NAMASKAR ,NAMASKAR

NAMASKAR ,NAMASKAR
WELCOME MY BLOG VIEWERS

THINK WE ARE SAME

Photobucket

नेपाली समय

"शादा जीबन उच्चा बिचार"

"शादा जीबन उच्चा बिचार"
NEPALI FLAG

नमस्कार, नमस्कार , नमस्कार

"मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे, रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे, दु:ख मा रुनु हुँदैन र सुखमा हास्नु हुँदैन रे, आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे, जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिली रहोस समयले जति नै टाढा पुर्याए पनि अबिरल यादहरु आईरहोस, पुरा होस तपाईंको मनको हरेक कामना ।।" भगवान पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।

शिव जी

शिव जी
HINDU RELIGION

महादेव पार्वती र गणेश

महादेव पार्वती र गणेश

राजा त्रिभुवनको अफिस

राजा त्रिभुवनको अफिस








Nepal's First President

Nepal's First President
Ram Baran Yadav

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

बैठक कोठा

बैठक कोठा

राजगद्दी सिहासन

राजगद्दी सिहासन

नारायणहिटी सङ्ग्राहालय

नारायणहिटी सङ्ग्राहालय
२०६५ देखी सर्बसाधारणलाई खुल्ला गरिएको हो ।

Monday, June 15, 2009

गजल



जिन्दगीको फूल


 


एउटा फूल जिन्दगीको कसैमाथि फलिहेर
दुनियाँलाई आफ्नै सम्झी आफैंभित्र पालिहेर


ओरालीमा ठेस लाग्छ, उकालीमा गाह्रो पर्छ
तिमीले पनि गोरेटोमा पाइलाहरू चालिहेर


कस्तो होला भगवानको रूप, रङ थाहा छैन
दर्शन पाउन गरिबको मनमा दियो बालिहेर


सजाएका सपनाहरू नयाँ छँदै फाटे होलान्
पीडा बग्ने मुहानहरू समयमै टालिहेर


भित्रैबाट निस्किएको पसिनामा आनन्द छ
कर्म गर, गर्व गर, त्यसपछिको ताली हेर


 


 


 


गजल


कहिले दिन्छ पूरै मस्ती यही प्यारले
कहिले उठाउँछ बस्ती यही प्यारले


जब एक्लो थिएँ म, आजजस्तो हुन्न थिएँ
प्युन लायो जबर्जस्ती यही प्यारले


भोलि कति बेइमान होला भन्न सकिँदैन
सक्दो गुन लाउँथ्यो अस्ति यही प्यारले


ऊ मानिन जसै गर्दा पनि मेरी हुनलाई
जिउँदै मार्‍यो एउटा हस्ती यही प्यारले ।


 


 


गजल


बिर्सन त खोज्दछु सम्झना झन् आउँछ
जहाँ-जहाँ तिमी छौ त्यतै मन धाउँछ


एकोहोरो हेर्दछौ, बोल्दा पनि बोल्दिनौ
नबोले नि आँखाले धेरै थोक बताउँछ


भन्दै थिए मान्छेले रुँदै थियौ रातमा
आऊ मेरो दिलमा अझै पनि ठाउँ छ


बाहिर त हाँस्दछ्यौ, भित्र अर्कै बाध्यता
बाध्यतामा मान्छेले के नै ज्यादा पाउँछ


जतिसुकै प्रयत्नले ढाकछोप गरे पनि
थाहा छ ती ओठमा मेरै मेरो नाउँ छ ।


 


जित



जब प्रीत आग्रहमा परेँ, म यसै मरेँ म उसै मरेँ
र त दुःखको दहमा झरेँ, म यसै मरेँ म उसै मरेँ ।


कति सम्झना कति कल्पना सब प्रेमका गहना भनी
जति जे दियो गहमा भरेँ, म यसै मरेँ म उसै मरेँ ।


"मनमा बसाउँछु" भन्दथ्यो मुटुमा सजाउँछु भन्दथ्यो
किन बाहिरी तहमा सरेँ, म यसै मरेँ म उसै मरेँ ।


अब भो भयो तँ नजा चरी रुनु नै परेपछि धर्धरी
म विछोडकै बहमा मरेँ, म यसै मरेँ म उसै मरेँ।


गजल


 


हाम्रो फेरि भेट होला नहोला भन्ने निराशा थियो
त्यो दुविधा पनि सायद प्रेमको परिभाषा थियो
 
मनमा थियो ओठसम्म ल्याउन सकिँन के थियो
त्यो मौनता पनि तिम्रो प्रेमको अभिलाषा थियो 


हरेक सामनामा प्रफुल्लता उजागर नहोस् भनी
भुइँमा नजर गाडेर दौडि्नु तिम्रो तमासा थियो


क्षणिक पारलौकिक अनुभूति खुशी प्रेमको थियो
पीडा यो वर्षौं सम्मलाई त्यसको दिलासा थियो
 
अनायासै नजर तिम्रो घरको छततिर पुग्दछ
मनमा लुकेको कतै झिनो त्यो आशा थियो ।



 


 गजल


 


माया हाम्रो बतासले झारेको त्यो पात भयो
मुटुभित्र घाउ दिने गाउँ घरको बात भयो


अजम्बरी होला भनी औंठी चिनो लाइदिए
पिरतिले उनिएको माला च्यात्ने हात भयो


एकोहोरो हुन्न भन्थे माया साट्ने मुटुहरु
निष्ठुरिको अङालोमा भुल्दा आज घात भयो


फूल्नु थियो जिन्दगीमा कोपिला मै झरिगयो
मेरोलागी तिम्रो माया नपिएको मात भयो ।



 

 


 


 


No comments: