दशैको उत्सर्ग
विजयकुमार श्रेष्ठ/धादिङ्ग,हाल ईराक
दशैको उत्सर्ग
विजयकुमार श्रेष्ठ/धादिङ्ग,हाल ईराक
शुभकामना दिदैछु बडा दशै २०६६ को मित्रहरुलाई
खुशी र उल्लासले सिङ्गारौ सबै मिली बडा दशैलाई
पारिवारिक मिलनको सुख प्रप्ती ठानौ बडा दशैलाई
उजाडिएको मनमा रौनक जगाउँ टिका जमरा लगाई ॥ ॥
ससङ्गकित मनहरुलाई प्रफुल्ल बनाई मनाउ दशैलाई
सुख र शान्तिको कामना गरौ परिवार एक जुट भई
फुल प्रसादले तृप्त पारौ नव आगन्तु पाहुनहरुलाइ
उजाडिएको मनमा रौनक जगाउँ टिका जमरा लगाई ॥ ॥
सम्बन्ध प्रगाड बनाउने बाचा गरौ भक्तिभाव देखाई
परिवारमा उमङ्गको रौनक ल्याऔ सरल स्वाभाव देखाई
सधैभरि हाई हाई हुनु समाजमा आफनो परिचय देखाई
उजाडिएको मनमा रौनक जगाउँ टिका जमरा लगाई ॥ ॥ ॥
परदेशमा भए पनी कामना दिन नछाडौ एकले अर्कालाई
सँगै हुनु पर्छ भन्ने पनि छैन हामीमा सम्झना राख्नलाई
नयाँ सविधान बनाउने कामना गरौ देवीको प्रसाद लगाई
उजाडिएको मनमा रौनक जगाउँ टिका जमरा लगाई ॥ ॥ ॥ ॥
लेखक
विजयकुमार श्रेष्ठ
धादिङ्ग
हाल बलाद,इराक
- देवप्रकाश त्रिपाठी
आफूले राखेको सोच र आफूले गरेको काम हरेकलाई ठीक लाग्छ, यो हरेक मानिसमा हुने प्राकृतिक कमजोरी हो। जो मानिस अर्काको आँखाबाट आफूलाई हेर्ने क्षमता राख्दैनन् र आफूलाई आफ्नै आँखाबाट मात्र हेर्ने गर्छन्– त्यस्ता मानिसमा गल्ती देख्ने क्षमता हुँदैन। गल्ती नै नदेखेपछि सुधारको तत्परता महसुस हुने कुरै भएन। माओवादीले रचेको सशस्त्र युद्ध त्यस्तै एउटा गल्ती हो, जुन गर्नेहरूले अहिलेसम्म गल्ती महसुस गरेका छैनन्। युद्धको असरले नेपालको शान्ति र स्थिरता मात्र बिथोलेको छैन, राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमिकता नै चरम सङ्कटमा पारेको छ र लोकतन्त्रको भविष्यसमेत अन्योलग्रस्त तुल्याएको छ। माओवादीले जनयुद्ध र एकथरीले आतङ्ककारी क्रियाकलाप भन्ने गरेको सशस्त्र युद्धले नेपाली राजनीति र समाजलाई भित्रैदेखि हल्लाउनुलाई नै उपलब्धि मँन्नु एउटा पक्ष हुनसक्छ, तर यसको नकारात्मक प्रभावको मूल्याङ्कन अहिले कसैले नगरे पनि भोलिका इतिहासले गर्ने विश्वास गर्न सकिन्छ। यहाँ दसवर्षे सशस्त्र युद्धको समीक्षा या चर्चा गर्न खोजिएको होइन, माओवादीको सर्वशक्तिमान नेता प्रचण्डबाट भएका, उहाँले महसुस नगर्नु भए पनि हामीले देखेका दसवटा गल्तीहरूको चर्चा गर्ने प्रयास गरिएको छ। माओवादी अध्यक्ष प्रचण्डका गल्तीहरूबारे चर्चा गर्दा कसैकसैले युद्धकालमा भारतलाई आश्रयस्थल बनाउनु र नयाँदिल्लीमा बसेर बाह्रबुँदे सम्झौता गर्नुलाई पनि गम्भीर गल्तीका रूपमा उल्लेख गर्ने गरेका छन्। तर, यहाँ बाह्रबुँदे सम्झौतायता र अझ लोकतन्त्र स्थापनायता प्रचण्डबाट भएका गल्तीहरूबारे मात्र उल्लेख गर्न खोजिएको छ।
गल्ती नं. १– विगतमा जो–जसले नाराका रूपमा गणतन्त्र या संविधानसभालाई अघिसारेको भए पनि मागका रूपमा मुद्दा उठाएर उपलब्धि हासिल गर्ने सम्पूर्ण जस (यस) चाहिँ माओवादीलाई नै जान्छ। माओवादीकै कारण देशमा संविधानसभा र गणतन्त्र स्थापना हुन पुगेको हो भन्न कञ्जुस्याइँ गर्नु भनेको सूर्यलाई हत्केलाले छेक्नु मात्र हो भन्न सकिन्छ। आजभन्दा पाँच वर्षअघिसम्म कसैले कल्पनासम्म गर्न नसकेको उपलब्धि मित्रराष्ट्रकै निर्णायक सहयोगमा सही– माओवादीले हासिल गर्योस। तर, संविधानसभा, गणतन्त्र र आफ्नै नेतृत्वमा सरकारसमेत प्राप्त गरिसकेपछि प्रचण्डले यसलाई जनयुद्धको महान् उपलब्धिका रूपमा स्थापित गर्न सक्नुभएन या चाहनुभएन। गणतन्त्र र संविधानसभा बुर्जुवा राजनीतिक माग भएको व्याख्या गर्दै आफूहरू यहाँबाट पनि छलाङ मारेर माओ र स्टालिनको जस्तो 'क्रान्ति' गर्न प्रतिबद्ध रहेकोे बताउन थालेपछि माओवादी पार्टी र प्रचण्डप्रति सिङ्गै संसार सशङ्कित हुन पुग्यो। यसरी एकतिर माओवादीइतर संसारले प्रचण्डलाई शङ्काको दृष्टिले हेर्न थाल्यो भने अर्कोतर्फ आफ्नै पार्टीका समर्थक एवम् कार्यकर्ताहरू पनि क्रान्ति अझै बाँकी रहेको 'भ्रम'मा परे र रचनात्मक कामप्रति उनीहरू उदासीन रहे। यदि गणतन्त्र स्थापना, संविधानसभा र आफ्नो नेतृत्वमा सरकार हुनुलाई महान् उपलब्धिका रूपमा स्थापित गर्दै अब मुलुकलाई आर्थिक रूपमा समृद्ध तुल्याउने क्रान्तिको चरणमा प्रवेश गर्ने भनी रचनात्मक क्रियाकलापका लागि कार्यकर्तापङ्क्तिलाई पे्ररित गरिएको भए मुलुकमा दिगो शान्ति स्थापनाको सम्भावना बढ्ने त छँदै थियो, मुलुक र माओवादीका निम्ति पनि यो हितोपयोगी हुन सक्थ्यो।
गल्ती नं. २ – हत्या र हिंसा सैद्धान्तिक रूपमा नै त्याज्य विषय हुन्। हिंसाको पक्षपोषण सामान्य मानसिकताले गर्न सक्दैन। जुनसुकै नाममा जसले जहिले रचे पनि हिंसा भनेको हिंसा नै हो, यसले मूलरूपमा प्राणीको रगत बगाउँछ र जीवनलाई खलबल्याउँछ। दसवर्षे युद्धका क्रममा बाँदरमुढे (चितवन) घटना लगायत अनगिन्ती अमानवीय घटना भएका थिए। मूल राजनीतिक प्रवाहमा सामेल हुँदै शान्तिसम्झौतामा आएपछि प्रचण्डले युद्धकालका अमानवीय घटनाका लागि जनतासँग क्षमा याचना गर्नुपर्थ्यो। एउटा महान् राजनीतिक परिवर्तनका निम्ति हिंसाको सहारा लिनुपरेको भए पनि यसलाई एउटा अन्तिम बँध्यताका रूपमा चित्रण गर्दै आइन्दा आफूहरूले पनि कुनै पनि रूप र मात्राको हिंसात्मक क्रियाकलाप नगर्ने प्रतिबद्धता प्रकट गरेको भए त्यसले जनतामा माओवादीप्रति सकारात्मक सन्देश प्रवाहित गर्न सक्थ्यो। यही क्रममा एउटा राजनीतिक उद्देश्यका लागि लडेका योद्धाहरूको उच्च सम्मान गर्दै उनीहरूलाई राजनीतिक एवम् रचनात्मक कार्यमा सहभागी गराउने र राज्यलाई सम्पूर्ण हातहतियार बुझाउने कार्य गरेको भए देशमा हिंसा निरुत्साहित हुने परिस्थिति निर्माण हुन सक्थ्यो र माओवादीप्रतिको विश्वास पनि यसले बढाउँथ्यो। माओवादीले हतियार र हिंसाकै बलमा उपलब्धि हासिल गरेपछि मुलुकमा हिंसाको सहारामा आफ्नो राजनीतिक महत्वाकाङ्क्षा पूरा गर्न चाहनेहरूको सङ्ख्या ह्वात्तै बढेको छ। त्यस्तै मुलुकमा अराजकता र अशान्तिपूर्ण क्रियाकलाप बढ्दै जानुको कारण पनि माओवादी युद्ध विसर्जनको प्रक्रियामा त्रुटि रहेकोले हो भन्न सकिन्छ।
गल्ती नं. ३– युद्धकालमा आफ्नो पक्षमा मर्न तयार मानिस जुटाउने अभिप्रायले हुनसक्छ– प्रचण्डले जातीय तथा क्षेत्रीय मुद्दाहरूलाई उच्च प्राथमिकताका साथ उठाउनुभयो। मान्छे जुटाउने जस्तो तुच्छ अभीष्ट पूर्तिका लागि जातीय आधारमा मानिसलाई उचाल्नु र सङ्गठित गर्नु प्रचण्डको गम्भीर गल्ती थियो। लोकतन्त्र स्थापनापछि पनि प्रचण्डले जातीय तथा क्षेत्रीयताको नारा लगाउन छोड्नुभएको छैन, जसले देशको बनिबनाउ सामाजिक सद्भाव र देशको राष्ट्रिय एकतालाई दूरगामी असर पर्नेगरी बिथोलेको छ। प्रचण्डको यो गल्तीलाई सायद इतिहासले अक्षम्य गल्तीका रूपमा परिभाषित गरिरहनेछ– यदि देश बाँचिरह्यो भने।
गल्ती नं. ४– प्रचण्डको अर्को ठूलो गल्ती सङ्घीयतामा देशलाई लैजान प्रयत्न गर्नु हो। एकात्मक पद्धतिमा ढलिसकेको र एकात्मकताको सुदृढ अभ्यास गरिसकेको मुलुकको सार्वभौमिकता खण्डित गर्ने जुन सोच प्रचण्डले अघि सार्नुभयो यो आफैंमा कति विषाक्त छ भन्ने बुझ्न अब उहाँले पनि लामो प्रतीक्षा गर्नुनपर्ला। नेपाल र नेपालीको हित प्रतिकूल आएको यो सङ्घीयताको अवधारणाले राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमिक अखण्डतालाई अत्यन्त प्रतिकूल असर पार्ने निश्चित छ। विश्वव्यापी अवधारणा र असरबारे बिनाअध्ययन सङ्घीयताको अवधारणा ल्याइनुको रहस्य स्पष्ट हुन केही समय प्रतीक्षा गर्नुपरे पनि यो आफैंमा कति अनुचित छ भन्ने स्पष्ट हुन लामो समय प्रतीक्षा गर्नुपर्ने छैन।
गल्ती नं. ५– शान्तिसम्झौतासँगै विगतमा माओवादीद्वारा कब्जा गरिएका घर, जग्गा तथा सम्पत्ति फिर्ता नगर्नु या गराउन नसक्नु प्रचण्डको अर्को त्रुटि हो। जसका कारण माओवादीविरुद्ध समाजमा एउटा मुद्दा जीवित रहिरह्यो भने माओवादीको नियत गलत देख्नेहरूले पनि सधैं भन्ने ठाउँ पाइरहे, अझै पाइरहेका छन्। त्यसो त अर्काको सम्पत्ति कब्जा गर्नुलाई कुनै पनि सभ्य समाज, व्यक्ति र राजनीतिले जायज भन्न पनि चाहँदैन भन्न सकिन्छ।
गल्ती नं. ६– खुला र उदार अर्थ–प्रणालीलाई निषेध गर्दै जाने र मजदुरहितको नाममा उद्यमी एवम् व्यवसायीहरूलाई हतोत्साही गर्नु प्रचण्डको गम्भीर त्रुटि हो। यो त्रुटिका कारण देशको आर्थिक गतिविधिलाई प्रतिकूल असर पर्न गयो भने माओवादीप्रति सन्देह गर्नेहरूले आफ्नो धारणा सही भएको पुष्टि गर्ने आधार पाए। देशमा लगानीमैत्री वातावरण बन्न नसक्नु र स्वदेशी तथा वैदेशिक लगानीकर्ताहरू तर्किनुको मूल कारण पनि माओवादीको अर्थनीति नै हो।
गल्ती नं. ७– संविधानसभाको चुनावपछि पनि सरकार परिवर्तनलाई भन्दा संविधान निर्माणलाई उच्च प्राथमिकता दिने काम गर्न नसक्नु प्रचण्डको अर्को एउटा कमजोरी हो। त्यसबेला गिरिजाप्रसाद कोइरालाकै नेतृत्वको सरकारलाई निरन्तरता दिने निर्णय प्रचण्डबाट भएको भए माओवादी सत्तामोही होइनन् भन्ने सन्देश जनसाधारणमा सजिलै पुग्थ्यो, राष्ट्रिय सहमतिको राजनीतिक स्थिति यथावत् रहन्थ्यो र संविधान निर्माणले उच्च प्राथमिकता पाउन सक्थ्यो। त्यस्तो अवस्थामा सत्ता र संविधान निर्माणमा माओवादीको 'बार्गेनिङ पावर' बढ्ने र उसले चाहेअनुरूपको संविधान बन्ने विश्वास गर्न सकिन्थ्यो।
गल्ती नं. ८– राष्ट्रपतिको चयनमा पनि प्रचण्डले गल्ती नै गर्नुभएको हो। राष्ट्रपतिमा गिरिजाप्रसाद कोइरालालाई समर्थन गरिएको भए राष्ट्रिय सहमतिको राजनीति जीवित रहने थियो र प्रचण्ड सरकार आफ्नो अभीष्ट पूरा गरेर मात्र बाहिरिने स्थिति हुन सक्थ्यो। लोकतन्त्र स्थापनापछि निर्मित राष्ट्रिय सहमतिको वातावरण बिग्रनुमा यही घटना–सन्दर्भ मूल कारण बनेको हो।
गल्ती नं. ९– प्रचण्डको नवौं गल्तीका रूपमा असमयमै सेनापति परिवर्तनको प्रयासलाई लिन सकिन्छ। केही सीमित महिना मात्र कार्यकाल बाँकी रहेको सेनापतिको परिवर्तनलाई उहाँले यति ठूलो प्राथमिकतामा राख्नुभयो कि सिङ्गै संसार उहाँ र माओवादी पार्टीप्रति सचेत र सशङ्कित हुन पुग्यो। राष्ट्रिय सेनालाई अस्तव्यस्त बनाउन लागेको र सेनालाई कब्जामा लिन लागेकोजस्ता आरोप पनि प्रचण्डले यही प्रकरणमा खेप्नुपर्योि। अन्ततः सरकारबाट बाहिरिनुपर्ने कारण बनेको सेनापति प्रकरण ननिम्त्याएको भए राष्ट्रिय राजनीतिमा यति ठूलो हलचल पैदा हुने थिएन र प्रचण्डले प्रधानमन्त्री पद पनि असमयमै त्याग्नुपर्ने थिएन।
गल्ती नं. १०– प्रचण्डको दसौं गल्तीचाहिँ उहाँले आफैं प्रधानमन्त्री पदबाट राजीनामा दिनु हो। प्रचण्डले आफूलाई राजनीतिक रूपमा इमानदार र नैतिकवान देखाउनभन्दा पनि सबैलाई अप्ठ्यारोमा पार्न र आफ्नो स्थितिलाई पहिलेभन्दा सुदृढ एवम् सबल तुल्याउन राजीनामा दिनुभएको अनुमान धेरैले गरेका थिए। वास्तविकता जे भए पनि राजीनामा दिनु एउटा गल्ती नै थियो भन्ने कुराको दिन प्रतिदिनका घटनाक्रमहरूले पुष्टि गरिरहेका छन्। प्रचण्डले राजीनामा दिनुहुँदा त्यसबेला गैरमाओवादी कित्ताले 'कूचो लगाउनुपर्ने कसिङ्गर हावाले उडाएको' भनी टिप्पणी गरेका थिए र अझै गर्दै छन्। वैदेशिक सम्बन्धलाई सन्तुलित गर्न नसक्नुलाई पनि कतिपयले प्रचण्डको त्रुटिका रूपमा लिएका छन्। खासगरी भारत र चीनसँगको सम्बन्धमा उत्पन्न असन्तुलनले प्रचण्ड र माओवादीको राजनीतिक भविष्य अनिश्चित तुल्याउँदै लगेको विश्वास राजनीतिक विश्लेषकहरूले गरेका छन्।
साभार नेपालमदर पत्रिकाबाट
ठोक्दिएँ मुद्दा मैले त परमानन्द झाविरुद्ध
नवराज न्यौपाने
सर्वोच्च अदालतले हिन्दी भाषामा लिएको शपथ गैर संवैधानिक भएको फैसला गरेपछि सर्वोच्च अदालत र न्यायाधीशहरुविरुद्ध नै तीव्र आक्रोश पोख्दै अन्तर्वार्ता दिइरहेको देखेपछि मलाई सहिसक्नुभएन। त्यसैले आज गएर मुद्दा ठोकिदिएँ मैले त परमानन्द झाविरुद्ध। रिट दर्ता नम्बर WO- 0042 रहेको छ। कहिलेसम्ममा यसको फैसला होला, त्यो थाहा छैन। तर मैले माग भने झालाई हदैसम्मको कारबाही हुनुपर्ने गरेको छु। रिटको पूर्ण विवरण पढ्न भित्र आउनुस्।
श्री सर्वोच्च अदालतमा २०६६ साल साउन १३ गते दर्ता नं WO—००४२ मा दर्ता गरिएको रिटको पूर्ण विवरण
श्री सर्वोच्च अदालतमा चढाएको
निवेदन पत्र
विषयः अधिकार पृक्ष्याको आदेश जारी गरिपाउँ ।
का.जि.का.म.न.पा. वडा नं १५ बस्ने वर्ष २८ को नबराज न्यौपानेको
वारिस र आफ्नो हकमा समेत का.जि.का.म.न.पा. वडा नं ३२ बस्ने
बर्ष ४५ को विष्णुप्रसाद बाँस्तोला ……१ निवेदक
विरुद्ध
उपराष्ट्रपति श्री परमानन्द झा, उपराष्ट्रपतिको कार्यालय, बहादुर भवन, काठमाडौं ….. १
राष्ट्रपति श्री डा. रामवरण यादव, राष्ट्रपतिको कार्यालय, शितल निवास, काठमाडौं ….. १
श्री नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबार, काठमाडौं … १
नेपाल सरकार व्यवस्थापिका संसद सचिवालय, सिंहदरबार, काठमाडौं ………………… १ विपक्षी
हामी निवेदकहरु रु ५००/- दस्तुर तिरेको निस्साको रसिद राखी निम्न प्रकरणमा माग निवेदन गर्दछौं-
१) हामी निवेदक दुवै लामो समयदेखि आफ्नो क्षेत्रगत व्यवसायको माध्यमबाट देश र जनताको हितका खातिर सार्वजनिक हक र सरोकारको विषयमा कलम चलाउँदै आइरहेका नेपाली नगारिक हौं । सार्वभौम र राजकीय सत्ता सम्पन्न नेपाली जनताद्वारा संवैधानिक प्रावधान बमोजिम निर्वाचित भएका राष्ट्रपति र उपराष्ट्रपतिले सम्वत २०६५ साल श्रावण ८ गते अपरान्ह चार बजे गरे गराएको शपथ ग्रहणमा राष्ट्रपति श्री डा. रामवरण यादवले प्रधानन्यायाधिश समक्ष नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३६ (२) मा भएको व्यवस्था बमोजिम तोकिएको भाषामा शपथ बाचन र हस्ताक्षर गरेता पनि श्री परमानन्द झाले हिन्दी भाषामा रुपान्तरण गरि शपथ बाचन गर्नु भई हस्ताक्षर गर्दा भने नेपाली भाषा देवनागरिक लिपीमा नै गनु भएको थियो । सार्वजनिक जवाफदेहिको पदमा बस्नाका लागि सपथ लिने व्यक्तिले राष्ट्रको सर्वोच्च कानुन संविधानमा भएको व्यवस्था बमोजिम शपथ लिनुपर्नेमा भाषा परिवर्तन गरि लिनु भएको शपथ ग्रहणले उहाँमा सार्वजनिक जवाफदेहिताको पद लिन योग्यता पुगेको देखिदैन । साथै निजले शपथ ग्रहण असंवैधानिक तरिकाले गरेको भन्दै यस सर्वोच्च अदालतमा परेको रिटमा सम्मानित अदालतबाट सम्वत २०६६ साउन ९ गते निजले २०६५ साउन ८ गते हिन्दी भाषामा लिएको शपथ असंवैधानिक ठहर गरिसकेपछि पुनः नेपाली भाषामा शपथ लिएर स्वतन्त्र न्यायालयको सम्मान गर्नुपर्नेमा त्यसो नगरी उल्टै सम्माननित अदालतलाई ‘षडयन्त्रकारी’को संज्ञा दिएर, फैसला गर्ने न्यायाधिशमाथि तथानाम गाली गलौज गर्दै नेपालको अन्तरिम संविधान २०६३, स्वतन्त्र न्यायालयमाथि नै चुनौति थप्ने काम गर्नुभएको छ । यसरी संविधानको खिल्ली उडाउने, स्वतन्त्र न्यायालयको मान हानी गर्ने, फैसला गर्ने न्यायाधिशलाई तथानाम गाली गलौज गर्ने जस्ता घृणित कार्य गर्ने व्यक्ति नेपालको उपराष्ट्रपतिमा रहन योग्य हुन हुनुहुन्न । त्यसकारण निज श्री परमानन्द झालाई अधिकार पृक्ष्याको आदेश जारी गरी पदबाट मुक्त गरियोस् ।
२) राष्ट्रपति श्री डा. रामवरण यादवले समेत श्री झाको सम्बन्धमा सम्मानित अदालतबाट जारी भएको आदेश पालना गर्न गराउन ढिलासुस्ती गरी सार्वभौम र राजकीय नेपाली सत्ता सम्पन्न नेपाली जनताको अधिकार र नेपालको अन्तरिम संविधान २०६३ को खिल्ली उडाउनु भएको छ । सम्मानित अदालतले २०६६ साउन ९ गते उपराष्ट्रपति श्री परमानन्द झाले पद बहाल अघि हिन्दी भाषामा लिनु भएको शपथ असंवैधानिक ठहर गरिसकेपछि निज वैधानिक उपराष्ट्रपति रहनुभएन । निजले उपराष्ट्रपतिको हैसियतमा कार्यालय गई कुर्सीमा बस्नेलगायतका कुनै पनि काम कारवाही गर्न नपाउनु पर्नेमा त्यसो नगरी दैनिक रुपमा कार्यालय गई हाजिर समेत गरी उपराष्ट्रपतिको हैसियतमा काम कारवाह गर्नुभएको छ । निजको यो असंवैधानिक कार्यमा राष्ट्रपति श्री डा. रामवरण यादवले कुनै चासो दिनु भएको देखिएन । नेपाल राज्यको राज्यप्रमुखको हैसियतले राष्ट्रपति पदमा बहाल रहनुभएका डा. रामवरण यादवले आफू मातहतमा रहनु भएका झालाई नेपालको अन्तरिम संविधान २०६३ को धारा १ को उपधारा (२) को पालना गरी असंवैधानिक कदमलाई सच्याउन कुनै पहल नगर्नु संविधानको पालना गर्नुपर्ने दायित्व पूरा नगरेको ठहर्छ । यसकारण हामी निवेदकहरु निज राष्ट्रपति श्री डा. रामवरण यादवलाई समेत अधिकार पृक्ष्याको आदेश जारी गरियोस् भन्ने माग गर्दछौं ।
३) नेपाल राज्यको सरकार चलाइरहेका सम्मानीय प्रधानमन्त्री श्री माधव कुमार नेपाल, मन्त्रिपरिषद्ले उपराष्ट्रपति श्री परमानन्द झाले गैरसंवैधानिक तरिकाले कामकाज गरिरहादा पनि मौन बसि त्यस्तो गैर संवैधानिक कार्यको साक्षी बसेका छन् । नेपाल राज्यको कार्यकारी अधिकार प्राप्त प्रधानमन्त्री र मन्त्रिपरिषदको कार्यालयसमेतले शपथ ग्रहण नगरी काठमाडौं जिल्ला कान्तिपथस्थित बहादुर भवनमा रहेको उपराष्ट्रपतिको कार्यालयमा गई अनाधिकृत व्यक्तिले कार्यभार सम्हालिरहादा पनि प्रधानमन्त्रीको कार्यालय, मुलुकको प्रशासन हेर्ने गृहमन्त्रालयले कुनै पनि रोकथाम नगरेको देखियो । यसबाट वर्तमान मन्त्रिपरिषद उपराष्ट्रपतिको असंवैधानिक कदमप्रति सहयोगी देखियो । त्यसकारण यस सम्मानित अदालतबाट २०६६ साउन ९ गते भएको फैसला कार्यान्वयन नगराउने मन्त्रिपरिषदविरुद्ध अधिकार पृक्ष्यको आदेश जारी गरी पाऊ ।
४) श्री व्यवस्थापिका संसद र सभासदहरु पनि उपराष्ट्रपतिको असंवैधानिक कदमप्रति उदासिन रहेका छन् । किनकि यस्ता असंवैधानिक कार्य गर्ने उपराष्ट्रपतिको कार्यलाई महाअभियोग लगाई निस्कासन गर्नु पर्नेमा निजलाई निस्काशन नगरी उल्टै गैर संवैधानिक काममा सहयोगीको भूमिका निर्वाह गरिरहेका छन् । नेपालको अन्तरिम संविधान पालनकर्ता मानिने उपराष्ट्रपति पदको निर्वाचनमा अयोग्य, स्वतन्त्र न्यायालयमाथि नै चुनौति दिने, संविधानको खिल्ली उडाउने व्यक्तिलाई पदमा निर्वाचित गरेकोले व्यवस्थापिका संसदमा सभामुख श्री सुवासचन्द्र नेम्वाङ र व्यवस्थापिका संसदका सबै सभासदलाई अधिकार पृक्ष्यको आदेश जारी गरिपाऊ ।
५. विपक्षी श्री परमानन्द झालाई नेपाली नागरिक भएर उहाँको निजी विचार, व्यक्तिगत भाषा, जातीय भाषा बोल्ने हक छ । तर, वहाँलाई सार्वजनिक जवाफदेहिताको पद धारणा गरि सार्वजनिक हितको लागि आम नेपाली जनताको समर्थनबाट बनाइएको नेपालको अन्तरिम संविधानको प्रावधान अनुसार नेपाली भाषामा शपथ लिन लगाइदा उल्टै सम्मानित अदालत र न्यायाधिशमाथि नै आँच आउने गरी अभिव्यक्ति दिनु, नेपाली भाषा नै बोल्न जान्दिन भन्नु जस्ता गैरजिम्मेवार कार्य गर्ने अधिकार छैन । २०६६ साउन ९ गते सर्वोच्चबाट भएको फैसलासागै उहाँले नेपाली भाषामै विभिन्न सञ्चार माध्यमहरुमा ‘म नेपाली भाषा बोल्न जान्दिन कसरी शपथ लिनु ?’ भन्दै कानुनी राज्यको उपहास गर्नुभयो । उहाँ संविधानको भावना, मर्म र नेपाली जनताको भावना र मर्म बुझ्न असमर्थ हुनुहुन्छ । हिमालमा बस्ने शेर्पा, पहाडमा बस्ने तामाङ, नेवार, राई लिम्बु, गुरुङ, मगरदेखि तराईका मैथली, भोजपुरी, मगधी र हिन्दी भाषा बोल्ने जनताका सम्मानित
उपराष्ट्रपति पदमा बस्ने व्यक्तिले शपथ खाँदा जनताको नाममा आमजनताले बुझ्ने गरी, सरल भाषामा शपथ खानुपर्नेमा जातीय स्वार्थको लागि, दलगत स्वार्थको लागि, छिमेकी देशलाई रिझाउने उद्देश्यले, अन्त्यन्तै थोरै जनताले मात्रै माृतभाषाको रुपमा प्रयोग गर्ने र विदेशीको राष्ट्रिय भाषा समेत रहेको ‘हिन्दी’ मा शपथ लिनुले उहाँ देशमा जातीय हिंसा भड्काएर अराजकता निम्त्याउने, नेपालको अस्तित्व नामेट पार्ने कार्यमा संलग्न रहेको स्पष्ट हुन्छ । साथै निज श्री परमानन्द झाले २०६६ साल साउन ११, १२ र १३ गते नेपाल सरकार उपराष्ट्रपतिको कार्यालय बहादुर भवन, कान्तिपथमा गई हाजिर गर्ने तथा दैनिक काम काजसमेत गरिरहनु छ । वैधानिक शपथ ग्रहण नगर्ने श्री परमानन्द झालाई उक्त कार्यालयमा गई कामकाज गर्ने अधिकार छैन, आजैका मितिदेखि निजलाई उपराष्ट्रपतिको कार्यालयमा गई दैनिक कामकाज नगर्न नगराउन विपक्षीका नाममा अन्तरिम आदेश जारी गरि पाऊ । साथै जनताको अपमान गर्दै, धम्कीपूर्ण भाषा कान्तिपुर टेलिभिजन, बिबिसी नेपाली सेवा, एभिन्यूज टेलिभिजनलगायतका विभिन्न सञ्चारमाध्यमहरुमा प्रयोग गर्नुभएको हुँदा ति सञ्चार माध्यमहरुबाट प्रमाणहरु झिकाई प्रमाण लगाई पाऊ । उहाँले गर्नुभएका कार्य प्रमाणित भएमा निज श्री परमानन्द झालाई हदैसम्मको दण्ड जरिवनाको लागि अधिकार पृक्ष्यको आदेश जारी गरी पाऊ ।
६. यस सम्बन्धमा लाग्ने नजिरहरु प्रमाणमा लगाई पाऊ ।
क) केशवप्रसाद भट्टराई विरुद्ध म.प.सचिवालय, ने.का.प. २०५२, पृष्ठ ३०६, नियम नं ५०८४ ।
ख) अमृतप्रसाद खाँड विरुद्ध समाजिक सेवा राष्ट्रिय समन्वय परिषद, ने.का.प. २०५१, पृष्ठ ४६३, नियम नं ४९३३ ।
६. यो निवेदन पत्र दायर गर्ने हक सार्वभौम नेपालीलाई भए सरह हामी निवेदकलाई पनि नेपालको अन्तरिम संविधान २०६३ को धारा ३२ बमोजिम संवैधानिक उपचारको हक छ ।
७. यो निवेदन सुन्ने अधिकार नेपालको अन्तरिम संविधान २०६३ को धारा १०७ को उपधारा -२) बमोजिम यसै सम्मानित सर्वोच्च अदालतको विशेषाधिकार क्षेत्र भित्र पर्दछ ।
८. कानुन व्यवसायी मुकरर गरेको छैन । पछि मुकरर गर्ने कानुन व्यवसायीको बहस बुँदालाई यसै निवेदनको अंग मानि पाऊ ।
९. यस लेखिएको व्यहोरा ठीक साँचो छ । झूठा ठहरे कानुन बमोजिम सहुला बुझाउँला ।
निवेदकहरु
विष्णुप्रसाद बाँस्तोला
पत्रकार नबराज न्यौपाने
इति सम्वत २०६६ साल साउन १३ गते रोज ३ शुभम् …………………………………………………………………………
|
काठमाण्डौबाट खग्रास सूयग्रहणः खगोलिय परिघटनाको रुपमा रहेका बुधबारको खग्रास सूर्यग्रहण काठमाण्डौमा मौसमको कारण फाटफुट रुपमा ९६ दशमलब ६ प्रतिशत देखिएको ग्रहणका केही रोचक तस्बीरहरु। |
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
फोटो: राजेश डि.सी. |
एउटा नदी बारीबाट पारि नदेखिने मान्छे हिडेको नदेखिनेगरी बगिरहेछ अनि म छु र सिर्फमेरो अतित छ वारिपारि डुँगा चलिरहेछ । बोटेहरु नाउँ खियाउँदा खियाउँदा सुस्त मनस्थितिमा छन् । धाम डुब्नेबेला छ । केही टाढा हरियो खेत र चौर छ । अलिपरिति बजार छ । बजार भरी सकेर नाउ तर्ने मान्छेहरुको भिड छ । नदी पारी ठूलो बजार छ । पसलहरु छन् । स्कूल अफिस र पुलिस चौकी छ । वारीको जस्तै पारी छैन । सदरमुकामको नजिकै भए पनि यो उति सारो चहलपहल नभएको गाउँ हो । मान्छेहरु शिक्षित छन् अनुभवी छन् । तर गाउँ पिछडिएको छ । वारीको चेलिबेटी पारी बिहे गरेर पर्ठाईन्छ पारीको पारी ल्याइन्छ । नाता सम्बन्ध साथी भाई आवत जावत पारी वारी चलिरहन्छ डुँगा। तर्न लाईन बस्नु पर्छ । यात्रु धेरै छन् । डुँगा एउटा छ पालो-पालो तर्नु पर्ने अवस्था छ । डुँगा खेप लगाई रहन्छ । म आफ्नो पालो पर्खेर भुइको बालुवा खुट्टाले खेलाईरहेकी छु । घरमा छोडेर आएका लालाबालको सम्झनाले सताइ रहेको छ । ती लालावालाई छोईर माईत आएको चार पाँच दिन भइृसकेको छ । आमा विरामी भएर खबर पठाएकोले आएको छु । आफ्नी आमाको न्यानो काख छोडेर पर्राईको आँगनमा पाइला टेके देखि साँच्चै भर्नु सारा दुनियाँ बदलिदो छ । आफ्नो आफन्त जस्तै छैनन् । साथी भाई विराना छन् । यो ठाउँ यो वातावरण आफ्नो जस्तो छैन । जन्मदै खेल्दै आएको यो चौर यो गाउँ सबै-सबै विरानो छन् । आफूलाई शिर देखि पाउसम्म हेर्न मन लाग्छ, हेर्छु म । आफूलाई आफू हुँ भन्न पनि लाज लाग्छ । हुनु त मनै हुँ । फरक कति छ । त्यति बेलाको १३-१४ वर्षो धपक्क बलेको अनुहार । फ्रक लगाएर हिड्दा पुतली नाचे जस्तो लाग्ने वैश आहा । कति रमाईला थिए ति दिनहरु । कहाँ पहिलेको कहाँ अहिलेको । यो गुन्टा चोलि टाउकामा मजेत्रो कम्मरमा १२ हाते पटुकी आकास पतालको फरक । आफ्नो जीवनमा आएको फरक टुलु-टुलु हेरिरहेको छु चुपचाप । यो वातावरण र ती दिनमा किन फरक नपाउने । मैले कहाँको ३०-३५ वषको उमेर कहाँको १३-१४ वर्ष उमेर तर म त्यो समयलाई सम्झनुबाहेक के पो गर्नसक्थेँ र । स्कूल पढेका त्यो बेला टिफिन समयमा गएर ऐसेलु अंगेरी टिपेर खान्थ्यौ । ऐँसेलुका झ्याङमा पहेला एँसेलुहरु टिप्दै, रमाउँदै उकाली ओराली गर्दाका दिनै बेग्लै । साथीहरुसँग छिल्लिदै हा, हा । र ही, ही गर्दै समय बिताउँथ्यौ । कहिले टाढाको पाखामा गएर पानी अमला खाने गर्थ्यौ । भोक लागेको बेलामा हामी काचाँ, कटमेरा पनि भन्दैनथ्यौ । साथीहरुसंग गाछी र ऊ गाछी बाँदरको जस्तै हामफाल्ने गर्दथ्यो । स्कुल आइपूग्दा कहिले घण्टी लागीसकेको हुन्थ्यो, कहिले सर पढार्इ राखेका हुन्थे । बाँदर जस्तै थियौ हामी कहिले गाउँलेको बारीमा पसेर तित्री, कागती, निबुवा टिपेर खाँदा गाउँले देखेर गाली गर्थे । कतिले त यस्तो बदमास गरेको देखेर स्कूलमा गएर भन्थे । हामी डराई डराई स्कूल भित्र छिर्दथ्यौ । कहिले काही टिफिनमा यही खोलामा आएर पौडी खेल्थ्यो सबैलाई पौडी खेल्न आउथ्यो । हाम्रो खेलमा कहिले काही केटाहरु आएर बाधा पुर्याई दिन्थे । हामी लजाउँदै लुगा लगाएर भाग्थ्यौ । हाम्रो ग्रुपमा सबै भन्दा राम्री म थिएँ । सबैकेा नजरमा हाई हाई नै थिएँ कत्रो शान थियो त्यो बेला । झन केटाहरु त भुतुक्कै हुन्थे मदेखि । आज मलाई ति दिन सपना जस्तै लागि रहेछ । यी मेरा खोपिल्टा परेका आँखा, दाउरा जस्ता सुकेका पाखुरा, मुरली जस्तो सिकुटे कम्मर, धमिला र अर्धाना लुगाहरु । हरे यो मेरो गती म आफैलाई चिन्न सक्छिन् । कहाँदेखि शुरु भएर कहाँ टुंगिन्छ यो जीवन यात्रा कसले जान्दछ र मेरा बा-आमाले त्यस्तो धपक्क बलेकी आज यस्तो गती होला भन्ने के ठानेका होलान र । राम्रै ठाउँमा दिउला राम्रै होला भनेर नै प्रयास गरेकै थिए होलान् । तर मेरो भाग्य नै यस्तो रहेछ भन्नु पर्छ । त्यतिबेलाका मेरो साथी पढेर कस्ता भए होलान् । कहाँ पुगे होलान म चाहि यही नदीको वारी र पारि ।
यौटा जड्याहा लोग्ने छ । कचकचे सासु र कुकुरका छाउरा जस्ता भन्टयाङ भुन्टुङ तर्दा तर्दै पल्टेर मर्न पाए पनि हुन्थ्यौ जस्तो लाग्छ म अभागी लाई -कहिले त यस्तै सोच्छु) । आज मलाई किन उसको याद आईरहेछ । रमेश, मेरो रमेश । होइन होइन ऊ त अर्काको पो भईसक्यो त ऊ मेरो रमेश कहाँ हो र कसरी भयो र के प्रेम गर्दैमा सबै आफ्नो हुन्छ र - मेरो भन्नु त यही जड्याहा लोग्ने हो । उसकै जिन्दगी बाँचिरहेकी छु । यसकै पापका थुप्राहरु बटुली रहेको छु । हेरक वर्षऊ मलाई एउटा न एउटा पापको पोको थमाउन आउँछ । ऊ आफूलाई महान ठान्छ तर म उसलाई पापी सम्झन्छु । उसको जिवन नै मेरा लागि श्राप हो - उसका रंगीन साँझहरु बोतलमा मिसिएर ग्लासमा आएर पोखिरहेका हुन्छन् । गिलास रितिदै जान्छ उ भरिँदै जान्छ । चरम सिमामा पुगेपछि सकिनसकि घर आएर म मा रितिन्छ लचार छु विवश छु । कसलाई भनौ यी कुराहरु । रमेश मेरो बन्न चाहन्थे । म उसकी भएर बाँच्न चाहन्थे । स्कुलका कतिपय स्कूलको घण्टी छोडेर हामी टाढा गएर घन्टौ सम्म कुराकानी गरिरहन्थ्यौ। तिम्रो र मेरो भावना कति मिल्दथ्यो । कति माया गर्दथ्या । हामी एक अर्कालाई तिम्रो मायामा मैले संसार भुलेकी थिए । हामी सँग-सँगै पढेर आउने दिनका सपना रंगीन बनाउने दृढ संकल्प गरेका थियौ । तिमी पढार्इमा तेज थियौ म अलि लोसे खालकी थिएँ । त्यसैको फाइदा मेरा बा-आमाले उठाए र एउटा नदी पारिको केटो बोलाएर टीका लगाई दिए । त्यतिबेला तिमी गाउँहरुमा थिएनौ । कुनै काम बस शहरतिर गएका थियौ । टिका मात्र लगाएर तिमी सित भइने निधो गरेको थिएँ । तर बाध्यता बस म माइतीको आँगनबाट अन्माइए । रुदै-रुदै पराई घर जानु बाहेक मसँग अरु केही उपाए थिएन । एकदिन दुइ दिन गर्दै खोला बगे जस्तो बग्ने क्रममा तिन चारवटा लालावालाई जन्म दिए । जस्तो सुकै नरकमय भए पनि पराई घरमा नै गोरु जोती झै जोतिन थाले । तिमीलाई मुख देखाउने डरले म माइत नै आउन छाडे । तिमीलाई भनेर सोचको यो जीवन एउटा पापी जड्याहालाई सुम्पिन बाध्य भएँ । रमेश तिमी कहाँ छौ - त्यो त मलाई थाहा छैन् । आखिर विधिको विधान पनि अचम्मकै रहेछ । आज म यही नदी देखेर तिमीलाई सम्झीरहेकी छु । यो बगीरहेको पानीले आज पनि मलाई तेरो रमेश खोई भनेर सोधीरहेछ - तर तिमी त आउँदैनौ । म यो खोला तर्न विवश छु । डुँगा नजिकै आउँछ म तरेर पारिजान लागेकी छु । थाहा छैन यो डुँगाले कुन किनारामा लगेर छाडी दिन्छ ।
रवि कुमार गौतम
हाल बलादईराक
हजारौ हजार तिता मिठा शब्दहरु यो मन मस्तिकको अन्तर कन्दराबाट प्रकट भईदिदा यो निर्जिव रुपी कलमको माध्यमबाट अर्थ पुर्ण जिन्दगीको भावपुर्ण परिकल्पनामा कुशलताको कामना गर्दै उज्जवल भविष्यको मिठो सपना बुन्दै लामो जिवनको छोटो यात्रामा मायालुको यादमा प्रदेशी जिवन विताउने चेस्टा गरिरहेको छु ।
शायद श्वास प्रश्वासको प्रक्रियामा बम र बारुदको धुलो र धुवाँलाई अग्रस्थान दिदै धनाड्य बन्ने चाहानामा यो उराठ लाग्दो मरुभुमिमा १२ घण्टा काममा जोतिएर पनि आत्मीय मायालुलाई नजिक बनाउन नसके पनि भौतिक रुपमा मायाको शब्दजाललाई टाडा बनाएर दिन प्रतिदिन सँगमको परिकल्पना बोकेर जिवनको यात्रालाई छोटयाउदैछु । आखीर भगवान बलिदेबको लिला भनु या जे भने पनि सृष्टि कर्ताको चक्रव्युह न हो भनेर भन्नु बाहेक अरु के नै सोच्न सकिन्छ र ? हृदयमा पिडा भएर पनि देखावटिपनको सन्सारमा सदा खुशि रहि रहने यो स्वार्थी संसारमा मिठा मिठा सम्झनाका कोसेलीहरुलाई पलपलमा उब्जिएका तरेलीहरु यो सेता कोरा कागतको मैदानमा निर्जीव तर संन्सारलाई चमत्कार गर्न सक्ने र विनास पनी गर्न सक्ने शक्तिवान कलमको सहारा लिएर भावपूर्ण जिन्दगीको सुनौला रुपी यात्रालाई सुखदसमुन्नती समृद्धिको लागी सृष्टिकर्तासँग दिनहु कामना गरिरहेको छु ।
बाचा त हामीले जोडि ढुकुरको भएर जिउने खाएका थियौ तर के भनौ आखिर अदृश्य भए पनि जिन्दगीको हरेक पल हरेक कोणबाट माया र ममतामा सजाएको नै थिए जस्तो लागेको थियो । दैवको लिला भनौ या त सम