NAMASKAR ,NAMASKAR

NAMASKAR ,NAMASKAR
WELCOME MY BLOG VIEWERS

THINK WE ARE SAME

Photobucket

नेपाली समय

"शादा जीबन उच्चा बिचार"

"शादा जीबन उच्चा बिचार"
NEPALI FLAG

नमस्कार, नमस्कार , नमस्कार

"मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे, रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे, दु:ख मा रुनु हुँदैन र सुखमा हास्नु हुँदैन रे, आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे, जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिली रहोस समयले जति नै टाढा पुर्याए पनि अबिरल यादहरु आईरहोस, पुरा होस तपाईंको मनको हरेक कामना ।।" भगवान पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।

शिव जी

शिव जी
HINDU RELIGION

महादेव पार्वती र गणेश

महादेव पार्वती र गणेश

राजा त्रिभुवनको अफिस

राजा त्रिभुवनको अफिस








Nepal's First President

Nepal's First President
Ram Baran Yadav

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

बैठक कोठा

बैठक कोठा

राजगद्दी सिहासन

राजगद्दी सिहासन

नारायणहिटी सङ्ग्राहालय

नारायणहिटी सङ्ग्राहालय
२०६५ देखी सर्बसाधारणलाई खुल्ला गरिएको हो ।

Tuesday, June 2, 2009

कस्तो हो त नागरिक सर्वोच्चता


विजयकुमार श्रेष्ठ-हाल परदेशबाट

नागरीक सर्वोच्चताको वारेमा चर्को बिरोध गर्ने ने.क.पा. एकिकृत माओवादि पार्टिको चाल चलन र सामाजिक मितव्ययीताको बारेमा वर्तमान परिस्थितीलाई मध्य नजर राखेर हेर्नु पर्दा यो कस्तो खालको नागरिक सर्वोच्चताको विषयमा प्रर्दशन गरि राखेको भन्ने बारेमा के हामी नेपाली जनताले बुझने सकेका छौ त देशको सर्वेसर्वा पार्टिको हैसियत लिएको पार्टिले देखाएको नागरिक प्रतिको जन विश्वास के साचो हो त । कि ने.क.पा. एकिकृत माओवादिले उठाएको नागरिक सर्वोच्चताको विषय भनेको केवल आफना समर्थकको लागी मात्र हो कि भनेर हामीले बुझ्नु पर्ने परिस्थिती खडा भएको महसुस हुन आउछ । के नगरिक भनेको एकिकृत माओवादि समर्थक मात्र हो त । पार्टिको र देशको सर्वोच्च पदमा बसेर केवल अरुलाई गालि गर्न र तल झार्न सिवाय हाम्रा पुर्व प्रधानमन्त्री ज्यूले कहिले जान्नु भएन । देशको सर्वोच्च पद धारण गरेको मानिसले एउटा साधारण गोठालोले बाल्ने बोली वोल्दा कत्तिको सोभायमान होला त । हिजो सत्ताको बागडोर समाल्दा पनि प्रतिपक्षले जसरि प्रतिकृया निकाल्दै अरुलाई तथा नाम गाली दिन पछि नपरेको र अहिले आएर झन जगंलको सिंहले जसरि गर्जिन थालेको छ ।सर्वसहमतीको नाम पनि लिने र देश कव्जा गर्ने शब्दावली पनि दिदै हिड्ने यो कस्तो प्रबृद्धिको राजनितीक दाउपेच हो त । साढे दुई करोड नेपालीले देश चलाउने जिम्मा दिदा पनि आफ्नै बहुवलको कमी भएको कारणले सडकमा उत्रीनु पर् यो के यो कुरालाई अध्यक्ष प्रचण्ड महादयले शान्त भएर सोच्नु भएको छ त । एउटा व्याक्तिको लागी देशलाई रणसङ्गामा होमी दिन पछि नपर्ने व्याक्तिले कसरि नेपाली जनतालाई नागरिक सर्वोच्चताको छाता ओढाउछ भनेर विश्वास लिने त । छाना भित्रको भेटघाट र सभा सम्मेलनमा हामी शान्तिको अग्रदेव हौ भनेर भन्ने अनि जब छाना बाहिरको सभा सम्मेलनमा भाग लिदा खेरि जनता समु आङ फुलाएर भन्न थाल्छन हाम्रो क्रान्ति पुरा भएको छैन । हामीले त देशलाई माओवादिमय बनाउनु पर्छ भनेर अरुलाई प्रति क्रान्तिकारीको सज्ञा दिदै उर्दि फैलाउन पछि नपर्ने । ने.क.पा. एकिकृत माओवादिले जनतालाई दिएको र दिन खोजेको नागरिक सर्वोच्चताको एक झलक यहि हो त ।कसैले सभा सम्मेलन गर्दा माओवादिको बारेमा टिकाटिपणी गर्न नपाउने त । त्यस्तै यो माओवादिको नागरिक सर्वोच्चताको केहि उदाहरण यहाँ केहि अंश कोटेश्वरको व्यापारी रामहरि श्रेष्ठको हत्याको हत्यारालाई कार्वाहि गर्नुको साटो केन्द्रिय सदस्यमा मनोनित गर्नु बुटवलमा एमाले समर्थक स्थानिय नेता प्रचण्ड थैवको हत्यारालाई कार्वाहि नगर्नु कांग्रेसका स्थानिय नेता युध्द प्रसाद हमाललाई अपहरण गरि निर्ममताका साथ हत्या गर्नु नेपाल कम्युनिष्ट पार्टि मसालका अध्यक्ष सभासद चित्र बहादुर के।सी। माथि सभा गरि रहेको स्थलमा ढुङ्गा प्रहार गर्नु के यो नागरिकको वाक स्वातन्त्रता माथिको उलङधन भएन त नेपालगाजका अखिल छैटौका का। वरुण ध्वज मल्ललाई अपहरण गरि जंगलमा लगि कुटपिट गरि हात खुट्ठा बाधि छाडेको घटना र अहिले हाल सालै विभिन्न जिल्लामा नागरिकलाई जिल्ला छाड्न दिएको उर्दि र जवरजस्ति गाउँ निकाल गर्ने र अपहरण लुटपाट हत्या हिंसा जस्ता कृर्या कलाप गर्ने र गराउन उक्साउने पार्टिले कस्तो खालको नागरिक सर्वोच्चताको विजारोपण गर्न लागेको भनेर नेपाली जनता अन्यौलको भुमरिमा आतङकित भएर आफनो मानव भएर बाच्न पाउने मौलीक हक अधिकारको सदुपयाग गर्नसम्म पाएका छैनन । यसको जवाफ क्रान्तिकारीको अध्यक्षको नाताले नेपाली जनतालाई प्रष्ट पार्नु पर्ने हुन्छ । हत्या हिंसा अपहरण लुटपाट जस्ता अवाछनिय कृया कलाप दिन प्रतिदिन बढ्दै गई रहेको छ ।यसको कार्य विरुद्ध कहिले लागेको छ त । र ने.क.पा. एकिकृत माओवादिले चाहेको कस्तो प्रकारको नागरिक सर्वोच्चता हो त ?