दौरा-सुरुवाल नेपाली राष्ट्रिय पोसाक मानिए पनि सरकारका अधिकांश उच्च अधिकारी नै कार्यालय जाँदा दौरा-सुरुवाल लगाउँदैनन् । दौरा- सुरुवालमा कार्यालय आउने कर्मचारी संख्या अचेल सीमित बन्दै गएको छ । दौरा-सुरुवाल साटो अधिकांश उच्च अधिकारीहरू सर्ट-पाइन्ट र कोर्टमा कार्यालय जाने गरेका छन् भने केही सुट-पाइन्ट र टाइमा सजिएर कार्यालय जान्छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयम्ले शपथग्रहण कार्यक्रममै राष्ट्रिय पोसाक नलगाएको विषयले त्यतिखेर चर्चा पाएको थियो । दाहालले त्यसपछि पनि राष्ट्रिय पोसाक लगाएको बिरलै देख्न पाइन्छ । अधिकांश कर्मचारीलाई दौरा-सुरुवाल किन नलगाउनुभएको भन्ने प्रश्नमा प्रायः सबैको जवाफ एउटै हुन्छ, 'प्रधानमन्त्रीले त लाउँदैनन हामीले किन लाउने ?' राष्ट्रिय पोसाकप्रति सरकारले सम्मान गर्न नसकेको गुनासो कर्मचारीको छ । मुक्त कमैया व्यवस्थापन समितिका सचिव डा. केशवराज कँडेल राष्ट्रिय पोसाकको पहिचान लोप हुने अवस्थामा आइसकेको बताउँछन् । उनले विभिन्न औपचारिक कार्यक्रम बाहेक कार्यालय आउँदा आफूले राष्ट्रिय पोसाक कहिल्यै नलगाउने जानकारी दिए । 'सरकारबाटै अनिवार्य बनाइएको छैन त्यसैले नलगाएको,' उनले भने । वन मन्त्रालयका सहसचिव राजेन्द्रकुमार ढुंगेल भने राष्ट्रिय पोसाकका सन्दर्भमा नमीठो अनुभव भएको बताउँछन् । उनले राष्ट्रिय पोसाकको सम्मान अधिकांश सरकारी अधिकारीबाटै हुन नसकेको अनुभव सुनाए । 'म पहिला राष्ट्रिय पोशाक लगाएर कार्यालयमा आउँदा साथीभाइले जोकरजस्तो देखिएको भनी व्यंग्य गर्थे त्यसैले लगाउन छाडिदिएँ,' ढुंगेलले गुनासो पोखे । उनले ५/६ जोर दौरा-सुरुवाल दराजमै थन्काएर राखेको बताए । 'हामीले नेपाली पन, कला र संस्कृतिलाई पूरै बेवास्ता गर्दै गइरहेका छौं,' उनले भने, 'राष्ट्रिय पोसाक पनि यसैको सिकार भइरहेको छ ।' उनले नेपाली पहिचान राष्ट्रिय पोसाकमा राजनीति घुसेकाले समस्या देखिएको दाबी गरे । लोकसेवा आयोगका प्रवक्ता निरञ्जनप्रसाद उपाध्याय पहिला राष्ट्रिय पोसाक मानिंदै आएको दौरा- सुरुवालमै कार्यालय जाने गरे पनि सबैले लगाउन छाडेपछि आफूले पनि छाडिदिएको बताउँछन् । तर, दौरा- सुरुवालप्रतिको आस्था र विश्वास गुम बनाउन नहुनेमा उनको ठम्याइ छ । 'दौरा-सुरुवाल नेपालीको वास्तविक पहिचान तथा अन्तर्राष्ट्रिय स्तरमा समेत परििचत भएकाले सरकारी तथा निजी क्षेत्रमा कार्यरत कर्मचारीका लागि सरकारले अनिवार्य बनाउनुपर्छ', उनले भने । केही वर्षअघि सरकारी कार्यालयका कर्मचारी दौरा-सुरुवालमै कार्यालय जाने गरे पनि मुलुक लोकतान्त्रिक गणतन्त्रमय भएपछि राष्ट्रिय पोसाकलाई कुनै वर्गविशेषले जातजाति तथा क्षेत्रविशेष स्तरको राजनीतिभित्र घुसाएपछि गुमनाम बनाइन थालेकामा चिन्तित छन् संस्कृतिविद् । -सागर पण्डित
नयाँ पत्रिका
NAMASKAR ,NAMASKAR

WELCOME MY BLOG VIEWERS
नेपाली समय
"शादा जीबन उच्चा बिचार"

NEPALI FLAG
नमस्कार, नमस्कार , नमस्कार
"मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे, रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे, दु:ख मा रुनु हुँदैन र सुखमा हास्नु हुँदैन रे, आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे, जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिली रहोस समयले जति नै टाढा पुर्याए पनि अबिरल यादहरु आईरहोस, पुरा होस तपाईंको मनको हरेक कामना ।।"
भगवान पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।
शिव जी

HINDU RELIGION

महादेव पार्वती र गणेश

राजा त्रिभुवनको अफिस









Nepal's First President

Ram Baran Yadav
शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

बैठक कोठा

राजगद्दी सिहासन

नारायणहिटी सङ्ग्राहालय

२०६५ देखी सर्बसाधारणलाई खुल्ला गरिएको हो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment