५-कार्तिक-२०६५,मंगलवार
२२ हजार पाँच सय फिट माथि आकाशबाट हामफालेर काठमाण्डौं आइपुगेकी माया गुरुङ यतिबेला सम्मान थाप्न, फोटो खिचाउन, अनुभव सुनाउन र साहास बाँड्न व्यस्त छिन। गत असोज १७ गते बाट एक्सप्लोअर हिमालय, इन्त्रि्कडिबल एड्भेञ्चर र बेलायतको हाइ एण्ड वाइल्ड नामक संस्थाले आयोजना गरेको दश दिने प्रथम स्काई ड्राइभिङमा नेपालका तर्फबाट सहभागी भएर उनले सफलता प्राप्त गरिन्। जहाँ १४ राष्ट्रका ३३ जनाले भाग लिएका थिए। माया गुरुङ एकमात्र प्रथम नेपाली महिला हुन जस्ले यति धेरै अग्लो ठाउँबाट प्यारासुटको सहारामा जम्प गरेर सफलता प्राप्त गरेकी छिन। “चरा जस्तै उड्न पाए कस्तो मजा हुन्थ्यो”! सानै देखिको सपना थियो आकाशमा उड्ने। टुडिखेलमा आर्मीहरु प्यारासुटबाट हामफालेको देख्दा म पनि यसरी हामफाल्न पाए.......! जस्तो लाग्थ्यो। यतिबेला मेरो सपना पूरा भएको छ।” –मायाले खुशी व्यक्त गरिन। दशैंमा सबैजना टिका लगाउन व्यस्त थिए। तर माया आकाशबाट हामफल्ने काममा व्यस्त थिइन्। टिकाको भोलिपल्ट विहान १०.४५ बजे मायाले सोलुखुम्बु जिल्लाको स्याङबोचे हिमाल क्षेत्रमा प्लेनबाट जम्प गरिन। तीन हजार फिट तलसम्म झर्दा मायाको प्यारासुट खुलेन। तर पनि माया डराइनन् किनकी उनलाई आकाशमा उड्ने रहर थियो। “भित्रैबाट रहर जागे पछि त्यसलाई पूरा गर्न पनि भित्रैबाट आँट आउँदो रहेछ। आँटे पछि गर्न नसकिने केही रहेनछ।”मायाको आँट बढेको छ। “म त अझै धेरै माथिबाट हामफाल्न चाहान्थे तर अनुमति पाइन। जहाँबाट अनुमति पाएँ, त्यहिबाट पनि मैले प्रशस्त आनन्द लिएँ”– मायाले थपिन्– “म खुम्जुङ र खुन्दे माथि उडि रहेकी थिएँ। मनोरम हिमाल, तालतलैयाहरु, हरिया फाँटहरुको माथि माथि उडिरहँदा मैले आफुलाई संसारकै भाग्यमानी केटी संझें। मलाई मेरो पाइलटले ल्याण्डिङ्ग प्वाइन्टको संकेत गरिरहेका थिए तर मैले प्वाइन्ट नै देखेकी थिइन। पाइलट नभएको भए अझै धेरै समय आकाशमा विताउन पाउने थिएँ! जस्तो लागि रहेको थियो।” सिन्धुपाल्चोक जिल्लाको भोटे नाम्लाङ्ग गाविस वडा नं. ८, गुरुङ गाउँमा जन्मिएकी माया गुरुङ उमेरले २९ वर्षकी भइन तर कामको हिसाबले आजभन्दा दुई वर्ष अगाडि नै सगरमाथा आरोहण पनि सफल गरिसकेकी छिन। २०५६ सालमा टेनपीन बलिङ बाट खेल क्षेत्रमा प्रवेश गरेकी माया २०६१ सालसम्म बलिङको च्याम्पीयनशीप समेत रहिन। त्यहि अवधीमा उनले सोल्टी होटलमा बलिङको प्रशिक्षकको रुपमा जागिर समेत खाइन्। २०६३ सालबाट उनी हिमाल आरोहण तर्फ लागिन। रक क्ल्याम्बीङ र वाल क्ल्याम्बीङ जस्ता ट्रेनिङ लिए पछि उनले सगरमाथा आरोहण गर्ने प्रयास गरिन् तर उनको प्रयासमा “फण्ट” तगारो बनेर तेर्सियो। एकातिर खर्चको अभाव अर्कातिर “गुरुङकी छोरी भएर कहाँ हिमाल चढ्ने?” “सक्दैन” आदी जस्ता कुराले उनलाई हतोत्साही बनायो। “तर मैले आफ्नो प्रयासलाई जारी राखें। सगरमाथा चढेरै छाडें।”– मायाले सहास देखाउँदै भनिन्। सगरमाथा आरोहण गर्ने आफ्नो लक्ष्य पूरा गर्न माया प्रथम समावेशी महिला सगरमाथा आरोहण दलमा सामेल भईन। संस्था मार्फत गए पछि फण्ट जुटाउन सजिलो भएको र आफ्नो लक्ष्य पूरा भएको मायाले बताइन। २०६५ साल जेठ ९ गते विहान ८.४५ बजे मायाले सगरमाथाको शिखरलाई चुमेकी थिइन। गाह्रो भएन सगरमाथा आरोहण गर्न?“समिटको मोहले केही पनि गाह्रो लागेन।”–मायाले उत्साहित हुँदै भनिन्। १४ वर्षको उमेरमा घरबाट बिहे गरिदिने कुरा गरेपछि भागेर हिंडेकी माया गुरुङ यतिबेला भने बिहे गर्नुपर्छ भन्ने कुरामा सहमत छिन तर “सोचेको छैन” भन्छिन। कहिले सोच्ने त? “अझै केही काम गरेपछि।” बिहे नै रोकेर गर्ने काम के हो त्यस्तो? “गरेपछि भन्छु।” हामीले मायासंग धेरै कोट्यायौ। मायाका अझ दुई वटा लक्ष्य बाँकी रहेछन–एउटा र्याफ्टिङ र कायटिङ गरेर नेपालका नदी चिनाउने, अर्को सिन्धुपाल्चोकका महिलालाई शिक्षित र स्वस्थ बनाउने। चढ्न धेरै अभ्यास र मिहिनत गरेपनि झर्ने कुरामा अहिलेसम्म कुर्चीबाट समेत हाम नफालेकी माया गुरुङ दुई सेकेण्डको आँटले नेपालकै प्रथम महिना बनिन्। आफुले चाहेको राम्रो काम आँट गरेपछि पूरा हुन्छ भन्दै माया नेपाली महिलालाई आफ्ना समस्याहरु नलुकाउन र बाहिर आउन प्रयास गर्न सल्लाहा दिन्छिन। उनको सल्लाहा कति महिलाले मान्ने हुन थाहा छैन तर हाम्रो शुभकामना छ मायालाई अझ धेरै सफलताको।
नमस्कार, नमस्कार , नमस्कार
"मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे, रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे, दु:ख मा रुनु हुँदैन र सुखमा हास्नु हुँदैन रे, आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे, जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिली रहोस समयले जति नै टाढा पुर्याए पनि अबिरल यादहरु आईरहोस, पुरा होस तपाईंको मनको हरेक कामना ।।"
भगवान पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।
शिव जी
महादेव पार्वती र गणेश
राजा त्रिभुवनको अफिस
Nepal's First President
शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा
बैठक कोठा
राजगद्दी सिहासन
नारायणहिटी सङ्ग्राहालय
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment