NAMASKAR ,NAMASKAR

NAMASKAR ,NAMASKAR
WELCOME MY BLOG VIEWERS

THINK WE ARE SAME

Photobucket

नेपाली समय

"शादा जीबन उच्चा बिचार"

"शादा जीबन उच्चा बिचार"
NEPALI FLAG

नमस्कार, नमस्कार , नमस्कार

"मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे, रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे, दु:ख मा रुनु हुँदैन र सुखमा हास्नु हुँदैन रे, आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे, जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिली रहोस समयले जति नै टाढा पुर्याए पनि अबिरल यादहरु आईरहोस, पुरा होस तपाईंको मनको हरेक कामना ।।" भगवान पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।

शिव जी

शिव जी
HINDU RELIGION

महादेव पार्वती र गणेश

महादेव पार्वती र गणेश

राजा त्रिभुवनको अफिस

राजा त्रिभुवनको अफिस








Nepal's First President

Nepal's First President
Ram Baran Yadav

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

बैठक कोठा

बैठक कोठा

राजगद्दी सिहासन

राजगद्दी सिहासन

नारायणहिटी सङ्ग्राहालय

नारायणहिटी सङ्ग्राहालय
२०६५ देखी सर्बसाधारणलाई खुल्ला गरिएको हो ।

Friday, January 16, 2009

धुर्मुसले सुन्तुलाई झ्यांई पारेरै छोडे



'गाउँमा हलो जोत्दा पनि कलाकारहरूको नक्कल गरिरहेको देख्दा गाउलेहरूले बौलाएछ भन्थे तर किनकिन म सानैदेखि ठूलो मान्छे बन्ने कल्पना गर्थेँ ।' हुने बिरुवाको चिल्लो पात भनेझैँ दस वर्ष अगाडि नै उज्यालो भविष्यको कल्पना गर्ने एउटा युवकको चाहना लामो समयको सङ्घर्षपश्चात् यथार्थ बनेर झुल्किएको छ ।
नेपाल टेलिभिजनबाट हरेक शनिबार साँझ प्रसारण हुने टेलिफिल्म 'ए मेरी बास्सै' का कलाकार तथा निर्देशकसमेत रहनुभएका प्रसिद्ध हाँस्य कलाकार 'धुर्मुस' अर्थात् सीताराम कट्टेल हिजोआज आम दर्शकको ढुकढुकी बन्नुभएको छ ।
२०४० सालमा सोलुखुम्बु जिल्लाको नेचावेदमा जन्मनुभएका कट्टेल एसएलसीसम्मको अध्ययनपछि बाँकी पढाइ र राम्रो जागिरको आशमा मनभरि सपना पालेर राजधानी छिर्नुभयो । कसलाई थाहा थियो र उहाँभित्र जन्मसिद्ध पाएको कलाको अपार वरदान छ भनेर साथमा सत्रसय रुपियाँ लिएर पहिलोपटक काठमाडौँ आएको राजा वीरेन्द्र मरेको दिन पो रहेछ, ताजै थियो उहाँको स्मरण ।
एकपटक देखेकै भरमा जस्तोसुकै बोलीको नक्कल गर्नसक्ने खुबी भए पनि पातलो शरीर, ख्याउटे अनुहार भर्खर गाउँबाट भर्खरै आएको केटो, त्यतिबेला सीतारामलाई पत्याएर काम दिने आँट कसैले गरेनन् । आजभोलि नाम, दाम र सफलताको भरपूर युवा कलाकार जसले दुई छाक खान यो राजधानीको प्रत्येक सडक र गल्ली चाहारेको सङ्घर्ष पनि धेरै नै दुखदायी रहेछ । सन्तोष पन्तको 'हिजोआजका कुरा' मा खेल्नको लागि मात्रै एक वर्ष जति धाएको दुखेसोलाई पनि सीतारामले कहाँ बिर्सनुभएको छ र ? 'शरणमा परेपछि बल्ल एक डाइलग बोल्न दिनुभयो ।' विगत सम्झदा अहिले पनि सीतारामलाई नरमाइलो लाग्छ तर ती सङ्घर्षमय दिनहरूले सिकाएको पाठले नै आज सफल जीवनको मार्ग कोरेकोमा फेरी उहाँ खुसी पनि देखिनुहुन्छ । आफूमा भएको कला देखाउने अवसर नपाएर भौँतारिरहँदा २०६० साल असोज १० गते नेपाल टेलिभिजनबाट प्रसारण हुने 'गिताञ्जली' कार्यक्रममा आफ़्नो खुबी देखाउने अवसर पाएपछि भने सीतारामको अन्तरआत्मादेखि नै कुण्ठित बाल्यकालदेखिकै चाहानाको बाटो खुल्यो । अनि त 'जिरे खुर्सानी', 'गाइजात्रा' हुँदै सफलताको अर्को गन्तव्यको तय गर्‍यो 'ए मेरी बास्सै' सम्म तर धक फुकाएर आफ़्नो खुवी देखाउने अवसर पाएको 'धुर्मुस' चरित्रको अभिनय मन नपराउने सायदै होलान् । एउटा पाखे, गाउँले, अनपढ युवकको भूमिकामा दर्शकले चिनेको धुर्मुसलाई राम्रो लुगा लगाएर बाहिर भने कसैले चिन्दैनन् ।
'एउटै भूमिकामा भए पो दर्शकले पनि अड्कल गर्नु, मेरी बास्सैमा नौवटा भिन्दाभिन्दै भूमिका र एउटै व्यक्तिको सातवटा नक्कल गरेको छु ।' टेलिभिजन कार्यक्रमकै इतिहासमा यस्तो भूमिका कसैले नगरेको विश्वास छ उहाँलाई । सीतारामको लागि दरिलो भाग्य परीक्षा नै बनेको मेरी बास्सैमा अनौठोरूपमा श्रीमती र श्रीमानको भूमिकामा प्रस्तुत हुँदै आएका यी दुई बीचको सम्बन्ध अब विधिवत्रूपमै वैवाहिक सूत्रमा बाँधिएको छ । काम गर्दै जानेक्रममा दुईवर्ष अगाडि नै कुञ्जन अर्थात् सुन्तलीसँग विवाहको प्रस्ताव राख्दा निराश बन्नुपरेको सीतारामलाई यसपालीको मङ्सिरमा भने लगन जुरेरै छाड्यो ।
गाउँमा पहिलोपटक टेलिभिजनमा महजोडीको 'कान्तिपुर' देखेका सीताराम हरिवंशको अभिनयबाट अत्यधिक प्रभावित हुनुभयो । उनलाई जीवनमा असाध्यै मनपर्ने व्यक्तिमध्ये हरिवंश आचार्य पनि हो । हरिवंशलाई नै आफ़्नो जीवनको उत्प्रेरणा स्रोत मान्ने हाँस्य कलाकार सीतारामले अबदेखि श्रीमती कुञ्जना अर्थात् सुन्तलीसँगको सहकार्यमा आ-आफ़्नै नयाँ शैलीको पहिचान बनाउने र दर्शकलाई भिन्दै खालको मनोरञ्जन प्रदान गर्ने सोचमा हुनुहुन्छ । * समुद्रपारि

मसाजको नाउमा यौन धन्दा



''बिहान उठ्यो खानासाना खायो अनि त्यसपछि मसाज पार्लरतिर लागियो, पार्लर जाँदा ग्राहक कुरिरहेका हुन्छन् । मसाज गर्न कोठाभित्र पस्यो । दैनिक दस/बाह्र जनालाई मसाज गरिसकेपछि ग्राहकहरूलाई खुसी पार्न उनीहरूसँग सेक्स गर्नैपर्छ । के गर्ने यसो नगरे काठमाडौँमा बाँच्न सकिँदोरहेनछ ।'' मसाज पार्लरमा काम गर्ने रिमा आफ़्नो दैनिकी सुनाउँछिन् । रिमा मात्रै होइन ठमेलका अधिकांश मसाज केन्द्रमा काम गर्ने युवतीहरूको कथा यस्तै छ ।
पेट पाल्नुपर्छ, के गर्नेर् ? मसाज सेन्टरभित्र हुने शारीरिक यौन क्रियाकलापबारे सोध्न नपाउँदै रिमा भन्छिन्- ''मसाज मात्रै गरेर पुग्दैन, ग्राहकसँग केही समय सुत्नैपर्छ । के गर्ने पेट त पाल्नै पर्‍यो नि ।''
उपत्यकामा रहेका लगभग २०० जति मसाजकेन्द्रमा काम गर्ने अधिकांश युवतीका कथा र व्यथा एउटै छ । मसाज सेन्टरमै काम गरेर कतिले परिवार पालेका छन् त कतिले भविष्यरेखासमेत कोरेका छन् । त्यस्ता मसाज सेन्टरमा छिर्ने अधिकांश पुरुषहरूले एक हजारदेखि पाँच हजार रुपियाँसम्म सिध्याउने गर्छन् । काठमाडौँको ठमेल, नयाँ बसपार्क र दरबार मार्गमा दर्ता भएका करिब १५० वटा मसाज केन्द्र खुलारूपमा बोर्ड नै राखेर सञ्चालनमा छन् भने सयौँ मसाजकेन्द्रहरू अवैधानिकरूपमा सञ्चालनमा रहेको पाइएको छ । ''मसाजकै लागि त धेरै पैसा तिर्नु पर्दैन तर मसाजसँगै ससाज गर्दा भने ग्राहकलाई धेरै पैसा लाग्छ ।' रिमा भन्छिन । मसाजकेन्द्रप्रति ग्राहकको आकर्षण बढ्नुमा मसाजभित्र हुने यौन क्रियाकलाप नै हो । मसाज गर्नभन्दा पनि यहाँभित्र पाइने यौन आनन्दका लागि नै विशेष गरी मसाजमा ग्राहकहरू आउने गरेको मसाज केन्द्रका महिलाहरू बताउँछन् । ''ग्राहकले भनेअनुसार आफ़्नो जिउ उनीहरूलाई समर्पित गरेर कमाएको पैसा पनि मसाज सञ्चालकलाई बुझाउनुपर्दछ, साहूले नै पैसा भागबण्डा गर्छन् ।'' मसाजमा काम गर्ने २३ वर्षिय एक युवतीले नाम नभन्ने शर्तमा भनिन् । ''केही प्रतिशत पैसा मात्र हामीले पाउँछौँ, अरू रकम त साहूले नै लिन्छन् ।'' मसाजमा काम गर्ने यस्ता युवतीहरू आफूहरू चारैतिरबाट शोषित भएको बताउँछन् । ''एकातिर मसाज सञ्चालकले त अर्कोतर्फ ग्राहकले शोषण गर्छन्, त्यसमाथि पुलिस र वाईसीएल आएर समय-समयमा छापा मारिरहन्छन्, साह्रै दुःख दिन्छन् ।'' ती युवतीले भनिन् ।
महिनामा एक-दुईपटक मसाज केन्द्र जाने गरेका एक युवक ग्राहक भन्छन्- ''युवतीहरूले मसाज गर्दै जाँदा बिस्तारै संवेदनशील अङ्ग चलाउँदै जान्छन् । मसाजभित्र पनि अश्लिल तरिकाले बस्छन् । के गर्ने मसाज गर्दै जाँदा यौन सम्बन्ध राख्न मन लाग्दोरहेछ । उनीहरू ग्राहकलाई खुसी पारेर धेरै खर्च गर्न बाध्य पार्छन् ।'' त्यसमा पनि यहाँ आएर यौन सम्बन्ध राख्दा गोप्य हुने भएकाले पनि यहाँ आइन्छ, ती युवकले भने ''वास्तवमा यहाँ मसाज गर्न मात्रै विदेशीहरू आउँछन् तर नेपालीहरू भने मसाज गर्नुभन्दा पनि राम्री केटीसँग यौन सम्बन्ध राख्न पाइन्छ भनेर यहाँ आउँछन् । त्यसैले पनि मसाज केन्द्रमा यौन रहर होइन बाध्यता बन्दै गएको छ ।'' ठमेलका एक मसाज सञ्चालकले भने ।
एक सर्वेक्षणअनुसार मसाज पार्लरमा काम गर्ने यस्ता युवतीहरू धेरै जसो सिन्धुपाल्चोक, काभ्रे, रसुवा, धादिङ र मकवानपुरका रहेका पाइएको छ । मसाजमा काम गर्ने अधिकांश महिलाहरूको शिक्षा एसएलसीभन्दा माथि छैन ।
''मसाज केन्द्र अहिले यौन व्यापार केन्द्र भएको छ त्यसैले यसलाई धेरैले देहव्यापारकै थलोको रूपमा बुझ्न थालेका छन् तर यो कुरा गलत हुँदाहुँदै हाम्रो पनि बाध्यता बनेको छ ।'' एक मसाज सञ्चालकले भने- ''मसाज एउटा उपचार पद्दति हो तर यसलाई गलत तरिकाले बुझेको कारण यसको रूप विकृत हुन पुगेको हो । मसाज गर्ने नाममा यहाँ ठूल्ठूला व्यापारी, प्रहरी र आर्मीका सिनियर अफिसरहरू पनि यहाँका भर्खरका केटीहरूसँग सेक्स गर्न आउँछन् ।'
के हो त मसाज ?
मसाजमा हुने गरेको विकृतिकै कारण मानिसले अहिले मसाज केन्द्रलाई वेश्यावृत्तिको थलो मान्न थालेका छन् तर मसाज भनेको अङ्ग्रेजी शब्द हो भने यसलाई संस्कृतमा मालिस भनिन्छ । नेपालीमा मा भनेको छाला र लिस भनेको चम्काउनु हो । अर्थात् छालालाई चम्काउनु नै मसाज हो । यो शारीरिक र मानसिक उपचारका लागि गरिने प्राकृतिक चिकित्सा पद्दति हो ।
मसाज पनि योगकै एक भाग हो । जिउ दुखेको, मर्किएको, हड्डी भाँचिएको, शरीरको कुनै भाग ठोकिएर दुखेमा, निद्रा या भोक नलागेमा, ग्यास्टिक, थकावट भएमा, सुत्केरी अवस्थामा पक्षघात भएमा, कमजोर महसुस भएमा, मानसिक तनाव भएमा, रक्तचाप उच्च वा न्यून भएमा, शरीर पातलो वा मोटो पार्नु परेमा, बाथका सबै किसिमका रोग निको पार्न मसाज गरिन्छ ।
मसाज प्राकृतिक चिकित्सा पद्दति भएकाले यसमा आयुर्वेदिक तेलहरूको प्रयोग गरिन्छ तर काठमाडौँमा खुलेका मसाज केन्द्र भने उपचारात्मक पद्दतिअन्तर्गत नचलेको मसाज विशेषज्ञहरू बताउँछन् । उनीहरूका अनुसार करिब चार हजार वर्ष अगाडि बिरामीलाई आराम दिन मसाजको प्रयोग गरिएको पाइन्छ तर काठमाडौँको मसाज केन्द्रमा उपचारका नाममा यौन क्रियाकलापका लागि उत्प्रेरित गरिन्छ । मसाज गराउन गएका विदेशीलाई समेत अनेक किसिमले उत्तेजित गराई यौन सम्बन्ध राख्न प्रेरित गर्ने र बढी पैसा लिने गरेको पर्यटन व्यवसायीहरूको गुनासो छ ।
नेपालमा दिनानुदिन पर्यटन व्यवसाय तीव्ररूपमा फस्टाउँदै गइरहेको र एचआईभी/एड्सजस्ता भयानक रोगबाट त्रासदीपूर्ण स्थितिमा जीवन गुजार्नेको सङ्ख्या बढिरहेको समयमा प्रहरी प्रशासन भने मौन छ । प्रहरी प्रशासन यसलाई कारबाही गर्ने कानुनी व्यवस्था नै नभएको बताउँछन् । सोह्रखुट्टेका एक प्रहरी अधिकृत भन्छन्- ''त्यस्तो ठोस कानुन नै छैन जसले खुलारूपमा यौन व्यवसायलाई रोक्न सकियोस्, न यसलाई वैधानिकता नै दिन सकिन्छ । नेपालमा यसरी यौन व्यवसाय फैलदै र बढ्दै जानुमा सरकारी संयन्त्र नै बलियो नहुनु प्रमुख कारण हो । कतिपय अवस्थामा प्रहरी प्रशासनले अनुसन्धान कारबाही अगाडि बढाएको पनि छ तर त्यो पर्याप्त भने छैन ।''
प्रहरीकै मिलेमतोमा ठमेल क्षेत्रका मसाज पार्लरमा यौन व्यापार हुने गरेको आरोप बारम्बार लाग्दै आएको छ । केही समयअघि सोह्रखुट्टे प्रहरी प्रभागले ठमेलका आठवटा मसाज पार्लरमा छापा मारेर यौन व्यापारमा संलग्न ४८ जना युवायुवतीलाई पक्राउ गर्‍यो । त्यसपछि पनि प्रहरीले पटक-पटक छापा मारी दर्जनौंलाई यौन क्रियाकलापमा संलग्न रहिरहेको अवस्थामा पक्राउ गरेको थियो तर ती छापाबाट मसाजका नाममा हुने यौन व्यापारमा भने कमी आउन सकेको छैन । प्रहरीले यस्ता गतिविधि रोक्न छापा मार्दैनन्, मसाज सञ्चालकसँग मोटो रकम असुल्न छापाको नाटक रच्छन् । ठमेलकै एक मसाज सञ्चालक भन्छन्- ''मसाज गर्न विशेष गरी पुलिस, अफिसका हाकिमहरू, डाक्टर, नाम चलेका व्यक्ति पनि आउने गर्छन् । उनीहरू कोठा नै बुक गरेर बस्छन् । ठूला मान्छे आएको बाहिरकालाई थाहा नै हुँदैन ।''
कामको खोजीमा काठमाडौँ आएका १८ वर्ष उमेर मुनिका करिब ३०० महिला मसाजमा काम गर्ने गरेको पाइएको छ । सुन्दर नेपालको एक सर्वेक्षणअनुसार काठमाडौँमा मात्र दर्ता गरी सञ्चालनमा रहेका १६० वटा मसाज केन्द्रमा ७०० युवती काम गर्छन् । ती युवतीमध्ये अधिकांश सुरुमा गलैँचा कारखानामा काम गरेकाहरू छन् । काठमाडौँको मसाज केन्द्रमा काम गर्ने महिलामा ९९ प्रतिशतलाई यौन रोग लागेको छ भने दुई प्रतिशतलाई एचआईभी रहेको सुन्दर नेपालको तथ्याङ्क छ । *
समुद्रपारि