लेखक श्रेष्ठ बिजु
जोइन्ट बेस बलाद
एक देखि सुरु गरि सत्र कक्षा पास गरियो
प्रमाणपत्र बोकी बोकी धेरै ठाउमा डुलियो ।।
आफनो भन्ने कोहि थिएन रनभुलमा परियो
प्रमाणपत्र थन्काएर जिल्ला धाउन थालियो ।।
बाबु आमाको सपनालाई चक्नाचुर पारियो
सत्रौ लेवल पास गरेर पनि बेरोजगारीमा गनियो ।।
जिन्दगीलाई धिकार्दै राहदानी बनाउन लागियो
प्रदेशको सपना देख्दै मेंनपावर पो धाउन थालियो ।।
राम्रो भीसा हो भनेर दलाललाइ विश्वास गरियो
भिसा देखेर खुशी हुदै भिसाको पैसा धेरै भरियो ।।
आखिर केको विश्वास दलाल भन्ने जात नै परियो
आफ्नो भन्ने कोहि नभए पछी पढेर के नै गरियो ।।
No comments:
Post a Comment