2009-03-01,Sunday
चिम्पान्जीले आपसमा चुम्बन साटासाट गर्छन्, स्यालले एकअर्काको मुख चाट्छन्, हात्तीले पनि आफ्नो सुँड एकअर्काको मुखमा दिन्छन्
भनिन्छ, 'चुम्बन प्रकृतिले रचेको सुन्दर जुक्ति हो, आपसी संवाद निरर्थक हुँदा त्यसलाई पन्छाउन चुम्बन गरिन्छ ।' पछिल्ला खोजअनुसन्धानबाट के पत्ता लागेको छ भने आपसी प्रेम प्रकट गर्न गरिने चुम्बनले एकअर्कासँग नजिकिन चाहने दुई प्रेमीको प्रेममा गहिराइ ल्याउने मात्र नभई इन्दि्रयहरूमा कयौं मिश्रति संकेतहरू पनि पुर्याउँछ । अमेरिकाका एक अनुसन्धाता वैज्ञानिकले खोजबाट के पाए भने, चुम्बनका वेला जोडिएका ओठहरूले इन्दि्रयलाई सक्रियता अथवा रफ्तार त दिन्छन् नै, साथसाथै यिनले हाम्रो जोडीसँग दीर्घकालीन सम्बन्ध उपयुक्त होला कि नहोला भन्ने कुराको तीक्ष्ण संकेत पनि दिन्छन् । वैज्ञानिकहरूले सिकागोमा आयोजित एउटा सम्मेलनमा भने, 'पुरुषको र्यालमा रहेका रसायन उसको प्रजनन् क्षमता तथा स्वास्थ्यसम्बन्धी संकेत हुन् । सायद, यही कारणले अक्सर पहिलो चुम्बन आखिरी चुम्बन पनि हुने गर्दछ ।' अमेरिकन एसोसिएसन फर द एड्भान्समेन्ट अफ साइन्सको वाषिर्क सम्मेलनमा रुटगर्स विश्वविद्यालयका हेलन फिसरले भने, 'चुम्बन एउटा शक्तिशाली क्रिया हो, त्यसैले यो संसारमा जहाँ पनि प्रचलित छ,' उनले भने, 'संसारभरिका लगभग ९० प्रतिशत मानिसले आफ्नो प्रेम अभिव्यक्त गर्न चुम्बन गर्छन् ।' फिसरले अगाडि भने, 'चुम्बन गर्ने चलन जनावरहरूमा पनि यही स्तरमा पाइन्छ । चिम्पान्जीले आपसमा चुम्बन साटासाट गर्छन्, स्यालले एकअर्काको मुख चाट्छन्, र हात्तीले पनि आफ्नो सुँड एकअर्काको मुखमा दिन्छन् ।' फिसरको मान्यता के रहेको छ भने, चुम्बन गर्नु सम्बन्ध वा आत्मीयताको गहिराइ थाहा पाउने एउटा तरिका हो । चुम्बन गर्ने वेलामा हामीले एकअर्कालाई छुनुको अलावा महसुस पनि गर्न सक्छौँ । चुम्बन-प्रक्रियाका वेला हाम्रो दिमागको एउटा ठूलो हिस्सा जग्मगाउँछ । फिसरले भने, 'चुम्बन वास्तवमा आपसी प्रेम कत्तिको छ भनेर थाहा पाउने तरिका हो, जुन सकारात्मक अथवा नकारात्मक पनि हुन सक्छ ।' एक अध्ययनअनुसार, ६६ प्रतिशत महिला र ५९ प्रतिशत पुरुषले पहिलो चुम्बनबाटै सम्बन्ध तोडिदिएका थिए । उनीहरूका लागि त्यो चुम्बन 'किस अफ डेथ'बराबर सावित भयो ।
चुम्बनका तीन रहस्य

डाक्टर फिसरको तर्क के छ भने चुम्बनले मस्तिष्कमा विशेष गरी तीन बिन्दुहरूमा तेजी ल्याउनमा मद्दत गर्छ । पहिलो, पुरुषको र्यालमा पाइने रसायनको कारण उसले आफ्नो जोडीमा सेक्सको इच्छा प्रवल बनाउँछ । दोस्रो, चुम्बनले प्रेमको माहोललाई रोमान्टिक बनाउँछ र तेस्रो तथा सबभन्दा महत्त्वपूर्ण कुरा, चुम्बनले आपसी सम्बन्धलाई मजबुत पार्न मद्दत पुर्याउँछ । यो अनुसन्धान गर्नका लागि १५ जोडी युवायुवतीलाई सामेल गराइएको थियो । यिनीहरूलाई दुई वर्गमा बाँडिएको थियो र एउटा वर्गलाई १५ मिनेटसम्म चुम्बन गर्न भनिएको थियो भने अर्को वर्गलाई केवल आपसमा हात समाएर कुरा गर्न भनिएको थियो । साबार नयापत्रिकाबात
No comments:
Post a Comment