NAMASKAR ,NAMASKAR

NAMASKAR ,NAMASKAR
WELCOME MY BLOG VIEWERS

THINK WE ARE SAME

Photobucket

नेपाली समय

"शादा जीबन उच्चा बिचार"

"शादा जीबन उच्चा बिचार"
NEPALI FLAG

नमस्कार, नमस्कार , नमस्कार

"मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे, रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे, दु:ख मा रुनु हुँदैन र सुखमा हास्नु हुँदैन रे, आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे, जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिली रहोस समयले जति नै टाढा पुर्याए पनि अबिरल यादहरु आईरहोस, पुरा होस तपाईंको मनको हरेक कामना ।।" भगवान पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।

शिव जी

शिव जी
HINDU RELIGION

महादेव पार्वती र गणेश

महादेव पार्वती र गणेश

राजा त्रिभुवनको अफिस

राजा त्रिभुवनको अफिस








Nepal's First President

Nepal's First President
Ram Baran Yadav

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

बैठक कोठा

बैठक कोठा

राजगद्दी सिहासन

राजगद्दी सिहासन

नारायणहिटी सङ्ग्राहालय

नारायणहिटी सङ्ग्राहालय
२०६५ देखी सर्बसाधारणलाई खुल्ला गरिएको हो ।

Thursday, February 5, 2009

'ऋषि फिरौती उठाउन सक्रिय थिए'

नयाँ पत्रिकाकाठमाडौं,
२२ माघ 2009-02-05,Thursday

ऋषि-शुभक फोन संवाद
इण्डियामा पनि मेरो कत्ति राम्रो कनेक्सन छ त्यो तपाईंलाई थाहा छ ? त्यसलाई क्यास गर्नुहोस्
यिनीहरूलाई जसरी पनि क्षति गराउनैपर्छ । पैसा जसरी पनि असुल्नैपर्छ,प्रहरीले उपलब्ध गराएको फोन संवादमा ऋषि धमलाको आवाजरिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमला रणवीर सेनाका लागि काठमाडौंका एक व्यापारीसँग ४० लाख रकम फिरौती उठाउन सक्रिय रहेको प्रहरीले खुलासा गरेको छ । हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले धमलालाई १४ दिनको थुनुवा पुर्जी दिएको छ । पुतलीसडकमा रहेको क्लबको कार्यालयबाट मंगलबार पक्राउ परेका धमला रणवीर सेनाका उपत्यका राजनीतिक इन्चार्ज रामशुभक महतो, उपत्यका सैन्य इन्चार्ज विनायक महतो र सहयोगी वीरेन्द्रकुमार महतोसँग मिलेर चन्दा उठाउन सक्रिय रहेको प्रहरीको दाबी छ । राजधानीमा एक महिनाअघि भएका शृंखलाबद्ध विस्फोटमा समेत धमला मुछिएका छन् । धमलाले 'आपराधिक क्रियाकलाप सञ्चालन गर्न विभिन्न प्रकारले सहयोग गरेको' अभियोग प्रहरीले लगाएको छ । प्रहरी स्रोतका अनुसार धमलाको बुधबारसम्म बयान लिइएको छैन । हनुमानढोकाको हिरासतमा रहेका उनीसँग बिहीबारबाट बयान लिने प्रहरी स्रोतले बतायो । प्रहरीले जिप्रका लैजानुअगाडि सास फेर्न गाह्रो भएको बताएपछि धमलालाई स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल लगेको थियो । तर, धमलाको स्वास्थ्य अवस्था ठीक भएको पाइएकाले प्रहरीले उनलाई म्याद थपका लगि बबरमहल लग्यो ।अस्पताल परिसरमा धमलाले पत्रकारसित कुरा गर्दै आफूमाथि राज्यले षड्यन्त्र रचेको आरोप लगाए । उनले 'परिआए सशस्त्र संघर्ष पनि गर्ने' धम्कीसमेत दिएका थिए । आफूमाथिको आरोप पुष्टि गर्न चुनौती दिँदै उनले भने, 'म यो राज्यलाई छाड्दिनँ ।'प्रहरीले नेपाल पुलिस क्लबमा पत्रकार सम्मेलन गरी अभियोग पुष्टिका लागि रामशुभक, विनायक र वीरेन्द्रको भिडियो बयानका साथै चन्दाका बारेमा धमला र रामशुभकबीच भएको टेलिफोन रेकर्ड सार्वजनिक गरेको थियो । रामशुभकले आफू प्रदीप उपनामले रणवीर सेनामा संलग्न रहेको स्वीकार गरेका छन् । एक व्यापारीसँग पार्टीले पैसा उठाउने जिम्मा दिएको र त्यसमा धमलाले सहयोग गरेको उनले बयानमा बताए । व्यापारीको नाम खुलाइएको छैन । महतोले १९ गते टेकुमा पैसा लिन जाँदा वरिपरि प्रहरी रहेको शंका लागेपछि आफू त्यत्तिकै फर्किएको बयान दिएका छन् । २० गते बिहान रिपोर्टर्स क्लबमा भएको छलफलपछि पुनः बेलुका पैसा लिन अनामनगर जानेक्रममा आफूहरू पक्राउ परेको शुभकले बताएका छन् । महतोले बयानमा भने, 'योजनाअनुसार २० गते अनामनगरमा पैसा लिन गयौँ । त्यहाँ हामीलाई पक्राउ गर्न प्रहरी बसेको रहेछ । हामी तीनजना पक्राउ पर्‍यौँ ।'पक्राउ परेका अर्का व्यक्ति सञ्जयका अनुसार व्यापारीसँग ४० लाख असुल गरेपछि २० लाख पार्टी हुन्डी गरी १० लाख धमलालाई र बाँकी १० लाख तीनजनालाई बाँड्ने योजना थियो । उनले काठमाडौंको रत्नपार्क, एयरपोर्ट, काठमाडौं मल र दरबार स्कुलअगाडि भएको विस्फोट आफूहरूले गराएको स्वीकार गरे । यी सबै काममा धमलाले सुरक्षाको प्रत्याभूति दिएको उनको दाबी छ । उता रिपोर्टर्स क्लब सुनसरीका अध्यक्ष रहेका वीरेन्द्रकुमार मेहताले कामको सिलसिलामा काठमाडौं आएको वेलामा धमलासँग भेट हुँदा 'व्यापारीलाई रणवीर सेनाले धम्क्याइरहेको छ, मिलाउनुपर्छ, पैसा आउँछ' भनेर काममा सहमत गराएको दाबी गरेका छन् । बयानमा उनले ऋषि धमलाले काम गरेबापत आफूलाई पाँच लाख दिने आश्वासन दिएकोसमेत दाबी गरे । वीरेन्द्रका अनुसार व्यापारीले सुरुमा १० लाख मात्र दिने र बाँकी पैसा बिस्तारै दिने बताएका थिए । सो विषयमा छलफल गर्न रणवीर सेनाका रणवीरलाई फोन गर्दा 'धमला हाम्रो पार्टीको विश्वासिलो व्यक्ति हो उसैलाई दिनू' भन्ने निर्देशन दिएको वीरेन्द्रले बयानमा बताएका छन् । प्रहरीले अभियुक्तहरूसहित पत्रकार सम्मेलन गर्ने बताए पनि सोमबार चारैजना अभियुक्तलाई सार्वजनिक गरेन । म्याद थप भएलगत्तै धमलालाई हनुमानढोका लगेर राखिएको थियो भने अन्य तीनजनालाई नेपाल पुलिस क्लबमा ल्याइए पनि पत्रकारमाझ ल्याइएन । काठमाडौं परिसरका एक उच्च अधिकृतले पत्रकारहरूको संख्या धेरै भएकाले उनीहरूलाई सार्वजनिक गर्न कठिनाइ भएको दाबी गरे । तर, उता महानगरीय प्रहरी आयुक्त रमेश श्रेष्ठले भने स्वास्थ्यका कारण धमलालगायतकालाई सार्वजनिक नगरिएको बताए ।

मोबाइलमा रेकर्ड गरेँरामशुभक महतो
म रामशुभक महतो हुँ । म रणवीर सेनाको उपत्यका इन्चार्ज हु । म मुख्य मिडिया र राजनीति हेर्छु । मेरो पार्टीको नाम प्रदीप हो । तर, पार्टीका व्यक्तिले बाहेक अरूले मलाई शुभक महतोको रूपमा मात्र चिन्थे ।म २० गते अनामनगरबाट पक्राउ परेको हुँ । पाँच दिनअगाडि वीरेन्द्रकुमार महतो मेरो कोठामा आएको थियो । ऊ दिनभर कता जान्थ्यो थाहा भएन । बेलुका बस्न मेरो कोठामा आउँथ्यो । रणवीर सेनाले काठमाडौंको एक व्यापारीसँग पैसा मागेको रहेछ । त्यही विषयमा वीरेन्द्र रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलासँग पैसाको बारेमा कुरा गर्थे । वीरेन्द्र सधैं धमलाको क्लबमा जान्थ्यो । त्यसबीचमा धमलाको रणवीर सेनाका रणवीरसँग पनि पैसाको बारेमा कुरा भयो । व्यापारीसँग ४० लाख मागेका रहेछन् । तर, मलाई २५ लाख मात्र उठाउने योजना छ भनेका थिए ।पैसा लिन रणवीर सेनाकै मान्छे काठमाडौं आउने कुरा भएको थियो । तर, जनकपुर बन्दका कारण पार्टीका मान्छे काठमाडौं आउन नसकेपछि मलाई प्रतीक बनेर पैसा लिन जाने निर्देशन आयो । मलाई प्रतीक भनेर कसैले नचिन्ने भएकाले पार्टीले मलाई व्यापारीसँग पैसा लिन निर्देशन दियो । रणवीरले मलाई 'ठूलै रकम छ उठाएर २० लाख चैँ हुन्डी गरिदिनू' भन्ने निर्देशन थियो । पार्टीको निर्देशन नमान्ने भन्ने कुरा भएन । यो विषयमा रणवीर सेनाका प्रमुख सन्देश र अर्का रणवीरसँग कुरा भयो । योजनाअनुसार १९ गते टेकुमा भेट्ने योजना बन्यो । व्यापारी पैसा लिएर टेकु आउने र म प्रतीक बनेर गएर पैसा लिने सहमति भइसकेको थियो । व्यापारीको पछाडि एकजना व्यक्ति बसेको देखेँ । प्रहरी हो कि भन्ने शंका लाग्यो । म व्यापारी भएको ठाउँमा गइनँ । धमलाले मलाई फोन गरेर क्लबमा बोलायो । त्यहाँ व्यापारी र हामी बसेर पैसाको विषयमा छलफल भयो । यो विषयमा धमलाले योजना बनाउँदै गए । यसबीचमा रणवीरले पैसा उठाएर पठाउन पुनः निर्देशन दिए । मैले बल्ल ४० लाखको कुरा भएको रहेछ भन्ने थाहा पाएँ । धमलाले भने २५ लाख मात्र पाउने बताइरहेको थियो । मलाई बाँकी पैसा धमलाले आफैं लिन लागेको शंका लाग्यो र ऊसँग भएको कुराकानी मोबाइलमा रेकर्ड गरिसकेको थिएँ । योजनाअनुसार २० गते अनामनगरमा पैसा लिन गयौँ । त्यहाँ हामीलाई पक्राउ गर्न प्रहरी बसेको रहेछ । हामी तीनजना पक्राउ पर्‍यौँ । (महतोले प्रहरीलाई दिएको बयानं)
ऋषि-शुभक फोन संवाद
(बोल्ड गरिएका शब्द ऋषि धमलाका हुन् ।)
म तपाईलाई के भन्छु भने त्यो पैसा हामीलाई नदिने खेल भइरहेको छ । खेलको बारेमा म तपाईंलाई तीनवटा कुरा भन्छु, त्यो के भने त्यो पैसा हामीलाई नदिइकन लिन खोजिरहेका छन् । तपाईंले के भन्नुपर्‍यो भने यसको मेन सुरुवात मैले गरेको हुँ । मैले यो सबै कनेक्सन गरेर तपाइंसँग सम्पर्क गराएर यो डिल गर्न खोज्या हो ।
अँ।
र, एउटा कुरा के भन्छु भने भोलि रणवीर अथवा प्रदीप भनेको अहिले तपाईंहरू सशस्त्र द्वन्द्व गरिराख्नुभएको छ, भोलि त तपाईंहरू खुल्ला पोलटिक्समा आउनुहुन्छ ।
अँ ।
माओवादी १० वर्ष जनयुद्ध गरेर पनि खुल्ला राजनीतिमा आएको शक्ति हो । यद्यपि भोलि रणवीरलाई सफल बनाउन मिडिया र ऋषि धमलाको ठूलो महत्त्व रहन्छ नेपालमा ।
हो, त्यो कुरा मलाई थाहा छ ।
माओवादीका कतिपय नेतालाई मैले स्थापित गरेको हुँ । त्यसैले एउटा कुरामा तपाईंले के स्ट्यान्ड लिनु भने प्रदीपजी त्यो पैसा हामीले मात्र लिएर हुँदैन, ऋषि धमलाजीलाई पनि दिनुपर्छ जसरी पनि । जसले मेहनत गरेको छ, यसका लागि चार/पाँच लाख त मेरो गोजीबाट गएको छ कनेक्सन गराउनका लागि ।
प्रदीप- हो, तपाईंको खर्च भएको छ, मलाई पनि थाहा छ ।
म काँधमा बोकेर हिँडेको छु । उसले मलाई अहिले हामी त उनीहरूलाई एकमुष्ट रकम दिँदैछौँ भन्यो ।
अँ।
है।
अँ।
त्यसैले मेरो तपाईंलाई आग्रह छ- प्रदीपजी सानो कुरामा हामीले बोलेको जुन कमिटमेन्ट छ, जुन विश्वास छ, त्यो नटुटोस्, भविष्यमा जाँदाखेरि हाम्रो हातेमालो भएर तपाईंको हरेक मोर्चामा ऋषि धमलाको
अँ....
इन्डियामा पनि मेरो कत्ति राम्रो कनेक्सन छ त्यो तपाईंलाई थाहा छ
थाहा छ, थाहा छ ।
होइन, इन्डियाबाट जो नेपालमा आउँछन्, त्यो सीताराम येंचुरी होस् या मुलायमसिंह यादव होस् या अमर सिंह होस्
अँ ।
त्यसैले गर्दा मेरो जो रिलेसन छ त्यसलाई क्यास गर्नुस् र ऋषिजीलाई पैसा नदिई हुँदैन
अँ ।
उसलाई यो पैसा नदिइकन हामी काम गर्न पनि सक्दैनौँ
अँ ।
हामीलाई डेन्जर हुन्छ, खतरा हुन्छ । भोलि मिडियामा यिनीहरूदेखि होसियार भनेर मिडियामा फोटो आउँछ
सुन्नुस् न, म तपाईंलाई के भन्न चाहन्छु भने म तपाईंलाई सानो सल्लाह दिन चाहन्छु । तपाईं के गर्नुस् भने त्यो मान्छेलाई तपाइं रिपोर्टर्स क्लबमा बोलाउनुस् ।
म त्यो मान्छेलाई रिपोर्टर्स क्लबमा बोलाउँछु, है ।अँ ।
त्यो पूर्ण सायमी भन्ने छ नि ?
अँ ।
हो, म त्यसलाई बोलाएर तपाईंसँग कुरा गराउँछु
ल हुन्छ । हामी यस विषयमा छलफल गर्छौं अनि तपाईंलाई खबर गछौं ।

२उनीहरूको सबैभन्दा पहिला के भने, उनीहरूको जो मान्छे छन् नि.... हजुर, उनीहरूलाई ऊ नगरी काम हुँदैन, हेर्नुस् ......सबैभन्दा पहिलो रणनीति के भने नि उनीहरूले जुन कमिटमेन्ट गरेका छन् हामीले त्यो पैसा झार्नुपर्‍यो के ।हलो ।
अँ, भन्नुस्
यो अहिले जुन प्रचार भयो नि यसमा हामीले धेरै मान्छेमाथि फिल्टर गरेका छौँ, धेरै मान्छेमाथि आशंका गरेका छौँ । जो-जो आशंकाको घेराभित्र परेका छन् हामी उनीहरूलाई व्यक्तिगत क्षति हुने गरी अथवा पारिवारिक क्षति हुने गरी जुन हिसाबमा हुन्छ भौतिक क्षति हुने गरी विस्फोट गराउँछौँ ।
हलो ।
अँ ।अब विस्फोट गराउँछौँ
त्यो गरौँ त्यो ।
अर्कोको आवाज- हलो ऋषिसाप ।
हजुर, हजुर
बिहान जसरी धोका दियो नि । हाम्रो साथीले पेस्तोल निकालेर हानिसकेको थियो । हामीले रोक्यौँ । हामीले हानेर गएको भए के हुन्थ्यो ?
अँ
तपाईं आफैं सोच्नुस् कि यो नौटंकी बन्द गर्न । हामीलाई पैसा चाहिँदैन । तर, हाम्रो पार्टीलाई बदनामी हुन्छ भने हामीलाई मन्जुरी छैन ।
अब यसमा के गर्नु भने यो कुरा छोड्नुस् । के यिनीहरूलाई जसरी पनि क्षति गराउनैपर्छ । पैसा जसरी पनि असुल्नैपर्छ, होइन
अँ भन्नुस् त तपाईं ।
धोका दिनेलाई कसरी छोड्न सकिन्छ भन्या ? यिनीहरूले मेरो नाम लिएर १० दिन/१५ दिन
त्यसको घर कहाँ हो ?
घर किन चाहियो, त्यो कहाँ भाग्छ र ? खान्दानी मान्छे हो । तपाईं यहीअनुसार मुभ गर्नु, म पनि यसरी नै मुभ हुन्छु । हामीले भोलि ११ बजेसम्म यसलाई हाम्रो फन्दामा ल्याएर यसको के रणनीति छ भने (मोबाइलको आवाज खराब)
अँ ।
यो त्यहाँबाट उम्किन सक्दैन । तपाईंहरू एउटा कुरा के सोच्नुस् भने रिपोर्टर्स क्लब पनि के गर्छ भने तपाईंलाई मिडियामा मोरल सपोर्ट गर्छ, होइन । तपाईंको के छ भने नि प्रदीपजी मलाई विश्वास छ, तपाइंहरूमा आत्मविश्वास पनि छ, तपाईं गर्न पनि सक्नुहुन्छ, तपाईंहरूको आफ्नो सूचना संयन्त्र पनि छ, त्यसलाई अगाडि बढाउनुस्
एकदम हामी (मोबाइल बिगि्रयो)
यसले यो काम गर्न सक्छ । यिनीहरूले रातभरिमा पैसा खोज्छु भन्या छन् भन्न चैँ होइन, तपाईंले यिनीहरूलाई रातभर थ्रेट गर्नुस्
त्यो हाम्रो त स्रोत छ भने हामी रातभर अगाडि बढिराखेका छौँ । त्यो तपाईंलाई पनि जानकारी गराइदिऊँ ।
ओके
उनीहरूको तपाईंसँग कुरा भयो भने यो धेरै नौटंकी भयो । उनीहरूलाई पैसा पनि चाहिँदैन भने भनेर सुनाइदिए हुन्छ ।
उनीहरूले निहुँ खोजिरा’छन्, भोलि म एकचोटि भेट्छु
आज तपाईं एउटा कुरो नि, सबैभन्दा ठूलो कुरो तपाईंको रिपोर्टर्स क्लब नभएको भए नि लुज भएको भए मात्रै त्यसको परिणाम भयंकर निस्कन्थ्यो ।
हो त
(मोबाइलको आवाज बिगि्रएको)
अहिले हामी राख्दिन्छौँ, भोलि कुरा गर्छौं है सर ।
हुन्छ
भोलि हामी कुरा गरौँला ।
हुन्छ
हलो
हलो ऋषि सर नमस्कार, के भयो सर ?
उनीहरूकै मान्छेसँग कुरा भा’रछ
को ?
पछि उनीहरूले फोन गरेका थिए । उनीहरूको परिवारमा कुरा भएको रहेछ । उसको थियो नि त्यो भान्जा भन्ने । मलाई त्यही कुरा आयो
सुन्नुस् न, यहाँ मसँग हाम्रो काठमाडौंका सैन्य कमान्डर हुनुहुन्छ । उहाँसँग कुरा गर्नुस् एकपटक ।
हुन्छ
हलो सर, नमस्कार ।
हजुर
के भयो आज, के त्यो मान्छे अपहरणमा पर्‍यो ?
अपहरणमा पर्‍या होइन भन्छ उनीहरूकै मान्छेले
अँ ।
अब उनीहरूले लिएर गएको भन्छ । केरे भोलि दिन्छु भन्थ्यो
यो कुरा धेरै नाटकीय भयो होइन ।
हजुर
सुन्नुस् न सर ।
हजुर
रकम धेरै ठूलो छ ।
हजुर
लगभग हामी यो कुरामा कन्फिडेन्ट भयौँ, यो जुन पैसा छ नि ।
हजुर
हाम्रो मेन मोटिभ भनेको पैसा थिए र छैन पनि ।
हो
हामी तीस लाख, ४० लाख, ५० लाखका लागि ज्यान फालेर हिँड्ने अथवा धेरै खालको एटेचमेन्ट गर्नेखालको मान्छे हैनौँ, होइन ?
हो
जो अहिले अपहरण भएछ, यसमा धेरै आफ्नै मान्छेमाथि समेत शंका गर्नुपर्ने हुन्छ । अहिले खोइ आएन त मिडियामा ?
मिडियामा त आएन
किन नआएको मिडियामा ? बागबजार व्यस्त बजारबाट मान्छे अपहरण हुन्छ होइन, अनि सुरक्षा निकायको ध्यान पुग्दैन त्यहाँनिरी, होइन ।
अँ
त्यसपछि पनि मिडिया बेखबर, यस्तो यो सिटीबाट कसरी बेखबर हुन सकिन्छ त ? हुन्छ ? सम्भव छ सर ?
यो यिनीहरूमा पैसाको खेल छ क्या । यो मेरो भनाइ के भने तपाइंहरूले पनि अलि कडाइ गरेर..... फकाइरहेका छन् क्या । पैसाको कुरामा फकाएर हुन्छ । अब त्यो तपाइंको के भने नि पैसा लिएर आउँछु भन्छ, आउँदैन हो
अँ ।
तीन-चार दिनदेखि यिनीहरूको खेल भइरहेको छ
अँ ।
आज तपाईंहरूलाई पैसा लिन बोलाए ?
हेलो सर ।अँ ।उताबाट गर्नुस् अब है ।
ल ल
साबार नया पत्रिका