NAMASKAR ,NAMASKAR

NAMASKAR ,NAMASKAR
WELCOME MY BLOG VIEWERS

THINK WE ARE SAME

Photobucket

नेपाली समय

"शादा जीबन उच्चा बिचार"

"शादा जीबन उच्चा बिचार"
NEPALI FLAG

नमस्कार, नमस्कार , नमस्कार

"मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे, रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे, दु:ख मा रुनु हुँदैन र सुखमा हास्नु हुँदैन रे, आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे, जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिली रहोस समयले जति नै टाढा पुर्याए पनि अबिरल यादहरु आईरहोस, पुरा होस तपाईंको मनको हरेक कामना ।।" भगवान पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।

शिव जी

शिव जी
HINDU RELIGION

महादेव पार्वती र गणेश

महादेव पार्वती र गणेश

राजा त्रिभुवनको अफिस

राजा त्रिभुवनको अफिस








Nepal's First President

Nepal's First President
Ram Baran Yadav

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

बैठक कोठा

बैठक कोठा

राजगद्दी सिहासन

राजगद्दी सिहासन

नारायणहिटी सङ्ग्राहालय

नारायणहिटी सङ्ग्राहालय
२०६५ देखी सर्बसाधारणलाई खुल्ला गरिएको हो ।

Sunday, June 21, 2009

दरबार हत्याकाण्ड बारे पारस शाहले दिएको बयान

 

 

 

 

 दरबार हत्याकाण्ड बारे पारस शाहले दिएको बयान

paras_100समितिः सरकार राजदरवारमा भएको १९ गते जुन पारिवारिक जमघट थियो त्यसमा सरकारको उपस्थिति छ भन्ने जानकारी हामीलाई प्राप्त भयो। त्यसबाट सरकारले के नजर गरिबक्स्यो के अनुभव गरिबक्स्यो त्यो सबै जानकारी भएको सुनेको कुराहरु चाहीँ हामीलाई प्राप्त भएमा रिपोर्ट दिन सजिलो पर्ने थियो?

जवाफः अब हामी पुग्यौं त्यहाँ त्यस्तै अन्दाजी साँढे ७:०० भन्दा अलि ढिलो पुग्यौं । हामी त्यही । ७ ।४० तिर पुग्यौं सबै जना आइसकेको थियो । मुमा म बहिनी हिमानी र हामी अलि ढिलो पुग्यौं । ७ ।४० तिर पुग्यौं पुग्दाखेरी अयुवराजाधिराज अलिकति ककटेल ज्यूनार भैसक्या जस्तो थियो । अनि के खाने-मैले कोक मात्र खाने विचार गेरं । ए कोकमात्र खाने ! म त ह्विस्की खाएर बसेको छु हुकुम भयो । त्यो बेलासम्म ठिक्कै होइबक्सन्थ्यो एकदमै लागेको जस्तो गरिबक्सी राखेकोथ्यो । अ ॥ कुरा गर्दाखेरी के भो भन्दाखेरी हैन यहि विवाहको कुरा भइ राखेको छ । मेरो मुमासँग पनि कुरा गरें । आफूमुमासँग पनि कुरा गरें अनि दुवै जनाले हुन्न भन्नु भयो । अब आइतवार बुबासँग कुरा गर्छु हुकुम भयो । त्यति कुरा भइ राखेको थियो त्यत्ति हुँदा हुँदै आठ बज्यो । सबै जनालाई ड्रिंक्स सिंक्स टक्राइबक्स्यो । आठ बज्यो आफू मुमा बडामहारानी सवारी होइबक्स्यो फेरी सरकारबाटै सवारी चलाइबक्सेका फेरी …… डि्रंक्स दिइबक्स्यो अनि यस्तै साँढे आठतिर महाराजाधिराज सवारी होइबक्स्यो । अफिस सक्याएर सवारी होइबक्स्यो त्यो बेलामा दाई हामीसँग भित्र होइबक्सन्थ्यो । जहाँ घटना भयो त्यही कोठामा होइबक्सन्थ्यो । एकदमै लागेको जस्तो ढलिबक्स्यो बेहोसै होइबक्सेको जस्तो सुकला नै भयो त्यही भुइमा नै सुकला भयो म गोरख निराजन र राजिव भएर उठाएर लगेर सरकार यहाँ त मिलेन ठूलो बुबा सवारी होइबक्स्यो अब यसो यस्तो कति छ …… छ माथि सवारी चलाउँछौं भनेर हामी चार जना भएर माथि खोपीमा सवारी चलायौं त्यो खोपीमा लगेर गद्दीमा त सुकला गराउन पाइन । गद्दीको मुन्तिर सानो ओछ्यान छ नि त्यहीं नै सुताएर गयौं हामीले । करीव साँढे आठ जस्तो भाथ्यो साँढे आठ त्यस्तै ३१ ।३२ आठ ३१ ।३२ होला । हामी तल आयौं । वत्तिसत्ति निभाएर तल आयौं । तल आएपछि अब महाराजाधिराजको भित्रै मुमा बडामहारानी सरकार जहाँ राज होइबक्सेकोथ्यो त्यहीं नै हेलेन शाहसँग मिटिङ्ग भइ राखेको थियो । हामीले दर्शन गर्न पनि पाएको थिएन वाहिर कुरेर बसि राखेको थिएँ त्यहाँ भित्रको मिटिङ्ग आधा घण्टा जति चल्यो होला मेक्सीमम आधा घण्टाजति चल्यो होला । त्यसपछि हामी दर्शन गरेर यता आयौं । महाराजाधिराज सरकार र मुमा बडामहारानी सरकार पनि यतै सवारी भयो । त्यही कोठामा जहाँ यो घटना भयो त्यही कोठामा सवारी भयो । भर्खर डि्रंक्स लिई बक्सेको थियो महाराजाधिराज सरकारले । हामीले चियस्र पनि गरेको छैनौं भर्खर ड्रिंक्स लिई बक्सेको थियो यसै बीचमा अब हामीचाँही एतापट्टी कुनामा थियौं हजुर देखिएन युवराजधिराज सवारी भएको । अ॥ हामीले युवराजधिराज सवारी भएको देखेनौं हामी कुनामा थियौं । मैले त यो ……………………

समितिः कुना भनेको त्यो बडामहारानी सरकार राज भएको कुर्सीतिर कि

जवाफः होइन क्यारेमवोर्ड छ नी ।

समितिः क्यारेमवोर्ड यो

जवाफः क्यारमबोर्ड क्यारमबोर्ड छ नी ।

समितिः त्यो वारको पछाडि

जवाफः हो बारको पछाडि त्यो …… कुनामा हामी बस्ने कुना त्यही हो । हामी Youngs हरुको अब त्याहाँ उताबाट चुरोट सुरोट समाएको नदेखियोस् भनेर त्यो कुनामा हामी धेरै जस्तो वस्ने त्यही कुनामा हो । अनि त्यहाँ मैले सवारी भएको कोही देखेको थिइन मैले सवारी भएको भनेको थाहा पाएको पहिलो बन्दुक पड्केपछि थाहा पाएँ । गड्याङ्ग गर्यो त्यत्ति ३ राउण्ड जति फायर भएको छ । पहिले सवारी हुने वित्तिकै ३ फाएर भएको छ । एउटा माथि छ एउटा सिधा छ । त्यसरी दागि बक्सदाखेरी एउटा सिधै गएको छ एउटा माथि गएको छ । ३ राउण्ड जस्तो लाग्छ मलाई जहाँसम्म लाग्छ । अब त्यस्तो हुँदाखेरी ३ राउण्ड जस्तो लाग्छ First मैं त्यो पनि आवाज । महाराजाधिराजले के गरेको मात्र हुकुम भएको थियो ड्याङ्ग ड्याङ्ग एउटा यस्तोमा एउटा यस्तोमा । महाराजाधिराज ढलिबक्स्यो । म र डाक्टर राजीव सँग सँगै । दुइजना कुदेर गयौं । डा राजीव चाही महाराजाधिराज भएको ठाउँमा कुद्न भ्यायो हजुर मलाई चाहीं अधिराजकुमारी शोभाले जानै दिन बक्सेन तिमी त्यहीं बस हिड्ने होइन हुकुम भयो । त्यही नै मैले पछाडी फर्केर बहिनीहरु सबै जनालाई ढल्नलाई सुत तिमिहरु यहाँ भने । यहाँ वाङ्ग वाङ्ग पड्कन थालिसक्यो सबै जना सुत भनेर त्यो लाइन क्रोसियरमा सबैजनालाई राखें । उता दुई जना सिनियर मेम्वरहरु पनि महेशकुमार र रवी शम्शेर दुवै जना पनि मेरै छेउमा थियो । दुवै जनालाई पनि मैले लाइन क्रोसियरमा राखें । यत्तिमै यत्ति हुँदा हुँदै युवराजधिराज सरकार फेरी फर्केर सवारी भयो । मैले देखेको चाहीं हजुर महाराजाधिराजलाई हानिबक्सेको देखें । धिरेन्द्र सरकारलाई हानी बक्सेको देखें बाबा enough, you done enough damage भनेर second time फर्केर जाँदाखेरी धीरेन्द्र सरकारले के हुकुम भयो भने you done damage हुकुम भयो । त्यति हुकुम हुँदाखेरी ड्याङ्ग ड्याङ्ग अर्को एउटा यस्तोमा लागेको छ । एउटा होकी दुइटा त्यो पनि धीरेन्द्र सरकारलाई राम्रो सँग सम्झन सकेको छैन । ढलिबक्स्यो । धीरेन्द्र सरकार ढलिबक्स्यो ढलिबक्से वित्तिकै त त्यसपछि त अरुहरु मान्छेहरु त one after another को ढल्यो को ढल्यो त्यसपछि राम्रोसँग भन्न सक्दिन । म पछाडी फर्केर बहिनीहरु सुताउन थाली सकेको थिए अं…… मैले ढलिबक्सेको देखेको महाराजाधिराज ढलिबक्सेको देखें यता कुमार खड्ग ढलिबक्सेको थियो उता कुमार गोरख ढलेको देखें । त्यो चाही First मै ठूलो बुबा सँगसँगै ३ जना ढलेको छ । त्यो First Automatic weapon MP-5 को फाएरले ३ जना ढलेको छ । वाहिर सवारी भयो फेरी फर्केर सवारी भयो त्यसपछि त्यो सानो First Automatic weapon MP-5 त्यो फालिबक्स्यो त्यो weapon महाराजाधिराज सरकारले टिपिबक्स्यो । त्यो weapon टिपिबक्सेको थियो । अधिराजकुमारी शोभा सवारी भएर त्यो weapon लिई बक्स्यो म्यागजिन पनि झिकिबक्स्यो । त्यही भइमा राख्दीबक्स्यो त्यो । अब के भन्ठानी बक्स्यो भने त्यही एउटा मात्र होला भन्दठानी बक्सेछ । दाइले चाही अरु पनि बोकिबस्केको मैले पनि देखेको हो । अरु तीनवटा बोकिबस्केको थियो चारवटा थियो weapon । एउटा चाहीने बन्दुक left side मा थियो hand gunhand gun चाही Left side मा थियो । दाहिने वगलिमाः MP-5 थियो । भिरिबक्सेको shot gun र एम १६ त्यो Automatic हो । भ्यार्रर गरेर ठूलो बुबालाई हानीबक्स्यो कान्छो बुबालाई पनि हानी बक्स्यो यता खड्ग विक्रम ढलिबक्स्यो उता गोरख ढल्यो । त्यो first attack मै कता कता दागेर वाहिर सवारी भयो । त्यसछि हामी त कुनैमा थियौं । वाहिरपट्टी के भयो मैले त देखिन फेरी भित्र सवारी भयो । सवारी भएर ठूलो बुबालाई ………………

समितिः समयको त्यस्तो कुनै ग्याप लामो ग्याप त हैन

जवाफः छैन एक मिनेट पनि छैन ३० सेकेण्ड होला म्याक्सिमम् म्याक्सिमम् भए ३० सेकेण्ड भित्र बाहिर भित्र वाहिर गरिबक्स्यो । सवारी भयो ठूलो चाही बन्दुक एम १६ एम १६ ले पहिले नै ठूलो बुबाको माथमा हानिबक्स्यो सट त्यस पछि यता सवारी भयो खड्ग फुपाजु ढलिबक्स्यो कुमार खड्ग त्यो वारको ठ्याक्कै तल ढलिबक्स्यो। …………। हजुर उतापट्टी गोरख ठूलो बुबा बीचमा स्नुकर बोर्डको तल गोरख ढलिराखेको थियो …… श्रुति त्यसपछि श्रुति मैले आएको देखिन गोरखलाई गएर बाबा तिमीलाई पनि लाग्यो भनेको देखें । त्यो गएको बेलामा उताबाट फर्कि बस्क्यो युवराजाधिराज सवारी भयो यतापट्टी ढली राखेको थियो हजुर पहिला कुमार खड्ग ढलेकोमा अधिराजकुमारी शारदा सवारी भो । तिमिलाई के भयो तिमीलाई के भयो भनेर सवारी भई माथि पट्टी सुतिबक्स्यो खड्ग फुपाज्यूको माथि ढलेर कवर गरिबक्स्यो । युवराजधिराज सवारी भयो ड्याङ्ग ड्याङ्ग (Point Blank) ड्याङ्ग ड्याङ्ग ड्याङ्ग यस्तो घारीबाट देखेको त्यही देखेको । त्यो भएको म यताको कुनाको मेचमा त्यो वारको मूनिबाट त्यो चाही राम्रो सँग देखेको हो मैले । ड्याङ्ग हानी बक्स्यो । त्यो गोली आएर यतापट्टी कार्पेटमा लागेछ । भएर आएर मेचको यतापट्टी काठमा लागेर मेरो साइडमा महेश कुमारलाई राखेको थिएँ मैले त्यो गोली उछिट्टिएर गएर उसको यस्तोमा लागेको हो । त्यो चाही लागेको उसलाई । अब त्यस पछि फेरी वाहिर सवारी भएको हो कि म राम्रो सँग सम्झन सकिन वाहिर सवारी भएको जस्तो लाग्दछ दुईतिन चोटी गरिबक्स्यो भित्र वाहिर Third time सवारी हुँदा चाही यता शाहज्यादी जयन्ती दिदी केतकी अश्रुति ३ जनालाई हानी बक्स्यो । श्रुती Third time अनि बाहिर सवारी भयो युवराज सरकार चाही मैले त्यसपछि यता कुनामा सवारी भयो त्यो अग्लो मेच जस्तो छ नि हजुर त्यो कुनामा सवारी भयो त्यसपछि डाइरेक्ट नजरमा हामी पर्यौ ……। के गरिबक्स्या हजुर ॥ हामी ॥ के गरिबक्स्या please …… गई बक्स्योस भनेर त्यो विन्ति जाहेर गरें मैले । नत्र भए सवै जनालाई हानेको भए म थिएँ महेश मेरो पछाडि थियो रवी उतापट्टी ठ्याक्कै वारको मुनि रवि थियो । अ…… महेशको पछाडि मेरो वहिनी छ । पछाडी मेरो वाइफ थियो मेरो वाइफ पछाडि मेरो ३ जना वहिनीहरु मैले राखेको थिएँ । लुकाएर राखेको थिएँ । एउटा वहिनी चाँही त्यो सोफा जस्तो छ त्यसको पछाडि राखेको थिएँ । एकदमै कभर गरेर राखेको थिए मैले । मैले चाही दाइसँग के गरिबक्स्या हामी यस्तो यहाँ त हामी मात्र छौं please …one by one सबैलाई हेरेर छोडेर बाहिर लागिबक्स्यो त्यसपछि थाहा भयो हामीलाई हानी बक्सेन भनेर । म उठेर गएँ । त्यहाँ अरु मान्छे ढलिराखेको थियो । के के भाछ भनेर मैले कान्छो बुवाका गएँ । पारस मेरो खुट्टा चलाउन मैले खुट्टै चलेन अं। …… मेरा खुट्टा खुम्च्याउन सक्दिन खुट्टा चलाई देउ । अलिकति चलाएँ फिल गर्न सकिबक्सेन । त्यसपछि यता केटाकेटीलाई हेर भन्नु भयो मैले त मेरो मुमा ढलेको पनि देखेको छैन । मुमा पनि देखेको छैन यता अधिराजकुमारी शान्ति पनि देखेको छैन उता उता …… वडामहारानी सरकार निराजनको त वाहिरै कुरा भयो मैले त्यति देखेकै छैन । अनि त्यो बेलामा हेर्दा खेरी मुमा भर्खर उठिबक्सिराथ्यो ढली बक्सेको । मूमा तल होइसिन्थ्यो । अधिराजकुमारी शान्ति माथि होइसिन्थ्यो । मुमाले चाही घचडेर उठिबक्सेको देखें । म जभउि गरेर उठाएँ मुमालाई । …… मठिक छैन म ठिक छैन भन्नु भयो माथबाटपनि रगत आइराखेको यस्तो समातेर बसिबक्स्याथ्यो । माथको रगत चाहिने अधिराजकुमारी शान्तिको रगत रहेछ । मैले त माथमा लागेछ भन्ठानेको थिए पहिला । अधिराजकुमारीको रगत रहेछ । त्यतिगरे पछि कहाँ लागेको छ भन्दा यहाँ लागेको छ हुकुम भयो माथ पनि चेक गरें मैले केही पनि छैन । त्यसपछि म दौडेर गएर यता मुमा वडामहारानी सरकारकाँ गएँ । वाहिर पनि मैले त फायरिङ्ग सुनेको थिएँ । मैले त उता भन्ठाने मूमा वडामहारानी सरकरको खोपिमा भन्ठानें । दौडेर त्यहाँ गए त्यहाँ त केही पनि भएको छैन । त्यहाँ यस्तो यस्तो भयो भनेर जाहेर गरें त्यो बेलासम्म फायरिङ्ग सकिसकेको थियो म जाँदा मुमा वडामहारानी सरकार ……

समितिः मुमा वडामहारानी सरकार भनेको उता सानो बैठकमा

जवाफः उता सानो बैठक वाहिर पट्टीको । त्यहाँ होइबक्सन्थ्यो । त्याहाँ जाँदासम्म firing बन्द भएको थियो । जब म मान्छेहरुलाई हेर्न गएको थिए त्यो वेलासम्म कोही फायरिङ्ग भइ राखेको थियो । वाहिर ॥ त्यो चौरमा फायरिङ्ग भइ राखको थियो । लास्ट भएकै चौरमा हो । त्यसमा पनि के भयो म केही भन्न सक्दिन । मैले देखेको होइन । कसलाई हानिबक्स्यो त्यहाँ कसरी घटना भयो त्यो पहिला कसलाई हानिबक्स्यो पछि कसलाई हानीबक्स्यो मलाई थाहा छैन । मैले त मुमालाई लागेको देखेको होइन अहिले कुरा सुन्दाखेरी वाहिरबाट हानीबक्सेको मुमालाई पछाडी दुइटा वाहिरबाट हानीबक्सेको मात्र सुनें । त्यो मलाई थाहा छैन मैले नदेखेको कुरा म भन्न सक्दिन । मैले देखेको कुराचाही यति हो । म पनि त्यसपछि मान्छेहरुलाई हेरे सवैजना ढली राखेको छन् । खुट्टा चलाई देउ भन्नु भयो । पाउ चलाएँ सिधै हेर्न सकिदैन यता केतकी फुपुलाई हेर भन्नु भयो कान्छो बुबाले । म खुट्टा पनि चलाउन सक्दिन म हेल्प भन्दा धेरै त्यो जाहेर गरें । दौडेर आफूमुमा कहाँ गएँ मुमावडामहारानी सरकारकाँ ३ जना होइबक्सन्थ्यो त्यहाँ केही पनि भएको छैन । बाहिर दौडेर ए।डि।सी।हरुलाई भित्र ल्याएँ । त्यो ए।डि।सी।हरु वाहिर गयो वाहिर जाँदाखेरी ॥ हरु ठ्याक्क आइराखेको थियो । म वाहिर पुग्नु र ADC हरु आइपुग्न िुयकत सेम टाइम थियो । अनि त्याहाँ बाहिर गएर के भने यो भित्र मरेको मान्छे पनि छ घाइते मान्छेहरु पनि छ । मरेको मान्छेहरुलाई छाडदेउ । घाइते मान्छेहरुलाई दौडाइहाल पहिला भित्र लगें घाइते मान्छेहरु सबै जना पहिला उठाएर यलभ दथ यलभ सबै जनालाई जो जो पहिला गए जो जो हाल्न सकें पठाएथें ५-६ मर्डरहरु थिए । जो जो आए हाल्दै पठाउँदै थिएँ । अब दाई बडामहारानी सरकार र भाइलाई भेटाउन गएको तिमिहरु खोज भनेर ३ जना । दाइको एडिसी दौडेर आयो he shot himself, he shot himself भन्दै आयो । त्यसपछि भाइ कहाँ भन्दा भाइलाई पनि हानिबक्स्यो । ठूलोमुमा खोइ ठूलो मुमालाई पनि डाउन सबै जना डाउन ठुलोमुमाको chance नै छैन भनेर उनीहरुले मलाई भन्यो । मैले देखेको होइन ठुलोमुमाको चान्स छैन दाइचाही ऐया ऐया गरेर लडीबक्स्याथ्यो माथमा लागेको थियो । ल हाल भनेर दाइ र भाइलाई चाही मैले सँगै हालेर दाइको एडिसीले हाल्यो म अगाडी बसे पछाडि एकजना ड्राइभरले दाइलाई समाइराथ्यो र भाइलाई समोतेको थियो पछाडी अर्को एक जना थियो । दुइजना चाही म र दुईजना एडिसी अर्को एक जना ड्राइभर भएर अस्पताल पुर्याको । त्यतिवेला महाराजाधिराज सरकारको सवारी चलाइसकेको थियो । ……… सबैभन्दा पहिला त सुन्दर भन्ने एडिसी छ त्यो गर्दा उ आयो उता उताबाट घुमेर आयो त्यहाँ त फायरिङ्ग भइ राखेको थियो । उसले अरु मान्छे ल्याउन सकेन उताबाट वाहिर घुमेर फायरिङ्ग भइ राखेको थियो उता ढोकाको शिशा फुटाएर मैले आउ भन्दिए । यो फुटाएर भित्र आएर ठूलो बुबा महाराजाधिराज सरकारलाई लग्यो महाराजाधिराज सरकारलाई पहिला लगेको हो । यो राजीव कहाँ थ्यो के थ्यो राजीव गएको पनि देखेको छैन हजुर म पछाडि गर्दै थिए यता मान्छेहरु हेर्दै थिएँ राजीव गएको मैले देखेको होइन सबभन्दा पहलिा चाही महाराजाधिराज सरकारलाई लिएर गएको । त्यसपछि चाहीं म गएर मान्छेहरुलाई हेर्न गएको । ए।डि।सी। हरुलाई मैले नै बोलाएर त्यो शिशा ढोका फुटालेर महाराजाधिराज सरकारको सवारी चलाएँ । मैले देखेको त यत्ति नै हो ।

समितिः सरकारले कति weapon use भएको देखिबक्स्यो

जवाफः मलाई जहाँसम्म लाग्दछ एउटा एम १६ यूज भएको छ । Glock यूज भएको छ । चारवटा यूज भएको छ । मैले त्यो 12 bore फायर गरेको देखेको छैन । त्यसको फाएर देखेको होइन मैले । अरुचाहीं फायर भएको देखेको छु मैले । यो एम १६ फायर भएको देखेको हुँ ।

समितिः युवराजधिराजको कसरी ।

जवाफः मैले सुने अनुसार दाइले आफूलाई हानिवक्स्यो बि्रजमा हानिवक्सेको ।

समितिः- यसको पछाडि के यस्तो कारण

जवाफः- यो विवाहकै हो हजूर । मलाई जहाँसम्म लाग्छ विवाहकै हो । यो शुरु भएको पोहोर गएको जन्मोत्सवमा शुरु भएको कुरा हो । पार्टी भएपछि पार्टी भएको त्यही ठाउँमै त्यही ठाउँमा भएको कुरा हो । त्यहीं नै हामी आएर कुरा गर्दाखेरी जो जो against अघि जो जो with अब भाई र म with जहिले पनि वीथ । दाइको त हामी जे जे हुकुम हुन्छ त्यही गर्ने मान्छे । भाई र म with थियौं । अब राजिव त डा with भयो श्रुती गोरखहरु र अरु बहिनीहरु against थियो विवाहकोमा । मेन कुरा यही नै जस्तो लाग्दछ । मेन कुरा यही हो जस्तो लाग्दछ ।

समितिः- तर त्यो दिन त्यहाँ त्यो कुरा चल्यो कि चलेन

जवाफः- म संग कुरा गरिवक्स्या छैन । मैले अघि तपाईलाई भनेको जस्तो म जाने बित्तिकै के मर्जीभयो भने मलाई मूमासंग पनि कुरा गरें आफु मुमासंग पनि कुरा गरें नहुने भयो । अब म बुबासंग आइतबार दर्शन पाउँछु त्यो बेला कुरा गर्छु त्यत्ति मात्र हुकुम भाथ्यो मलाई ।

समितिः- राम्रो मुड थियो

जवाफः- लागेको जस्तो भएको थियो । एकदमै राम्रो थियो मूढ । त्यस्तो होला भन्ने केही सोचेकै थिएनौं हामीले । एकदमै जोक गरी बक्सेको जस्तो सबैलाई हँसाइवक्सेको थियो त्यहाँ तल होइवक्सँदासम्म त ।

समितिः- सरकार माथि कसले पुर्याएको

जवाफः- हजूर । हामी चारजनाले पुर्याएको । हामी चारजना एकजनाले कहाँ सक्नु !

समितिः- बोकेरै लगिवक्स्यो

जवाफः- दुईजना साइडमा म पछाडि यसरी उचालेर गोरख र भाइले अं। राजीव र भाइले दुईजना साइडमा मैले पछाडी समाएर माथि लग्यौं । गोरख होइन गोरख पछि पछि आउँदै थियो । माथि ……

समितिः- तल सुताइवक्स्यो

जवाफः- तल मेन गद्दीमा त सुताएनौं । तल सुतायौं । मैले भाईलाई भनेको वेपनहरु झिक लैजाऊ अप्ठ्यारो हुन्छ झिक । ॥ पर्दैन होला

समितिः- त्यो कोठाबाट

जवाफः- कोठाबाट । माथिको कोठाबाट । जुन मेन गद्दी थियो त्यो गद्दी भन्दा तल अर्को एउटा बेड ॥ ग्राउण्ड बेड जस्तो त्यहाँ सुताएर हामी तल आएको ।

समितिः- वेपन्सहरु

जवाफः- वेपन्स अब त्यो त्यस्तो त बोकिवक्सेको छैन । एमपी ५ र मैले देखेको छैन कहाँ थियो । अँ …… अनि एम १६ चाहिनी त्यो तखताहरु छ नि जाने बित्तिकै तखताहरु जस्तो छ ।

समितिः- त्यसमा कार्टिजहरु पनि निस्किराखेको थियो

जवाफः- हो त्यो तखतामा छ । त्यो होला अँ। बटृाभित्रै बक्स भित्र नै थियो । त्यो तखतामा नै देखेको थिएँ मैले । त्यो चाहीं एम १६ चाहिनी । …… पनि म चिन्छु हजूर जहिले पनि चलाईव_िक्सराखेको हो । अब यस्तो हुन्छ भनेर कसले भन्न सक्ला र

समितिः- अरु सरकारलाई सम्झिनुपर्ने त्यस्तो केही बाँकी

जवाफः- म अब सम्झें भनेदेखि म त्यही सम्झन खोजिरहेको छु । त्यो यस्तो छिटो भैद्याथ्यो कि सबै कुरा मैले गर्न सकेको काम गरेको हो । अब सक्नेजति गरेको हो । बचाउन खोजेको हो मान्छेलाई । त्यही पनि अरु पनि बचाउन सक्थें कि जस्तो लाग्छ । आफूलाई अहिले सोंच्दाखेरी । जे जति गरें त्यो कम भयो जस्तो लाग्छ आफूलाई ।

समितिः हस् त ।

साभार : दैनिकी डट कम

 

 

"Thousands of candles can be lit from a single candle, and the life of the candle will not be shortened."

- Gautam Buddha

 

 

 


यौनसम्पर्क नगर्दा क्यान्सर हुन्छ


 


 


 


 


यौनसम्पर्क नगर्दा क्यान्सर हुन्छ


झुल्किँदो घाममा पत्रकार कर्ण बोहराले एउटा चिठी थमाए, ‘जजापभनेर । जजाप अर्थात्, ‘जसरी पनि जानुपर्ने। जजाप सम्झँदै ६ फेब्रुअरीको दिन ढिला गरेर होटल ओपेरा छिरेँ । सभाकक्षमा कुर्सी खचाखच थिए । अगाडिबाट दोस्रो पंक्तिको कुर्सी समातेँ । हलको भित्तामा झुन्ड्याइएको नीलो कपडामा सेता अक्षरले लेखिएको थियो— ‘विश्व क्यान्सर दिवसका अवसरमा क्यान्सर रोगबारे जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम आयोजक फारवेस्ट स्कुल अफ मेडिसिन र सेती-महाकाली नर्सिङ क्याम्पस रहेछन् । लाग्यो, जजाप भन्या यत्तिको रैछ ।


कार्यक्रममा एकजना गहुँगोरो अधबैँसे अगाडि झुल्किए । माइक्रोफोनभन्दा पनि चर्को स्वरमा उनले क्यान्सरबारे धाराप्रवाह बोलिरहे । क्यान्सरका बारेमा कहिल्यै नसोचेका धारणाहरू सुन्दा मलाई यो कार्यक्रम नै सपना हो कि जस्तो लाग्न थाल्यो । उनले झन्डै एक घन्टा क्यान्सरकै बारेमा बोले । कस्तो लोभलाग्दो ज्ञान र जानकारी ! मलाई उनीसँग क्यान्सर-संवाद गर्न पाए कति मजा हुँदो हो भन्ने लाग्यो । छुस्स कुरा गरेँ, डा. प्रकाश बुढाथोकी एकै चुट्कीमा सहमत भए ।


कुराकानी त गरिने भयो, तर कस्तो फसाद भने मञ्चमै संवाद थाल्नुपर्ने । छेउको कुर्सीमा डाक्टरसाहेब, अघिल्तिर म । कानेखुसी गरेझैं मैले सोधेँ, ‘डाक्टरसाब ! यो क्यान्सर भनेको के हो ?’ विद्यार्थीलाई पढाएझैं डाक्टरसाबले बिस्तारै भने- कोषको असाधारण वृद्धि ।परिभाषालाई व्याख्या गर्न थाले, ‘शरीरको कुनै भागमा पलाएको, वा बढेको मासुको कोष शरीरको त्यही भागको मासुका कोषसँग मिल्दैन भने त्यो क्यान्सर हो मान्छेको शरीरमा बढ्ने एउटा कोष पनि कति खतरनाक ! सुईको टुप्पोले पार्ने प्वालमा मात्रै लाखौँ कोष अटाउँछन् भन्छन् उनी । यति सानो चिजले पनि व्यक्ति, समाज र सारा विश्वलाई नै असर पार्न सक्ला र ? डा. बुडाथोकी भन्छन्, ‘यो विश्वका लागि चुनौती हो । एउटा कोषको असाधारण वृद्धिले संसार हल्लाएको छ । विश्व स्वास्थ्य संगठनको प्रतिवेदनअनुसार क्यान्सरले प्रत्येक दिन २० हजार मानिस यमलोक जान्छन् ।


मेरा मनमा चिसो पस्यो । प्रत्येक दिनका अखबारका पाना क्यान्सरको उपचारका लागि सहयोगको याचनाले रंगिएकै छन् । संसारलाई पर छोडेर मैले बुढाथोकी डाक्टरसाबलाई नेपालकै क्यान्सर-खबर सोधेँ । गम खाँदै भने- नेपालमा ७० हजार क्यान्सरका रोगी छन्, प्रत्येक वर्ष ३० हजार नेपालीसँग क्यान्सरले नाता जोड्छ ।मैले बोल्न नपाउँदै उनले अर्को तथ्यांक राखे, ‘प्रत्येक वर्ष १५ देखि २० हजार नेपालीको क्यान्सरले मृत्यु हुन्छ ।बाबै ! मेरो मुटु काँप्यो । हैन, १० वर्षे सशस्त्र द्वन्द्वमा पनि जम्मा १३ हजार नेपालीले मात्रै ज्यान गुमाएका थिए । सशस्त्र लडाइँभन्दा पनि यो क्यान्सर पो भयानक रैछ । हामी बारम्बार द्वन्द्वको पीडाभन्दै छौँ । तर, यति भयानक पीडाबारे खोइ त चर्चा भएको ? यो कुरा आमनेपालीलाई थाहा छ होला त ?


म यस्तो मर्ने र मारिने दर्दनाक प्रसंगबाट उनको निजी जीवनमा फर्कें । दाङको घोराही नगरपालिका- ७, सेराईमा ३७ वर्षअगाडि जन्मेका रहेछन् प्रकाश बुढाथोकी । आफ्नो नामका अगाडि डा. झुन्डिएला भन्ने लागेकै थिएन रे उनलाई । साधारण परिवारको मान्छे, मेडिकल पढ्न सक्ने त आसै गरेको थिइनँ,’ बुढाथोकीले बाल्यकाल सम्झे । मिहिनेती र अब्बल विद्यार्थी प्रकाश नौ वर्षअघि डाक्टर भएर नेपाल र्फकंदा बल्ल थाहा भयो, ‘लौ, डाक्टर पो भइयो ।उनले सधैं छात्रवृत्तिमा पढे । कलेजको पढाइ होस् या भारतमा चकित्साविज्ञान पढ्दा, सधैं छात्रवृत्ति । अहिले पनि स्कलरसिपमै पढ्दै छु,’ अलिकति उत्साही स्वरमा चीनमा अध्ययन गरिरहेको जानकारी दिए उनले ।


प्रायः डाक्टरहरू राजधानीको खाल्डोभन्दा बाहिर जाँदैनन् । जोडतोडले उफ्रिहाले पनि विराटनगर, पोखरा, बुटबल । धेरै भए नेपालगन्जसम्म पुग्छन् । पहाडतिर त जाँदै जाँदैनन्, झन् गाउँघरसँग त एलर्जी नै हुन्छ डाक्टरसाबहरूलाई । सबैले यस्तो गुनासो गरेको पाइन्छ । त्यही जिज्ञासा राख्न मात्रै खोजेको थिएँ, फ्याट्ट भनिहाले, ‘नेपालका विभिन्न स्थानमा एक हजार १९ ओटा क्यान्सर उपचार शिविरमा पुगेको छु ।बाफ रे बाफ ! नौ वर्षमै यति धेरै शिविरमा ? नपत्याई सुखै पाइएन । पचहत्तरै जिल्लामा पुगेको छु,’ गर्वसाथ भने, ‘देशैभरि घुमेको छु ।एक हजार दुई सय १९ क्यान्सर शिविरमा उनले उपचार गरेका रोगीको संख्या त कति हो कति । पुनर्जीवन दिएका रोगीहरूको संख्यासमेत उनलाई ठ्याक्कै याद छैन ।


डा. बुढाथोकी पुगेका अधिकांश शिविर गाउँमै सञ्चालन भएका छन् । सहरमा त चार सयजति होलान्,’ डाक्टरसाबले मुस्कुराउँदै भने, ‘अरू सबै गाउँमै हुन् ।कस्तो छ त गाउँसँग क्यान्सरको नाता ? डाक्टरसाब एक्कासि मलीन भए । गाउँका पोकापुन्तुरा फुकाल्न थाले, ‘जनचेतना छैन, अशिक्षित छन्, गरिब छन्, रोगका बारेमा जानकारी छैन । स्वास्थ्य संस्थामा जाँदैनन्, कसैले जानकारी पनि दिँदैन ।गाउँको यथार्थ एकहोरो ओकल्न थाले, ‘अनि कस्तो भनूँ, म गाउँको अवस्था ?’ उनले उल्टै मैतिर फर्केर प्रतिप्रश्न गरे । डा. बुढाथोकी पहाडी जिल्लाका गाउँघरमा क्यान्सरको अनुहार ससम्झिँदा झस्किन्छन् रे । झन् सुदूरपश्चिमका गाउँघर सम्झँदा त डाक्टरसाबको ब्लडप्रेसर नै बढेर आउँछ । साँच्चिकै भयानक अवस्था छ,’ उनले गुनासो पनि गरे, ‘कसैले हेर्‍याछैन, सरकारले पनि वास्ता गरेको छैन ।


सुदूरपश्चिम मात्रै हैन अधिकांश पहाडी जिल्लाका गाउँघरमा क्यान्सर भएको थाहा पाए पनि उपचारै गराउँदैनन् रे ! महिलालाई श्रीमान्, सासू-ससुराको अनुमति चाहिन्छ, उनीहरू सामान्य अवस्थामा अनुमति दिँदैनन् । लाज मानेर पनि उपचार गराउँदैनन्,’ डाक्टरसाबले भेटाएको गुह्य कुरा भने । उनले एक रोचक प्रसंग कोट्याए । दुई वर्षअघि क्यान्सरसम्बन्धी शिविरकै क्रममा उनी रसुवा पुगेका थिए । त्यहाँ उनले एकजना महिलाको उपचार गरेछन् र शिविरमै औषधी दिएछन् । ती महिलाले औषधी त्यहाँ नखाएर घर लगिछन् । घरमा श्रीमान्, सासू-ससुरा र छिमेकी बसेछन् । धामीझाँक्री बोलाएर देउतालाई सोधेछन् । जब देउताले खाऊ भन्यो अनि मात्रै ती महिलाले औषधी खाइछिन् । यो कथा अर्को दिन तिनै महिलाले डाक्टरसाबलाई सुनाएपछि उनी बोल्नै सकेनन् रे ।


क्यान्सर क-कसलाई के कारणले लाग्छ भनेर मैले सोधेँ । महिलामा सबैभन्दा बढी स्तन र पाठेघरको क्यान्सर हुन्छ । पुरुषहरूमा मुख, घाँटी, फोक्सोको क्यान्सर । बालबालिकालाई रगत र आँखाको क्यान्सरले बढी सताउँछ । तर, कोही पनि समयमै उपचार गराउँदैनन् ।डाक्टरसाबले सुनाए,- ‘चौथो अर्थात् अन्तिम अवस्थामा मात्रै उपचार गर्न आउँछन् अनि मृत्युको विकल्प हुँदैन ।डाक्टरसाबका अनुसार अहिले एक सय किसिमका क्यान्सर देखिएका छन् । पुरुषमा हुने अधिकांश क्यान्सर सुर्ती तथा सुर्तीजन्य पदार्थको सेवनले हुन्छ । बालबालिकामा जेनेटिक क्यान्सर देखिएको छ ।


हलमा होहल्ला अलि बढी हुन थालेको थियो । म नजिकै सरेर सोधेँ, ‘महिलामा बढी कस्तो क्यान्सर देखिन्छ नि डाक्टरसाब ?’ ‘धेरै जनासँग यौनसम्पर्क गर्दा पाठेघरको क्यान्सर हुन्छ । असुरक्षित यौनसम्पर्क पनि क्यान्सरको अर्को कारण हो । टिनएज नकाट्दै (बीस वर्षमुनि) यौनसम्पर्क गरे क्यान्सरले झन् च्याप्छ ।डाक्टरसाबले सरसर्ती भने, ‘यौनसम्पर्क नगर्दा पनि क्यान्सर हुन्छ ।म झस्किएँ । कतै मैले गलत त सुनिनँ ? कान तीखो पारेर सुन्न प्रयत्न गर्दै मसिनो स्वरमा मैले फेरि सोधेँ, ‘साँच्चै हो डाक्टरसाब ?’ ‘हो, साँच्चै हो । टिनएज पारे गरेपछि यौनसम्पर्क नगर्ने हो भने क्यान्सर हुन्छ,’ चर्को स्वरमा उनले भने, ‘प्राकृतिक नियमविपरीतका हरेक कामले क्यान्सर निम्त्याँउछ ।डाक्टरसाब भन्दै थिए, ‘टिनएजपछि यौनसम्पर्क नगर्दा महिलामा स्तन र पाठेघरको मुखको क्यान्सर हुन्छ । शारीरिक सम्बन्ध नराख्दा पाठेघरको मुखको मासु चल्न नपाउने भएकाले क्यान्सर हुन्छ । अनि, स्तन चल्न नपाए स्तनको क्यान्सर हुन्छ ।‘ -फेसबुकमा आई एम भर्जिन, एन्ड एम प्राउड अफ इटभन्ने ग्रुपको यादले म फेरि झस्किएँ ।


 


कार्यक्रमकै बीचमा कुराकानी गर्ने मेसो मिलाएकाले समयको चाप बढ्दै गएको थियो । तैपनि, उपचारपद्धतिका बारेमा कुरा गर्न मन थियो । तर, डाक्टरसाहेब भने क्यान्सरविरुद्धको अभियानबारे चर्चा गर्न थाले । जहाँ गयो, त्यहीँ कार्यक्रम गर्न लगाउँदै क्यान्सरबारे जानकारी दिँदै हिँड्नु डाक्टरसाबको स्वाभाव नै बनिसकेको रहेछ । एक सय २० स्थानमा आफैंले कार्यक्रम गरे रे ! ४ फेब्रुअरी चिप्ले पनि त्यसकै अवसरमा डाक्टरसाबले नै कार्यक्रम गर्न लगाएका रैछन् । थोरै आक्रोश मिसाएर डाक्टरसाबले भने, ‘सरकार केही गर्न सक्दैन । उसलाई झाडापखाला, रुघाखोकी, जुका, दादुरा आदि-इत्यादिले छुट्कारा दिएकै छैन । क्यान्सरतिर कसरी लागोस् ?’


उनले आक्रोशको भाला युवातिर पनि तेस्र्याए, ‘अब पढेलेखेका हामीजस्ताले जनचेतना फैलाउनुपर्छ । आफ्नो वरिपरि जानकारी दिने, उपचार गर्न जाऔँ भनिदिने गरे पनि पुग्छ हलमा बज्ने थपडीसँगै उनको क्यान्सरसँगको अन्तरंग झांगिदै आयो । डाक्टरसाबले एउटा अर्को रोचक प्रसंग झिके । दुई वर्षअघि उनी क्यान्सर शिविरकै क्रममा मुस्ताङ पुगेका रहेछन् । उनले क्यान्सरपीडित ९२ वर्षीया वृद्धाको उपचार गरेछन् । उपचार गर्दा वृद्धाले भनिन् रे, ‘आम्मै ! मर्नुअगाडि डाक्टरसाप पो देखेँ । मर्न नदिने डाक्टरसाप पनि मान्छे नै हुँदा रैछन् ।उनै डाक्टरसाबले अहिले पनि ओठमा मन्द मुस्कान छरे । र भने, ‘हेरौँ न, हाम्रो अवस्था कति दर्दनाक छ ।


टिनटिन घन्टी बजेको थिएन । तैपनि, समय सकियो । उठ्नै लाग्दा डाक्टरसाबले थपे, ‘भाइ यो पनि लेख्नुस् । अब सरकार र एनजिओ-आइएनजिओको भर कति पर्ने ? हामीले पनि केही गर्ने हो कि ?’
क-कसले के-के गर्ने भन्ने तालिका बनाउन पाएको भए कति जाती हुन्थ्यो होला । तर, सामान्य उपचारपद्धतिका बारेमा पनि कुरा गर्नै नपाई छोटो समयले हामीलाई छुट्टनि आदेश दियो ।


साभार - Nayapatrika