आदरणिय कमल
!हजुरको चरणकमलमा शिर निहुराइ ढोग !!
अहिले यो ल्यापटपको सामुन्ने बसेर हजुरलाई पत्र कोरिरहदाको समय सम्मा आराम रहेको खबर सुनाउदै हजुर लगायत मेरो ति दुई कोपिला अनी सम्पूर्ण परिवारमा सधैं आरामा रहिनै रहोस भन्दै उनै दयालु भगवान श्री पशुपतीनाथ सँग प्रथाना गर्दछु । हजुर देखी सात समुन्द्र टाढा रहेकी हजुरको जिबन सङिनीको तर्फबाट यो प्रेम दिबसको उपहार स्वोरुप यही अक्ष्यर रुपी मायाले भरिएका भावनाहरुलाई सँगालेर पठाएकी छु । यसैलाई सबै कुरा मानेर स्विकार्नुस् ल ।हजुरबाट यसरी ताढिएको पनि झन्नै चार बर्ष लागि सकेछ । हाम्रो बाद्यता भनु या हाम्रो कम्जोरी सँगै बस्ने हाम्रो रहरहरुलाई सम्झौता गर्दै भोलिको सुनौलो भबिस्यको लागि हजुरले मलाई बिदेश जाने अबसर प्रदान गर्नु भयो । यो मेरो जिबनको धेरै नै ठुलो अनी अन्मोल अबसर भएको छ । हजुर बाट यसरी टाढा रहेर बस्नु पर्दाको हरेक पल मेरो लागि म्रुत्यु समान भये पनि मैले हासी हासी स्विकारेको छु । हाम्रो ति बल्ल फुल्न लागेका दुई कोपिलाको भबिस्यको लागि हजुरले आफ्नै स्थान बाट दु:ख गर्दै हुनुन्छ अनी मैले मेरो स्थान बाट । मैले हजुरको काधमा भएको त्यो ठुलो जिम्बेबरिलाई अलिकती काम गर्न सक्छु कि भन्ने सोचले नै मैले बिदेशिने इच्छा बनाएकी हुँ । मेरो इच्छालाई हजुरले शहर्स स्विकार गरी म प्रती गर्नु भएको आगाध विश्वासलाई कहिले पनि डग्मगाउन दिने छैन । हजुरले म प्रति गर्नु भएको त्यो ठुलो विश्वाश अनी माया नै मेरोको सक्तिले नै आज मैले केही हद सम्मा सफलता पाएकी छु ।हजुरले आफ्नु घर परिवारलाई रेखा देख गरी मलाई यसरी बाहिर बसेर काम गर्नु दिनु भएकोमा मेरो नजरमा हजुर धेरै नै आदरणिय हुनु भएको छ । मैले जसरी आफ्नु परिवारबाट विश्वास अनी माया पाएर काम गर्न पाउने महिला कम नै होलान । त्यही भएर मैले आफुले आफुलाई धेरै नै भाग्यमानी सम्झेको छु । मलाई थाहा छ म बाट छुट्टीएर एकलाई बस्नु पर्दाको पिडा हजुरले कसरी लुकाउनु भएको छ भन्ने । जब हजुरले मलाई फोन गर्नु हुन्छ या अन्लाईनमा कुरा गर्नु हुन्छ हजुरको हरेक शब्द पिच्छे पिडा लुकेको आभास हुन्छ मलाई । तर यस्तो भएको छ भनेर कहिले पनि भन्नु भएको छैन ।
किन कि हजुर कहिले पनि मलाई बिचलन भएको देख्न सक्नु हुन्न र सुन्न पनि सक्नु हुन्न । तर के गर्नु त खै बाबा !केही गर्छौ भनेर अगाडि बढी सके पछी बिच बाटोमा आएर पछाडि हट्ने काम पनि ता गर्नु भएन । केही पाउन केही गुमाउनु पर्छे रे भन्थे तर अलिकती पाउन पनि धेरै नै गुमाउने पर्ने रहेछ ।सुनेको छु बाबा ! कर्ममा लेखेको मात्रै पाईन्छ रे देखेको पाइन्न रे । शायद हाम्रो कर्ममा यस्तै लेखेको थियो होला आज नचाहेर पनि टाढा छौ । तर पनि केही छैन हामीले चाहेको त्यो समय आउन अब केही बर्ष मात्रै बाँकी छ । आशा गरौ हाम्रो भेट छित्तै हुने छ अनी हामी फेरी पहिलाको जस्ताइ रमाइलो अनी खुशीयाली जिबन बिताउन पाउने छौ ।हस त बाबा ! आफ्नु ख्याल गर्नु होला भन्दै हजुरबाट बिदा माग्ने अनुमती माग्दै बिदा हुन्छु । बिदा !!
उही हजुरलाई धेरै नै माया गर्ने
हजुरको जिबन सङिनीसंगिता घिमिरे
हाल इजरायल
नमस्कार, नमस्कार , नमस्कार
"मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे, रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे, दु:ख मा रुनु हुँदैन र सुखमा हास्नु हुँदैन रे, आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे, जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिली रहोस समयले जति नै टाढा पुर्याए पनि अबिरल यादहरु आईरहोस, पुरा होस तपाईंको मनको हरेक कामना ।।"
भगवान पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।
शिव जी
महादेव पार्वती र गणेश
राजा त्रिभुवनको अफिस
Nepal's First President
शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा
बैठक कोठा
राजगद्दी सिहासन
नारायणहिटी सङ्ग्राहालय
Monday, February 16, 2009
Subscribe to:
Posts (Atom)