NAMASKAR ,NAMASKAR

NAMASKAR ,NAMASKAR
WELCOME MY BLOG VIEWERS

THINK WE ARE SAME

Photobucket

नेपाली समय

"शादा जीबन उच्चा बिचार"

"शादा जीबन उच्चा बिचार"
NEPALI FLAG

नमस्कार, नमस्कार , नमस्कार

"मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे, रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे, दु:ख मा रुनु हुँदैन र सुखमा हास्नु हुँदैन रे, आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे, जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिली रहोस समयले जति नै टाढा पुर्याए पनि अबिरल यादहरु आईरहोस, पुरा होस तपाईंको मनको हरेक कामना ।।" भगवान पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।

शिव जी

शिव जी
HINDU RELIGION

महादेव पार्वती र गणेश

महादेव पार्वती र गणेश

राजा त्रिभुवनको अफिस

राजा त्रिभुवनको अफिस








Nepal's First President

Nepal's First President
Ram Baran Yadav

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

बैठक कोठा

बैठक कोठा

राजगद्दी सिहासन

राजगद्दी सिहासन

नारायणहिटी सङ्ग्राहालय

नारायणहिटी सङ्ग्राहालय
२०६५ देखी सर्बसाधारणलाई खुल्ला गरिएको हो ।

Thursday, July 16, 2009

कल्पनाको सम्झना मायालुलाई

 

 

कल्पनाको सम्झना मायालुलाई

रवि कुमार गौतम
हाल बलादईराक

हजारौ हजार तिता मिठा शब्दहरु यो मन मस्तिकको अन्तर कन्दराबाट प्रकट भईदिदा यो निर्जिव रुपी कलमको माध्यमबाट अर्थ पुर्ण जिन्दगीको भावपुर्ण परिकल्पनामा कुशलताको कामना गर्दै उज्जवल भविष्यको मिठो सपना बुन्दै लामो जिवनको छोटो यात्रामा मायालुको यादमा प्रदेशी जिवन विताउने चेस्टा गरिरहेको छु ।

शायद श्वास प्रश्वासको प्रक्रियामा बम र बारुदको धुलो र धुवाँलाई अग्रस्थान दिदै धनाड्य बन्ने चाहानामा यो उराठ लाग्दो मरुभुमिमा १२ घण्टा काममा जोतिएर पनि आत्मीय मायालुलाई नजिक बनाउन नसके पनि भौतिक रुपमा मायाको शब्दजाललाई टाडा बनाएर दिन प्रतिदिन सँगमको परिकल्पना बोकेर जिवनको यात्रालाई छोटयाउदैछु । आखीर भगवान बलिदेबको लिला भनु या जे भने पनि सृष्टि कर्ताको चक्रव्युह न हो भनेर भन्नु बाहेक अरु के नै सोच्न सकिन्छ र ? हृदयमा पिडा भएर पनि देखावटिपनको सन्सारमा सदा खुशि रहि रहने यो स्वार्थी संसारमा मिठा मिठा सम्झनाका कोसेलीहरुलाई पलपलमा उब्जिएका तरेलीहरु यो सेता कोरा कागतको मैदानमा निर्जीव तर संन्सारलाई चमत्कार गर्न सक्ने र विनास पनी गर्न सक्ने शक्तिवान कलमको सहारा लिएर भावपूर्ण जिन्दगीको सुनौला रुपी यात्रालाई सुखदसमुन्नती समृद्धिको लागी सृष्टिकर्तासँग दिनहु कामना गरिरहेको छु ।

बाचा त हामीले जोडि ढुकुरको भएर जिउने खाएका थियौ तर के भनौ आखिर अदृश्य भए पनि जिन्दगीको हरेक पल हरेक कोणबाट माया र ममतामा सजाएको नै थिए जस्तो लागेको थियो । दैवको लिला भनौ या त समयको खेल भनौ विधिको विडम्बनाले गर्दा यस्तो हुन गयो । तिम्रा ति कोमल मनको सारथि भएर अदृश्य माया दिए कै थिए । आफना मनमा गुम्सिएका तरङ्गहरु खुलस्त रुपमा तिमीले फुकाउन किन हिचकिचावट गरेका थियौ आखिर सम्पूर्ण सजिव प्राणिको मन मस्तिष्क र हृदयको कुना कन्दरामा बास बसि रहने र दुख र सुखको सामना गर्नु पर्ने यो नै भगवानको कर्तव्य भएकोले मानिसले चाहेर पनि जिन्दगीमा सबै चिज पाउँदो रहेनछ भन्ने कुरा तिम्रा ति अन्तरयामी शब्दहरुको भावबाट प्रष्ट बनाई दियौ । कल्पनाको संन्सारमा वालुवाको महल बनाए झै तिम्रो मन मस्तिकलाई मेरो हृदयको कुना कन्दरामा सजाएको थिए । आखिर मैले तिमीलाई हृदय देखि नै माया गरेकै थिए । तिम्रो हरेक लक्षमा मेरो साथ रहि रहने छ भने कै थिए । तर पनि तिमीले आफुलाई स्वार्गको अप्सरा जस्तै सर्वकृस्ट ठान्यौ । मेरो पवित्र मायालाई कसिङ्गर सम्झेर हावामा उडाई अरुको संसारमा रमाउन चाहन्थ्यौ भने किन मायाको फोस्रो जाल बुन्नु थियो छर्लङ्ग हुने गरि मेरा सामु भनेको भए पनि अविर जात्रा गरेर बिदाई दिने थिए । माया र प्रेम भनेको पाउन मात्र गरिदैन गुमाउनु पनि हो । विश्वास दिनेलाई माया भनेको जिवनको अभिन्न अङ्ग हो खेल सम्झने हो भने मायालु एउटा अस्तिपंजरको हाड र मासुको थुप्त्रो नै त हो जिन्दगी । अरुको खुशिलाई आफनो खुशी हो भनेर आफुमा भएको दुख पिडा र बेदनालाई मलम लगाउन उराठ लाग्दो मरुभुमिको एकान्तमा बम र बारुदको प्रबाह नगरि अतितका पलहरुलाई सम्झेर बस्दै गहभरि आशु बगाउदै वर्तमानसँग रमाउन बाध्य भएको थिए । आखिर जति नै धनाढ्य शिक्षित सुन्दर भएपनि एकदिन यो स्वार्थी संसारबाट खाली हात यमराजको घरमा अवश्य पनि जानै पर्ने दिन आउनेछ । यो सृष्टिको सुनिश्चित नियम नै हो । त्यसैले यो लामो दुई दिनको जिन्दगीको मुल्यवान समयलाई सही ठाउँमा सदुपयोग गरि हासि खुशी रमाउने बाचा त दिएको थिए । शायद मेरो औकात थिएन सुन चाँदि र हिरामोतिले झकि झकाउ बनाउन सक्ने तापनि पवित्र माया दिएर सदा खुशी राख्ने प्रयत्न गरेकै थिए चौरासि परिकारको भोजन र महलमा राख्न नसकेपनि साग र सिस्नो खुवाएर भए पनि खरको झुपडिमा पवित्र माया दिएर ओठ भरि मुस्कान दिई रहने थिए ।

शायद मेरो यो जिन्दगी यो युगमा यस्तै भई हाल्यो । तिम्रा ति अब आउने दिनहरुमा कहिले दुख र संकट भन्ने कुरा नआओस सदा सर्वदा खुशी रही तिम्रो त्यो सुन्दर रुपी मुहार मृग नयनी आँखा बाघको जस्तो कम्मर कोइलीको जस्तो सुवास पुर्ण बोली एक धनाढ्य शिक्षित र सम्पन्न व्यक्तिलाई सुम्पनु र सदा सदाको लागी खुशि रहिरहनु यहि छ मेरो हृदय देखिको नै शुभ कामना ॥

उहि अभागी

रवि कुमार गौतम

 


पढ्न पाए केही गरेर देखाउँथें


 


 


 


 


विशिष्ट श्रेणी ल्याएर के गर्नु ? सर्टिफिकेटले आफैं पढाउँदो रहेनछ...



'आमा मेरो डिस्टिङ्सन आयो,' रिजल्ट हेरेपछि पास भएको कुरा आमालाई तुरुन्त सुनाएँ उनी भान्छामा खाना पकाउँदै थिइन् ', तँ पास भइस् ?' उनले यत्ति भनिन् मलाइ समातीन रुन थालिन् त्यो रात हामी आमाछोरी धेरैबेर रोयौं


आमालाई पास भएकैमा खुसी थियो डिस्टिङ्सनको अर्थ उनले बुझिनन् बुझेकी भए अझ् कति खुसी हुन्थिन होला ? किनकि, मलाई सफल भएको हेर्न उनले कति दुःख गरेकी थिइन् भन्ने मलाई मात्र थाहा


 


***


मलाई पुराना दिन सकेसम्म सम्झन मन लाग्दैन डर लाग्छ आङ सिरिङ्ग हुन्छ ती दिन त्यस्तै थिए


सिन्धुपाल्चोकको डब्ल्याङ माइती हो मेरी आमाको यहाँ काम त्यही हो, भाँडा मोल्ने, कपडा धुने, सरसफाइ गर्ने, यस्तै नपढेकाले अरू के नै पाउाछन् ? आमा अचेल दिनको सय/पचास कमाउँछिन् हाम्रो घर दोलखाको चरिकोट हो भन्छन् आजसम्म पुगेकी छैन घर पनि छैन जस्तो लाग्छ, के बाँकी होला खै ?


जोरपाटी बाहुनधारा नजिकै हामी बस्ने कोठा सााघुरो, अाध्यारो चिसो त्यो कोठामा आमा मसागै दुई बहिनी पनि बस्छन्, माइली ममता कान्छी शान्ति एउटा खाट राती कोही खाटमा पल्टन्छौं, कोही भुइामा घरबाट स्कुल पुग्न दश मिनेट लाग्छ, समता शिक्षा निकेतन दुई कक्षादेखी नै मैले यहि स्कुलमा पढ्न थालेकी हुा उत्तम सञ्जेल सरले सहयोग नगरेको भए समताले साथ नदिएको भएा यो अवस्थामा सायदै आउथेा


***


समता शिक्षा निकेतनमा आउनू अघि, अघि महांकालको एउटा स्कुलमा पढ्थेा 'छोरीलाई पनि स्कुल पठाउने हो ?' भनेर कसैले भनेछ क्यारे त्यसपछि बाले मलाई स्कुल जान दिएनन् कता हो कता मलाइ एक घरमा काम लगाइदिए एक वर्षपछि आमाले त्यहााबाट छुटाएर समतामा ल्याइन्

आमाले छोराको साटो तीन छोरी पाउनु नै बिडम्बना थियो कि ? बाबाको लागि यहि निहुा बन्थ्योकी ? किन हो मलाई थाहा छैन, घरमा दिनहुा झगडा हुन्थ्यो घरमा चामल, नुन, तेल /छैन उनलाई पत्तो हुन्थेन रक्सीले चुर भएर आउाथे उनी


ढोकाबाट भित्र छिर्नासाथ भााडभैलो सुरू भैहाल्थ्यो आमा कराउाथिन् बा रिसाउाथे बा कराउादा आमा रिसाउाथिन् बाले आमालाई लछारपछार गर्थे, कुट्थे डरले दुई बहिनी मसाग लुटपुटिन आउाथे


'तिमेरू सबलाई मार्छु' भन्दै बाले हामीलाई भुइामा बङ्लङ्ग पछारिदिन्थे कान्छी दगुर्दै आमालाई समाउन जान्थी आमा हामी सबैलाई सुम्सुम्याउादै रून्थिन्। आमासागै हामी

रुन्थ्यौ बा भने मजाले निदाउथे


**


एक साँझ लखतरान परेर आमा आइपुगिन भोकाएका बहिनीहरू केही कि भन्दै आमालाई समाउन पुगे


'लौ रोटी खाउ,' आमाले हामीलाई कपडा धोइदिएको घरबाट बचाएर ल्याएको खाजा दिइन भोकाएका हामीले, कपाकप खायौं राति बाबा मात्तिादै आए जे डर थियो त्यही भो 'जथाभावी डुल्छेस्' भन्दै बाले आमालाई गाली गर्न थाले


चर्काचर्की हुादै थियो आमालाई नबोल्न भन्दै थिएा बाले हात छाडिहाले लछारपछार हुादा किताबहरू असरल्ल परे आमा चिच्चाउन थालीन्, बहिनीहरू रून थाले आत्तिदै छुट्टयाउन गएको थिएा, बाको थप्पडले भित्तामा ठोक्किएा


आमालाई मार्छु भन्दै बाबाले हातमा खुकुरी नचाउान थाले डरले थरथरी काापे हामी भागेर सडकमा पुग्यौं त्यो रात घरको छिाडीमा आमासाग बेरिएर हामी तीनैजना खुब रोयौं हरेक पटकका दुःखमा रुनु सिवाय अरू के गर्नै सक्थ्यौं ? रुादारुदै आमा मलाई सम्झाउाथिइन्, 'छोरी ता पढेर ठूली मान्छे बन्नु यस्तो दुःख तिमीहरूले भोग्न नपरोस् '


जव सात कक्षा पुगेा घरको स्थितिले पढाइ बिगि्रदै थियो त्यसैले ममतालाई समताको होस्टलमा बस्ने व्यवस्था गरिएको थियो तर, मलाई त्यहाा बस्ने रहर थिएन घरमा आमाले के खाइन्, कान्छीलाई कस्तो होला ? यस्तै कुरा मनमा खेलिरहन्थ्यो


स्कुल हुन्थेा, मन घर पुग्थ्यो एकरात होस्टलपछाडि आमाले बोलाएको सुनेा कसैले थाहा नपाउनेगरी हामीले होस्टलको गेट खोलिदियौं बाले पिटेर खेदेकाले आमा कान्छी बोकेर होस्टल आएकी रहिछन् मध्यरात सरले थाहा पाए गाली गर्नुहोला भन्ने डर तैपनि, आमालाई होस्टलको हाम्रै कोठमा लुकायौं त्यो रात, हामीपनि उनीसागै गुटमुटीएर सुत्यौं




 ***
आठ कक्षापछि आमाको मायाले उनीसागै बस्न थालेा सधैा झैझगडा, पिटापिट कति सहनु ? आमा हामीले बासाग छुट्टनिे निर्णय गर्यौं हामी त्यो कोठाबाट निस्केपछि बुबाले अर्को बिहे गरेछन्


हामीसाग खान पैसा थियो, बस्नलाई बास साथमा स्कुलका किताब थिए, जसलाई पढेर मैले पार लाउनु थियो तर कसरी ? थाहा थिएन


बल्लबल्ल कोठा पाइयो रित्तो कोठा ओछ्याउने कुरा छैन पकाउने भाँडाकुाडा थिएनन्् आमा भोजभतेरमा भाँडा माझ्न जाँदा प्लाष्टिकमा खाना पोको पारेर ल्याउानुहुन्थ्यो आमा घर आइपुग्दा हामी एकसरो सुकुलमा पल्टिरहेका हुन्थ्यौ आमा देख्ने बित्तिकै लुछाचुाडी गर्नपुग्थ्यौं, बाख्राका पाठापाठी झै अनि सबैजना त्यही सुकुलमा निदाउाथ्यौं


आमाको दुःख देखेर होला तिबेतियनहरूले उनीहरूका घरमा काम गर्न जाादा केही केही सामान दिएर पठाउन थाले पुरानै किन नहोस्, भााडा, कपडा, सुकुल, खाट गर्दै केही कुरा कोठामा जोडिए अनी पो हामीले पनि पातलो सुकुलको साटो गलैाचामा सुत्न पायौं


८८
दश कक्षा पुगेा घामझरी नभनी आमा हरेकदिन काममा जान थालिन् उनको जीउ सुकेर सिठ्ठा भैसकेको थियो त्यसैले मैले उनलाई पहिला भन्दा बढि सघाउन थालेा भाडा मोल्ने, कपडा धुने अर्काको घर सफा गर्ने काममा पनि फुर्सद मिलाएर आमासागै जान्थेा


राती बजेसम्म पनि काम गरेा दशको सानोे जााचमा मेरो पोजिसन एक्कासी घट्यो यसले मलाई ठूलो चिन्ता थप्यो 'मै गर्छु ता पढ्' भन्दै आमा आफैा काममा धस्सिन थालिन् घर भाडाका लागि साथमा धेरै पैसा हुादैन्थ्यो रातमा बत्ती नबाल्नु भन्दै कराउानुहुन्थ्यो पहिला मैले ठूलो परीक्षा आएको भन्दै घरबेटीलाई अनुरोध गरेपछि उहाा मान्नुभो


कहिलेकाहीा पढ्दा छ्याङै रात कट्थ्यो बुबा फेरि र्फकने हैनन् भन्ने डर पनि लाग्थ्यो कताकता एक/दुईपटक बाटोमा देख्दा लुकेकी थिए एसएलसीमा पनि राम्ररी पढ्न पाइना खुराक कम, ताकत नभएर जीउमा आलस्य आउाथ्यो कहिलेकााही चक्कर लाग्थ्यो कसलाई भन्नु ? चुपचाप कक्षामा बस्थेा भोको पेट दुख्दाको पिडा राम्ररी अनुभव गरेको थिएा, त्यसबेला


आमाले नमान्दा-नमान्दै पनि केही दिन उनको काममा पनि सघाउन गएा परीक्षा मेहनत गरेरै दिएकी थिएा ८८.७५ प्रतिशत ल्याउाला भन्ने मलाई विश्वास थिएन किनकि मैले राम्ररी मेहनत गर्न पाएकी थिइना अझै राम्ररी पढ्न पाएको भए धेरै गर्न सक्थेा मेरी आमाको हातले जुठा भााडा नसुम्सुमाएको भए के यत्ति धेरै नम्बर ल्याउन सक्दैनथेा


 ***


मेरा अगाडि धेरै चुनौती छन् 'महिला बालबालिकाको' डाक्टर बन्नेे सपना दुई बहिनीलाई धेरै पढाउने इच्छा अस्वस्थ भएकी मेरी आमाको दुःख पखाल्ने चाहना परिवारलाई अाध्यारो कोठा, अाध्यारो जीवनबाट बाहिर निकाल्नुपर्ने जिम्मेवारी यी यस्तै सपनै सपनाका बीचमा उभिएकी अब कुन बाटो हिाड्ने ? कसरी हिाड्ने ? थाहा छैन


 हुन केही श्रम गरेर, स्कुल पढाएर दुई/चार पैसा कमाउन सक्छु तर मैले अहिले परिवारलाई क्षणिक सुख दिएर हुादैन मेरो विचार , 'बरू गरिबले एक छाक कम खाएर भए पनि पढोस्, त्यसले अर्को चारछाक कमाउन सक्छ '


 ***


'छोरी ता पढेर ठूली मान्छे बन्नु यस्तो दुःख तिमीहरूले भोग्न नपरोस्'


 आमाका यी कुराले मलाई झकझकाई रहन्छ अझ् पढ्न बढ्न उत्साह थप्छ कलेज पढ्न साथमा कौडी छैन हात परेको सर्टिफिकेटले आफैं पढाउादैन पूर्ण छात्रवृत्ति पाए राम्रो कलेज पढ्न मन कसैको सहयोग पाए अझ पढेर केही गर्न मन केही गरेर देखाउाछु भन्ने आत्मविश्वस पनि तर ...खै के हुने हो ?


2889







 


'प्रधानमन्त्रीलाई भनेँ मजस्ता धेरैले पढ्न पाऊन्'


 





 


पढ्न पाए केही गरेर देखाउँथें


भवसागर घिमिरे, काठमाडौं असार ३० - एसएलसीमा विशिष्ट श्रेणी ल्याएकी गरिब विद्यार्थी भावना तामाङलाई सोमबार बिहान प्रधानमन्त्री माधवकुमार नेपालले भेटेका छन् समता शिक्षा निकेतन जोरपाटीमा कक्षा देखि निःशुल्क पढ्दै आएकी उनले यसपालि एसएलसी दिएकी थिइन् नागरिक शनिबारको जूनकीरीमा प्रकाशित तामाङको संघर्षको कथा पढेपछि प्रधानमन्त्रीले बोलाएर बालुवाटार निवासमा उनलाई भेटेका हुन्


"मैले पत्रिका पढेँ तिमीलाई बधाइ ," कार्यकक्षमा भावनासँग हात मिलाउँदै प्रधानमन्त्रीले भने, " आफैंले धेरैतिर फोन गरेर क्याम्पसका लागि बुझेँ तिमीलाई बोलाएको।" राजधानीकै जेभियस्र इन्टरनेसनलको छात्राबासमा बस्ने खाने पढ्ने सुविधा मिलाएपछि भावनालाई भेट्न बोलाएको नेपालले बताए


सोमबार बजेट भाषण तयारीको चटारोमा रहेका प्रधानमन्त्रीलाई भेट्न मन्त्रीहरु पनि आएका थिए ऊर्जा मन्त्री प्रकाशशरण महत संसदीय व्यवस्था तथा संविधानसभा मन्त्री मिनेन्द्र रिजाल सामान्य प्रशासन मन्त्री रविन्द्र श्रेष्ठ पनि कार्यकक्षमै थिए
प्रधानमन्त्री नेपालले शनिबारै भावनाको कथा पढेपछि उत्साहित हुँदै आफ्ना प्रेस सल्लाहकार विष्णु रिजालसँग सोधेका थिए - "तपाईंले पढ्नुभयो?" "पढेँ" - रिजालले भने
"यिनका लागि हामीले केही गर्नुपर्छ," प्रधानमन्त्रीको यो भनाइमा रिजालको जवाफ थियो, " भेट गराउने व्यवस्था गर्छु।"


"हुन कथा पढेपछि शनिबारै भेट्न चाहन्थेँ आइतबारै सिंहदरबारमा भेट्ने कार्यक्रम पनि मिलाउँदै थियौं" प्रधानमन्त्री नेपालले भने - "चाहँदा चाहँदै पनि कार्यव्यस्तताले साथ दिएन।" भावनाको संघर्षले आफूलाई भेट्न मन लागेको उनको प्रतिकि्रया थियो


"उनको आमाले अर्काको घरमा भाँडा माझेर कपडा धोएर पाढाएकी," प्रधानमन्त्रीले मन्त्रीहरुलाई सुनाए "उनका बा सधैं रक्सी खान्थे साह्रै दुःख पाइछन्।" प्रधानमन्त्रीको कुरा सुनेपछि मन्त्रीहरुले पनि मेहनती भावनालाई बधाइ सफलताका लागि शुभकामना दिए


सन्तानको हेरचाहमा खासै ध्यान नदिने उनका बाले परिवारलाई दिनहुँ यातना दिन्थे चार वर्षअघि भावनाका आमा दुई दिदीबहिनी बासँग छुट्टिएका थिए त्यसपछि बाले अर्को बिहे गरेछन् दोलखाको चरिकोट घर भएकी भावनाले आफ्नो घर देख्न पाएकी छन् उनकी आमाले नै देखेकी छन्


बासँग छुट्टिँदा उनीहरुसँग बस्ने बास थियो खाने गाँस जोरपाटीको बाहुनधारा नजिक बल्लतल्ल पाएको डेरामा उनका परिवारले धेरै दिन एकसरो सुकुलमै रात काटेका थिए भोजभतेरमा भाँडा माझ्न जाँदा आमा मीना छोरीहरुका लागि खाना पोको पारेर ल्याउँथिन् बासीत्यासी जे हात पर्छ त्यही खाएर भावनाले पढाइलाई निरन्तरता दिइन्


"तिमीले अझ धेरै मेहनत गर्नुपर्छ डाक्टर बन्नु," महिला तथा बालबालिकाको डाक्टर बन्ने सपना लिएकी भावनालाई प्रधानमन्त्रीले भने, "अझ राम्रो नम्बर ल्याउनु ९० प्रतिशत कटाउनु।"


आफूजस्तो सामान्य नागरिकलाई प्रधानमन्त्रीले भेट्न बोलाएकामा भावना दंग थिइन्। " पढेर धेरै काम गर्छु," प्रधानमन्त्रीसँगको १० मिनेट लामो कुराकानीमा घरिघरि उनको बोली अड्कियो खुसीले उत्साहित भएर।


प्रधानमन्त्रीले आमा मीनासँग पनि उनीहरुको पारिवारिक अवस्थाबारे चासो राखेका थिए, "परिवारका लागि अरु के गर्न सकिन्छ हामी छिट्टै तपाईंलाई खबर गर्छौ।" कुराकानीपछि भावनाले प्रधानमन्त्रीलाई एउटा पत्र पनि थमाइन् आमाका लागि काम गर्ने केही बाटो जुराउनसके बहिनीहरुको पढाइ राम्रो हुने बेहोरा उनले पत्रमा लेखेकी थिइन् "मजस्ता धेरै भावनाले पढ्न पाओस् भनेर पनि लेखेँ," उनले भनिन्


दुःखसाथ एसएलसी दिएर ८८।७५ प्रतिशत अंक ल्याउँदा पाएको खुसी प्रधानमन्त्रीको भेटले उत्कर्षमा पुर्याएको भावनाको प्रतिकि्रया थियो


"पैसा छैन कसरी पढ्ने भन्ने लाथ्यो निरासै भएकी थिएँ," बालुवाटारबाट फर्केपछि उनले नागरिकसँग भनिन्, "सबै्तिरबाट सहयोग प्रोत्साहन पाउँदा धेरै उत्साहित छु।"


एसएलसीको नतिजालगत्तै खुसीसँगै पढाइलाई कसरी निरन्तरता दिने भन्ने चिन्ता अँध्यारो डेरामा भित्रिएको थियो


छोरा नपाएको निहुँमा दिनहुँ श्रीमानबाट यातना पाएकी मीनाका आँखा पनि धेरै वर्षपछि खुसीका आँसु छचल्किरहेका थिए "सपनामा पनि सोचेकी थिइन सर," उनले भनिन् - "दुःखै गरेर पनि छोराछोरी पढाए राम्रो हुने रैछ।"


नागरिकको असार २१ को अंकमा उनको पहिलो कथा छापिएको थियो त्यसलगत्तै उनलाई सहयोगका लागि देशका विभिन्न स्थानबाट फोन आउन सुरु भयो शनिबार उनको संघर्षको कथा छापिएपछि उनलाई आर्थिक सहयोग गर्ने कलेज पढाउने बाचा गर्नेहरु ओइरै लाग्यो


"यस्तो दिन आउँछ भन्ने विश्वासै लागेको थिएन," भावनाले भनिन् - "मेहनत गर्यो भने गरिबको पनि दिन आउँदो रहेछ।"


सुरक्षा गार्डको शुभकामना


"मैले तपाईंको कथा दुईपटक पढेँ आँखा धेरै रसायो," सोमबार प्रधानमन्त्रीलाई भेट्न बालुवाटार निवास गएकी भावनालाई गेटमा बसेका सुरक्षा गार्ड सुरेन्द्र लिम्बुले भने- "बहिनी अझै पनि मैले त्यो पान्नो सिरानीमै राखेको छु।"


झापा स्थायी घर भएका लिम्बु भावनाको भोगाइमा भावुक हुनुको कारण - उनको बाल्यकाल भावनासँग मिल्दोजुल्दो थियो "मेरो उसको भावना कथा उस्तैजस्तो रहेछ," उनले भने - "पत्रिकामा पढ्दा पनि आफ्नै कथा पढेजस्तो लाग्यो।"


भावनालाई भेटेर सहयोग गर्ने इच्छा व्यक्त गर्दै उनले भने. "सहयोग गर्न मन थियो तर हामी साना मान्छे ठूलो मान्छेको हात पाउनु भएछ राम्रो गर्नुस् है शुभकामना !"


मेहनतीलाई सहयोग


भावनाको समाचार छापिएलगत्तै उनलाई सहयोग गर्नेहरुले नागरिक दैनिकमा सम्पर्क गर्न थालेका थिए डिल्लीबजार कालिकास्थानका खगेन्द्रबहादुर केसीले घरमै बोलाएर हजार रुपैयाँ सहयोग गरे असोज महिनापछि हरेक महिना हजार रुपैयाँ सहयोग गर्ने बाचा पनि गरे


टि्रनिटी कलेज डिल्लीबजारले उनलाई पूर्ण छात्रवृत्तिसहित होस्टलको सुविधा दिने प्रस्ताव गर्यो पोखराबाट पनि सहयोग रकम आयो सपुतमान तामाङसहित ठमेलका पर्यटन व्यापारीले उनका लागि रकम संकलन गर्ने अभियान थाले


नेपाल टेलिभिजनको कार्यक्रम संघर्ष श्रम श्रृजना रेडियो नेपालको तामाङ भाषाको कार्यक्रमले उनी उनकी आमाको संघर्षको कथाबारे अन्तवार्ता लियो


नागरिक शनिबारमा उनको पूर्ण कथा छापिएपछि भने देश विदेशबाट सहयोग गर्नेहरुको ओइरो लाग्यो जावलाखेलका हार्डवेर व्यापारी बलराम कार्कीले शनिबार उनको कोठामै पुगेर हजार सय ५५ रुपैयाँ सहयोग गरे उनी फलफूल बोकेर श्रीमतीसित जोरपाटी पुगेका थिए


अनलाइनमा समाचार हेरेपछि जर्मनबाट प्रेमराज न्यौपानेले आफ्नी ११ वर्षे छोरीलाई भावनासँग भेट गराउन मन लागेको बताए उनी केही सातामै नेपाल आउन लागेका छन् त्यही क्रममा मेहनती छात्रा भावनासित छोरीको भेट गराउने उनले बताए " सहयोग पनि गर्नेछु" उनले इमेलमा लेखेका छन्


सोमबार साँझसम्म उनलाई पूर्ण छात्रवृत्ति दिन काठमाडौं बाहिरका १५ कलेजले नागरिक कार्यालयमा सम्पर्क गरिसकेका छन् "मलाई पढाउन रुचि देखाउने सबै कलेजलाई धन्यवाद दिन चाहन्छु" भावनाले भनिन्, "जहाँ पढे पनि मेहनतै गर्ने हो तर पहिलोपटक मलाई अवसर दिने टि्रनिटीमै पढ्ने विचार "


प्रधानमन्त्री नेपालले पनि "आफूलाई मनपर्ने कलेज रोजेर पढ्न" सुझाव दिएका थिए



भावनाका लागि छात्रवृत्ति दिन ताकेता गर्ने सबै कलेजलाई धन्यवाद काठमाडौंका टि्रनिटी, नोबेल, मिलेनियम, पासाङ ल्हामु, जया मल्टिपल, एम्बिसन, शुभ श्री, युनिभर्सल, क्यास्पियन, हिमालयन, ह्वाइट हाउस, जेभियर इन्टरनेशन। ललितपुरका एसियन, नेशनल, मल्टिपल, ग्रान्ड एकेडेमी, रिलायन्स। सिन्धुलीको भगवती आवासीय मावि।


भावनालाई प्रोत्साहन सहयोग
खगेन्द्र बहादुर केसी डिल्ल्बिजार काठमाडौं तत्काल ४००० दुई वर्षको लागि मासिक हजार
शान्ति लक्ष्मी पराजुली पोखरा हाल लगनखेल हजार
अमर तामाङ तथा थ्री जेवल्स् एडभेन्चरस समुह २० हजार
बलराम कार्की जावलाखेल ५५५५
बार्षिक हजार काठमाडौं नाम नखुलाउने सर्त
मासिक १५०० एक वर्ष काठमाडौं नाम नखुलाउने सर्तमा
धु्रव विक्रम मल्ल अध्यक्ष तथा प्रमुख बालाजु कराँते प्रतिष्ठान हजार
मिमकाजी सुनीता नमस्ते पोखरा डिपार्टमेन्टल स्टोर पोखरा हजार
सपुतमान तामाङ फूल कुमार लामा ठमेल ५५००
सुमन सागरजंग केसी कीर्तिपुर मासिक हजार दुईवर्षको लागि
भुवन कुमार श्रेष्ठ वानेश्वर दुई वर्षको सम्पुर्ण पढाइ खर्च व्यहोरिदीने
कृष्ण राज शिवाकोटी वानेश्वर दुई वर्षको सम्पुर्ण पढाइ खर्च व्यहोरिदीने


आर्थिक सहयोग गर्न चाहनु हुनेले उनको नाममा खोलिएको नेपाल एसबिआइ बैंक चुच्चेपाटी काठमाडौंको एकाउन्ट नम्बर २०५१५२४१४००२६३ मा रकम जम्मा गर्न सक्नुहुनेछ


साभार नागरिक दैनिकी पत्रिकाबाट