NAMASKAR ,NAMASKAR

NAMASKAR ,NAMASKAR
WELCOME MY BLOG VIEWERS

THINK WE ARE SAME

Photobucket

नेपाली समय

"शादा जीबन उच्चा बिचार"

"शादा जीबन उच्चा बिचार"
NEPALI FLAG

नमस्कार, नमस्कार , नमस्कार

"मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे, रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे, दु:ख मा रुनु हुँदैन र सुखमा हास्नु हुँदैन रे, आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे, जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिली रहोस समयले जति नै टाढा पुर्याए पनि अबिरल यादहरु आईरहोस, पुरा होस तपाईंको मनको हरेक कामना ।।" भगवान पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।

शिव जी

शिव जी
HINDU RELIGION

महादेव पार्वती र गणेश

महादेव पार्वती र गणेश

राजा त्रिभुवनको अफिस

राजा त्रिभुवनको अफिस








Nepal's First President

Nepal's First President
Ram Baran Yadav

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

शाह कालमा बिदेशी पाहुनालाई सुताउने कोठा

बैठक कोठा

बैठक कोठा

राजगद्दी सिहासन

राजगद्दी सिहासन

नारायणहिटी सङ्ग्राहालय

नारायणहिटी सङ्ग्राहालय
२०६५ देखी सर्बसाधारणलाई खुल्ला गरिएको हो ।

Tuesday, January 20, 2009

नग्न तस्बिर लिलामीमा


अमेरिकी पपस्टार म्याडोनाको नग्न तस्बिर लिलामी हुने भएको छ, जुन तस्बिर सन् १९७९ मा अमेरिकाको न्युयोर्कमा खिचिएको थियो । डान्सरका रूपमा स्थापित हुन संघर्षरत रहेको वेला म्याडोनाले खिचेको फोटो अहिले लिलामी हुन लागेको हो । अगाडिबाट खिचिएको एउटा फोटोको मूल्य दस हजार डलर रहेको छ । फोटो खरिद गर्न केही व्यक्तिले चासो देखाइरहेका छन् । एजेन्सीले उल्लेख गरेअनुसार उक्त फोटो म्याडोना स्वयंले पनि खरिद गर्न सक्नेछिन् ।Naya Patrikabaata

माओवादी एकतासँगै देखिएको विद्रोह


माओवादी र एकताकेन्द्र मसालवीच हालै पार्टी एकीकरण भएको समाचार सार्वजनिक भएको छ। त्यसो त उक्त दुई पार्टीको एकता कै मेसोमा जनमोर्चा नेपाल पहिले विघटन भएको र पछि एकता केन्द्र मसालसँगै माओवादीमा विलय भएको घोषणा गरिएको छ।read more...

धुर्मुसले सुन्तुलाई झ्यांई पारेरै छोडे


'गाउँमा हलो जोत्दा पनि कलाकारहरूको नक्कल गरिरहेको देख्दा गाउलेहरूले बौलाएछ भन्थे तर किनकिन म सानैदेखि ठूलो मान्छे बन्ने कल्पना गर्थेँ ।' हुने बिरुवाको चिल्लो पात भनेझैँ दस वर्ष अगाडि नै उज्यालो भविष्यको कल्पना गर्ने एउटा युवकको चाहना लामो समयको सङ्घर्षपश्चात् यथार्थ बनेर झुल्किएको छ ।read more.....

सम्झनारुपी भाबहरु


दु:ख नै जिबन को साथी ठान्नु पर्ने
सुख त केबल पाहुना रहेछ
बिछोड नै जिबन को आधार ठान्नु पर्ने
मिलन त केबल खेलौना रहेछ
ओठमा मुस्कान त छर्नु नै पर्ने
जिबन त एउता रङगमन्च रहेछ
लक्ष्य नै जिबन को रहर ठान्नु पर्ने
जिबन त एउटा अन्त्यहिन यात्रा रहेछ
केही छैन म सँग दिन लायक उपहारहरु
बस यही दिदैछु सम्झनारुपी भाबहरु
नाम :सार्थक सिम्खडा
ठेगाना :फुल्खर्क -५,धादिङ
सम्पर्क :sarthak42@gmail.com/sarthack143@yahoo.co.nz

Monday, January 19, 2009

माओवादी एकतासँगै देखिएको विद्रोह


माओवादी र एकताकेन्द्र मसालवीच हालै पार्टी एकीकरण भएको समाचार सार्वजनिक भएको छ। त्यसो त उक्त दुई पार्टीको एकता कै मेसोमा जनमोर्चा नेपाल पहिले विघटन भएको र पछि एकता केन्द्र मसालसँगै माओवादीमा विलय भएको घोषणा गरिएको छ।
माओवादीले एकताकेन्द्र मसाल सँगसँगै मालेमा, एकीकृत र माले पनि आफूमा विलय भएको भनेर प्रचार गरेको छ। जबकि नेकपा एकीकृत र माले माओवादीसँगै संविधानसभामा क्रियाशील रहेका छन्। बरु केही माओवादी कार्यकर्ताले बिद्रोह गरेको देखिएको छ। माओवादी नेता तथा कार्यकर्ताहरूले विद्रोह गरी रिभोल्युसनरी लेफ्ट विङ गठन गरेको करिब ६ महिना पुग्न लागेको छ। र, सो विङ पार्टीमा परिणत हु'दै छ। त्यसैगरी, एकताकेन्द्र मसालसँग पार्टी एकीकरण भएलगत्तै माओवादीबाट नेता तथा कार्यकर्ता बाहिरिने क्रम शुरु भएको देखिन्छ। यसैक्रममा नेकपा माओवादी रुपन्देहीका जिल्ला सचिवालय सदस्यसहित एक सयभन्दा बढी कार्यकर्ताले सो पार्टीबाट विद्रोह गरेका छन्। गत बिहीवार भैरहवामा पत्रकार सम्मेलन गरी विद्रोह गर्ने कार्यकर्ताको समूहले क्रान्तिकारी राष्ट्रिय मधेशी मुक्ति मोर्चा नेपालको गठन गरेको घोषणा गरेका छन्। माओवादी सरकारमा गएपछि पुराना सबै मुद्दालाई भुलेकाले आफूहरूले नयाँ मोर्चा गठन गरेको उनीहरूले उल्लेख गरेका छन्। सो समूहले हिराकुमार निषाद राहुलको संयोजकत्वमा ९ सदस्यीय क्रान्तिकारी राष्ट्रिय मधेशी मुक्ति मोर्चा नेपाल संगठनको गठन गरेको जनाएको छ। संगठनको सदस्यमा अजय रौनियारसहित नवलपरासीका सदस्य नरसिंह कहाँर र रामजीत हरिजनलगायत भगवती चौधरी, श्यामु तिवारी, बीरेन्द्रप्रसाद कुर्मी रहेका छन्। माओबादीबाट विद्रोह गरेका कार्यकर्ताहरूले पत्रकार सम्मेलनमा पहाडिया शासकले तराई छाड्नुपर्ने, तराईको राजस्व तराईमै खर्च गर्नुपर्ने, तराईको भूमि मास्न नपाइने, मधेशी आन्दोलन, जनयुद्ध र जनआन्दोलनका शहीदहरूलाई उचित क्षतिपूर्ति, समान ब्यवहार र सम्मान गर्नुपर्ने, खोसिएको जमिन्दारको सम्पत्ति फिर्ता गर्न नपाइने, जातीय स्वशासन लागु गर्नुपर्ने मागसहित नयाँ मोर्चा गठन भएको दावी गरेका छन्। माओबादीले जनयुद्धको अपमान गरेको आरोप लगाउँदै विगतमा बनेका अन्य सरकार र अहिलेको सरकारमा कुनै फरक नभएको उनीहरूको धारणा छ। शहीद, बेपत्ता र घाइते परिवारलाई राहत दिन नसकेको,मधेशका मुद्दालाई भुलेको आरोप पनि उनीहरूले लगाएका छन्। मधेशी कार्यकर्तालाई पार्टीमा दोस्रो दर्जामा राखेर हेर्ने गरिएको, नातावाद र कृपावादमा पार्टी चलेकाले विद्रोहको लागि बाध्य भएको उनीहरूले बताएका छन्। यसैक्रममा माओवादीका केन्द्रीय सदस्य मातृका यादवले पनि छुट्टै पार्टी गठन गर्ने समाचार सार्वजनिक भएको छ। नवप्रवेशी एकताकेन्द्र मसालका घनश्याम शर्मा र माधव कोइरालाले प्रवेशको लगत्तै पद परित्याग गर्नुभएको छ भने माओविचारधारा मान्ने अन्य नेताहरूले पार्टी विभाजन गर्ने संकेत देखिएको राजनीतिक क्षेत्रमा टिकाटिप्पणीको विषय भइरहेको छ। माओवादीका अध्यक्ष प्रचण्डले पटक–पटक एमालेसँग पार्टी एकताका लाग गर्नुभएको आग्रहलाई सो पार्टीले इन्कार गर्दै गएको छ।
- Deshpream

Sunday, January 18, 2009

भ्याइनभ्याई छ झरना थापालाई


दुईवटा फिल्मको सुटिङ अनि आफैंले निर्माण गरेको 'तक्दिर' काठमाडांैमा चलाउने अन्तिम तयारी । त्यसमाथि म्युजिक भिडियोहरूको खात । नायिका झरना थापालाई यतिखेर 'असार १५' लागेको छ । 'माघ अन्तिमबाट 'तक्दिर' काठमाडांैमा प्रदर्शन हुन्छ'- म्युजिक भिडियोे सुटिङका लागि चितवन सौरहा गएकी झरनाले शनिबार फोनमा भनिन्- 'तत्कालै कालापानी र एउटा भोजपुरी फिल्ममा अभिनय गर्दैछु । त्यसबाहेक अरू दुईवटा फिल्मबाट प्रस्ताव आएको छ, तर समय मिलाउने गाह्रो भइरहेको छ ।' उपत्यकाबाहिर राम्रै चलेर राजधानीमा प्रदर्शन हुन लागेको 'तक्दिर'ले केहीअघि सर्वाेत्कृष्ट फिल्म, नायिका, स्त्रिmप्ट, चरित्र अभिनेता र निर्देशक गरी पाँच विधामा केटिभी फिल्म अवार्ड जितेको थियो । यो सफलताले हौसिएकी झरना भन्छिन्- 'वैशाखबाट अर्काे फिल्म निर्माण गर्छु ।' आगामी फिल्मको नामचाहिँ अलि अनौठो छ- केटी हराएको सूचना । 'यो एकदमै नौलो फिल्म हुनेछ'- झरना भन्छिन्- 'केन्द्रीय चरित्र त्यो हराउने केटीको रोल म आफंै गर्छु होला । तर, अरू नायिकालाई पनि लिन नसकिने भन्ने होइन ।' आफू निर्माता भएपछि 'लिड रोल' आफैंले गर्न पाउनुपर्छ भन्नेचाहिँ नसोचेको झरनाले बताइन् । 'मुख्य कुरा कथामा को फिट हुन्छ भन्ने हो'- उनले भनिन्- 'म फिट भएँ भने मै खेल्छु,, नत्र फिट हुने हिरोइन खोज्नुपर्छ ।' अभिनयका साथै निर्माता पति सुनिलकुमार थापासँग निर्माणमा पनि व्यस्त झरनाले पछिल्लोपटक 'म तिमीविना मरिहाल्छु' मा गरेको अभिनय निकै मन पराइएको थियो । तर, झरना 'यतिमै सन्तुष्ट नभएको' दाबी गर्दै भन्छिन्- 'मैले अझै धेरै गर्न बाँकी छ ।'

naya patrika

Friday, January 16, 2009

धुर्मुसले सुन्तुलाई झ्यांई पारेरै छोडे



'गाउँमा हलो जोत्दा पनि कलाकारहरूको नक्कल गरिरहेको देख्दा गाउलेहरूले बौलाएछ भन्थे तर किनकिन म सानैदेखि ठूलो मान्छे बन्ने कल्पना गर्थेँ ।' हुने बिरुवाको चिल्लो पात भनेझैँ दस वर्ष अगाडि नै उज्यालो भविष्यको कल्पना गर्ने एउटा युवकको चाहना लामो समयको सङ्घर्षपश्चात् यथार्थ बनेर झुल्किएको छ ।
नेपाल टेलिभिजनबाट हरेक शनिबार साँझ प्रसारण हुने टेलिफिल्म 'ए मेरी बास्सै' का कलाकार तथा निर्देशकसमेत रहनुभएका प्रसिद्ध हाँस्य कलाकार 'धुर्मुस' अर्थात् सीताराम कट्टेल हिजोआज आम दर्शकको ढुकढुकी बन्नुभएको छ ।
२०४० सालमा सोलुखुम्बु जिल्लाको नेचावेदमा जन्मनुभएका कट्टेल एसएलसीसम्मको अध्ययनपछि बाँकी पढाइ र राम्रो जागिरको आशमा मनभरि सपना पालेर राजधानी छिर्नुभयो । कसलाई थाहा थियो र उहाँभित्र जन्मसिद्ध पाएको कलाको अपार वरदान छ भनेर साथमा सत्रसय रुपियाँ लिएर पहिलोपटक काठमाडौँ आएको राजा वीरेन्द्र मरेको दिन पो रहेछ, ताजै थियो उहाँको स्मरण ।
एकपटक देखेकै भरमा जस्तोसुकै बोलीको नक्कल गर्नसक्ने खुबी भए पनि पातलो शरीर, ख्याउटे अनुहार भर्खर गाउँबाट भर्खरै आएको केटो, त्यतिबेला सीतारामलाई पत्याएर काम दिने आँट कसैले गरेनन् । आजभोलि नाम, दाम र सफलताको भरपूर युवा कलाकार जसले दुई छाक खान यो राजधानीको प्रत्येक सडक र गल्ली चाहारेको सङ्घर्ष पनि धेरै नै दुखदायी रहेछ । सन्तोष पन्तको 'हिजोआजका कुरा' मा खेल्नको लागि मात्रै एक वर्ष जति धाएको दुखेसोलाई पनि सीतारामले कहाँ बिर्सनुभएको छ र ? 'शरणमा परेपछि बल्ल एक डाइलग बोल्न दिनुभयो ।' विगत सम्झदा अहिले पनि सीतारामलाई नरमाइलो लाग्छ तर ती सङ्घर्षमय दिनहरूले सिकाएको पाठले नै आज सफल जीवनको मार्ग कोरेकोमा फेरी उहाँ खुसी पनि देखिनुहुन्छ । आफूमा भएको कला देखाउने अवसर नपाएर भौँतारिरहँदा २०६० साल असोज १० गते नेपाल टेलिभिजनबाट प्रसारण हुने 'गिताञ्जली' कार्यक्रममा आफ़्नो खुबी देखाउने अवसर पाएपछि भने सीतारामको अन्तरआत्मादेखि नै कुण्ठित बाल्यकालदेखिकै चाहानाको बाटो खुल्यो । अनि त 'जिरे खुर्सानी', 'गाइजात्रा' हुँदै सफलताको अर्को गन्तव्यको तय गर्‍यो 'ए मेरी बास्सै' सम्म तर धक फुकाएर आफ़्नो खुवी देखाउने अवसर पाएको 'धुर्मुस' चरित्रको अभिनय मन नपराउने सायदै होलान् । एउटा पाखे, गाउँले, अनपढ युवकको भूमिकामा दर्शकले चिनेको धुर्मुसलाई राम्रो लुगा लगाएर बाहिर भने कसैले चिन्दैनन् ।
'एउटै भूमिकामा भए पो दर्शकले पनि अड्कल गर्नु, मेरी बास्सैमा नौवटा भिन्दाभिन्दै भूमिका र एउटै व्यक्तिको सातवटा नक्कल गरेको छु ।' टेलिभिजन कार्यक्रमकै इतिहासमा यस्तो भूमिका कसैले नगरेको विश्वास छ उहाँलाई । सीतारामको लागि दरिलो भाग्य परीक्षा नै बनेको मेरी बास्सैमा अनौठोरूपमा श्रीमती र श्रीमानको भूमिकामा प्रस्तुत हुँदै आएका यी दुई बीचको सम्बन्ध अब विधिवत्रूपमै वैवाहिक सूत्रमा बाँधिएको छ । काम गर्दै जानेक्रममा दुईवर्ष अगाडि नै कुञ्जन अर्थात् सुन्तलीसँग विवाहको प्रस्ताव राख्दा निराश बन्नुपरेको सीतारामलाई यसपालीको मङ्सिरमा भने लगन जुरेरै छाड्यो ।
गाउँमा पहिलोपटक टेलिभिजनमा महजोडीको 'कान्तिपुर' देखेका सीताराम हरिवंशको अभिनयबाट अत्यधिक प्रभावित हुनुभयो । उनलाई जीवनमा असाध्यै मनपर्ने व्यक्तिमध्ये हरिवंश आचार्य पनि हो । हरिवंशलाई नै आफ़्नो जीवनको उत्प्रेरणा स्रोत मान्ने हाँस्य कलाकार सीतारामले अबदेखि श्रीमती कुञ्जना अर्थात् सुन्तलीसँगको सहकार्यमा आ-आफ़्नै नयाँ शैलीको पहिचान बनाउने र दर्शकलाई भिन्दै खालको मनोरञ्जन प्रदान गर्ने सोचमा हुनुहुन्छ । * समुद्रपारि

मसाजको नाउमा यौन धन्दा



''बिहान उठ्यो खानासाना खायो अनि त्यसपछि मसाज पार्लरतिर लागियो, पार्लर जाँदा ग्राहक कुरिरहेका हुन्छन् । मसाज गर्न कोठाभित्र पस्यो । दैनिक दस/बाह्र जनालाई मसाज गरिसकेपछि ग्राहकहरूलाई खुसी पार्न उनीहरूसँग सेक्स गर्नैपर्छ । के गर्ने यसो नगरे काठमाडौँमा बाँच्न सकिँदोरहेनछ ।'' मसाज पार्लरमा काम गर्ने रिमा आफ़्नो दैनिकी सुनाउँछिन् । रिमा मात्रै होइन ठमेलका अधिकांश मसाज केन्द्रमा काम गर्ने युवतीहरूको कथा यस्तै छ ।
पेट पाल्नुपर्छ, के गर्नेर् ? मसाज सेन्टरभित्र हुने शारीरिक यौन क्रियाकलापबारे सोध्न नपाउँदै रिमा भन्छिन्- ''मसाज मात्रै गरेर पुग्दैन, ग्राहकसँग केही समय सुत्नैपर्छ । के गर्ने पेट त पाल्नै पर्‍यो नि ।''
उपत्यकामा रहेका लगभग २०० जति मसाजकेन्द्रमा काम गर्ने अधिकांश युवतीका कथा र व्यथा एउटै छ । मसाज सेन्टरमै काम गरेर कतिले परिवार पालेका छन् त कतिले भविष्यरेखासमेत कोरेका छन् । त्यस्ता मसाज सेन्टरमा छिर्ने अधिकांश पुरुषहरूले एक हजारदेखि पाँच हजार रुपियाँसम्म सिध्याउने गर्छन् । काठमाडौँको ठमेल, नयाँ बसपार्क र दरबार मार्गमा दर्ता भएका करिब १५० वटा मसाज केन्द्र खुलारूपमा बोर्ड नै राखेर सञ्चालनमा छन् भने सयौँ मसाजकेन्द्रहरू अवैधानिकरूपमा सञ्चालनमा रहेको पाइएको छ । ''मसाजकै लागि त धेरै पैसा तिर्नु पर्दैन तर मसाजसँगै ससाज गर्दा भने ग्राहकलाई धेरै पैसा लाग्छ ।' रिमा भन्छिन । मसाजकेन्द्रप्रति ग्राहकको आकर्षण बढ्नुमा मसाजभित्र हुने यौन क्रियाकलाप नै हो । मसाज गर्नभन्दा पनि यहाँभित्र पाइने यौन आनन्दका लागि नै विशेष गरी मसाजमा ग्राहकहरू आउने गरेको मसाज केन्द्रका महिलाहरू बताउँछन् । ''ग्राहकले भनेअनुसार आफ़्नो जिउ उनीहरूलाई समर्पित गरेर कमाएको पैसा पनि मसाज सञ्चालकलाई बुझाउनुपर्दछ, साहूले नै पैसा भागबण्डा गर्छन् ।'' मसाजमा काम गर्ने २३ वर्षिय एक युवतीले नाम नभन्ने शर्तमा भनिन् । ''केही प्रतिशत पैसा मात्र हामीले पाउँछौँ, अरू रकम त साहूले नै लिन्छन् ।'' मसाजमा काम गर्ने यस्ता युवतीहरू आफूहरू चारैतिरबाट शोषित भएको बताउँछन् । ''एकातिर मसाज सञ्चालकले त अर्कोतर्फ ग्राहकले शोषण गर्छन्, त्यसमाथि पुलिस र वाईसीएल आएर समय-समयमा छापा मारिरहन्छन्, साह्रै दुःख दिन्छन् ।'' ती युवतीले भनिन् ।
महिनामा एक-दुईपटक मसाज केन्द्र जाने गरेका एक युवक ग्राहक भन्छन्- ''युवतीहरूले मसाज गर्दै जाँदा बिस्तारै संवेदनशील अङ्ग चलाउँदै जान्छन् । मसाजभित्र पनि अश्लिल तरिकाले बस्छन् । के गर्ने मसाज गर्दै जाँदा यौन सम्बन्ध राख्न मन लाग्दोरहेछ । उनीहरू ग्राहकलाई खुसी पारेर धेरै खर्च गर्न बाध्य पार्छन् ।'' त्यसमा पनि यहाँ आएर यौन सम्बन्ध राख्दा गोप्य हुने भएकाले पनि यहाँ आइन्छ, ती युवकले भने ''वास्तवमा यहाँ मसाज गर्न मात्रै विदेशीहरू आउँछन् तर नेपालीहरू भने मसाज गर्नुभन्दा पनि राम्री केटीसँग यौन सम्बन्ध राख्न पाइन्छ भनेर यहाँ आउँछन् । त्यसैले पनि मसाज केन्द्रमा यौन रहर होइन बाध्यता बन्दै गएको छ ।'' ठमेलका एक मसाज सञ्चालकले भने ।
एक सर्वेक्षणअनुसार मसाज पार्लरमा काम गर्ने यस्ता युवतीहरू धेरै जसो सिन्धुपाल्चोक, काभ्रे, रसुवा, धादिङ र मकवानपुरका रहेका पाइएको छ । मसाजमा काम गर्ने अधिकांश महिलाहरूको शिक्षा एसएलसीभन्दा माथि छैन ।
''मसाज केन्द्र अहिले यौन व्यापार केन्द्र भएको छ त्यसैले यसलाई धेरैले देहव्यापारकै थलोको रूपमा बुझ्न थालेका छन् तर यो कुरा गलत हुँदाहुँदै हाम्रो पनि बाध्यता बनेको छ ।'' एक मसाज सञ्चालकले भने- ''मसाज एउटा उपचार पद्दति हो तर यसलाई गलत तरिकाले बुझेको कारण यसको रूप विकृत हुन पुगेको हो । मसाज गर्ने नाममा यहाँ ठूल्ठूला व्यापारी, प्रहरी र आर्मीका सिनियर अफिसरहरू पनि यहाँका भर्खरका केटीहरूसँग सेक्स गर्न आउँछन् ।'
के हो त मसाज ?
मसाजमा हुने गरेको विकृतिकै कारण मानिसले अहिले मसाज केन्द्रलाई वेश्यावृत्तिको थलो मान्न थालेका छन् तर मसाज भनेको अङ्ग्रेजी शब्द हो भने यसलाई संस्कृतमा मालिस भनिन्छ । नेपालीमा मा भनेको छाला र लिस भनेको चम्काउनु हो । अर्थात् छालालाई चम्काउनु नै मसाज हो । यो शारीरिक र मानसिक उपचारका लागि गरिने प्राकृतिक चिकित्सा पद्दति हो ।
मसाज पनि योगकै एक भाग हो । जिउ दुखेको, मर्किएको, हड्डी भाँचिएको, शरीरको कुनै भाग ठोकिएर दुखेमा, निद्रा या भोक नलागेमा, ग्यास्टिक, थकावट भएमा, सुत्केरी अवस्थामा पक्षघात भएमा, कमजोर महसुस भएमा, मानसिक तनाव भएमा, रक्तचाप उच्च वा न्यून भएमा, शरीर पातलो वा मोटो पार्नु परेमा, बाथका सबै किसिमका रोग निको पार्न मसाज गरिन्छ ।
मसाज प्राकृतिक चिकित्सा पद्दति भएकाले यसमा आयुर्वेदिक तेलहरूको प्रयोग गरिन्छ तर काठमाडौँमा खुलेका मसाज केन्द्र भने उपचारात्मक पद्दतिअन्तर्गत नचलेको मसाज विशेषज्ञहरू बताउँछन् । उनीहरूका अनुसार करिब चार हजार वर्ष अगाडि बिरामीलाई आराम दिन मसाजको प्रयोग गरिएको पाइन्छ तर काठमाडौँको मसाज केन्द्रमा उपचारका नाममा यौन क्रियाकलापका लागि उत्प्रेरित गरिन्छ । मसाज गराउन गएका विदेशीलाई समेत अनेक किसिमले उत्तेजित गराई यौन सम्बन्ध राख्न प्रेरित गर्ने र बढी पैसा लिने गरेको पर्यटन व्यवसायीहरूको गुनासो छ ।
नेपालमा दिनानुदिन पर्यटन व्यवसाय तीव्ररूपमा फस्टाउँदै गइरहेको र एचआईभी/एड्सजस्ता भयानक रोगबाट त्रासदीपूर्ण स्थितिमा जीवन गुजार्नेको सङ्ख्या बढिरहेको समयमा प्रहरी प्रशासन भने मौन छ । प्रहरी प्रशासन यसलाई कारबाही गर्ने कानुनी व्यवस्था नै नभएको बताउँछन् । सोह्रखुट्टेका एक प्रहरी अधिकृत भन्छन्- ''त्यस्तो ठोस कानुन नै छैन जसले खुलारूपमा यौन व्यवसायलाई रोक्न सकियोस्, न यसलाई वैधानिकता नै दिन सकिन्छ । नेपालमा यसरी यौन व्यवसाय फैलदै र बढ्दै जानुमा सरकारी संयन्त्र नै बलियो नहुनु प्रमुख कारण हो । कतिपय अवस्थामा प्रहरी प्रशासनले अनुसन्धान कारबाही अगाडि बढाएको पनि छ तर त्यो पर्याप्त भने छैन ।''
प्रहरीकै मिलेमतोमा ठमेल क्षेत्रका मसाज पार्लरमा यौन व्यापार हुने गरेको आरोप बारम्बार लाग्दै आएको छ । केही समयअघि सोह्रखुट्टे प्रहरी प्रभागले ठमेलका आठवटा मसाज पार्लरमा छापा मारेर यौन व्यापारमा संलग्न ४८ जना युवायुवतीलाई पक्राउ गर्‍यो । त्यसपछि पनि प्रहरीले पटक-पटक छापा मारी दर्जनौंलाई यौन क्रियाकलापमा संलग्न रहिरहेको अवस्थामा पक्राउ गरेको थियो तर ती छापाबाट मसाजका नाममा हुने यौन व्यापारमा भने कमी आउन सकेको छैन । प्रहरीले यस्ता गतिविधि रोक्न छापा मार्दैनन्, मसाज सञ्चालकसँग मोटो रकम असुल्न छापाको नाटक रच्छन् । ठमेलकै एक मसाज सञ्चालक भन्छन्- ''मसाज गर्न विशेष गरी पुलिस, अफिसका हाकिमहरू, डाक्टर, नाम चलेका व्यक्ति पनि आउने गर्छन् । उनीहरू कोठा नै बुक गरेर बस्छन् । ठूला मान्छे आएको बाहिरकालाई थाहा नै हुँदैन ।''
कामको खोजीमा काठमाडौँ आएका १८ वर्ष उमेर मुनिका करिब ३०० महिला मसाजमा काम गर्ने गरेको पाइएको छ । सुन्दर नेपालको एक सर्वेक्षणअनुसार काठमाडौँमा मात्र दर्ता गरी सञ्चालनमा रहेका १६० वटा मसाज केन्द्रमा ७०० युवती काम गर्छन् । ती युवतीमध्ये अधिकांश सुरुमा गलैँचा कारखानामा काम गरेकाहरू छन् । काठमाडौँको मसाज केन्द्रमा काम गर्ने महिलामा ९९ प्रतिशतलाई यौन रोग लागेको छ भने दुई प्रतिशतलाई एचआईभी रहेको सुन्दर नेपालको तथ्याङ्क छ । *
समुद्रपारि

Thursday, January 15, 2009

मन्त्रीहरु नै चढ्छन् नक्कली प्लेटका गाडी

सरकारमा सहभागी केही मन्त्रीले ऐन-नियमको खिल्ली उडाउँदै किर्ते काम गरिरहेका छन् भन्दा धेरैलाई अचम्म लाग्ला । तर, वास्तविकता यस्तै छ । वर्तमान सरकारका तीन मन्त्री आफू चढ्ने गाडीमा नक्कली नम्बर-प्लेट राखेर नेपाली झन्डा फहराउँदै कुद्छन् । रक्षामन्त्री रामबहादुर थापा बादल, आपूर्तिमन्त्री राजेन्द्र महतो र संस्कृति तथा राज्य पुनर्संरचनामन्त्री गोपाल किराँतीले आफू चढ्ने गाडीमा नक्कली नम्बर-प्लेट राखेर चलाइरहेका छन् ।read more......

मन्त्रीहरु नै चढ्छन् नक्कली प्लेटका गाडी


खगेन्द्र पन्त/नयाँ पत्रिकाकाठमाडौं, २७ पुस 2009-01-12,Monday

सरकारमा सहभागी केही मन्त्रीले ऐन-नियमको खिल्ली उडाउँदै किर्ते काम गरिरहेका छन् भन्दा धेरैलाई अचम्म लाग्ला । तर, वास्तविकता यस्तै छ । वर्तमान सरकारका तीन मन्त्री आफू चढ्ने गाडीमा नक्कली नम्बर-प्लेट राखेर नेपाली झन्डा फहराउँदै कुद्छन् । रक्षामन्त्री रामबहादुर थापा बादल, आपूर्तिमन्त्री राजेन्द्र महतो र संस्कृति तथा राज्य पुनर्संरचनामन्त्री गोपाल किराँतीले आफू चढ्ने गाडीमा नक्कली नम्बर-प्लेट राखेर चलाइरहेका छन् ।
रक्षामन्त्री 'बादल’ चढ्ने गाडीमा नम्बर-प्लेट नै दुई/दुईवटा
आपूर्तिमन्त्री महतोको गाडी नम्बर-प्लेट न त निजीजस्तो छ, न सरकारीजस्तो
मन्त्री किराँतीसाग ब्लुबुकमा एउटा र प्लेटमा अर्को नम्बर भएको गाडीआपूर्तिमन्त्री महतोले चढ्ने नेपाल आयल निगमको ल्यान्डक्रुजर गाडीको नम्बर-प्लेट हेर्दा हाँसो उठ्छ । उनको बा ६ च ४४४४ नम्बरको गाडीमा राखिएको नम्बर-प्लेट न त सरकारी हो, न निजी । झट्ट हेर्दा निजीजस्तो देखिने महतोको गाडीको नम्बर-प्लेटमा रातो र नीलो रङ मिसिएको छ । यसले न निजी गाडीको संकेत गर्छ न त सरकारी नै । ट्राफिक प्रहरीको भाषामा यस्ता नम्बर-प्लेट नक्कली ठहरिन्छन् । यातायात व्यवस्था विभागले 'च' लाई निजी र 'झ' लाई संकेत अक्षरका रूपमा सरकारी गाडीको दर्तामा प्रयोग गर्छ । तर, महतोले चढ्ने गाडीमा च लेखिएको छ, तर प्लेट भने रातो-नीलो छ । स्रोतका अनुसार मन्त्री महतोका ड्राइभरले 'हजुर ! यो त नम्बर नै मिलेन, न सरकारी भयो न निजी, मिलाएर राख्नुपर्‍यो' भनेर पटक-पटक सम्झाएका छन् । तर, महतोले त्यसको वास्तै गरेका छैनन् । यो तथ्य मन्त्री महतोको हेपाहा प्रवृत्ति उजागर गर्न काफी छ । निजी नम्बरलाई सरकारी वा सरकारीलाई निजी नम्बर बनाउँदा गृह मन्त्रालयको सिफारिस चाहिने कानुनी प्रावधान छ । गृहको सिफारिसअनुसार यातायात व्यवस्था विभागले 'सीमित समयावधिका लागि' नम्बर-प्लेट परिवर्तन गरिदिन्छ । तर, मन्त्री महतोले यो प्रक्रिया अपनाउन नै चाहेनन् । उता, रक्षामन्त्री बादल चढ्ने गाडीमा त नम्बर-प्लेट नै दुई/दुईवटा छन् । उनी चढ्ने गाडीलाई राम्रोसित नियाल्ने हो भने जोसुकैले दुईवटा नम्बर-प्लेट सजिलै देख्छ । मन्त्री बादल चढ्ने हरियो रंगको स्कारपियो गाडीमा अगाडि र पछाडि सरकारी नम्बर-प्लेट बा १ झ ७०६२ राखिएको छ । तर, गाडीको वास्तविक नम्बर-प्लेट भने यो होइन । त्यही नम्बर-प्लेटको भित्रपट्टि गाडीको वास्तविक नम्बर-प्लेट छ । जसमा लेखिएको छ, बा ६ च ७६७३ । यो निजी नम्बर-प्लेट हो । (हेर्नुहोस् फोटो)सवारी तथा यातायात व्यवस्था ऐनअनुसार एउटै गाडीमा दुईवटा नम्बर-प्लेट राख्नु वा नक्कली नम्बर-प्लेट राख्नु अपराध मानिएको छ । त्यस्तो गरेको पाइएमा कारबाहीको व्यवस्था पनि ऐनमा गरिएको छ । मन्त्री बादललाई भने अहिलेसम्म ऐनले छोएको देखिँदैन । नक्कली सरकारी नम्बर-प्लेटले गाडीको वास्तविक नम्बर-प्लेट ढाकेर मन्त्री बादल नेपाली झन्डा फहराउँदै हिँड्छन् ।नक्कली नम्बर-प्लेट राखेको गाडी चढ्ने अर्का मन्त्री हुन्, संस्कृति तथा राज्य पुनर्संरचनामन्त्री गोपाल किराँती । उनले टोयटा कम्पनीको ल्यान्डक्रुजर गाडी नारायणहिटी दरबारबाट झिकाएका हुन् । गाडीको ब्लुबुकमा बा ३ च ३५७९ छ । तर, अहिले सो नम्बरलाई सरकारी बनाएर मन्त्री किराँती चढिरहेका छन् । अहिले सो गाडीमा बा १ झ १११४ नम्बर-प्लेट राखिएको छ । मन्त्री किराँतीका अनुसार उनले दरबारबाट झिकाउँदा गाडीमा बा ४ झ १११४ को नम्बर-प्लेट थियो । 'त्यो मिलेन भने, अनि बा १ झ १११४ बनाएँ,' उनले नयाँ पत्रिकासित भने । उनले सबै कानुनी प्रक्रिया मिलाएर नम्बर-प्लेट फेरेको दाबीसमेत गरे । यो गाडी तत्कालीन युवराज पारसले चढ्ने गरेका थिए । गाडीको ब्लुबुकमा पनि सवारीधनीको नाम 'श्री ५ युवराजाधिराज' नै लेखिएको छ ।

Wednesday, January 14, 2009

मारिइन् एक महिला पत्रकार

जनकपुरकी पत्रकार उमा सिंहको अज्ञात समूहले आइतबार राति हत्या गरेको छ । हत्याको विरोधमा देशभरका पत्रकार आन्दोलित भएका छन् । महिला पत्रकारको हत्या भएको नेपालमै यो पहिलोपटक हो । बेलुका घरमै बसिरहेको वेला २६ वषर्ीया सिंहमाथि खुकुरी प्रहार भएको थियो । गम्भीर घाइते अवस्थामा उपचारका लागि काठमाडौं ल्याउनेक्रममा बाटैमा उनको मृत्यु भएको हो । सिराहा मिर्चैया गम्हरिया निवासी सिंहको कोठामा बेलुका करिब सात बजे आएको समूहले उनलाई लगातार खुकुरी प्रहार गरेको थियो ।read more.....

Tuesday, January 13, 2009

दौरा-सुरुवाल नेपाली राष्ट्रिय पोसाक मानिए पनि सरकारका अधिकांश उच्च अधिकारी नै कार्यालय जाँदा दौरा-सुरुवाल लगाउँदैनन् । दौरा- सुरुवालमा कार्यालय आउने कर्मचारी संख्या अचेल सीमित बन्दै गएको छ . read more.....

'दौरा-सुरुवाल लगाउँदा जोकर'

दौरा-सुरुवाल नेपाली राष्ट्रिय पोसाक मानिए पनि सरकारका अधिकांश उच्च अधिकारी नै कार्यालय जाँदा दौरा-सुरुवाल लगाउँदैनन् । दौरा- सुरुवालमा कार्यालय आउने कर्मचारी संख्या अचेल सीमित बन्दै गएको छ । दौरा-सुरुवाल साटो अधिकांश उच्च अधिकारीहरू सर्ट-पाइन्ट र कोर्टमा कार्यालय जाने गरेका छन् भने केही सुट-पाइन्ट र टाइमा सजिएर कार्यालय जान्छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयम्ले शपथग्रहण कार्यक्रममै राष्ट्रिय पोसाक नलगाएको विषयले त्यतिखेर चर्चा पाएको थियो । दाहालले त्यसपछि पनि राष्ट्रिय पोसाक लगाएको बिरलै देख्न पाइन्छ । अधिकांश कर्मचारीलाई दौरा-सुरुवाल किन नलगाउनुभएको भन्ने प्रश्नमा प्रायः सबैको जवाफ एउटै हुन्छ, 'प्रधानमन्त्रीले त लाउँदैनन हामीले किन लाउने ?' राष्ट्रिय पोसाकप्रति सरकारले सम्मान गर्न नसकेको गुनासो कर्मचारीको छ । मुक्त कमैया व्यवस्थापन समितिका सचिव डा. केशवराज कँडेल राष्ट्रिय पोसाकको पहिचान लोप हुने अवस्थामा आइसकेको बताउँछन् । उनले विभिन्न औपचारिक कार्यक्रम बाहेक कार्यालय आउँदा आफूले राष्ट्रिय पोसाक कहिल्यै नलगाउने जानकारी दिए । 'सरकारबाटै अनिवार्य बनाइएको छैन त्यसैले नलगाएको,' उनले भने । वन मन्त्रालयका सहसचिव राजेन्द्रकुमार ढुंगेल भने राष्ट्रिय पोसाकका सन्दर्भमा नमीठो अनुभव भएको बताउँछन् । उनले राष्ट्रिय पोसाकको सम्मान अधिकांश सरकारी अधिकारीबाटै हुन नसकेको अनुभव सुनाए । 'म पहिला राष्ट्रिय पोशाक लगाएर कार्यालयमा आउँदा साथीभाइले जोकरजस्तो देखिएको भनी व्यंग्य गर्थे त्यसैले लगाउन छाडिदिएँ,' ढुंगेलले गुनासो पोखे । उनले ५/६ जोर दौरा-सुरुवाल दराजमै थन्काएर राखेको बताए । 'हामीले नेपाली पन, कला र संस्कृतिलाई पूरै बेवास्ता गर्दै गइरहेका छौं,' उनले भने, 'राष्ट्रिय पोसाक पनि यसैको सिकार भइरहेको छ ।' उनले नेपाली पहिचान राष्ट्रिय पोसाकमा राजनीति घुसेकाले समस्या देखिएको दाबी गरे । लोकसेवा आयोगका प्रवक्ता निरञ्जनप्रसाद उपाध्याय पहिला राष्ट्रिय पोसाक मानिंदै आएको दौरा- सुरुवालमै कार्यालय जाने गरे पनि सबैले लगाउन छाडेपछि आफूले पनि छाडिदिएको बताउँछन् । तर, दौरा- सुरुवालप्रतिको आस्था र विश्वास गुम बनाउन नहुनेमा उनको ठम्याइ छ । 'दौरा-सुरुवाल नेपालीको वास्तविक पहिचान तथा अन्तर्राष्ट्रिय स्तरमा समेत परििचत भएकाले सरकारी तथा निजी क्षेत्रमा कार्यरत कर्मचारीका लागि सरकारले अनिवार्य बनाउनुपर्छ', उनले भने । केही वर्षअघि सरकारी कार्यालयका कर्मचारी दौरा-सुरुवालमै कार्यालय जाने गरे पनि मुलुक लोकतान्त्रिक गणतन्त्रमय भएपछि राष्ट्रिय पोसाकलाई कुनै वर्गविशेषले जातजाति तथा क्षेत्रविशेष स्तरको राजनीतिभित्र घुसाएपछि गुमनाम बनाइन थालेकामा चिन्तित छन् संस्कृतिविद् । -सागर पण्डित
नयाँ पत्रिका