NAMASKAR ,NAMASKAR

NAMASKAR ,NAMASKAR
WELCOME MY BLOG VIEWERS

THINK WE ARE SAME

Photobucket

नेपाली समय

"शादा जीबन उच्चा बिचार"

"शादा जीबन उच्चा बिचार"
NEPALI FLAG

नमस्कार, नमस्कार , नमस्कार

"मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे, रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे, दु:ख मा रुनु हुँदैन र सुखमा हास्नु हुँदैन रे, आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे, जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिली रहोस समयले जति नै टाढा पुर्याए पनि अबिरल यादहरु आईरहोस, पुरा होस तपाईंको मनको हरेक कामना ।।" भगवान पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।

शिव जी

शिव जी
HINDU RELIGION

महादेव पार्वती र गणेश

महादेव पार्वती र गणेश

राजा त्रिभुवनको अफिस

राजा त्रिभुवनको अफिस








Nepal's First President

Nepal's First President
Ram Baran Yadav

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

बैठक कोठा

बैठक कोठा

राजगद्दी सिहासन

राजगद्दी सिहासन

नारायणहिटी सङ्ग्राहालय

नारायणहिटी सङ्ग्राहालय
२०६५ देखी सर्बसाधारणलाई खुल्ला गरिएको हो ।

Wednesday, September 23, 2009

दशैको उत्सर्ग

 दशैको उत्सर्ग 


    सर्बप्रथम सम्पुर्ण देश विदेशमा आफनो कार्य क्षमतालाई मध्य मार्ग बनाएर आफनो अमुल्य समयलाई निरन्तरता दिएर परिश्रमको फल फलाई रहनु भएका सारा नेपाल आमाका सन्तानहरुलाई अब आउने २०६६ सालको बडा दशैको शुभ कामना व्यक्त गर्न चाहान्छु बडा दशै हिन्दुहरुको महान पर्वको रुपमा मनाईन्छ यो महान चार्डमा एक भक्त एक चित्त भएर आफनो आकांक्षाहरुलाई एकाक्ग्र बनाएर भजन किर्तन तिर समय बिताउने गर्दछन् हिन्दुहरुको महान चाड बडा दशै हाम्रो घरदैलोमा आउदै बिछोडिएकाहरुको मिलन हुने चाड भनेर पनि हामीले चिन्दछौ यो बडा दशै वर्षौ वर्ष बिछोडको पिडामा तड्पिएर निराहार जिवन बिताउन बाध्य भएकाहरुको लागी यो महान चार्डले पुर्नमिलनको सँज्ञा दिएको हुन्छ मिठो खाने राम्रो लगाउने एक आपसमा गु_िम्सएर बसेको कौतुहलहरु एकले अर्कालाई प्रफुल्ल भएर पोख्ने क्षेण भनेर पनि यो दशैलाई ठान्दछौ बिशेस गरेर हामी नेपालीहरुको लागी वर्ष भरिको पिर दुखलाई भुलेर आफनो गक्ष अनुसारको रित पुर्याएर आफना साखा सन्तानहरुसगँ एक जुट भएर खुशि साटा साट गर्ने मौका पनि हो यो बडा दशै आफना अतिरिक्त कामहरुलाई एकातिर पन्छाएर रमाईलो गरि खुशी बाड्ने खुशीको मौसम हो वर्षौ वर्ष मुग्लानमा बसेकाहरुलाई पनि यो दशै पर्वले आफनो परिवार ईष्ट मित्रको सम्झना गराउने गर्दछ आफुसँग छैन भने पनि सर सापट गरेर भए पनि वर्षमा एक पटक आउने पर्व भनेर राम्रो तरिकाले मनाउने चलन दशै भन्ने वित्तिकै विसेस गरेर सार्क राष्ट्रहरुमा यस पर्वको विसेस स्थान वर्षभरिको पिरदुखलाई भुलेर भए पनि आफनो जिवनमा आन्नदसगँ समय विताउन पनि यो दशैले विसेस भुमीका खेलेको हुन्छ मिठो खाने राम्रो लगाउने बेला पनि हो भनेर नकार्न सकिदैन सोह्र सराद्ध गरी आफना स्वार्गवासी मृत आत्माहरुलाई तर्पण गरि धर्म प्राप्तिको लागी पनि यो दशैले भुमीका खेलेको सोह्र सराद्ध सकिए पछि नौ रथ सुरु हुन्छ जमरा राखेर भजन कृतन गरि एक चित्त एक भक्त भएर नौ रथ भरि देवि देवताको पुजा आजामा सारा समय विताउने गर्दछन् विषेस दशै फुलपाती देखि सुरु भएर अष्टमीनवमी हुदै दशमीसम्म मनाउने गर्दछन् नवदुर्गा भवानीको प्रसाद लगाएर आफना शत्रुलाई परास्त गर्न सकिन्छ भन्ने किम्ब दन्ति पनि दुर्गा भवानीले शक्ति प्रदान गर्दछ भन्ने पौराणिक सत्यतालाई मध्य नजर राखेर पनि दशैलाई विसेस तरिकाबाट मनाईन्छ सानाले ठुलाको हातबाट फुल टिका थाप्ने आशिक लिने गरिन्छ पुर्खाहरुले दिएको किम्व दन्तिलाई अङ्गालेर हामीले दशैको खुशीयाली मनाउने गर्दछौ दशैले गाउँ घरमा सामुहीक कार्यक्रम गर्ने दशैको चिनारी राख्ने चलन पनि बसेको जस्तै बाटो घाटो बनाउने टोल समाजलाई सफा सुग्गर बनाएर राख्ने सामुहिक पिङ्ग हाल्ने जस्ता कार्यले पनि यो पर्वमा बैमनस्यता भएकाहरुमा पनि मित्र भावले सत्कार गर्ने परम्परा बसि आएको माइतिमावली जाने आउने एकले अर्कालाई मित्र भावले सत्कार गर्ने चार्ड हो दशै माथि मैले केही कुराहरु दशैको बारेमा बयान गरे तर हाम्रो समाजमा हिजो आज चार्ड पर्व मनाउने नाममा धेरै उतार चडापले जरो गाडको आफनो आम्दानीलाई मध्य नजर नराखीकन मन लाग्दो तरिकाबाट चार्डपर्वको सत्कार गर्ने चलन बढि चलेको बिकृती बिसँगतीकॊ नराम्रो जरा गाडेर एकले अर्कालाई नराम्रो दृष्टिले हेर्ने मौका छोपेर अपराधिक घटना घटाउन समेत पछि परेका छैनन् फेसन प्रर्दशनि कस्को घरमा ठुलो पशु बलि दिने कस्ले बढि लागु पदार्थ प्रयोग गर्ने जस्ता कृर्याकलापले जरा गाडेर समाजमा बिकृती विसँतीले अपराधि कृर्याकलाप सृजना हुन थालेको सानो तीनो कुरालाई लिएर एकले अर्काको ज्यान समेत लिन पछि परेका छैनन् ईर्या डाहाले गर्दा गाउँ समाजमा नराम्रो विकृतीको विजारोपण हुन थालेको आफनो को हो अर्का को हो भन्ने कुराको पहिचान हुन छाडि सकेको हिजो आजका नव प्रतिभाहरुको मानस पटलमा अनि सानो तिनो कुरालाई लिएर विभत्सव दुर्धटनाको विजारोपण हुन गई रहेको हामीले देख्दै आएका छौ यसको मतलव शताब्दि देखि मनाउदै आएको चार्ड नमनाउने भन्ने पनि होईन आफनो कार्य दक्षता क्षमता के कति त्यसलाई मध्य नजर राखेर सरल सुलभ तरिकाबाट चार्ड पर्वको सत्कार गर्न तिर लाग्दा ससङकीत आतङकित मनहरुमा केही हदसम्म भए पनि सान्त्वना पाउने थियो कि भन्ने मेरो मनसाय हो आखिर एक दिन मात्र खाएर सधैलाई पुग्ने पनि होईन सरल तरिकाबाट एक अर्कामा भएको बैमनस्यतालाई पनि निर्मुल हुने गरि सदियौ पुराना कौतुहलहरुलाई खुशी माया अनि सद्भावमा बदलेर एक अर्कामा नयाँ मित्रता जगाउने तरिकाबाट यो आउने दशैलाई स्वागत् गर्न पाएको खण्डमा हामी सबैको घर आगनमा दुर्गा भवानीले वास गर्ने थियो कि भन्ने लाग्दछ

    समयको परिवर्तन हामीले पायौ तर सबैले भन्ने गरेका छौ नयाँ नौलो नेपाल भनेर तर हामीले के पाएका छौ नयाँ नेपालमा केवल व्याजन वर्ण स्वार वर्णले दिएको सक्ला अक्षर भन्दा नयाँ हामी नेपालीले के पाउन सफल भएको छौ परिवर्तनको खोजीमा निरन्तर लागी रहेका हाम्रा पौरखि हात मनहरु आज आएर परिश्रम गरेका फल केवल िहंसा अपहरणमहंगी हत्या भन्दा के पाउन सफल भएका छौ समय सापेक्षाको लडाई लडेर पनि हामीले सन्त्रासै सन्त्रासको मौलिक हक अधिकार भन्दा के नै पाउन सफल भएका छौ यस्ता भयानक संत्रासले मन सधै भरि पोली रहेको हाम्रो बेमौसमी फल फले जसरि विभिन्न किसिमका भाषणका खेती गर्न एक अर्कालाई लडाउन फलाहारको रुपमा नेता भनाउदाहरु लहरिएर फैलीएका छन् जहिले पनि हाम्रो मनमा नयाँ के पाएका छौ भन्ने प्रश्नको जडले मन पोली रहेको हुन्छ भाषणको खेती गर्ने आफनो पारिवारिक दिन चर्या बदल्नु बाहेक हाम्रा नेताहरुको दोस्रो परिवर्तन देख्न हामीले पाउने छैन त्यस कारणले गर्दा पनि अब आउने लोकतान्त्रिक नयाँ नेपालमा नयाँ तौर तरिकाबाट यस पालिको दशैलाई सरल सभ्य तरिका अपनाएर एक अर्कामा भएका तिस्कार बैमनस्यता तिक्ततालाई जरै देखि निर्मुल पारेर भाईचाराको सम्बन्धलाई बलियो बनाउने आर्शिवाद थापेर ति आउने उल्जनलाई एक जुट भएर निर्मुल पार्न तिर लाग्दा कस्तो होला त्यस कारणले गर्दा अब आउने बडा दशैलाई उतार चडापको भारमा नपारेर सरल सभ्य तरिकाबाट मनाएर रोग भोगिहंसाअपहरणईष्र्याहा जस्ता कुराको भयलाई निर्मुल पार्नलाई दुर्गा भवानीको आर्शिवादलाई शिरोधार्य गरेर नयाँ नेपालको नयाँ संविधान लेखन कार्यलाई मुल मन्त्र बनाएर हामी सबैले हाते मालो गरेर शुभ कामना आदान प्रदान गर्न तिर लाग्दा शान्तिको अग्रदेव पनि खुशि हुने थियो की भन्ने मेरो कामना हो दुर्गा भवानीले हामी सबैको रक्षा गरुन भन्ने आशाका साथ कामना गर्दछु

समाप्त

 विजयकुमार श्रेष्ठ/धादिङ्ग,हाल ईराक


No comments: