NAMASKAR ,NAMASKAR

NAMASKAR ,NAMASKAR
WELCOME MY BLOG VIEWERS

THINK WE ARE SAME

Photobucket

नेपाली समय

"शादा जीबन उच्चा बिचार"

"शादा जीबन उच्चा बिचार"
NEPALI FLAG

नमस्कार, नमस्कार , नमस्कार

"मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे, रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे, दु:ख मा रुनु हुँदैन र सुखमा हास्नु हुँदैन रे, आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे, जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिली रहोस समयले जति नै टाढा पुर्याए पनि अबिरल यादहरु आईरहोस, पुरा होस तपाईंको मनको हरेक कामना ।।" भगवान पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।

शिव जी

शिव जी
HINDU RELIGION

महादेव पार्वती र गणेश

महादेव पार्वती र गणेश

राजा त्रिभुवनको अफिस

राजा त्रिभुवनको अफिस

Nepal's First President

Nepal's First President
Ram Baran Yadav

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

बैठक कोठा

बैठक कोठा

राजगद्दी सिहासन

राजगद्दी सिहासन

नारायणहिटी सङ्ग्राहालय

नारायणहिटी सङ्ग्राहालय
२०६५ देखी सर्बसाधारणलाई खुल्ला गरिएको हो ।

Monday, June 22, 2009

हस्तकलालाई नियालेर हेर्दा मनै छुने गर्दछ केही नमूनाहरु

 कलाको सौन्दार्येतालाई हेर्दा कसको मन बहलाउदैन  होला त्येसैको यो एउटा  नमूना हो . यो केही हस्तकलाका रंगीन तस्बीरहरुलाई हेर्दा प्रचिनकालको सम्झानाले सताउने  गर्दछ .

Millions of users can't be wrong! Madura Online is the best

'त्यो रात लाज मात्रै लागेन, असिनपसिन पनि भएँ'

2009-06-22,Monday

'यो रात एउटी अपरिचित महिलासँग कसरी सुत्ने ?' बिहे भएको दोस्रो दिन साहित्यकार कृष्ण धरावासीका मनमा यस्तै खेलेको थियो रे ! त्यो रातको यसरी बयान गर्छन् उनी, 'खलखली पसिना आएको थियो । उत्तेजना, तन्द्रा, भय र लज्जाबीच जोडजोडले धड्किरहेको थियो मुटु ।'

हाल 'टुँडाल' उपन्यासबाट फेरि चर्चामा आएका छन् स्रस्टा धरावासी । उनी यौनका बारेमा खुलेर बोल्ने मान्छे हुन् । 'टुँडाल'को मुख्य विषयवस्तु पनि यौन नै हो ।
यौनपेसा अँगाल्न विवश महिलाहरूप्रति सहानुभूति छ । भन्छन्, 'कोठीका महिलाका आँसुले संवेदित गर्दैनन् पुरुष भनाउँदाहरूलाई । उनीहरू गल्लीमा फुलेको फूल निर्लज्ज भोग्छन् । ऋतुका पालुवासँगै यौवन गुमाउँछन् ती महिलाहरू '

यौनका भोका पात्रहरू

टुँडाल उपन्यासमा एउटी किशोरिको यौन भावना र उसको यौन मनोविज्ञान राम्ररी उतारिएको छ । सुस्मिता नामकी किशोरी कतै धरावासीको जीवनमा आएकी त थिइनन् ? अथवा उनको कुनै किशोरीसँग दैहिक सम्बन्ध नै पो थियो कि ? नत्र कसरी त्यति गहिरोसँग थाहा हुन्छ एउटी किशोरीको यौन मनोविज्ञान ? 'मैले अहिलेसम्म एकजनाबाहेक कसैसँग पनि यौनसम्पर्क राखेको छैन,' धरावासीले स्पष्टीकरण दिए, 'केही किशोरीलाई यौन र पुरुषसँगको आकर्षणबारे उनीहरूका अनुभव सोधेँ । दुर्भावना नराखी सोधियो भने उनीहरूले बताउनेरहेछन् ' ४९ वर्षको उमेरमा हिँड्दै गरेका धरावासी कसरी १७ वर्षकी वैंशालु सुस्मिता भए त ? उनी भन्छन्, 'मान्छेलाई बच्चैदेखि यौनको चेतना हुन्छ । मान्छेको शरीरको पो उमेर हुन्छ, चेतनाको उमेर हुँदैन । त्यो स्थायी हुन्छ '

टुँडालमा सुस्मिता, उमा, उमाकी विधवा आमा, सत्या, वृद्ध शर्माजीजस्ता पात्र यौवनको भोक मेटाउन तुलबुलाएका छन् । वृद्ध शर्माजी एउटी मस्त तरुनीलाई भोग्छन् । धरावासी कसरी वृद्ध शर्माजी भए ? 'हो, म आफैँ शर्माजी भएँ उपन्यासमा । शर्माजीको जति उमेर भएको छैन मेरो । म सन्तुष्ट लोग्नेमान्छे हुँ । सुखभोगका लागि स्वास्नीमान्छे खोज्दै हिँडेको छैन । मानसिक रूपमा प्रविष्ट मात्र भएको हुँ ।' के धरावासीले त्यो वृद्ध शर्माजी बनेर मस्त यौवनालाई भोग्दा आफ्नो नैतिक धरातल गुमाएनन् ? 'सुस्मितासँग र बूढो शर्माजीसँग पनि यौनको गहिरो उत्सुकता थियो । ओहो कस्तो हुन्थ्यो होला याैनमा डुब्न पाए भन्ने थियो दुवैजनालाई । शर्माजी गजबले भोकाएका पनि थिए र भोकाएको वेला नैतिकतालाई एकछेउ लगाएर उनले आफ्नो बलेको यौनभोक पूरा गरे । त्यसो नगरेको भए उनले सुस्मितालाई बलात्कार गर्थे होलान् ।'

उपन्यासमा साह्रै वृद्ध अजीलाई पनि यौनको भोक लागेको छ । मस्त यौवनकै वेला पतिलाई गुमाएकी ती अजीले जीवनभरि यौनको भोक खपिन् । टुँडालका आकृति हेरेर, आफ्नो मरेको पतिको बलिष्ठ पाखुरा र उसले समातेको सम्झना गरेर मात्र बसिन् । हरे ! धरावासीले वृद्धालाई पनि छाडेनन् । यौवनले मस्तलाई भन्दा ती वृद्धालाई उनले बढी यौनको भोकी पात्रका रूपमा प्रस्तुत गरेका छन् । किन ? 'अजी वास्तवमै यौनअतृप्त छिन् । यौनको परम आवश्यकता भएको वेला पति गुमाएकी छिन् उनले । शरीरले मागेको छ यौन, तर त्यो पाउनबाट बर्जित छिन् उनी,' धरावासी भन्छन्, 'त्यसैले यो पात्र आएको हो ।'

ती अजीले एक ठाउँमा सुस्मितालाई भनेकी छिन्, 'आजका तिमीहरूलाई के थाहा छ र ? तिमीहरूले के जानेका छौ र ? तँजत्री हुँदा त हामी छोराछोरी पाइसक्थ्यौँ । तिमेरु त लुकीलुकी टुँडाल हेरेर चित्त बुझाउँछौ ।' धरावासीले ती वृद्ध अजीलाई यौनका मामलामा बढी नै अशिष्ट देखाएका छन् । 'वृद्धहरू यौनमा अशिष्ट नै हुन्छन् । उनीहरू बोल्न हुने, नहुने सबै बोल्छन् । त्यसैले त्यो पात्रको संवाद सही छ,' धरावासी भन्छन्, 'याद गर्नुभएको छ ? एउटी ८० वर्षकी वृद्धा नयाँ बेहुला-बेहुली हेर्न जान्छिन् हतारिँदै । त्यसरी बेहुला-बेहुली हेर्न जाँदा उनीहरू आफ्नो बिहेको दिन र पतिसँगको सहवास सम्झन्छन्,' धरावासी थप्छन्, 'वृद्धाहरू आफ्ना नाति-नातिनाले राम्ररी पढून् भन्ने कामना गर्दैनन्, बरु नाति-नातीनाको बिहे हेरेर मर्न पाए हुन्थ्यो भन्छन् । त्यसले उनीहरूभित्रको अतृप्त यौन झल्काउँछ ।'

एउटी विधवा आमा आफ्ना छोराछोरी छाडी अरू कसैसँग जीवन बिताउनेगरी जान सक्छिन् ? सुस्मिताकी आमा त्यसै गर्छिन् यौनसुखका लागि 'यौनले मान्छेलाई जस्तो काम पनि गर्न लगाउँछ,' धरावासी भन्छन्, 'ती आमालाई पनि यौनको भोक लागेको छ । त्यसैले केवल यौनकै लागि ऊ अन्यत्र गएकी हो ।'

'टुँडाल'की सुस्मिता पत्रकार हो र ऊ पत्रकारलाई प्रेम गर्छे । ऊ भन्छे, 'आश्चर्य त मलाई त्यसवेला लाग्यो, जब यो देशका सबैभन्दा ठूला भनिएका लेखक, साहित्यकार, पत्रकार र सम्पादक नै रक्सीले लट्ठ मातेर बेहोसीको नाटक गर्दै स्तन समाउन आइपुग्थे । गाला छाम्न हात लम्काउँथे । हरेक पार्टीमा महिलालाई तिनको इच्छाविपरीत गिजोल्दै भोलिपल्ट आफ्ना कविता, कथा र उपन्यासमा चरित्रहीन नायिका बनाउँथे । यो देशका सबैभन्दा ठूला मानिएका आख्यानकारले पनि आइमाइको योनि र स्तनबाहेक केही लेख्न सकेका छैनन् ।' सुस्मिता आफ्नो पत्रकार पे्रमीलाई भने आमपत्रकारजस्तो ठान्दिनँ । यो देशका पत्रकार, साहित्यकार र लेखकलाई समेत अनेक लाञ्छना लगाएका छन् धरावासीले पात्रका माध्यमले । के यो देशका पत्रकार, लेखक, साहित्यकार धरावासीले भनेझैँ खत्तम छन् ? धरावासीका अनुसार केही अपवाद छाडी यो देशका धेरै पत्रकार, साहित्यकार र लेखक खत्तम छन् । उनी भन्छन्, 'उनीहरूको प्रमुख समस्या भनेकै महिला हुन् ।' अनि धरावासीको चाहिँ समस्या महिला होइनन् ? 'म मात्र चोखो छु भनेर भन्न खोजेको होइन, यो मेरो पनि समस्या हुन सक्छ ।'

टुँडालमा धरावासी यति अराजक भएका छन् कि उनलाई प्रचलित सामाजिक मूल्यको कुनै पर्वाह छैन । यस उपन्यासमा केही शब्दलाई जनजिब्रोकै भाषामा प्रयोग गरिएको छ । चलनचल्तीको सभ्य भाषा प्रयोग गर्न सकिँदैनथ्यो र ? उनले प्रयोग गरेको भाषाले उपन्यासलाई सस्तो बनाएन र ? 'केही शब्द मैले धेरै सोचेरै प्रयोग गरेको हुँ । आफ्ना मौलिक शब्द प्रयोग गर्दा के बिगि्रयो ?'

उपन्यासमा अनेक पात्र टुँडाल हेरेर आफ्नो यौनकर्म सम्झन्छन् । टुँडाल हेरेरै यौनतिर आकषिर्त हुन्छन् । के धरावासीले पनि उपन्यास लेख्न बस्दा टुँडाल हेरेर आफ्नी यौनसाथी (श्रीमती) सम्झिए होलान् ? 'कहिलेकाहीँ त आफ्नो यौनकर्म पनि सम्झना हुँदोरहेछ,' धरावासी बताउँछन्, 'तर सधैँ त सम्झना भएन, उमेरको हदबन्दीले पनि हुन सक्छ मनमा त्यस्तो कुराले धेरैबेर ठाउँ लिएन, तर विभिन्न यौन आसनका चित्र देखेपछि भने शरीर एकपटक थर्थराउँदोरहेछ '

उनी वेला-वेला गोठाला जाँदा गीत गाएको र वनमा नाचेको सम्झन्छन् । ती सम्झनासँगै राम्रा-राम्रा ठिटी पनि उनका मनमा लहरै आउँछन् । र, यौन आकर्षण पनि आउँछ सँगसँगै । वनमा घाँस काट्न या गोठाला गएका वेला यौन उत्सुकताका कारण केही युवा/युवती 'रमाइलो' तिर लाग्छन् । धरावासी के भन्छन् त उनीहरूलाई ? 'उनीहरूको एकछिनको रमाइलोले दुर्घटना पनि निम्त्याउन सक्छ । त्यसप्रति युवा धेरै सचेत हुनु जरुरी छ '

उनका अनुसार यौन एउटा कला हो जसलाई जोगाउनुपर्छ, तर एउटा निश्चत समयमा मात्र त्यसलाई पोख्नुपर्छ साँच्चै धरावासीलाई इन्दि्रयमध्ये कुन-कुनले कसरी यौनको अनुभव गर्लान्जस्तो लाग्दोरहेछ त ? 'हाम्रा पाँचैवटा इन्द्रिय सक्रिय हुन्छन् । तिनले स्पर्श गरेर, हेरेर, विपरीतलिंगीको पसिना सुँघेर यौनइच्छा पुरा गर्ने कुचेष्टा गर्छन् । कति पुरुष छन् यहाँ जो नजाँनिदो पाराले बाटोमा हिँड्दा, बसमा चढ्दा, गफ गर्दा पनि महिलाका स्तन छोएर यौनसन्तुष्टि पाउन खोज्छन्,' धरावासी सुनाउँछन्, 'महिला घोप्टिँदा या अन्य कुनै काम गर्दा पुरुषहरू नजानिँदो पाराले या लुकेर पनि उनीहरूका स्तन हेर्दै थुक निल्ने गर्छन् ।'

के उनको 'टुँडाल'ले अहिलेका युवाको प्रतिनिधित्व गर्छ ? अहिलेका युवा त्यही मन्दिरका टुँडाल हेरेर आफ्नो यौन प्यास मेटाउने खालका छन् त ? उनलाई युवापुस्ता यौनका माम्लामा चलाख छन् भन्ने ज्ञान नभएको कहाँ हो र ? भन्छन्, 'अहिलेका युवायुवती त मोबाइलमा नीलो फिल्म साटासाट गर्ने भइसके । यो पुस्तालाई सेक्स सामान्य कुरा भइसक्यो । तिनीहरू टुँडाल हेर्न मन्दिर कहाँ पुगिरहन्छ र ? टुँडालका यौन आसन पहिल्यै जानिसकेका हुन्छन् । मेरो उपन्यासको उद्देश्य सांस्कृतिक मनोविज्ञानलाई उदांगो पार्नु हो । टुँडालले अहिलेका युवालाई प्रतिनिधित्व गर्दैन ।'

उपन्यासमा थुप्रै यौन आसनका बयान गरिएका छन् । धरावासीचाहिँ रात्रिजीवनमा यी आसनलाई कत्तिको प्रयोग गर्दारहेछन् त ? 'दुई/चार सामान्य आसन त प्रयोग गरिन्छन् । सबै त के गर्न सकिन्थ्यो र ? रतासन मात्रै १६ थरीका हुन्छन् ।'
हाम्रो समाजमा अरू विषयमा जस्तै यौनमा पनि महिला मात्रै दबिन्छन् । किन ? धरावासी भन्छन्, 'यहाँको सामाजिक प्रकृति नै यस्तै छ ।' धरावासी पुराणका कथा झिक्छन्, 'पौराणिक कालमा कृष्णले १६ हजार एक सय आठवटी गोपिनीलाई आफ्नी पत्नी बनाएका थिए रे ! यहाँ पनि महिला दबिएनन् र ?' उनले फेरि महाभारतमा पाँचपाण्डवकी साझा श्रीमती द्रौपदीको दृष्टान्त दिए ।

धरावासी मान्छेले विवाह यौन-सुखका लागि मात्रै गर्छ भनिदिए । के मान्छेले विवाह मात्र यौनका लागि गर्छ ? के सारा संसारमा यौनबाहेक अरू केही छैन ?
'मान्छेले विवाह गर्ने भनेकै यौनका लागि हो । बाबुआमाले छोराछोरीको विवाह गरिदिने कारण नै सम्भोग गर, छोराछोरी पाऊ भन्नका खातिर हो । विवाह गर्ने प्रमुख कारण सम्भोग मात्रै हो ।'
अहिलेका युवा प्रेम गर्छन् । घुम्न जान्छन् टाढा-टाढा । उनीहरू भन्दा हुन्- हाम्रो प्रेममा यौन आकर्षण छैन । तर, धरावासी यो मान्न तयार छैनन् । 'युवालाई प्रेम शब्दले नै भित्रबाट कुत्कुत्याउँछ । मनमा धमिलो आकृति आउँछ सम्भोगको । केटाहरू प्रायः यौनको मामलामा अलि अघि सर्छन् । केटाहरू केटी लिएर घुम्न जानुको आशय यौन नै हो । धरावासी भन्छन्, 'तर यो मामलामा महिलाहरू चाँडै उद्वेलित हुँदैनन् । यौनलाई अभिव्यक्त त गर्छन्, तर गर्भवती भइएला भन्ने डर हुन्छ उनीहरूलाई । त्यसैले केटीहरू सेक्सका लागि अघि सरिहाल्दैनन् ।'
४९ वर्षको बुढ्यौली तिर हिँडेको उमेरमा पनि उनी सक्रिय यौनजीवन बिताइरहेको छु भन्छन् । कहिलेसम्म सक्रिय रहन सकिएलाजस्तो लाग्छ त उनलाई ? उनी भन्छन्, 'त्यो त आफ्नो स्वास्थ्यले निर्धारण गर्ने कुरा हो । स्वस्थ रहुन्जेल यौनमा सक्रिय भइन्छ ।'

धरावासी बुढ्यौलीले छोएका मानिस पनि यौनमा सक्रिय हुन्छ भन्छन् । 'शरीरले क्षमता गुमाउँदै गइरहे पनि वषौं-वर्षको अभ्यासका कारण मन र मस्तिष्क याैनक्रीडाका लागि लालायित हुनु स्वाभाविक हो । यही लालसा पूर्तिका लागि शिथिल हुँदै गइरहेका आफ्ना सम्पूर्ण यौन ऊर्जालाई एकत्रित गरेर आफ्नो यौन साथीमाथि वेलाबखत पोखिने सक्दो चेष्टा गर्छ मान्छे ।'

धरावासीलाई अन्तिम प्रश्न सोधियो, 'कहिल्यै सेक्स नगरेको केटाले विवाहको पहिलो रात कस्तो हाउभाउ देखाउँछ होला ? उनले तुरुन्तै भनिहाले, 'केटा लुगा फुकालेर सुत्छ र श्रीमतीलाई भन्छ, 'तिमी सुत्दा बत्ती निभाउ है !' त्यसपछि बाक्लो सिरक ओढेर ऊ सुतेजस्तो गर्छ । तर, वास्तवमा निदाएको हुँदैन । उसको नसा-नसा कामिरहेको हुन्छ । शरीरको प्रत्येक भाग जागिरहेको हुन्छ । विस्तारै सर्‍याकसुरुक गर्दै ऊ श्रीमती नजिक पुग्छ । अँध्यारोमा विस्तारै हाँस्छ र च्याप्प समात्छ । त्यतिन्जेलसम्म उसको शरीर तातो भइसकेको हुन्छ । त्यसपछि..... '

दीपक सापकोटा
spkt.deepak@gmail.com

साभार नयापत्रिका