लेखक श्रेष्ठ बिजु
ईराकबाट
जिन्दगीको असफल कथा सुनाउनेलाई देख्दा मन हास्दो रहेछ
खहरे खोलाको भेल उर्लिएको देख्दा यो मन त्यसै झस्किदो रहेछ । ।
कसरी थाहा पाउने हो जिन्दगीको परिभाषा के हो भन्ने रहेछ
जिन्दगी बुज्नेलाई सिरिखंड नबुझ्नेलाई खुर्पाको बिड रहेछ । ।
परिभाषा त धेरैले दिए निचोड़ निकाल्न सक्ने कोही रहेनछ
जिन्दगीलाई बुझेर मै हु भन्नेहरु सधै भरी दोधारमा परि रहेछ । ।
जिन्दगी केही होईन भन्नेहरु पनी संसारमा हासिखेली बची रहेछ
जिन्दगीको शाब्दिक अर्थ खोज्नेहरु शताब्दिसंग सिंगारी खेली रहेछ । ।
आखिर कसरी बुझ्ने होत जिन्दगी भन्ने परिभाषा खोज्नै गार्हों रहेछ
न पिउन सक्यो जिन्दगी न त जिउन सक्यो जिन्दगी विष जस्तै रहेछ । ।
No comments:
Post a Comment