सन्की र अर्धपागलको आरोप खेप्दै आएका माओवादीका पूर्वनेता मातृका यादवले नयाँ पार्टी गठन र प्रचण्डको भण्डाफोर अभियानलाई सँगसँगै अगाडि बढाउने घोषणा गरेका छन्। तराईका विपन्न वर्गलाई समेटेर मधेसी क्रान्तिकारी कम्युनिस्ट पार्टी गठन गर्ने चरणमा रहेका मातृकाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र भारतीय गुप्तचर संस्था 'र' बीचको साँठगाँठको फेहरिस्त सार्वजनिक गर्ने भएका छन्।
मातृकाले आफ्ना निकटस्थहरूसँग बताएअनुसार माओवादी अध्यक्ष प्रचण्ड २०५६ देखि नै 'र' को सञ्जालमा फसेका हुन्। तर प्रचण्ड 'र' को सञ्जालमा फसेको कुरा आफूले २०६० पुसदेखि मात्र थाहा पाएको बताउँदै मातृकाले भनेका छन्– उनलाई त्यो सञ्जालबाट उम्काउने कोसिस सफल हुन नसकेपछि आफैं पार्टी छाड्न बाध्य भएको हुँ। मातृकाले आफ्ना निकटस्थहरूलाई बताएअनुसार २०६० मंसिरमा भारतको पटनामा सम्पन्न पूर्वीकमान्डको बैठकमा पार्टीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेता मोहन वैद्यसमक्ष राजीनामा दिएर मातृका कपिलवस्तु गए। कपिलवस्तु जनसरकार घोषणासभा समाप्त हुनासाथ अध्यक्ष प्रचण्डले टेलिफोन गरी दिल्ली बोलाए, तर दिल्ली पुग्नेबित्तिकै मातृका भारतीय प्रहरीद्वारा पक्राउ परे। जबकि दिल्लीमा गएर मातृका कहाँ बस्छन् भन्ने कुरा प्रचण्डबाहेक अरुले थाहा पाउनु ज्यादै असम्भव थियो। त्यसैले मातृका भन्छन्– 'मलाई त्यतिबेला प्रचण्डले नै पक्राउ गराएका हुन्।' भारतमा मातृकामात्र होइन, मोहन वैद्य, सीपी गजुरेललगायतका नेताहरू पनि पक्राउ परेका थिए। तर सुराकीको आरोप भने डा.बाबुराम भट्टराईमाथि लगाइएको थियो। डा.भट्टराईको बढ्दो प्रभाव नियन्त्रण गर्न अध्यक्ष प्रचण्डले सुरुमा यानप्रसाद गौतम आलोक, रामबहादुर थापा बादल, रवीन्द्र श्रेष्ठ र पछि मातृका यादवलाई दाहिने हात बनाएका थिए। जब पार्टीभित्र उनीहरूको प्रभाव बढ्दै गयो, तब विभिन्न बहानामा उनीहरूलाई समाप्त पार्दै लगियो। यानप्रसाद गौतम आलोकलाई त यौनकाण्डको आरोप लगाएर मारियो। रामबहादुर थापा बादलको लोकप्रियता पश्चिम क्षेत्रमा बढ्दै गएपछि त्यसलाई चिर्न पनि अध्यक्ष प्रचण्डले पम्फा भुसाल प्रयोग गरे। बादललाई नेता बनाउनुपर्ने भन्दै कार्यकर्ताले भित्तेलेखन गर्न थालेपछि बादललाई पूर्वीकमान्डमा पठाइयो र पनि उनको लोकप्रियता घटेन। आखिर पम्फा भुसालसँगको यौन सम्पर्कको मुद्दा ब्यूँताएरै भए पनि अध्यक्ष प्रचण्डले कारबाही अगाडि बढाए। बादललाई पन्छाएपछि अध्यक्ष प्रचण्डको दाहिने हातका रूपमा रवीन्द्र श्रेष्ठ अगाडि बढे। यतिसम्म कि डा.बाबुराम भट्टराई र हिसिला यमीलाई श्रमशिविरमा पठाउने निर्णय गर्नका लागि विभिन्न आरोप रवीन्द्रले प्रचण्डको निर्देशनमा नै तयार गरेका थिए। पार्टीभित्र रवीन्द्रको साख बढ्दै गएपछि उनलाई समाप्त गर्न शाहीमन्त्री कमल थापासँग रकम लिएर राजाको पक्षमा सुराकी गरेको आरोपसमेत लगाइयो। पछिल्लोपटक मातृका यादव अध्यक्ष प्रचण्डको यति ठूलो एक्का भएका थिए कि सानोतिनो टिप्पणीसमेत सहन सक्दैनथे। एक प्रसंगमा केन्द्रीय सदस्य मुमाराम खनालले अध्यक्ष प्रचण्डमाथि साँघुरो घेरामा बसेको टिप्पणी गरेका थिए, तर त्यो टिप्पणी भुइँमा खस्न नपाउँदै मातृका मुमाराममाथि भोटेकुकुरझैं जाइलागे। यस्ता स्वामिभक्तहरूसमेत अटाउन नसकेको अध्यक्ष प्रचण्डको सर्कलमा बौद्धिक मानिने डा.बाबुराम भट्टराई कसरी अटाएका छन्? भन्ने कुरालाई माओवादीका भुक्तभोगीहरूले रहस्यको रूपमा लिएका छन्। यानप्रसाद गौतम र बादलमाथि यौनकाण्ड, रवीन्द्र श्रेष्ठमाथि राजासँग साँठगाँठ गरेको आरोप लगाइए पनि मातृकामाथि भने सन्काह र अर्धपागलबाहेक अरु आरोप लगाइएको छैन। यतिबेला डा.भट्टराईबाहेक खासै प्रभावशाली सहयोगी अध्यक्ष प्रचण्डले भेट्टाउन सकेका छैनन्। तर विकल्पमा एकता केन्द्र मसालबाट आएका नारायणकाजी श्रेष्ठ 'प्रकाश' देखापर्न थालेका कारण डा.भट्टराईले पनि छिट्टै नै बादल, रवीन्द्र वा मातृकाको नियति भोग्नुपर्ने ठोकुवा माओवादी कार्यकर्ता गर्दछन्। त्यसो त पार्टी छाडेका मातृका यादवले पत्रकार वीरेन्द्र साहको हत्यामा माओवादीका केन्द्रीय नेता नै संलग्न रहेको खुलासा गर्दै भनेका छन्– हत्याराहरूलाई ती नेताले सात लाख रुपैयाँ दिएका थिए। तर उनको नाम भने मातृकाले सार्वजनिक गरेका छैनन्।
Tarun Weekly

No comments:
Post a Comment