NAMASKAR ,NAMASKAR

NAMASKAR ,NAMASKAR
WELCOME MY BLOG VIEWERS

THINK WE ARE SAME

Photobucket

नेपाली समय

"शादा जीबन उच्चा बिचार"

"शादा जीबन उच्चा बिचार"
NEPALI FLAG

नमस्कार, नमस्कार , नमस्कार

"मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे, रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे, दु:ख मा रुनु हुँदैन र सुखमा हास्नु हुँदैन रे, आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे, जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिली रहोस समयले जति नै टाढा पुर्याए पनि अबिरल यादहरु आईरहोस, पुरा होस तपाईंको मनको हरेक कामना ।।" भगवान पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।

शिव जी

शिव जी
HINDU RELIGION

महादेव पार्वती र गणेश

महादेव पार्वती र गणेश

राजा त्रिभुवनको अफिस

राजा त्रिभुवनको अफिस








Nepal's First President

Nepal's First President
Ram Baran Yadav

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

बैठक कोठा

बैठक कोठा

राजगद्दी सिहासन

राजगद्दी सिहासन

नारायणहिटी सङ्ग्राहालय

नारायणहिटी सङ्ग्राहालय
२०६५ देखी सर्बसाधारणलाई खुल्ला गरिएको हो ।

Friday, February 13, 2009

मनाउनुस् भ्यालेन्टाइन मज्जाले







भ्यालेन्टाइन डे कसरी मनाउने, प्रेमीप्रेमिकालाई के भन्ने, कहाँ जाने भन्नेबारेमा तपाईं चिन्तित हुनुहुन्छ ? भ्यलेन्टाइन डे मनाउनका लागि केही टिप्सहरु:
गफ गर्न मिल्ने स्थान रोज्नुहोस् : आफ्नो जोडीसँग कहाँ घुम्न जाने भन्नेबारेमा चिन्तित हुनुहन्छ ? धेरै हल्ला हुने रेस्टुरेन्टमा जाँदा पनि तपाईं आफ्नो प्रेमीप्रेमिकासँग भावनात्मक गफ गर्न सक्नुहुन्न । आत्मीय बन्न पनि सक्नुहुन्न । त्यसैले शान्त वातावरण भएको स्थान राज्नुहोस् ।
प्रेमलाई ट्रयाकमा राख्नुहोस् : अचाहेरै पनि भेटघाटको अवसरमा नकारात्मक पक्ष देखापर्छन् । कतिपय जोडीको भ्यालेन्टाइन डेकै अवसरमा नराम्रो झगडा परेको छ । आफ्नो प्रेमीप्रेमिकालाई गल्तीले पनि त्यो दिन आलोचना नगर्नु राम्रो हुन्छ । झुक्किएर बोलिहाले पनि एउटा नकारात्मक कुराको बदलामा पाँचवटा सकारात्मक कुरा भनेर सच्चाउनुहोस् । प्रेमीप्रेमिकालाई केही नकारात्मक कुरा भनेमा त्यसको असर कम गर्न, उसका सकारात्मक कुरा पनि भन्नुपर्छ ।
प्रंशसा गर्नुहोस् : प्रेम गर्न प्रेमदिवस नै चाहिन्छ भन्ने त होइन । तर, भ्यालेन्टाइन डेका अवसरमा गरिएका प्रशंसा तथा प्रेमको अभिव्यक्तिले थप ऊर्जा दिन्छ । 'म तिमीलाई प्रेम गर्छु' भन्ने वाक्य जति पुरानो भए पनि प्रेमीप्रेमिकाका लागि उति नै कर्णपि्रय हुन्छ । भ्यालेन्टाइन डेको दिन 'म तिमीलाई प्रेम गर्छु, संसारमा तिमी मेरा लागि सबैभन्दा सुन्दर व्यक्ति हौ' भन्न नबिर्सिनुहोला । प्रंसशा गर्दा भएनभएका प्रशंसा भने नगर्नुहोला । यस्तो प्रशंसाले प्रेमीप्रेमिकालाई असहज महसुस हुन सक्छ ।
सजह कुराकानी गर्नुस् : भ्यालेन्टाइन डेको अवसर भनेर केही असहज महसुस गर्नुपर्दैन । सहज तरिकाले कुराकानी गर्नुहोस् र बढी आत्मीय बन्ने प्रयास गर्नुस् । अन्य कुराभन्दा आफ्नो प्रेमीप्रेमिकाको प्रसंगलाई ध्यान दिएर कुरा गर्नुस् ।
प्रेमालाप अत्यावश्यक हुन्छ : अन्य दिनमा पनि एकअर्कामा प्रेम त अवश्य हुन्छ । तर, भ्यालेन्टाइन डेको अवसरमा प्रेममा विशेष मसला थप्नुहोस् । अन्य दिनभन्दा धेरै समय प्रेमीप्रेमिकाको आँखामा हेर्नुस् । यसको अनुभव एकअर्कालाई सुनाउनुहोस् ।
हाँस्न नबिर्सनुस् : एक सर्वेक्षणअनुसार प्रत्येक दसमा दुई व्यक्ति मात्र कुराकानीको क्रममा हाँस्छन् । त्यसैले आफ्नो कुराकानीलाई रमाइलो र हाँसो उठ्दो बनाउनुस् र तपाइर्ं पनि हाँस्नुहोस् । हाँस्दा प्रेमीप्रेमिकाको नजिक बस्नुस् । प्रेमिप्रेमिकालाई छुनुहोस् ।
अपरिचितजस्तो अभिनय गर्नुस् : बारम्बारको भेटघाट र घुमघामको रोमान्स मलिनो हुन सक्छ । त्यसैले सुरुमा प्रेममा पर्दाको जस्तो अभिनय गर्नुस् । प्रेमीप्रेमिकाका आँखामा हेर्दाको रोमान्टिक अनुभव नर्बिसनुस् । प्रेममा रोमान्स थप्न यो आफ्नो पहिलो डेट भएको अभिनय गर्नुस् ।
मूल्य नर्बिसनुस्: भ्लेन्टाइन डे मनाउने स्थानको शुल्क, कार्डको शुल्क हेर्न नबिर्सनुस् । आफ्नो गच्छेभन्दा धेरै खर्च गरेर भ्यालेन्टाइन मनाउँदा प्रेमसम्बन्ध एक दिनको सम्बन्धमा मात्र सीमित होला ।



प्रेमदिवस र प्रेमको मूल्य

रोमको सम्राट क्लाउडिएस द्वितीय क्रुर र युद्धप्रेमी थिए । लडाइँ, रक्तपात र राजनीतिक जालझेलबाट आजित र थकित रोमन युवाहरू सेनामा भर्ती हुन चाहिरहेका थिएनन् । विश्व-विजयको मात्रै सपना देख्ने रोमन सम्राटहरूका लागि सैन्यफौजको विशालताले सबभन्दा बढी महत्त्व राख्थ्यो । यो उनीहरूको अधिनायकत्वको दबदबा, सत्ता-सुरक्षा, पुरुषत्व तथा प्रतिष्ठाको मापदण्ड थियो । तर, यसरी क्लाउडिएसको विशाल सेना बनाउने अभियान बिथोलिएको थियो । क्लाउडिएसको दूर्बुद्धिले परिवार, श्रीमती वा प्रेमिकाको मायाका कारण रोमन युवाहरू सेना हुन मानिरहेका छैनन् भन्ने ठान्यो । त्यो मूढ अधिनायकलाई विवाहमा प्रतिबन्ध लगाइदिने हो भने समस्या हल हुन्छ भन्ने लाग्यो र उसले विवाह नगराउन चर्चहरूलाई उर्दी जारी गर्‍यो । अब तरुण मुटुहरू तरबारको बलमा गरिएको प्रेमको यो निषेधमा परेर जल्न थाले । हावा, पानी र अन्न जत्तिकै अनिवार्य प्रेमबाट वञ्चित हुन पुगेको त्यो युवापुस्ताले विकल्प खोजेन होला भन्नचाहिँ सकिन्न किनभने जीवनको गतिलाई कसैले रोक्न सक्दैन । तर, सामान्य आवश्यकताका लागि पनि असामान्य कदम चालिरहन सामान्य नागरिकका लागि सधैं सम्भव नहुन सक्छ । यस्तो भयावह र निराशपूर्ण वातावरणमा पादरी भ्यालेन्टाइन र मेरिएसले गोप्य रूपमा विवाह गराउन थाले । यो एक प्रकारको विद्रोह थियो, प्रेमसत्ताका लागि । इतिहासमा हरेक विद्रोहीको नियति जे हुन्छ, अन्ततः त्यही भयो भ्यालेन्टाइनको जीवनमा पनि । उनले गरेको अवज्ञाको सुइँको पाउनासाथ उनलाई मृत्युदण्डको सजाय सुनाइयो । जेलमा उनलाई भेट्न आउने शुभचिन्तकहरूमा जेलरकै छोरी पनि थिइन् । उनीहरूबीच प्रेम थियो या थिएन भन्ने निधो नभए पनि आफ्नो मृत्यु हुने दिन अर्थात् १४ फेब्रुअरी, २६९ सन्मा उनले जेलरकी छोरीको नाउँमा यौटा छोटो पत्र छोडे, जसमा उनले 'तिम्रो भ्यालेन्टाइनबाट तिमीलाई धेरैधेरै माया' लेखेर हस्ताक्षर गरेका थिए । उनको मृत्युपछि हरेक साल १४ फेब्रुअरीमा सेन्ट भ्यालेन्टाइन्स डे अर्था्त प्रेमदिवस मनाउन थालियो । प्रेमदिवसको कथा भने पनि, इतिहास भने पनि, किम्बदन्ती भने पनि मोटामोटी रूपमा यत्ति हो । यो दिन विशेषतः प्रेम अभिव्यक्त गर्ने पर्व या अवसरका रूपमा मनाइन्छ । प्रेम खास समय, खास मौका, खास तिथिमा र खास तरिका एवं सामग्रीद्वारा मात्रै अभिव्यक्त हुँदैन । कार्ड, फूल तथा उपहार मात्रै प्रेमका प्रतीक होइनन् । नेपाली सहरिया समाजले यो पर्व मनाउन थालेको धेरै भएको छैन । यसलाई एकथरीले नेपाली संस्कृतिमाथि ठाडो अतिक्रमण भने पनि यो नयाँपुस्ताको स्वतन्त्रता खोजीका विभिन्न आयामहरूमध्ये एक हो । यसको सकारात्मकता यसले प्रदान गर्ने अभिव्यक्ति स्वतन्त्रताको अवसर पनि हो, जो पुरानो सामाजिक संरचनाअन्तर्गत सम्भव छैन । मनका भावना, चाहे ती प्रेम सम्बन्धित हुन्, या युद्ध सम्बन्धित, सबैले व्यक्त हुन पाउनुपर्छ ।


स्रोत : एजेन्सी साबार नयापत्रिका