
NAMASKAR ,NAMASKAR
WELCOME MY BLOG VIEWERS
नेपाली समय
"शादा जीबन उच्चा बिचार"
NEPALI FLAG
नमस्कार, नमस्कार , नमस्कार
शिव जी
HINDU RELIGION
महादेव पार्वती र गणेश
राजा त्रिभुवनको अफिस
Nepal's First President
Ram Baran Yadav
शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा
बैठक कोठा
राजगद्दी सिहासन
नारायणहिटी सङ्ग्राहालय
२०६५ देखी सर्बसाधारणलाई खुल्ला गरिएको हो ।
Friday, May 22, 2009
युवा वर्गलाई नियालेर हेर्दा

Friday, April 3, 2009
नब्बेवर्षे जीवनमै पहिलोपटक गोरखापत्र दैनिकलाई दिएको अन्तर्वार्तामा तत्कालीन राजा त्रिभुवनकी भित्रिनी सरला शाहले १९ जेठ २०५८ को घटनालाई रहस्यमय भन्नुभयो । दरबार हत्याकाण्डका रूपमा चिनिएको सो घटनामा तत्कालीन राजा वीरेन्द्रको वंश विनाश भएको थियो । सो घटनामा वीरेन्द्र शाहका अतिरिक्त ऐश्वर्य शाह, दीपेन्द्र शाह, नीराजन शाह, श्रुति शाह, शान्ति शाह, शारदा शाह, जयन्ती शाह, खड्गविक्रम शाहको मृत्यु भएको थियो ।
उपचारका क्रममा ब्लुक्रस नर्सिङ होममा भर्ना हुनुभएकी शाहले पत्रकारको नाम, ठेगाना, पत्रकारिताको अनुभव सोधेपछि जवाफ दिन थाल्नुभएको थियो ।
स्मरणीय छ, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नारायणहिटी दरबार सङ्ग्रहालय प्रदर्शनीको फागुन १५ गते उद्घाटन गर्दै दरबार हत्याकाण्डको पुनः छानबिन गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
तत्कालीन राजा वीरेन्द्रले आयोजना गरेको नियमित भोजमा उपस्थित सरला शाहलाई दरबार हत्याकाण्ड छानबिन गर्न गठित समितिले समेत सोधपुछ गरेको थिएन । समितिले हत्याकाण्डको दोषी भने तत्कालीन युवराज दीपेन्द्रलाई ठहर्याएको थियो ।
दरबार हत्याकाण्ड कसले गर्यो भन्ने गोरखापत्रको प्रश्नमा सरलाले भन्नुभयो- ‘यो रहस्यमय छ ।’
युवराज दीपेन्द्रले गोली चलाएका हुन् भनिएको छ नि भन्ने अर्को प्रश्नमा सरला शाहले भन्नुभयो- “कस्ले गर्यो, कस्ले गर्यो ? अझै पनि रहस्यमय छ ।”
घटनाका बेला पूर्वराजा ज्ञानेन्द्रकी मुमा रत्नसँगै आफू रहेको र घटनाको प्रत्यक्षदर्शी भएको जानकारीसमेत उहाँले दिनुभयो । उहाँले दीपेन्द्रले गोली चलाएको भनाइको खण्डनसमेत गर्नुभयो- “यसो नगर भनी छेक्न जाने अवस्था त्यहाँ थिएन, गोली कसले चलायो रहस्य छ ।’
राणाशासन अन्त्य गर्न र प्रजातन्त्र स्थापना गर्न योगदान दिएका राजा त्रिभुवनकी भित्रिया भए पनि सरला शाहले कहिल्यै पनि ‘श्री ५’ को पदवी भने पाउनुभएन ।
अन्तर्वार्ताका क्रममा सरला शाहलाई सोधियो- तपाईंले कहिल्यै ‘श्री ५’ को पदवी माग्नुभएन ?
प्रत्युत्तरमा उहाँले जवाफ दिनुभयो- श्री ५ को इच्छा त कसलाई हुँदैन तर भाग्यले दिएन । त्रिभुवनको पदवी दिने इच्छा थियो तर मलाई पदवी दिनुअघि नै उहाँको मृत्यु भयो ।
पूर्वराजा ज्ञानेन्द्र दरबारबाट बहिर्गमन हुँदासम्म थोरै मानिसको मात्रै जानकारीमा रहनुभएकी सरला शाह तत्कालीन राजा त्रिभुवनकी भित्रिया भएको समाचार पहिलोपटक गोरखापत्र दैनिकबाटै सार्वजनिक भएको थियो ।
नेपालमा २३८ वषर्ीय राजतन्त्रको अन्त्य भएको विषयमा सरला शाहलाई सोधिएको प्रश्नमा उहाँको जवाफ थियो- “म त केही बोल्दिनँ ।”
“यसो नगर भनी छेक्न जाने अवस्था त्यहाँ थिएन”
अहिले अस्पतालमा भर्ना हुनुहुँदो रहेछ, खर्च तपाइँलाई कहाँबाट आउँछ ?
मेरो खर्च रत्नबाटै आउँछ ।
तपाइँ दुवैजना सँगै बस्नुहुन्छ ?
उहाँ -रत्न) नारायणहिटी थान -नारायणहिटी सङ्ग्रहालय) भित्रतिर बस्नुहुन्छ, म बाहिर ।
राजा त्रिभुवनको सम्झना लायकको केही कुरा छ ?
मलाई केही सम्झना छैन ।
भनेपछि सबै बिर्सनुभयो ?
सबै बिर्सिसकेँ, उहाँ स्वर्गे भएको पनि यतिका वर्ष भइसक्यो ।
दरबारले तपाइँलाई श्री ५ को पदवी किन नदिएको होला ?
अब किन नदिएको यो उनीहरूलाई नै सोध्नुपर्ने, मसँग के ? मलाई पदवी देउ, यो देउ, उ देउ भन्ने हुँदैन, उहाँ -त्रिभुवन)को विचार दिने थियो ।
त्रिभुवनपछि महेन्द्र, वीरेन्द्रले दिँदा पनि हुन्थ्यो नि ?
त्यो कुरा मलाई नसोध्नुस्, थाहा पनि छैन, जानकारी पनि छैन ।
तपाइँलाई त्यो पाउने इच्छा पनि भएन ?
इच्छा त कसलाई हुँदैन ? हुने खाने इच्छा हुँदैन ? गर्ने मान्छे थिएन भने के गर्ने ?
दरबारमा तपाइँको खानपानको व्यवस्था कसले गर्छ ?
रत्नबाट ।
ए रत्नबाट ?
अँ, त्यहीँबाट ।
ज्ञानेन्द्र राजाबाट हट्नुअघि दरबारबाट आउँथ्यो । अहिले रत्नबाट आउँछ ?
अहिले पनि दरबारबाटै आउँछ होला, मलाई चासो पनि भएन, मलाई थाहा पनि छैन, त्यहीँ बसिराखेको छु ।
अनि तपाइँलाई राजतन्त्र समाप्त भएकोमा केही खल्लो अनुभव भा छैन ?
मलाई यादै हुँदैन त्यस्ता कुरा ।
तपाइँको अनुभव ?
अनुभवै छैन । अब भाग्यमा नभएको, म दुखीले के गर्ने, उहाँ बसेको भए त बसिन्थ्यो होला, उहाँले छोडेपछि । त्यो कुरा सबै बिर्सियो ।
सबै कुरा बिर्सिनुभयो ?
अब बिर्सिनै पर्यो नि, घरमा लोग्ने स्वास्नी त छुटिनुपर्छ अब उहाँ
-त्रिभुवन) नभएपछि के गर्ने ?
त्रिभुवन नभए पनि दरबार त थियो नि ?
के भनेको ?
त्रिभुवन नभए पनि महेन्द्र, वीरेन्द्र हुनुहुन्थ्यो नि, उहाँहरूबाट पनि दरबारमा तपाइँले इज्जत पाउनुभएन ?
पाएन, भाग्यले दिएन ।
मलाई सम्मान चाहिन्छ ‘श्री ५’को पदवी चाहिन्छ भनेर कहिल्यै माग्नुभएन ?
भनेको छैन मैले, मलाई यो राखिदेउ, यो गरिदेउ भनेको छैन ।
हजुरको दरबारबाहिर आफन्त कोही छैन ?
आफन्त सबै छन् ।
९० वर्षको उमेर खानपान के गर्नुहुन्छ ?
सादा खाना खान्छु, पकाउने, खुवाउने उनीहरूले नै गर्छन्, म त घरमै हुन्छु ।
रत्नसँग भेट हुन्छ ?
हुन्छ, बीचबीचमा भेट हुन्छ ।
ज्ञानेन्द्रले गद्दी छोडेर गएको विषयमा कुरा हुन्छ ?
त्यो मलाई थाहा हुँदैन ।
राजदरबार काण्डमा वीरेन्द्रको बंश विनास भयो । तपाइँ पनि त्रिभुवन सदनमा हुनुहुन्थ्यो होइन ?
कसले भन्यो ?
प्रतिवेदनमा छ नि Û त्यसमा तपाइँ प्रत्यक्षदर्शी हुनुहुन्थ्यो ?
घटना देखेको हो । यसो नगर भनी छेक्न जाने अवस्था त्यहाँ थिएन । गोली कसले चलायो रहस्य छ ।
त्यो घटना कसले गरेको रै छ त ?
रहस्य छ ।
यो मान्छेले गर्यो भन्ने कहीँ खुल्छ ?
छैन, छैन ।
दीपेन्द्रले गरेको हो भनेर प्रतिवेदन आयो नि ?
कस्ले गर्यो, कस्ले गर्यो ? अझै पनि रहस्यमय छ ।
यो घटनाले रत्नलाई पनि चिन्तित बनाइराख्छ होला नि ?
खै थाहा छैन, अब कहिले काहीँ भेट्न जान्छु, भेटे पनि उहाँले मसँग आएर केही भन्नुहुन्न ।
त्यो विषयमा कुरा हुँदैन ?
न मलाई थाहा छ, न उहाँलाई ।
अहिले त नारायणहिटी सङ्ग्रहालय बन्यो, तपाइँ बसेको ठाउँ छोड भनेर सरकारले भन्यो भने के गर्नुहुन्छ ?
खै थाहा छैन, सरकारले के गर्छ ।
तपाइँलाई कहाँ जाने व्यवस्था गर्दा राम्रो हुन्थ्यो ?
सरकारले जहाँ जान भन्छ, त्यहाँ जाने, फलानो ठाउँमा जाउ भन्यो भने त्यहीँ जाने ।
तपाइँ सन्यास बस्ने, काँसी बास बस्ने, धर्मकर्म गर्ने इच्छा छैन ?
काँसी जान मन लागेको छ, कसले पठाउँछ ?
काँसीमा त रणबहादुर शाहले ठूलो आश्रम बनाएका छन् नि परिवारका लागि ।
मैले त के भन्ने, मलाई थाहा पनि छैन ।
सरकारले खर्च गर्यो भने इच्छा छ ?
सरकारले काँसी जा भन्यो भने त जान्छु नि, यो उमेरमा काँसीमा गएर पनि के गर्ने, घर चाहियो, सबै चाहियो ।
सबै व्यवस्था भयो भने ?
भयो भने त भाग्यको कुरा काँसीमा गए पनि बम्बइमा गए पनि जहाँ गए पनि ।
विवाहअघि माइती मानन्धर की गोर्खाली ?
म श्रेष्ठ
त्रिभुवनले तपाइँलोई कहाँ मन पराएको ?
दरबारमा भेट भयो ।
दरबारमा, तपाइँ त्यहीँ सेवा गर्नुहुन्थ्यो ?
अँ । त्यहीँ दरबारमा हो । म त दरबारमा काम गर्थें । त्रिभुवनले त्यहीँ मन पराए, अब भयो । बाबु जानुस् ।
Wednesday, April 1, 2009
बैदेशिक रोजगारमा पाएको बिचलन
जब परदेशको सपनाले आफनो मनमा बासस्थान लिन थाल्दछ त्यस पछि उसको अगाडि स्वादेशि मनको भावनाहरु बिलिन भएर तुहिन थाल्दछ । हरेक दिनको सपनामा परदेशीको भुमीकामा आफुलाई पाउन सफल हुन जान्छ । फेरि हाम्रो समाजमा परदेशी भन्ने बित्तिकै अलि सद्भावको नजरले हेर्ने परिपाटि छ । परदेश जानु भनेको आफनो भविष्य नै परिवर्तन गर्नु हो भनेर बुझनेहरुको कमी पनि छैन हाम्रो समाजमा त्यसैले छिट्टै धनि बन्ने हेतुले हतारिएर आफनो भुमी छाड्ने उत्सुकताले पिरोल्न थाल्दछ । आफुमा भएको क्षमता के हो र कार्य दक्षता के हो हामीले त्यो कुराको ध्यान दिन बिर्सिएर केबल मुग्लानियाको दर्जामा आफुलाई उभ्याउन हतारिन्छौ । न त हामी कुनै पनि शिपमा दक्षता हासिल गरेका हुन्छौ न त अनुभविको पाठ लिएका हुन्छौ । तर पनि हामीलाई मनग्य रुपैयाँ कमाईन्छ भन्ने आशाका भारि बोकाई दिनेको कमी हुदैन ती हाम्रा मानव रुपी तस्करका मुकुण्डोको खोल आडेकाहरुबाट तत्काल नै धनि भएको कथा सुनाउन पछि पर्दैनन् । गरिबि र बेरोजगारको मारले लालईत भएका हाम्रा कोमल मन त्यसै अतालिएको बेलामा रसबरि जस्ता मिठा माधुर्य स्वाँरको गुलाबी भाषण रुपि शब्द जालले हाम्रा मन मस्तिष्कमा बर्जपात गराई दिन माहिर हुन्छ ति हाम्रा मानव रुपि तस्करका मुकुण्डो भिरेका महापुरुष ।
अब हाम्रो परदेशी बनि छिट्टै धनि भएर एस-आरामको जीवन बिताउने सपनाहरु अगाडि बड्न सुरु हुन्छ जब हामी जमीनको सतहलाई छाड्दछौ । कुन देशमा जाने र त्यहाँ गएर के काम गर्ने हो भन्ने कुराकोसम्म आफुमा ज्ञानको कमी भएको हुन्छ किन कि थिचोमिचो र कहाली लाग्दो बेरोजगारीको तड्पाईले आत्तिएका मनहरुलाई सोध्ने मौका कहाँ मिल्छ र केबल आफनो मन परदेशको भुमीमा पाईला हाल्न पाए त सुख र आन्नदको सास फेर्न पाईन्छ भन्ने तिर मात्र दौडन आतुर भई रहेको हुन्छ । त्यति बेला हामीलाई जान्ने उत्सुकता पनि त्यति जागेर आउदैन । चारै तिरबाट चपेटाले पिल्सिएर आफनो जीवनलाई धिकार्न बाहेक अरु उपाय हामीसँग के नै हुन्थ्यो र त्यहि माथि पनि साहुको ठुलो धनरासिको चर्कोसाँवा ब्याजले हाम्रो मनपाटल माथि चटयाङ बसा्रएको हुन्थ्यो । जे जस्तो परिस्थिती आई परे पनि जुध्ने अठोट लिएर हामी परदेशीएका हुन्छौ । आफुलाई बिदेशि भुमीमा कर्म थलोको जग बसालेर आफना सपनाहरुलाई साकार पार्न तिर हतारिएका हुन्छौ । आफनो मनगन्ते कौतुहलहरुसँगै उड्दा उड्दै आफनो गन्तव्य स्थानको पराकाष्टमा ल्याएर ओरालि दिन्छ र आफना आफना साहु र कम्पनीको हातमा सुम्पनलाई मनहरु फेरि हतारिएको हुन्छ । आफुसँगै आएका साथि भाई सङ्गीहरु आफनो आफनो गन्तव्य तिर पाईला चालि सकेका हुन्छन तर आफनु भने कोहि आउदैन तिम्रो मालिक म हु ल हिड जाम भनेर लिनको लागी लिन आउने कोहि भएन । दिनका प्रहरहरुले डाडाकाटि सक्यो तर पनि आफनो गन्तव्यको सुरुवात गर्ने बाटाहरु अलमल्ल नै रहयो ।
सुन्ने गरेको त थिए कयौं नेपाली आमाका सन्तानले आफनो बैदेशिक रोजगारिको शिलशिलामा आफना सारा सपनाहरुलाई हावामा बिलिन पार्न बाध्य भएका कथाहरु आज ति कथा आफनो सामु खडा हुने हो कि आफै त्यो कथाको पात्र त बन्नु पर्ने हो कि भन्ने शंका उपशंकाको ज्वारभाटा मनमा बार्जपात हुन थाल्दछ । ३६ घण्टाको लामो पर्खाई पश्चात तिम्रो नाम फलाना हो भनेर पासपोर्ट माग्न एक जना अपरिचित व्यक्ति आएर सोध्यो । बल्लको यो मनमा केहि हदसम्म खुशिका पल आउन थाल्यो र उसको पछाडि लागेर आफनो गन्तव्यको पाईलाहरु अगाडि बडाउन तिर अघि लागे । आफुलाई के थाहा भयो र साहुलाई पासपोर्ट बुझाए पछि आफु बाहेक आफुलाई नेपाली हो भनेर चिनाउने आफनो बोली मात्र थियो । गएको केहि दिन त राम्रोसँग खान दियो काम पनि राम्रै लगायो । आफुलाई थाहा पनि थिएन के काम गर्नु पर्छ भनेर तर पनि केहि दिनसम्म राम्रो काम गर्न लगाएकोले काम त सजिलो रहेछ भनेर मन मनै खुशि भए । कस्लाई के थाहा भयो र जीवनमा सपनामा पनि नसोचेको कार्य गर्नु पर्छ भनेर केहि दिन पछि तिम्रो काम त गोठाला हो तिमीलाई मैले गोठालो बनाउनलाई पैसा तिरेर ल्याएको हो भनको सुन्दा त एक्कासी छानाबाट खसे जस्तो हुन पुगे । तर के गर्नु आफुले जे जस्तो काम परे पनि गर्छु भन्ने अठोटका साथ आएका थिए । आखिर नगरिकन फर्केर जानु पनि आफुसँग सार्मथ्य थिएन किन कि उता साहुको साँवा ब्याजले दिनदिनै सगरमाथा छुन लागि सकेको थियो । आफनो मनलाई आफैले समालि गोठालो बन्न तयार भए । आफनो बाबु आमाको कत्रो सपना थियो होला छोरालाई पढाएर ठुलो मान्छे बनेको हेर्ने आशाहरु पनि तुहि गयो र आफुले लगनशिलता भएर अध्यायन गरेका ज्ञानहरु प्नि बिलीन हुन पुग्यो । तर पनि काम पाएकोमा त केहि हदसम्म त यो मन खुसि नै थियो । काम गर्दै गए दिनहरु बित्तदै गयो । महिनाको आखिरि दिन आयो अब त आफुले जीवनमा पहिलो पारिश्रमिक थाप्ने दिनको प्रतिक्षाले हत्तारिएका थिए । सधै साहु आउने बाटोहरुलाई यो आँखाले पच्छयाउन थाल्यो ।
महिना बितेको केहि दिनमा साहुले पारिश्रमिक लिएर आयो तर फेरि बज्रपात गरायो तलब थाप्ने बेलामा एजेन्ट भनाउदाले आफुलाई जति भनेको थियो त्यति दिएन । त्यसको लागीमा प्रतिबाद गर्न पनि सक्दिन थिए । त्यसै गरि दिनहरु बिताउदै गए । त्यस ठाउँको भौगोलीक बातावरणसँग रमाउन थाले आफना वरपर भएका साथिहरुको नजिक हुन थाले । आफुलाई दुखसँग लड्ने बानि त परि सकेको थियो तर अन्याय र अत्याचार भने पछि कसैलाई नपरोस भन्ने गर्दथे । के गर्नु बिरानो मुलुकमा आफुले बोलेको भनेको सुनी दिने कोहि नहुदो रहेछ । आफुले पाएको दुख भन्दा कयौ साथिहरुको दुख र बेदना सुन्दा त यो मनलाई थामी नसक्नु हुन्थ्यो । परदेशमा पैसा भनेको रुखको बोटमा फल्छ र टिपेर ल्याउने हो जस्तो लाग्दथ्यो तर आफुले ति पिडा र कष्टहरु भोग्नु र देख्नु पर्दा त असहय हुदो रहेछ । कयौं साथिहरुले आफनो समयाबधि पुरा गरेर पनि घर फर्कन नपाएका र कयौ फर्जी करारनामामा प्रबेशाज्ञा बनाएर पठाएका बेवारिसे जिवन विताउन बाध्य भएकाहरुको पिर र बेदनाहरु सुन्दा त आफुलाई पनि समाल्न गार् हो हुने गर्दथ्यो । ठुलो धनराशि कमाउने सपना बोकेर आएका ति नेपाल आमाका सन्तान आज मानव तस्करको जाल र निर्दयी वन्य जन्तु सरहको स्वभाव भएका ती अर्कालाई दुख पर्दा रमाउन जान्ने मालिक साहु भनाउदाहरुको कसिमा परेर कष्टकर जिवन विताउन बाध्य भएका निमुखा मनहरुको पिडालाई देख्दा कसलाई दया नलाग्ला र कयौ नेपाली दाजुभाई दिदी बहिनीहरु त झन आफनो गन्तव्य स्थानसम्म पनि पुग्न नपाउदै अलपत्रे जीवन बिताउन बाध्य हुनु परेका छन् । कत्रो सपना बाढेर छिटो भन्दा छिटो धनी बनेर केहि हदसम्म भए पनि सुखको सास फेर्न पाईन्छ भनेर परदेशिएका मनका सपनाहरु हावामा सजाउनु पर्दा कसलाई असईय हुदैन र । आफनो परिवारलाई फर्केर आउदाको खुशीका पोकाहरुको बाचाहरु र साहुसँग लिएको चर्को ब्याजले गर्दा त झन मरे तुल्य भएर आउदथ्यो ।
बिभिन्न राजनितीक पार्टिका नेता भनाउदाहरु सभा सम्मेलन गर्ने निहु पारेर प्रबाशिको मर्म बुझन आएको हौ भनेर मिठा भाषण गर्न जानेका ती अबसर बादिहरु आउछन र तपाईहरुको दुखमा हातेमालो गर्न आएको भनेर चिप्ला कुरा गरेर आफनो स्वार्थ पुर्तीको लागी पार्टि बिस्तारको प्रकृर्या अगाडि बडाएर जान्छन् । दुई चार सक्ला अक्षर चिनेका हाम्रा सहपाठिहरु केहि संख्यामा राम्रो र सजिलो काम पाउन सफल भएकाहरुले आफनै सहपाठिहरुको बिचमा बसेर भाषण दिने गर्दछन् । दुखमा साथ दिने भनेर बिभिन्न बनावटि बचनहरुले ललाई फकाई आफनो जालमा पार्दछन् । आफनो स्वार्थ पुरा भए पछि यो यस्तै हो भनेर आफु पछि हट्दछ । परदेशमा हामी केवल आफनो बेरोजगारिको निसानीलाई पार लगाउन आएका हौ । केही रुपैयाँ पैसा कमाएर आफु र आफनो परिवारलाई एक छाक मिठो र एक सरो राम्रोसँग शरिर ढाँकेर गाउँ समाजको अगाडि सरल जिवन जिउन सकिन्छ कि भन्ने उदेश्य लिएर बिदेशिको सामु झुकेर आफनो गन्तव्यलाई अगाडि बढाउनु परेको छ । दुख परेको बेला कसले कसलाई हेर्छर प्रदेशमा त्यही दुखको परिस्थितीलाई साथ दिनको लागी नेपाल सरकारले राजदुताबासको व्यबस्था गरि दिएको छ । तर के गर्नु सबैको लागी समान न्याय दिनको लागी बसेका हौ भनेर भन्छन् तर दिन दुखिहरुले त्यहाँ गएर आफनो समस्याहरु दसा्रउन पाउने मौका समेत दिदैन । अनि कस्तो होला यो पिडाले भरिएका मनहरु कति रुदो होलान् ।अलि कति पैसा कमाउनेहरु नेता बनेर संघ संगठनको बिस्तार गर्ने तिर लाग्दछन् र मासिक रुपमा लेबि उठाउन पछि पर्दैनन् । ती आफनै सहपाठिहरुको माझमा बाह्र घण्टा देखि १६ घण्टासम्म पसिना बगाएको परिश्रमिक भित्र सँघ संगठनको हिस्सेदार बनाउनलाई भाषणको खेति गर्नतिर कम्मर कसेर लाग्दछन् । भोली के हुने हो उसलाई पनि थाहा छैन । अनि आफनो भविश्यको बारेमा त राम्रोसँग जानकारि नभएकाले अरुको भविष्यको के गर्न सक्छ भनेर विश्वास लिने होला ।
कहिले काहि पत्रपत्रिकामा पढ्ने गरेको थिए फलाना व्याक्ति फलाना ठाउमा अलपत्र पर् यो भनेर तर आफनो सहयात्रामा सहपाठि भएर लागेका सहपाठिहरु र स्वायंम आफुले तिरस्कार र लाचारिको जिवन जिउन पर्दा मरे तुल्य भएर आउथ्यो । हरेक दिन नेपाल आमाका सन्तानलाई बेवारिसे जीवन जिउनमा व्यातित बनाउन कम्मर कसेर लागेका छन् ति मानव रुपी मुकुण्डो लगाएका तस्करहरु त्यसको रोकथाम कसले गर्ने मोटो रकमले मुहानमा बुजो लगाउन खप्पिस भएकाहरुलाई कसको त्रास । कसैले उजुर बाजुर गरे क्षणिक समयको लागी साधु बनिदिने र केही समय पछि फेरी सिंह बनेर निस्कन पल्केकाहरुलाई कसले पो के नै गर्न सक्छ । हिजो हामी सामु घटेका घटनाहरु कसले गर्दा घटेका हुन् त के यो कुरा हामी प्रवाशि सहपाठि मित्रहरुले कहिले सोच्ने गर्ने गरेकॊ छ त जे जति घटना घटे त्यो सबै हाम्रो कमि कमजोरिले गर्दा नै हो । हामीले अरुलाई पर्दा कहिले पनि सोच्ने गरेनौ त्यो घटनाको भागिदार म पनि हो भनेर कहिले पनि भन्ने गर् यौ त त्यो काम कसरी बिगारे र त्यस्तो कसरी हुन गयो भनेर कहिले पनि बुझने गरेनौ किन र कसरी भयो भनेर गहिरेर बुझने समय हामीले त्यो दुख दायि जिवन बिताएका हाम्रा सहपाठिको लागी समय दिन सकेनौ । जसले दुख पाएका छन् र ती मध्य आफनो घरायसी बातावरण बलियो छ उसलाई कुनै समस्याले पिरोल्ने कुरै आएन । जो सँग आफनो हात पाखुराको कमाईबाट आफनो सन्ततीको भविष्यको चित्ररेखा कोर्नु पर्ने हुन्छ त्यस्तो व्याक्तिको लागी एकल जिवनको लागी मात्र नभएर उसको सन्तानको भविष्य अन्धकारमय हुने परिस्थिती आउदछ र त्यति बेला उसलाई र उसको परिवारलाई कस्तो होला । अनि त्यति खेर न्यायको भिक्षा माग्न कहाँ जाने त के उसले न्याय माग्न पाउने अधिकार छैन । हिजो कुबेतमा जेल जिवन बिताएका जस्तै उदाहरणको लागि डोल्मा शेर्पा अमेरिकामा आफनो डिउटी निभाई रहेको समयमा अर्काको हातबाट मारिनु परेका हाम्रा सहपाठि र साउदी अरब दुबै कतारबहराईनओमानजस्ता देशहरुमा आफनै साहुको नरकिय व्याबहारबाट शोषणमा पिल्सीएकाबेवारिसे भिसामा फसाईएका र आफनो छिमेकी मुलुकमा नरकको जिवन बिताई रहेका दिदी बहिनीहरु ईराकमा चौपायाँ सरि काटिनु परेका दाजु भाईहरुको वारेमा न्याय खोजि दिन ति नेता भनाउदाहरुले के कुराको पहल गरि दिए त । बिभिन्न देशमा बसेका नेपालीले अनेक तरहबाट दुख कष्ट भोग्न परि रहेका छन् । हामीले बैदेशिक रोजगारमा जानु अघि तिरेको विमा रकमको खेलवाड भै रहेको छ । करार अबधिको लागी भनेर प्रति व्याक्ति नेपाल सरकारलाई ५००० हजार रुपयाँ बिमा सेवा बापत बुझाएको किन त । के हामीले त्यसको सेवा उपभोग गर्न पाएका छौ त । हामीले कहिले बुझने गरेका छौ होला त । हामीमा पनि कमि कमजोरिहरु नभएको त होईन किन कि हामीमा अल्छि गर्ने बानि र चलि राखेको छ भन्ने सहानुभुती बढि भएको कारणले गर्दा हामीले स्वाईच्छीक नसिहत भोग्नु परि राखेका छौ ।
परदेशमा कोही कसैलाई भई परि आएको खण्डमा हामीले सहपाठीको नाताले चन्दा दिने र आफनो तरफबाट सकेको सहयोग गर्ने भन्ने कुरा त आफुमा भएको स्वाभिमानताको उपज हो, दुखको बेलामा कोहि कसैले पनि सहयोग नगर्न सक्दैन चाहे पराई देशको सहयात्री किन नहोस् । तर हामीले आफनो सरकारलाई भैई परि आएको खण्डमा सरकारको तरफबाट पहिला आवाज उठाओस भन्नको लागी हातेमालो गरेर आफनो हकअधिकारको लागी जुझारु भएर हक अधिकारको सृर्जना गर्न सक्ने कानूनको तर्जुमा गर्न तिर कम्मर कसेर लाग्नु पर् यो न कि हामीले म फलाना पार्टि त फलाना पार्टि भनेर एक आपसमा बैमनस्यताको सङकुचन भएको भावनालाई त्यागेर केवल हामी प्रवाशि हौ र प्रवाशिको लागी हक अधिकार सृर्जना गर्नको लागी लडेका हौ भन्ने भावनाको भेल बगाउनु पर्यो । आफनै आँखा अगाडि ठुला ठुला कृर्ते जालसाझि मुद्दाहरुको अभियोगमा बाध्य भएर सजाय भोगि रहेका सहपाठिहरुलाई हामीले आफनु अगाडि छर्लङ्ग रुपमा हेरि रहनु बाहेक केहि गर्न सक्ने क्षमता हामीमा छैन । त्यसै कारण हामीले पनि आफनो सहि र गल्ति के हो भनेर लड्नको लागी आफुसँग सार्मथ्यको आवश्यकताको जरुरत पर्ने भएकोले हामीले ती सार्मथ्य जुटाई दिनको लागी हाम्रो सरकारसँग पहल गर्नु पर्ने छ । होलान कति पय सहपाठिहरुको सफल जिवनले सफल बाटाहरुको पाईलालाइ प्रबाशको कर्म थलोले सुखमय जीबन बनाउन सकेका होला त्यो कुरालाई नकार्न पनि हुदैन । तर पनि समस्या र त्रास परेको बेला ति निमुखा तिरस्कार स्वाँरहरुले पनि आफनो अमुल्य आवाजको ध्वानीहरु सहि ठाउँमा गएर गुन्जन पाओस भन्नको लागी अहिलेको नयाँ नेपाल बनाउने र नयाँ सविधानको रेखा चित्रण गर्ने बेलामा हामीहरुले पनि आफनो हक अधिकारलाई सुनिश्चित पार्न सकियो भने हामीले फेरी पनि आपतको बेला अत्याचार र दुराचारको शिकारी भएर पिल्सिएर बस्न नपरोस भन्ने आशा र अभिलाषाको लागी एक जुट भएर अब बन्ने लोकतान्त्रिक व्यबस्थाको संविधानमा प्रष्ट रुपमा उल्लेख गर्नका लागी पहल गर्नलाई प्रबाशिहरु एक जुट भएर बैदेशिक रोजगारको लागी अब बन्ने सविधानमा उल्यख्य धारा र दफाहरु लागु गराउनु पर्नेछ । न कि हामीले फेरी पनि बेवारिसे जीवन बिताएर अलपत्र भएर प्रबाशको गोरेटोमा भौतारीएर आफुलाई बिचलन बनाएर बाच्नु नपरोस ।
हामीले नयाँ सविधानमा पहल गर्नु पर्ने मुख्य कुरा यस प्रकारका छन् ।
क) राहदानि सर्वसुलभ र सजिलो तरिकाबाट बनाउन पाउनु पर्ने छ । ख) श्रम विभागबाट हुने ढिला सुस्ती र फर्जि करारनामा बनाउनमा रोक लगाउनु पर्ने छ । ग) बैदेशिक रोजगारको लागी तिरिएको बिमाको सहि रुपमा करार अबधिसम्म भई परि आएको खण्डमा उपभोग गर्न पाउनु पर्ने सुविधा उपलब्ध गराई दिनु पर्ने छ । घ) प्रबेशाज्ञामा उल्लेख भए बमोजिमको काम र भरण पोषण पाउनु पर्ने प्रबधान तर्जुमा गराई दिनु पर्ने छ । ङ) सेवा मुलक अभिमुखि तालिम केन्द्र बिभिन्न जिल्लामा सर्वसुलभ तरिकाबाट सृर्जना गराई दिनु पर्ने छ । च) बैदेशिक रोजगारको लागी काम अनुसारको मुल्य निर्धारण गराउनु पर्ने छ । छ) प्रत्यक देशमा सरकारले प्रबासीको पिर मर्का बुझनलाई रोजगार बेन्च राखिनु पर्ने छ । ज) प्रबासिहरुबाट आएको रेमीटान्सको लेखाजोखा गरि बार्षिक प्रतीबेदनमा जानकारी गराईनु पर्ने छ ।
Monday, March 23, 2009
नेपालीले पाएका पहिला र अहिलेका नयाँ अनुभुतीहरु -२
बिजय कुमार श्रेष्ठधादिङ्ग हाल जोईन्ट वेस
बलाद ईराक२०६३ सालमा देशमा लोकतन्त्रको लागि लडाई लड्न सुरु गरे आम नेपाली जनताले गणतन्त्रको लागि सबै पार्टिहरु एक जुट भएर लोकतन्त्रको लागी आन्दोलनको तयारी गरेर हाते मालो गरेर अत्याचारी नाताबाद कुर्सीबादकोशासनलाई फाल्नको लागी क्रान्ति सुरु गरे । क्रान्तिको आगो दन्किन सुरु भयो । नेपाली जनताले हातमा हात मिलाएर साथ दियो । कयौ नेपाल आमाका छोरा छारीहरुले आफनो बलिदान दिए । २०६३ साल ज्यष्ठ महिनाको अन्य तिर देशमा फेरी अर्को परिवर्तन भयो । नेपाली जनताले २००७ सालमा नै चाहेको लॊकतन्त्र २०६३ मा आएर प्राप्त गर्न सफल भए । २४८औ वर्षको लामो गद्धिधारि तानासाहि शाहवंशको जरै देखि निर्मुल पार्न सफल भए नेपाली जनता । देशमा नौलो परिवर्तन आयो । नेपाली जनताले चाहेको गणतन्त्र सारा नेपाली जनताले हर्ष उल्लासको साथ बिजय उत्सव मनाउन थाल्यो । जता सुकै विजय जुलुसले खुशीका आँसु बग्न थाल्यो । देशमा मिलीजुली गरेर चार पार्िर्ट मिलेर सरकार चलाउने जिम्मा लियो । देशमा नेपाली कांग्रस पार्टिको सभापति गिरिजा प्रसाद कोईराला देशको प्रधानमन्त्रि भए र उहाँको अध्यक्षतामा मन्त्रिमण्डलको बिस्तार गरियो । सो समयमा देशमा चार पार्टिले सरकारमा सामेल भएर देशको नयाँ खाका कोर्नको लागि संविधानसभाको बाटो तिर लम्कन कम्मर कसेर चुनाव गराउन तिर लागे । सबै पार्टिको मिली मतोले गर्दा देशमा संविधानसभाको चुनाब शान्ति पुर्वक ढंगबाट गराउन सफल भए । लोकतन्त्र आए पछिको पहिलो संविधानसभाको चुनाब सफल गरायो । सो चुनाबमा नेपाल कम्युनिष्ट पार्टि माओवादिले सबै पार्टिले भन्दा बढि जनताको मन जितेर पहिला पक्तिको पार्टिको दर्जा हात पार्न सफल भए । नेपाली कांग्रेसलाई दोस्रा नम्बरको दर्जा्र दिए र नेपाल कम्युनीष्ट पार्टि एमालेलाई तेस्रो पार्टिको दर्जा र नयाँ पार्टि मदेशि फोरम पार्टिलाई चौथो दर्जा भिराउन सफल भए नेपाली जनता ।देशको आन्तरिक कार्यभार समाल्नको लागी राष्ट्रपतीउपराष्ट्रपती सविधानसभा प्रमुखको तय गर्न दलहरु कम्मर कसेर लागे तर एक आपसमा सहमति गर्न नसकेर चुनावी प्रकृयाबाट सबै तहको तय गरियो र नेपाली काग्रेसबाट डा। रामवरण यादब र नेपाल कम्युनिष्ट पार्टि माओवादिबाट रामराजा सिहलाइ राष्ट्रपतिको उमेदवारमा खडा गरे र चुनाबमा भाग लिन पुगे । सो चुनाबमा नेपाली काग्रसले राष्ट्रपतीको पदमा आफनो जित हासिल गरे । उपराष्ट्रपती मदेश फोरम पार्टिले हाता पारे । सविधानसभाको अध्यक्षमा ने।s।पा एमालेले हाता पार् यो । त्यस पछि प्रधानमन्त्रिको लागि ने।s।पा। माओवादिका पुष्प कमल दाहाल -प्रचण्ड ले हाता पारे ।लामो जंगलको सधर्ष पश्चात सपनामा पनि नसोचेको पार्टिलाई नेपाली जनताले आज देशको अविभारा सुम्पिन सफल भई दिए । देशमा पुराना अनुहारको शासन सत्तामा बिचलन भएका नेपाली जनता नयाँ अनुहार नयाँ जोस र जागर बोकेर जनताको सेवक हो भन्ने बाचाका साथ देशको प्रमुख व्यक्तिको रुपमा नेपाली जनताले हेर्न पाए । ने।s। पा।माओवादिको तरफबाट प्रचण्डले मन्त्रि मण्डल गठन गरे सो मन्त्रि मण्डलमा माओवादि नेकपा एमाले र मदेसी फोरम पार्टि जनमोर्चा नेपालले भाग लिएका थिए । नेपाली काग्रसले प्रतिपक्षको भुमीका निर्वाह गरे । त्यस पछि सुरु भयो नयाँ नेपाल बनाउने सपनाको कार्य दिशा कोर्न थाले । देशमा केहि हदसम्म शान्तिको हावा चल्न लाग्यो । नेपाली जनताले आन्नदको सास फेर्न थाले । सोचेका थिए अब देशमा आमुल परिवर्तन आयो भनेर नेपाली जनताको दिनहरु बित्दै गए । देश चलाउन जिम्मा लिएका पार्टिहररुको एक आपसमा मन मुटाब बढ्न थाल्यो । सहकार्य र सहमतिमा देशलाई नयाँ गति तिर लैजाने बाचा गरेका थिए ति बाचाहरु एक आपसमा तुहिन गयो । एकले अर्को माथि आरोप प्रत्याआरोप लगाउन सुरु हुन थाल्यो । नेपाली जनताले ठुलो त्याग र तपस्याको बलिदान पश्चातको लोकतन्त्रको नून राम्रोसँग चाख्न नपाउदै सरकारमा बस्ने मन्त्रि भनाउदाहरुले उही पुरानो काचुली फेरेका अनुहारको बाटोलाई त्याग्न सकेनन । केवल क्रम भङ्ग गर्ने भन्नेको नाममा देशको ढुकुटिलाई रित्याउने नयाँ बाटो औल्याउन थाले प्रचण्ड सरकारले प्रधानमन्त्रिको सपथग्रहणको बेला देखि क्रमभङ्ग गनै सुरुवात गरे । आफनो पुर्खाले सिर्जेको नेपाली पोशाकको अवहेलना गरेर बिदेशि पोशाकमा सजि सजवट हुन पुगे । कानून बनाउदै जानु भयो र त्यो कानूनलाई आफै मार्फत गलहत्ति लगाउन पछि पर्नु भएन । केवल जनताको कामलाई बेवास्ता गरि देशको ढुकुटीमा खेलबाड गर्न तिर बढि अग्रसरता देखाउनु भयो । आफनो कार्यलयको कामलाई महत्व कम दिएर सभा महत्सोव उद्धाटनमा बिसेस ध्यान दिन पछि पर्नु भएन । सहकार्यमा लगाम बधेका पार्टिका मन्त्रिहरुको समेत कार्यभारमा हस्तछेप गर्न पनि पछि पर्नु भएन र म नरहे देश रहनन् भन्ने सम्म अभिव्याक्ति दिनसम्म चुक्नु भएन । आफुले १२ वर्ष जंगली जीवनमा नेपाली जनतालाई दिएका आश्वासनहरु सजिलैसँग बिसर्ि दिएर आफनो सन्ततीको उचाई बढाउन तिर कम्मर कसेर लाग्नु भयो । हिजो नाताबाद र कृर्पाबादको कट्टर बिरोधि भएर नेपाली जनता सामु आवाजको चट्याङ बसा्रउने व्यक्ति आज आएर त्यहि सिकोलाई अङ्गालेर आफना बाहुबलले भ्याएसम्मको पदमा आफना नातागोतालाई भित्रयाउन पछि पर्नु भएन । त्यसैको सिको सिकेर उहाँका सहपाठिहरुले पनि आफना नातागोतालाई बिना योग्यता भएको पदकोसम्म जिम्मा लगाउन पनि चुक्नु भएन । नयाँ नेपाल बनाउनलाई कम्मर कसेर आएका क्रान्तिकारीको नाम धारणा गरेर आज आएर आखिर के नै दिन सकेत नेपाली जनतालाई नयाँ नेपालको सरकारका हकदार पार्टिले के कुराको परिवर्तन ल्याउन सफल भए त सरकारी गाडिमा प्रईभेट नम्बरको पिलेटसम्म झुन्डाउन पछि परेन लोकतन्त्रका बफादार देश र जनता सेवक ।देशको प्रधानमन्त्रिको बोली भनेको लाल मोहर साबित हुनु पर्नेमा आज बोल्यो भोली त्यहि बोली फिर्ता लिने नयाँ प्रबृद्धिको प्रार्दुभावको सृर्जना गर्नु भयो । सहमति र सहकार्य गर्नु पर्छ हामीलाई सबैको साथ चाहिन्छ भनेर जनताको सामु भाषण गरि हिड्ने अनि त्यहि कुराको पालना आफुले नै नगरि हिड्ने । अनि हामीलाई कसैको सहयोग भएन भनेर कुर्लने । नेपाली जनतालाई जुन सहानुभुति दिएर जानु भएको थियो उहाँले र उहाँको पार्टिले त्यो कुराको पालना गर्नबाट केहि हदसम्म पछि पर्नु भयो र एक आपसमा अन्तर मन मुटाबको तनाब सृर्जना हुन गयो । नेपाली जनताले जे सोचेर देशको सर्वोच्च पदमा पुर् याईदिएका थिए तर त्यसको परिभाषा जनतालाई चित्त बुझने तरिकाबाट दिन सक्नु भएन र आखिरमा आएर आफुसँग गृहकार्य नभएको भनेर क्षमा याचना गर्न तिर अग्रसरता देखाउदै भन्नु भयो । आफनो घरको अगाडि खाल्डो नदेख्ने ६० लाखको गाडि चड्ने भनेर जनता सामु भन्न के मात्र सक्नु भएको थियो आफुले त्यसको केहि दिन पछाडि जापानबाट नेपाली १ करोड बराबरको मुल्य पर्ने गाडि मगाउन लगाउनु भयो तर जन आवजको तिब्र बिरोध भएको कारणले गर्दा लाचारी भएर त्यो गाडिमा पाउँ राख्ने सहास गर्नु भएन । बिदेश भ्रमणलाई पनि अस्विकार गरि दिनु भयो ।नेपाली जनताले बिभिन्न दलको गृहकार्यको तौर तरिकाबाट ग्रसित र त्रसित भएर देशमा नौलो जनबादको आशाबादि किरण लिएको पार्टिलाई साथ दिएर आज कत्रो आशा भरोसा लिएको थियो नेपाली जनताले तर जे सोचेर आफनो अमुल्य मत दिएर माओबादिलाई जंगलबाट सदनमा र सदनबाट सत्तामा पुर् याई दियो त्यसको कुनै आशा लाग्दो प्रतिफल जनतालाई दिन नसक्नु नै उहाँहरुको लाचारीपन हो । नेपाली जनताले आशाको किरणको रुपमा हेरेका थिए देशको भाग्य निर्माणको चित्र परिवर्तन गरिदिन्छन भनेर तर असोचनिय ढंग तरिकाबाट उहाँहरुले वर्गीय सँधषको नाममा जातिय सँधर्षलाई प्राथमिकता दिनु भयो र शान्तिको हावा चल्न लागेको यो देशलाई फेरि पनि कोलाहल र त्रास पुर्ण बातावरणमा परिणत गराउने तिर महत्वलाई बढि ध्यान दिनु भयो । देशको राष्ट्र प्रमुख भएर बलिदान दिन्छु भनि जनतालाई त्रासको बातावरण सृजनासम्म गराउन चुक्नु भएन । २ करोड ६० लाख नेपालीको एउटै फुलवारीको साझ बगैचाको कार्य निभाउन सक्नु भएन । जहिले पनि एउटा कुरा भन्ने र गर्ने बेलामा एक लौटि आफनो पार्टिको निर्णय लिने बानिले गर्दा सहमति र सहकार्यको पाईलालाई उहाँले ओझेलमा पारि दिनसम्म चुक्नु भएन । उहाँले कहिले पनि सोच्नु भएन देश चलाउनलाई कत्तिको सामथ्र्य चाहिन्छ भनेर बोल्न जस्तो कार्यभार समालेर अगाडि बढ्नु आकाश र पातालको अन्तर हुन्छ भन्ने कुरालाई भल्नु भएर आज यो परिस्थीतिले जन्म लिन गएको हो । अझै पनि भन्ने गर्नु भएको छ । सरकार ढलाउन केहि पार्टिहरु लागु परेका छन् भनेर किन लागे त सरकार ढाल्न भनेर आफनो गृहकार्यलाई पनि जनमानस समक्ष बुझाउने गर्नु भएको छ त । लोक तान्त्रिक व्यावश्थामा एकले अर्काको खुट्टा तान्ने प्रबृद्धि त जहाँ पनि हुन्छ त्यो कुरा कुनै नौलो होईन तर जनताको पक्ष लिएर कार्य दिशालाई जन आस्थासँग मेल खाने खालको हुनु पर् यो । आज कस्ले पुर् यो त्यो ठाँउमा नेपाली जनताले होईन । हिजोका ति हामी कहिले पछि पर्ने छैन भन्ने पर्टिहरुको हविगत कहाँ पुर् याई दिए त्यो कस्को प्रयासले हो त । यदि जो कसेैले पनि राम्रो काम गर्छ भने नेपाली जनताले सधैभरि उसको पक्ष लिएर हातेमालो गर्दछ । त्यसैले जनतामा निरास ल्याउने काम कसैले गर्छ भने त्यसलाई छाड्ने वाला पनि छैन अब नेपाली जनता । यस्ता धेरै खाले युध्दहरुको नून चाखि सके नेपाली जनताले तेसैले जस्तो सुकै प्रबृद्धिमा पनि राम्रो र नराम्रो के हो भन्ने कुराको मुल्यांकन गर्न सक्ने भई सकेका छन् । देशको ढुकुटीमा हनिमुन मनाउनेहरुको हविगत देखाएर नै छाड्ने छ ।देशमा लोकतन्त्रको जग बसि सकेको छ । अब त्यसको सेवा र सम्हार गर्ने जिम्मा हामी आम नेपाली जनताको हो यो कुरामा कसैको दुई मत छैन । कहिले पनि भुलेर पनि भन्ने नगर्नु यो देशमा फेरि तानाशाहिले राज गर्दछ भनेर आफना ति कायरता पुर्ण भाषणलाई लगाम लगाउन पनि सिक्नु पर्छ र जन चाहनाको मर्म के हो त्यो कुरालाई लिएर अधि बढ्ने गर्नु पर्छ । कागले कान लानु कहाँ छ कहाँ कान नै नछामीकन पछि लाग्नु त भएन । अहिले सविधान लेखन प्रकृया चलिरहेको छ त्यो विषयलाई मध्य नजर राखेर सहि निष्कस्र निकाल्न तिर लाग्नु पर्दछ । जनता सामु आई रहेको मत भेद के हो राम्रोसँग बुझेर कार्य दिशाको निरुपण गर्ने तिर लाग्नु पर्दछ । सविधान जस्तो लेख्ने कुरामा हतार गरेर जनताको आँखामा छारो हाल्ने कामबाट सजक रहेर काम गर्नु पर्ने हुन्छ । सक्ला अक्षर फुटाउन नजान्ने मानिसलाई एक दिनको कक्षा लिएर उसले कसरि भन्न सक्छ मेरो लागी यस्तो कानुन बनाउनु पर् यो भनेर कसरि भन्न सक्छ के उत्तर राम्रो पाउन सक्छ । १२ वर्ष युध्दको मैदान चलाएर बसेका नेता भनाउदाहरुलाई त देश कसरि चलाउने भन्ने कुराको पुर्णपाठ थाहा थिएन भने ति आफनो नाम सकेत राम्रोसँग भन्न नसक्ने नेपालीले कसरि सविधानको बारेका भन्न सक्दछ बिना गृहकार्य । त्यसैले यो सरकारले सभासदलाई रोजगारी दिने नियदले हो कि देशको ढुकुटीको सत्याग्रह गर्न खोजेका हुन कि जानेर पनि बुझ पचाएको हो । बिना गृहकार्य जनतालाई के थाहा सविधान भनेको के हो । के १०० जनामा ५ जनाले मात्र अक्षर चिन्न सकेर हुन्छ ति अरुको अधिकार छैन । आफनो मौलिक हकको अधिकार खोज्नलाई र नेपाली भएर बाच्न । सविधान लेखन प्रकृया अगाडि बढाउनको लागि यो सरकारले सहि बाटो देखाउने हो भने देशको बिकट भन्दा बिकट ठाँउबाट सुरु गर्नु पर्छ । अनि मात्रको नेपाली जनताले कतिसम्म मौलिक हक अधिकार भन्ने कुराको ज्ञान रहेछ भन्ने थाहा हुन्छ । जस्तै हुम्ला मुगुडोल्पातेह्रथुम कालिकोट अछाम कर्णाली भेरी यस्ता ठाउँमा गएर ति नेपालीको बिचारलाई सम्वोधन गरेर लेखिएको सविधानलाईको जनताको लागि लेखिएको सविधान भनेर भन्न सकिन्छ । हरेक जिल्लाको सदरमुकाममा गएर एउटा होटलमागाउ बिकास समितीमा बसेर लेख्ने हो भने किन जनताले लेख्ने सविधान भनेर बिकुल फुक्नु पर् यो त जन चाहना विपरित कार्य गर्ने भए किन लड्नु पर् यो परिवर्तनको लागि र नयाँ र नौलो सृजना गर्छु भनेर किन झुटा आश्वासन बाड्नु पर्यो ।त्यसैले सरकारका सम्पुर्ण मन्त्रिका पद बहाली गरेका र बिभिन्न राजनितीक पार्टिले गम्भिर भएर सोच्ने बेला आएको छ । यो देशलाई रण सङ्गाममा परिणत गर्ने हो कि हरियाली शान्ति भुमि गौतम बुद्धको देश भनेर परिभाषा गर्ने हो त्यो समय आएको छ अहिले देशको कार्य बहाक योध्दाहरुको नकि भाषणमा मात्र सिमीत नबनाईकन काममा बढि समय खर्चियोस भन्ने मेरो नेपाली नागरिक भएको हैसियतले यो बिनम्र आग्रह गर्दछु ।
Sunday, March 15, 2009
नेपालीले पाएका पहिला र अहिलेका नयाँ अनुभुतीहरु - १
Sunday, March 1, 2009
चुम्बन आत्मीयताको गहिराइ

चिम्पान्जीले आपसमा चुम्बन साटासाट गर्छन्, स्यालले एकअर्काको मुख चाट्छन्, हात्तीले पनि आफ्नो सुँड एकअर्काको मुखमा दिन्छन्
भनिन्छ, 'चुम्बन प्रकृतिले रचेको सुन्दर जुक्ति हो, आपसी संवाद निरर्थक हुँदा त्यसलाई पन्छाउन चुम्बन गरिन्छ ।' पछिल्ला खोजअनुसन्धानबाट के पत्ता लागेको छ भने आपसी प्रेम प्रकट गर्न गरिने चुम्बनले एकअर्कासँग नजिकिन चाहने दुई प्रेमीको प्रेममा गहिराइ ल्याउने मात्र नभई इन्दि्रयहरूमा कयौं मिश्रति संकेतहरू पनि पुर्याउँछ । अमेरिकाका एक अनुसन्धाता वैज्ञानिकले खोजबाट के पाए भने, चुम्बनका वेला जोडिएका ओठहरूले इन्दि्रयलाई सक्रियता अथवा रफ्तार त दिन्छन् नै, साथसाथै यिनले हाम्रो जोडीसँग दीर्घकालीन सम्बन्ध उपयुक्त होला कि नहोला भन्ने कुराको तीक्ष्ण संकेत पनि दिन्छन् । वैज्ञानिकहरूले सिकागोमा आयोजित एउटा सम्मेलनमा भने, 'पुरुषको र्यालमा रहेका रसायन उसको प्रजनन् क्षमता तथा स्वास्थ्यसम्बन्धी संकेत हुन् । सायद, यही कारणले अक्सर पहिलो चुम्बन आखिरी चुम्बन पनि हुने गर्दछ ।' अमेरिकन एसोसिएसन फर द एड्भान्समेन्ट अफ साइन्सको वाषिर्क सम्मेलनमा रुटगर्स विश्वविद्यालयका हेलन फिसरले भने, 'चुम्बन एउटा शक्तिशाली क्रिया हो, त्यसैले यो संसारमा जहाँ पनि प्रचलित छ,' उनले भने, 'संसारभरिका लगभग ९० प्रतिशत मानिसले आफ्नो प्रेम अभिव्यक्त गर्न चुम्बन गर्छन् ।' फिसरले अगाडि भने, 'चुम्बन गर्ने चलन जनावरहरूमा पनि यही स्तरमा पाइन्छ । चिम्पान्जीले आपसमा चुम्बन साटासाट गर्छन्, स्यालले एकअर्काको मुख चाट्छन्, र हात्तीले पनि आफ्नो सुँड एकअर्काको मुखमा दिन्छन् ।' फिसरको मान्यता के रहेको छ भने, चुम्बन गर्नु सम्बन्ध वा आत्मीयताको गहिराइ थाहा पाउने एउटा तरिका हो । चुम्बन गर्ने वेलामा हामीले एकअर्कालाई छुनुको अलावा महसुस पनि गर्न सक्छौँ । चुम्बन-प्रक्रियाका वेला हाम्रो दिमागको एउटा ठूलो हिस्सा जग्मगाउँछ । फिसरले भने, 'चुम्बन वास्तवमा आपसी प्रेम कत्तिको छ भनेर थाहा पाउने तरिका हो, जुन सकारात्मक अथवा नकारात्मक पनि हुन सक्छ ।' एक अध्ययनअनुसार, ६६ प्रतिशत महिला र ५९ प्रतिशत पुरुषले पहिलो चुम्बनबाटै सम्बन्ध तोडिदिएका थिए । उनीहरूका लागि त्यो चुम्बन 'किस अफ डेथ'बराबर सावित भयो ।
चुम्बनका तीन रहस्य
Thursday, February 26, 2009
नेपाली श्रम वजारः सर्न्दर्भ साउदी अरेविया
Wednesday, February 25, 2009
आठौं महाधिवेशनले चुनेको एमालेका महारथीहरू

अध्यक्ष - झलनाथ खनालजन्मः २० मार्च १९५० मा इलामको साँखेजुङ्ग शिक्षा : राजनीतिशास्त्र र इतिहासमा स्नातकराजनीति आरम्भ : २०२४ मा त्रिचन्द्र कलेजबाट , २०२६ देखि २०३० सम्म बाग्लुङ र इलाममा शिक्षक, २०३३ मा कोअर्डिनेसन केन्द्रको संस्थापक सदस्य, २०३५ मा नेकपा (माले) का संस्थापक सदस्य, २०३६ मा नेकपा (माले) को केन्द्रीय सदस्य, २०३९ मा नेकपा (माले) का महासचिव, २०४७ मा अन्तरिम सरकारको वन तथा भूसंरक्षणमन्त्री, २०४८ र ५१ मा इलामबाट प्रतिनिधिसभा सदस्य, २०५३ मा सूचना तथा सञ्चारमन्त्री, २०६५ मा इलामबाट संविधानसभा सदस्य निर्वाचित, २०६५ मा केन्द्रीय कमिटीको अठारौँ बैठकबाट नेकपा एमाले महासचिव, २०६५ आठौँ महाधिवेशनबाट अध्यक्षजेलजीवनः चार वर्ष जेल
उपाध्यक्ष - अशोक राई जन्म : २०१४ भदौ २४ गतेराजनीति प्रारम्भ : २०२९ सालकेन्द्रीय सदस्य २०४६ साल, प्रतिनिधिसभा सदस्य २०४८ र २०५१, निर्माण तथा यातायात राज्यमन्त्री २०५१, संसदीय व्यवस्थामन्त्री २०५३, स्वास्थ्यमन्त्री २०६१, वैकल्पिक स्थायी कमिटी सदस्य २०५९, सङ्गठन विभाग प्रमुख, पूर्वाञ्चल क्षेत्र समन्वय प्रमुख
उपाध्यक्ष - वामदेव गौतमजन्म मिति : २००५ असार २८ गते, प्यूठान राजनीति प्रवेश : २०२१ - नेकपा, २०२६ - नेकपा (पुष्पलाल) समूहमा, २०३२ - मुक्तिमोर्चामा, २०३३ - कोअर्डिनेसन केन्द्रमा, २०३५ - नेकपा (माले), २०४७ - नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य, २०५१ - स्थायी कमिटी सदस्य, २०५१ - उपमहासचिव, २०५४ - एमाले विभाजनपछि नेकपा (माले)को महासचिव, २०५८ - पुनः (एमाले) स्थायी कमिटी सदस्य, २०५९ - सातौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित र स्थायी कमिटी सदस्य, जेल/भूमिगत जीवन : ०३४-०३६ राजनीतिक बन्दी, ०४८ र ०५१ मा प्रतिनिधिसभा सदस्य, उपप्रधानमन्त्री तथा गृहमन्त्री, २०५३, उपप्रधानमन्त्री तथा गृहमन्त्री, २०६५ ।
उपाध्यक्ष - विद्या भण्डारी जन्म : सन् १९६२ मानेभञ्ज्याङ, भोजपुर शिक्षा : स्नातक, राजनीति प्रवेश : अनेरास्ववियु क्षेत्रीय कमिटी सदस्य - सन् १९७९, पार्टी सदस्य - सन् १९८०, भोजपुर क्याम्पस युथ लिग सदस्य - सन् १९७८, अखिल नेपाल महिला सङ्घ मोरङ अध्यक्ष - सन् १९८२, अखिल नेपाल महिला सङ्घ कोसी अञ्चल सचिव - सन् १९८१, राष्ट्रिय परिषद् सदस्य, अखिल नेपाल महिला सङ्घ - सन् १९८८, केन्द्रीय सदस्य, अखिल नेपाल महिला सङ्घ - सन् १९९४, केन्द्रीय अध्यक्ष, अखिल नेपाल महिला सङ्घ - सन् १९९७ हालसम्म, राष्ट्रिय परिषद् सदस्य एमाले - सन् १९९४, केन्द्रीय सदस्य एमाले - सन् १९९७, जनसङ्ख्या तथा वातावरणमन्त्री - सन् १९९६
महासचिव - ईश्वर पोखरेलजन्म : २०१० माघ १० गते, माम्खा, ओखलढुङ्गा राजनीति प्रवेश : २०२७ साल, कोअर्डिनेसन केन्द्रको सदस्य, २०३३, नेकपा (माले)को स्थापनाकालदेखि केन्द्रीय सदस्य, एमालेको छैटौँ महाधिवेशनपछि लगातार स्थायी कमिटी सदस्य, राष्ट्रिय सभा सदस्य २०५२, सङ्गठन विभाग प्रमुख, प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीको प्रमुख राजनीतिक सल्लाहकार- २०५१, आपूर्तिमन्त्री - २०६१, प्रचार विभाग प्रमुख- २०६५ ।
सचिव - विष्णुप्रसाद पौडेलजन्म : २०१६ मङ्सिर ५ गते, पुतलीबजार-१२, स्याङ्जा राजनीतिक पृष्ठभूमि : २०३३ बाट कोअर्डिनेसन केन्द्रबाट प्रभावित भई राजनीतिक सम्पर्कमा, २०३५ असोजमा पार्टी सदस्यता प्राप्त, २०३५ मङ्सिर ३ गतेदेखि पूर्णकालीन कार्यकर्ता, २०४८ मा केन्द्रीय कमिटी सदस्य, २०५४ मा केन्द्रीय कमिटी सदस्य, २०५९ मा स्थायी कमिटी वैकल्पिक सदस्य जेल जीवन : २०३७ असार १२ गते राजकाज मुद्दामा जेल, २०३७ भदौ १ गते भैरहवा जेल तोडी भूमिगत, २०५१ र २०६४ मा प्रतिनिधिसभा तथा संविधानसभा सदस्यमा निर्वाचित, २०५४ मा संस्कृति, युवा तथा खेलकुदमन्त्री, २०६५ मा जलस्रोतमन्त्री ।
सचिव - शङ्कर पोखरेल जन्म : सन् १९६३, विजौरी, दाङ शिक्षा : स्नातकोत्तर, त्रिविराजनीतिमा प्रवेश : सन् १९७९, अनेरास्ववियुको भारत क्षेत्रीय कमिटी अध्यक्ष - सन् १९८०, अल इन्डिया स्टुडेन्ट इसोसिएसन वाराणसी अध्यक्ष सन् १९८२, अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनको संस्थापक महासचिव तथा कोषाध्यक्ष सन् १९८३, अध्यक्ष सन् १९८४, अनेरास्ववियु बागमती क्षेत्रीय समिति सभापति, सन् १९८६, अनेरास्ववियु कोषाध्यक्ष सन् १९८६, अनेरास्ववियु उपाध्यक्ष सन् १९९०, अनेरास्ववियु अध्यक्ष सन् १९९०, स्ववियु सभापति, त्रिविवि सन् १९८८, एमाले प्रकाशन विभाग सचिव सन् १९९४, एमाले केन्द्रीय सदस्य सन् १९९८ ।
सचिव - युवराज ज्ञवाली जन्म : १३ जुलाई १९५३, भडकुवा, गुल्मीशिक्षा : स्नातकराजनीतिमा प्रवेश : सन् १९६९, नेकपा (पुष्पलाल) समूहमा । सन् १९७३ मा दाङ जिल्ला कमिटी सदस्य, सन् १९७७ मा कोअर्डिनेसन कमिटी प्रवेश, सन् १९८१ मा नेकपा (माले) गुल्मी सचिव, सन् १९८४ मा नवलपरासी सचिव, सन् १९८५ मा बाँके सचिव, सन् १९८६ मा दाङ सचिव, सन् १९८८ सेती-महाकाली इञ्चार्ज, सन् १९८८ मा केन्द्रीय सदस्य, सन् १९९४ मा केन्द्रीय सदस्य, सन् १९९८ मा स्थायी कमिटी सदस्य, सन् २००४ मा स्थानीय विकासमन्त्री ।
Monday, February 23, 2009
लोडसेडिङ्का कारण साइबर ब्यबासाय बन्द हुने अवस्थामा

काठमाडौं
मातृकाको मुखबाट प्रचण्डको भण्डाफोर
राजधानीमा तीनथरि वेश्या सक्रिय
उमेरले ५० नाघेकी तारे होटलकी एक ठकुरानी उपत्यकामा भएकामध्येकी ज्येष्ठ हुन्। उनले एकपल्ट पूर्वतिरका एक सञ्चारकर्मीलाई भनेकी थिइन् रे- पुरुष भएपछि दुईवटै मुखबाट खुवाउन सक्नुपर्छ। माथ्लो मुखले भुँडी मात्र अघाउन दिएर रत्ति पनि धित मर्दैन। घोप्टो परेको बखत अनुमान गर्दा रङ्गी-बिरङ्गी सुँगुरको आभास मिल्ने एक एमाले नेतृको कथा पनि उस्तै छ। एक सोझी एमाले नेतृको भनाइमा उनका श्रीमान्ले हाँडीमा मकै भुटेको जस्तो मात्रै आभास दिन्छन् रे ! 'बिचरा उनका श्रीमान्को तौल श्रीमतीको एउटा खुट्टाजति मात्र होला'- उनी अनुमान गर्छिन्। एउटी फोटो पत्रकारले त 'नेपालका सय महिला' भन्ने पुस्तकमा खुलेर भनेकी छन्- 'मैले आधिकारिकरूपमा चाहिँ बिहे गरेकी छैन...। एनजीओमा पनि काम गर्ने र पत्रकार महासंघ तथा प्रेस काउन्सिल दुवैतिर धाउने एउटी अधबैंसेले यौनकै कारण पोई त्यागिन्। रेडियो र नेपाल टेलिभिजनमा छँदा वरिष्ठको फुइँ लगाउने दुई जनाले पनि बाहिर पल्केपछि श्रीमान् त्यागे। 'राइजिङ नेपालमा छँदा मैमत्तपन देखाउने प्रहरी निरीक्षक पत्नीको कारण कुपण्डोल गन्हाएको छ।' अनुसन्धानरत स्रोतले भन्यो। पूरा हेर्नुहोस्....
लोडसेडिङ्का कारण साइबर ब्यबासाय बन्द हुने अवस्थामा
नेपाल बिद्युत प्रधिकरणले प्रतिदिन १२ घण्टा रहेको लोड्सेदिङको समय बढाएर १६ घण्टा पुर्यपछी साईबर ब्यबसाय बन्द हुने अवस्थामा पुगेका छन । साईबर ब्यबसायमा सन्लग्न ब्यबसायिहरुले यो ब्यबसायको बिकल्प खोज्न बाधधे हुनुपरेको बातायका छन। साइबर क्यफेहरु लामो समयसम्म हुने लोड्सेदिङ्का कारण भरपर्दो बैकल्पिक ब्याबस्था गर्न नसक्दा बन्द हुने अवस्थामा पुगेको साईबर् संचालकहरु बताउछन । बुढानिलकण्ठ स्थित ग्लोबल लिङ् कम्प्युटर ईन्स्टिच्युट तथा साईबर् संचालक राजु भण्डारीले लामो समयसम्म बत्ती गैरहने भएकोले बैकल्पिक ब्याबस्थ अपनाउन गर्हो भएकोले साईबर् संचालन गर्न कठिनाइ भएको बताए । उनका अनुसार लामो समयसम्म लोड्सेदिङ हुँदा बेट्री चार्ज गर्न समेत समस्या परेकोले ब्याबसाय नै बन्द गर्नुपर्ने अवस्थाको सिर्जना भएको हो । त्यस्तै गरी २०६१ सालदेखी साईबर् र फोटोकपी सेवा संचालन गर्दै आएका दिपक भण्डारीको गुनासो अर्कै रहेको छ । साईबर् ब्याबसायमा प्रतिस्पर्धाका कारण सस्तो दरमा सेवा उपलब्धी गराउनु परेको अवस्थामा बिजुलिको बैकल्पिक ब्यबस्था गर्दा संचालन खर्च बढन जाने कारणले यो ब्यबसायको बिकल्प खोज्नु पर्ने अवस्था आएको हो ।
बिगतमा प्रतिघन्टा रु २५ लिने गरेको ईन्टरनेट सेवा उच्च प्रतिस्पर्धाका कारण केबल रु १० मा मात्र प्रधान गर्नुपरेको उनको गुनासो रहेको छ । यस साइबरबाट पसलको भाडा उठाउन नसकिएको बिद्युतअको अनियमितताका कारण आफुले यो ब्याबसायको बिकल्प खोज्न लागेको उनको भनाइ छ । नेपालमा बददो लोड्सेदिङ्का कारण साईबर् ब्याबसाये सन्चालन गरेर बसेका ब्यापारीलाई पसल चलाऊन त काठिन परेकाइ छ नै ईन्टरनेट प्रयोगकर्ताहरु समेत यो समस्याबाट निकै प्रभाबित भएका छन । काठमाडौं मनमैजुका निर लामाले बददो लोडसेदिङ्का कारण आफुलाई बिदेसमा रहेका आफना आफ्न्तहरुसँग च्याट गर्न समेटा अप्ठेरो भएको बताउछन । केही मानिसहरुले भने लोदसेदिङ्को प्रभाबबाट केही मात्रमा भएपनी राहात पाउन आफनो दिनचर्यनै परिवर्तन गरेको भाताये । पुतलिसडक स्थित आकार द डिजाइनरका संचालक शिवभक्त श्रेष्ठ भन्छन । दिनभरी बत्ती गएको बेला घरमा आराम गरेर सुत्छु अनी जती बेला बत्ती आउछ त्यतिबेला नै अफिस आउछु । बत्ती भएको बेला रातभरी खतिएर काम गर्नै पर्छ । नत्र समयमा काम भ्याएन भने ग्राहकहरु अर्को प्रोडक्सन हाउस तिर जान्छन । ब्यपारको पनि सिजन हुन्छ र उनिहरुलाई पनि हतारको काम हुन्छ । तोकेको समयमा त भ्याउनै पर्छ । यसरी बडदो लोदसेदिङ्का कारण आम उपभोक्तालाई प्रत्यक्ष नकारत्मक असार परीरहेको बेला नेपाल बिद्युत प्राधिकरणले लोड्सेदिङ्को समय अझै बड्नसक्ने बाताये पछी आमा उपभोक्ता र बिद्युतिय सेवा प्रदायकहरु अझ चिन्तित बन्नपुगेका छन ।
त्यसै कारणले गर्दा लोकतान्त्रिक गणतन्त्र नयाँ नेपालमा नेपाली जनताले पाएको नयाँ र नौलो उपहार स्वरुपको पुरस्कार यहि नै हो भनेर भन्न नमिल्ने त होईन । कता कता ढुङ्गे युगको शिकार त हुनु पर्ने होकि जस्तो अनुभव बिधुतिय सेवा प्रदायकहरुले अड्कल काट्न थालेका छन । तेसै कारणले गर्दा मैन बत्तिको उत्पादन बढाउन तिर बिसेस ध्यान जागरुक भएको हामीले पाउदछौ ।विश्वमा अहिले आर्थिक मन्दिले बिकराल समस्या बनाएको बेला त्यसै त श्रमिकहरुको संख्या कम्पनीहरुले कटौती गरि बिदेशि कामदारको लागी बेरोजगारको बन्धनमा बाधिन बाध्य हुनु परेको बेलामा हाम्रो देशमा सरकारमा बस्ने देश बहाक पार्टीका नेता भनाउदाहरु अझै पनि हाम्रो देशलाई आर्थिक मन्दिले केही असर पार्दैन भनेर भाषण गर्न पछि परेका छैनन् । भाषण एकातिर काम अर्कातिर गरेर हिड्ने प्रबृति छाडेका छैनन् । नेपाली जनतालाई बलिको बोका बनाएर आफुहरु अहेस आरामको जिवन जिउन चाहने अबसरबादी नियति भएका नेताहरुले नयाँ बनाउने शब्द दिएर बाजे बराजुको पुर्खालाई बिउताउन खोजी राखेका छन् । अनि भन्ने गर्दछन हामीलाई केही गर्न दिएन फलाना पार्टीले र फलाना व्यक्तिले भनेर जनताको आँखामा धुलो हाल्ने काम गरि राखेका छन् । कानून आफनो हातमा छ सत्ता आफनो हातमा छ र जनताले जंगली जिवनबाट आज सपनामा पनि नदेखेको ठाउँमा पुर्याईदिएको छ । फेरि पनि भन्ने गर्दछन् अब नयाँ र नौलो क्रान्ति त गर्ने बाकि छ । बलिदान दिन पनि पछि हट्ने छैन भनेर भन्ने पनि गर्दैछ ।के ति नेताहरुले जसरि सत्ता र शासनको बागडोर समाल्न सहकार्यका साथ आएका थिए अहिले तियो तरिका बाट कार्य गर्न भुलेका हुन त । हिजो संसद भनेको बुजुवाहरुको मागि खाने भाडो हो भन्नेहरु आज त्यहि ठाउँ र कुर्सीको आनन्दको लिप्त हुन पुगेका छन् । देश र जनताको नोकर हु भनेर बिगुल फुक्नेहरु आज पारिवारिक सन्जाल,बिलासिता,पुजिपतिको सिको सिक्न पछि हटेका छैनन् । नाताबाद र कृपाबादका चर्कानारा लगाउनेहरु आज कहाँ गयो ति नारा र बादका प्रतिकारि शब्दहरु के ती सबै भाषणमा मात्रै सिमीत हो । के ती देशका शासक भएर बसेकालाई अलि कति पनि लाज सरम भन्ने शब्दको ख्याल हुदैन । देशमा बिकराल परिस्थितीले जर्जड बनाउदै आएको छ ।बेरोजगारी र महङ्गीको आँधिबेरि बढेको बढै छ । यसलाई निर्मुल पार्नुको सट्टा एक आपसमा त त्यस्तो म यस्तो भनेर भाषण मात्र गरि हिड्ने बोलेकोे कुरालाई व्याबहारमा उतार्न तिर ध्यान नदिने सधै भरि हामीलाई केहि गर्न दिएन भनेर पानी माथिको ओभानो हुन खोज्नु लाचारी र कायरताको परिचय हो । आज नेपाली जनताले त्यसै जंगलबाट सदनमा पुर्याएको होईन किन कि बिगतमा देशका कुर्सी बहाकहरुको कुकृत्यले अन्याय र अत्याचारको सिमा नाघेर आचेत भएर देशमा र्सवस्वाह भएको पार्टीहरुलाई जनताले लात हानेर नयाँ र नौलो परिवर्तन ल्याउने जिम्मा सुम्पिएर साम दाम दण्ड भेद लगाएर देशको प्रमुख पार्टिमा पुर्याईदिएको छ । त्यो नसोच्नुस हामीले युद्घ सजिलै जित्यो भनेर यो युद्घ भनेको तपाईहरुको बलिदानले मात्र होईन ति निमुखा जनताको सामुहिक सहकार्य र सहचारिताको सफलता हो । अन्याय र अत्याचारले सिमा नाध्यो भने ढुङ्गा पनि त्यसको प्रतिकार गर्न जुरमुर्राउछ भन्ने कुराको पाठ सिक्नु भएको नै छ होला । अब पनि त्यो कुराले सृजना गर्न नपाओस । लोकतन्त्रमा कसैको कुरालाई खण्डन प्रतिबाद गर्न नपाउने हो । यदि कसैको कुरालाई प्रतिबाद गर्न नै नपाउने हो भने किन लड्नु पर्यो स्वातन्त्र चाहियो भनेर र लोकतन्त्र भनेर किन भन्नु पर्यो । कसैलाई चित्त नबुझकेको कुरामा सवालको जवाफ गर्न पाउनु नै लोकतान्त्रि गणतन्त्रले जनतालाई दिएको नैसर्गिक अधिकार हो । यदि मौलिक हकको नै उपभोग गर्न नपाउने हो भने के को लोकतन्त्र भनेर तालि बजाउनु पर्यो । त्यसैले सत्तामा बसेर नाताबाद र कृर्पाबाद, अहेस,आराम र बिलासिताको उपभोगीबाट पर रहेर नेपाली जनतालाई नयाँ नेपालको प्रत्याभुती दिनलाई कम्मर कसेर लाग्नु पर्यो ।
मातृकाको मुखबाट प्रचण्डको भण्डाफोर

मातृकाले आफ्ना निकटस्थहरूसँग बताएअनुसार माओवादी अध्यक्ष प्रचण्ड २०५६ देखि नै 'र' को सञ्जालमा फसेका हुन्। तर प्रचण्ड 'र' को सञ्जालमा फसेको कुरा आफूले २०६० पुसदेखि मात्र थाहा पाएको बताउँदै मातृकाले भनेका छन्– उनलाई त्यो सञ्जालबाट उम्काउने कोसिस सफल हुन नसकेपछि आफैं पार्टी छाड्न बाध्य भएको हुँ। मातृकाले आफ्ना निकटस्थहरूलाई बताएअनुसार २०६० मंसिरमा भारतको पटनामा सम्पन्न पूर्वीकमान्डको बैठकमा पार्टीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेता मोहन वैद्यसमक्ष राजीनामा दिएर मातृका कपिलवस्तु गए। कपिलवस्तु जनसरकार घोषणासभा समाप्त हुनासाथ अध्यक्ष प्रचण्डले टेलिफोन गरी दिल्ली बोलाए, तर दिल्ली पुग्नेबित्तिकै मातृका भारतीय प्रहरीद्वारा पक्राउ परे। जबकि दिल्लीमा गएर मातृका कहाँ बस्छन् भन्ने कुरा प्रचण्डबाहेक अरुले थाहा पाउनु ज्यादै असम्भव थियो। त्यसैले मातृका भन्छन्– 'मलाई त्यतिबेला प्रचण्डले नै पक्राउ गराएका हुन्।' भारतमा मातृकामात्र होइन, मोहन वैद्य, सीपी गजुरेललगायतका नेताहरू पनि पक्राउ परेका थिए। तर सुराकीको आरोप भने डा.बाबुराम भट्टराईमाथि लगाइएको थियो। डा.भट्टराईको बढ्दो प्रभाव नियन्त्रण गर्न अध्यक्ष प्रचण्डले सुरुमा यानप्रसाद गौतम आलोक, रामबहादुर थापा बादल, रवीन्द्र श्रेष्ठ र पछि मातृका यादवलाई दाहिने हात बनाएका थिए। जब पार्टीभित्र उनीहरूको प्रभाव बढ्दै गयो, तब विभिन्न बहानामा उनीहरूलाई समाप्त पार्दै लगियो। यानप्रसाद गौतम आलोकलाई त यौनकाण्डको आरोप लगाएर मारियो। रामबहादुर थापा बादलको लोकप्रियता पश्चिम क्षेत्रमा बढ्दै गएपछि त्यसलाई चिर्न पनि अध्यक्ष प्रचण्डले पम्फा भुसाल प्रयोग गरे। बादललाई नेता बनाउनुपर्ने भन्दै कार्यकर्ताले भित्तेलेखन गर्न थालेपछि बादललाई पूर्वीकमान्डमा पठाइयो र पनि उनको लोकप्रियता घटेन। आखिर पम्फा भुसालसँगको यौन सम्पर्कको मुद्दा ब्यूँताएरै भए पनि अध्यक्ष प्रचण्डले कारबाही अगाडि बढाए। बादललाई पन्छाएपछि अध्यक्ष प्रचण्डको दाहिने हातका रूपमा रवीन्द्र श्रेष्ठ अगाडि बढे। यतिसम्म कि डा.बाबुराम भट्टराई र हिसिला यमीलाई श्रमशिविरमा पठाउने निर्णय गर्नका लागि विभिन्न आरोप रवीन्द्रले प्रचण्डको निर्देशनमा नै तयार गरेका थिए। पार्टीभित्र रवीन्द्रको साख बढ्दै गएपछि उनलाई समाप्त गर्न शाहीमन्त्री कमल थापासँग रकम लिएर राजाको पक्षमा सुराकी गरेको आरोपसमेत लगाइयो। पछिल्लोपटक मातृका यादव अध्यक्ष प्रचण्डको यति ठूलो एक्का भएका थिए कि सानोतिनो टिप्पणीसमेत सहन सक्दैनथे। एक प्रसंगमा केन्द्रीय सदस्य मुमाराम खनालले अध्यक्ष प्रचण्डमाथि साँघुरो घेरामा बसेको टिप्पणी गरेका थिए, तर त्यो टिप्पणी भुइँमा खस्न नपाउँदै मातृका मुमाराममाथि भोटेकुकुरझैं जाइलागे। यस्ता स्वामिभक्तहरूसमेत अटाउन नसकेको अध्यक्ष प्रचण्डको सर्कलमा बौद्धिक मानिने डा.बाबुराम भट्टराई कसरी अटाएका छन्? भन्ने कुरालाई माओवादीका भुक्तभोगीहरूले रहस्यको रूपमा लिएका छन्। यानप्रसाद गौतम र बादलमाथि यौनकाण्ड, रवीन्द्र श्रेष्ठमाथि राजासँग साँठगाँठ गरेको आरोप लगाइए पनि मातृकामाथि भने सन्काह र अर्धपागलबाहेक अरु आरोप लगाइएको छैन। यतिबेला डा.भट्टराईबाहेक खासै प्रभावशाली सहयोगी अध्यक्ष प्रचण्डले भेट्टाउन सकेका छैनन्। तर विकल्पमा एकता केन्द्र मसालबाट आएका नारायणकाजी श्रेष्ठ 'प्रकाश' देखापर्न थालेका कारण डा.भट्टराईले पनि छिट्टै नै बादल, रवीन्द्र वा मातृकाको नियति भोग्नुपर्ने ठोकुवा माओवादी कार्यकर्ता गर्दछन्। त्यसो त पार्टी छाडेका मातृका यादवले पत्रकार वीरेन्द्र साहको हत्यामा माओवादीका केन्द्रीय नेता नै संलग्न रहेको खुलासा गर्दै भनेका छन्– हत्याराहरूलाई ती नेताले सात लाख रुपैयाँ दिएका थिए। तर उनको नाम भने मातृकाले सार्वजनिक गरेका छैनन्।
Tarun Weekly