NAMASKAR ,NAMASKAR

NAMASKAR ,NAMASKAR
WELCOME MY BLOG VIEWERS

THINK WE ARE SAME

Photobucket

नेपाली समय

"शादा जीबन उच्चा बिचार"

"शादा जीबन उच्चा बिचार"
NEPALI FLAG

नमस्कार, नमस्कार , नमस्कार

"मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे, रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे, दु:ख मा रुनु हुँदैन र सुखमा हास्नु हुँदैन रे, आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे, जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिली रहोस समयले जति नै टाढा पुर्याए पनि अबिरल यादहरु आईरहोस, पुरा होस तपाईंको मनको हरेक कामना ।।" भगवान पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।

शिव जी

शिव जी
HINDU RELIGION

महादेव पार्वती र गणेश

महादेव पार्वती र गणेश

राजा त्रिभुवनको अफिस

राजा त्रिभुवनको अफिस








Nepal's First President

Nepal's First President
Ram Baran Yadav

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

बैठक कोठा

बैठक कोठा

राजगद्दी सिहासन

राजगद्दी सिहासन

नारायणहिटी सङ्ग्राहालय

नारायणहिटी सङ्ग्राहालय
२०६५ देखी सर्बसाधारणलाई खुल्ला गरिएको हो ।

Tuesday, February 10, 2009

क्रिम-पाउडर पोत्नेहरू, होसियार !


बेलायतमा वाषिर्क साढे ६ विलियन पाउन्ड (सात खर्ब रुपैयाँभन्दा बढी) बराबरको शृंगार प्रसाधनको कारोबार हुन्छ, जसमा सुगन्ध (पर्फ्युम)को साथसाथै शौचालयसम्बन्धी सामग्री पनि पर्छन् । गत हप्ता गरिएको एक अनुसन्धानमा शौचालयमा प्रयोग हुने सामग्रीमा मिसाइने रासायनिक पदार्थले गर्दा महिलामा बाँझोपन बढाउने सम्भावना रहेको जनाइएको छ । चम्किला बोतल र ट्युबभित्रका सामग्रीमा खतरनाक सिन्थेटिक रसायनहरूको सम्मिश्रण हुने र यस्ता तत्त्वहरू प्रजनन्सम्बन्धी जटिलता, एलर्जी, क्यान्सरसमेतको कारक बन्न सक्ने अनुसन्धानले देखाएको छ । पत्रकार डन मेलोसिपले आफ्नो पुस्तक टक्सिक ब्युटीमा यस्ता शृंगार र सौन्दर्य प्रसाधनमा साँच्चिकै केके तत्त्व राखिएका हुन्छन् भन्ने सविस्तार बयान गरेकी छिन् ।
रंगीन कपाल :

रोगको घर कन्ट्याक्ट डरम्याटिटिस छाला चिलाउने तथा यसमा जलन हुने एक रोग हो, जो छालासँग बाहिरी तत्त्वहरूको सम्पर्कका कारण हुने गर्छ । कपाल रंग्याउन प्रयोग गरिने प्याराफिनाइलनेडिएमिन (एएम) भन्ने तत्त्व यस रोगको सबभन्दा ठूलो स्रोत हो । यसले स्वास्थ्यमा पार्ने नराम्रो असरलाई ध्यानमा राखेर जर्मनी, फ्रान्स, स्विडेनलगायतका देशमा धेरै पहिले नै यसमाथि प्रतिबन्ध लगाइए पनि बि्रटेन र अमेरिकामा कपाल रंग्याउन अझै पनि यसको प्रयोग गरिन्छ । हेयर डाई गर्दा टाउको, निधार र कानको सम्पर्कमा एएम् आउँछ र छालामा नराम्रो असर पुर्‍याउँछ । 'भद्राइको छोरो, जुरेलीको नाति, जसो गरे नि पैसैमाथि' भनेझैं यो अहिले पनि बि्रटेनलगायत धेरै देशमा प्रचलनमा रहनुका पछाडि पैसाकै हात छ । शिरमा रङ कारखाना नै बोकेर हिँड्न खोज्ने हाम्रा टिनएजर (अल्लारे) भाइबहिनीहरूले विभिन्न वनस्पतिबाट बनाइने प्राकृतिक रङलाई माया गर्न थाले कति जाती हुन्थ्यो !
मन्जन, साबुन, स्याम्पुमा हुने घातक रसायन

सोडियम लोराइल सल्फेट (SLS) मन्जन, साबुन, स्याम्पु आदिमा प्रयोग हुने एक रसायन हो, जसले सफाइ तथा फिँज निकाल्ने प्रक्रियामा सहयोग पुर्‍याउँछ । विभिन्न अनुसन्धानबाट यसले छालाको बाहिरी पत्रलाई हानि पुर्‍याउने र छालाको पत्र छेडेर पाँचदेखि ६ मिलिमिटरसम्म भित्र प्रवेश गर्न सक्ने तथ्य पत्ता लागेको छ । दाँत र मुखको प्रभावकारी सफाइका लागि प्रायः मन्जनमा SLS को प्रयोग हुन्छ, जसले मुखभित्रका पातला झिल्लीलाई नोक्सान गर्छ, जो मुखमा हुने अल्सरको यौटा कारण हो ।
नङपालिसमा पनि हुन्छ ज्यानमारा तत्त्व

र्फमलडिहाइड नेलपालिस, साबुन तथा अन्य शृंगारका प्रसाधनमा पाइने हानिकारक तत्त्व हो, जसले छाला तथा आँखामा हानि पुर्‍याउने मात्रै होइन कि घाँटीमा क्यान्सर गराउने कारकसमेत बन्न सक्छ । यो तत्त्वयुक्त सामग्री प्रयोग नगर्नु नै बुद्धिमानी हुन्छ । जानीजानी रोग किन बिसाउनु ?

टाल्कम पाउडर : खतरनाक धुलो

आइस्याडो, बच्चाका लागि प्रयोग गरिने पाउडरलगायत विभिन्न सौन्दर्य सामग्रीमा प्रयोग गरिने टाल्कम पाउडर टाल्क खनिजबाट बनेको हुन्छ । चम्किलो र छालामा टाँसिने गुण भएको टाल्कलाई बि्रटेनको नेसनल टोक्सिकोलोजी प्रोग्रामका वैज्ञानिकहरूले मुसामा सुँघाएर परीक्षण गर्दा मुसामा फोक्सोको क्यान्सरलगायत फोक्सोसम्बन्धी विभिन्न समस्या देखिएका थिए । गुप्तांगवरिपरि टाल्कम पाउडर प्रयोग गर्ने महिलामा गर्भाशयसम्बन्धी क्यान्सर पनि हुन सक्ने विभिन्न अध्ययनले बताएका छन् । सौन्दर्य सामग्रीमा प्रयोग गरिने यी विभिन्न हानिकारक तत्त्वहरूले क्यान्सर सुरु गर्ने र त्यसको विकास गर्ने अस्ट्रोजिन बनाउन सक्छन् ।२६ स्वस्थ पुरुषमाथि गरिएको पाराबेनयुक्त शृंगार क्रिमसम्बन्धी एक डेनिस अध्ययनमा यो क्रिम लगाएको एक घन्टाभित्र उनीहरूको रगतमा पाराबेन देखिएको थियो । महिलाहरूले काखीको गन्ध हटाउन प्रयोग गर्ने पाराबानयुक्त एन्टिपस्र्पाइरेन्टका कारण उनीहरूमा स्तनको क्यान्सरसम्म हुन सक्छ । ड्यासिङ, गोर्जिएस, ब्युटिफुल, अर्थात् राम्री बन्ने होडबाजी नै चलेको छ महिलाहरूमा, विशेषगरी सहरिया महिलामा । सौन्दर्य तथा शृंगार प्रसाधनहरू प्रयोग गर्न उनीहरू यति धेरै अभ्यस्त भइसकेका छन् कि यस्तो लाग्छ, उनीहरूको सक्कली अनुहार एक दिन पूर्णरूपमा मेटिनेछ । त्यसो त पुरुषहरू पनि यस मामिलामा कम्ती स्मार्ट छैनन् अचेल । हो, सुन्दर हुन खोज्नुपर्छ, सुन्दर हुन पाउनुपर्छ । तर, अनुहार र शरीरलाई हानि पुर्‍याउने बजारिया सौन्दर्य सामग्रीका सट्टा प्राकृतिक तत्त्वयुक्त सामग्री प्रयोग गरे कसो होला ? बहुराष्ट्रिय कम्पनीबाट सदा लुटिनुपर्छ भन्ने छ र ? अझ सकिन्छ भने शृंगार सामग्री प्रयोगै नगरे कसो होला ? भनिन्छ नि, सादापन सबभन्दा बेजोड सुन्दरता हो । के फूलले कहिल्यै लिपिस्टिक लाउँछ ?

-एजेन्सीको सहयोगमा विक्रम घिमिरे

साबार नया पत्रिका

क्रिम-पाउडर पोत्नेहरू, होसियार !

बेलायतमा वाषिर्क साढे ६ विलियन पाउन्ड (सात खर्ब रुपैयाँभन्दा बढी) बराबरको शृंगार प्रसाधनको कारोबार हुन्छ, जसमा सुगन्ध (पर्फ्युम)को साथसाथै शौचालयसम्बन्धी सामग्री पनि पर्छन् । गत हप्ता गरिएको एक अनुसन्धानमा शौचालयमा प्रयोग हुने सामग्रीमा मिसाइने रासायनिक पदार्थले गर्दा महिलामा बाँझोपन बढाउने सम्भावना रहेको जनाइएको छ । चम्किला बोतल र ट्युबभित्रका सामग्रीमा खतरनाक सिन्थेटिक रसायनहरूको सम्मिश्रण हुने र यस्ता तत्त्वहरू प्रजनन्सम्बन्धी जटिलता, एलर्जी, क्यान्सरसमेतको कारक बन्न सक्ने अनुसन्धानले देखाएको छ । पत्रकार डन मेलोसिपले आफ्नो पुस्तक टक्सिक ब्युटीमा यस्ता शृंगार र सौन्दर्य प्रसाधनमा साँच्चिकै केके तत्त्व राखिएका हुन्छन् भन्ने सविस्तार बयान गरेकी छिन् ।
रंगीन कपाल : रोगको घर कन्ट्याक्ट डरम्याटिटिस छाला चिलाउने तथा यसमा जलन हुने एक रोग हो, जो छालासँग बाहिरी तत्त्वहरूको सम्पर्कका कारण हुने गर्छ । कपाल रंग्याउन प्रयोग गरिने प्याराफिनाइलनेडिएमिन (एएम) भन्ने तत्त्व यस रोगको सबभन्दा ठूलो स्रोत हो । यसले स्वास्थ्यमा पार्ने नराम्रो असरलाई ध्यानमा राखेर जर्मनी, फ्रान्स, स्विडेनलगायतका देशमा धेरै पहिले नै यसमाथि प्रतिबन्ध लगाइए पनि बि्रटेन र अमेरिकामा कपाल रंग्याउन अझै पनि यसको प्रयोग गरिन्छ । हेयर डाई गर्दा टाउको, निधार र कानको सम्पर्कमा एएम् आउँछ र छालामा नराम्रो असर पुर्‍याउँछ । 'भद्राइको छोरो, जुरेलीको नाति, जसो गरे नि पैसैमाथि' भनेझैं यो अहिले पनि बि्रटेनलगायत धेरै देशमा प्रचलनमा रहनुका पछाडि पैसाकै हात छ । शिरमा रङ कारखाना नै बोकेर हिँड्न खोज्ने हाम्रा टिनएजर (अल्लारे) भाइबहिनीहरूले विभिन्न वनस्पतिबाट बनाइने प्राकृतिक रङलाई माया गर्न थाले कति जाती हुन्थ्यो !
मन्जन, साबुन, स्याम्पुमा हुने घातक रसायनसोडियम लोराइल सल्फेट (SLS) मन्जन, साबुन, स्याम्पु आदिमा प्रयोग हुने एक रसायन हो, जसले सफाइ तथा फिँज निकाल्ने प्रक्रियामा सहयोग पुर्‍याउँछ । विभिन्न अनुसन्धानबाट यसले छालाको बाहिरी पत्रलाई हानि पुर्‍याउने र छालाको पत्र छेडेर पाँचदेखि ६ मिलिमिटरसम्म भित्र प्रवेश गर्न सक्ने तथ्य पत्ता लागेको छ । दाँत र मुखको प्रभावकारी सफाइका लागि प्रायः मन्जनमा SLS को प्रयोग हुन्छ, जसले मुखभित्रका पातला झिल्लीलाई नोक्सान गर्छ, जो मुखमा हुने अल्सरको यौटा कारण हो ।
नङपालिसमा पनि हुन्छ ज्यानमारा तत्त्वर्फमलडिहाइड नेलपालिस, साबुन तथा अन्य शृंगारका प्रसाधनमा पाइने हानिकारक तत्त्व हो, जसले छाला तथा आँखामा हानि पुर्‍याउने मात्रै होइन कि घाँटीमा क्यान्सर गराउने कारकसमेत बन्न सक्छ । यो तत्त्वयुक्त सामग्री प्रयोग नगर्नु नै बुद्धिमानी हुन्छ । जानीजानी रोग किन बिसाउनु ? टाल्कम पाउडर : खतरनाक धुलो आइस्याडो, बच्चाका लागि प्रयोग गरिने पाउडरलगायत विभिन्न सौन्दर्य सामग्रीमा प्रयोग गरिने टाल्कम पाउडर टाल्क खनिजबाट बनेको हुन्छ । चम्किलो र छालामा टाँसिने गुण भएको टाल्कलाई बि्रटेनको नेसनल टोक्सिकोलोजी प्रोग्रामका वैज्ञानिकहरूले मुसामा सुँघाएर परीक्षण गर्दा मुसामा फोक्सोको क्यान्सरलगायत फोक्सोसम्बन्धी विभिन्न समस्या देखिएका थिए । गुप्तांगवरिपरि टाल्कम पाउडर प्रयोग गर्ने महिलामा गर्भाशयसम्बन्धी क्यान्सर पनि हुन सक्ने विभिन्न अध्ययनले बताएका छन् । सौन्दर्य सामग्रीमा प्रयोग गरिने यी विभिन्न हानिकारक तत्त्वहरूले क्यान्सर सुरु गर्ने र त्यसको विकास गर्ने अस्ट्रोजिन बनाउन सक्छन् ।२६ स्वस्थ पुरुषमाथि गरिएको पाराबेनयुक्त शृंगार क्रिमसम्बन्धी एक डेनिस अध्ययनमा यो क्रिम लगाएको एक घन्टाभित्र उनीहरूको रगतमा पाराबेन देखिएको थियो । महिलाहरूले काखीको गन्ध हटाउन प्रयोग गर्ने पाराबानयुक्त एन्टिपस्र्पाइरेन्टका कारण उनीहरूमा स्तनको क्यान्सरसम्म हुन सक्छ । ड्यासिङ, गोर्जिएस, ब्युटिफुल, अर्थात् राम्री बन्ने होडबाजी नै चलेको छ महिलाहरूमा, विशेषगरी सहरिया महिलामा । सौन्दर्य तथा शृंगार प्रसाधनहरू प्रयोग गर्न उनीहरू यति धेरै अभ्यस्त भइसकेका छन् कि यस्तो लाग्छ, उनीहरूको सक्कली अनुहार एक दिन पूर्णरूपमा मेटिनेछ । त्यसो त पुरुषहरू पनि यस मामिलामा कम्ती स्मार्ट छैनन् अचेल । हो, सुन्दर हुन खोज्नुपर्छ, सुन्दर हुन पाउनुपर्छ । तर, अनुहार र शरीरलाई हानि पुर्‍याउने बजारिया सौन्दर्य सामग्रीका सट्टा प्राकृतिक तत्त्वयुक्त सामग्री प्रयोग गरे कसो होला ? बहुराष्ट्रिय कम्पनीबाट सदा लुटिनुपर्छ भन्ने छ र ? अझ सकिन्छ भने शृंगार सामग्री प्रयोगै नगरे कसो होला ? भनिन्छ नि, सादापन सबभन्दा बेजोड सुन्दरता हो । के फूलले कहिल्यै लिपिस्टिक लाउँछ ?

-एजेन्सीको सहयोगमा विक्रम घिमिरे साबार नया पत्रिका