नमस्कार, नमस्कार , नमस्कार
"मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे, रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे, दु:ख मा रुनु हुँदैन र सुखमा हास्नु हुँदैन रे, आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे, जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिली रहोस समयले जति नै टाढा पुर्याए पनि अबिरल यादहरु आईरहोस, पुरा होस तपाईंको मनको हरेक कामना ।।"
भगवान पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।
शिव जी
महादेव पार्वती र गणेश
राजा त्रिभुवनको अफिस
Nepal's First President
शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा
बैठक कोठा
राजगद्दी सिहासन
नारायणहिटी सङ्ग्राहालय
Friday, February 20, 2009
अनुहारको सौन्दर्य अनुपात
2009-02-20,Friday
आजभोलि अनुहार र शरीरको सौन्दर्य हेरेर उसको व्यक्तित्व अनुमान गर्ने गरिन्छ । यस कारण आफ्नो व्यक्तित्वबारे चासो राख्नेहरू शारीरिक आकर्षणमा विश्वास गर्छन् भन्दा फरक पर्दैन । अझ, कतिपयले त भन्ने गरेका छन्, 'करिअर'मा पनि रूपको भूमिका महत्त्वपूर्ण छ । जुन किशोरी स्मार्ट छे, उसले अरूको तुलनामा चाँडो जागिर पाउँछे । अरू उपलब्धिमूलक कामका लागि पनि रूपले सघाउँछ नै ।'
पुरुषहरू स्वस्थ र सुन्दरी श्रीमती चाहन्छन्, युवती सुन्दरी भए उसले जन्माउने सन्तान पनि स्वस्थ र सुन्दर हुन्छ भन्ने मान्यता छ
'शारीरिक आकर्षणको मनोविज्ञान' पुस्तकका लेखक युनिभर्सिटी कलेज लन्डनका विकासमुलक मनोविज्ञ डा. एडि्रयान र्फनह्यामले पनि 'करिअर'मा रूप पनि महत्त्वपूर्ण हुने स्विकारेका छन् । उनी भन्छन्, 'कुनै पनि केटाकेटी एक-अर्काप्रति आकर्षण हुने पहिलो आधार उसको सौन्दर्य हो ।' उनको अध्ययनले भन्छन्, 'आर्थिक रूपमा सक्षम विश्वका ४६ प्रतिशत महिला नियमित फेसियल गर्छन् ।' पुरुषहरू पनि सौन्दर्यप्रति निकै चनाखो हुँदै गएका छन् । डा. एडि्रयान अगाडि थप्छन्, 'पुरुषहरू पनि क्रमशः सौन्दर्य सामग्रीमा खर्च गर्न रमाउँदै छन् ।'
कतिपय वैज्ञानिकले सुन्दरताको सिद्धान्त डर्बिनको सिद्धान्तसँग आधारित भएको दाबीसमेत गरेका छन् । पछिल्लो मान्यताअनुसार अचेलका पुरुषहरू स्वस्थ र सुन्दरी श्रीमती चाहन्छन् । युवती सुन्दर भई भने उसले जन्माउने सन्तान पनि स्वस्थ र सुन्दर हुन्छ भन्ने मान्यता छ । यौवन, स्वास्थ्य र प्रजनन्का विषयमा पुरुषले ध्यान दिन थालेपछि युवतीहरूले आफूलाई सक्षम बनाउन चाहन्छन् ।
राम्री युवती भन्नेबित्तिकै वर्णको रङलाई आधार मान्नु हुँदैन । उचाइअनुसारको तौल र अन्य शारीरिक बनावट हुनुपर्छ । वेस्ट हिप रेसियो (डब्लुएचआर) र कम्बर, नितम्ब र बडी मास इन्डेक्स (बिएमआई) हुनुपर्छ, जसको उचाइअनुसार कम्बर, नितम्ब र छाती हुन्छ, ऊ अरूभन्दा राम्री देखिन्छे । उचाइअनुसार शरीरका अरू अंगको विकास नभए पनि व्यायाम र सौन्दर्य प्रसाधन सामग्रीबाट विकास गर्न सकिने वैज्ञानिकहरूको राय छ ।
सौन्दर्यकै कारण चर्चामा रहेका केही महिलामा यस्ता गुण थिए । विनस डि मेलोदेखि मर्लिन मुनरोसम्म यी गुणले पूर्ण थिए । युनिभर्सिटी अफ टेक्सासका प्रोफेसर डा. देवेन्द्र सिंहका अनुसार ९० को दशकमा प्लेब्वाई मोडल र अमेरिकी सौन्दर्य प्रतियोगितामा भाग लिने सुन्दरीको शारीरिक सौन्दर्य मापन डब्लुएचआरकै आधारमा गरिएको थियो ।
अधिकांश महिलाको डब्लुएचआर ०.७ देखि १.० को अनुपातमा हुन्छ । ०.७ देखि ०.८ लाई सबैभन्दा आकर्षक मानिन्छ । पातली महिलाको डब्लुएचआर कम हुन्छ त्यसो भन्दैमा डराउनुपर्दैन । नितम्बअनुसार कम्मर पनि सानै हुनेहुँदा राम्रो देखिन्छ । हाम्रो शरीरको सबै अंगको एक-अर्कोसँग सम्बन्ध हुन्छ र राम्रो देखिनमा निणर्ायक भूमिका एउटै मात्रै अंगले गर्दैन । आँखा, नाक या मुख राम्रो हँुदैमा कोही राम्रो हँुदैन राम्रो देखिन सबै अंग मिलेको हुनुपर्छ । सौन्दर्यको सिधा प्रभाव मस्तिष्कसँग हुने दाबी गरेका छन् सौन्दर्यविद्ले । कुनै पनि राम्रो वस्तु हेरेपछि मस्तिष्कमा त्यसको सकारात्मक प्रभाव पर्ने भएकाले पनि रामै चिज हेर्न चाहने मानवीय स्वभाव रहेको धारणा राख्छन् सौन्दर्यविद् ।
अनुहारको आकार
राम्रो अनुहार कस्तो हो भनेर आफैंले छुट्टयाउन सकिन्छ । यसका लागि आफ्नो अनुहारवरिपरि पेन्सिलले घेरा बनाउन सकिन्छ । आँखीभौंभन्दा आधा इन्च माथिबाट सुरु गरेर लाइन तान्नुपर्छ, त्यसपछि कानको छेउ हुँदै चिउडोमा पुर्याउनुपर्छ, दुवैतिरबाट तानेको लाइन जोड्दा मुटु-आकार आयो भयो भने तपाईले आफ्नो अनुहार राम्रो रहेछ भन्ठाने हुन्छ ।
राम्रा आँखा
राम्रो आँखा त्यो हो, जसले तपाईंको अनुहारको ३० प्रतिशत हिस्सा ओगेको हुनुपर्छ । अँाखीभौं र परेलाले पनि आँखाको सौन्दर्य घटाउन/बढाउन सहयोग पुर्याउँछन् । आँखीभौंको रौं मिलाएर राख्यो भने सानो आँखालाई पनि ठूलो देखाउन सकिन्छ ।
आदर्श नाक
शरीरका सम्पूर्ण अंगमध्ये नाकको पनि आपनै महत्त्व छ । नाक शरीरको पूरै आकारको पाँच प्रतिशतबराबर हुनु राम्रो मानिन्छ । नाकको डाँडी परेलाको हाराहारी हुनु आकर्षक मानिन्छ ।
मुखको सुन्दरता
आदर्श मुख जहिले पनि हल्का खुलेको हुनुपर्छ । ओठ पनि त्यत्तिकै राम्रो हुनु जरुरी छ । चुप लागेर बस्दा ओठको चापबाट अगाडिको दुईटा दाँत हल्का देखियो भने राम्रो मान्न सकिन्छ ।
saabar nayapatrika
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment