टिका जमरा लगाई
शुभकामना दिदैछु बडा दशै २०६६ को मित्रहरुलाई
खुशी र उल्लासले सिङ्गारौ सबै मिली बडा दशैलाई
पारिवारिक मिलनको सुख प्रप्ती ठानौ बडा दशैलाई
उजाडिएको मनमा रौनक जगाउँ टिका जमरा लगाई ॥ ॥
ससङ्गकित मनहरुलाई प्रफुल्ल बनाई मनाउ दशैलाई
सुख र शान्तिको कामना गरौ परिवार एक जुट भई
फुल प्रसादले तृप्त पारौ नव आगन्तु पाहुनहरुलाइ
उजाडिएको मनमा रौनक जगाउँ टिका जमरा लगाई ॥ ॥
सम्बन्ध प्रगाड बनाउने बाचा गरौ भक्तिभाव देखाई
परिवारमा उमङ्गको रौनक ल्याऔ सरल स्वाभाव देखाई
सधैभरि हाई हाई हुनु समाजमा आफनो परिचय देखाई
उजाडिएको मनमा रौनक जगाउँ टिका जमरा लगाई ॥ ॥ ॥
परदेशमा भए पनी कामना दिन नछाडौ एकले अर्कालाई
सँगै हुनु पर्छ भन्ने पनि छैन हामीमा सम्झना राख्नलाई
नयाँ सविधान बनाउने कामना गरौ देवीको प्रसाद लगाई
उजाडिएको मनमा रौनक जगाउँ टिका जमरा लगाई ॥ ॥ ॥ ॥
लेखक
विजयकुमार श्रेष्ठ
धादिङ्ग
हाल बलाद,इराक
No comments:
Post a Comment