NAMASKAR ,NAMASKAR

NAMASKAR ,NAMASKAR
WELCOME MY BLOG VIEWERS

THINK WE ARE SAME

Photobucket

नेपाली समय

"शादा जीबन उच्चा बिचार"

"शादा जीबन उच्चा बिचार"
NEPALI FLAG

नमस्कार, नमस्कार , नमस्कार

"मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे, रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे, दु:ख मा रुनु हुँदैन र सुखमा हास्नु हुँदैन रे, आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे, जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिली रहोस समयले जति नै टाढा पुर्याए पनि अबिरल यादहरु आईरहोस, पुरा होस तपाईंको मनको हरेक कामना ।।" भगवान पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।

शिव जी

शिव जी
HINDU RELIGION

महादेव पार्वती र गणेश

महादेव पार्वती र गणेश

राजा त्रिभुवनको अफिस

राजा त्रिभुवनको अफिस








Nepal's First President

Nepal's First President
Ram Baran Yadav

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

बैठक कोठा

बैठक कोठा

राजगद्दी सिहासन

राजगद्दी सिहासन

नारायणहिटी सङ्ग्राहालय

नारायणहिटी सङ्ग्राहालय
२०६५ देखी सर्बसाधारणलाई खुल्ला गरिएको हो ।

Sunday, July 5, 2009

ख्यातिका हत्यारा वीरेनको १६ दिने डायरी


 


 


 


 


 


 


 


 


ख्यातिका हत्यारा वीरेनको १६ दिने डायरी


 


हत्यापछि कोठामा त्यत्तिकै सुत्न डर लाग्यो बाहिर निस्केर रक्सी पिएँ भगवान्को तस्बिर खोजेर सँगै राखेर सुतेँ


 


पैसाको भोक


 


जुवा खेल्ने लतले मेरो सबै रकम क्यासिनोमा स्वाहा भयो तर पनि यस्तो बानी रोकिएन क्यासिनो नेपालमा मात्र एक लाख १२ हजार रुपैयाँ ऋण लिएको थिएँ ।श्रीमती क्यानाडामा छिन् उनले पनि पैसा पठाउन छाडिन् त्यसैले पैसा जुटाउने उपायतिर लागे जेठ / गते होला दुई छोरीसहित ख्यातिको कोठामा खाना खान गएँ उनको बुबाले छोरीलाई के पढाउने होला भनेर सल्लाह मागे कुरै कुरामा पाइलट पढाउने विषयमा कुरा भयो उनका बुबाले पाइलट पढाउन चाहिने २०/२५ लाख जुटाउन सक्ने कुरा बताए यो सुनेपछि मैले ख्यातिको अपहरण गरेर उनका बाबुसँग १० लाख असुल्ने योजना बनाएँ


 


एक्लै अपहरण गर्न सक्दिनथेँ त्यसैले सहयोगी खोज्न थालेँ यसका लागि मेरिना शाक्य उपयुक्त लाग्यो , मैले उनलाई सबै योजना सुनाएँ त्यस्तै, असार १७ गते मेरिनालाई बोलाएर भ्वाइस अफ ओमेनको बारेमा सबै बताएँ योजनाअनुसार मेरिना भोउ म्यागेजिनको संवाददाता बनिन् कमिटी एड्भाइजर ।मेरिनाले २१ गते ख्यातिलाई फोन गरेर बोलाइन् ख्यातिले २२ गते पुतलीसडकमा भेट्ने प्रस्ताव गरिन्


 


यसरी भयो हत्या


जेठ २२


 


बागबजारमा रहेको कोरोना इन्टरनेसनल बि्रजकोर्स गर्दै गरेकी मेरिनालाई भेटेँ , चिया खाँदै ख्यातिसँग गर्ने कुरा सिकाएँ पत्रिकाको नक्कली परिचयपत्र ख्यातिलाई कोठासम्म ल्याउन पाँच सयको नोट दिएँ एउटा केटाको बाइकको पछाडि ख्याति आइरहेकी थिइन् मैले टाढैबाट मेरिनालाई चिनाइदिएँ, त्यही हो ख्याति भनेर ।उनीहरू कोठामा आइपुग्नुअगाडि नै कोठामा पुगिसकेको थिएँ दुवैजना कोठामा छिरे ख्यातिले मलाई चिनिहालिन् 'अंकल तपाइं पनि यहाँ' भनेर सोधिन् मैले आफू भोउ पत्रिकाको सल्लाहकार भएको बताएँ


 


मैले एनजिट नामकको औषधिको १० वटा ट्याबलेट पिसेर कफीमा हालेर ठीक पारिसकेको थिएँ त्यसैले कफी खाने प्रस्ताव गरेँ कफी पिउने क्रममा ख्यातिलाई तीतो लागेछ औषधि घोलिएको रहेनछ कामै गरेन फेरि बाहिर निस्केर स्लाइसको बोतलमा १० वटा एनजिट ट्याबलेट हालेँ ।स्लाइस खाएपछि 'अब इन्टरभ्यू दिऊँ' भन्न थालिन् ख्याति मैले तयार पारेको प्रश्नपत्र दिएँ बल्ल औषधिले काम गर्न थाल्यो ख्याति निद्रा लाग्यो भन्न थालिन् मैले आराम गर भनेर बेड देखाएँ उनी सुतिन्


 


मैले उनको हात-खुट्टा बाँधे मुखमा टेप बाँध्न खोज्दा ख्याति कराउन पो खोजिन् डर लाग्यो चिच्याएको सुनिएमा योजना चौपट हुन सक्थ्यो त्यसैले उनको टाउकोमा पटक-पटक हानेँ हातले घाँटी मुखमा थिचेँ मेरिना सोफामा बसेर सबै हेरिरहेकी थिइन् उनी ' गर बाबा' भन्दै रोक्न आइन् मैले हुत्याइदिएँ ख्याति चलमल गर्न छाडिन्


 


मेरिना घर जान्छु भन्न थालिन् मैले जान दिइनँ यहीँ बस भनेँ 'कतै ख्याति मरिन ?' भन्दै झकझक्याएँ कुनै प्रतिक्रिया आएन डर लाग्यो कतै योजना बीचैमा तुहिने होइन ? उनको नाक मुखमा हात राखेर सास लिएको कि छैन हेरेँ अँ हँ थिएन नाडी छाती छामेँ मुटुको चालसमेत छैन ख्यातिको सास गइसकेछ ।मेरिना जान्छु कि जान्छु भनेर ढिपी गर्न थालिन् मैले उनलाई घटनाबारे कसैलाई नभन्नू, भन्यौ भने आमा, बाबा, भाइ सबैलाई मारिदिन्छु भनेर धम्क्याएँ उनले कसैलाई भन्दिनँ भनिन् ११ बजे मैले मोटरसाइकलमा राखेर मेरिनालाई घरसम्म छाडिदिएँ कोठामा एक्लै बस्न मन लागेन के-के सोचेँ के-के फेरि, मेरिनाको घर गएँ , उनलाई ल्याएँ उनलाई अमेरिकी दूतावासमा पुर्याएँ पसलबाट प्लास्टिक किनेँ अनि कोठामा आएँ ख्यातिको सेल-सिम त्यत्तिकै थियो त्यसलाई आफ्नो मोबाइलमा हालेँ फोन आयो मैले 'कौन ख्याति ?' भनेर मोबाइल नै 'अफ' गरेँ


 


लास कसरी तह लगाउने टेन्सन त्यही थियो मोटरसाइकल झिकेर लास फाल्ने ठाउँ खोज्न हिँडेँ वनस्थली, स्वयम्भू, डल्लु, क्षेत्रपाटी घुमेँ यही बीचमा मोबाइल 'अन' गरे फोन आयो ख्यातिको दाइ हो भन्यो, कसैले फोनमा मैले बुबालाई दिनुस् भनेँ मैले हिन्दीमा 'तुम्हारा बेटी मेरे कब्जेमे है और उसको जिन्दा चाहिए तो १० लाख तयारी रखना' भनेँ कता जाने ? पुनः कोठामै फर्किएँ फेरि मेरिनालाई लिन अमेरिकी एम्बेसी गएँ उनलाई कोठामा ल्याएपछि लास तह लगाउने विषयमा कुरा गरेँ उनी डराइन् तन्नामा लास बेरेर कतै लगेर फाल्ने योजना बनाएँ मेरिनाले सुत्ने कोठाबाट तन्ना ल्याइन् मैले लास बेरेँ ।लास फाल्न बाहिर निकालेर मोटरसाइकलमा बाँध्न लागेको मात्र थिएँ, घरबेटी आइपुगे हतार-हतार लास भित्र लगेर राखेर बाहिर हिँडे बेचैनी बढिरहेको थियो बालाजु चोकमा पुगेर दुई बोतल हि्वस्की किनेर कोठामा फर्किएँ टिभी हेर्दै हि्वस्की सिध्याएँ , सुतेँ


 


लास गन्हायो


२३ जेठ :


लास हल्का गन्हाउन थालिसकेको थियो तन्ना कार्पेटले बेरेर कोठामा त्यत्तिकै राखेको थिएँ मरेको मान्छेको तौल बढी हुने रहेछ एक्लै बोक्नै सकिनँ दोस्रो व्यक्ति कोही थिएन सोह्रखुट्टे फलफूल चोकमा पुगेर फेरि प्लास्टिक केही कार्टुनबक्स लिएँ सामान कोठामा राखेर बाहिर गएँ


 


भगवान्सित सुतेँ


२४ जेठ


सिंगो लास टुक्रयाउने योजना बनाएँ कोठाबाहिर गएर थप दुईवटा कार्टुन बोकेर आएँ त्यतिखेर नौ बजिसकेको थियो भान्छामा गएर मासु काट्ने चुप्पी ल्याएँ धारिलो थियो चुप्पी पहिला हातको कुहिनाको ज्याइन्टमा काटेर दुवैहात छुट्याएँ अनि कुमबाट काटेर चार 'पिस' बनाएँ घुँडा फिलाको ज्वाइन्टमा काटेर खुट्टा पनि छुट्याएँ अनि प्लास्टिकमा बेरेर गन्हाउने डरले फ्रिजमा राखेँ शरीरका बाँकी भागलाई पनि प्लास्टिक कार्पेर्टले बेरेर राखेँ धुप बालेँ अत्तर हालेँ पंखा चलाएँ ।चार बजेतिर मेरिनालाई लिन बबरमहल गएँ स्कुलमा गएर छोरीहरू लिएर उनीहरूको मामाघरमा लगेर छाडिदिएँ ।यो हुँदै गर्दा, ख्यातिका परिवारसँग मोबाइलमा कुरा भइरहेको थियो एसएमएसमार्फत उनीहरूसँग १० लाख मागिरहेको थिएँ तर, उनीहरू यत्रो पैसा छैन भन्दै थिए कोठामा त्यत्तिकै सुत्न डर लाग्यो बाहिर निस्केर रक्सी पिएँ भगवान्को तस्बिर खोजेर सँगै राखेर सुतेँ


 


लास धोएँ पनि


२५ जेठ


बिहान उठेर चिया बनाएर खाएँ पैसा थिएन साथमा कोठामा लास थियो यसो हेरेको ख्यातिको औँलामा सुनको औँठी रहेछ बालाजुमा रहेको एक सुन पसलमा गएर पैसा भएन यो आैठी राखेर केही पैसा दिनुस् भनेर पच्चीस सय बोकेर आएँ ।बागबजार गएर मेरिनालाई लिएर कोठामा आएँ लास बैठक कोठामा थियो लास अरू गन्हाउन थाल्यो लासको गन्ध भगाउन धुप बालेर पंखा चलाइदिएँ लासलाई धोयो भने गन्हाउँदैन कि भनेर टाउकोसहितको जिउलाई ट्वाइलेटमा लगेर साबुन-पानीले धोएँ कोठामा पानी थिएन त्यसैले लास धुन मेरिनाले बाहिर पम्पबाट पानी ल्याइन् चक्कुले टाउको छुट्याएर प्याक गर्न थालेँ मेरिनाले प्लास्टिक समातेर सहयोग गरेकी थिइन् टाउको साबुन-पानीले पखालेर प्लास्टिकले बेरेर फ्रिजमा हालेँ अनि जिउलाई कार्पेटले बेरेर राखेँ मेरिनालाई घरमा लगेर छाडिदिएँ


 


यसरी फालियो शव


२६ जेठ


बिहानै चार बजेतिरै निद्रा खुल्यो लास गन्हाइरहेको थियो आज जसरी पनि लास तह लगाउनु थियो नै नत्र लास गन्हाएर अरूले थाहा पाउने डर बढिरहेको थियो आज जसरी पनि लास फाल्छु भनेर ट्याक्सी खोज्न निस्किएँ ।सोह्रखुट्टेमा ट्याक्सी फेला पारेँ कोठामा सामान भनेर ड्राइभरलाई कोठाबाहिरसम्म ल्याएर लास राखेको बोरा बोकेर बाहिर आएँ त्यसवेला बिहानको बजेको थियो होला बोरा ट्याक्सीको पछाडिको सिटमा राखेर ड्राइभरसँगै बसँे कहाँ जाने पत्तो थिएन विष्णुमती खोलानजिक, कालीमाटी हुँदै बल्खु निस्किएँ नख्खु भैंसेपाटी हुदै कार्यविनायकतिर गएँ कार्यविनायक पुग्नुअगाडि नै ट्याक्सीबाट ओर्लिएँ अनि डिलमा गएर उभिएँ यसो हेरेको खोंच रहेछ लास फाल्न त्यही ठाउँ सुरक्षित हुन्छजस्तो लाग्यो अनि डिलमा पुगेर बोरा झुन्ड्याउन बाँधेको डोरी फुकाई गिँड डिलबाट खसाले


 


मनमा बेचैनी बढिरहेको थियो त्यसैले विनायकको मन्दिर गएर गणेश भगवान्को दर्शन गरे मिनीबस चढेर कोठामा आएँ गिंड तह लाग्यो हात-खुट्टा टाउको के गर्ने होला ? फ्रिजमा राखे पनि गन्ध आइरहेको थियो हात-खुट्टाको टुक्रालाई झिकेर ट्वाइलेटमा लगेर साबुनपानीले धोएँ, अनि कपडाले राम्ररी पुछेर अर्को प्लास्टिकमा पोको पारेर काटुर्नमा हालेँ ।कतै गन्हाउला कि भनेर कार्टुनमा राख्नुअगाडि कार्टुनभित्र प्लास्टिक राखेर सेन्ट छरे हातखुट्टा टाउको छुट्टाछुट्टै कार्टुनमा हालेर कार्टुनटेप लगाएर प्याक गरे कार्टुन झुन्ड्याउन मिल्नेगरी डोरी बाँधेको थिएँ आज जसरी पनि फाल्नैपर्छ त्यसैले कार्टुन बोकेर हिँडेँ कलंकी आइपुगे त्यसवेला माओवादीले १० बजेदेखि १२ बजेसम्म चक्काजाम गरेको थियो त्यसैले हतार-हतार नारायणघाट जाने माइक्रो चढँे हातखुट्टा भएको कार्टुन माइक्रोको छतमा राखेँ


 


कहाँ पुगेर ओर्लिने पत्तो थिएन माइक्रोको झ्यालबाट बाहिर हेर्दै हिँडे मुग्लिनबाट केही तल ओर्लिएँ ओर्लिएको स्थान मुग्लिनदेखि २० किलोमिटर पर होला सडकको छेउमा गएँ कार्टुन खोलातिरको झ्याङमा फालिदिएँ ।अब काठमाडौं र्फकनैपर्यो एउटा मोटरसाइकल आइरहेको रहेछ रोकेर लिप\m मागेँ , मुग्लिनसम्म आएँ पोखरातिरबाट आएको माइक्रो चढेर काठमाडौं आएँ ख्यातिको परिवारलाई एसएमएस गरेर पैसा मागेँ


 


फिरौतीको लोभ


२७ जेठ


आज जसरी पनि टाउको फाल्नु थियो प्लास्टिकमा पोको पारेर कार्टुनमा राखेर चामलको बोरामा टाउको हालेँ कार्टुन बोकेर बालाजु बसपार्क पुगँे रानीपौवा जाने गाडीमा चढेर मुड्कु चौकीनजिकै गाडीबाट ओर्लिएँ मुड्कु चौकी नपुग्दै सडक-किनारदेखि तल जंगलमा बोराबाट टाउको निकालेर \mयाँकिदिएँ ।धेरै राहत महसुस भयो सबै लास फालियो हल्का महसुस गर्दै कोठामा फर्किएँ लास काट्न प्रयोग गरेको चुप्पीमा बोसो नगएकाले ग्यास गिजरको तातोपानीले चक्कु धोएँ ख्यातिको जिउको बाँकी रहेको टुक्रा कपडा प्लास्टिकमा पोको पारी विजेश्वरी खोलामा लगी फ्याँकिदिएँ ख्यातिको परिवारलाई एसएमएस गरेर पैसा माग्ने क्रम जारी थियो


 


व्यवस्थापन सकिएपछि


२८ जेठ


लास व्यवस्थापनको काम सकिएपछि ढुक्क भएर ख्यातिको परिवारसँग पैसा उठाउनतिर लागे कहिले फोन गथें, कहिले एसएमएस प्रायः हिन्दीमा कुराकानी गर्थें 'लडकी जिन्दा चाहिए तो पैसा दो' भन्थेँ तर, कुरा मिलिरहेको थिएन


 


पक्राउ परिने डर थियो


२९ जेठ


एकै ठाउँमा बसेर फोन एसएमएस गर्दा पक्राउ परिने डर बढ्यो ठाउँ 'चेन्ज' गरी-गरी फोन एसएमएस गरेँ फिरौतीका लागि कुरा मिल्यो उनीहरू दस लाख दिन तयार भए तर, अब रकम कसरी लिने ? आफैँ लिन जाऊँ भने चिनिहाल्छन् अर्को कोही थिएन उनीहरूसँग कहिले भैरहवा कहिले सुनौलीमा पैसा लिने कुरा गरे पछि काँकडभिट्टामा पैसा लिने कुरामा सहमति भयो


 


सुरु भयो नाटक


३० जेठ


काँकडभिट्टामा रकम लिन जानुअगाडि अर्को नाटक रचेँ ख्यातिको घरमा फोन गरेर आफ्नो एकजना आफन्तको छोरी पनि अपहरणमा परेको सोही समूहले ख्यातिको अपहरण गरेको नाटक गरेर अपहरणकारीले 'तपाइंहरूको नम्बर दिएर ख्यातिका लागि तिर्ने फिरौती सँगै लिएर आउनू भनेको ' भने मैले आफ्नो नाम राजेन्द्र मानन्धर भएको बताएँ ।फेरि नाम फेरेर प्रमोद सिंह बनेँ अनि ख्यातिलाई पुतलीसडकमा पुर्याउन आउने बिक्कीलाई काँकडभिट्टा पठाउनू भनेँ मृतकका एक आफन्त एक्लै काँकडभिट्टा गएछन् मैले पक्राउ परिने डरले रकम ल्याउँदा कुनै पनि बैंकको ट्याग नभएको सिरियल नम्बर नमिलेको पैसा ल्याउनू भनेको थिएँ ।ती आफन्त रात्रिबस चढेर काँकडभिट्टा लागेपछि राजेन्द्र मानन्धर बनेर मैले फोन गरी 'भाइ राजेन्द्र मानन्धर बोलेको, तपाइंको नम्बर मलाई प्रमोद सिंहले दिएको हो उसले तपाईं काँकडभिट्टामा सँगै बस्नू भनेको ' भनेँ


 


असफल पहिलो प्रयास


३१ जेठ


ती आफन्त बिहान काँकडभिट्टा पुगेछन् उनले मलाई एसएमएस गरेर आफू आसाम होटलमा बसेको बताए मैले काठमाडौंमा मेरिनालाई पहिला नै तीनवटा एसएमएस लेखेर छाडेको थिएँ उनले मेरो योजनाअनुसार नै ती आफन्तको मोबाइलमा काठमाडौंबाट एसएमएस पठाइदिइन् ।मैले आसाम होटलनजिकैको एक पसलमा बसेर कोक खाएँ त्यहीँबाट राजेन्द्र बनेर आसाम होटलमा बसेका ख्यातिका आफन्तलाई फोन गरेर सिलिगुढी बोलाएँ ती आफन्तको हुलिया कस्तो , मलाई थाहा थिएन होटलमा सोधखोज गर्दा पनि थाहा भएन रेस्टुरेन्टमा बसेको एक व्यक्ति ख्यातिका आफन्त हुन् कि जस्तो लागेकाले उनको नजिक गएर घर सोधेँ उसले आफ्नो घर काँकडभिट्टा बतायो


 


मसँग भारतीय सिम थियो त्यसैबाट फोन गरेर राजेन्द्रको नाम लिएर ती आफन्तलाई 'डिलका लागि सिलिगुढी हुँदै दार्जिलिङ जानुपर्ने भयो' भने मैले आसाम होटलमा आएर खोज्दा भेट भएन पनि भनेँ उसले ख्यातिको मोबाइलबाट प्रमोद सिंहले फोन नगरेसम्म आफू कतै नजाने बताए मैले प्रमोद सिंहले भनेकाले आएको भनेँ, तर उसले पत्याएन पब्लिकबुथबाट काठमाडौंमा फोन गरेर प्रमोद बन्दै तपाईंको मान्छेलाई राजेन्द्रले जे भन्छ त्यही मान्नू भने तर, ती आफन्त डराएछन् उनी काँकडभिट्टाबाट विराटनगर हुँदै काठमाडौं भागे योजना असफल भयो पनि बेलुकातिर नाइटबसमा काठमाडौं आएँ


 


बाटोमा भेटिए सहयोगी


असार


नौ बजेतिर नागढुंगा आइपुगेँ उपत्यका बन्द पो रहेछ अब हिँड्नुको विकल्प थिएन बाटोमा हिँड्दै आउँदा प्रकाश गुरुङ नामको अन्दाजी २५ वर्षको व्यक्तिसँग चिनजान भयो भारत खर्साङनिवासी रहेछ मैले उसलाई फिरौती उठाउने काममा लगाउने योजना बनाएँ मेरो एउटा सुटकेस रिसिभ गरिदिएबापत ५० हजार दिन्छु भनेको तत्काल सहमत भयो ।मेरिनासँग भेट नभएको धेरै भएको थियो त्यसैले मध्याह्नतिर वनस्थलीनजिक ढुंगेधारामा उनलाई बोलाएँ उनीसँग ख्यातिको सिमकार्ड थियो त्यो लिएँ आठ बजेतिर ख्यातिको सिम प्रयोग गरेर उनका आफन्तलाई फोन गरेँ , गते काँकडभिट्टामा आउनू भनेँ कतै नआउने पो हुन् कि जस्तो लागेर- यो अन्तिम अवसर हो यसपटक गडबड भयो भने अर्को चान्स दिन्नँ भनेर धम्क्याएँ


 


काठमाडौं टु सिलिगुढी


असार


एक बजेतिर प्रकाशसँग भेट गरेँ उसलाई भेटेर पैसा लिनेबारे सम्झाएँ ख्यातिको आमालाई फोन गरेँ , घरमा काम गर्ने केटा 'राम'लाई लिएर आउनू भने अनि प्रकाशलाई लिएर पाँच बजेको टिकट काटेर काँकडभिट्टा हिँड्यौँ उनीहरू पनि बेलुका नै बस चढेर काँकडभिट्टा हिँडेको जानकारी पाएँ


 


डिल फाइनल


असार


ख्यातिको आमा राम बिहान काँकडभिट्टा पुगेर उही आसाम लजमा बसेका रहेछन् हामी १० बजेतिर पुग्यौँ प्रकाशलाई सुब्बा होटलमा राखेँ लुम्बिनी होटलमा बसेँ आसाम होटलमा ख्यातिकी आमा छन् कि छैनन् भनेर बुझ्न गएँ होटल पुगेको एक/डेढ घन्टापछि ख्यातिकी आमा चिया खान तल ओर्लिइन् ख्यातिकी आमा टेबुलमा बसिरहेकी थिइन् चिन्लान् कि भनेर मैले कालोटोपी चस्मा लगाएको थिएँ मैले घोप्टो परेर चाउमिन मागे होटलमा चाउमिन छैन भनेपछि बाहिरिएँ केही समयपछि ख्यातिको मोबाइलबाट उनकोे आमालाई फोन गरेर हिन्दीमा किन बाहिर निस्केको भने उनले कोठामै छु भनिन् ठीक खाना खाए हुन्छ भनेँ मलाई होटलवरिपरि पुलिसहरू छन् कि जस्तो शंका लागेर होटल परिवर्तन गर्न भनेँ


 


ख्यातिकी आमाले अर्को होटलमा गएर फोन गरिन् मैले सिलिगुढीमा आएर पैसा दिनू भने मैले काम गर्ने केटालाई लजमा छाडेर एक्लै आउनू भने १२ बजेतिर आमा पैसा लिएर एक्लै हिँडिन् पुग्नुअगाडि नै आमा हिँडिसकिछन् मैले फोन गरेर किन नबसेको, काठमाडौं जानुस् उतै डिल हुन्छ भने ।ख्यातिको फोनबाट काठमाडांैमा रहेका ख्यातिका आफन्तलाई फोन गरेर दिउँसो तीन बजेतिर रामलाई काँकडभिट्टाको बसपार्क पठाउन भने राम लजबाट बाहिर निस्केर सडकमा हिँडिरहेको थियो मैले प्रकाशलाई फोन गरेर अप्सरा होटलमा बस्नू भने हात हल्लाएर बोलाएँ रामलाई लिएर सिलगुढी हिँडेँ


 


रामले डराएर मलाई नै पैसा दियो राखभन्दा मानेन अनि उसलाई लिएर सिलिगुढीतिर गएँ सिलिगुढीको अप्सरा होटलमा प्रकाश बसेको थियो बाहिर निस्केर पैसा लियो त्यहाँ १५ मिनेट बसेपछि राम डरायो काँकडभिट्टा जान्छु भनेर हिँड्यो मेडिकल चोक आइपुगेपछि बेपत्ता भयो पनि काँकडभिट्टा फर्किएर लुम्बिनी होटलमा बसँे ख्यातिकी आमालाई फोन गरेर पानीट्यांकीमा छोरी लिन बोलाएँ तर, गइनँ उनी आएर दुई घन्टाजति बसेर हिँडिछन्


 


यसरी बाडियो फिरौती


असार


बिहानै ख्यातिकी आमाले फोन गरेर छोरी राम खोइ भनेर सोधिन् मैले दुवैजना मसँगै छन् भने मेरी छोरी कहिले आउँछे भनेर सोध्दै थिइन् मैले भोलि बिहान छाडिदिन्छु भनेँ , विराटनगरको एयरपोर्टमा छोरी लिन आउनू भनेँ ।बिहानै प्रकाशलाई भेटे उसले पैसा माग्यो मैले अझै काम भएको छैन, त्यो काम गर्ने केटालाई खोज भने रिक्सामा चढेर काम गर्ने केटालाई खोज्न गयो तर, राम भेटिएन उसले पटक-पटक पैसा मागेपछि ५० हजार दिएँ पाँच बजेतिर काँकडभिट्टाबाट काठमाडौं आउने बसमा नाम फेरेर रामशरण मानन्धर ठेगाना वीरगन्ज लेखाएर टिकट काटँे


 


झुक्याइरहेँ परिवारलाई


असार


बिहानै ख्यातिकी आमाले आफू एयरपोर्टमा छु भनेर फोन गरिन् बाटोमा गाडी बिगि्रएकाले ढिलो हुने भयो, भारतीय नम्बर प्लेटको गाडीमा आइरहेका छौँ भनेर ढाँटेँ मैले नाम ढाँटेर प्रमोद सिंह भन्दै एयरपोर्ट आइपुग्न तीन घन्टाजति लाग्ने एसएमएस पठाएँ एक बजेतिर काठमाडौं आइपुगेँ कोठामा पुगेर नुहाएँ कोठाको ल्यान्डलाइन फोनबाट सोल्टी क्यासिनोको कर्मचारीलाई बालाजु चोकमा पैसा लिन आउनू भनँे ख्यातिको परिवारसँग लिएको रकमबाट ९४ हजार ऋण तिरेँ


 


यसरी पर्यो फन्दामा


असार


बिहानै उठेर पशुपतिनाथ दर्शन गर्न गएँ छोरीले इकु फिल्म हेर्नुपर्यो भनिरहेकी थिई पशुपति दर्शन सकेर फिल्मको टिकट लिन गोपीकृष्ण हलमा गएर इकुको दुईवटा टिकट काटे टिकट बोकेर ससुराली गएँ त्यस्तै, साढे नौ बजेतिर सोह्रखुट्टेमा रहेको पान पसलमा पान खान गएँ पान खाएर फर्कंदै थिएँ, ट्राफिक प्रहरीले रोक्यो लाइसेन्स माग्यो मैले लाइसेन्स झिकेर देखाउनासाथ केही व्यक्तिले पक्राउ गरे ती प्रहरी रहेछन्


(भियुक्त वीरेनले प्रहरीसमक्ष दिएको बयानको आधारमा यो डायरी तयार पारिएको हो )


 


 साभार पत्रपत्रिकाबाट