
रातो र चन्द्र सुर्य जंगी निशान हाम्रो ,
ज्यूँदो रगत सरि यो बल्दो यो शान हाम्रो ,
रातो र चन्द्र सुर्य जंगी निशान हाम्रो ,
ज्यूँदो रगत सरि यो बल्दो यो शान हाम्रो ...
हिमाल झैँ अटल यो,झुकेन यो कहिल्येई..
...लत्रेन यो कहिल्येई, जंगी निशान हाम्रो...
हिमाल झैँ अटल यो,झुकेन यो कहिल्येई..
लत्रेन यो कहिल्येई, जंगी निशान हाम्रो...
यो जन्मदै जगतमा कैंयौं प्रहार आए
साम्राज्य दुइ हारे, हारेन शान हाम्रो
रातो र चन्द्र सुर्य जंगी निशान हाम्रो ,
ज्यूँदो रगत सरि यो बल्दो यो शान हाम्रो ,
रातो र चन्द्र सुर्य जंगी निशान हाम्रो ,
जब सम्म चन्द्र सुर्य आकाश मा रहन्छ
तब सम्म हुन्छ आफ्नै रातो रगत यो हाम्रो
जब सम्म चन्द्र सुर्य आकाश मा रहन्छ
तब सम्म हुन्छ आफ्नै रातो रगत यो हाम्रो
गाई सरि छन् साधु जो जो यहाँ जगतमा ,
सबको शरण बलियो, जंगी निशान हाम्रो ,
रातो र चन्द्र सुर्य जंगी निशान हाम्रो ,
ज्यूँदो रगत सरि यो, बल्दो यो शान हाम्रो .....
No comments:
Post a Comment