दुईवटा फिल्मको सुटिङ अनि आफैंले निर्माण गरेको 'तक्दिर' काठमाडांैमा चलाउने अन्तिम तयारी । त्यसमाथि म्युजिक भिडियोहरूको खात । नायिका झरना थापालाई यतिखेर 'असार १५' लागेको छ । 'माघ अन्तिमबाट 'तक्दिर' काठमाडांैमा प्रदर्शन हुन्छ'- म्युजिक भिडियोे सुटिङका लागि चितवन सौरहा गएकी झरनाले शनिबार फोनमा भनिन्- 'तत्कालै कालापानी र एउटा भोजपुरी फिल्ममा अभिनय गर्दैछु । त्यसबाहेक अरू दुईवटा फिल्मबाट प्रस्ताव आएको छ, तर समय मिलाउने गाह्रो भइरहेको छ ।' उपत्यकाबाहिर राम्रै चलेर राजधानीमा प्रदर्शन हुन लागेको 'तक्दिर'ले केहीअघि सर्वाेत्कृष्ट फिल्म, नायिका, स्त्रिmप्ट, चरित्र अभिनेता र निर्देशक गरी पाँच विधामा केटिभी फिल्म अवार्ड जितेको थियो । यो सफलताले हौसिएकी झरना भन्छिन्- 'वैशाखबाट अर्काे फिल्म निर्माण गर्छु ।' आगामी फिल्मको नामचाहिँ अलि अनौठो छ- केटी हराएको सूचना । 'यो एकदमै नौलो फिल्म हुनेछ'- झरना भन्छिन्- 'केन्द्रीय चरित्र त्यो हराउने केटीको रोल म आफंै गर्छु होला । तर, अरू नायिकालाई पनि लिन नसकिने भन्ने होइन ।' आफू निर्माता भएपछि 'लिड रोल' आफैंले गर्न पाउनुपर्छ भन्नेचाहिँ नसोचेको झरनाले बताइन् । 'मुख्य कुरा कथामा को फिट हुन्छ भन्ने हो'- उनले भनिन्- 'म फिट भएँ भने मै खेल्छु,, नत्र फिट हुने हिरोइन खोज्नुपर्छ ।' अभिनयका साथै निर्माता पति सुनिलकुमार थापासँग निर्माणमा पनि व्यस्त झरनाले पछिल्लोपटक 'म तिमीविना मरिहाल्छु' मा गरेको अभिनय निकै मन पराइएको थियो । तर, झरना 'यतिमै सन्तुष्ट नभएको' दाबी गर्दै भन्छिन्- 'मैले अझै धेरै गर्न बाँकी छ ।'
naya patrika
No comments:
Post a Comment