NAMASKAR ,NAMASKAR

NAMASKAR ,NAMASKAR
WELCOME MY BLOG VIEWERS

THINK WE ARE SAME

Photobucket

नेपाली समय

"शादा जीबन उच्चा बिचार"

"शादा जीबन उच्चा बिचार"
NEPALI FLAG

नमस्कार, नमस्कार , नमस्कार

"मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे, रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे, दु:ख मा रुनु हुँदैन र सुखमा हास्नु हुँदैन रे, आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे, जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिली रहोस समयले जति नै टाढा पुर्याए पनि अबिरल यादहरु आईरहोस, पुरा होस तपाईंको मनको हरेक कामना ।।" भगवान पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।

शिव जी

शिव जी
HINDU RELIGION

महादेव पार्वती र गणेश

महादेव पार्वती र गणेश

राजा त्रिभुवनको अफिस

राजा त्रिभुवनको अफिस








Nepal's First President

Nepal's First President
Ram Baran Yadav

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

बैठक कोठा

बैठक कोठा

राजगद्दी सिहासन

राजगद्दी सिहासन

नारायणहिटी सङ्ग्राहालय

नारायणहिटी सङ्ग्राहालय
२०६५ देखी सर्बसाधारणलाई खुल्ला गरिएको हो ।

Monday, June 15, 2009

गजल



जिन्दगीको फूल


 


एउटा फूल जिन्दगीको कसैमाथि फलिहेर
दुनियाँलाई आफ्नै सम्झी आफैंभित्र पालिहेर


ओरालीमा ठेस लाग्छ, उकालीमा गाह्रो पर्छ
तिमीले पनि गोरेटोमा पाइलाहरू चालिहेर


कस्तो होला भगवानको रूप, रङ थाहा छैन
दर्शन पाउन गरिबको मनमा दियो बालिहेर


सजाएका सपनाहरू नयाँ छँदै फाटे होलान्
पीडा बग्ने मुहानहरू समयमै टालिहेर


भित्रैबाट निस्किएको पसिनामा आनन्द छ
कर्म गर, गर्व गर, त्यसपछिको ताली हेर


 


 


 


गजल


कहिले दिन्छ पूरै मस्ती यही प्यारले
कहिले उठाउँछ बस्ती यही प्यारले


जब एक्लो थिएँ म, आजजस्तो हुन्न थिएँ
प्युन लायो जबर्जस्ती यही प्यारले


भोलि कति बेइमान होला भन्न सकिँदैन
सक्दो गुन लाउँथ्यो अस्ति यही प्यारले


ऊ मानिन जसै गर्दा पनि मेरी हुनलाई
जिउँदै मार्‍यो एउटा हस्ती यही प्यारले ।


 


 


गजल


बिर्सन त खोज्दछु सम्झना झन् आउँछ
जहाँ-जहाँ तिमी छौ त्यतै मन धाउँछ


एकोहोरो हेर्दछौ, बोल्दा पनि बोल्दिनौ
नबोले नि आँखाले धेरै थोक बताउँछ


भन्दै थिए मान्छेले रुँदै थियौ रातमा
आऊ मेरो दिलमा अझै पनि ठाउँ छ


बाहिर त हाँस्दछ्यौ, भित्र अर्कै बाध्यता
बाध्यतामा मान्छेले के नै ज्यादा पाउँछ


जतिसुकै प्रयत्नले ढाकछोप गरे पनि
थाहा छ ती ओठमा मेरै मेरो नाउँ छ ।


 


जित



जब प्रीत आग्रहमा परेँ, म यसै मरेँ म उसै मरेँ
र त दुःखको दहमा झरेँ, म यसै मरेँ म उसै मरेँ ।


कति सम्झना कति कल्पना सब प्रेमका गहना भनी
जति जे दियो गहमा भरेँ, म यसै मरेँ म उसै मरेँ ।


"मनमा बसाउँछु" भन्दथ्यो मुटुमा सजाउँछु भन्दथ्यो
किन बाहिरी तहमा सरेँ, म यसै मरेँ म उसै मरेँ ।


अब भो भयो तँ नजा चरी रुनु नै परेपछि धर्धरी
म विछोडकै बहमा मरेँ, म यसै मरेँ म उसै मरेँ।


गजल


 


हाम्रो फेरि भेट होला नहोला भन्ने निराशा थियो
त्यो दुविधा पनि सायद प्रेमको परिभाषा थियो
 
मनमा थियो ओठसम्म ल्याउन सकिँन के थियो
त्यो मौनता पनि तिम्रो प्रेमको अभिलाषा थियो 


हरेक सामनामा प्रफुल्लता उजागर नहोस् भनी
भुइँमा नजर गाडेर दौडि्नु तिम्रो तमासा थियो


क्षणिक पारलौकिक अनुभूति खुशी प्रेमको थियो
पीडा यो वर्षौं सम्मलाई त्यसको दिलासा थियो
 
अनायासै नजर तिम्रो घरको छततिर पुग्दछ
मनमा लुकेको कतै झिनो त्यो आशा थियो ।



 


 गजल


 


माया हाम्रो बतासले झारेको त्यो पात भयो
मुटुभित्र घाउ दिने गाउँ घरको बात भयो


अजम्बरी होला भनी औंठी चिनो लाइदिए
पिरतिले उनिएको माला च्यात्ने हात भयो


एकोहोरो हुन्न भन्थे माया साट्ने मुटुहरु
निष्ठुरिको अङालोमा भुल्दा आज घात भयो


फूल्नु थियो जिन्दगीमा कोपिला मै झरिगयो
मेरोलागी तिम्रो माया नपिएको मात भयो ।



 

 


 


 


गजल



जिन्दगीको फूल


 


एउटा फूल जिन्दगीको कसैमाथि फलिहेर
दुनियाँलाई आफ्नै सम्झी आफैंभित्र पालिहेर


ओरालीमा ठेस लाग्छ, उकालीमा गाह्रो पर्छ
तिमीले पनि गोरेटोमा पाइलाहरू चालिहेर


कस्तो होला भगवानको रूप, रङ थाहा छैन
दर्शन पाउन गरिबको मनमा दियो बालिहेर


सजाएका सपनाहरू नयाँ छँदै फाटे होलान्
पीडा बग्ने मुहानहरू समयमै टालिहेर


भित्रैबाट निस्किएको पसिनामा आनन्द छ
कर्म गर, गर्व गर, त्यसपछिको ताली हेर


 


 


 


गजल


कहिले दिन्छ पूरै मस्ती यही प्यारले
कहिले उठाउँछ बस्ती यही प्यारले


जब एक्लो थिएँ म, आजजस्तो हुन्न थिएँ
प्युन लायो जबर्जस्ती यही प्यारले


भोलि कति बेइमान होला भन्न सकिँदैन
सक्दो गुन लाउँथ्यो अस्ति यही प्यारले


ऊ मानिन जसै गर्दा पनि मेरी हुनलाई
जिउँदै मार्‍यो एउटा हस्ती यही प्यारले ।


 


 


गजल


बिर्सन त खोज्दछु सम्झना झन् आउँछ
जहाँ-जहाँ तिमी छौ त्यतै मन धाउँछ


एकोहोरो हेर्दछौ, बोल्दा पनि बोल्दिनौ
नबोले नि आँखाले धेरै थोक बताउँछ


भन्दै थिए मान्छेले रुँदै थियौ रातमा
आऊ मेरो दिलमा अझै पनि ठाउँ छ


बाहिर त हाँस्दछ्यौ, भित्र अर्कै बाध्यता
बाध्यतामा मान्छेले के नै ज्यादा पाउँछ


जतिसुकै प्रयत्नले ढाकछोप गरे पनि
थाहा छ ती ओठमा मेरै मेरो नाउँ छ ।


 


जित



जब प्रीत आग्रहमा परेँ, म यसै मरेँ म उसै मरेँ
र त दुःखको दहमा झरेँ, म यसै मरेँ म उसै मरेँ ।


कति सम्झना कति कल्पना सब प्रेमका गहना भनी
जति जे दियो गहमा भरेँ, म यसै मरेँ म उसै मरेँ ।


"मनमा बसाउँछु" भन्दथ्यो मुटुमा सजाउँछु भन्दथ्यो
किन बाहिरी तहमा सरेँ, म यसै मरेँ म उसै मरेँ ।


अब भो भयो तँ नजा चरी रुनु नै परेपछि धर्धरी
म विछोडकै बहमा मरेँ, म यसै मरेँ म उसै मरेँ।


गजल


 


हाम्रो फेरि भेट होला नहोला भन्ने निराशा थियो
त्यो दुविधा पनि सायद प्रेमको परिभाषा थियो
 
मनमा थियो ओठसम्म ल्याउन सकिँन के थियो
त्यो मौनता पनि तिम्रो प्रेमको अभिलाषा थियो 


हरेक सामनामा प्रफुल्लता उजागर नहोस् भनी
भुइँमा नजर गाडेर दौडि्नु तिम्रो तमासा थियो


क्षणिक पारलौकिक अनुभूति खुशी प्रेमको थियो
पीडा यो वर्षौं सम्मलाई त्यसको दिलासा थियो
 
अनायासै नजर तिम्रो घरको छततिर पुग्दछ
मनमा लुकेको कतै झिनो त्यो आशा थियो ।



 


 गजल


 


माया हाम्रो बतासले झारेको त्यो पात भयो
मुटुभित्र घाउ दिने गाउँ घरको बात भयो


अजम्बरी होला भनी औंठी चिनो लाइदिए
पिरतिले उनिएको माला च्यात्ने हात भयो


एकोहोरो हुन्न भन्थे माया साट्ने मुटुहरु
निष्ठुरिको अङालोमा भुल्दा आज घात भयो


फूल्नु थियो जिन्दगीमा कोपिला मै झरिगयो
मेरोलागी तिम्रो माया नपिएको मात भयो ।



 

 


 


 


दोषी


            


                       bf]ifL


                                  ljhos'df/ >]i7 -xfn O{/fs_


lhjgsf] ofqfdf cglj1 ePsf] lyP


o'Wb e'dLnfO{ uGtJo ofqf agfO{ lnP ..  

 


phf8 elg yfxf lyof] xl/ofnL ;lDem lnP


dfof t lbPsf] g} lyP bf]ifL elg sxnfP .. ..


 


cw'/f] dfof lsg nufof} bf]ifL sxnfpg] eP


cfTdfnfO{ lsg ;flIf /fvf} cljZjfl; x'g] eP .. .. ..


 


v]nfpg ;lDem lsg dfof lbof} 5fl8 hfg] eP


lxGtfaf]wdf lsg t8\lkG5f} Psn sf6] x'g] eP .. .. .. ..


            ;dfKt .. .. .. .. ..



gajal



           uhn


cfz'n] wf]Psf] g} lyP bfu gb]Vg] ;l/


dfof t lbPsf] lyP chDjl/ x'g] ul/ ..


 


s:tf] ;do cfO{ lbP of] lj5f]8sf] 3l8


;dfNg ;lSbg ;f]rfO{ cfO{ lbG5 yl/ yl/ .. ..


 


ljutsf lbgnfO{ ;lDembf slNkG5' 3l/ 3l/


dfofsf] hft g} o:tf] OGb|]0fLsf] gf} /Ë eP ;l/ .. .. ..


 


s;n] b]nf lrQ a'Emg] pQ/ dfofn' zAb el/


gf}6+ls egf} eg] ofb cfO{ lbG5 ;Fu} eP ul/ .. .. .. ..


 


 


 


 


 


 


Tuesday, June 2, 2009

कस्तो हो त नागरिक सर्वोच्चता


विजयकुमार श्रेष्ठ-हाल परदेशबाट

नागरीक सर्वोच्चताको वारेमा चर्को बिरोध गर्ने ने.क.पा. एकिकृत माओवादि पार्टिको चाल चलन र सामाजिक मितव्ययीताको बारेमा वर्तमान परिस्थितीलाई मध्य नजर राखेर हेर्नु पर्दा यो कस्तो खालको नागरिक सर्वोच्चताको विषयमा प्रर्दशन गरि राखेको भन्ने बारेमा के हामी नेपाली जनताले बुझने सकेका छौ त देशको सर्वेसर्वा पार्टिको हैसियत लिएको पार्टिले देखाएको नागरिक प्रतिको जन विश्वास के साचो हो त । कि ने.क.पा. एकिकृत माओवादिले उठाएको नागरिक सर्वोच्चताको विषय भनेको केवल आफना समर्थकको लागी मात्र हो कि भनेर हामीले बुझ्नु पर्ने परिस्थिती खडा भएको महसुस हुन आउछ । के नगरिक भनेको एकिकृत माओवादि समर्थक मात्र हो त । पार्टिको र देशको सर्वोच्च पदमा बसेर केवल अरुलाई गालि गर्न र तल झार्न सिवाय हाम्रा पुर्व प्रधानमन्त्री ज्यूले कहिले जान्नु भएन । देशको सर्वोच्च पद धारण गरेको मानिसले एउटा साधारण गोठालोले बाल्ने बोली वोल्दा कत्तिको सोभायमान होला त । हिजो सत्ताको बागडोर समाल्दा पनि प्रतिपक्षले जसरि प्रतिकृया निकाल्दै अरुलाई तथा नाम गाली दिन पछि नपरेको र अहिले आएर झन जगंलको सिंहले जसरि गर्जिन थालेको छ ।सर्वसहमतीको नाम पनि लिने र देश कव्जा गर्ने शब्दावली पनि दिदै हिड्ने यो कस्तो प्रबृद्धिको राजनितीक दाउपेच हो त । साढे दुई करोड नेपालीले देश चलाउने जिम्मा दिदा पनि आफ्नै बहुवलको कमी भएको कारणले सडकमा उत्रीनु पर् यो के यो कुरालाई अध्यक्ष प्रचण्ड महादयले शान्त भएर सोच्नु भएको छ त । एउटा व्याक्तिको लागी देशलाई रणसङ्गामा होमी दिन पछि नपर्ने व्याक्तिले कसरि नेपाली जनतालाई नागरिक सर्वोच्चताको छाता ओढाउछ भनेर विश्वास लिने त । छाना भित्रको भेटघाट र सभा सम्मेलनमा हामी शान्तिको अग्रदेव हौ भनेर भन्ने अनि जब छाना बाहिरको सभा सम्मेलनमा भाग लिदा खेरि जनता समु आङ फुलाएर भन्न थाल्छन हाम्रो क्रान्ति पुरा भएको छैन । हामीले त देशलाई माओवादिमय बनाउनु पर्छ भनेर अरुलाई प्रति क्रान्तिकारीको सज्ञा दिदै उर्दि फैलाउन पछि नपर्ने । ने.क.पा. एकिकृत माओवादिले जनतालाई दिएको र दिन खोजेको नागरिक सर्वोच्चताको एक झलक यहि हो त ।कसैले सभा सम्मेलन गर्दा माओवादिको बारेमा टिकाटिपणी गर्न नपाउने त । त्यस्तै यो माओवादिको नागरिक सर्वोच्चताको केहि उदाहरण यहाँ केहि अंश कोटेश्वरको व्यापारी रामहरि श्रेष्ठको हत्याको हत्यारालाई कार्वाहि गर्नुको साटो केन्द्रिय सदस्यमा मनोनित गर्नु बुटवलमा एमाले समर्थक स्थानिय नेता प्रचण्ड थैवको हत्यारालाई कार्वाहि नगर्नु कांग्रेसका स्थानिय नेता युध्द प्रसाद हमाललाई अपहरण गरि निर्ममताका साथ हत्या गर्नु नेपाल कम्युनिष्ट पार्टि मसालका अध्यक्ष सभासद चित्र बहादुर के।सी। माथि सभा गरि रहेको स्थलमा ढुङ्गा प्रहार गर्नु के यो नागरिकको वाक स्वातन्त्रता माथिको उलङधन भएन त नेपालगाजका अखिल छैटौका का। वरुण ध्वज मल्ललाई अपहरण गरि जंगलमा लगि कुटपिट गरि हात खुट्ठा बाधि छाडेको घटना र अहिले हाल सालै विभिन्न जिल्लामा नागरिकलाई जिल्ला छाड्न दिएको उर्दि र जवरजस्ति गाउँ निकाल गर्ने र अपहरण लुटपाट हत्या हिंसा जस्ता कृर्या कलाप गर्ने र गराउन उक्साउने पार्टिले कस्तो खालको नागरिक सर्वोच्चताको विजारोपण गर्न लागेको भनेर नेपाली जनता अन्यौलको भुमरिमा आतङकित भएर आफनो मानव भएर बाच्न पाउने मौलीक हक अधिकारको सदुपयाग गर्नसम्म पाएका छैनन । यसको जवाफ क्रान्तिकारीको अध्यक्षको नाताले नेपाली जनतालाई प्रष्ट पार्नु पर्ने हुन्छ । हत्या हिंसा अपहरण लुटपाट जस्ता अवाछनिय कृया कलाप दिन प्रतिदिन बढ्दै गई रहेको छ ।यसको कार्य विरुद्ध कहिले लागेको छ त । र ने.क.पा. एकिकृत माओवादिले चाहेको कस्तो प्रकारको नागरिक सर्वोच्चता हो त ?

Sunday, May 24, 2009

चर्चैचर्चापछि नेपाल प्रधानमन्त्री निर्विरोध



काठमाडौं, पाँचौं पटकको चर्चापछि अन्ततः माधव नेपाल शनिबार प्रधानमन्त्री बने । प्रथम राष्ट्रपतिका लागि समेत चर्चामा आएका उनलाई पटकपटक राजनीतिक घटनाक्रमले साथ दिएन । 


०४६ पछि उनी प्रधानमन्त्री पदका लागि पाँच पटक चर्चामा रहे । सँगै हिँडेका कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला पाँच पटक प्रधानमन्त्री भए तर नेपालको पालो आएन । गत वर्ष राष्ट्रपति चयन गर्दा पनि उम्मेदवारी दर्ताको आधा घन्टाअघिमात्र माओवादीले 'धोका' दिएपछि राष्ट्रपतिको इतिहास रच्ने अवसर पनि गुम्यो ।


नेपाललाई प्रधानमन्त्रीका रूपमा चर्चा गरिएको ०५१ देखि नै हो । मध्यावधि निर्वाचनमा एमाले सबैभन्दा ठूलो दलका रूपमा स्थापित भएपछि पार्टीभित्र उनलाई नै प्रधानमन्त्री बनाउने चर्चा भयो । तर सेरेमोनियल पार्टी अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री भए । यद्यपि पार्टीबाट सरकार सञ्चालनको जिम्मा उनले पाएका थिए । अल्पमतको नौ महिने सरकारमा उनी उपप्रधान, रक्षा र परराष्ट्रमन्त्री थिए । उनी निकट नेताहरूका अनुसार 'नौ महिने लोकपि्रय सरकारका उनी नै प्रमुख शिल्पी' थिए ।


०६० मा तत्कालीन राजा ज्ञानेन्द्रको शाही कदमविरुद्ध आन्दोलनमा रहेका दलले नेपाललाई प्रधानमन्त्रीका रूपमा अघि सारेका थिए । ज्ञानेन्द्रले उनीसँग पटक पटक छलफल पनि अघि बढाए । तर उनले धारा १२७ को प्रधानमन्त्री हुन अस्वीकार गरे ।


कार्यकारी अधिकार मन्त्रिपरिषद्मा फिर्ता भएको घोषणा राजाबाट हुनुपर्ने दलहरूको सर्त थियो । राजाले त्यस्तो घोषणा पनि गरे, तर प्रधानमन्त्रीमा नियुक्त भए सूर्यबहादुर थापा ।


एक वर्षपछि थापा सरकार ढल्यो । त्यसको विकल्पमा तत्कालीन राजा ज्ञानेन्द्रले नयाँ प्रधानमन्त्रीका लागि भन्दै 'स्वच्छ छवि' को व्यक्तिको आह्वान गरे । फेरि नेपालको


नाम प्रधानमन्त्रीको रूपमा चर्चामा आयो । सरकार बनाउने वा सरकारमा जाने/नजाने विषयमा आन्दोलनकारी दलहरूबीचमै एकमत बनेन ।  पछि ज्ञानेन्द्रले आफैंले 'अक्षम' घोषित गरी प्रधानमन्त्रीबाट हटाएका कांग्रेस नेता शेरबहादुर देउवालाई सर्वोच्च कार्यकारी पदमा नियुक्त गरे ।


२०६१ मा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि नेपाल सबैभन्दा पहिले शाही सत्ताको निशाना बने । उनलाई घरमै नजरबन्द गरियो । लगत्तै उनलाई ककनी सारियो । 'रातपछि दिन आउँछ भन्नेमा विश्वास गर्ने' नेपाललाई यी सबै हर्कतले २०६२/६३ को जनआन्दोलन र शान्ति प्रक्रियाको नेतृत्वदायी भूमिकामा उभ्यायो । संकटकालका बेलामा उनले सिलगुडी, लखनउ र दिल्लीसम्म पुगेर तत्कालीन विद्रोही माओवादीसँग वार्ता गरे । सात दल -माओवादीबीचको १२ बुँदे समझदारी बनाउनमा पनि उनको महत्त्वपूर्ण भूमिका छ । 


आन्दोलनको सफलतापछि अन्तरिम प्रधानमन्त्रीका रूपमा भने नेपालले आफूलाई उभ्याएनन् । बरु कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको नाम  प्रधानमन्त्रीका लागि आफैंले प्रस्ताव गरे ।


त्यस घटनाले उनको राजनीतिक उचाइ बढ्यो । तर संविधानसभा निर्वाचनमा पार्टी र आफू, स्वयंले पराजय भोग्नु पर्दा चार दशक लामो राजनीतिक जीवनमा उनलाई नराम्रो ठेस लाग्यो । पराजयको नैतिक जिम्मेवारी लिँदै उनले पन्ध्र वर्षदेखि सम्हाल्दै आएको पार्टी नेतृत्वबाट राजीनामा दिए ।


पराजय भए पनि नेपाली राजनीतिमा उनको आवश्यकता तुरुन्तै खडकियो । तत्कालै माओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधानसभा सदस्यमा मनोनीत हुन आग्रह गरे तर उनले स्वीकारेनन् ।


त्यसलगत्तै राष्ट्रपति चुनावका क्रममा सघाउने बचन दिएको माओवादीले अन्तिम समयमा सहमति तोड्यो । तर त्यसको


केही महिनापछि सबै राजनीतिक दलले संविधानसभाभित्र संविधान निर्माणको अगुवाई गर्न नेपाललाई आग्रह गरे ।


माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति कोइरालासहित सबै दलका नेताले पटकपटक संवैधानिक समितिको अध्यक्ष बन्न उनलाई आग्रह गरे । सुरुमा उनले इन्कार गरे । तर सबै क्षेत्रबाट दबाब दिएपछि उनी संविधानसभामा मनोनीत भएर संवैधानिक समितिका अध्यक्ष बने ।


त्यत्तिमामात्र सीमित रहेन उनको भूमिका । राजनीतिक घटनाक्रमले उनलाई संवैधानिक समितिको सभापतिभन्दा ठूलो संविधान निर्माण र शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने नेतृत्वदायी भूमिका खेल्न शनिबार प्रधानमन्त्रीको पद सुम्पिएको छ । पटकपटकको चर्चापछि यथार्थमा प्रधानमन्त्री बनेका उनको काँधमा अब एक वर्षभित्र शान्ति प्रक्रिया, संविधान निर्माणलाई सक्नुपर्ने गहन जिम्मेवारी आएको छ ।

                                                                                                                                                                                                                                                           दुर्गा खनाल