NAMASKAR ,NAMASKAR

NAMASKAR ,NAMASKAR
WELCOME MY BLOG VIEWERS

THINK WE ARE SAME

Photobucket

नेपाली समय

"शादा जीबन उच्चा बिचार"

"शादा जीबन उच्चा बिचार"
NEPALI FLAG

नमस्कार, नमस्कार , नमस्कार

"मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे, रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे, दु:ख मा रुनु हुँदैन र सुखमा हास्नु हुँदैन रे, आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे, जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिली रहोस समयले जति नै टाढा पुर्याए पनि अबिरल यादहरु आईरहोस, पुरा होस तपाईंको मनको हरेक कामना ।।" भगवान पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।

शिव जी

शिव जी
HINDU RELIGION

महादेव पार्वती र गणेश

महादेव पार्वती र गणेश

राजा त्रिभुवनको अफिस

राजा त्रिभुवनको अफिस








Nepal's First President

Nepal's First President
Ram Baran Yadav

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

बैठक कोठा

बैठक कोठा

राजगद्दी सिहासन

राजगद्दी सिहासन

नारायणहिटी सङ्ग्राहालय

नारायणहिटी सङ्ग्राहालय
२०६५ देखी सर्बसाधारणलाई खुल्ला गरिएको हो ।

Tuesday, June 23, 2009

के पायौ त ख्याति





Voflt >]i7


          s] kfof} Voflt


                                     ljhos'df/ >]i7,wflbË,xfn O{/fsaf6


cwDo ;xf; lnP/ cufl8 a9]sf lyof} Voflt kf}/v b]vfp5' elg


s;nfO{ s] yfxf lyof] / kfkLsf] gh/df lzsf/sf] lt/ aG5f} elg ..


 


wgsf] Kof;df 68\lkPsf Kofl;x?n] km;fO{ nUof] cGt/jftf{ 5 elg


nf]stGqsf] k|lKtn] lbPsf] ;jn zflGt ;'/Iffsf] lg;fgL xf] egf} cgL .. ..


 


wgsf] nfedf ljZjf; x/fpb} uPsf] 5 g/eIfL ;dfhdf cfh ef]nL


g t ;fly g} eg] g t z'e lrGts g} eg] Hofg lng yfn] ugL ugL .. .. ..


 


gofF kl/jt{gsf] lahf/f]k0f t eof] zflGt ;'/Iffsf] cefjsf] eof] sdL


g]kfnL hgtfn] nf]stGqsf] ;'?jftdf g} 8/ qf; eGbf c? s] kfP cgL .. .. .. ..


 


hfnL km6fxfx?n] xfl;n u/] nf]stGqn] lbPsf] lzIffsf] klxnf] kf7 xf] egL


n'6kf6,xTof,lkm/f}tL / ckx/0f eGbf gofF g]kfndf g]kfnLn] s] kfof} t cgL .. .. .. .. ..


                           ;dfKt .. .. .. .. ..


 


अब कहिले आउँछ्यौ नानू !


 


 


 
अब कहिले आउँछ्यौ नानू !


 


"तिमी पनि जान लाग्यौ नानू !" बाबाको अनुहार एकदम दयनीय कारुणिक थियो निरीह थिए आँखा ओठ पनि कैयौँ दिनपछि पहिलोपल्ट खुल्दै गरेका जस्ता थिए जहाँबाट आएर पनि सधै बस्ने उहाँको त्यही एउटा विशेष ठाउँ थियो, जहाँ आज पनि एकोहोरो टोलाएर बस्नुभएको थियो यस्तो आवाज थियो उहाँको, मैले केही बोल्नै सकिनँ त्यसै जीउ लल्याकलुलुकजस्तो भयो, मन चिसो भयो शरीरभरि अनौठो तरङ्ग कुद्यो
सधै टन्न भरिएको जस्तो लाग्ने त्यो घर त्यहाँका चोटाकोठाहरू आज रित्तो सुनसानजस्ता थिए सरसामानले अस्तिजस्तै भरभिराउ घर तर रित्तो खाली थियो जता हेर्‍यो, उतै केही नभएजस्तो छरछिमेकमा बोलेका आवाज सबै दौडेर आएर हाम्रै घरमा पसिरहेझैँ लाग्थ्यो, भिरालोमा बगेको पानीझैँ
जीवन कति सामान्य कुरा रहेछ, कति कफल्लो ! मनका पत्रैपत्रहरूमा बाँधिएको यो तर ससाना कुराहरूले भरिए को लाग्ने कति डर लाग्थ्यो हामीलाई बाबाको उपस्थिती , अनुहार आवाज घरैभर, टोलैभर एउटा डरलाग्दो व्यक्तित्व थियो उहाँको बाबाले सुन्ने गरी हामी कोही बोल्दैनथ्यौँ आमाकै वरीपरी लुटुपुटु गथ्र्यौं सधैँ हाम्रा हरेक मागहरू आमामार्फत पुग्थे बाबासम्म कहिल्यै आफ्नो अगाडि उभ्याएर केही सोध्नु पनि भएन उहाँले बाबालाई बसेका ठाउँमा चियाखाजा पुर्‍याउन पनि 'तँ जा, तँ जा' गथ्र्यौं हामी दिदीभाइ
एक थप्पड कुट्नुभएको थिएन, एक शब्द गाली गर्नुभएको थिएन मागेका कुनै कुराको अभाव अनुभव गराउनु भएको थिएन तर त्यसै डर लाग्थ्यो हामीलाई बाबाको उपस्थिति बाबा घरमा भएका बेला हामीले कहिल्यै ठूलो स्वरले बोलेको थाहा छैन हामीजत्तिकै नभए पनि डराएकै देख्थ्यौँ आमालाई पनि हामी साना केटाकेटी थियौँ तर आमा किन डराउनु हुन्थ्यो होला ! कहिल्यै आमाबाबाको पनि बाझाबाझ झगडा भएको थाहा पाएनौँ तैपनि आमा त्यत्तिकै दबिएकी, डराएकी देखिनुहुन्थ्यो हामी हुर्किंदै, बढ्दै गएपछि विस्तारै बाबाको नजिक पर्दै गयौँ बाबाले पनि हामीलाई सोधखोज गर्न थाल्नुभयो हाम्रो पढाइबाहेक बाबाले हामीसँग अरू कुनै कुरामा सोधखोज गर्नु भएन
एसएलसी उत्तीर्ण गरेपछि पालैपालो भाइ घरबाट टाढा भयौँ घरबाट टाढा भए पनि आमाबाबाको सम्पर्कबाट ओझेलमा थिएनौँ भाइ त्यति वास्ता गर्दैनथ्यो घरको तर मलाई किन किन साह्रै याद आइरहन्थ्यो घर सबैभन्दा धेरै माया लाग्थ्यो आमाको, डरसँग मिसिएको जस्तो माया लागिरहन्थ्यो बाबाको पनि आफू जन्मेको-हुर्किएको ठाउँ, साथी-छरछिमेकीको सम्झना कसलाई आउँदैन ! तर, माध्यमिक शिक्षा पूरा गरेपछि सदाका लागि छोडिँदो रहेछ घर फेरि कहिले रहरले पनि, इच्छाले पनि घरमा बस्न नपाइँदो रहेछ घर छोडिदाखेर छोडिदा रहेछन् सबै आफ्ना प्रिय वस्तुहरू विस्तारै अनुभव हुदै गयो, घरसँगै आमा छोडिनुभयो, बाबा छोडिनुभयो, आफ्ना रहरलाग्दा प्यारा सरसामानहरू छाडिए डेराको बास भयो, सधै अभाव असुविधाको जीवन सुरु भयो
छुट्टीमा छोटो समयका लागि घर जाँदा आमा भन्ने गर्नुहुन्थ्यो, "तिमीहरू अब ठूला भयौ, घर छोडिहाल्यौ काखै रित्तो भएजस्तो लाग्छ यत्रो घर , यत्रा सरसामान छन्, तिमीहरूकै लागि भनी भेला गरििदएका कैयौँ चीजहरू छन् हेर ! अब यी सबै बेकामे भए सुनसान लाग्छ घर बिरानो हुन्छ मन बोल्ने साथी पनि कोही हुँदैन तिमीहरूका बाबाको कुनै ठेगान छैन, कहिले कहाँ, कहिले कहाँबाट फोन गर्नुहुन्छ प्रायः एक्लै बस्नुपर्छ यस घरमा, अनाथजस्तो तँ बरू छुट्टीमा पनि आउँछेस्, तेरो भाइ झन् के भा'को ! छुट्टीमा पनि उतै घुमेर बिताउँछ कहिलेकाहीँ मनमा विरक्त लागेर आउँछ यत्रो जीवन, त्यसै बितेछ यही घर आँगनको संसारमा
आमाका कुरा सुन्दा त्यसै त्यसै मन अमिलो भएर आउँथ्यो तर आमाको मायाले हामीले आफ्नो भविष्य बिगार्नु हुने थिएन, हामीलाई उहाँहरूले नै त्यसो गर्न पनि दिनुहुने थिएन
बाबाप्रति पनि गुनासा थिए आमाका: "तिमीहरूका बाबा साह्रै अनौठा हुनुहुन्छ मनका कुरा कहिल्यै नखोल्ने ! जतिबेला पनि कुरैकुराले भरिएको बाकसजस्तो बोल्नै डरलाग्दो कहिल्यै कडा स्वरले नबोलाए पनि मनमा गह्रौँ त्रास बोकिरहनुपर्ने ! स्वतन्त्रताको बोध हुनै सक्दैन केही कुराले जतिबेला पनि थिचिरहेजस्तो यस्तै डरले मैले कहिल्यै पनि आफ्ना रहरका कुराहरू गर्न सकिनँ मन लागेको खान लाउन सकिनँ कुनै कुराको अभाव नदेखिए पनि मलाई यो सम्पन्नताको अनुभूति हुनै सकेन नानी ! तिमीहरू जन्मेपछि तिमीहरूसँगै खेले। आफ्ना सबै रहर खुसीहरू तिमीहरूमा मिसाएँ अब तिमीहरू पनि छैनौ, तिम्रा बाबा मलाई कहिल्यैै पल्टाउन नसकिने ढुङ्गोजस्तो लाग्नु हुन्छ "
अनौठो थियो आमाको अनुभूति बाबाप्रति हामीलाई पनि त्यस्तै हुनुहुन्थ्यो बाबा तर, गाउँ-समाजमा उहाँको उपस्िथति विशिष्ट थियो एक असल समाजसेवीका रूपमा चिनिनुहुन्थ्यो
मेरो बिहे भइसकेपछि एकदिन बाबाले पहिलोपल्ट गम्भीर भएर बोल्नुभो ! "नानी ! अब तिमीमा ठूलो जिम्मेवारी आएको पराइघरमा धेरै असुविधाहरू हुन्छन् तिमी जहाँ पुगे पनि, जस्तै अप्ठ्यारो परे पनि, यो घर तिम्रो हो, यहाँ भएका सबै कुरा तिम्रै हुन्, चाहिएको जे पनि आफ्ना लागि प्रयोग गर्न सक्छ्यौ निर्धक्क आमासँग भन्नू लिनू !" त्यस दिन साह्रै भावुक भएकी थिएँ बाबाले मलाई कति माया गर्नु हुँदोरहेछ भन्ने थाहा पाएँ आँखाभर आशु भरिए भन्नु भो, "छोरीका कमजोरी भनेका यिनै आँसु हुन् यिनलाई लुकाउन सिक आँसुले सधै हेप्छ, मनलाई दरो बनाउनू अब तिमी नयाँ संसारमा जीवनयुद्ध गर्न जाँदैछ्यौ "
साँच्चै नै एकाएक मन दरोजस्तो भयो मेरा लागि बाबा लोग्ने दुइटा दरा अभिभावक थिए रोजेको लोग्ने पाएकी थिएँ बाबाले असहयोग गर्नुहोला भन्ने कत्रो डर थियो मनमा तर उहाँले सहजै स्वीकारी दिनुभएको थियो आमामार्फत बाबाका कानमा पुगेको मेरो प्रस्ताव एकाएक विवाहमा परिणत भएको थियो त्यसै दङ्ग परेकी थिएँ
तर, एकदिन आमाको कुराले अचम्मित भएँ उहाँले भन्नु भो, "छोरी ! बाबु भए पनि, लोग्ने भए पनि लोग्नेमान्छे भनेको लोग्नेमान्छे नै हो उनीहरूमा हामीमा जस्तो हार्दिकता हुँदैन संसार घुमिरहने स्वच्छन्द तिनीहरू अनेकौँ स्वभावले रङ्गिएका हुन्छन् तिमीहरूले देख्दा कहिल्यै केही नभन्ने तिमीहरूका बाबाले पनि मलाई कति दुःख दिनु भएको यो मन कहिल्यै खुसी छैन, प्रसन्न छैन जहिले पनि जेलमा परेको जस्तो लागिरहन्छ एउटा सानो घेरामा थुनिएर संसार हेर्दाहेर्दै बित्यो जिन्दगी "
आमाका आँखा भरएिका थिए रोइहालेको जस्तो देखिएको थियो अनुहार गला अवरुद्ध थियो उहाँको भन्नुभो, "यो जीउ स्वस्थ रहेसम्म मात्र हुन्छन् लोग्नेहरू आफ्ना जीउले साथ दिन छोडेपछि साह्रै गाह्रो नानी तिनीहरूको माया पाउन रोगी भएकी छु भित्रभित्रै सारा संसारको ख्याल गर्ने तिम्रा बाबा मेरो उपचारका लागि एकछिन पनि समय निकाल्नु हुन्न महिनौँ भइसक्यो दिनदिनै असक्त हुँदै गएको घरबाहिरको संसारै देख्न पाइएन, आफ्नो भन्ने अलग्गै सम्पत्ति रह्यो सदा टाट्नामा बाँधेको बाख्रोजस्तो, हालिएको घाँस खाएर आइयो आज शरीर भरी लुगा गहना भरभिराउ छन् तर पोल्टामा एक पैसो छैन "
आमाका कुराले शरीर भरिको मासु थरथरायो कहिल्यै कल्पना नगरिएको कुरा भन्दै हुनुहुन्थ्यो आमा देखिएको सुखभित्र दबिएको दुःखको डरलाग्दो चित्रण थियो बाबाको अनुहार टाटैटाटा परेको ढोँगी लोग्नेमान्छेजस्तो लाग्यो मनमा कताकता रसिजस्तै उठेर आयो महिलावादी दिदीहरूले भन्ने गरेका पुरुषविरोधी विचारहरू सत्यजस्ता लाग्दै गए सम्झेँ, रमेशलाई उसको अनुहारमा पनि बाबाकै रङ देखियो त्यस्तो माया लाग्ने लोग्ने पनि एकछिन छाया परेको अनुहारमा फेरयिो
बाबाले मेरो अनुहार नहेरी सोध्नुभएको थियो निहुरनिुभएको थियो उहाँ पढेजस्तो गररिहेको हातको पत्रिका भुइँमा खत्रक्क खसेको थियो भनेँ, "हो बाबा ! अब जान लागेकी ज्वाइँको पनि अफिसबाट फोन आएको आएकै नानीको पनि पढाइ धेरै छुटिसक्यो मैले पनि अब तीन महिनाभित्र थेसिस् बुझाइसक्नुपर्छ "
निकैबेर केही बोल्नुभएन लामोलामो सास फेरेजस्तो देखियो टाउको नउठाएरै भन्नुभो, "श्यामले दुई-चार दिन छुट्टी लिएर बसेकै भए पनि हुने पनि हतारएिर हिजै हिँड्यो उसको पनि नानीको पढाइ छुट्यो रे, बुहारीको जागिर बित्यो रे ! उसकै पनि थुप्रै कक्षाहरू छुटे रे " केही बोलिनँ मनभित्र अव्यवस्िथत बजार भरएिको थियो यसो नियालेर हेरेको, तपतप झररिहेका थिए उहाँका आँखाबाट आँसु भुइँमा त्यस्तो कडा मान्छे, आज आँखैआँखा बगिरहेको देखेँ अवरुद्ध स्वरमा एक्लै बरबराएझैँ गर्नुभो, "तिमीहरूकी आमा साह्रै सोझी भनेको तर पापी रहिछ, त्यसले मलाई जीवनमा कहिल्यै आफ्नो ठानिन कहिल्यै उसले आफ्नो मनको कुरा भनिनँ जहिले पनि मेरै कुरा मात्र सुनिरही, मानिरही आफ्ना रहर, इच्छा, आवश्यकता केही भनिन मैले नै बुझेर जे-जे दिएँ, त्यही त्यहीमा रमाएजस्तो गरछि सोझो मान्छे, उसले मलाई यत्रो धोका दिएको कसरी जान्नू ! त्यत्रो बिमार लागेको रहेछ, कसरी खप्न सकेकी ? किन एकपल्ट पनि नभनेकी ? सुरुमै थाहा पाएको भए जति पैसा खर्च गरेर पनि निको पार्ने थिएँ संसार घुमाउने थिएँ, उसका लागि यो सारा सम्पत्ति उडाउने थिएँ मलाई किन चाहिएको थियो यो सम्पत्ति ? तिमीहरू सबै आफ्नो खुट्टामा उभिएकै थियौ... बालखैमा आमा मरिन सौतेनी आमाको रुखो व्यवहारमा हुर्किएको जहिले पनि आमाको मायाको रहर लाग्थ्यो तिम्री आमालाई कहिलेकाहीँ आमाजस्तै ठान्थेँ कहिल्यै केही भन्दिनथेँ उसको चित्त दुख्ला भन्ने लागिरहन्थ्यो तर, उसले मसँग मन खोल्नुपर्ने नि ! एकैचोटि त्यत्रो रक्तश्राव भयो, पहिल्यैदेखि हुँदोरहेछ नि, किन खपेकी त्यसले ? उपचार हुनै सकेन "
च्याप्प अँगालो हालेर रुन मन लाग्यो आँसु थाम्नै सकिनँ आमाप्रति बाबाको त्यत्रो माया कठै ! आमाले कहिल्यै थाहा पाउनुभएन एकाएक अत्यधिक रक्तश्रावबाट आमाको निधन भएको समाचारले हामी स्तब्ध भएका थियौ। अनेक गरेर प्लेनको टिकट मिलाइदिए साथीहरूले घाटमै मात्र भेट्यौँ आमाको शवलाई सबै थोक सकिएको थियो, त्यही रुन बाँकी थियो, रोयौँ दिदीभाइले एकअर्कालाई अँगालो हालेर
आमाको काम सकिएको पन्धौँ दिनमा भाइ आफ्नो परविारसहित हिँडेको थियो दुई दिनपछि हिँड्न लागेकी थिएँ रमेश हतार गररिहेको थियो तल
एकदिन रमेशले कुरैकुरामा भनेको थियो, "बाबाको ब्लडप्रेसर , डाइबेटिज , केही गरी बाबा तलमाथि भइहाल्नुभो भने आमालाई चाहिँ हामी नै ल्याउनुपर्छ है शोभा !" त्यो दिन रमेशलाई हेरेर साह्रै भावुक भएकी थिएँ
...तर, आज ?
मलाई हिँड्नु कि बस्नुभयो
विस्तारै भन्नु भो बाबाले, "जाऊ बाबु जाऊ ! तिमीले जानैपर्छ जीवनलाई रोक्न सकिँदैन भविष्यका विरुद्ध हिँड्नु हुँदैन "
त्यत्तिकै उभिइरहेँ थप्नुभो, "आमा थिई आइरहन्थ्यौ अब पनि छैन, केका लागि आउँछौ होला ! यो सबै सिर्जना तिमीहरूकै आमाको रहेछ, गई, सबै गयो "
बसेको ठाउँबाट उठेर बाथरुमतिर लाग्नुभो, उभिएकै ठाउँमा टुक्रुक्क बसेँ

तल रमेश कराइरहेको थियो, "शोभा ! छिटो गर , गाडीले हतार गरिरहेछ "

 

साभार  पत्र पत्रिकाबाट