Subject: health topic
गर्भमा बच्चा उल्टो बस्ने समस्या डा. सुमनराज ताम्राकार स्त्री तथा प्रसूति रोग विशेषज्ञ पहिलो पटक गर्भवती भएकी तामाङ थरकी एक महिलाले अस्पतालनजिकै घर भए पनि कहिल्यै गर्भजाँच गराइनन् । सुत्केरी बेथा लागेपछि बच्चा उल्टो बसेको थाहा भयो । घरका बूढी सासूहरुले घरमै हुन्छ भनेर पर्खाउँदापर्खाउँदै मलद्वारपट्टकिो भाग र जीउ जन्मिए पनि टाउको निक्लिने बेला समस्या उत्पन्न भयो । टाउको जन्माउन नसकी योनिद्वारमै बच्चा अड्किएपछि उनलाई अस्पताल ल्याइपुर्याइयो तर बच्चा मरिसकेको थियो । डाक्टरले मृतशिशु निकालिदिए । उनी रित्तै घर फर्किनुपर्यो । |
उक्त अस्पतालमै नियमित गर्भजाँच गराइरहेकी अर्की महिलालाई गर्भावस्थाको ३८ हप्तासम्म पनि बच्चाको बसाइ उल्टै भएको कारणले सिजेरियन अप्रेसनको सल्लाह दिइयो । निश्चित मितिमा अप्रेसन गरी बच्चा निकालियो । आमा र बच्चा दुवै स्वस्थरुपमा सातौं दिनमा घर फर्किए । अप्रेसनका दौरान उनको पाठेघरमा जन्मजात खराबी भेटिएका कारण अर्को पटकको गर्भमा पनि बच्चा उल्टै बस्न सक्ने र फेरि अप्रेसनको आवश्यक हुने सल्लाह दिइयो ।
आधुनिक प्रसूति चिकित्सामा बच्चा उल्टो बसेको छ भने बच्चालाई पुग्न सक्ने जोखिमहरुलाई मध्यनजर राखेर पहिलो पटकको गर्भमा अप्रेसन गरी बच्चा पाउन सल्लाह दिइन्छ । प्रसूति विज्ञानमा गर्भवती महिलाको पाठेघर
-पेट) मा बच्चाको टाउको तल हुनुलाई सुल्टो मानिन्छ । अर्थात् पाठेघरमा बच्चाको टाउको माथि हुनुलाई बच्चा उल्टो छ भनिन्छ । जसलाई मेडिकल भाषामा ब्रीच ( Breech) भनिन्छ । बच्चा उल्टो बस्ने क्रममा गर्भेशिशुको मलद्वारपट्टकिो भाग वा खुट्टा वा घुँडा पाठेघरको तल्लो भागतिर रहेको आधारमा बच्चाको उल्टो बसाइलाई पर्ूण्ा वा अपर्ूण्ा मानिन्छ ।
गर्भावस्थाको २८ हप्तामा करिब २० प्रतिशत गर्भवती महिलामा बच्चा उल्टो बसेको हुन्छ भने ३४ हप्तासम्म आइपुग्दा ५ प्रतिशतमा मात्र यसरी बच्चा उल्टै रहन्छ । त्यस्तै गर्भावस्थाको ३७ हप्ता पूरा हुँदा करिब ३ प्रतिशतमा मात्र बच्चा उल्टो तरिकाले बस्ने समस्या बाँकी रहन्छ । अर्थात् धेरैजसोमा यो समस्या आपै+m सुल्भिmन्छ । गर्भावस्थाको सुरुतिर गर्भेशिशुको वरिपरिको पानीको मात्रा धेरै हुनुको साथै गर्भेशिशुको आकार पनि सानो हुने कारण बच्चाको स्थिति -बसाइ) परिवर्तन भइरहन्छ । यसले गर्दा केही शिशुहरु गर्भमा उल्टो रुपमा हुर्किन्छन् ।
बच्चा किन उल्टो तरिकाले बस्छ ?
करिब ३ प्रतिशतमा मात्र पछिसम्म बच्चा उल्टो तरिकाले बस्नुको सबै कारण थाहा नभए पनि महिना नपुग्दै सुत्केरी बेथा लाग्दा तुलनात्मकरुपमा बच्चा सानो हुनुचाहिँ प्रमुख कारण हो । यसका साथै यदि बच्चा सानो छ, बच्चाको वरिपरि पानी धेरै वा निकै कम छ, पुट्ठाको हड्डी साँघुरो छ, साल पाठेघरको तल्लो भागमा आएर बसेको छ वा साल पाठेघरको माथिल्लो एक कुनामा टाँसिएको छ भने पनि बच्चा उल्टो रुपमा बस्छ ।
त्यसैगरी पटक-पटक बच्चा पाएर गर्भवती महिलाको पेटको मासु धेरै खुकुलो भएको छ, गर्भवती महिलाको पाठेघरमै जन्मजात शारीरिक खराबी छ वा बच्चामा जन्मजात केही शारीरिक खराबी -जस्तै- गर्भेशिशुको टाउकोमा पानी भरिने हाइड्रोकेफालस समस्या) छ, गर्भेबच्चामा वंशाणुगत खराबी
-ट्राइजोमी वा मांसपेशी शिथिल हुने समस्या) छ वा जुम्ल्याहा बच्चा छन् भने पनि बच्चा उल्टो बस्नेजस्तो असामान्य परिस्थिति उब्जिन्छ ।
कुनै-कुनै महिलाको पाठेघरमै जन्मजात शारीरिक खराबी छ वा फेरि-फेरि साल पाठेघरको माथिल्लो एक कुनामा टाँसिने समस्या भयो भने पटक-पटक बच्चा उल्टो बस्ने समस्या दोहोरिन्छ । गर्भवती जाँचका क्रममा पेटको माथिल्लो भागतिर छाम्दा टाउको पाइएमा, गर्भेशिशुको मुटुको धड्कन अलि माथि सुनिएमा बच्चा उल्टो बसेको आशंका गरिन्छ । आजकल अल्ट्रासाउन्डको मद्दतले यसको निश्चितता गरिन्छ ।
उल्टो बसेको बच्चा जोखिमपूर्ण्
बच्चाको टाउको माथितिर हुँदा सुत्केरी बेथाको क्रममा पहिले मलद्वारपट्टकिो भाग, त्यसपछि जीउ र अन्तिममा टाउको जन्मिन्छ । यस क्रममा जीउ जन्मिएलगत्तै पाठेघरको मुख एक्कासि खुम्चिन्छ भने पाठेघरको तल्लो भागमा टाउकोले जस्तो जीउको अन्य भागले निरन्तर चाप दिन सक्दैन । मलद्वारपट्टकिो भाग र जीउ सहजरुपमा जन्मिए पनि टाउको निक्लिने बेला धेरैजसो समस्या उत्पन्न हुन्छ र बच्चाको ज्यान जाने गर्दछ ।
यस्ता खाले सुत्केरी घरमै गराउने क्रममा टाउको जन्माउन नसकी योनिद्वारमा बच्चा अड्काएर अस्पताल ल्याइपुर्याउनेहरुको संख्या उल्लेख्य छ । जीउ जन्मिएपछि टाउको निक्लिन धेरै समय -५ मिनेटभन्दा बढी) लगाउनुहुँदैन नत्र निस्सासिएर बच्चाको मृत्यु हुन्छ र कथंकदाचित जिउँदो बच्चा जन्मिहाल्यो भने पनि गिदीमा धेरै बेर अक्सिजनको अभाव भई त्यस्तो बच्चा पछि गएर सुस्त खालको हुन्छ अर्थात् बच्चाको वृद्धि-विकास राम्रो हुँदैन ।
यस्तो प्रकारको सुत्केरीको क्रममा औजारको प्रयोग गर्नुपर्ने, जननेन्द्रियमा चोट लाग्ने, सिजेरियन -अप्रेसन) को आवश्यक हुने, बेहोस पार्ने विधि -एनेस्थेसिया) अपनाउनुपर्ने कारणले सुत्केरी आमालाई पनि जोखिम हुन्छ ।
योनिद्वारबाट उल्टो बच्चा जन्मिने क्रममा शिशुको टाउकोभित्र रक्तश्राव हुने, बच्चा निस्सासिने, रगत जम्मा हुने, हड्डी भाँच्चिने, स्नायु -नसा) मा दखल पुग्ने, कलेजो, मिर्गौलाजस्ता कमलो भित्री अंगहरुमा चोट पुग्ने कारणले नवजात शिशुमा मृत्युदर ह्वात्तै बढ्छ । त्यसकारण पनि आधुनिक प्रसूति विज्ञानमा बच्चा उल्टो छ भने योनिद्वारबाट सुत्केरी गराउनुभन्दा सिजेरियनलाई तुलनात्मक रुपमा बढी सुरक्षित मानिन्छ । नवजात शिशुमा पर्न जाने जोखिमहरु विशेषज्ञ डाक्टरको दक्षता, शिशुको तौल, उल्टो बच्चाको खुट्टाको अवस्थिति र गर्भवती महिलाको पुट्ठाको हड्डीको बनावटमा पनि निर्भर हुन्छ ।
विश्वभर नै बच्चा उल्टो बस्ने समस्या भएका महिलाहरुको सुत्केरी योनिद्वारबाट हुने क्रममा प्रतिहजार ५ देखि ३५ जना बच्चाको ज्यान जाने गर्दछ । दक्ष स्वास्थ्यकर्मी -प्रसूति सेवाप्रदायक) को अभाव, रगत तथा यथाशीघ्र अप्रेसन -सिजेरियन) को सुविधा नभएको ठाउँमा यो संख्या अझ बढ्न जान्छ ।
रोकथामका उपायहरु
बच्चा उल्टो तरिकाले बस्नुका कतिपय कारणहरु गर्भावस्थामा पत्ता लाग्ने हुनाले तालिमप्राप्त स्वास्थ्यकर्मीकहाँ बेला-बेलामा गर्भवती जाँच गराउनर्ुपर्दछ । पहिले-पहिले उल्टो बच्चा बसेको एक्सरेको सहायताबाट निश्चित गरिन्थ्यो तर आजकल अल्ट्रासाउन्ड अर्थात् भिडियो एक्सरेबाट गरिन्छ । यो निकै सजिलो र भरपर्दो प्रविधि हो ।
अल्ट्रासाउन्डले एक्सरेको जस्तो विकिरणको समस्या हुँदैन र यसबाट ब्रीच -बच्चाको उल्टो बसाइ) को निश्चितता गर्न सजिलै सकिन्छ । गर्भेशिशु वा महिलाको पाठेघरमा भएको कुनै जन्मजात खराबी पत्ता लगाउन, सालको अवस्थिति थाहा पाउन, बच्चावरिपरिको पानीको मात्रा तथा गर्भेबच्चाको तौल पत्ता लगाउन पनि मद्दत गर्दछ ।
३६ हप्ता सम्ममा धेरै गर्भवती महिलामा बच्चाको बसाइमा स्थिरता आइसक्छ । पहिलो पटकको गर्भमा त्यस बेलासम्म पनि बच्चा उल्टै बसेको कारणले स्वास्थ्यकर्मीले सिजेरियन
-अप्रेसन) गरेर मात्र बच्चा पाउनुपर्ने सल्लाह दिएमा अप्रेसन गराउनु श्रेयष्कर हुन्छ । यदि दोस्रो, तेस्रो पल्टको गर्भमा बच्चा उल्टो बसेको छ भने दक्ष विशेषज्ञ डाक्टरले अल्ट्रासाउन्ड मेसिन र बच्चाको मुटु तथा स्वस्थता थाहा पाउने सीटीजी मेसिनको सहायता लिई पेटबाहिरैबाट बच्चा सुल्ट्याउने विधि सावधानीपर्ूवक अपनाउन सकिन्छ । त्यसकारण गर्भमा बच्चा उल्टो बसेको छ भने त्यस्तो परिस्थितिमा तालिमप्राप्त सुडेनी वा स्वास्थ्यकर्मी नै भए पनि गाउँघरमै बच्चा पाउनेतर्फर्र्ाग्नुहुँदैन । नवजात शिशुलाई कृत्रिम श्वास-प्रश्वास र सघन उपचार कक्षमा राखी उपचार गर्नुपर्ने हुन्छ । यी अधिकांश परिस्थितिमा सिजेरियन गरेर मात्र बच्चा निकाल्नुपर्ने हुनाले अस्पतालमा लान ढिलाइ गर्नुहुँदैन ।
पत्र पत्रिकाबाट संगालो