NAMASKAR ,NAMASKAR

NAMASKAR ,NAMASKAR
WELCOME MY BLOG VIEWERS

THINK WE ARE SAME

Photobucket

नेपाली समय

"शादा जीबन उच्चा बिचार"

"शादा जीबन उच्चा बिचार"
NEPALI FLAG

नमस्कार, नमस्कार , नमस्कार

"मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे, रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे, दु:ख मा रुनु हुँदैन र सुखमा हास्नु हुँदैन रे, आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे, जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिली रहोस समयले जति नै टाढा पुर्याए पनि अबिरल यादहरु आईरहोस, पुरा होस तपाईंको मनको हरेक कामना ।।" भगवान पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।

शिव जी

शिव जी
HINDU RELIGION

महादेव पार्वती र गणेश

महादेव पार्वती र गणेश

राजा त्रिभुवनको अफिस

राजा त्रिभुवनको अफिस








Nepal's First President

Nepal's First President
Ram Baran Yadav

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

बैठक कोठा

बैठक कोठा

राजगद्दी सिहासन

राजगद्दी सिहासन

नारायणहिटी सङ्ग्राहालय

नारायणहिटी सङ्ग्राहालय
२०६५ देखी सर्बसाधारणलाई खुल्ला गरिएको हो ।

Tuesday, February 17, 2009

ब्लड ग्रुप ले पनि तपाईंको पोल खुल्न सक्छ ।

तपाईंलाई आफनो कुनै साथीको मानिसको बानिको बारेमा थाहा पाउन चाहनु हुन्छ ? यदि चाहनु हुन्छ भने तपाईं आफनो साथीको रगत समुह पत्ता लगाएर जानकारी थाहा पाउन सक्नुहुन्छ । जापानिज ईन्स्टिच्युटले गरेको एक अनुसन्धान अनुसार मानिसहरुको रगत समुह अनुसार उसको चालचलनको बारेमा थाहा पाउन सकिन्छ र रगत समुह फरक भएमा मनिषाको बिचार र बानी फरक हुने सम्भावना धेरै हुन सक्छ । यहाँ रतत समुह सँग सम्बन्धित केही बानिको बारेमा दीइएको छ ।
ग्रुप O : संसारका सबैभन्दा बढी मनिषामा यो रगत समुह पाईन्छ । 0- र ओ+ गरी कारीब ४७ प्रतिसत मनिषामा यो रगत समुह रहेको हुन्छ । जसमा ४० प्रतिसत जती ओ+ र यू प्रतिसत जतिमा ओ- रहेको हुन्छ । यो रगत समुहका मनिषाहरु नेत्रितो गर्न चाहना राम्रो तथा प्रभुत्तो भएको हुन्छ । आफुले सुरु गरेको कामा फत्ते गरी छाड्ने सत्यतामा विश्वाश गर्ने , मायालु र आत्म विश्वाश ले भरिएका हुन्छन । भने यो रगत समुह भएका मानिसहरुको कम्जोरी भनेको दाहा गर्ने बानी र धेरै प्रतिस्प्राधात्मक हुन खोज्ने भएकोले अनुसन्धानको क्रम पाइएको थियो ।
ग्रुप A: यो रगत समुह कारीब ४० प्रतिसत मनिषाहरुमा हुन्छ । जस्मा ३४ प्रतिसत अ+र एस् प्रतिसतमा अ- पाईन्छ । यो रगत समुह भएका मनिषाहरु शान्त र सामाजिक खालको अरु सँग कामा गर्न मान्परौने सेन्सेतिव र कम्जोरिको रुपमा झुक्न नचाहने र आराम गर्न नसक्ने वा नचाहने बानी भएको हुन्छन ।
ग्रुप B: यो समुहको रगत कम मानिसहरुमा मात्र पाईन्छ । जसमा कारीब ८ प्रतिसत ब्+र १ प्रतिसत मा मात्र बि- हुन्छ । यो रगत समुह भएका मानिसहरु एकल काटे , जे पनि एकलैइ गर्न चाहने रचनात्मक खुबी भएमा झुक्न सक्ने खुबी भएमा हुन्चन । जसले गर्दा कहिले काही काम बिग्रिन समेत सक्छ ।
ग्रुप AB : यो मानिसमा पाइने सबैभन्द कम पाइने रगत समुह हो । यो ४ प्रतिसत मात्र पाईन्छ । जस्मा ३ प्रतिसत अ बि+ र १ प्रतिसत अ बि- पाईन्छ । यो रगत समुह भएमा मानिसहरु नरम, कन्ट्रोललेद र ठट्टा रमाइलो गर्ने खाल्का हुन्चन । तर निर्णये गर्ने खुबिको कमी हुन्छ ।

Monday, February 16, 2009

जीवन साथिलाई पत्र हैप्पी प्रेम दिवसको शुभकामना

आदरणिय कमल
!हजुरको चरणकमलमा शिर निहुराइ ढोग !!
अहिले यो ल्यापटपको सामुन्ने बसेर हजुरलाई पत्र कोरिरहदाको समय सम्मा आराम रहेको खबर सुनाउदै हजुर लगायत मेरो ति दुई कोपिला अनी सम्पूर्ण परिवारमा सधैं आरामा रहिनै रहोस भन्दै उनै दयालु भगवान श्री पशुपतीनाथ सँग प्रथाना गर्दछु । हजुर देखी सात समुन्द्र टाढा रहेकी हजुरको जिबन सङिनीको तर्फबाट यो प्रेम दिबसको उपहार स्वोरुप यही अक्ष्यर रुपी मायाले भरिएका भावनाहरुलाई सँगालेर पठाएकी छु । यसैलाई सबै कुरा मानेर स्विकार्नुस् ल ।हजुरबाट यसरी ताढिएको पनि झन्नै चार बर्ष लागि सकेछ । हाम्रो बाद्यता भनु या हाम्रो कम्जोरी सँगै बस्ने हाम्रो रहरहरुलाई सम्झौता गर्दै भोलिको सुनौलो भबिस्यको लागि हजुरले मलाई बिदेश जाने अबसर प्रदान गर्नु भयो । यो मेरो जिबनको धेरै नै ठुलो अनी अन्मोल अबसर भएको छ । हजुर बाट यसरी टाढा रहेर बस्नु पर्दाको हरेक पल मेरो लागि म्रुत्यु समान भये पनि मैले हासी हासी स्विकारेको छु । हाम्रो ति बल्ल फुल्न लागेका दुई कोपिलाको भबिस्यको लागि हजुरले आफ्नै स्थान बाट दु:ख गर्दै हुनुन्छ अनी मैले मेरो स्थान बाट । मैले हजुरको काधमा भएको त्यो ठुलो जिम्बेबरिलाई अलिकती काम गर्न सक्छु कि भन्ने सोचले नै मैले बिदेशिने इच्छा बनाएकी हुँ । मेरो इच्छालाई हजुरले शहर्स स्विकार गरी म प्रती गर्नु भएको आगाध विश्वासलाई कहिले पनि डग्मगाउन दिने छैन । हजुरले म प्रति गर्नु भएको त्यो ठुलो विश्वाश अनी माया नै मेरोको सक्तिले नै आज मैले केही हद सम्मा सफलता पाएकी छु ।हजुरले आफ्नु घर परिवारलाई रेखा देख गरी मलाई यसरी बाहिर बसेर काम गर्नु दिनु भएकोमा मेरो नजरमा हजुर धेरै नै आदरणिय हुनु भएको छ । मैले जसरी आफ्नु परिवारबाट विश्वास अनी माया पाएर काम गर्न पाउने महिला कम नै होलान । त्यही भएर मैले आफुले आफुलाई धेरै नै भाग्यमानी सम्झेको छु । मलाई थाहा छ म बाट छुट्टीएर एकलाई बस्नु पर्दाको पिडा हजुरले कसरी लुकाउनु भएको छ भन्ने । जब हजुरले मलाई फोन गर्नु हुन्छ या अन्लाईनमा कुरा गर्नु हुन्छ हजुरको हरेक शब्द पिच्छे पिडा लुकेको आभास हुन्छ मलाई । तर यस्तो भएको छ भनेर कहिले पनि भन्नु भएको छैन ।
किन कि हजुर कहिले पनि मलाई बिचलन भएको देख्न सक्नु हुन्न र सुन्न पनि सक्नु हुन्न । तर के गर्नु त खै बाबा !केही गर्छौ भनेर अगाडि बढी सके पछी बिच बाटोमा आएर पछाडि हट्ने काम पनि ता गर्नु भएन । केही पाउन केही गुमाउनु पर्छे रे भन्थे तर अलिकती पाउन पनि धेरै नै गुमाउने पर्ने रहेछ ।सुनेको छु बाबा ! कर्ममा लेखेको मात्रै पाईन्छ रे देखेको पाइन्न रे । शायद हाम्रो कर्ममा यस्तै लेखेको थियो होला आज नचाहेर पनि टाढा छौ । तर पनि केही छैन हामीले चाहेको त्यो समय आउन अब केही बर्ष मात्रै बाँकी छ । आशा गरौ हाम्रो भेट छित्तै हुने छ अनी हामी फेरी पहिलाको जस्ताइ रमाइलो अनी खुशीयाली जिबन बिताउन पाउने छौ ।हस त बाबा ! आफ्नु ख्याल गर्नु होला भन्दै हजुरबाट बिदा माग्ने अनुमती माग्दै बिदा हुन्छु । बिदा !!
उही हजुरलाई धेरै नै माया गर्ने
हजुरको जिबन सङिनीसंगिता घिमिरे
हाल इजरायल

Friday, February 13, 2009

मनाउनुस् भ्यालेन्टाइन मज्जाले







भ्यालेन्टाइन डे कसरी मनाउने, प्रेमीप्रेमिकालाई के भन्ने, कहाँ जाने भन्नेबारेमा तपाईं चिन्तित हुनुहुन्छ ? भ्यलेन्टाइन डे मनाउनका लागि केही टिप्सहरु:
गफ गर्न मिल्ने स्थान रोज्नुहोस् : आफ्नो जोडीसँग कहाँ घुम्न जाने भन्नेबारेमा चिन्तित हुनुहन्छ ? धेरै हल्ला हुने रेस्टुरेन्टमा जाँदा पनि तपाईं आफ्नो प्रेमीप्रेमिकासँग भावनात्मक गफ गर्न सक्नुहुन्न । आत्मीय बन्न पनि सक्नुहुन्न । त्यसैले शान्त वातावरण भएको स्थान राज्नुहोस् ।
प्रेमलाई ट्रयाकमा राख्नुहोस् : अचाहेरै पनि भेटघाटको अवसरमा नकारात्मक पक्ष देखापर्छन् । कतिपय जोडीको भ्यालेन्टाइन डेकै अवसरमा नराम्रो झगडा परेको छ । आफ्नो प्रेमीप्रेमिकालाई गल्तीले पनि त्यो दिन आलोचना नगर्नु राम्रो हुन्छ । झुक्किएर बोलिहाले पनि एउटा नकारात्मक कुराको बदलामा पाँचवटा सकारात्मक कुरा भनेर सच्चाउनुहोस् । प्रेमीप्रेमिकालाई केही नकारात्मक कुरा भनेमा त्यसको असर कम गर्न, उसका सकारात्मक कुरा पनि भन्नुपर्छ ।
प्रंशसा गर्नुहोस् : प्रेम गर्न प्रेमदिवस नै चाहिन्छ भन्ने त होइन । तर, भ्यालेन्टाइन डेका अवसरमा गरिएका प्रशंसा तथा प्रेमको अभिव्यक्तिले थप ऊर्जा दिन्छ । 'म तिमीलाई प्रेम गर्छु' भन्ने वाक्य जति पुरानो भए पनि प्रेमीप्रेमिकाका लागि उति नै कर्णपि्रय हुन्छ । भ्यालेन्टाइन डेको दिन 'म तिमीलाई प्रेम गर्छु, संसारमा तिमी मेरा लागि सबैभन्दा सुन्दर व्यक्ति हौ' भन्न नबिर्सिनुहोला । प्रंसशा गर्दा भएनभएका प्रशंसा भने नगर्नुहोला । यस्तो प्रशंसाले प्रेमीप्रेमिकालाई असहज महसुस हुन सक्छ ।
सजह कुराकानी गर्नुस् : भ्यालेन्टाइन डेको अवसर भनेर केही असहज महसुस गर्नुपर्दैन । सहज तरिकाले कुराकानी गर्नुहोस् र बढी आत्मीय बन्ने प्रयास गर्नुस् । अन्य कुराभन्दा आफ्नो प्रेमीप्रेमिकाको प्रसंगलाई ध्यान दिएर कुरा गर्नुस् ।
प्रेमालाप अत्यावश्यक हुन्छ : अन्य दिनमा पनि एकअर्कामा प्रेम त अवश्य हुन्छ । तर, भ्यालेन्टाइन डेको अवसरमा प्रेममा विशेष मसला थप्नुहोस् । अन्य दिनभन्दा धेरै समय प्रेमीप्रेमिकाको आँखामा हेर्नुस् । यसको अनुभव एकअर्कालाई सुनाउनुहोस् ।
हाँस्न नबिर्सनुस् : एक सर्वेक्षणअनुसार प्रत्येक दसमा दुई व्यक्ति मात्र कुराकानीको क्रममा हाँस्छन् । त्यसैले आफ्नो कुराकानीलाई रमाइलो र हाँसो उठ्दो बनाउनुस् र तपाइर्ं पनि हाँस्नुहोस् । हाँस्दा प्रेमीप्रेमिकाको नजिक बस्नुस् । प्रेमिप्रेमिकालाई छुनुहोस् ।
अपरिचितजस्तो अभिनय गर्नुस् : बारम्बारको भेटघाट र घुमघामको रोमान्स मलिनो हुन सक्छ । त्यसैले सुरुमा प्रेममा पर्दाको जस्तो अभिनय गर्नुस् । प्रेमीप्रेमिकाका आँखामा हेर्दाको रोमान्टिक अनुभव नर्बिसनुस् । प्रेममा रोमान्स थप्न यो आफ्नो पहिलो डेट भएको अभिनय गर्नुस् ।
मूल्य नर्बिसनुस्: भ्लेन्टाइन डे मनाउने स्थानको शुल्क, कार्डको शुल्क हेर्न नबिर्सनुस् । आफ्नो गच्छेभन्दा धेरै खर्च गरेर भ्यालेन्टाइन मनाउँदा प्रेमसम्बन्ध एक दिनको सम्बन्धमा मात्र सीमित होला ।



प्रेमदिवस र प्रेमको मूल्य

रोमको सम्राट क्लाउडिएस द्वितीय क्रुर र युद्धप्रेमी थिए । लडाइँ, रक्तपात र राजनीतिक जालझेलबाट आजित र थकित रोमन युवाहरू सेनामा भर्ती हुन चाहिरहेका थिएनन् । विश्व-विजयको मात्रै सपना देख्ने रोमन सम्राटहरूका लागि सैन्यफौजको विशालताले सबभन्दा बढी महत्त्व राख्थ्यो । यो उनीहरूको अधिनायकत्वको दबदबा, सत्ता-सुरक्षा, पुरुषत्व तथा प्रतिष्ठाको मापदण्ड थियो । तर, यसरी क्लाउडिएसको विशाल सेना बनाउने अभियान बिथोलिएको थियो । क्लाउडिएसको दूर्बुद्धिले परिवार, श्रीमती वा प्रेमिकाको मायाका कारण रोमन युवाहरू सेना हुन मानिरहेका छैनन् भन्ने ठान्यो । त्यो मूढ अधिनायकलाई विवाहमा प्रतिबन्ध लगाइदिने हो भने समस्या हल हुन्छ भन्ने लाग्यो र उसले विवाह नगराउन चर्चहरूलाई उर्दी जारी गर्‍यो । अब तरुण मुटुहरू तरबारको बलमा गरिएको प्रेमको यो निषेधमा परेर जल्न थाले । हावा, पानी र अन्न जत्तिकै अनिवार्य प्रेमबाट वञ्चित हुन पुगेको त्यो युवापुस्ताले विकल्प खोजेन होला भन्नचाहिँ सकिन्न किनभने जीवनको गतिलाई कसैले रोक्न सक्दैन । तर, सामान्य आवश्यकताका लागि पनि असामान्य कदम चालिरहन सामान्य नागरिकका लागि सधैं सम्भव नहुन सक्छ । यस्तो भयावह र निराशपूर्ण वातावरणमा पादरी भ्यालेन्टाइन र मेरिएसले गोप्य रूपमा विवाह गराउन थाले । यो एक प्रकारको विद्रोह थियो, प्रेमसत्ताका लागि । इतिहासमा हरेक विद्रोहीको नियति जे हुन्छ, अन्ततः त्यही भयो भ्यालेन्टाइनको जीवनमा पनि । उनले गरेको अवज्ञाको सुइँको पाउनासाथ उनलाई मृत्युदण्डको सजाय सुनाइयो । जेलमा उनलाई भेट्न आउने शुभचिन्तकहरूमा जेलरकै छोरी पनि थिइन् । उनीहरूबीच प्रेम थियो या थिएन भन्ने निधो नभए पनि आफ्नो मृत्यु हुने दिन अर्थात् १४ फेब्रुअरी, २६९ सन्मा उनले जेलरकी छोरीको नाउँमा यौटा छोटो पत्र छोडे, जसमा उनले 'तिम्रो भ्यालेन्टाइनबाट तिमीलाई धेरैधेरै माया' लेखेर हस्ताक्षर गरेका थिए । उनको मृत्युपछि हरेक साल १४ फेब्रुअरीमा सेन्ट भ्यालेन्टाइन्स डे अर्था्त प्रेमदिवस मनाउन थालियो । प्रेमदिवसको कथा भने पनि, इतिहास भने पनि, किम्बदन्ती भने पनि मोटामोटी रूपमा यत्ति हो । यो दिन विशेषतः प्रेम अभिव्यक्त गर्ने पर्व या अवसरका रूपमा मनाइन्छ । प्रेम खास समय, खास मौका, खास तिथिमा र खास तरिका एवं सामग्रीद्वारा मात्रै अभिव्यक्त हुँदैन । कार्ड, फूल तथा उपहार मात्रै प्रेमका प्रतीक होइनन् । नेपाली सहरिया समाजले यो पर्व मनाउन थालेको धेरै भएको छैन । यसलाई एकथरीले नेपाली संस्कृतिमाथि ठाडो अतिक्रमण भने पनि यो नयाँपुस्ताको स्वतन्त्रता खोजीका विभिन्न आयामहरूमध्ये एक हो । यसको सकारात्मकता यसले प्रदान गर्ने अभिव्यक्ति स्वतन्त्रताको अवसर पनि हो, जो पुरानो सामाजिक संरचनाअन्तर्गत सम्भव छैन । मनका भावना, चाहे ती प्रेम सम्बन्धित हुन्, या युद्ध सम्बन्धित, सबैले व्यक्त हुन पाउनुपर्छ ।


स्रोत : एजेन्सी साबार नयापत्रिका

Wednesday, February 11, 2009

विस्वो रेकड काएम गर्ने धुनमा छन चराचुरुङीका साथी


बेदना श्रेष्ठ

काठमाडौ माघ २४


बिभिन्न चराचुरुङिको जस्तै आवोज निकाल्ने र कागहरुसँग दोहोरी सम्बाद गरेर सबैलाई अचम्बित पार्दै आएका गौतम सापकोटा आफनो ११४ वोटा पंक्षिहरुको आवाज निकाल्न सक्ने खुबिलाई आझ बढाएर गिनिज बुक अफ वोर्ल्ड रेकर्डसमा आफनो नाम दर्ता गराउने अभियानमा लागेका छन । उनले धेरै ठाउमा कागसँग सम्बाद गर्दै कागको जुलुस निकालेर मानीसहरुलाई अचम्म पारीसकेका छन् । उनका कुरा विश्वास नगर्नेहरुलाइ काग काग भन्दै कागलाई बोलाएर कागको हुल एकत्रित पारेर आस्चर्ये पार्ने गर्दछन । उनले सुगा,कोइली,दुकुर,मयुर,दाफे,लगायत धेरै चराचुरुङिको आवज निकाल्ने गर्दछन । उनको आवाज सुनेपछी कागको हुल उनको टाउको माथि आकाशमा आउने गर्दछन । मकवानपुर घर भएका सापकोटा हेटौंडाबाट काग जस्तै कराउदै आफनो कला प्रदशन गर्न काठमान्दौ छिरेका हुन । राजाधानिको बिधालयदेखि खुल्ला मन्चसम्म आफनो प्रतिभा देखाइसकेका सापकोटाले २०६२ सालदेखी चराहरुको आवोज निकल्न सुरु गरेको र सिक्नका लागि दिन र रात जुना सुकै बेला पनि जंगल जाने गरेको बताये ।

Tuesday, February 10, 2009

क्रिम-पाउडर पोत्नेहरू, होसियार !


बेलायतमा वाषिर्क साढे ६ विलियन पाउन्ड (सात खर्ब रुपैयाँभन्दा बढी) बराबरको शृंगार प्रसाधनको कारोबार हुन्छ, जसमा सुगन्ध (पर्फ्युम)को साथसाथै शौचालयसम्बन्धी सामग्री पनि पर्छन् । गत हप्ता गरिएको एक अनुसन्धानमा शौचालयमा प्रयोग हुने सामग्रीमा मिसाइने रासायनिक पदार्थले गर्दा महिलामा बाँझोपन बढाउने सम्भावना रहेको जनाइएको छ । चम्किला बोतल र ट्युबभित्रका सामग्रीमा खतरनाक सिन्थेटिक रसायनहरूको सम्मिश्रण हुने र यस्ता तत्त्वहरू प्रजनन्सम्बन्धी जटिलता, एलर्जी, क्यान्सरसमेतको कारक बन्न सक्ने अनुसन्धानले देखाएको छ । पत्रकार डन मेलोसिपले आफ्नो पुस्तक टक्सिक ब्युटीमा यस्ता शृंगार र सौन्दर्य प्रसाधनमा साँच्चिकै केके तत्त्व राखिएका हुन्छन् भन्ने सविस्तार बयान गरेकी छिन् ।
रंगीन कपाल :

रोगको घर कन्ट्याक्ट डरम्याटिटिस छाला चिलाउने तथा यसमा जलन हुने एक रोग हो, जो छालासँग बाहिरी तत्त्वहरूको सम्पर्कका कारण हुने गर्छ । कपाल रंग्याउन प्रयोग गरिने प्याराफिनाइलनेडिएमिन (एएम) भन्ने तत्त्व यस रोगको सबभन्दा ठूलो स्रोत हो । यसले स्वास्थ्यमा पार्ने नराम्रो असरलाई ध्यानमा राखेर जर्मनी, फ्रान्स, स्विडेनलगायतका देशमा धेरै पहिले नै यसमाथि प्रतिबन्ध लगाइए पनि बि्रटेन र अमेरिकामा कपाल रंग्याउन अझै पनि यसको प्रयोग गरिन्छ । हेयर डाई गर्दा टाउको, निधार र कानको सम्पर्कमा एएम् आउँछ र छालामा नराम्रो असर पुर्‍याउँछ । 'भद्राइको छोरो, जुरेलीको नाति, जसो गरे नि पैसैमाथि' भनेझैं यो अहिले पनि बि्रटेनलगायत धेरै देशमा प्रचलनमा रहनुका पछाडि पैसाकै हात छ । शिरमा रङ कारखाना नै बोकेर हिँड्न खोज्ने हाम्रा टिनएजर (अल्लारे) भाइबहिनीहरूले विभिन्न वनस्पतिबाट बनाइने प्राकृतिक रङलाई माया गर्न थाले कति जाती हुन्थ्यो !
मन्जन, साबुन, स्याम्पुमा हुने घातक रसायन

सोडियम लोराइल सल्फेट (SLS) मन्जन, साबुन, स्याम्पु आदिमा प्रयोग हुने एक रसायन हो, जसले सफाइ तथा फिँज निकाल्ने प्रक्रियामा सहयोग पुर्‍याउँछ । विभिन्न अनुसन्धानबाट यसले छालाको बाहिरी पत्रलाई हानि पुर्‍याउने र छालाको पत्र छेडेर पाँचदेखि ६ मिलिमिटरसम्म भित्र प्रवेश गर्न सक्ने तथ्य पत्ता लागेको छ । दाँत र मुखको प्रभावकारी सफाइका लागि प्रायः मन्जनमा SLS को प्रयोग हुन्छ, जसले मुखभित्रका पातला झिल्लीलाई नोक्सान गर्छ, जो मुखमा हुने अल्सरको यौटा कारण हो ।
नङपालिसमा पनि हुन्छ ज्यानमारा तत्त्व

र्फमलडिहाइड नेलपालिस, साबुन तथा अन्य शृंगारका प्रसाधनमा पाइने हानिकारक तत्त्व हो, जसले छाला तथा आँखामा हानि पुर्‍याउने मात्रै होइन कि घाँटीमा क्यान्सर गराउने कारकसमेत बन्न सक्छ । यो तत्त्वयुक्त सामग्री प्रयोग नगर्नु नै बुद्धिमानी हुन्छ । जानीजानी रोग किन बिसाउनु ?

टाल्कम पाउडर : खतरनाक धुलो

आइस्याडो, बच्चाका लागि प्रयोग गरिने पाउडरलगायत विभिन्न सौन्दर्य सामग्रीमा प्रयोग गरिने टाल्कम पाउडर टाल्क खनिजबाट बनेको हुन्छ । चम्किलो र छालामा टाँसिने गुण भएको टाल्कलाई बि्रटेनको नेसनल टोक्सिकोलोजी प्रोग्रामका वैज्ञानिकहरूले मुसामा सुँघाएर परीक्षण गर्दा मुसामा फोक्सोको क्यान्सरलगायत फोक्सोसम्बन्धी विभिन्न समस्या देखिएका थिए । गुप्तांगवरिपरि टाल्कम पाउडर प्रयोग गर्ने महिलामा गर्भाशयसम्बन्धी क्यान्सर पनि हुन सक्ने विभिन्न अध्ययनले बताएका छन् । सौन्दर्य सामग्रीमा प्रयोग गरिने यी विभिन्न हानिकारक तत्त्वहरूले क्यान्सर सुरु गर्ने र त्यसको विकास गर्ने अस्ट्रोजिन बनाउन सक्छन् ।२६ स्वस्थ पुरुषमाथि गरिएको पाराबेनयुक्त शृंगार क्रिमसम्बन्धी एक डेनिस अध्ययनमा यो क्रिम लगाएको एक घन्टाभित्र उनीहरूको रगतमा पाराबेन देखिएको थियो । महिलाहरूले काखीको गन्ध हटाउन प्रयोग गर्ने पाराबानयुक्त एन्टिपस्र्पाइरेन्टका कारण उनीहरूमा स्तनको क्यान्सरसम्म हुन सक्छ । ड्यासिङ, गोर्जिएस, ब्युटिफुल, अर्थात् राम्री बन्ने होडबाजी नै चलेको छ महिलाहरूमा, विशेषगरी सहरिया महिलामा । सौन्दर्य तथा शृंगार प्रसाधनहरू प्रयोग गर्न उनीहरू यति धेरै अभ्यस्त भइसकेका छन् कि यस्तो लाग्छ, उनीहरूको सक्कली अनुहार एक दिन पूर्णरूपमा मेटिनेछ । त्यसो त पुरुषहरू पनि यस मामिलामा कम्ती स्मार्ट छैनन् अचेल । हो, सुन्दर हुन खोज्नुपर्छ, सुन्दर हुन पाउनुपर्छ । तर, अनुहार र शरीरलाई हानि पुर्‍याउने बजारिया सौन्दर्य सामग्रीका सट्टा प्राकृतिक तत्त्वयुक्त सामग्री प्रयोग गरे कसो होला ? बहुराष्ट्रिय कम्पनीबाट सदा लुटिनुपर्छ भन्ने छ र ? अझ सकिन्छ भने शृंगार सामग्री प्रयोगै नगरे कसो होला ? भनिन्छ नि, सादापन सबभन्दा बेजोड सुन्दरता हो । के फूलले कहिल्यै लिपिस्टिक लाउँछ ?

-एजेन्सीको सहयोगमा विक्रम घिमिरे

साबार नया पत्रिका

क्रिम-पाउडर पोत्नेहरू, होसियार !

बेलायतमा वाषिर्क साढे ६ विलियन पाउन्ड (सात खर्ब रुपैयाँभन्दा बढी) बराबरको शृंगार प्रसाधनको कारोबार हुन्छ, जसमा सुगन्ध (पर्फ्युम)को साथसाथै शौचालयसम्बन्धी सामग्री पनि पर्छन् । गत हप्ता गरिएको एक अनुसन्धानमा शौचालयमा प्रयोग हुने सामग्रीमा मिसाइने रासायनिक पदार्थले गर्दा महिलामा बाँझोपन बढाउने सम्भावना रहेको जनाइएको छ । चम्किला बोतल र ट्युबभित्रका सामग्रीमा खतरनाक सिन्थेटिक रसायनहरूको सम्मिश्रण हुने र यस्ता तत्त्वहरू प्रजनन्सम्बन्धी जटिलता, एलर्जी, क्यान्सरसमेतको कारक बन्न सक्ने अनुसन्धानले देखाएको छ । पत्रकार डन मेलोसिपले आफ्नो पुस्तक टक्सिक ब्युटीमा यस्ता शृंगार र सौन्दर्य प्रसाधनमा साँच्चिकै केके तत्त्व राखिएका हुन्छन् भन्ने सविस्तार बयान गरेकी छिन् ।
रंगीन कपाल : रोगको घर कन्ट्याक्ट डरम्याटिटिस छाला चिलाउने तथा यसमा जलन हुने एक रोग हो, जो छालासँग बाहिरी तत्त्वहरूको सम्पर्कका कारण हुने गर्छ । कपाल रंग्याउन प्रयोग गरिने प्याराफिनाइलनेडिएमिन (एएम) भन्ने तत्त्व यस रोगको सबभन्दा ठूलो स्रोत हो । यसले स्वास्थ्यमा पार्ने नराम्रो असरलाई ध्यानमा राखेर जर्मनी, फ्रान्स, स्विडेनलगायतका देशमा धेरै पहिले नै यसमाथि प्रतिबन्ध लगाइए पनि बि्रटेन र अमेरिकामा कपाल रंग्याउन अझै पनि यसको प्रयोग गरिन्छ । हेयर डाई गर्दा टाउको, निधार र कानको सम्पर्कमा एएम् आउँछ र छालामा नराम्रो असर पुर्‍याउँछ । 'भद्राइको छोरो, जुरेलीको नाति, जसो गरे नि पैसैमाथि' भनेझैं यो अहिले पनि बि्रटेनलगायत धेरै देशमा प्रचलनमा रहनुका पछाडि पैसाकै हात छ । शिरमा रङ कारखाना नै बोकेर हिँड्न खोज्ने हाम्रा टिनएजर (अल्लारे) भाइबहिनीहरूले विभिन्न वनस्पतिबाट बनाइने प्राकृतिक रङलाई माया गर्न थाले कति जाती हुन्थ्यो !
मन्जन, साबुन, स्याम्पुमा हुने घातक रसायनसोडियम लोराइल सल्फेट (SLS) मन्जन, साबुन, स्याम्पु आदिमा प्रयोग हुने एक रसायन हो, जसले सफाइ तथा फिँज निकाल्ने प्रक्रियामा सहयोग पुर्‍याउँछ । विभिन्न अनुसन्धानबाट यसले छालाको बाहिरी पत्रलाई हानि पुर्‍याउने र छालाको पत्र छेडेर पाँचदेखि ६ मिलिमिटरसम्म भित्र प्रवेश गर्न सक्ने तथ्य पत्ता लागेको छ । दाँत र मुखको प्रभावकारी सफाइका लागि प्रायः मन्जनमा SLS को प्रयोग हुन्छ, जसले मुखभित्रका पातला झिल्लीलाई नोक्सान गर्छ, जो मुखमा हुने अल्सरको यौटा कारण हो ।
नङपालिसमा पनि हुन्छ ज्यानमारा तत्त्वर्फमलडिहाइड नेलपालिस, साबुन तथा अन्य शृंगारका प्रसाधनमा पाइने हानिकारक तत्त्व हो, जसले छाला तथा आँखामा हानि पुर्‍याउने मात्रै होइन कि घाँटीमा क्यान्सर गराउने कारकसमेत बन्न सक्छ । यो तत्त्वयुक्त सामग्री प्रयोग नगर्नु नै बुद्धिमानी हुन्छ । जानीजानी रोग किन बिसाउनु ? टाल्कम पाउडर : खतरनाक धुलो आइस्याडो, बच्चाका लागि प्रयोग गरिने पाउडरलगायत विभिन्न सौन्दर्य सामग्रीमा प्रयोग गरिने टाल्कम पाउडर टाल्क खनिजबाट बनेको हुन्छ । चम्किलो र छालामा टाँसिने गुण भएको टाल्कलाई बि्रटेनको नेसनल टोक्सिकोलोजी प्रोग्रामका वैज्ञानिकहरूले मुसामा सुँघाएर परीक्षण गर्दा मुसामा फोक्सोको क्यान्सरलगायत फोक्सोसम्बन्धी विभिन्न समस्या देखिएका थिए । गुप्तांगवरिपरि टाल्कम पाउडर प्रयोग गर्ने महिलामा गर्भाशयसम्बन्धी क्यान्सर पनि हुन सक्ने विभिन्न अध्ययनले बताएका छन् । सौन्दर्य सामग्रीमा प्रयोग गरिने यी विभिन्न हानिकारक तत्त्वहरूले क्यान्सर सुरु गर्ने र त्यसको विकास गर्ने अस्ट्रोजिन बनाउन सक्छन् ।२६ स्वस्थ पुरुषमाथि गरिएको पाराबेनयुक्त शृंगार क्रिमसम्बन्धी एक डेनिस अध्ययनमा यो क्रिम लगाएको एक घन्टाभित्र उनीहरूको रगतमा पाराबेन देखिएको थियो । महिलाहरूले काखीको गन्ध हटाउन प्रयोग गर्ने पाराबानयुक्त एन्टिपस्र्पाइरेन्टका कारण उनीहरूमा स्तनको क्यान्सरसम्म हुन सक्छ । ड्यासिङ, गोर्जिएस, ब्युटिफुल, अर्थात् राम्री बन्ने होडबाजी नै चलेको छ महिलाहरूमा, विशेषगरी सहरिया महिलामा । सौन्दर्य तथा शृंगार प्रसाधनहरू प्रयोग गर्न उनीहरू यति धेरै अभ्यस्त भइसकेका छन् कि यस्तो लाग्छ, उनीहरूको सक्कली अनुहार एक दिन पूर्णरूपमा मेटिनेछ । त्यसो त पुरुषहरू पनि यस मामिलामा कम्ती स्मार्ट छैनन् अचेल । हो, सुन्दर हुन खोज्नुपर्छ, सुन्दर हुन पाउनुपर्छ । तर, अनुहार र शरीरलाई हानि पुर्‍याउने बजारिया सौन्दर्य सामग्रीका सट्टा प्राकृतिक तत्त्वयुक्त सामग्री प्रयोग गरे कसो होला ? बहुराष्ट्रिय कम्पनीबाट सदा लुटिनुपर्छ भन्ने छ र ? अझ सकिन्छ भने शृंगार सामग्री प्रयोगै नगरे कसो होला ? भनिन्छ नि, सादापन सबभन्दा बेजोड सुन्दरता हो । के फूलले कहिल्यै लिपिस्टिक लाउँछ ?

-एजेन्सीको सहयोगमा विक्रम घिमिरे साबार नया पत्रिका

Friday, February 6, 2009

लाहुरेको श्रीमती पुरुष बेश्यासंग सेक्समा मस्त-अप्जसे कान्छा


संसारलाइ थाहा छ कि लाहुरेहरु अन्याय सहदैनन ।ज्यानको बाजी राखेर युद्धमा लडने लडने लाहुरेहरु सधै शिर ठाडो पारेर समाजमा बाँच्न चाहन्छन र बाँचेका छन्‍।लाहुरेसंग विस्वयुद्धमा संसारको मुटु थर्काएको ताजा इतिहास छ अनि कमाएको प्रतिष्ठा र स्वाभिमान पनि।म किन यो कुरा कोट्‍टाउदै छु भने गत हप्‍ता ढिलै भएपनि संयोगबस मैले”बिमोचन”मासिक पत्रिका(मंसीर ,२०६५) पढ्‍ने मौका पाए।त्यसमा पुर्वाग्रहि ढंगले लाहुरेको बेइज्यत गर्ने किसिमको कथाबस्तु रहेछ चलचित्रमा।कलिउड पेजमा ठुलो अक्षारमा “पुरुष बेश्या”को कथा “पलपलमा” भन्ने शिर्षाकमा लाहुरेको श्रीमतीको बारेमा सेक्सी सीनसहितको सनसनीपुर्णा कथा पढ्‍ने अवसर पाए।लाहुरे शब्द पढ्‍ने बितिकै उत्सुकता बढ्‍यो के के नै होला भनेर सायद आफु लाहुरे भएकोले होला यस सम्बन्धमा अझ बढि जान्ने कोशिस गरे।उकेश दाहालको निर्देशन,निर्माणा र कथा रहेको चलचित्र “पलपलमा” लाहुरेनिहरुले श्रीमानको अनुपस्तिथिमा कसरि पुरुष बेश्यालाइ पैशाले किनेर यौन प्यास मेटाउछन भन्ने देखाउन खोजीएको छ। आफ्नो श्रीमान(लाहुरे)संग लामो समयसंग यौन सम्पर्क गर्न नपाएपछि लाहुरेनिहरुले आफ्नो तिर्व यौन तृष्ण पुरुष बेश्यासंग मेटाउने गरेको कथा उक्त चलचित्रमा छ। पुरा हेर्नुहोस्....

'ऋषि फिरौती उठाउन सक्रिय थिए'


नयाँ पत्रिकाकाठमाडौं,
२२ माघ 2009-02-05,Thursday

ऋषि-शुभक फोन संवादइण्डियामा पनि मेरो कत्ति राम्रो कनेक्सन छ त्यो तपाईंलाई थाहा छ ? त्यसलाई क्यास गर्नुहोस्यिनीहरूलाई जसरी पनि क्षति गराउनैपर्छ । पैसा जसरी पनि असुल्नैपर्छ,प्रहरीले उपलब्ध गराएको फोन संवादमा ऋषि धमलाको आवाजरिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमला रणवीर सेनाका लागि काठमाडौंका एक व्यापारीसँग ४० लाख रकम फिरौती उठाउन सक्रिय रहेको प्रहरीले खुलासा गरेको छ । हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले धमलालाई १४ दिनको थुनुवा पुर्जी दिएको छ । पुतलीसडकमा रहेको क्लबको कार्यालयबाट मंगलबार पक्राउ परेका धमला रणवीर सेनाका उपत्यका राजनीतिक इन्चार्ज रामशुभक महतो, उपत्यका सैन्य इन्चार्ज विनायक महतो र सहयोगी वीरेन्द्रकुमार महतोसँग मिलेर चन्दा उठाउन सक्रिय रहेको प्रहरीको दाबी छ । राजधानीमा एक महिनाअघि भएका शृंखलाबद्ध विस्फोटमा समेत धमला मुछिएका छन् । धमलाले 'आपराधिक क्रियाकलाप सञ्चालन गर्न विभिन्न प्रकारले सहयोग गरेको' अभियोग प्रहरीले लगाएको छ । प्रहरी स्रोतका अनुसार धमलाको बुधबारसम्म बयान लिइएको छैन । हनुमानढोकाको हिरासतमा रहेका उनीसँग बिहीबारबाट बयान लिने प्रहरी स्रोतले बतायो । प्रहरीले जिप्रका लैजानुअगाडि सास फेर्न गाह्रो भएको बताएपछि धमलालाई स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल लगेको थियो । तर, धमलाको स्वास्थ्य अवस्था ठीक भएको पाइएकाले प्रहरीले उनलाई म्याद थपका लगि बबरमहल लग्यो ।अस्पताल परिसरमा धमलाले पत्रकारसित कुरा गर्दै आफूमाथि राज्यले षड्यन्त्र रचेको आरोप लगाए । उनले 'परिआए सशस्त्र संघर्ष पनि गर्ने' धम्कीसमेत दिएका थिए । आफूमाथिको आरोप पुष्टि गर्न चुनौती दिँदै उनले भने, 'म यो राज्यलाई छाड्दिनँ ।'प्रहरीले नेपाल पुलिस क्लबमा पत्रकार सम्मेलन गरी अभियोग पुष्टिका लागि रामशुभक, विनायक र वीरेन्द्रको भिडियो बयानका साथै चन्दाका बारेमा धमला र रामशुभकबीच भएको टेलिफोन रेकर्ड सार्वजनिक गरेको थियो । रामशुभकले आफू प्रदीप उपनामले रणवीर सेनामा संलग्न रहेको स्वीकार गरेका छन् । पूरा हेर्नुहोस्... ।

Thursday, February 5, 2009

'ऋषि फिरौती उठाउन सक्रिय थिए'

नयाँ पत्रिकाकाठमाडौं,
२२ माघ 2009-02-05,Thursday

ऋषि-शुभक फोन संवाद
इण्डियामा पनि मेरो कत्ति राम्रो कनेक्सन छ त्यो तपाईंलाई थाहा छ ? त्यसलाई क्यास गर्नुहोस्
यिनीहरूलाई जसरी पनि क्षति गराउनैपर्छ । पैसा जसरी पनि असुल्नैपर्छ,प्रहरीले उपलब्ध गराएको फोन संवादमा ऋषि धमलाको आवाजरिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमला रणवीर सेनाका लागि काठमाडौंका एक व्यापारीसँग ४० लाख रकम फिरौती उठाउन सक्रिय रहेको प्रहरीले खुलासा गरेको छ । हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले धमलालाई १४ दिनको थुनुवा पुर्जी दिएको छ । पुतलीसडकमा रहेको क्लबको कार्यालयबाट मंगलबार पक्राउ परेका धमला रणवीर सेनाका उपत्यका राजनीतिक इन्चार्ज रामशुभक महतो, उपत्यका सैन्य इन्चार्ज विनायक महतो र सहयोगी वीरेन्द्रकुमार महतोसँग मिलेर चन्दा उठाउन सक्रिय रहेको प्रहरीको दाबी छ । राजधानीमा एक महिनाअघि भएका शृंखलाबद्ध विस्फोटमा समेत धमला मुछिएका छन् । धमलाले 'आपराधिक क्रियाकलाप सञ्चालन गर्न विभिन्न प्रकारले सहयोग गरेको' अभियोग प्रहरीले लगाएको छ । प्रहरी स्रोतका अनुसार धमलाको बुधबारसम्म बयान लिइएको छैन । हनुमानढोकाको हिरासतमा रहेका उनीसँग बिहीबारबाट बयान लिने प्रहरी स्रोतले बतायो । प्रहरीले जिप्रका लैजानुअगाडि सास फेर्न गाह्रो भएको बताएपछि धमलालाई स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल लगेको थियो । तर, धमलाको स्वास्थ्य अवस्था ठीक भएको पाइएकाले प्रहरीले उनलाई म्याद थपका लगि बबरमहल लग्यो ।अस्पताल परिसरमा धमलाले पत्रकारसित कुरा गर्दै आफूमाथि राज्यले षड्यन्त्र रचेको आरोप लगाए । उनले 'परिआए सशस्त्र संघर्ष पनि गर्ने' धम्कीसमेत दिएका थिए । आफूमाथिको आरोप पुष्टि गर्न चुनौती दिँदै उनले भने, 'म यो राज्यलाई छाड्दिनँ ।'प्रहरीले नेपाल पुलिस क्लबमा पत्रकार सम्मेलन गरी अभियोग पुष्टिका लागि रामशुभक, विनायक र वीरेन्द्रको भिडियो बयानका साथै चन्दाका बारेमा धमला र रामशुभकबीच भएको टेलिफोन रेकर्ड सार्वजनिक गरेको थियो । रामशुभकले आफू प्रदीप उपनामले रणवीर सेनामा संलग्न रहेको स्वीकार गरेका छन् । एक व्यापारीसँग पार्टीले पैसा उठाउने जिम्मा दिएको र त्यसमा धमलाले सहयोग गरेको उनले बयानमा बताए । व्यापारीको नाम खुलाइएको छैन । महतोले १९ गते टेकुमा पैसा लिन जाँदा वरिपरि प्रहरी रहेको शंका लागेपछि आफू त्यत्तिकै फर्किएको बयान दिएका छन् । २० गते बिहान रिपोर्टर्स क्लबमा भएको छलफलपछि पुनः बेलुका पैसा लिन अनामनगर जानेक्रममा आफूहरू पक्राउ परेको शुभकले बताएका छन् । महतोले बयानमा भने, 'योजनाअनुसार २० गते अनामनगरमा पैसा लिन गयौँ । त्यहाँ हामीलाई पक्राउ गर्न प्रहरी बसेको रहेछ । हामी तीनजना पक्राउ पर्‍यौँ ।'पक्राउ परेका अर्का व्यक्ति सञ्जयका अनुसार व्यापारीसँग ४० लाख असुल गरेपछि २० लाख पार्टी हुन्डी गरी १० लाख धमलालाई र बाँकी १० लाख तीनजनालाई बाँड्ने योजना थियो । उनले काठमाडौंको रत्नपार्क, एयरपोर्ट, काठमाडौं मल र दरबार स्कुलअगाडि भएको विस्फोट आफूहरूले गराएको स्वीकार गरे । यी सबै काममा धमलाले सुरक्षाको प्रत्याभूति दिएको उनको दाबी छ । उता रिपोर्टर्स क्लब सुनसरीका अध्यक्ष रहेका वीरेन्द्रकुमार मेहताले कामको सिलसिलामा काठमाडौं आएको वेलामा धमलासँग भेट हुँदा 'व्यापारीलाई रणवीर सेनाले धम्क्याइरहेको छ, मिलाउनुपर्छ, पैसा आउँछ' भनेर काममा सहमत गराएको दाबी गरेका छन् । बयानमा उनले ऋषि धमलाले काम गरेबापत आफूलाई पाँच लाख दिने आश्वासन दिएकोसमेत दाबी गरे । वीरेन्द्रका अनुसार व्यापारीले सुरुमा १० लाख मात्र दिने र बाँकी पैसा बिस्तारै दिने बताएका थिए । सो विषयमा छलफल गर्न रणवीर सेनाका रणवीरलाई फोन गर्दा 'धमला हाम्रो पार्टीको विश्वासिलो व्यक्ति हो उसैलाई दिनू' भन्ने निर्देशन दिएको वीरेन्द्रले बयानमा बताएका छन् । प्रहरीले अभियुक्तहरूसहित पत्रकार सम्मेलन गर्ने बताए पनि सोमबार चारैजना अभियुक्तलाई सार्वजनिक गरेन । म्याद थप भएलगत्तै धमलालाई हनुमानढोका लगेर राखिएको थियो भने अन्य तीनजनालाई नेपाल पुलिस क्लबमा ल्याइए पनि पत्रकारमाझ ल्याइएन । काठमाडौं परिसरका एक उच्च अधिकृतले पत्रकारहरूको संख्या धेरै भएकाले उनीहरूलाई सार्वजनिक गर्न कठिनाइ भएको दाबी गरे । तर, उता महानगरीय प्रहरी आयुक्त रमेश श्रेष्ठले भने स्वास्थ्यका कारण धमलालगायतकालाई सार्वजनिक नगरिएको बताए ।

मोबाइलमा रेकर्ड गरेँरामशुभक महतो
म रामशुभक महतो हुँ । म रणवीर सेनाको उपत्यका इन्चार्ज हु । म मुख्य मिडिया र राजनीति हेर्छु । मेरो पार्टीको नाम प्रदीप हो । तर, पार्टीका व्यक्तिले बाहेक अरूले मलाई शुभक महतोको रूपमा मात्र चिन्थे ।म २० गते अनामनगरबाट पक्राउ परेको हुँ । पाँच दिनअगाडि वीरेन्द्रकुमार महतो मेरो कोठामा आएको थियो । ऊ दिनभर कता जान्थ्यो थाहा भएन । बेलुका बस्न मेरो कोठामा आउँथ्यो । रणवीर सेनाले काठमाडौंको एक व्यापारीसँग पैसा मागेको रहेछ । त्यही विषयमा वीरेन्द्र रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलासँग पैसाको बारेमा कुरा गर्थे । वीरेन्द्र सधैं धमलाको क्लबमा जान्थ्यो । त्यसबीचमा धमलाको रणवीर सेनाका रणवीरसँग पनि पैसाको बारेमा कुरा भयो । व्यापारीसँग ४० लाख मागेका रहेछन् । तर, मलाई २५ लाख मात्र उठाउने योजना छ भनेका थिए ।पैसा लिन रणवीर सेनाकै मान्छे काठमाडौं आउने कुरा भएको थियो । तर, जनकपुर बन्दका कारण पार्टीका मान्छे काठमाडौं आउन नसकेपछि मलाई प्रतीक बनेर पैसा लिन जाने निर्देशन आयो । मलाई प्रतीक भनेर कसैले नचिन्ने भएकाले पार्टीले मलाई व्यापारीसँग पैसा लिन निर्देशन दियो । रणवीरले मलाई 'ठूलै रकम छ उठाएर २० लाख चैँ हुन्डी गरिदिनू' भन्ने निर्देशन थियो । पार्टीको निर्देशन नमान्ने भन्ने कुरा भएन । यो विषयमा रणवीर सेनाका प्रमुख सन्देश र अर्का रणवीरसँग कुरा भयो । योजनाअनुसार १९ गते टेकुमा भेट्ने योजना बन्यो । व्यापारी पैसा लिएर टेकु आउने र म प्रतीक बनेर गएर पैसा लिने सहमति भइसकेको थियो । व्यापारीको पछाडि एकजना व्यक्ति बसेको देखेँ । प्रहरी हो कि भन्ने शंका लाग्यो । म व्यापारी भएको ठाउँमा गइनँ । धमलाले मलाई फोन गरेर क्लबमा बोलायो । त्यहाँ व्यापारी र हामी बसेर पैसाको विषयमा छलफल भयो । यो विषयमा धमलाले योजना बनाउँदै गए । यसबीचमा रणवीरले पैसा उठाएर पठाउन पुनः निर्देशन दिए । मैले बल्ल ४० लाखको कुरा भएको रहेछ भन्ने थाहा पाएँ । धमलाले भने २५ लाख मात्र पाउने बताइरहेको थियो । मलाई बाँकी पैसा धमलाले आफैं लिन लागेको शंका लाग्यो र ऊसँग भएको कुराकानी मोबाइलमा रेकर्ड गरिसकेको थिएँ । योजनाअनुसार २० गते अनामनगरमा पैसा लिन गयौँ । त्यहाँ हामीलाई पक्राउ गर्न प्रहरी बसेको रहेछ । हामी तीनजना पक्राउ पर्‍यौँ । (महतोले प्रहरीलाई दिएको बयानं)
ऋषि-शुभक फोन संवाद
(बोल्ड गरिएका शब्द ऋषि धमलाका हुन् ।)
१ म तपाईलाई के भन्छु भने त्यो पैसा हामीलाई नदिने खेल भइरहेको छ । खेलको बारेमा म तपाईंलाई तीनवटा कुरा भन्छु, त्यो के भने त्यो पैसा हामीलाई नदिइकन लिन खोजिरहेका छन् । तपाईंले के भन्नुपर्‍यो भने यसको मेन सुरुवात मैले गरेको हुँ । मैले यो सबै कनेक्सन गरेर तपाइंसँग सम्पर्क गराएर यो डिल गर्न खोज्या हो ।
अँ।
र, एउटा कुरा के भन्छु भने भोलि रणवीर अथवा प्रदीप भनेको अहिले तपाईंहरू सशस्त्र द्वन्द्व गरिराख्नुभएको छ, भोलि त तपाईंहरू खुल्ला पोलटिक्समा आउनुहुन्छ ।
अँ ।
माओवादी १० वर्ष जनयुद्ध गरेर पनि खुल्ला राजनीतिमा आएको शक्ति हो । यद्यपि भोलि रणवीरलाई सफल बनाउन मिडिया र ऋषि धमलाको ठूलो महत्त्व रहन्छ नेपालमा ।
हो, त्यो कुरा मलाई थाहा छ ।
माओवादीका कतिपय नेतालाई मैले स्थापित गरेको हुँ । त्यसैले एउटा कुरामा तपाईंले के स्ट्यान्ड लिनु भने प्रदीपजी त्यो पैसा हामीले मात्र लिएर हुँदैन, ऋषि धमलाजीलाई पनि दिनुपर्छ जसरी पनि । जसले मेहनत गरेको छ, यसका लागि चार/पाँच लाख त मेरो गोजीबाट गएको छ कनेक्सन गराउनका लागि ।
प्रदीप- हो, तपाईंको खर्च भएको छ, मलाई पनि थाहा छ ।
म काँधमा बोकेर हिँडेको छु । उसले मलाई अहिले हामी त उनीहरूलाई एकमुष्ट रकम दिँदैछौँ भन्यो ।
अँ।
है।
अँ।
त्यसैले मेरो तपाईंलाई आग्रह छ- प्रदीपजी सानो कुरामा हामीले बोलेको जुन कमिटमेन्ट छ, जुन विश्वास छ, त्यो नटुटोस्, भविष्यमा जाँदाखेरि हाम्रो हातेमालो भएर तपाईंको हरेक मोर्चामा ऋषि धमलाको
अँ....
इन्डियामा पनि मेरो कत्ति राम्रो कनेक्सन छ त्यो तपाईंलाई थाहा छ ।
थाहा छ, थाहा छ ।
होइन, इन्डियाबाट जो नेपालमा आउँछन्, त्यो सीताराम येंचुरी होस् या मुलायमसिंह यादव होस् या अमर सिंह होस् ।
अँ ।
त्यसैले गर्दा मेरो जो रिलेसन छ त्यसलाई क्यास गर्नुस् र ऋषिजीलाई पैसा नदिई हुँदैन ।
अँ ।
उसलाई यो पैसा नदिइकन हामी काम गर्न पनि सक्दैनौँ ।
अँ ।
हामीलाई डेन्जर हुन्छ, खतरा हुन्छ । भोलि मिडियामा यिनीहरूदेखि होसियार भनेर मिडियामा फोटो आउँछ ।
सुन्नुस् न, म तपाईंलाई के भन्न चाहन्छु भने म तपाईंलाई सानो सल्लाह दिन चाहन्छु । तपाईं के गर्नुस् भने त्यो मान्छेलाई तपाइं रिपोर्टर्स क्लबमा बोलाउनुस् ।
म त्यो मान्छेलाई रिपोर्टर्स क्लबमा बोलाउँछु, है ।अँ ।
त्यो पूर्ण सायमी भन्ने छ नि ?
अँ ।
हो, म त्यसलाई बोलाएर तपाईंसँग कुरा गराउँछु ।
ल हुन्छ । हामी यस विषयमा छलफल गर्छौं अनि तपाईंलाई खबर गछौं ।

२उनीहरूको सबैभन्दा पहिला के भने, उनीहरूको जो मान्छे छन् नि.... हजुर, उनीहरूलाई ऊ नगरी काम हुँदैन, हेर्नुस् ......सबैभन्दा पहिलो रणनीति के भने नि उनीहरूले जुन कमिटमेन्ट गरेका छन् हामीले त्यो पैसा झार्नुपर्‍यो के ।हलो ।
अँ, भन्नुस् ।
यो अहिले जुन प्रचार भयो नि यसमा हामीले धेरै मान्छेमाथि फिल्टर गरेका छौँ, धेरै मान्छेमाथि आशंका गरेका छौँ । जो-जो आशंकाको घेराभित्र परेका छन् हामी उनीहरूलाई व्यक्तिगत क्षति हुने गरी अथवा पारिवारिक क्षति हुने गरी जुन हिसाबमा हुन्छ भौतिक क्षति हुने गरी विस्फोट गराउँछौँ ।
हलो ।
अँ ।अब विस्फोट गराउँछौँ ।
त्यो गरौँ त्यो ।
अर्कोको आवाज- हलो ऋषिसाप ।
हजुर, हजुर ।
बिहान जसरी धोका दियो नि । हाम्रो साथीले पेस्तोल निकालेर हानिसकेको थियो । हामीले रोक्यौँ । हामीले हानेर गएको भए के हुन्थ्यो ?
अँ ।
तपाईं आफैं सोच्नुस् कि यो नौटंकी बन्द गर्न । हामीलाई पैसा चाहिँदैन । तर, हाम्रो पार्टीलाई बदनामी हुन्छ भने हामीलाई मन्जुरी छैन ।
अब यसमा के गर्नु भने यो कुरा छोड्नुस् । के यिनीहरूलाई जसरी पनि क्षति गराउनैपर्छ । पैसा जसरी पनि असुल्नैपर्छ, होइन ।
अँ भन्नुस् त तपाईं ।
धोका दिनेलाई कसरी छोड्न सकिन्छ भन्या ? यिनीहरूले मेरो नाम लिएर १० दिन/१५ दिन ।
त्यसको घर कहाँ हो ?
घर किन चाहियो, त्यो कहाँ भाग्छ र ? खान्दानी मान्छे हो । तपाईं यहीअनुसार मुभ गर्नु, म पनि यसरी नै मुभ हुन्छु । हामीले भोलि ११ बजेसम्म यसलाई हाम्रो फन्दामा ल्याएर यसको के रणनीति छ भने (मोबाइलको आवाज खराब)
अँ ।
यो त्यहाँबाट उम्किन सक्दैन । तपाईंहरू एउटा कुरा के सोच्नुस् भने रिपोर्टर्स क्लब पनि के गर्छ भने तपाईंलाई मिडियामा मोरल सपोर्ट गर्छ, होइन । तपाईंको के छ भने नि प्रदीपजी मलाई विश्वास छ, तपाइंहरूमा आत्मविश्वास पनि छ, तपाईं गर्न पनि सक्नुहुन्छ, तपाईंहरूको आफ्नो सूचना संयन्त्र पनि छ, त्यसलाई अगाडि बढाउनुस् ।
एकदम हामी (मोबाइल बिगि्रयो)
यसले यो काम गर्न सक्छ । यिनीहरूले रातभरिमा पैसा खोज्छु भन्या छन् भन्न चैँ होइन, तपाईंले यिनीहरूलाई रातभर थ्रेट गर्नुस् ।
त्यो हाम्रो त स्रोत छ भने हामी रातभर अगाडि बढिराखेका छौँ । त्यो तपाईंलाई पनि जानकारी गराइदिऊँ ।
ओके ।
उनीहरूको तपाईंसँग कुरा भयो भने यो धेरै नौटंकी भयो । उनीहरूलाई पैसा पनि चाहिँदैन भने भनेर सुनाइदिए हुन्छ ।
उनीहरूले निहुँ खोजिरा’छन्, भोलि म एकचोटि भेट्छु ।
आज तपाईं एउटा कुरो नि, सबैभन्दा ठूलो कुरो तपाईंको रिपोर्टर्स क्लब नभएको भए नि लुज भएको भए मात्रै त्यसको परिणाम भयंकर निस्कन्थ्यो ।
हो त ।
(मोबाइलको आवाज बिगि्रएको)
अहिले हामी राख्दिन्छौँ, भोलि कुरा गर्छौं है सर ।
हुन्छ ।
भोलि हामी कुरा गरौँला ।
हुन्छ ।
३हलो ।
हलो ऋषि सर नमस्कार, के भयो सर ?
उनीहरूकै मान्छेसँग कुरा भा’रछ ।
को ?
पछि उनीहरूले फोन गरेका थिए । उनीहरूको परिवारमा कुरा भएको रहेछ । उसको थियो नि त्यो भान्जा भन्ने । मलाई त्यही कुरा आयो ।
सुन्नुस् न, यहाँ मसँग हाम्रो काठमाडौंका सैन्य कमान्डर हुनुहुन्छ । उहाँसँग कुरा गर्नुस् एकपटक ।
हुन्छ ।
हलो सर, नमस्कार ।
हजुर ।
के भयो आज, के त्यो मान्छे अपहरणमा पर्‍यो ?
अपहरणमा पर्‍या होइन भन्छ उनीहरूकै मान्छेले ।
अँ ।
अब उनीहरूले लिएर गएको भन्छ । केरे भोलि दिन्छु भन्थ्यो ।
यो कुरा धेरै नाटकीय भयो होइन ।
हजुर ।
सुन्नुस् न सर ।
हजुर ।
रकम धेरै ठूलो छ ।
हजुर ।
लगभग हामी यो कुरामा कन्फिडेन्ट भयौँ, यो जुन पैसा छ नि ।
हजुर ।
हाम्रो मेन मोटिभ भनेको पैसा थिए र छैन पनि ।
हो ।
हामी तीस लाख, ४० लाख, ५० लाखका लागि ज्यान फालेर हिँड्ने अथवा धेरै खालको एटेचमेन्ट गर्नेखालको मान्छे हैनौँ, होइन ?
हो ।
जो अहिले अपहरण भएछ, यसमा धेरै आफ्नै मान्छेमाथि समेत शंका गर्नुपर्ने हुन्छ । अहिले खोइ आएन त मिडियामा ?
मिडियामा त आएन ।
किन नआएको मिडियामा ? बागबजार व्यस्त बजारबाट मान्छे अपहरण हुन्छ होइन, अनि सुरक्षा निकायको ध्यान पुग्दैन त्यहाँनिरी, होइन ।
अँ ।
त्यसपछि पनि मिडिया बेखबर, यस्तो यो सिटीबाट कसरी बेखबर हुन सकिन्छ त ? हुन्छ ? सम्भव छ सर ?
यो यिनीहरूमा पैसाको खेल छ क्या । यो मेरो भनाइ के भने तपाइंहरूले पनि अलि कडाइ गरेर..... फकाइरहेका छन् क्या । पैसाको कुरामा फकाएर हुन्छ । अब त्यो तपाइंको के भने नि पैसा लिएर आउँछु भन्छ, आउँदैन हो ।
अँ ।
तीन-चार दिनदेखि यिनीहरूको खेल भइरहेको छ ।
अँ ।
आज तपाईंहरूलाई पैसा लिन बोलाए ?
हेलो सर ।अँ ।उताबाट गर्नुस् अब है ।
ल ल ।
साबार नया पत्रिका

Wednesday, February 4, 2009

महिलाले सुन्न मरिहत्ते हाल्ने दस कुरा

महिलाले पुरुषबाट के सुन्न मन पराउँछिन् भन्ने कुरामा पुरुषहरू अझै पनि अन्यौलग्रस्त नै छन् । त्यसो त नारी र पुरुषका सम्बन्धका विभिन्न पक्षहरू जहिले पनि अस्पष्ट छन् । क्लिष्ट छन्, मोहन कोइरालाका कविताभन्दा पनि क्लिष्ट । यौटा कुरामा भने अधिकांश पुरुष सहमत होलान्- स्त्रीहरू प्रशंसाका भोका हुन्छन् । उनीहरूको प्रशंसामा दुई शब्द मात्रै बोलिदिए पनि उनीहरू चुलीमा पुग्छन् । जति तारिफ गरे पनि उनीहरू कहिल्यै 'भो अब त पुग्यो' भन्दैनन् ।यहाँ महिलाले सुन्न मन पराउने केही यस्ता कुराहरू प्रस्तुत गरिएका छन्, जो उनलाई प्रभावित गर्ने टिप्स या उपायहरू हुन सक्छन् ।
तिमी असाध्यै राम्री छौ
स्वादिष्ट भोजन, सुन्दर पहिरन र प्रशंसा भनेपछि महिलाहरू भुतुक्कै हुन्छन् । प्रशंसा गर्ने सबालमा कहिल्यै कञ्जुस नहुनुहोस् । श्रीमती, प्रेमिका या तपाईंले प्रेम-प्रस्ताव राख्न चाहनुभएको महिला, जोसुकै हुन्- प्रशंसाको वर्षा गर्दिहाल्नुहोस् । उनको रूपको, फिगर (शारीरिक आकृति) को, उनले लगाएको लुगाको, उनको कामको, खाना पकाउने कलाको, आदि-आदिको मन फुकाएर तारिफ गर्नुहोस् । याद राख्नुस्- तपाईं उनीमाथि जति प्रशंसाको वर्षा गर्नुहुन्छ, उनले तपाईंको जीवनलाई त्यति नै हराभरा र सुन्दर बनाइदिन सक्छिन् । मनोविज्ञ डा। सुष्मा दयाल भन्छिन्, 'हामी आफ्नो प्रशंसा सुन्न मन पराउँछौँ किनभने यसले हाम्रो व्यक्तिगत छवि सुधार्न र हीनताबोधबाट मुक्त हुन मद्दत गर्छ । यसले हामीलाई उत्साह दिन्छ र हाम्रो व्यक्तित्व माथि उठाउन सहयोग गर्छ ।' तपाईं उनीमाथि जति प्रशंसाको वर्षा गर्नुहुन्छ, उनले तपाईंको जीवनलाई त्यति नै हराभरा र सुन्दर बनाइदिन अक्छिं
तिमी मेरो जीवनको पहिलो नारी होऊ
यसो भनिदिनुभयो भने तपाईंकी पि्रयसीलाई ढुक्क बनाउँछ कि 'तपाईं एक नारी, ब्रम्हचारी' चरित्रको मान्छे हुनुहुन्छ र अन्य स्त्रीको पछि नलाग्नेखालको हुनुहुन्छ । यसले तपाईंको प्रेमसम्बन्धलाई दीर्घजीवी बनाउनेछ । मार्केटिङ पेसामा आबद्ध छब्बीस वर्षीय अभय बजाज भन्छन्, 'मैले मेरी प्रेमिकालाई तिमी मेरो जीवनको प्रथम नारी हौ भन्दा पत्याइनन् । मलाई लाग्छ, धेरै केटीहरू, केटाहरू एउटै केटीसँग मात्रै समर्पित भएर बस्न सक्छन् भन्ने विश्वास गर्दैनन् । तर, मैले उनलाई उनी नै मेरो जीवनको पहिलो नारी भएको विश्वास दिलाएपछि उनले मलाई जिउज्यानै फालेर माया गर्न थालिन् ।' तर, धेरै चेपारो पनि नघस्नुहोला । नत्र उनले तपाईंको इमानदारीमाथि शंका गर्नेछिन् ।
तिमीबाट म पूर्ण सन्तुष्ट छू
आफ्नी पत्नीलाई भन्नुस् कि सहवासको वेलामा उनी तपाईंलाई सम्पूर्ण रूपमा साथ दिन्छिन् र तपाईं उनीबाट पूर्ण सन्तुष्ट हुनुहुन्छ । यसले एकातिर उनको लाज र शंकोच हटाउन मद्दत गर्नेछ भने अर्कोतिर सहवासमा नयाँ-नयाँ प्रयोग गर्न पनि उनी उत्साहित हुनेछिन् । यौनसुख दाम्पत्य-जीवनको सफलताका धेरै कडीहरूमध्ये एक हो । आफ्नी पत्नीको भूमिकाको हजार जिब्रोले प्रशंसा गर्नुहोस् ।
तिमी असल आमा बन्न सक्छौ
प्रत्येक नारी आमा बन्न चाहन्छिन् । तर, आफू असल आमा बन्न सक्छु कि सक्दिन भन्ने कुरामा ऊ सशंकित हुन सक्छे । तपाईंले आफ्नी पत्नीलाई उनी असल आमा बन्न सक्छिन् भन्नुभयो भने उनी विश्वस्त हुनेछिन् कि तपाईं उनीप्रति बफादार हुनुहुन्छ र बालबच्चासहितको सानो संसार बसाउन लालायित हुनुहुन्छ । गत वर्ष विवाह गरेकी ऋतु जयसवाल भन्छिन्, 'आमा बन्ने कुरादेखि म सधैं डराउँथेँ । तर, मेरो श्रीमान्ले ममा असल आमा बन्न सक्छु भन्ने आत्मविश्वास जगाइदिनुभयो । म अहिले गर्भवती छु ।
' के तिमी मसँग जीवन बिताउँछ्यौ ?
आफ्नी प्रेमिकालाई विश्वास दिलाउनुहोस् कि तपाईं उनीसँग टाइम पास (समय कटाइ) मात्रै गरिरहनुभएको छैन, बरू उनी त तपाईंको जीवनको, तपाईंको सम्पूर्ण अस्तित्वको एक महत्त्वपूर्ण हिस्सा हुन् । तपाईंले यसरी सोधिदिँदा उनी दंग पर्नेछिन् ।दिल्लीको यौटा विज्ञापन एजेन्सीमा काम गर्ने ऋचा नन्दा आफ्नो कथा यसरी सुनाउँछिन्, 'म मेरै अफिसमा काम गर्ने एकजना केटासित ६ महिनादेखि डेटिङ गइरहेकी थिएँ । र, ऊप्रति पूरै भरोसा गरिहाल्न सकिरहेकी थिइनँ । हालसालै उसले मसित विवाहको प्रस्ताव राखेको थियो । त्यतिवेला मात्रै मैले थाहा पाएँ कि ऊ साँच्चिकै हाम्रो सम्बन्धलाई अरू अगाडि बढाउन चाहन्छ ।' यसबारेमा तिम्रो के विचार छ ?
हरेक विषयमा उनको विचार बुझ्न खोज्नुहोस् । गाडी किन्दा होस् या अफिस जाँदा, कस्तो लुगा लगाउने भन्ने विषयमा नै किन नहोस् । यसो गर्नाले उनलाई तपाईं उनको विचारलाई महत्त्व दिनुका साथै उनको सम्मान पनि गर्नुहुन्छ भन्ने कुराको विश्वास दिलाउन सक्नुहुन्छ । दिल्लीको यौटा सञ्चार कम्पनीमा काम गर्ने कनिका श्रीवास्तव भन्छिन्, 'मेरो ब्वाईफ्रेन्डले मसँग राय-सल्लाह माग्दा म उनका लागि एकदम विशेष छु भन्ने लाग्छ । उनी कुनै पनि महत्त्वपूर्ण निर्णय लिनुभन्दा अघि मसँग एकचोटि सल्लाह गर्छन् । यसले उनी मेरो रूपको मात्र हैन, मेरो विचारको पनि कदर गर्छन् भन्ने प्रमाणित हुन्छन्
तिमी मेरी सबभन्दा पि्रय साथी होऊ
उनी तपाईंकी प्रेमिका मात्रै होइनन्, सबभन्दा पि्रय साथी पनि हुन् भन्ने विश्वास दिलाउनुहोस् । उनको रूप, यौवनको आकर्षणका कारण तपाईं उनीसँग टाँसिनुभएको हैन भन्ने सिद्ध गर्न खोज्नुहोस् ।
तिमीलाई पाएर म धन्य भएँ
उनलाई भन्नुहोस् कि उनीबाहेक अरू कोही तिम्रो हुनै सक्दैन । बारम्बार भनिरहनुहोस् कि उनीलाई नपाएको भए तपाईं एक्लै(अविवाहित) बस्नुहुन्थ्यो र 'उठ् जोगी, फट्कार छाला, जहाँ जाला, त्यहाँ खाला' तालले बाँच्नुहुन्थ्यो ।' उनलाई बताउनुस् कि तपाईंको जीवन सुन्दर हुनुको एक र मात्र एक कारण उनी हुन् ।
मेरो मनको कुरा जान्दछौ तिमी
उनालाई उनी साक्षात् देवी भएको महसुस गराउन चाहनुहुन्छ भने उनलाई बताउनुस् कि उनी तपाईंको मनको कुरा थाहा पाउन सक्छिन् । निजी बैंकमा काम गर्ने माधुरी भार्गव भन्छिन्, 'मेरो बिहे भएको नौ वर्ष भयो । मेरा श्रीमान् उनलाई मैले जति कसैले जानेको छैन भन्छन् । उनकी आमा र उनी स्वयंभन्दा पनि बढी मैले उनलाई बुझेकी छु भन्दा मलाई असाध्यै आनन्द आउँछ ।'
म तिमीलाई माया गर्छु
नारीलाई यी चार जादुमय शब्दहरू बाह्रै महिना, बाह्रै काल सुनिरहे पनि पुग्दैन । तर, ठीक समय र ठीक ठाउँमा भन्नुहोला यो वाक्य । त्यसो त तपाईं आफ्ना अन्य गतिविधिमार्फत पनि प्रेम व्यक्त गर्न सक्नुहोला, तर बोलेर प्रेम व्यक्त गर्नुको महत्त्व नै बेग्लै हुन्छ । - एजेन्सी
साबार नया पत्रिका

विदेशनीतिमा ओबामाका १० चुनौती


2009-01-23,Friday'
आजबाट अमेरिकाको पुनर्निर्माण सुरु भयो,' अमेरिकाको ४४औं राष्ट्रपतिका रूपमा शपथग्रहणपछि जनतालाई पहिलो सम्बोधन गर्दै भनेका ओबामाले थिए । तर, उनले घोषणालाई साकार रूप दिन पर्याप्त चुनौतीहरू झेल्नुपर्नेछ । आन्तरिक रूपमा रहेका समस्याका साथै विश्व-महाशक्तिका रूपमा अमेरिकाको सानलाई ज्युँदो राख्न उनले सुझबुझपूर्ण वैदेशिक नीतिहरू अवलम्बन गर्नुपर्नेछ । यहाँ ओबामाले सामना गर्नुपर्ने १० मुख्य वैदेशिक मामलाको संक्षिप्त चर्चा गरिएको छ-१। विश्वमा प्रभुत्वओबामा राष्ट्रपति पदमा चुनिनुले स्पष्ट भएको थियो कि पूर्वराष्ट्रपति बुसले अपनाएको विदेशनीतिबाट अमेरिकी जनता परिवर्तन चाहन्छन् । यो चाहनाको सम्बोधन स्वरूप 'एकतर्फी नीति'को ठाउँमा बहुलतावाद र 'संसारमा केवल एक महाशक्ति' को रूपमा अमेरिकाको छविमा बदलाव आउन सक्ने विश्लेषकहरू बताउँछन् । पूरा हेर्नुहोस् ।

'नाटकीय सुधार सम्भव हुँदोरहेनछ’


१२ माघ २०६५ -
आदरणीय आमा-बुबा, दिदी-बहिनी तथा दाजु-भाइहरू, सबैभन्दा पहिले म आफ्नो विवेक, सुर्‍याइ र आत्मबलिदानको अजेय शक्तिले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको सुन्दर ढोका खोलिदिने दस वर्षो जनयुद्ध, उन्नाईस दिनको जनआन्दोलन, मधेस आन्दोलन तथा सुदूर अतीतदेखिका अरु सबै आन्दोलनहरूमा सहादत प्राप्त गर्ने सदैव स्मरणीय सहिदहरूप्रति यहाँहरू सबैका तर्फबाट सम्मानसहित हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।आज म प्रधानमन्त्रीका रुपमा मात्र होइन, एउटा नागरिकका रुपमा समेत यहाँहरू समक्ष केही भन्न लागिरहेको छु । सरकार सञ्चालनको पाँच महिनाको अत्यन्तै कटु अनुभवपछि म अब के टुङ्गोमा पुगेको छु भने परम्परागत ढङ्गले मात्र नयाँ नेपालको राष्ट्रिय संकल्प पूरा हुन असम्भव छ । नयाँ नेपाल बनाउने नेपाली जनताको आकाङ्क्षालाई पूरा गर्न संविधानसभामा रहेका सबै राजनीतिक दलहरूबीच विगतमा भएको १२ बुँदे समझदारीजस्तै नयाँ शिराबाट राजनीतिक सहमति कायम गर्नुपर्ने हुँदा म मुलुकका सबै राजनीतिक दललाई त्यसको लागि हार्दिक अपिल गर्दछु ।म अलिकति पृष्ठभूमितिर जान्छु । २०६४ साल चैत २८ गते संविधानसभाको ऐतिहासिक निर्वाचन सम्पन्न भयो । निर्वाचनको नतिजा सार्बजनिकभएपछि साता बिते, महिना बिते तर ताजा जनादेशका आधारमा बन्ने नयाँ सरकारको बाटो लामो समयसम्म पनि खुल्ला भएन । जुन न स्वाभाविक थियो न लोकतान्त्रिक । माओवादीले विपन्न तथा पिछडिएको वर्गलाई प्राथमिकता दिई त्यसैको विवेक र आवेग, श्रम र लगनको सहाराले जडताका किल्लाहरू तोड्दै नयाँ नेपाल बनाउने प्रक्रियाको थालनी गर्ला भन्ने डर यथास्थितिवादी तथा पुनरोत्थानवादी तत्वहरूमा थियो । तर समयको मागलाई रोक्ने तागत कसैमा थिएन । पूरा हेर्नुहोस्

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल

एक दक्षिण एशियाली भूपरिवेष्ठित हिमाली राष्ट्र हो। यसको भौगोलिक अक्षांश २६ डिग्री २२ मिनेट देखि ३० डिग्री २७ मिनेट उत्तर र ८० डिग्री ४ मिनेट देखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तर सम्म फैलिएको छ। यसको कूल क्षेत्रफल १,४७,१८१ वर्ग कि।मि छ। यो क्षेत्रफल पृथ्वीको कूल क्षेत्रफलको ०।०३% र एशिया महादेशको ०.३% पर्दछ। लण्डन स्थित ग्रीनवीच मिनटाइम भन्दा पूर्वतर्फ रहेकोले गौरीशंकर हिमालको नजिक भएर जाने ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तरलाई आधार मानी नेपालको प्रामाणिक समय ५ घण्टा ४५ मिनेट आगाडि मानिएको छ। नेपालको पूर्वी सीमाना मेची नदीदेखि पश्चिमी सीमाना महाकाली नदीसम्मको कूल लम्वाई ८८५ कि.मि छ। उत्तर देखि दक्षिणको चौडाई भने एकनाशको छैन। पूर्वी भाग भन्दा पश्चिमी भाग केही चौडा छ। त्यस्तै मध्य भाग भने केही खुम्चिएको छ। यसमा अधिकतम चौडाई २४१ कि.मि र न्युनतम चौडाई १४५ कि.मि रहेको छ। यसर्थ नेपालको सरदर चौडाई १९३ कि.मि रहेको छ। नेपालको उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ भने दक्षिण, पूर्व र पश्चिममा भारत पर्दछ। नेपालका ८०% भन्दा बढी नागरिक हिन्दू धर्म मान्दछन्। यो प्रतिशत भारतको भन्दा बढी छ, अतः नेपाल विश्वकै सबै भन्दा बढी प्रतिशत हिन्दू धर्मावलम्बी हुने राष्ट्र पनि हो। एउटा सानो क्षेत्रको लागि नेपालको भौगोलिक विविधता निकै उल्लेखनीय छ। यहाँ तराईका उष्ण फाँट देखि चिसा हिमालयका श्रृंखलाहरु अवस्थित छन्। संसारका सबै भन्दा उच्च १४ हिमश्रृंखलामध्ये ८ नेपालमा पर्दछन् जसमध्ये संसारको सर्वोच्च शिखर सगरमाथा (नेपाल र चीनको सीमानामा पर्ने) पनि एक हो। नेपालको प्रमुख सहर एवं राजधानी काठमाडौं हो। काठमाडौं, ललितपुर र भक्तपुर शहरहरुलाई काठमाडौं उपत्यका भनेर चिनिन्छ । पूरा हेर्नुहोस् ।