NAMASKAR ,NAMASKAR

NAMASKAR ,NAMASKAR
WELCOME MY BLOG VIEWERS

THINK WE ARE SAME

Photobucket

नेपाली समय

"शादा जीबन उच्चा बिचार"

"शादा जीबन उच्चा बिचार"
NEPALI FLAG

नमस्कार, नमस्कार , नमस्कार

"मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे, रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे, दु:ख मा रुनु हुँदैन र सुखमा हास्नु हुँदैन रे, आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे, जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिली रहोस समयले जति नै टाढा पुर्याए पनि अबिरल यादहरु आईरहोस, पुरा होस तपाईंको मनको हरेक कामना ।।" भगवान पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।

शिव जी

शिव जी
HINDU RELIGION

महादेव पार्वती र गणेश

महादेव पार्वती र गणेश

राजा त्रिभुवनको अफिस

राजा त्रिभुवनको अफिस








Nepal's First President

Nepal's First President
Ram Baran Yadav

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

बैठक कोठा

बैठक कोठा

राजगद्दी सिहासन

राजगद्दी सिहासन

नारायणहिटी सङ्ग्राहालय

नारायणहिटी सङ्ग्राहालय
२०६५ देखी सर्बसाधारणलाई खुल्ला गरिएको हो ।

Tuesday, January 13, 2009

दौरा-सुरुवाल नेपाली राष्ट्रिय पोसाक मानिए पनि सरकारका अधिकांश उच्च अधिकारी नै कार्यालय जाँदा दौरा-सुरुवाल लगाउँदैनन् । दौरा- सुरुवालमा कार्यालय आउने कर्मचारी संख्या अचेल सीमित बन्दै गएको छ . read more.....

'दौरा-सुरुवाल लगाउँदा जोकर'

दौरा-सुरुवाल नेपाली राष्ट्रिय पोसाक मानिए पनि सरकारका अधिकांश उच्च अधिकारी नै कार्यालय जाँदा दौरा-सुरुवाल लगाउँदैनन् । दौरा- सुरुवालमा कार्यालय आउने कर्मचारी संख्या अचेल सीमित बन्दै गएको छ । दौरा-सुरुवाल साटो अधिकांश उच्च अधिकारीहरू सर्ट-पाइन्ट र कोर्टमा कार्यालय जाने गरेका छन् भने केही सुट-पाइन्ट र टाइमा सजिएर कार्यालय जान्छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयम्ले शपथग्रहण कार्यक्रममै राष्ट्रिय पोसाक नलगाएको विषयले त्यतिखेर चर्चा पाएको थियो । दाहालले त्यसपछि पनि राष्ट्रिय पोसाक लगाएको बिरलै देख्न पाइन्छ । अधिकांश कर्मचारीलाई दौरा-सुरुवाल किन नलगाउनुभएको भन्ने प्रश्नमा प्रायः सबैको जवाफ एउटै हुन्छ, 'प्रधानमन्त्रीले त लाउँदैनन हामीले किन लाउने ?' राष्ट्रिय पोसाकप्रति सरकारले सम्मान गर्न नसकेको गुनासो कर्मचारीको छ । मुक्त कमैया व्यवस्थापन समितिका सचिव डा. केशवराज कँडेल राष्ट्रिय पोसाकको पहिचान लोप हुने अवस्थामा आइसकेको बताउँछन् । उनले विभिन्न औपचारिक कार्यक्रम बाहेक कार्यालय आउँदा आफूले राष्ट्रिय पोसाक कहिल्यै नलगाउने जानकारी दिए । 'सरकारबाटै अनिवार्य बनाइएको छैन त्यसैले नलगाएको,' उनले भने । वन मन्त्रालयका सहसचिव राजेन्द्रकुमार ढुंगेल भने राष्ट्रिय पोसाकका सन्दर्भमा नमीठो अनुभव भएको बताउँछन् । उनले राष्ट्रिय पोसाकको सम्मान अधिकांश सरकारी अधिकारीबाटै हुन नसकेको अनुभव सुनाए । 'म पहिला राष्ट्रिय पोशाक लगाएर कार्यालयमा आउँदा साथीभाइले जोकरजस्तो देखिएको भनी व्यंग्य गर्थे त्यसैले लगाउन छाडिदिएँ,' ढुंगेलले गुनासो पोखे । उनले ५/६ जोर दौरा-सुरुवाल दराजमै थन्काएर राखेको बताए । 'हामीले नेपाली पन, कला र संस्कृतिलाई पूरै बेवास्ता गर्दै गइरहेका छौं,' उनले भने, 'राष्ट्रिय पोसाक पनि यसैको सिकार भइरहेको छ ।' उनले नेपाली पहिचान राष्ट्रिय पोसाकमा राजनीति घुसेकाले समस्या देखिएको दाबी गरे । लोकसेवा आयोगका प्रवक्ता निरञ्जनप्रसाद उपाध्याय पहिला राष्ट्रिय पोसाक मानिंदै आएको दौरा- सुरुवालमै कार्यालय जाने गरे पनि सबैले लगाउन छाडेपछि आफूले पनि छाडिदिएको बताउँछन् । तर, दौरा- सुरुवालप्रतिको आस्था र विश्वास गुम बनाउन नहुनेमा उनको ठम्याइ छ । 'दौरा-सुरुवाल नेपालीको वास्तविक पहिचान तथा अन्तर्राष्ट्रिय स्तरमा समेत परििचत भएकाले सरकारी तथा निजी क्षेत्रमा कार्यरत कर्मचारीका लागि सरकारले अनिवार्य बनाउनुपर्छ', उनले भने । केही वर्षअघि सरकारी कार्यालयका कर्मचारी दौरा-सुरुवालमै कार्यालय जाने गरे पनि मुलुक लोकतान्त्रिक गणतन्त्रमय भएपछि राष्ट्रिय पोसाकलाई कुनै वर्गविशेषले जातजाति तथा क्षेत्रविशेष स्तरको राजनीतिभित्र घुसाएपछि गुमनाम बनाइन थालेकामा चिन्तित छन् संस्कृतिविद् । -सागर पण्डित
नयाँ पत्रिका

मारिइन् एक महिला पत्रकार


जनकपुरकी पत्रकार उमा सिंहको अज्ञात समूहले आइतबार राति हत्या गरेको छ । हत्याको विरोधमा देशभरका पत्रकार आन्दोलित भएका छन् । महिला पत्रकारको हत्या भएको नेपालमै यो पहिलोपटक हो । बेलुका घरमै बसिरहेको वेला २६ वषर्ीया सिंहमाथि खुकुरी प्रहार भएको थियो । गम्भीर घाइते अवस्थामा उपचारका लागि काठमाडौं ल्याउनेक्रममा बाटैमा उनको मृत्यु भएको हो । सिराहा मिर्चैया गम्हरिया निवासी सिंहको कोठामा बेलुका करिब सात बजे आएको समूहले उनलाई लगातार खुकुरी प्रहार गरेको थियो । गम्भीर घाइते बनाएपछि सबै फरार भए । जनकपुरको रजोलस्थित कार्की निवासमा डेरामा बस्दै आएकी सिंहको शरीरभरि खुकुरीको चोट थियो । घाइते पत्रकारको उपचारका लागि तत्काल गृह मन्त्रालयसँग सहयोगको आग्रह गरिएको थियो । नेपाल पत्रकार महासंघले गृहमन्त्रीलाई सिंहको उपचारका लागि हेलिकोप्टर पठाउन आग्रह गरे पनि मन्त्रालयले हेलिकोप्टर पठाउन सम्भव नभएको बताएपछि एम्बुलेन्सबाट काठमाडौं ल्याउनेक्रममा बेलुका ११ बजे बर्दिबासमा उनको मृत्यु भयो । सिंहसहित यसवर्ष दुईजना पत्रकारको हत्या भएको छ । यसअगाडि १३ मंसिरमा जगतप्रसाद जोशीको हत्या भएको थियो । जोशीको हत्यारा अहिलेसम्म पक्राउ परेका छैनन् । ०६४ मा वीरेन्द्रबाबु श्रेष्ठ र पुष्करबहादुर श्रेष्ठको हत्या भएको थियो । पत्रकार महासंघको तथ्यांकअनुसार द्वन्द्वकाल र द्वन्द्वपछि मारिने पत्रकारहरूको संख्या २८ पुगिसकेको छ । चौतर्फी विरोधपत्रकार सिंहको मृत्युको खबरसँगै सञ्चारकर्मीहरू विरोध तथा हत्याराको खोजीको माग गर्दै प्रदर्शनमा उत्रिएका थिए । सिंहको हत्याको विरोधमा जनकपुरका एफएम रेडियोहरूले अनिश्चितकालका लागि कार्यक्रम सञ्चालन बन्द गर्ने निर्णय गरे भने नेपाल पत्रकार महासंघ देशव्यापी विरोधमा उत्रियो । महासंघ, धनुषा शाखाको सोमबार बसेको आकस्मिक बैठकले एफएम रेडियोहरूमा पत्रकार सिंह हत्याको समाचार प्रसारण गरी अन्य समयमा शोकधून प्रसारण गर्ने निर्णय भएको छ । महासंघले राजधानीमा पनि हत्याको विरोधमा प्रदर्शन गरेको थियो । महासंघको आयोजनामा निस्केको विरोध जुलुसमा पत्रकार तथा मानवअधिकारवादी संघसंस्थाका प्रतिनिधि सहभागी थिए ।पत्रकार सिंहका हत्यारा तुरुन्त पत्ता लगाई कारबाही गर्नुपर्ने, पत्रकारको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने, दण्डहीनताको अन्त्य गर्नुपर्नेज्ास्ता नारा लगाउँदै निस्केको पत्रकारहरूको जुलुस रत्नपार्कबाट सुरु भई बागबजार, पुतलीसडक हुँदै भृकुटीमण्डपमा पुगेर कोणसभामा परिणत भएको थियो ।महासंघ, महोत्तरी शाखाले पत्रकार सिंहको निर्मम हत्याको विरोधमा मौनजुलुस प्रदर्शन गर्‍यो । विरोधजुलुस जलेश्वर नगर परिक्रमा गर्दै महेन्द्र चौकमा पुगी कोणसभामा परिणत भएको थियो । प्रेस काउन्सिल नेपालले विज्ञप्तिमार्फत सिंहको हत्यालाई जघन्य अपराध भन्दै भत्र्सना गरेको छ । घटनाका सम्बन्धमा सत्य-तथ्य पत्तालगाई दोषीलाई कडाभन्दा कडा कारबाही गर्न उसले सरकारसँग मागसमेत गरेको छ । पिmडम फोरम, नेपाल पत्रकार महासंघ नयाँ पत्रिका शाखाले पनि उनको हत्याको निन्दा गर्दै हत्याको छानबिन गर्न सरकारसँग माग गरेका छन् । नेपाली कांग्रेसका महामन्त्री विमलेन्द्र निधिले विज्ञप्तिमार्फत पत्रकार सिंंहको हत्याको विरोध गरेका छन् । विज्ञप्तिमा भनिएको छ, 'सञ्चार क्षेत्रसँग आबद्ध निहत्था व्यक्तिमाथि गरिएको आपराधिक घटनाको नेपाली कांग्रेस निन्दा र भत्र्सना गर्दछ ।'

नयाँ पत्रिकाकाठमाडौं, २८ पुस

2009-01-13,Tuesday

pradhanmantri

सधै भरि आफुलाई ठुलो किन ठान्र्दछौ
समयको अभाव भयो भनेर किन भन्दछौ
कर्मचारीले सहयोग गरेन भनेर किन भन्दछौ
सहकार्यमा पार्टिहरु नआएको भनेर किन ठान्दछौ ॥ read more...............

Santosh Lama Nepali Tara-2

सन्तोषको जन्म बि.सं. २०४३ साल श्रावण ६ गते धादिङ्गमा भएको हो । उनका स्वर्गिय पिता सुरेन्द्र लामा कृषि पेशामा संलग्न हुनुहुन्थ्यो भने माता विष्णुमाया लामा गृहिणी हुनुहुन्छ । दुईजना दाई र एक दिदीका कान्छो भाई सन्तोष बाल्यकालमा साह्रै चञ्चल स्वभावका थिए । रत्न राज्य क्याम्पस बाट स्नातक पास गरेका लामाले बि.सं. २०६१ सालदेखि संगीतको औपचारिक शिक्षा लिइरहेका छन् । भानुभक्त ढकाल र ईश्वर अमात्यका विद्यार्थी संतोषले संगीतमा जूनियर डिप्लोमा गरिरहेका छन् । हाल आफ्नी दिदीसँग काठमाडौंमा बसोबास गरिरहेका सन्तोष छिट्टै नै आफ्नो पहिलो एकल एल्बम लिएर आँउदैछन् ।read more.............