पाइराख्नुस्, केटीहरू असल व्यहोरा पुरुषार्थ रुचाउँछन् उनीहरु उत्ताउलो होइन, धैर्यवान् पुरुषमा बढी ध्यान दिन्छन् हत्तनपत्त आफ्नो शरीरमा छोएको ती त्यति मजा मान्दैनन् त्यसैले स्पर्श विस्तारै सुरु गर्नोस् शरीरमा छुनुअघि उनको परामर्शलाई तपाईंले महत्त्व दिनुहुन्छ उनलाई तपाईं आदर गर्नुहुन्छ भन्ने लाग्यो भने तिनले तपाइर्ंको स्पर्श तथा तपाइंप्रति विश्वास गर्नेछिन्
उनले खोजेको असली पुरुष तपाइं नै हो भन्ने विचार गर्न उनलाई समय दिनुस् यदि उनलाई त्यस्तो महसुस भयो भने उनको मन तपाइंले सजिलै जित्न सक्नुहुन्छ
मन्त्र
. पहिले खासखुस गरिहेर्नुस्ओठैमा म्वाई खानुअघि, उनको कानैनेर गोप्य केही भनेझै खासखुस गरिहेर्नोस् अलि कामुक पाराले विस्तारै बोल्नोस् , उनी तपाईंको तरिकामा आकषिर्त हुनेछिन् तपाइं के शब्द उच्चारण गर्दै हुनुहुन्छ भन्नेतिर उनको ध्यान जानेछैन आफ्नो आवाजलाई गम्भीर बनाउनोस् विस्तारै आत्मविश्वासका साथ बोल्नोस् कान महिलाको यौनोत्तेजक अंग हो ठूलो स्वरभन्दा सानो फुस्फुसे स्वरले यसलाई उत्तेजित पार्छ महिलालाई यस्तो सार्है मन पर्छ खासखुसलाई अति नाटकीयचाहिँ नबनाउनोस्
मन्त्र . यौन प्रसंगमा छाडा नहुनुस्यौनबारे कुरा उप्काएर अनि समागम गर्दाको आनन्दका कुरा गर्दिएर जिस्काउँदा पहिलो कदम सही हुन सक्छ । तर, ठाडै सेक्सका कुरा गरे राम्रो हुन्न । विस्तारै छुस्स यौन समागमका विम्ब उपस्थित हुनेगरी कुरा गर्नोस् । जस्तै, उनले तपाईं कस्तो राम्रो गाडी हाँक्नुहुन्छ भनेर प्रशंसा गरेमा तपाइं पनि उनी सँगसँगै वा उनका लागि काम गर्दा आउने आनन्दका बारे भनिहाल्नोस् । धेरै महिलाले पुरुषसँग सेक्सका बारे कुरा गर्न संकोच मान्छन् । लोग्नेमान्छेले यो चरित्र ख्यालै नगरी छाडा तरिकाले कुरा गर्‍यो भने त्यो प्रयास असफल हुन्छ ।
मन्त्र . निरन्तर प्रशंसा गरिरहनुस्जिस्काउन पनि ठीक तरिकाले जिस्काउन सकिन्छ राम्ररी जिस्क्याउन जान्यो भने उनलाई तपाईं चाहनुहुन्छ भन्ने पर्छ सफलता हात लाग्न सक्छ उनलाई प्रशंसा गर्न नछाड्नोस् विस्तारै भद्र किसिमले समात्नोस् यसरी कि तपाइं अब च्वाप्पै म्वाई खाँदै हुनुहुन्छ जस्तो उनका केशमा विस्तारै हात डुलाउनोस्, कानैनिर फुस्फुसाउनोस्, तर झ्वाट्टै म्वाईचाहिँ खाइहाल्ने काम नगर्नोस् आत्मनियन्त्रण गर्न सक्ने महिला पुरुषलाई माया मात्र गर्छन् ठाउँ तयार गर्नोस् पर्खनोस्, चाँडै उनी त्यहाँ आइहाल्छिन् नि ! मन्त्र . उनको रुचि थाहा पाउनुस्उनको नजिक हुने उपाय खोज्नोस् गीत, नाच, संगीत, खेल केमा उनलाई रुचि , थाहा पाउनोस् , आफूलाई ती रुचिको अभ्यस्त बनाउनोस् आफ्ना कुरा दिक्क लाग्दोखालका भए कि भनेर होस पुर्याउनोस् सतर्क हुनुहोस्, उनलाई प्रभावित गर्ने चक्करमा कतै तपाई बेकारका कुरा गरेर उनलाई भड्काइरहनुभएको छैन ?
मन्त्र . भेट्न घरमै बोलाउनुहोस्के तपाइं प्रेमिकालाई अन्यत्र नै भेट्नुहुन्छ यदि त्यसो हो भने अर्कापटकदेखि आफ्नै घरमा वा कोठामा भेट्ने व्यवस्था गर्नुस् भन्नुस्- के तिमी मैले पकाएको खानेकुरा चाख्न चाहन्छ्यौ ? आफ्नी प्रेमिकासँग आत्मीय हुन आफ्नो घर वा कोठा(एक्लै बसिएको खण्डमा) भन्दा अर्का उपयुक्त स्थान छैन प्रेमिका प्रेमीको घरमा आउँदा जस्तो सजिलो कहीँ महसुस गर्दिनन् यसले तपाईं उनीप्रति साँच्चैं नै गम्भीर हुनुहुन्छ जीवनपर्यन्तका लागि सोचिरहनुभएको भन्ने विश्वास दिलाउँछ
मन्त्र . आफै अग्रसर हुनुहोस् महिलाहरू छिट्टै नजिक आउन कहिलेकाहीँ डराउँछन् त्यसैले आफै अग्रसर हुनुहोस् कुराकानीको सुरुवात आफै गर्नुस् प्रेमिकालाई सजिलो महसुस गराउन जे काम पनि हतारमा नगरेर विस्तारै, एकपछि अर्के गर्दै गर्नुपर्छ पुरुषले अग्रसरता लिएको युवतीहरु मन पराउँछन्
मन्त्र .
जबर्जस्ती केही नगर्नुस्भद्र बन्नुहोस् यदि तपाईंकी प्रेमिकालाई केही गर्न मन छैन भने जबर्जस्ती कुनै पनि क्रियाकलाप नगर्नुस् उनले खोजेको असली पुरुष तपाइं नै हो भन्ने विचार गर्न उनलाई समय दिनुस् यदि उनलाई त्यस्तो महसुस भयो भने उनको मन तपाइंले सजिलै जित्न सक्नुहुन्छ महिलाहरूसँग भद्र हुनु एकदमै महत्त्वपूर्ण भद्र बानीले नै युवतीसँग आत्मीय बन्न सहयोग गर्छ उत्ताउलो युवकसँग युवतीहरु जिस्किन तयार होलान् तर जीवनसाथीका रुपमा उनीहरुको छनोट गम्भीर पुरुष नै हुन्छ स्रोतः एजेन्सी

साबार नयापत्रिका