लेखक श्रेष्ठ बिजु
जोइन्ट बेस बलाद
सयको माललाई भन्सार लगाई कसरि तिर्ने हो
यस्तो नियम प्रतिपादन गरे कसरि बुझ्ने हो ।।
गरिबको जन्म धिकार रहिछ कसरि बच्ने हो
सामन्ती शासन अझै रहेछ कसरि हास्ने हो ।।
सानीलाई चोली भुन्टेलाई जुत्ता कसरि किन्ने हो
गरिबको व्यथा कसले बुझ्ने खै कसरि जान्ने हो ।।
प्रदेशी कमाई के खानु रमाई कर तिर्दै सक्ने भो
सधैको दुख गरिबको जुनी खै कसरि बच्ने हो ।।
कानुन भन्ने गरिबलाई मात्र नेपालमा लाग्ने हो
जहाँ गए पनि गरिबको साथमा कर नै जाने भो ।।
No comments:
Post a Comment