NAMASKAR ,NAMASKAR

NAMASKAR ,NAMASKAR
WELCOME MY BLOG VIEWERS

THINK WE ARE SAME

Photobucket

नेपाली समय

"शादा जीबन उच्चा बिचार"

"शादा जीबन उच्चा बिचार"
NEPALI FLAG

नमस्कार, नमस्कार , नमस्कार

"मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे, रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे, दु:ख मा रुनु हुँदैन र सुखमा हास्नु हुँदैन रे, आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे, जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिली रहोस समयले जति नै टाढा पुर्याए पनि अबिरल यादहरु आईरहोस, पुरा होस तपाईंको मनको हरेक कामना ।।" भगवान पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।

शिव जी

शिव जी
HINDU RELIGION

महादेव पार्वती र गणेश

महादेव पार्वती र गणेश

राजा त्रिभुवनको अफिस

राजा त्रिभुवनको अफिस








Nepal's First President

Nepal's First President
Ram Baran Yadav

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

बैठक कोठा

बैठक कोठा

राजगद्दी सिहासन

राजगद्दी सिहासन

नारायणहिटी सङ्ग्राहालय

नारायणहिटी सङ्ग्राहालय
२०६५ देखी सर्बसाधारणलाई खुल्ला गरिएको हो ।

Tuesday, January 13, 2009

मारिइन् एक महिला पत्रकार


जनकपुरकी पत्रकार उमा सिंहको अज्ञात समूहले आइतबार राति हत्या गरेको छ । हत्याको विरोधमा देशभरका पत्रकार आन्दोलित भएका छन् । महिला पत्रकारको हत्या भएको नेपालमै यो पहिलोपटक हो । बेलुका घरमै बसिरहेको वेला २६ वषर्ीया सिंहमाथि खुकुरी प्रहार भएको थियो । गम्भीर घाइते अवस्थामा उपचारका लागि काठमाडौं ल्याउनेक्रममा बाटैमा उनको मृत्यु भएको हो । सिराहा मिर्चैया गम्हरिया निवासी सिंहको कोठामा बेलुका करिब सात बजे आएको समूहले उनलाई लगातार खुकुरी प्रहार गरेको थियो । गम्भीर घाइते बनाएपछि सबै फरार भए । जनकपुरको रजोलस्थित कार्की निवासमा डेरामा बस्दै आएकी सिंहको शरीरभरि खुकुरीको चोट थियो । घाइते पत्रकारको उपचारका लागि तत्काल गृह मन्त्रालयसँग सहयोगको आग्रह गरिएको थियो । नेपाल पत्रकार महासंघले गृहमन्त्रीलाई सिंहको उपचारका लागि हेलिकोप्टर पठाउन आग्रह गरे पनि मन्त्रालयले हेलिकोप्टर पठाउन सम्भव नभएको बताएपछि एम्बुलेन्सबाट काठमाडौं ल्याउनेक्रममा बेलुका ११ बजे बर्दिबासमा उनको मृत्यु भयो । सिंहसहित यसवर्ष दुईजना पत्रकारको हत्या भएको छ । यसअगाडि १३ मंसिरमा जगतप्रसाद जोशीको हत्या भएको थियो । जोशीको हत्यारा अहिलेसम्म पक्राउ परेका छैनन् । ०६४ मा वीरेन्द्रबाबु श्रेष्ठ र पुष्करबहादुर श्रेष्ठको हत्या भएको थियो । पत्रकार महासंघको तथ्यांकअनुसार द्वन्द्वकाल र द्वन्द्वपछि मारिने पत्रकारहरूको संख्या २८ पुगिसकेको छ । चौतर्फी विरोधपत्रकार सिंहको मृत्युको खबरसँगै सञ्चारकर्मीहरू विरोध तथा हत्याराको खोजीको माग गर्दै प्रदर्शनमा उत्रिएका थिए । सिंहको हत्याको विरोधमा जनकपुरका एफएम रेडियोहरूले अनिश्चितकालका लागि कार्यक्रम सञ्चालन बन्द गर्ने निर्णय गरे भने नेपाल पत्रकार महासंघ देशव्यापी विरोधमा उत्रियो । महासंघ, धनुषा शाखाको सोमबार बसेको आकस्मिक बैठकले एफएम रेडियोहरूमा पत्रकार सिंह हत्याको समाचार प्रसारण गरी अन्य समयमा शोकधून प्रसारण गर्ने निर्णय भएको छ । महासंघले राजधानीमा पनि हत्याको विरोधमा प्रदर्शन गरेको थियो । महासंघको आयोजनामा निस्केको विरोध जुलुसमा पत्रकार तथा मानवअधिकारवादी संघसंस्थाका प्रतिनिधि सहभागी थिए ।पत्रकार सिंहका हत्यारा तुरुन्त पत्ता लगाई कारबाही गर्नुपर्ने, पत्रकारको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने, दण्डहीनताको अन्त्य गर्नुपर्नेज्ास्ता नारा लगाउँदै निस्केको पत्रकारहरूको जुलुस रत्नपार्कबाट सुरु भई बागबजार, पुतलीसडक हुँदै भृकुटीमण्डपमा पुगेर कोणसभामा परिणत भएको थियो ।महासंघ, महोत्तरी शाखाले पत्रकार सिंहको निर्मम हत्याको विरोधमा मौनजुलुस प्रदर्शन गर्‍यो । विरोधजुलुस जलेश्वर नगर परिक्रमा गर्दै महेन्द्र चौकमा पुगी कोणसभामा परिणत भएको थियो । प्रेस काउन्सिल नेपालले विज्ञप्तिमार्फत सिंहको हत्यालाई जघन्य अपराध भन्दै भत्र्सना गरेको छ । घटनाका सम्बन्धमा सत्य-तथ्य पत्तालगाई दोषीलाई कडाभन्दा कडा कारबाही गर्न उसले सरकारसँग मागसमेत गरेको छ । पिmडम फोरम, नेपाल पत्रकार महासंघ नयाँ पत्रिका शाखाले पनि उनको हत्याको निन्दा गर्दै हत्याको छानबिन गर्न सरकारसँग माग गरेका छन् । नेपाली कांग्रेसका महामन्त्री विमलेन्द्र निधिले विज्ञप्तिमार्फत पत्रकार सिंंहको हत्याको विरोध गरेका छन् । विज्ञप्तिमा भनिएको छ, 'सञ्चार क्षेत्रसँग आबद्ध निहत्था व्यक्तिमाथि गरिएको आपराधिक घटनाको नेपाली कांग्रेस निन्दा र भत्र्सना गर्दछ ।'

नयाँ पत्रिकाकाठमाडौं, २८ पुस

2009-01-13,Tuesday

No comments: