NAMASKAR ,NAMASKAR

NAMASKAR ,NAMASKAR
WELCOME MY BLOG VIEWERS

THINK WE ARE SAME

Photobucket

नेपाली समय

"शादा जीबन उच्चा बिचार"

"शादा जीबन उच्चा बिचार"
NEPALI FLAG

नमस्कार, नमस्कार , नमस्कार

"मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे, रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे, दु:ख मा रुनु हुँदैन र सुखमा हास्नु हुँदैन रे, आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे, जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिली रहोस समयले जति नै टाढा पुर्याए पनि अबिरल यादहरु आईरहोस, पुरा होस तपाईंको मनको हरेक कामना ।।" भगवान पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।

शिव जी

शिव जी
HINDU RELIGION

महादेव पार्वती र गणेश

महादेव पार्वती र गणेश

राजा त्रिभुवनको अफिस

राजा त्रिभुवनको अफिस








Nepal's First President

Nepal's First President
Ram Baran Yadav

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

बैठक कोठा

बैठक कोठा

राजगद्दी सिहासन

राजगद्दी सिहासन

नारायणहिटी सङ्ग्राहालय

नारायणहिटी सङ्ग्राहालय
२०६५ देखी सर्बसाधारणलाई खुल्ला गरिएको हो ।

Friday, December 26, 2008

क. प्रचण्ड vs. श्री ५ प्रचण्ड

दीपक अर्याल

नेपाली भाषामा केही गजबका उखान-टुक्काहरू छन् जस्तो कि- “काम्लो गुन्द्रो लथालिङ्ग डिठ्ठा बस्यो भुईमा”। सामान्य जिज्ञासा- के यस्ता उखान बन्दा पनि माओवादी नाम गरेको पार्टी र उक्त पार्टीले नेतृत्व गरेको सरकार थियो होला? होइन भने, माओवादी नेतृत्व र सरकारलाई अझ भनौं अहिलेका डिठ्ठा ठहरिएका “प्रचण्ड”को अनुहार र व्यवहार नै हेरेर यस्तो उखान कसरी बन्न सक्यो होला? आजकाल माओवादीका सामान्य शुभचिन्तकलाई पनि जनताका नाममा जनयुद्ध गर्नेहरूको अनुहार, व्यवहार र‍ आचरण हेर्दा डर लाग्न थालेको छ। कमरेड प्रचण्ड “क्रान्तिकारी र प्रतिकृयावादी”बीच ध्रुविकरण बढेको छ, भन्दैछन्। त्यसैले, हिजो क्रान्तिकारी लाग्ने कमरेडहरूसँग आज डर लाग्न थाल्यो, भनेर कुनै सर्वसाधारणले भनिदयो भने, माओवादी साथीहरू सिधै भनिदेलान् “तँ पनि प्रतिकृयावादी कित्तामा सामेल भइस्। किन भने, हाम्रो अध्यक्ष कमरेड त्यहीँ भन्नुहुन्छ”। तर, देवेन्द्रराज पाण्डे, कृष्ण पहाडी, शम्भू थापा, खगेन्द्र सङ्ग्रौला फेरि सडकमा आउनु परेपछि त्यसको के अर्थ हुन्छ? के हिजो शाहीशासनका विरूद्धमा लड्नेहरू सबै प्रतिकृयावादी खेमामा गएका हुन्? कमरेडहरू! मलाई बुझ्न कठीन भइरहेको छ- प्रतिकृयावादी खेमा भनेको के हो? सक्कली माओवाद, राष्ट्रवाद, प्रगतिशिल, क्रान्ति, क्रान्तिकारी र जनताका पक्षमा लडेको भनेको के हो? तपाईहरूले भनेको चमत्कार के हो? तपाईँहरूले भनेको शान्ति र विकास तथा परिवर्तन भनेको के हो?
कमरेड! मलाई जान्न मन लागेको छ, हिजो ४० वटा माग राखेर जङ्गल छिरेर १४ हजारको ज्यान गएपछि बनेको सरकारबाट ती ४० मागमध्ये कुन-कुन मागहरू सम्बोधन भएका छन्? र कुन माग सम्बोधन हुने प्रकृयामा छ। जनतालाई राहत दिने, शान्ति सुरक्षा दिने कुरामा किन ढिलाई भएको छ? किन मान्छेहरू मारिदैछन्? किन जताततै अभाव, पीडा मात्र बढेको छैन त्रास बढ्न थालेको छ? किन कसैलाई सुरक्षित छु भन्ने आभाष दिलाउन सकिएको छैन। किन कुनै नागरिक- म यो देशको स्वतन्त्र नागरिक हो र मैले चाहेको, सोचेको कुरा लेख्‍न बोल्न पाउनु पर्छ र यसो गर्दा म पिटिने छैन, मारिने छैन भन्ने कुरामा विश्वस्त हुन सकेको छैन?
किन कुनै पनि स्वतन्त्र नागरिकलाई कुनै जत्थामा, कुनै वाद, पार्टी, जात वा समूहमा वस्न बाध्य पारिएको छ? किन कुनै नागरिकको व्यक्तिगत स्वतन्त्रतामाथि निरन्तर र षडयन्त्रमुलक तरिकाले आक्रमण भइरहेको छ? किन कमरेड, हिजोको नेपाली सेनाको सर्वोच्च कमाण्डर र आजको जनसेनाको सर्वोच्च कमाण्डरका बीचमा फरक पाउन छाडिएको छ? किन हिजोको अभाव, महङ्गी, हत्या, हिंसा, अस्तव्यस्तता र आजको दिनमा फरक पाउन सकेको छैन? एउटा सर्वसाधारण नेपाली नागरिकका हिसाबले श्री ५ ज्ञानेन्द्र र श्री प्रचण्डमा कहाँ कुन कुरामा फरक छ? हिजोको सरकार र आजको सरकारमा के फरक छ? हिजोको कहालीलाग्दो दिन र आजको दिनमा के र कसरी फरक छ? कुन कुराले कमरेडलाई ‘कमरेड’ भन्ने अनि, श्री ५ लाई ‘श्री ५’ भन्ने? किन हामीले कमरेड ज्ञानेन्द्र र श्री ५ प्रचण्ड नभन्ने?
कमरेड! देउवालाई बुझाएको ४० बुँदे माग याद छ कि छैन? पहिलो मागका रूपमा राखिएको- १९५० को नेपाल भारतबीच भनिएको “असमान” सन्धी खारेजीको कुरा कहाँ पुग्यो होला? महाकाली सन्धी, राष्ट्रघाती सन्धीका कुरा कहाँ पुगे कमरेडहरू? (यस विषयमा त बामदेव जी पनि बढी नै जानकार हुनुहुन्छ) के नेपाल-भारत खुला सिमानाका कुरा उठाएको विर्सिएकै हो? अनि गोरखा भर्ति रद्द गरिनु पर्छ र स्वदेशभित्रै रोजगारीको व्यवस्था गरिनु पर्छ भन्ने माग कता हरायो कमरेड? कहाँ कुन रोजगारी दिने व्यवस्थाका कुरा हुँदैछन्? कुन योजना बन्दैछ, के निर्माण हुँदैछ कमरेड? के अध्ययन भइरहेको छ र कहिले सम्म पुरा गर्ने लक्ष्य रहेको छ? दिमागमा, मनमा केही त योजना होला। कि त केही उट्पट्याङ माग राखेर युद्ध लडिहालौं, पछि जे हुन्छ-हुन्छ भनेर युद्ध लडिएको हो?
वर्क परमिटको कुरा पनि त उठाएको होइन र कमरेड? वाक् तथा प्रकाशन स्वतन्त्रताको पूर्ण ग्यारेण्टी हुनुपर्छ भनेर माग्ने पनि तपाईँहरू नै होइन र? कि त्यो माग्न मिल्ने तर दिन नमिल्ने विषयवस्तु हो? “जमिन जोत्नेको हुनुपर्छ। सामन्तहरूको जमीन जफत गरेर भूमिहिन तथा सुकुम्वासीहरूमा वितरण गरिनुपर्छ” भनेर भित्ता-भित्तामा लेखिएका नाराहरू मेटिएका छैनन्, कमरेडहरू। खै सुकुम्बासीले कहाँ के पाएका छन्? कमैया, पिछडाबर्ग र दलितहरूले राज्यबाट कुन कुरा पाएका छन्? कमरेड, केही त योजना होला, केही त गरे जस्तो गर्न सकिएला? जनतालाई राहत दिन सकिने केही त कार्यक्रम होला। होइन भने तपाईँहरू के गर्दै हुनुहुन्छ? कार्यकर्ताहरू इमान्दार छन्, उनीहरूलाई अहिले जागिर चाहिएको छैन, पैसा, घरबार चाहिएको छैन। उनीहरू त महान शहीदका सपना पुरा गर्ने भनेर निरन्तर खटिरहनुभएको छ। त्यस्ता कार्यकर्तालाई छाडेर कसलाई जागिर दिदै हुनुहुन्छ र आफन्त नियुक्त गर्दैहुनुहुन्छ र कसका लागि लड्दै र मान्छे मार्दै र धम्क्याउँदै हिड्नु भएकोछ? प्रायजसो: कार्यकर्ताहरू आफ्नो व्यक्तिगत फाइदा वा स्वार्थका लागि भन्दा पनि समग्र देशका लागि, समग्र गरीब, गाउँका जनता, उत्पिडित, दलित, मधेशी, मुसलमान, महिलाका पक्षमा सरकारले केही सकारात्मक कदम चालोस् भनेर चाहिरहेका छन्। तर कमरेड, यो त “काम कुरो एकातिर, कुम्लोबोकी ठीमितिर” भने जस्तै भएकोछ। यो कसको कमजोरी हो? विदेशीको, साम्राज्यवादीको, प्रतिकृयावादीको अथवा कसको कमरेड? “नाच्न जान्दैन आगँन टेढो” भनेको यहीँ होइन र?
कमरेडहरूले राखेका ४० माग मध्ये एउटा माग त सबैलाई रोजगारीका ग्यारेण्टी गर्ने र वेरोजगार भत्ता पाउने पनि थियो क्यारे। यसबारेमा यहाँहरूले सोच्न पाउनु भएको छ कि छैन कुन्नि? उद्‍घाटन र पार्टी बैठकका कारणले सोच्न र काम गर्न नभ्याएको पो हो कि? कि त आम नेपाली सबैलाई धम्क्याउन, लुट्न, चोर्न वा चन्दा उठाउनका लागि स्वतन्त्र छाडिएकाले रोजगारी दिनु नपर्ने भएको हो? गरिब किसानहरूका कुरा पनि त उठाउन विर्सनु भएको थिएन। खै कहाँ कुन चाँही गरिब किसान, मजदुर, सुकुम्बासी, कमलरी, कमैयाको लागि के व्यवस्थाको पहल भएको छ? कहाँ कसले कुन मनले ती हिजोका लडाईँ, पीडा र दु:खलाई विर्सने हो?
“नि:शुल्क र वैज्ञानिक स्वास्थ्य सेवा र शिक्षाको ब्यवस्था गर्ने, महंगी नियन्त्रण, गाउँ-गाउँमा खानेपानी, बाटोघाटो र बिजुलीको ब्यवस्था, कुटीर तथा साना उद्योगहरूलाई विशेष सहुलियत र संरक्षण दिने, भ्रष्टाचार, कालोबजारी, तस्करी, घूसखोरी, कमिसनतन्त्र अन्त्य गरिने” जस्ता मागहरू सबै विर्सिएकै हो?दुनियाँ ठाउँमा धम्क्याउँदै हिड्ने, तोडफोड, अपहरण गर्ने र मान्छे मार्ने युवाहरूलाई कुनै राम्रो विकास निर्माणको काममा लगाउने योजना छ वा छैन? कि त ठेक्का-पट्टाकै भरमा ती सबै युवाहरूलाई पाल्ने हो? अथवा जागिरको माग गर्ने, मजदुर बनाउने, हडताल गर्ने र पैसा उठाउनका लागि (दुरू)उपयोग गर्ने हो?
कुन चाहिं नयाँ नेपाल बनाउने हो कमरेड? कुन चाहिँ नयाँ व्यवस्था हो यो? काम गर्ने ठाउँ तमाम छन्, सुधार्न मिल्ने ठाउँ तमाम छन्, राहत दिनु पर्ने ठाउँ पनि तमाम छन् तर “पुच्छरमुनि हात” भने जस्तै जनताको हितका लागि गर्नु पर्ने अत्यावश्यक काम, सुधार्नु पर्ने तमाम कुरा नहेर्ने नसुधार्ने अनि दुनियाँलाई गाली गर्दै हिड्नु र दुनियाँलाई अर्घेलो देख्नुको कुनै तुक छैन। बालुवामुनि टाउको लुकाएर दुनियाँले आफुलाई नदेखेको भ्रमपालेर कसैलाई फाइदा छैन।न त माओवादीलाई, न त देशलाई, न त जनतालाई नै।
सरकार चलाउन लागेको ४ महिना बितिसक्यो। लोडसेडिङ हुँदा राजाले गर्यो भन्न सक्नेहरू, एउटा सनकी आर्मीले नगरकोटमा मान्छे मार्दा ‘राजा’का कारणले यस्तो भयो भन्न सक्नेहरूले विरेन्द्र शाह, रामहरी श्रिष्ठ र जेपी जोशीको हत्या माओवादी कार्यकर्ताले गरेपछि त्यो पनि अध्यक्ष कमरेडकै कारणले भएको भन्न किन हिच्किचाउँछन्? नेपालीहरूलाई पनि क्यासिनो छिर्न दिनुपर्छ भनेर माओवादी सङ्गठन हडताल गर्छन्। हिजो गाउँमा तास खेल्दा सोझा-साझा दाजुभाईलाई मुखमा तास कोचाइदिन सक्ने कमरेडहरूले आज क्यासिनोलाई कानूनीरूपमा बैधता प्रदान गर्नु पर्छ भन्दा थोरै पनि लाज लाग्दैन। थोरै पनि क्रान्तिको अपमान भएको ठान्दैनन्? हिजो केटीहरूले पाइन्ट लगाउँदा पाइन्ट काट्ने र पुँजीवादले मान्छे विगार्यो भन्दै सजाय दिने क्रान्तिकारीहरूले आज क्याविनेट मन्त्रिका हैसियतले पाइन्ट लगाएर मन्त्रालय जाँदा लाज मान्दैनन्? आफुले गर्दा जे पनि राम्रो र अरूले गरेको जे पनि नराम्रो भन्ने प्रवृत्तिले माओवादी कमरेडहरूलाई पक्कै पनि अप्ठ्यारो पार्दैन किन भने पार्टीले यस प्रवृत्तीलाई पार्टी नीतिका रूपमा नै अबलम्बन गर्दैछ र पछ्याउँदैछ। तर माओवादी भन्दा बाहिर रहनेहरूले भने यो प्रवृत्तिलाई त्याग्नै पर्ने हुन्छ। कमरेडहरू कुरा त्यति ठूलो छैन, संसारमा नभएको क्रान्ति नेपालमा भए जस्तै संसारमा नभएको पतन नेपालमा पनि हुन सक्छ। संसारमै नभएको सफल नेपाली क्रान्तिको कथा लेखिएजस्तै “क्रान्तिकारी पार्टी”को पतन आफ्नै कारणले आफ्नै हातबाट भएको कथा पनि नेपालमै लेख्‍न नपरोस्। यहीँ शुभकामना।अस्तु,
deepakaryal@gmail।com

No comments: