NAMASKAR ,NAMASKAR

NAMASKAR ,NAMASKAR
WELCOME MY BLOG VIEWERS

THINK WE ARE SAME

Photobucket

नेपाली समय

"शादा जीबन उच्चा बिचार"

"शादा जीबन उच्चा बिचार"
NEPALI FLAG

नमस्कार, नमस्कार , नमस्कार

"मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे, रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे, दु:ख मा रुनु हुँदैन र सुखमा हास्नु हुँदैन रे, आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे, जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिली रहोस समयले जति नै टाढा पुर्याए पनि अबिरल यादहरु आईरहोस, पुरा होस तपाईंको मनको हरेक कामना ।।" भगवान पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।

शिव जी

शिव जी
HINDU RELIGION

महादेव पार्वती र गणेश

महादेव पार्वती र गणेश

राजा त्रिभुवनको अफिस

राजा त्रिभुवनको अफिस








Nepal's First President

Nepal's First President
Ram Baran Yadav

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

बैठक कोठा

बैठक कोठा

राजगद्दी सिहासन

राजगद्दी सिहासन

नारायणहिटी सङ्ग्राहालय

नारायणहिटी सङ्ग्राहालय
२०६५ देखी सर्बसाधारणलाई खुल्ला गरिएको हो ।

Wednesday, September 23, 2009

दशैको उत्सर्ग

 दशैको उत्सर्ग 


    सर्बप्रथम त सम्पुर्ण देश विदेशमा आफनो कार्य क्षमतालाई मध्य मार्ग बनाएर आफनो अमुल्य समयलाई निरन्तरता दिएर परिश्रमको फल फलाई रहनु भएका सारा नेपाल आमाका सन्तानहरुलाई अब आउने २०६६ सालको बडा दशैको शुभ कामना व्यक्त गर्न चाहान्छु । बडा दशै हिन्दुहरुको महान पर्वको रुपमा मनाईन्छ । यो महान चार्डमा एक भक्त एक चित्त भएर आफनो आकांक्षाहरुलाई एकाक्ग्र बनाएर भजन किर्तन तिर समय बिताउने गर्दछन् । हिन्दुहरुको महान चाड बडा दशै हाम्रो घरदैलोमा आउदै छ । बिछोडिएकाहरुको मिलन हुने चाड भनेर पनि हामीले चिन्दछौ यो बडा दशै । वर्षौ वर्ष बिछोडको पिडामा तड्पिएर निराहार जिवन बिताउन बाध्य भएकाहरुको लागी यो महान चार्डले पुर्नमिलनको सँज्ञा दिएको हुन्छ । मिठो खाने राम्रो लगाउने एक आपसमा गु_िम्सएर बसेको कौतुहलहरु एकले अर्कालाई प्रफुल्ल भएर पोख्ने क्षेण भनेर पनि यो दशैलाई ठान्दछौ । बिशेस गरेर हामी नेपालीहरुको लागी वर्ष भरिको पिर दुखलाई भुलेर आफनो गक्ष अनुसारको रित पुर् याएर आफना साखा सन्तानहरुसगँ एक जुट भएर खुशि साटा साट गर्ने मौका पनि हो यो बडा दशै । आफना अतिरिक्त कामहरुलाई एकातिर पन्छाएर रमाईलो गरि खुशी बाड्ने खुशीको मौसम हो । वर्षौ वर्ष मुग्लानमा बसेकाहरुलाई पनि यो दशै पर्वले आफनो परिवार ईष्ट मित्रको सम्झना गराउने गर्दछ । आफुसँग छैन भने पनि सर सापट गरेर भए पनि वर्षमा एक पटक आउने पर्व भनेर राम्रो तरिकाले मनाउने चलन छ । दशै भन्ने वित्तिकै विसेस गरेर सार्क राष्ट्रहरुमा यस पर्वको विसेस स्थान छ । वर्षभरिको पिरदुखलाई भुलेर भए पनि आफनो जिवनमा आन्नदसगँ समय विताउन पनि यो दशैले विसेस भुमीका खेलेको हुन्छ । मिठो खाने र राम्रो लगाउने बेला पनि हो भनेर नकार्न सकिदैन । सोह्र सराद्ध गरी आफना स्वार्गवासी मृत आत्माहरुलाई तर्पण गरि धर्म प्राप्तिको लागी पनि यो दशैले भुमीका खेलेको छ । सोह्र सराद्ध सकिए पछि नौ रथ सुरु हुन्छ । जमरा राखेर भजन कृतन गरि एक चित्त एक भक्त भएर नौ रथ भरि देवि देवताको पुजा आजामा सारा समय विताउने गर्दछन् । विषेस त दशै फुलपाती देखि सुरु भएर अष्टमीनवमी हुदै दशमीसम्म मनाउने गर्दछन् । नवदुर्गा भवानीको प्रसाद लगाएर आफना शत्रुलाई परास्त गर्न सकिन्छ भन्ने किम्ब दन्ति पनि छ । दुर्गा भवानीले शक्ति प्रदान गर्दछ भन्ने पौराणिक सत्यतालाई मध्य नजर राखेर पनि दशैलाई विसेस तरिकाबाट मनाईन्छ । सानाले ठुलाको हातबाट फुल टिका थाप्ने र आशिक लिने गरिन्छ । पुर्खाहरुले दिएको किम्व दन्तिलाई अङ्गालेर हामीले दशैको खुशीयाली मनाउने गर्दछौ । दशैले गाउँ घरमा सामुहीक कार्यक्रम गर्ने र दशैको चिनारी राख्ने चलन पनि बसेको छ । जस्तै बाटो घाटो बनाउने र टोल समाजलाई सफा सुग्गर बनाएर राख्ने सामुहिक पिङ्ग हाल्ने जस्ता कार्यले पनि यो पर्वमा बैमनस्यता भएकाहरुमा पनि मित्र भावले सत्कार गर्ने परम्परा बसि आएको छ । माइतिमावली जाने आउने एकले अर्कालाई मित्र भावले सत्कार गर्ने चार्ड हो दशै । माथि मैले केही कुराहरु दशैको बारेमा बयान गरे तर हाम्रो समाजमा हिजो आज चार्ड पर्व मनाउने नाममा धेरै उतार चडापले जरो गाडको छ । आफनो आम्दानीलाई मध्य नजर नराखीकन मन लाग्दो तरिकाबाट चार्डपर्वको सत्कार गर्ने चलन बढि चलेको छ । बिकृती र बिसँगतीकॊ नराम्रो जरा गाडेर एकले अर्कालाई नराम्रो दृष्टिले हेर्ने र मौका छोपेर अपराधिक घटना घटाउन समेत पछि परेका छैनन् । फेसन प्रर्दशनि कस्को घरमा ठुलो पशु बलि दिने र कस्ले बढि लागु पदार्थ प्रयोग गर्ने जस्ता कृर्याकलापले जरा गाडेर समाजमा बिकृती र विसँतीले अपराधि कृर्याकलाप सृजना हुन थालेको छ । सानो तीनो कुरालाई लिएर एकले अर्काको ज्यान समेत लिन पछि परेका छैनन् । ईर्या र डाहाले गर्दा गाउँ समाजमा नराम्रो विकृतीको विजारोपण हुन थालेको छ । आफनो को हो अर्का को हो भन्ने कुराको पहिचान हुन छाडि सकेको छ हिजो आजका नव प्रतिभाहरुको मानस पटलमा र अनि सानो तिनो कुरालाई लिएर विभत्सव दुर्धटनाको विजारोपण हुन गई रहेको हामीले देख्दै आएका छौ । यसको मतलव शताब्दि देखि मनाउदै आएको चार्ड नमनाउने भन्ने पनि होईन । आफनो कार्य दक्षता क्षमता के कति छ त्यसलाई मध्य नजर राखेर सरल र सुलभ तरिकाबाट चार्ड पर्वको सत्कार गर्न तिर लाग्दा ससङकीत र आतङकित मनहरुमा केही हदसम्म भए पनि सान्त्वना पाउने थियो कि भन्ने मेरो मनसाय हो । आखिर एक दिन मात्र खाएर सधैलाई पुग्ने पनि होईन । सरल तरिकाबाट एक अर्कामा भएको बैमनस्यतालाई पनि निर्मुल हुने गरि सदियौ पुराना कौतुहलहरुलाई खुशी र माया अनि सद्भावमा बदलेर एक अर्कामा नयाँ मित्रता जगाउने तरिकाबाट यो आउने दशैलाई स्वागत् गर्न पाएको खण्डमा हामी सबैको घर आगनमा दुर्गा भवानीले वास गर्ने थियो कि त भन्ने लाग्दछ ।

    समयको परिवर्तन त हामीले पायौ तर सबैले भन्ने गरेका छौ नयाँ नौलो नेपाल भनेर तर हामीले के पाएका छौ त नयाँ नेपालमा केवल व्याजन वर्ण र स्वार वर्णले दिएको सक्ला अक्षर भन्दा नयाँ हामी नेपालीले के पाउन सफल भएको छौ । परिवर्तनको खोजीमा निरन्तर लागी रहेका हाम्रा पौरखि हात र मनहरु आज आएर परिश्रम गरेका फल केवल िहंसा अपहरणमहंगी र हत्या भन्दा के पाउन सफल भएका छौ । समय सापेक्षाको लडाई लडेर पनि हामीले सन्त्रासै सन्त्रासको मौलिक हक अधिकार भन्दा के नै पाउन सफल भएका छौ । यस्ता भयानक संत्रासले मन सधै भरि पोली रहेको छ हाम्रो र बेमौसमी फल फले जसरि विभिन्न किसिमका भाषणका खेती गर्न र एक अर्कालाई लडाउन फलाहारको रुपमा नेता भनाउदाहरु लहरिएर फैलीएका छन् । जहिले पनि हाम्रो मनमा नयाँ के पाएका छौ भन्ने प्रश्नको जडले मन पोली रहेको हुन्छ । भाषणको खेती गर्ने र आफनो र पारिवारिक दिन चर्या बदल्नु बाहेक हाम्रा नेताहरुको दोस्रो परिवर्तन देख्न हामीले पाउने छैन । त्यस कारणले गर्दा पनि अब आउने लोकतान्त्रिक नयाँ नेपालमा नयाँ तौर तरिकाबाट यस पालिको दशैलाई सरल र सभ्य तरिका अपनाएर एक अर्कामा भएका तिस्कार बैमनस्यता र तिक्ततालाई जरै देखि निर्मुल पारेर भाईचाराको सम्बन्धलाई बलियो बनाउने आर्शिवाद थापेर ति आउने उल्जनलाई एक जुट भएर निर्मुल पार्न तिर लाग्दा कस्तो होला । त्यस कारणले गर्दा अब आउने बडा दशैलाई उतार चडापको भारमा नपारेर सरल र सभ्य तरिकाबाट मनाएर रोग भोगिहंसाअपहरणईष्र्याहा जस्ता कुराको भयलाई निर्मुल पार्नलाई दुर्गा भवानीको आर्शिवादलाई शिरोधार्य गरेर नयाँ नेपालको नयाँ संविधान लेखन कार्यलाई मुल मन्त्र बनाएर हामी सबैले हाते मालो गरेर शुभ कामना आदान प्रदान गर्न तिर लाग्दा शान्तिको अग्रदेव पनि खुशि हुने थियो की भन्ने मेरो कामना हो । दुर्गा भवानीले हामी सबैको रक्षा गरुन भन्ने आशाका साथ कामना गर्दछु ।

समाप्त ॥ ॥ ॥

 विजयकुमार श्रेष्ठ/धादिङ्ग,हाल ईराक


टिका जमरा लगाई


 


 


                 


    टिका जमरा लगाई                                      


शुभकामना दिदैछु बडा दशै २०६६ को मित्रहरुलाई
खुशी र उल्लासले सिङ्गारौ सबै मिली बडा दशैलाई
पारिवारिक मिलनको सुख प्रप्ती ठानौ बडा दशैलाई
उजाडिएको मनमा रौनक जगाउँ टिका जमरा लगाई ॥ ॥


 


ससङ्गकित मनहरुलाई प्रफुल्ल बनाई मनाउ दशैलाई
सुख र शान्तिको कामना गरौ परिवार एक जुट भई
फुल प्रसादले तृप्त पारौ नव आगन्तु पाहुनहरुलाइ
उजाडिएको मनमा रौनक जगाउँ टिका जमरा लगाई ॥ ॥ 


 

सम्बन्ध प्रगाड बनाउने बाचा गरौ भक्तिभाव देखाई
परिवारमा उमङ्गको रौनक ल्याऔ सरल स्वाभाव देखाई
सधैभरि हाई हाई हुनु समाजमा आफनो परिचय देखाई
उजाडिएको मनमा रौनक जगाउँ टिका जमरा लगाई ॥ ॥ ॥


 


परदेशमा भए पनी कामना दिन नछाडौ एकले अर्कालाई
सँगै हुनु पर्छ भन्ने पनि छैन हामीमा सम्झना राख्नलाई
नयाँ सविधान बनाउने कामना गरौ देवीको प्रसाद लगाई
उजाडिएको मनमा रौनक जगाउँ टिका जमरा लगाई ॥ ॥ ॥ ॥


                                              लेखक


                                     विजयकुमार श्रेष्ठ
                                      धादिङ्ग


                                   हाल बलाद,इराक


 


Monday, August 3, 2009

प्रचण्डका दस गल्तीहरू


 


 
- देवप्रकाश त्रिपाठी


    आफूले राखेको सोच र आफूले गरेको काम हरेकलाई ठीक लाग्छ, यो हरेक मानिसमा हुने प्राकृतिक कमजोरी हो। जो मानिस अर्काको आँखाबाट आफूलाई हेर्ने क्षमता राख्दैनन् र आफूलाई आफ्नै आँखाबाट मात्र हेर्ने गर्छन्– त्यस्ता मानिसमा गल्ती देख्ने क्षमता हुँदैन। गल्ती नै नदेखेपछि सुधारको तत्परता महसुस हुने कुरै भएन। माओवादीले रचेको सशस्त्र युद्ध त्यस्तै एउटा गल्ती हो, जुन गर्नेहरूले अहिलेसम्म गल्ती महसुस गरेका छैनन्। युद्धको असरले नेपालको शान्ति र स्थिरता मात्र बिथोलेको छैन, राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमिकता नै चरम सङ्कटमा पारेको छ र लोकतन्त्रको भविष्यसमेत अन्योलग्रस्त तुल्याएको छ। माओवादीले जनयुद्ध र एकथरीले आतङ्ककारी क्रियाकलाप भन्ने गरेको सशस्त्र युद्धले नेपाली राजनीति र समाजलाई भित्रैदेखि हल्लाउनुलाई नै उपलब्धि मँन्नु एउटा पक्ष हुनसक्छ, तर यसको नकारात्मक प्रभावको मूल्याङ्कन अहिले कसैले नगरे पनि भोलिका इतिहासले गर्ने विश्वास गर्न सकिन्छ। यहाँ दसवर्षे सशस्त्र युद्धको समीक्षा या चर्चा गर्न खोजिएको होइन, माओवादीको सर्वशक्तिमान नेता प्रचण्डबाट भएका, उहाँले महसुस नगर्नु भए पनि हामीले देखेका दसवटा गल्तीहरूको चर्चा गर्ने प्रयास गरिएको छ। माओवादी अध्यक्ष प्रचण्डका गल्तीहरूबारे चर्चा गर्दा कसैकसैले युद्धकालमा भारतलाई आश्रयस्थल बनाउनु र नयाँदिल्लीमा बसेर बाह्रबुँदे सम्झौता गर्नुलाई पनि गम्भीर गल्तीका रूपमा उल्लेख गर्ने गरेका छन्। तर, यहाँ बाह्रबुँदे सम्झौतायता र अझ लोकतन्त्र स्थापनायता प्रचण्डबाट भएका गल्तीहरूबारे मात्र उल्लेख गर्न खोजिएको छ।


    गल्ती नं. १– विगतमा जो–जसले नाराका रूपमा गणतन्त्र या संविधानसभालाई अघिसारेको भए पनि मागका रूपमा मुद्दा उठाएर उपलब्धि हासिल गर्ने सम्पूर्ण जस (यस) चाहिँ माओवादीलाई नै जान्छ। माओवादीकै कारण देशमा संविधानसभा र गणतन्त्र स्थापना हुन पुगेको हो भन्न कञ्जुस्याइँ गर्नु भनेको सूर्यलाई हत्केलाले छेक्नु मात्र हो भन्न सकिन्छ। आजभन्दा पाँच वर्षअघिसम्म कसैले कल्पनासम्म गर्न नसकेको उपलब्धि मित्रराष्ट्रकै निर्णायक सहयोगमा सही– माओवादीले हासिल गर्योस। तर, संविधानसभा, गणतन्त्र र आफ्नै नेतृत्वमा सरकारसमेत प्राप्त गरिसकेपछि प्रचण्डले यसलाई जनयुद्धको महान् उपलब्धिका रूपमा स्थापित गर्न सक्नुभएन या चाहनुभएन। गणतन्त्र र संविधानसभा बुर्जुवा राजनीतिक माग भएको व्याख्या गर्दै आफूहरू यहाँबाट पनि छलाङ मारेर माओ र स्टालिनको जस्तो 'क्रान्ति' गर्न प्रतिबद्ध रहेकोे बताउन थालेपछि माओवादी पार्टी र प्रचण्डप्रति सिङ्गै संसार सशङ्कित हुन पुग्यो। यसरी एकतिर माओवादीइतर संसारले प्रचण्डलाई शङ्काको दृष्टिले हेर्न थाल्यो भने अर्कोतर्फ आफ्नै पार्टीका समर्थक एवम् कार्यकर्ताहरू पनि क्रान्ति अझै बाँकी रहेको 'भ्रम'मा परे र रचनात्मक कामप्रति उनीहरू उदासीन रहे। यदि गणतन्त्र स्थापना, संविधानसभा र आफ्नो नेतृत्वमा सरकार हुनुलाई महान् उपलब्धिका रूपमा स्थापित गर्दै अब मुलुकलाई आर्थिक रूपमा समृद्ध तुल्याउने क्रान्तिको चरणमा प्रवेश गर्ने भनी रचनात्मक क्रियाकलापका लागि कार्यकर्तापङ्क्तिलाई पे्ररित गरिएको भए मुलुकमा दिगो शान्ति स्थापनाको सम्भावना बढ्ने त छँदै थियो, मुलुक र माओवादीका निम्ति पनि यो हितोपयोगी हुन सक्थ्यो।


    गल्ती नं. २ – हत्या र हिंसा सैद्धान्तिक रूपमा नै त्याज्य विषय हुन्। हिंसाको पक्षपोषण सामान्य मानसिकताले गर्न सक्दैन। जुनसुकै नाममा जसले जहिले रचे पनि हिंसा भनेको हिंसा नै हो, यसले मूलरूपमा प्राणीको रगत बगाउँछ र जीवनलाई खलबल्याउँछ। दसवर्षे युद्धका क्रममा बाँदरमुढे (चितवन) घटना लगायत अनगिन्ती अमानवीय घटना भएका थिए। मूल राजनीतिक प्रवाहमा सामेल हुँदै शान्तिसम्झौतामा आएपछि प्रचण्डले युद्धकालका अमानवीय घटनाका लागि जनतासँग क्षमा याचना गर्नुपर्थ्यो। एउटा महान् राजनीतिक परिवर्तनका निम्ति हिंसाको सहारा लिनुपरेको भए पनि यसलाई एउटा अन्तिम बँध्यताका रूपमा चित्रण गर्दै आइन्दा आफूहरूले पनि कुनै पनि रूप र मात्राको हिंसात्मक क्रियाकलाप नगर्ने प्रतिबद्धता प्रकट गरेको भए त्यसले जनतामा माओवादीप्रति सकारात्मक सन्देश प्रवाहित गर्न सक्थ्यो। यही क्रममा एउटा राजनीतिक उद्देश्यका लागि लडेका योद्धाहरूको उच्च सम्मान गर्दै उनीहरूलाई राजनीतिक एवम् रचनात्मक कार्यमा सहभागी गराउने र राज्यलाई सम्पूर्ण हातहतियार बुझाउने कार्य गरेको भए देशमा हिंसा निरुत्साहित हुने परिस्थिति निर्माण हुन सक्थ्यो र माओवादीप्रतिको विश्वास पनि यसले बढाउँथ्यो। माओवादीले हतियार र हिंसाकै बलमा उपलब्धि हासिल गरेपछि मुलुकमा हिंसाको सहारामा आफ्नो राजनीतिक महत्वाकाङ्क्षा पूरा गर्न चाहनेहरूको सङ्ख्या ह्वात्तै बढेको छ। त्यस्तै मुलुकमा अराजकता र अशान्तिपूर्ण क्रियाकलाप बढ्दै जानुको कारण पनि माओवादी युद्ध विसर्जनको प्रक्रियामा त्रुटि रहेकोले हो भन्न सकिन्छ।


   गल्ती नं. ३– युद्धकालमा आफ्नो पक्षमा मर्न तयार मानिस जुटाउने अभिप्रायले हुनसक्छ– प्रचण्डले जातीय तथा क्षेत्रीय मुद्दाहरूलाई उच्च प्राथमिकताका साथ उठाउनुभयो। मान्छे जुटाउने जस्तो तुच्छ अभीष्ट पूर्तिका लागि जातीय आधारमा मानिसलाई उचाल्नु र सङ्गठित गर्नु प्रचण्डको गम्भीर गल्ती थियो। लोकतन्त्र स्थापनापछि पनि प्रचण्डले जातीय तथा क्षेत्रीयताको नारा लगाउन छोड्नुभएको छैन, जसले देशको बनिबनाउ सामाजिक सद्भाव र देशको राष्ट्रिय एकतालाई दूरगामी असर पर्नेगरी बिथोलेको छ। प्रचण्डको यो गल्तीलाई सायद इतिहासले अक्षम्य गल्तीका रूपमा परिभाषित गरिरहनेछ– यदि देश बाँचिरह्यो भने।


 गल्ती नं. ४– प्रचण्डको अर्को ठूलो गल्ती सङ्घीयतामा देशलाई लैजान प्रयत्न गर्नु हो। एकात्मक पद्धतिमा ढलिसकेको र एकात्मकताको सुदृढ अभ्यास गरिसकेको मुलुकको सार्वभौमिकता खण्डित गर्ने जुन सोच प्रचण्डले अघि सार्नुभयो यो आफैंमा कति विषाक्त छ भन्ने बुझ्न अब उहाँले पनि लामो प्रतीक्षा गर्नुनपर्ला। नेपाल र नेपालीको हित प्रतिकूल आएको यो सङ्घीयताको अवधारणाले राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमिक अखण्डतालाई अत्यन्त प्रतिकूल असर पार्ने निश्चित छ। विश्वव्यापी अवधारणा र असरबारे बिनाअध्ययन सङ्घीयताको अवधारणा ल्याइनुको रहस्य स्पष्ट हुन केही समय प्रतीक्षा गर्नुपरे पनि यो आफैंमा कति अनुचित छ भन्ने स्पष्ट हुन लामो समय प्रतीक्षा गर्नुपर्ने छैन।


    गल्ती नं. ५– शान्तिसम्झौतासँगै विगतमा माओवादीद्वारा कब्जा गरिएका घर, जग्गा तथा सम्पत्ति फिर्ता नगर्नु या गराउन नसक्नु प्रचण्डको अर्को त्रुटि हो। जसका कारण माओवादीविरुद्ध समाजमा एउटा मुद्दा जीवित रहिरह्यो भने माओवादीको नियत गलत देख्नेहरूले पनि सधैं भन्ने ठाउँ पाइरहे, अझै पाइरहेका छन्। त्यसो त अर्काको सम्पत्ति कब्जा गर्नुलाई कुनै पनि सभ्य समाज, व्यक्ति र राजनीतिले जायज भन्न पनि चाहँदैन भन्न सकिन्छ।


    गल्ती नं. ६– खुला र उदार अर्थ–प्रणालीलाई निषेध गर्दै जाने र मजदुरहितको नाममा उद्यमी एवम् व्यवसायीहरूलाई हतोत्साही गर्नु प्रचण्डको गम्भीर त्रुटि हो। यो त्रुटिका कारण देशको आर्थिक गतिविधिलाई प्रतिकूल असर पर्न गयो भने माओवादीप्रति सन्देह गर्नेहरूले आफ्नो धारणा सही भएको पुष्टि गर्ने आधार पाए। देशमा लगानीमैत्री वातावरण बन्न नसक्नु र स्वदेशी तथा वैदेशिक लगानीकर्ताहरू तर्किनुको मूल कारण पनि माओवादीको अर्थनीति नै हो।


    गल्ती नं. ७– संविधानसभाको चुनावपछि पनि सरकार परिवर्तनलाई भन्दा संविधान निर्माणलाई उच्च प्राथमिकता दिने काम गर्न नसक्नु प्रचण्डको अर्को एउटा कमजोरी हो। त्यसबेला गिरिजाप्रसाद कोइरालाकै नेतृत्वको सरकारलाई निरन्तरता दिने निर्णय प्रचण्डबाट भएको भए माओवादी सत्तामोही होइनन् भन्ने सन्देश जनसाधारणमा सजिलै पुग्थ्यो, राष्ट्रिय सहमतिको राजनीतिक स्थिति यथावत् रहन्थ्यो र संविधान निर्माणले उच्च प्राथमिकता पाउन सक्थ्यो। त्यस्तो अवस्थामा सत्ता र संविधान निर्माणमा माओवादीको 'बार्गेनिङ पावर' बढ्ने र उसले चाहेअनुरूपको संविधान बन्ने विश्वास गर्न सकिन्थ्यो।


    गल्ती नं. ८– राष्ट्रपतिको चयनमा पनि प्रचण्डले गल्ती नै गर्नुभएको हो। राष्ट्रपतिमा गिरिजाप्रसाद कोइरालालाई समर्थन गरिएको भए राष्ट्रिय सहमतिको राजनीति जीवित रहने थियो र प्रचण्ड सरकार आफ्नो अभीष्ट पूरा गरेर मात्र बाहिरिने स्थिति हुन सक्थ्यो। लोकतन्त्र स्थापनापछि निर्मित राष्ट्रिय सहमतिको वातावरण बिग्रनुमा यही घटना–सन्दर्भ मूल कारण बनेको हो।


    गल्ती नं. ९– प्रचण्डको नवौं गल्तीका रूपमा असमयमै सेनापति परिवर्तनको प्रयासलाई लिन सकिन्छ। केही सीमित महिना मात्र कार्यकाल बाँकी रहेको सेनापतिको परिवर्तनलाई उहाँले यति ठूलो प्राथमिकतामा राख्नुभयो कि सिङ्गै संसार उहाँ र माओवादी पार्टीप्रति सचेत र सशङ्कित हुन पुग्यो। राष्ट्रिय सेनालाई अस्तव्यस्त बनाउन लागेको र सेनालाई कब्जामा लिन लागेकोजस्ता आरोप पनि प्रचण्डले यही प्रकरणमा खेप्नुपर्योि। अन्ततः सरकारबाट बाहिरिनुपर्ने कारण बनेको सेनापति प्रकरण ननिम्त्याएको भए राष्ट्रिय राजनीतिमा यति ठूलो हलचल पैदा हुने थिएन र प्रचण्डले प्रधानमन्त्री पद पनि असमयमै त्याग्नुपर्ने थिएन।


    गल्ती नं. १०– प्रचण्डको दसौं गल्तीचाहिँ उहाँले आफैं प्रधानमन्त्री पदबाट राजीनामा दिनु हो। प्रचण्डले आफूलाई राजनीतिक रूपमा इमानदार र नैतिकवान देखाउनभन्दा पनि सबैलाई अप्ठ्यारोमा पार्न र आफ्नो स्थितिलाई पहिलेभन्दा सुदृढ एवम् सबल तुल्याउन राजीनामा दिनुभएको अनुमान धेरैले गरेका थिए। वास्तविकता जे भए पनि राजीनामा दिनु एउटा गल्ती नै थियो भन्ने कुराको दिन प्रतिदिनका घटनाक्रमहरूले पुष्टि गरिरहेका छन्। प्रचण्डले राजीनामा दिनुहुँदा त्यसबेला गैरमाओवादी कित्ताले 'कूचो लगाउनुपर्ने कसिङ्गर हावाले उडाएको' भनी टिप्पणी गरेका थिए र अझै गर्दै छन्। वैदेशिक सम्बन्धलाई सन्तुलित गर्न नसक्नुलाई पनि कतिपयले प्रचण्डको त्रुटिका रूपमा लिएका छन्। खासगरी भारत र चीनसँगको सम्बन्धमा उत्पन्न असन्तुलनले प्रचण्ड र माओवादीको राजनीतिक भविष्य अनिश्चित तुल्याउँदै लगेको विश्वास राजनीतिक विश्लेषकहरूले गरेका छन्।


 साभार नेपालमदर पत्रिकाबाट