NAMASKAR ,NAMASKAR

NAMASKAR ,NAMASKAR
WELCOME MY BLOG VIEWERS

THINK WE ARE SAME

Photobucket

नेपाली समय

"शादा जीबन उच्चा बिचार"

"शादा जीबन उच्चा बिचार"
NEPALI FLAG

नमस्कार, नमस्कार , नमस्कार

"मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे, रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे, दु:ख मा रुनु हुँदैन र सुखमा हास्नु हुँदैन रे, आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे, जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिली रहोस समयले जति नै टाढा पुर्याए पनि अबिरल यादहरु आईरहोस, पुरा होस तपाईंको मनको हरेक कामना ।।" भगवान पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।

शिव जी

शिव जी
HINDU RELIGION

महादेव पार्वती र गणेश

महादेव पार्वती र गणेश

राजा त्रिभुवनको अफिस

राजा त्रिभुवनको अफिस








Nepal's First President

Nepal's First President
Ram Baran Yadav

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

बैठक कोठा

बैठक कोठा

राजगद्दी सिहासन

राजगद्दी सिहासन

नारायणहिटी सङ्ग्राहालय

नारायणहिटी सङ्ग्राहालय
२०६५ देखी सर्बसाधारणलाई खुल्ला गरिएको हो ।

Monday, February 23, 2009

लोडसेडिङ्का कारण साइबर ब्यबासाय बन्द हुने अवस्थामा


बेदना श्रेष्ठ
काठमाडौं
नेपाल बिद्युत प्रधिकरणले प्रतिदिन १२ घण्टा रहेको लोड्सेदिङको समय बढाएर १६ घण्टा पुर्यपछी साईबर ब्यबसाय बन्द हुने अवस्थामा पुगेका छन । साईबर ब्यबसायमा सन्लग्न ब्यबसायिहरुले यो ब्यबसायको बिकल्प खोज्न बाधधे हुनुपरेको बातायका छन। साइबर क्यफेहरु लामो समयसम्म हुने लोड्सेदिङ्का कारण भरपर्दो बैकल्पिक ब्याबस्था गर्न नसक्दा बन्द हुने अवस्थामा पुगेको साईबर् संचालकहरु बताउछन । बुढानिलकण्ठ स्थित ग्लोबल लिङ् कम्प्युटर ईन्स्टिच्युट तथा साईबर् संचालक राजु भण्डारीले लामो समयसम्म बत्ती गैरहने भएकोले बैकल्पिक ब्याबस्थ अपनाउन गर्‍हो भएकोले साईबर् संचालन गर्न कठिनाइ भएको बताए । उनका अनुसार लामो समयसम्म लोड्सेदिङ हुँदा बेट्री चार्ज गर्न समेत समस्या परेकोले ब्याबसाय नै बन्द गर्नुपर्ने अवस्थाको सिर्जना भएको हो । पूरा हेर्नुहोस्...

मातृकाको मुखबाट प्रचण्डको भण्डाफोर

सन्की र अर्धपागलको आरोप खेप्दै आएका माओवादीका पूर्वनेता मातृका यादवले नयाँ पार्टी गठन र प्रचण्डको भण्डाफोर अभियानलाई सँगसँगै अगाडि बढाउने घोषणा गरेका छन्। तराईका विपन्न वर्गलाई समेटेर मधेसी क्रान्तिकारी कम्युनिस्ट पार्टी गठन गर्ने चरणमा रहेका मातृकाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र भारतीय गुप्तचर संस्था 'र' बीचको साँठगाँठको फेहरिस्त सार्वजनिक गर्ने भएका छन्।मातृकाले आफ्ना निकटस्थहरूसँग बताएअनुसार माओवादी अध्यक्ष प्रचण्ड २०५६ देखि नै 'र' को सञ्जालमा फसेका हुन्। तर प्रचण्ड 'र' को सञ्जालमा फसेको कुरा आफूले २०६० पुसदेखि मात्र थाहा पाएको बताउँदै मातृकाले भनेका छन्– उनलाई त्यो सञ्जालबाट उम्काउने कोसिस सफल हुन नसकेपछि आफैं पार्टी छाड्न बाध्य भएको हुँ। मातृकाले आफ्ना निकटस्थहरूलाई बताएअनुसार २०६० मंसिरमा भारतको पटनामा सम्पन्न पूर्वीकमान्डको बैठकमा पार्टीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेता मोहन वैद्यसमक्ष राजीनामा दिएर मातृका कपिलवस्तु गए। कपिलवस्तु जनसरकार घोषणासभा समाप्त हुनासाथ अध्यक्ष प्रचण्डले टेलिफोन गरी दिल्ली बोलाए, तर दिल्ली पुग्नेबित्तिकै मातृका भारतीय प्रहरीद्वारा पक्राउ परे। जबकि दिल्लीमा गएर मातृका कहाँ बस्छन् भन्ने कुरा प्रचण्डबाहेक अरुले थाहा पाउनु ज्यादै असम्भव थियो। त्यसैले मातृका भन्छन्– 'मलाई त्यतिबेला प्रचण्डले नै पक्राउ गराएका हुन्।' भारतमा मातृकामात्र होइन, मोहन वैद्य, सीपी गजुरेललगायतका नेताहरू पनि पक्राउ परेका थिए। पूरा हेर्नुहोस्...

राजधानीमा तीनथरि वेश्या सक्रिय

काठमाडौँ। महिलावादीहरू युवतीलाई वेश्यावृत्तिमा फसाउने दोष पुरुष वर्गलाई दिएर आफू निकै इमानदार, नारीवादी र निष्कलङ्क भएको ढ्वाङ पिट्छन्। तिनले बोल्दा कुनै पुरुषले थपडी बजाए गम्केर तीन हात उफ्रन खोज्छन्। तर आइमाईले नै थरिथरिका केटा खोज्दै र पाएमा लिएर नगरकोट, पालुङ, पोखरातिर जान्छन् भन्ने प्रमाण पाए तिनले कस्तो जवाफ देलान् ? पुरुषलाई पैसा तिर्ने नगरवधु खोइरो खन्छन् कि एकादुई यस्ता हुन्छन् भनेर उम्किन खोज्छन् ? उपत्यकामा खोज गर्दा आर्श्चर्यजनक, असामाजिक र अव्यवहारिक तथ्य फेला परेको छ। विशेष सूत्रका अनुसार पैसाको बिटो बोकेर आफ्नै कारमा चढी बलिष्ट पुरुष खोज्ने २० देखि ५० वर्षसम्मका आइमाईहरू उपत्यकामा सक्रिय छन्।
उमेरले ५० नाघेकी तारे होटलकी एक ठकुरानी उपत्यकामा भएकामध्येकी ज्येष्ठ हुन्। उनले एकपल्ट पूर्वतिरका एक सञ्चारकर्मीलाई भनेकी थिइन् रे- पुरुष भएपछि दुईवटै मुखबाट खुवाउन सक्नुपर्छ। माथ्लो मुखले भुँडी मात्र अघाउन दिएर रत्ति पनि धित मर्दैन। घोप्टो परेको बखत अनुमान गर्दा रङ्गी-बिरङ्गी सुँगुरको आभास मिल्ने एक एमाले नेतृको कथा पनि उस्तै छ। एक सोझी एमाले नेतृको भनाइमा उनका श्रीमान्ले हाँडीमा मकै भुटेको जस्तो मात्रै आभास दिन्छन् रे ! 'बिचरा उनका श्रीमान्को तौल श्रीमतीको एउटा खुट्टाजति मात्र होला'- उनी अनुमान गर्छिन्। एउटी फोटो पत्रकारले त 'नेपालका सय महिला' भन्ने पुस्तकमा खुलेर भनेकी छन्- 'मैले आधिकारिकरूपमा चाहिँ बिहे गरेकी छैन...। एनजीओमा पनि काम गर्ने र पत्रकार महासंघ तथा प्रेस काउन्सिल दुवैतिर धाउने एउटी अधबैंसेले यौनकै कारण पोई त्यागिन्। रेडियो र नेपाल टेलिभिजनमा छँदा वरिष्ठको फुइँ लगाउने दुई जनाले पनि बाहिर पल्केपछि श्रीमान् त्यागे। 'राइजिङ नेपालमा छँदा मैमत्तपन देखाउने प्रहरी निरीक्षक पत्नीको कारण कुपण्डोल गन्हाएको छ।' अनुसन्धानरत स्रोतले भन्यो। पूरा हेर्नुहोस्....

लोडसेडिङ्का कारण साइबर ब्यबासाय बन्द हुने अवस्थामा

बेदना श्रेष्ठ
काठमाडौं

नेपाल बिद्युत प्रधिकरणले प्रतिदिन १२ घण्टा रहेको लोड्सेदिङको समय बढाएर १६ घण्टा पुर्यपछी साईबर ब्यबसाय बन्द हुने अवस्थामा पुगेका छन । साईबर ब्यबसायमा सन्लग्न ब्यबसायिहरुले यो ब्यबसायको बिकल्प खोज्न बाधधे हुनुपरेको बातायका छन। साइबर क्यफेहरु लामो समयसम्म हुने लोड्सेदिङ्का कारण भरपर्दो बैकल्पिक ब्याबस्था गर्न नसक्दा बन्द हुने अवस्थामा पुगेको साईबर् संचालकहरु बताउछन । बुढानिलकण्ठ स्थित ग्लोबल लिङ् कम्प्युटर ईन्स्टिच्युट तथा साईबर् संचालक राजु भण्डारीले लामो समयसम्म बत्ती गैरहने भएकोले बैकल्पिक ब्याबस्थ अपनाउन गर्‍हो भएकोले साईबर् संचालन गर्न कठिनाइ भएको बताए । उनका अनुसार लामो समयसम्म लोड्सेदिङ हुँदा बेट्री चार्ज गर्न समेत समस्या परेकोले ब्याबसाय नै बन्द गर्नुपर्ने अवस्थाको सिर्जना भएको हो । त्यस्तै गरी २०६१ सालदेखी साईबर् र फोटोकपी सेवा संचालन गर्दै आएका दिपक भण्डारीको गुनासो अर्कै रहेको छ । साईबर् ब्याबसायमा प्रतिस्पर्धाका कारण सस्तो दरमा सेवा उपलब्धी गराउनु परेको अवस्थामा बिजुलिको बैकल्पिक ब्यबस्था गर्दा संचालन खर्च बढन जाने कारणले यो ब्यबसायको बिकल्प खोज्नु पर्ने अवस्था आएको हो ।
बिगतमा प्रतिघन्टा रु २५ लिने गरेको ईन्टरनेट सेवा उच्च प्रतिस्पर्धाका कारण केबल रु १० मा मात्र प्रधान गर्नुपरेको उनको गुनासो रहेको छ । यस साइबरबाट पसलको भाडा उठाउन नसकिएको बिद्युतअको अनियमितताका कारण आफुले यो ब्याबसायको बिकल्प खोज्न लागेको उनको भनाइ छ । नेपालमा बददो लोड्सेदिङ्का कारण साईबर् ब्याबसाये सन्चालन गरेर बसेका ब्यापारीलाई पसल चलाऊन त काठिन परेकाइ छ नै ईन्टरनेट प्रयोगकर्ताहरु समेत यो समस्याबाट निकै प्रभाबित भएका छन । काठमाडौं मनमैजुका निर लामाले बददो लोडसेदिङ्का कारण आफुलाई बिदेसमा रहेका आफना आफ्न्तहरुसँग च्याट गर्न समेटा अप्ठेरो भएको बताउछन । केही मानिसहरुले भने लोदसेदिङ्को प्रभाबबाट केही मात्रमा भएपनी राहात पाउन आफनो दिनचर्यनै परिवर्तन गरेको भाताये । पुतलिसडक स्थित आकार द डिजाइनरका संचालक शिवभक्त श्रेष्ठ भन्छन । दिनभरी बत्ती गएको बेला घरमा आराम गरेर सुत्छु अनी जती बेला बत्ती आउछ त्यतिबेला नै अफिस आउछु । बत्ती भएको बेला रातभरी खतिएर काम गर्नै पर्छ । नत्र समयमा काम भ्याएन भने ग्राहकहरु अर्को प्रोडक्सन हाउस तिर जान्छन । ब्यपारको पनि सिजन हुन्छ र उनिहरुलाई पनि हतारको काम हुन्छ । तोकेको समयमा त भ्याउनै पर्छ । यसरी बडदो लोदसेदिङ्का कारण आम उपभोक्तालाई प्रत्यक्ष नकारत्मक असार परीरहेको बेला नेपाल बिद्युत प्राधिकरणले लोड्सेदिङ्को समय अझै बड्नसक्ने बाताये पछी आमा उपभोक्ता र बिद्युतिय सेवा प्रदायकहरु अझ चिन्तित बन्नपुगेका छन ।

त्यसै कारणले गर्दा लोकतान्त्रिक गणतन्त्र नयाँ नेपालमा नेपाली जनताले पाएको नयाँ र नौलो उपहार स्वरुपको पुरस्कार यहि नै हो भनेर भन्न नमिल्ने त होईन । कता कता ढुङ्गे युगको शिकार त हुनु पर्ने होकि जस्तो अनुभव बिधुतिय सेवा प्रदायकहरुले अड्कल काट्न थालेका छन । तेसै कारणले गर्दा मैन बत्तिको उत्पादन बढाउन तिर बिसेस ध्यान जागरुक भएको हामीले पाउदछौ ।विश्वमा अहिले आर्थिक मन्दिले बिकराल समस्या बनाएको बेला त्यसै त श्रमिकहरुको संख्या कम्पनीहरुले कटौती गरि बिदेशि कामदारको लागी बेरोजगारको बन्धनमा बाधिन बाध्य हुनु परेको बेलामा हाम्रो देशमा सरकारमा बस्ने देश बहाक पार्टीका नेता भनाउदाहरु अझै पनि हाम्रो देशलाई आर्थिक मन्दिले केही असर पार्दैन भनेर भाषण गर्न पछि परेका छैनन् । भाषण एकातिर काम अर्कातिर गरेर हिड्ने प्रबृति छाडेका छैनन् । नेपाली जनतालाई बलिको बोका बनाएर आफुहरु अहेस आरामको जिवन जिउन चाहने अबसरबादी नियति भएका नेताहरुले नयाँ बनाउने शब्द दिएर बाजे बराजुको पुर्खालाई बिउताउन खोजी राखेका छन् । अनि भन्ने गर्दछन हामीलाई केही गर्न दिएन फलाना पार्टीले र फलाना व्यक्तिले भनेर जनताको आँखामा धुलो हाल्ने काम गरि राखेका छन् । कानून आफनो हातमा छ सत्ता आफनो हातमा छ र जनताले जंगली जिवनबाट आज सपनामा पनि नदेखेको ठाउँमा पुर्‍याईदिएको छ । फेरि पनि भन्ने गर्दछन् अब नयाँ र नौलो क्रान्ति त गर्ने बाकि छ । बलिदान दिन पनि पछि हट्ने छैन भनेर भन्ने पनि गर्दैछ ।के ति नेताहरुले जसरि सत्ता र शासनको बागडोर समाल्न सहकार्यका साथ आएका थिए अहिले तियो तरिका बाट कार्य गर्न भुलेका हुन त । हिजो संसद भनेको बुजुवाहरुको मागि खाने भाडो हो भन्नेहरु आज त्यहि ठाउँ र कुर्सीको आनन्दको लिप्त हुन पुगेका छन् । देश र जनताको नोकर हु भनेर बिगुल फुक्नेहरु आज पारिवारिक सन्जाल,बिलासिता,पुजिपतिको सिको सिक्न पछि हटेका छैनन् । नाताबाद र कृपाबादका चर्कानारा लगाउनेहरु आज कहाँ गयो ति नारा र बादका प्रतिकारि शब्दहरु के ती सबै भाषणमा मात्रै सिमीत हो । के ती देशका शासक भएर बसेकालाई अलि कति पनि लाज सरम भन्ने शब्दको ख्याल हुदैन । देशमा बिकराल परिस्थितीले जर्जड बनाउदै आएको छ ।बेरोजगारी र महङ्गीको आँधिबेरि बढेको बढै छ । यसलाई निर्मुल पार्नुको सट्टा एक आपसमा त त्यस्तो म यस्तो भनेर भाषण मात्र गरि हिड्ने बोलेकोे कुरालाई व्याबहारमा उतार्न तिर ध्यान नदिने सधै भरि हामीलाई केहि गर्न दिएन भनेर पानी माथिको ओभानो हुन खोज्नु लाचारी र कायरताको परिचय हो । आज नेपाली जनताले त्यसै जंगलबाट सदनमा पुर्‍याएको होईन किन कि बिगतमा देशका कुर्सी बहाकहरुको कुकृत्यले अन्याय र अत्याचारको सिमा नाघेर आचेत भएर देशमा र्सवस्वाह भएको पार्टीहरुलाई जनताले लात हानेर नयाँ र नौलो परिवर्तन ल्याउने जिम्मा सुम्पिएर साम दाम दण्ड भेद लगाएर देशको प्रमुख पार्टिमा पुर्‍याईदिएको छ । त्यो नसोच्नुस हामीले युद्घ सजिलै जित्यो भनेर यो युद्घ भनेको तपाईहरुको बलिदानले मात्र होईन ति निमुखा जनताको सामुहिक सहकार्य र सहचारिताको सफलता हो । अन्याय र अत्याचारले सिमा नाध्यो भने ढुङ्गा पनि त्यसको प्रतिकार गर्न जुरमुर्राउछ भन्ने कुराको पाठ सिक्नु भएको नै छ होला । अब पनि त्यो कुराले सृजना गर्न नपाओस । लोकतन्त्रमा कसैको कुरालाई खण्डन प्रतिबाद गर्न नपाउने हो । यदि कसैको कुरालाई प्रतिबाद गर्न नै नपाउने हो भने किन लड्नु पर्‍यो स्वातन्त्र चाहियो भनेर र लोकतन्त्र भनेर किन भन्नु पर्‍यो । कसैलाई चित्त नबुझकेको कुरामा सवालको जवाफ गर्न पाउनु नै लोकतान्त्रि गणतन्त्रले जनतालाई दिएको नैसर्गिक अधिकार हो । यदि मौलिक हकको नै उपभोग गर्न नपाउने हो भने के को लोकतन्त्र भनेर तालि बजाउनु पर्‍यो । त्यसैले सत्तामा बसेर नाताबाद र कृर्पाबाद, अहेस,आराम र बिलासिताको उपभोगीबाट पर रहेर नेपाली जनतालाई नयाँ नेपालको प्रत्याभुती दिनलाई कम्मर कसेर लाग्नु पर्‍यो ।

मातृकाको मुखबाट प्रचण्डको भण्डाफोर


सन्की र अर्धपागलको आरोप खेप्दै आएका माओवादीका पूर्वनेता मातृका यादवले नयाँ पार्टी गठन र प्रचण्डको भण्डाफोर अभियानलाई सँगसँगै अगाडि बढाउने घोषणा गरेका छन्। तराईका विपन्न वर्गलाई समेटेर मधेसी क्रान्तिकारी कम्युनिस्ट पार्टी गठन गर्ने चरणमा रहेका मातृकाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र भारतीय गुप्तचर संस्था 'र' बीचको साँठगाँठको फेहरिस्त सार्वजनिक गर्ने भएका छन्।
मातृकाले आफ्ना निकटस्थहरूसँग बताएअनुसार माओवादी अध्यक्ष प्रचण्ड २०५६ देखि नै 'र' को सञ्जालमा फसेका हुन्। तर प्रचण्ड 'र' को सञ्जालमा फसेको कुरा आफूले २०६० पुसदेखि मात्र थाहा पाएको बताउँदै मातृकाले भनेका छन्– उनलाई त्यो सञ्जालबाट उम्काउने कोसिस सफल हुन नसकेपछि आफैं पार्टी छाड्न बाध्य भएको हुँ। मातृकाले आफ्ना निकटस्थहरूलाई बताएअनुसार २०६० मंसिरमा भारतको पटनामा सम्पन्न पूर्वीकमान्डको बैठकमा पार्टीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेता मोहन वैद्यसमक्ष राजीनामा दिएर मातृका कपिलवस्तु गए। कपिलवस्तु जनसरकार घोषणासभा समाप्त हुनासाथ अध्यक्ष प्रचण्डले टेलिफोन गरी दिल्ली बोलाए, तर दिल्ली पुग्नेबित्तिकै मातृका भारतीय प्रहरीद्वारा पक्राउ परे। जबकि दिल्लीमा गएर मातृका कहाँ बस्छन् भन्ने कुरा प्रचण्डबाहेक अरुले थाहा पाउनु ज्यादै असम्भव थियो। त्यसैले मातृका भन्छन्– 'मलाई त्यतिबेला प्रचण्डले नै पक्राउ गराएका हुन्।' भारतमा मातृकामात्र होइन, मोहन वैद्य, सीपी गजुरेललगायतका नेताहरू पनि पक्राउ परेका थिए। तर सुराकीको आरोप भने डा.बाबुराम भट्टराईमाथि लगाइएको थियो। डा.भट्टराईको बढ्दो प्रभाव नियन्त्रण गर्न अध्यक्ष प्रचण्डले सुरुमा यानप्रसाद गौतम आलोक, रामबहादुर थापा बादल, रवीन्द्र श्रेष्ठ र पछि मातृका यादवलाई दाहिने हात बनाएका थिए। जब पार्टीभित्र उनीहरूको प्रभाव बढ्दै गयो, तब विभिन्न बहानामा उनीहरूलाई समाप्त पार्दै लगियो। यानप्रसाद गौतम आलोकलाई त यौनकाण्डको आरोप लगाएर मारियो। रामबहादुर थापा बादलको लोकप्रियता पश्चिम क्षेत्रमा बढ्दै गएपछि त्यसलाई चिर्न पनि अध्यक्ष प्रचण्डले पम्फा भुसाल प्रयोग गरे। बादललाई नेता बनाउनुपर्ने भन्दै कार्यकर्ताले भित्तेलेखन गर्न थालेपछि बादललाई पूर्वीकमान्डमा पठाइयो र पनि उनको लोकप्रियता घटेन। आखिर पम्फा भुसालसँगको यौन सम्पर्कको मुद्दा ब्यूँताएरै भए पनि अध्यक्ष प्रचण्डले कारबाही अगाडि बढाए। बादललाई पन्छाएपछि अध्यक्ष प्रचण्डको दाहिने हातका रूपमा रवीन्द्र श्रेष्ठ अगाडि बढे। यतिसम्म कि डा.बाबुराम भट्टराई र हिसिला यमीलाई श्रमशिविरमा पठाउने निर्णय गर्नका लागि विभिन्न आरोप रवीन्द्रले प्रचण्डको निर्देशनमा नै तयार गरेका थिए। पार्टीभित्र रवीन्द्रको साख बढ्दै गएपछि उनलाई समाप्त गर्न शाहीमन्त्री कमल थापासँग रकम लिएर राजाको पक्षमा सुराकी गरेको आरोपसमेत लगाइयो। पछिल्लोपटक मातृका यादव अध्यक्ष प्रचण्डको यति ठूलो एक्का भएका थिए कि सानोतिनो टिप्पणीसमेत सहन सक्दैनथे। एक प्रसंगमा केन्द्रीय सदस्य मुमाराम खनालले अध्यक्ष प्रचण्डमाथि साँघुरो घेरामा बसेको टिप्पणी गरेका थिए, तर त्यो टिप्पणी भुइँमा खस्न नपाउँदै मातृका मुमाराममाथि भोटेकुकुरझैं जाइलागे। यस्ता स्वामिभक्तहरूसमेत अटाउन नसकेको अध्यक्ष प्रचण्डको सर्कलमा बौद्धिक मानिने डा.बाबुराम भट्टराई कसरी अटाएका छन्? भन्ने कुरालाई माओवादीका भुक्तभोगीहरूले रहस्यको रूपमा लिएका छन्। यानप्रसाद गौतम र बादलमाथि यौनकाण्ड, रवीन्द्र श्रेष्ठमाथि राजासँग साँठगाँठ गरेको आरोप लगाइए पनि मातृकामाथि भने सन्काह र अर्धपागलबाहेक अरु आरोप लगाइएको छैन। यतिबेला डा.भट्टराईबाहेक खासै प्रभावशाली सहयोगी अध्यक्ष प्रचण्डले भेट्टाउन सकेका छैनन्। तर विकल्पमा एकता केन्द्र मसालबाट आएका नारायणकाजी श्रेष्ठ 'प्रकाश' देखापर्न थालेका कारण डा.भट्टराईले पनि छिट्टै नै बादल, रवीन्द्र वा मातृकाको नियति भोग्नुपर्ने ठोकुवा माओवादी कार्यकर्ता गर्दछन्। त्यसो त पार्टी छाडेका मातृका यादवले पत्रकार वीरेन्द्र साहको हत्यामा माओवादीका केन्द्रीय नेता नै संलग्न रहेको खुलासा गर्दै भनेका छन्– हत्याराहरूलाई ती नेताले सात लाख रुपैयाँ दिएका थिए। तर उनको नाम भने मातृकाले सार्वजनिक गरेका छैनन्।
Tarun Weekly