NAMASKAR ,NAMASKAR

NAMASKAR ,NAMASKAR
WELCOME MY BLOG VIEWERS

THINK WE ARE SAME

Photobucket

नेपाली समय

"शादा जीबन उच्चा बिचार"

"शादा जीबन उच्चा बिचार"
NEPALI FLAG

नमस्कार, नमस्कार , नमस्कार

"मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे, रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे, दु:ख मा रुनु हुँदैन र सुखमा हास्नु हुँदैन रे, आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे, जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिली रहोस समयले जति नै टाढा पुर्याए पनि अबिरल यादहरु आईरहोस, पुरा होस तपाईंको मनको हरेक कामना ।।" भगवान पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।

शिव जी

शिव जी
HINDU RELIGION

महादेव पार्वती र गणेश

महादेव पार्वती र गणेश

राजा त्रिभुवनको अफिस

राजा त्रिभुवनको अफिस








Nepal's First President

Nepal's First President
Ram Baran Yadav

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

बैठक कोठा

बैठक कोठा

राजगद्दी सिहासन

राजगद्दी सिहासन

नारायणहिटी सङ्ग्राहालय

नारायणहिटी सङ्ग्राहालय
२०६५ देखी सर्बसाधारणलाई खुल्ला गरिएको हो ।

Saturday, October 25, 2008

माओवादीले सत्ता पाएपछि जनसेनालाई धोका!

माधब बस्नेत
-कार्तिक-२०६५,मंगलवार
माओवादी जनसेनालाई राष्ट्रिय सेनामा समायोजन गर्ने कि नगर्ने विषय यतिखेर राष्ट्रिय राजनीतिमा बहसको विषय बनिरहेको छ। सेना समायोजनको 'मोडेल' का बारेमा दिनदिनै चर्का बहसहरु भइरहेका छन्। जनसेनालाई राष्ट्रिय सेनामा समायोजन गर्नुपर्छ र गर्न हँुदैन भन्ने विषयलाई लिएर सत्तारुढ दलहरुबीचमै मतभिन्नता देखिएको छ। संविधानसभामा प्रतिपक्षको भूमिका निभाइरहेको नेपाली कांग्रेस, सरकारमै सहभागी मधेसी जनअधिकार फोरम, नेपाल सद्भावना पार्टीलगायतका दलहरुले त माओवादी लडाकुलाई राष्ट्रिय सेनामा समायोजन गरिए विद्रोह गर्ने चेतावनीसमेत दिइरहेका छन्। सेना समायोजनको विषयमा विवाद चुलिदै जाँदा 'जनमुक्ति सेना' भित्र पनि 'असन्तुष्टि' देखिन थालेको छ। 'सशस्त्र युद्धकै माध्यमबाट केन्द्रीय सत्ता कब्जा गर्ने लक्ष्यका साथ गठन गरिएको जनमुक्ती सेना' लाई त्यो उद्देश्य पूरा नहँुदै नेतृत्वले विघटन गराउने षड्यन्त्र गरी धोका दिएको भन्दै जनसेनाहरुले गुनासो पोख्न थालेका छन्। सेना समायोजनको विषयलाई लिएर माओवादी शीर्ष नेतृत्व पंक्तिमा पनि विवाद बढेको छ। यो विषयलाई लिएर माओवादीभित्र ठूलै माथापच्ची परिरहेको स्रोेतले बतायो। माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', वरिष्ठ नेता एवं रक्षामन्त्री रामबहादुर थापा 'बादल' लगायत संस्थापन पक्षका नेताहरुले 'योग्य' जनसेनालाई मात्र राष्ट्रिय सेनामा समायोजन गर्ने प्रतिवद्धता सार्वजनिक गरिसकेका छन् भने कडा धारका नेताका रुपमा परिचित मोहन वैद्य 'किरण' समूहले सम्पूर्ण जनसेनालाई राष्ट्रिय सेनामा नै गाभ्नुपर्ने धारणा दोहोर्‍याइरहेका छन्। अस्ति कार्तिक १ गते शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा वरिष्ठ नेता किरणले सबै जनसेनालाई सामूहिक रुपमा राष्ट्रिय सेनामा समायोजन गरिनुपर्ने अडान राखेका छन्। किरणले आफ्नो अडान पेश गरेको अघिल्लो दिन असोज ३० गते बिहीबार प्रधानमन्त्री दाहालले बालुवाटारमा आयोजित एक कार्यक्रममा योग्य लडाकुलाई सेनामा समायोजन गर्ने र बाँकीलाई अन्यत्रै पुनःस्थापना गर्ने जानकारी दिएका थिए। 'सेना समायोजनका लागि विशेष समितिले मापदण्ड तय गर्नेछ र सोही आधारमा माओवादी जनसेनालाई राष्ट्रिय सेनाका अलवा जनपद, सशस्त्र प्रहरी, सीमा सुरक्षा बल, औद्योगिक सुरक्षा बलमा पुनस्थापित गरिने छ।' प्रधानमन्त्री दाहालले भने– 'जनसेनालाई राष्ट्रिय सेनामा मात्रै समायोजन गर्नुपर्छ भन्ने छैन। सबै क्षेत्रमा समायोजन गरेर पुनर्स्थापित गरिनेछ।' दाहालले यो भनाइ सार्वजनिक गर्नु अघिल्लो दिन परराष्ट्रमन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री सेना समायोजनका पक्षमा नरहेको बताएका थिए। प्रधानमन्त्रीसँगै भारत र अमेरिकाको भ्रमणमा गएका यादवले असोज २९ गते बुधबार एक कार्यक्रममा भने– 'नेपाली सेनामा माओवादी छापामारको समायोजन हुँदैन। प्रधानमन्त्रीज्यूले नै अन्तर्राष्ट्रिय समुदायसँग माओवादी सेनालाई नेपाली सेनामा समायोजन नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ। कार्यक्रममा प्रचण्डको दोहोरो भनाइप्रति यादवले आश्चर्य पनि व्यक्त गरेका थिए। उनको भनाइ थियो– 'सेना समायोजनका विषयमा प्रधानमन्त्रीले किन दोहोरो कुरा गरिरहनुभएको छ। मलाई अचम्म लागिरहेको छ।' माओवादीले जनसेनालाई 'क्यान्टोनमेन्ट' मा राख्ने बेलामा सबैलाई राष्ट्रिय सेनामा सामेल गराउने 'सपना' देखाएर भर्ती गराएको थियो। तर, अहिले प्रधानमन्त्री दाहालले 'योग्य' जनसेनालाई मात्रै राष्ट्रिय सेनामा समायोजन गर्ने र बाँकीलाई अन्यत्रै पुनर्स्थापना गराउने अभिव्यक्ति दिएपछि जनसेनामा अन्योल र असन्तुष्टि बढेको स्रोतले बतायो। दाहालको यस्तो अभिव्यक्तिप्रति माओवादीका धेरैजसो नेताहरुले सत्ताको कुर्सी पाएपछि प्रचण्ड नेपाली क्रान्ति र जनमुक्ति सेना दुवैलाई धोका दिने षड्यन्त्रमा लागेको आरोप लगाएका छन्। 'जनमुक्ति सेनाको सम्पूर्ण पंक्तीलाई राष्ट्रिय सेनामा समायोजन गर्नुपर्छ भन्ने अडान राख्दै आउनुभएका प्रचण्डले भारत र अमेरिका भ्रमणबाट फर्किएपछि एकाएक किन केहीलाई मात्र राष्ट्रिय सेनामा समायोजन गर्नुपर्छ भन्नुभयो, थाहा पाउन सकिएको छैन।' एक डेपुटी कमाण्डरले मेरो नाम उल्लेख नगर्नुस है भन्दै दृष्टिलाई बताए– 'हामी भने तल फिल्डमा गएर सबै जनसेनाहरुको समायोजन राष्ट्रिय सेनामै हुन्छ भनेर प्रशिक्षण दिइरहेका छौ। तर, नेतृत्व भने हामीले दिएको प्रशिक्षण र क्यान्टोनमेन्टमा बसेका जनसेनाको भावनाविपरित अभिव्यक्ति दिइरहेको छ। प्रधानमन्त्री, रक्षा मन्त्रीको यो व्यावहारले जनसेना माथि धोका भएको छ।' जनसेनालाई समायोजन गर्ने कुराको तीव्र बहस हुन थालेपछि समायोजनको विषयमा अहिलेसम्म केही नबोलेर मौनता साँधिरहेको अनमिनले पनि मुख खोलेको छ। असोज २९ गते राजधानीमा आयोजित एक कार्यक्रममा अनमिन प्रमुख इयान मार्टिनले भने– 'सेना समायोजन दलहरुले राजनीतिक छलफलबाट टुङ्गो लगाउनु पर्छ। अनमिन छिट्टो सेना समायोजन होस् भन्ने पक्षमा छ।' सेना समायोजनबारे चर्को बहस हुन थालेपछि त्यस विषयमा छलफल गर्न असोज २८ गते बुधबार आफ्नो हेडक्वाटर नयाँ बजारमा जनमुक्ति सेनाको जनरल स्टाफको बैठक बसेको थियो। त्यो बैठकले सेना समायोजन विरोधी प्रयत्नको विरोध गरिने निर्णय गरेको स्रोतले बतायो। बैठकमा जनसेनाका प्रमुख नन्दकिशोर पुन 'पासाङ', डेपुटी कमाण्डर चन्द्रप्रकाश खनाल 'वलदेव', वर्षमान पुन 'अनन्त', जर्नादन शर्मा 'प्रभाकर', सातवटै डिभिजनका कमाण्डरहरुको उपस्थिति रहेको थियो। 'बैठकले सेना समायोजनबाट नयाँ राष्ट्रिय सेना गठन भएको सन्देश प्रवाह हुनुपर्ने निश्कर्ष निकालेको छ। पुरानो सेनामा विलय भएको सन्देश जाने गरी सेना समायोजन भएमा हामीलाई मान्य हुने छैन'– सहभागी एक डिभिजन कमाण्डरले दृष्टिलाई बैठकको निर्णय सुनाए। जनसेनाको जनरल स्टाफको बैठकले यस्तो निश्कर्ष निकाले पनि प्रधानमन्त्री दाहालले सबै जनसेनालाई राष्ट्रिय सेनामा समायोजन गर्ने नीति नभएको बताएपछि जनसेना प्रचण्डको नियतप्रति सशंकित बनेको स्रोतले बतायो। 'योग्य भनेको के हो? के सबै जनसेना हिजो युद्ध लडेरै आएका होइनन् र? अध्यक्ष एवं प्रधानमन्त्री र रक्षामन्त्रीबाटै योग्य र अयोग्यको नाममा जनसेनालाई विभाजन गरी धोका दिने षड्यन्त्र भएको देख्दा हामीलाई असाध्यै पीडा भएको छ।' सिन्धुलीको दुधौलीमा अवस्थित दोस्रो डिभिजन अर्न्तगतका एक विग्रेड कमाण्डरले टेलीफोनमा असन्तुष्टि पोखे। प्रधानमन्त्री दाहालले भारत र अमेरिकाका नेताहरुसमक्ष जनसेनालाई राष्ट्रिय सेनामा समायोजन नगर्ने प्रतिवद्धता गरिसकेकोले त्यही प्रतिवद्धताअनुसार उनले आफ्नो योजना सार्वजनिक गरेको स्रोतको दावी छ। नयाँदिल्लीस्थित दृष्टि विशेष प्रतिनिधिका अनुसार प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री मनमोहन सिंह, विदेशमन्त्री प्रवण मुखर्जीलगायतसँग माओवादी जनसेनालाई राष्ट्रिय सेनामा समायोजन नगर्ने प्रतिवद्धता व्यक्त गरेका थिए। 'भारतीय प्रधानमन्त्री र विदेशमन्त्रीलगायत नेताले प्रधानमन्त्री दाहालसँग सेना समायोजनको विषयमा प्रमुखताका साथ कुरा उठाएका थिए। र, उनीहरुले माओवादीका सम्पूर्ण सेनालाई राष्ट्रिय सेनामा समायोजन गरिएमा त्यसले भविष्यमा घातक परिणाम ल्याउने कुरातर्फ सचेत गराएका थिए।' दिल्ली स्रोत भन्छ– 'भारतीय नेताहरुको यो सल्लाहपछि प्रधानमन्त्री दाहालले पनि मैलै पनि यो कुरा महशुस गरेको छु। सबै लडाकुलाई राष्ट्रिय सेनामा समायोजन गरिने छैन भनेका छन्। त्यसैले दाहाल त्यही प्रतिवद्धताअनुसार नै अघि बढिरहेका छन्।' रामबहादुर थापा 'बादल' रक्षा मन्त्री बनेलगत्तै ६ महिनाभित्र सेना समायोजन गरिसक्ने धारणा सार्वजनिक गरेका थिए। तर, अहिलेसम्म सेना समायोजनको मापदण्ड निर्धारण गर्ने विशेष समिति समेत बन्न सकेको छैन। सुरक्षासँग सम्बन्धीत विज्ञहरुले ६ महिनाभित्र सेना समायोजन गर्न नसकिने दावी गरिरहेका छन्। विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान, राजनीतिक दलहरुबीचको सहमतिमा समेत सेना समायोजन र पुनःस्थापना गर्ने कुरा उल्लेख छ। तर, सेना समायोजनको विषयमा विवाद बढदै जाँदा संविधान निमार्णको काम समेत ओझेलमा पर्दै आएको छ। द्वन्द्वरत संसारका धेरै देशहरुमा सेना समायोजनको विषयले लामो समय लिएको इतिहास छ। दक्षिण अफ्रिकामा नेल्सन मण्डेलाजस्ता लोकप्रिय नेताले नेतृत्व गर्दा समेत सेना समायोजनको टुङ्गो लगाउन ४ वर्ष लागेको थियो। हाइटी, कङ्गो, बुरुण्डी, इजराएल जस्ता धेरै देशहरुमा सेना समायोजन भइसकेपछि विद्रोह भएको इतिहास पनि हाम्रा सामु छ। उच्च सैनिक स्रोतका अनुसार मुलुकमा स्थायी शान्ति स्थापना हुन्छ भने तल्ला तहका केही जनसेनालाई राष्ट्रिय सेनामा गाभ्न नेपाली सेना तयार छ। तर, सबैलाई नेपाली सेनामा समायोजन गर्न तयार छैन। 'दिगो शान्ति स्थापना गर्ने मूल्यमा तल्ला तहका ३ हजारसम्म जनसेना समायोजन गर्न सकिनेमा सेनाको उपल्लो तहमा सहमती भएको छ। आफ्नो कुर्सी जोगिने आश्वासनपछि प्रधानसेनापति रुक्माङगद कटवाललगायत केही उच्च अधिकृतहरुले माओवादीका सबै लडाकुलाई राष्ट्रिय सेनामा समायोजन गर्न सहमती जनाए भने हेर्दै जानुस, नेपाली सेनाको बीचको तहबाट विद्रोह हुने निश्चित छ।' एक उच्च सैनिक अधिकृतले भने– 'राजनीतिक फिल्डबाट आएका व्यक्ती सेनामा आएर निश्त्रि्कय बस्न सक्तैनन्। त्यसैले राजनीति गरेर आएका लडाकुलाई राष्ट्रिय सेनामा समायोजन गर्न हँुदैन भनेर नेपाली सेनाले १० वटा उपाय देखाइदिएको छ। त्यो उपायलाई अस्वीकार गर्दै सबै लडाकुलार्ई राष्ट्रिय सेनामा समायोजन गरी राजनीति गरिएमा विद्रोह हुनेछ।'

आकाशबाट झरेपछि...

-कार्तिक-२०६५,मंगलवार
२२ हजार पाँच सय फिट माथि आकाशबाट हामफालेर काठमाण्डौं आइपुगेकी माया गुरुङ यतिबेला सम्मान थाप्न, फोटो खिचाउन, अनुभव सुनाउन र साहास बाँड्न व्यस्त छिन। गत असोज १७ गते बाट एक्सप्लोअर हिमालय, इन्त्रि्कडिबल एड्भेञ्चर र बेलायतको हाइ एण्ड वाइल्ड नामक संस्थाले आयोजना गरेको दश दिने प्रथम स्काई ड्राइभिङमा नेपालका तर्फबाट सहभागी भएर उनले सफलता प्राप्त गरिन्। जहाँ १४ राष्ट्रका ३३ जनाले भाग लिएका थिए। माया गुरुङ एकमात्र प्रथम नेपाली महिला हुन जस्ले यति धेरै अग्लो ठाउँबाट प्यारासुटको सहारामा जम्प गरेर सफलता प्राप्त गरेकी छिन। “चरा जस्तै उड्न पाए कस्तो मजा हुन्थ्यो”! सानै देखिको सपना थियो आकाशमा उड्ने। टुडिखेलमा आर्मीहरु प्यारासुटबाट हामफालेको देख्दा म पनि यसरी हामफाल्न पाए.......! जस्तो लाग्थ्यो। यतिबेला मेरो सपना पूरा भएको छ।” –मायाले खुशी व्यक्त गरिन। दशैंमा सबैजना टिका लगाउन व्यस्त थिए। तर माया आकाशबाट हामफल्ने काममा व्यस्त थिइन्। टिकाको भोलिपल्ट विहान १०.४५ बजे मायाले सोलुखुम्बु जिल्लाको स्याङबोचे हिमाल क्षेत्रमा प्लेनबाट जम्प गरिन। तीन हजार फिट तलसम्म झर्दा मायाको प्यारासुट खुलेन। तर पनि माया डराइनन् किनकी उनलाई आकाशमा उड्ने रहर थियो। “भित्रैबाट रहर जागे पछि त्यसलाई पूरा गर्न पनि भित्रैबाट आँट आउँदो रहेछ। आँटे पछि गर्न नसकिने केही रहेनछ।”मायाको आँट बढेको छ। “म त अझै धेरै माथिबाट हामफाल्न चाहान्थे तर अनुमति पाइन। जहाँबाट अनुमति पाएँ, त्यहिबाट पनि मैले प्रशस्त आनन्द लिएँ”– मायाले थपिन्– “म खुम्जुङ र खुन्दे माथि उडि रहेकी थिएँ। मनोरम हिमाल, तालतलैयाहरु, हरिया फाँटहरुको माथि माथि उडिरहँदा मैले आफुलाई संसारकै भाग्यमानी केटी संझें। मलाई मेरो पाइलटले ल्याण्डिङ्ग प्वाइन्टको संकेत गरिरहेका थिए तर मैले प्वाइन्ट नै देखेकी थिइन। पाइलट नभएको भए अझै धेरै समय आकाशमा विताउन पाउने थिएँ! जस्तो लागि रहेको थियो।” सिन्धुपाल्चोक जिल्लाको भोटे नाम्लाङ्ग गाविस वडा नं. ८, गुरुङ गाउँमा जन्मिएकी माया गुरुङ उमेरले २९ वर्षकी भइन तर कामको हिसाबले आजभन्दा दुई वर्ष अगाडि नै सगरमाथा आरोहण पनि सफल गरिसकेकी छिन। २०५६ सालमा टेनपीन बलिङ बाट खेल क्षेत्रमा प्रवेश गरेकी माया २०६१ सालसम्म बलिङको च्याम्पीयनशीप समेत रहिन। त्यहि अवधीमा उनले सोल्टी होटलमा बलिङको प्रशिक्षकको रुपमा जागिर समेत खाइन्। २०६३ सालबाट उनी हिमाल आरोहण तर्फ लागिन। रक क्ल्याम्बीङ र वाल क्ल्याम्बीङ जस्ता ट्रेनिङ लिए पछि उनले सगरमाथा आरोहण गर्ने प्रयास गरिन् तर उनको प्रयासमा “फण्ट” तगारो बनेर तेर्सियो। एकातिर खर्चको अभाव अर्कातिर “गुरुङकी छोरी भएर कहाँ हिमाल चढ्ने?” “सक्दैन” आदी जस्ता कुराले उनलाई हतोत्साही बनायो। “तर मैले आफ्नो प्रयासलाई जारी राखें। सगरमाथा चढेरै छाडें।”– मायाले सहास देखाउँदै भनिन्। सगरमाथा आरोहण गर्ने आफ्नो लक्ष्य पूरा गर्न माया प्रथम समावेशी महिला सगरमाथा आरोहण दलमा सामेल भईन। संस्था मार्फत गए पछि फण्ट जुटाउन सजिलो भएको र आफ्नो लक्ष्य पूरा भएको मायाले बताइन। २०६५ साल जेठ ९ गते विहान ८.४५ बजे मायाले सगरमाथाको शिखरलाई चुमेकी थिइन। गाह्रो भएन सगरमाथा आरोहण गर्न?“समिटको मोहले केही पनि गाह्रो लागेन।”–मायाले उत्साहित हुँदै भनिन्। १४ वर्षको उमेरमा घरबाट बिहे गरिदिने कुरा गरेपछि भागेर हिंडेकी माया गुरुङ यतिबेला भने बिहे गर्नुपर्छ भन्ने कुरामा सहमत छिन तर “सोचेको छैन” भन्छिन। कहिले सोच्ने त? “अझै केही काम गरेपछि।” बिहे नै रोकेर गर्ने काम के हो त्यस्तो? “गरेपछि भन्छु।” हामीले मायासंग धेरै कोट्यायौ। मायाका अझ दुई वटा लक्ष्य बाँकी रहेछन–एउटा र्‍याफ्टिङ र कायटिङ गरेर नेपालका नदी चिनाउने, अर्को सिन्धुपाल्चोकका महिलालाई शिक्षित र स्वस्थ बनाउने। चढ्न धेरै अभ्यास र मिहिनत गरेपनि झर्ने कुरामा अहिलेसम्म कुर्चीबाट समेत हाम नफालेकी माया गुरुङ दुई सेकेण्डको आँटले नेपालकै प्रथम महिना बनिन्। आफुले चाहेको राम्रो काम आँट गरेपछि पूरा हुन्छ भन्दै माया नेपाली महिलालाई आफ्ना समस्याहरु नलुकाउन र बाहिर आउन प्रयास गर्न सल्लाहा दिन्छिन। उनको सल्लाहा कति महिलाले मान्ने हुन थाहा छैन तर हाम्रो शुभकामना छ मायालाई अझ धेरै सफलताको।

बाहिरी चक्रपथको निमार्ण सुरु


काठमाडौं उपत्ययतको बढ्दै गएको सवारीसाधान र पैदलयात्रुको चापलाई ध्यान दिएर बाहिरी चक्रपथ निमार्ण गर्ने भएको छ। ६ लेन लामो उक्त चक्रपथमा सबै सुविधा राखिएको छ। उपत्यकामा बाहिरी चक्रपथ निमार्णका लागि यसै महिनादेखि काम सुरु गरिने भएको छ।
पहिलो चरणमा चोरभा देखि सतंुगल गाविससम्म ६किलोमिटर सडक निमार्ण गरिन छ। ६ किलोमिटर निमार्णका लागि एक अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान छ भने बाहिरी चक्रपथ निर्माणका लागि १४ अर्ब रुपैयाँ लाग्ने बताइएकोछ। चक्रपथ निमार्ण १० बर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ। बाहिरी चक्रपथ निमार्णका लागि तिहारलगत्तै फिल्डमा काम सुरु हुने छ। बाहिरी चक्रपथ विकास आयोना प्रमुख सुरेशप्रसाद अचार्यका अनुसा।र सर्वेक्षणलगायत सम्पूर्ण तयारी पूरा भएको छ। चीन सरकारको सहयोगमा निमार्ण हुन लागेको बाहिरी चक्रपथ ७२ किलोमिटर लामो छ। ६ लेन रहेन यस चक्रपथको चौडाइ ५० मिटर हुनेछ।
यसमा हायवे, सर्भिस रोड, पार्किङ लाइन, साइकल लेन, ग्रीन वेल्ट, सडकपेटिलगायतको व्यवस्थापनि हन्छ। तीस वर्ष अघि निमार्ण गरिएको अहिलेको चक्रपथ२७ किलोमिटर लम्बाइ र ८० फिट चौडाइको मात्र छ। बाहिरी चक्रपथले उपत्यकाका तिन जिल्ल्ाका ४० गाविस , भक्तपुर, मध्युपुर ठिमी, किीतिपुर नगरपालिका र काठमाडौं महानगरपालिकालाई हुनेछ। यसका लागि ३२ किलोमिटरको विस्तृत परियोजना प्रतिवेदन तयार गरिएको बताइन्छ । बाहिरी चक्रपथले छुने एरियाहरुमा काठमाडौंको चोरभा, गाम्चा, संतुगल, नैकाप, पुरानो भन्ज्याङ, सीतापाइला, नागार्जुन डाडा, नेपालटार, गोंगबु, टोखागाउँ, चपली, कपन, जगडोल,सुनटोल र थलीडाँछी। यस बाटाले भक्तुपुरको गामफेदी, पकाउनेपाटी, बाँसबारी, याङडोल, मसानडोल, भातेढिकुरो, नयाँ ठिमी र दधिकोट क्षेत्रलाई छुनेछ। ललिपुरको लुभु,ठैव, धावाखेल, ठेचो,बुडमती र चोभारा छिचोल्ने ताइएको छ।(साभार वीकली नेपाल )